काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदै

काठमाडौं । काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने परम्परा रहि आएको छ ।

घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गर्नेछ । नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको मान्यता छ ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने राजधानीवासीमा विश्वास छ ।

घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।

गृहमन्त्रीको निर्देशन - 'ऋण लिएर तिर्दिन भन्नेहरुलाई निगरानीमा राख्नू'

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण लिएर तिर्दिन भन्दै अवाञ्छित गतिविधि गर्नेहरुमाथि निगरानी गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयले बिहीबार बाँकेको नेपालगञ्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले भने, ‘ऋण लिएर ऋण तिर्दिन भन्दै अवाञ्छित माग राखी शान्ति व्यवस्थामा खलल पुर्याउने जस्ता गतिविधिप्रति चनाखो हुनुपर्छ ।’ वित्तीय अपराधका कारण ठूलो संख्यामा नागरिक ठगिएका, सहकारी, मिटर ब्याज, अनुचित लेनदेन, सामाजिक सञ्जाल र इन्टरनेटमा अधारित भएर गरिएका अवैध काम, वैदेशिक रोजगारीका नाममा ठगी चुनौतीका रुपमा देखिएको समेत उनले बताए । आर्थिक रुपमा ठगिएका र गुजारा गर्न कठिन भएका नागरिकलाई सरकारले विशेष सहुलियतका कार्यक्रम ल्याउन लागेको जानकारी मन्त्री श्रेष्ठले दिए । सेवा प्रवाहमा हुने ढिलासुस्ती, अनुत्तरदायी प्रवृत्ति र भ्रष्टाचार प्रमुख चुनौतीका रुपमा देखापरेको भन्दै उनले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य लिएको उल्लेख गरे । गृह प्रशासनको पहिलो प्राथमिकता शान्ति र सुव्यवस्था कायम गरेर अपराध नियन्त्रण गर्ने लक्ष्य रहेको भन्दै मन्त्री श्रेष्ठले त्यसलाई हासिल गर्न स्थानीय प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । मुलुकको आर्थिक समृद्धिको लागि अनुकूल वातावरण निर्माण गर्ने र परिवर्तनबाट ल्याएको लाभ जनताले उपभोग गर्ने वातावरण तय गर्न व्यवस्थाप्रति जनताको भरोसा अझ उच्च बनाउनु पर्नेमा उनले जोड दिए । संघीयताको प्रभावकारी कार्यान्वनका लागि राजनीतिक तथा संस्थागत आधार निर्माण भए तापनि प्रशासनिक, कानूनी एवं कार्यनीतिगत काम अझै बाँकी रहेको बताए । गृहमन्त्री श्रेष्ठले शुसासन कायम गर्नका लागि समाजको सिंगो प्रणाली सकारात्मक हुन जरुरी भएको औंल्याउँदै भष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने लक्ष्यमा नतिजामुलक कार्यढाँचा बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिए । गृहमन्त्री श्रेष्ठले चेलीबेटी बेचविखन नियन्त्रण र अपराधसँग साठगाँठ गर्ने जोसुकैलाई सेवाबाट बर्खास्त गरिने चेतावनीसमेत दिए । दुई दिनसम्म सञ्चालन हुने सो गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश र जिल्ला प्रमुख सहितका सुरक्षा अधिकारीहरु सहभागी छन् ।

महिनावारी भएका बेला सेक्स गर्न हुन्छ ?

महिनावारी भएका बेला महिलाहरुलाई अझ बढी सेक्स गर्नु मन लाग्छ भन्ने कुरालाई यसअघि नै अध्ययनले सार्वजनिक गरिसकेको छ । धेरैको चोसोको विषय बनेको ‘के महिनावारीका बेला सेक्स गर्नु ठीक हुन्छ ? यसबाट गर्भ रहने सम्भावना हुन्छ कि हुँदैंन ? भन्ने प्रश्नको जवाफ यस्तो दिइएको छ । तपाई चाहनुहुन्छ भने महिनावारीका बेला सेक्स गर्न सक्नुहुन्छ । महिनावारीका बेला महिलाको यौनांग बढी भिज्ने भएकाले केही पुरुषहरु यस्तो बेला सेक्स गर्न मन पराउँछन् । यस्तो बेला सेक्स गर्दा कतिपय महिलालाई चरमोत्कर्षमा पुगेका बेला पेट र कम्म दुख्ने समस्याबाट समेत राहत मिल्छ । चरमोत्कर्षमा पुगेका बेला महिलाको यौनांग क्षेत्रमा रगत संकलन (कन्जेसन) हुँदैंन । तर, ध्यान दिनुहोस्, महिनावारीका दौरान सेक्स गर्न महिला साथीको इच्छा पनि हुनुपर्छ । र कुनै कारणवश हिच्किचाहट हुन्छ भने कण्डमको प्रयोग गर्न सकिछ । म दिनहुँ सेक्स गर्छु र वीर्य पनि बढी नै निस्कन्छ । के यसको असर मेरो स्वास्थ्यमा पर्छ रु यहीकारण मेरो आँखामा कालो घेरा बनेको जस्तो मलाई लाग्छ । के वीर्य स्खलन र आँखामा यस्तो समस्याबीच कुनै सम्बन्ध छ ? जुन पदार्थलाई तपाईं वीर्य सम्झिइरहनु भएको छ, त्यो वीर्यमात्र हुँदैंन । वीर्य त तपाईंको लिंगबाट निस्कने तरल पदार्थको ०।१देखि १ प्रतिशतमात्र हुन्छ । बाँकी त फ्लुड सेमिनल भेसिकल्स र प्रोस्टेटबाट आउँछ । यदि यसलाई शरीरबाट बाहिर ननिकाल्ने हो भने आफसेआफ बाहिर निस्कन्छ । यसरी दैनिक वीर्य निकाल्दा शरीरमा कुनै समस्या निम्तदैन । यदि कमजोरी महसुस गर्नुहुन्छ भने बाल्यकालदेखि नै मष्तिष्कमा बसेको गलत धारणा हो । एक थोपा वीर्य बन्न एकसय थोपा रगत आवश्यक हुन्छ भन्नेजस्ता गलत धारणा छ । वीर्य चौबिसै घण्टा बन्नका लागि नै बन्ने हो । यसलाई जमाएर या सन्चित गरेर राख्न असम्भव छ । वीर्य र आँखाबीच पनि कुनै सम्बन्ध हुँदैंन । तर, यस्ता गलत धारणाबाट पैदा भएको तनावले शरीरको चमक भने हराउन सक्छ । जरुरी : कुनै पनि स्वास्थ्य समस्याको समाधानका लागि डाक्टरकहाँ जानुहोस् । यो अनुदित सामग्री हो ।

बर्षा र यादहरु (कविता)

दिनमा-रातमा बिहान- साँझ हिउदमा-बर्षामा  कुनै पनि बेला, कुनै पनि ठाउमा गर्जिन सक्छ बादल बर्षिन सक्छ बर्षा । जब बर्षिन्छ, कहिलेकाही यो – खेतमा लहलह फुल्न आँटेको धानको बाला मर्याक मुरुक पार्दै बर्षिन्छ शान्त खोलाहरुलाई उत्ताउलो पारेर गाउ बस्तिलाई जलमग्न पार्दै बर्षिन्छ सौन्दर्य छर्दै बसेका पहाडहरु र मुस्कान बाड्दै गरेका फुलहरुमा कुरुपता भएर बर्षिन्छ जीवन खोज्दै गरेका बिरुवाहरु र सपना खोज्दै गरेका जिन्दगीहरुमा काल भएर बर्षिन्छ । लाग्छ- बर्षा र यादहरु उस्ता उस्तै हुन् । यादहरुको नि कुनै समय हुदैन, मौसम हुदैन कुनै पनि बेला, कुनै पनि ठाउमा दिलको ढोका ढक्ढक्याउदै आईदिन सक्छ यो । जब आउछ, कहिलेकाही यो – छाती जलाउने आगो लिएर आउछ मुटु दु:खाउने घाऊ लिएर आउछ आँखै बिझाउने आसुँ लिएर आउछ दिमाग भताभुङ्ग पार्ने बेहोसीपन लिएर आउछ छुराले आफ्नै नसा काट्ने पागलपन लिएर आउछ र कहिलेकाही यो यमलोकको दरवारमा पुगेर अत्यास लाग्दो मृत्‍युको डोली लिएर आउछ । लाग्छ- बर्षा र यादहरु उस्ता उस्तै हुन् । बर्षा सधैं बिनास र बिकृति मात्र लिएर बर्षिदैन जब बर्षिन्छ, अक्सर यो – बाँझो चिरा परेको खेतहरुमा सिन्चाई भएर बर्षिन्छ नयाँ बिरुवाहरुमा जीवन भएर बर्षिन्छ आगोको राप ओकल्दै गरेको मरुभुमीमा शितलता भएर बर्षिन्छ हिलो सुकेर प्याक प्याक गर्दै मर्न लागेको गोही र भ्यागुताहरुमा सन्जीवनी भएर वर्षिन्छ धुलो र प्यासले काकाकुल बस्तिमा अमृत भएर बर्षिन्छ । र यादहरु नि सधैं आसु र दु:ख मात्र लिएर आउँदैन जब आउछ, अक्सर यो – प्रेम लिएर आउछ खुशी लिएर आउछ मिलन लिएर आउछ आफनत्व लिएर आउछ मिठो पलहरु लिएर आउछ सुन्दर सपनाहरु लिएर आउछ सुनौलो आशाहरु लिएर आउछ । वास्तवमा यादहरु नहुने हो भने माया प्रेम कहाँ हुन्थ्यो होला र ! परिवार र नाता सम्बन्ध नै कहाँ हुन्थ्यो होला र ! सहयोग र सेवा भन्ने कुरा नै कहाँ हुन्थ्यो होला र ! खुशी र उमङ्ग भन्ने कुरा नै कहाँ हुन्थ्यो होला र ! लाग्छ- बर्षा र यादहरु उस्ता उस्तै हुन् । यादहरु नभईदिए – जिन्दगी नै उराठ उराठ हुन्थ्योहोला जसरी बिना बर्षा, बिना पानी सुख्खा र मरुभुमी बन्छ धर्ती । यादहरु नभईदिए – मर्ने थिए होलान् मन भित्रका सबै चाहानाहरु जसरी बिना बर्षा, बिना पानी सुकेर मर्छन् सुन्दर फुलहरु ।                         सुन्दर गुरुङ                         छिनामखु -8, काङ्कांकाङ, भोजपुर                        हाल – बहराइन ।

सबै पालिकामा जग्गाको कित्ताकाट खुल्यो

काठमाडौँ । सरकारले जग्गा वर्गीकरण नहुँदा भदौयता ६ सय २० पालिकामा रोकिएको कित्ताकाट खुलाएको छ । भू–उपयोग नियमावली, २०८० लाई संशोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्मको समय थप गर्दै फेरि कित्ताकाट खुलाएको हो । यसअघि ०८० साउन ३० मा पनि जग्गा वर्गीकरणका लागि एक वर्ष समय थप गर्दै सरकारले कित्ताकाट खुलाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा वर्गीकरणका लागि आगामी असार मसान्तसम्मको समय थप गर्दै कित्ताकाट खोल्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताए । ‘जग्गा वर्गीकरणका लागि आगामी असार मसान्तसम्मका लागि समय थपिएको छ,’ उनले भने, ‘अब देशभर कित्ताकाट खुल्यो ।’ मुलुकका ७ सय ५३ पालिकामध्ये १ सय ३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेको नापी विभागले जनाएको छ । पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा भदौयता ६ सय २० पालिकामा कित्ताकाट रोकिएको थियो । सरकारले जग्गा वर्गीकरणका लागि समय थप गर्दै कित्ताकाट खुलाएको हो । पालिकाहरूले आगामी असारमसान्तसम्म जग्गा वर्गीकरण गरेनन् भने फेरी कित्ताकाट रोकिनेसमेत उनले प्रस्ट्याए । विभागका अनुसार २ सय ९५ पालिकाले अहिलेसम्म जग्गा वर्गीकरण नै सुरु गरेका छैनन् । वर्गीकरण नै नगरेका र आंशिक गरेका सबै पालिकामा यही भदौयता कित्ताकाट रोकिएको थियो । पालिकाहरूले भूउपयोग क्षेत्र नक्सा तथा विवरण, भूउपयोग क्षेत्र वर्गीकरणका आधार, मापदण्ड र क्षेत्रफल र स्थानीय आवश्यकताअनुसार भू–उपयोग क्षेत्र वर्गीकरण गर्न सकिने नियमावलीमा उल्लेख छ । सरकारले जग्गा वर्गीकरणको समय थप गर्न भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० संशोधन गरेको हो । भू–उपयोग ऐन, २०७६ आएको ३ वर्षपछि सरकारले २०७९ जेठ २३ मा भू–उपयोग नियमावली जारी गरेको थियो । नियमावलीअनुसार पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि मात्र कित्ताकाट गर्न पाइन्थ्यो । सरकारको यो नीतिका कारण सोही वर्षको साउनदेखि कित्ताकाटसँगै समग्र घरजग्गा कारोबार घट्न थालेको थियो ।

नियमित स्वास्थ्य जाँचका लागि नेता पुन चीन प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ नियमित स्वास्थ्य परिक्षणका लागि चीन प्रस्थान गर्नुभएको छ । उहाँ आइतबार मध्यान्न १२ बजे चीन प्रस्तान गरेको सचिवालयले जनाएको छ ।  पुन फलोअप उपचार गराएर तीन/चारदिनमा फर्किने सचिवालयले जनाएको छ । उहाँलाई विरलैमा देखिने वंशाणुगत जन्डिसको समस्या छ भने नेपालमा उपचार सम्भव नभएपछि २०७८ साल असोज १३ गते थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि  उनलाई २०७८, १० मंसिरमा चीन लगिएकफ थियो । चीनमा लामो उपचारपछि स्वदेश फर्किएका उहाँले नियमित फलोअप चेकजाँच गर्दै गराउँदै आउनुभएको छ ।  

६ वटा समितिका बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं । संघीय संसद अन्तर्गतका विभिन्न ६ वटा समितिका बैठक बस्दैछन् । आज अर्थ, कानून, न्याय तथा मानवअधिकार, राज्य व्यवस्था तथा सुशासन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । अर्थसमितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यक्रम छ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ । यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे समितिको हल सिंहदरबारमा बस्नेछ । बैठकमा पुरातात्विक महत्वका सम्पदाहरूको अवस्था र ग्यालरी बैठकभित्र रहेका पुरातात्विक वस्तुहरूको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । सिंहदरबारमा बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वर्षायाममा डेंगु, हैजा लगायतका सरुवा रोग सङ्क्रमणको हालको अवस्था, सरुवा रोग नियन्त्रणको लागि मन्त्रालय र अन्तर्गतका निकायबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना, समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

माओवादी पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं ।हिजो देखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय पदाधिकारीको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाडा, कोटेश्वरमा शुरु भएको बैठक आज पनि जारी रहने भएको छ । हिजोको बैठकमा राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा भयो। केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र राजनीतिक घटनाक्रमबारे  ब्रिफिङ गरे पश्चात पदाधिकारीले धारणा राखे। बैठकमा अध्यक्षको ब्रिफिङ पछि वरिष्ठ उपाध्यक्ष नारायणकाजि श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन अनन्त, सचिवहरू चक्रपाणी खनाल बलदेव, सुरेन्द्र कार्की पार्थ र हितराज पाण्डे उत्तमले आफ्ना भनाई राखे।  बैठकमा सरकारमा बसेर भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार छाड्नु परेको प्रचण्डले ब्रिफिङ गरे भने पदाधिकारीले पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा धारणा राखे । बैठकमा पदाधिकारीहरु बोल्नेक्रम जारी छ । बैठक फेरि आज(शनिबार) बिहान ११ बजे पुनः बस्दै छ ।

जलस्रोत विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौं । जलस्रोत सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । शुक्रबार बसेको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी हुन् । यो विधेयक ३१ असार २०८१ मा प्रतिनिधि सभामा दर्ता भएको थियो ।

कोशी र बागमतीमा वर्षाको सम्भावना, तराईमा तातो लहर चल्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुको प्रभावका साथै पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। उता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । आगामी केही दिनसम्म तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ती भूभागमाजेठ १८ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठक बोलाइए पनि संसद् चल्ने नचल्ने निश्चित भने छैन ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ। सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी भएको कांग्रेसको आरोप छ। कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ। माग पूरा नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ।  जसका कारण नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबुल हुन सकेको छैन। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत प्रस्तुत हुन सकेको छैन।

संसद्को संयुक्त बैठक मंगलबार, राष्ट्रपति पौडेलले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। संघीय संसद् सचिवालयले आज एक सूचनामार्फत मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी गराएको छ । संसद् सचिवालयले सबै सांसदलाई मंगलबार दिउँसो २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भइसक्न आह्वान समेत गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार संयुक्त बैठक आह्वान गरेका हुन् ।मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको छ ।

आज अक्षय तृतीया  सर्बत र जौको सातु खाने दिन

काठमाडौं । आज वैशाख शुक्ल तृतीयाको दिन अक्षय तृतीया पर्व मनाइँदैछ ।यस दिनमा हिन्दु धर्मावलम्बीहरुले ब्रह्मा, विष्णु, महेश्वरको आह्वान गरेर घडामा सर्बत र जौको सातु आदि वस्तु दान गर्ने परम्परा छ । शीतलता प्रदान गर्ने यस्ता वस्तुहरु दान गर्नाले अक्षय फल प्राप्त हुने मान्यता रहेको छ ।गर्मीको मौसम भएको हुनाले आज बाटो हिँड्ने बटुवालाई सर्बत र सातु खुवाउने चलन पनि रहेको छ । यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ।  ज्योतिषका अनुसार अक्षय तृतीयाको दिन सनातन धर्ममा आस्था राख्ने मानिसले सुन चाँदीका गरगहना किन्ने गरेको बताउँछन् । ज्योतिष शास्त्रका अनुसार राशि अनुसार किनमेल गरेमा लक्ष्मीको कृपा प्राप्त हुने जनविश्वास रहेको छ ।   

नेपालका बैङ्क तथा वित्तीय संस्था सुदृढ अवस्थामा : गभर्नर

काठमाडौं ।  बैङ्क तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैङ्क शुक्रबारदेखि स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको छ। राष्ट्र बैङ्कले शुक्रबार राजधानीमा आयोजना गरेको ६९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैङ्किङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको बताएका हुन् ।  २०८० फागुनमा बैङ्क तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३।७३ प्रतिशत पुगेको भन्दै उनले भने, “यद्यपि २०८० फागुन मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९।४१ प्रतिशत रहेको र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२।४४ प्रतिशत रहेकाले नेपालका बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा नै रहेको छ ।” चालु आर्थिक वर्षमा बाह्य क्षेत्रमा आएको सुधारसँगै बैङ्किङ प्रणालीमा तरलता बढेको छ र फलस्वरूप, अल्पकालीन एवं दीर्घकालीन ब्याजदरहरू घट्दै गएको उहाँले बताए। २०८० फागुनमा वाणिज्य बैङ्कहरूको कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत रहेको उनले जानकारी दिए। अब बैङ्कको कर्जा असुली सहज हुने भन्दै उनले विश्वको मुद्रास्फीति सुधारोन्मुख भएकाले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान रहेको बताए। चालु आवमा रेमिट्यान्स उच्च रहेको र यसले ब्याजदरमा परेको चाप कम भएको भन्दै गर्भनर अधिकारीले आर्थिक गतिविधिमा शिथिलता आउँदा बैङ्कको रिकभरीमा समस्या देखिएको बताए । राष्ट्र बैङ्कका डेपुटी गभर्नर नीलम ढुङ्गानाले कर्जाको ब्याज एकल अङ्कमा आएको अवसरलाई सदुपयोग गर्नुपर्ने बेला आएको बताए। अहिले खराब कर्जा बढिरहेको, गैरबैङ्किङ सम्पत्ति बढिरहेका बेला पनि रेमिट्यान्स बढेको उनले बताए। अहिले बैङ्किङ क्षेत्रमा अराजकता बढेको बताउँदै गलत गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने डेपुटी गभर्नर ढुङ्गानाले बताए। कार्यक्रममा राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकाल सम्मान गरिएको छ भने आव २०७९/८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याएका ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबिआई गरी तीन वाणिज्य बैङ्कलाई सम्मान गरिएको छ । यस्तै बढी रेमिट्यान्स भित्र्याउने इसेवा मनि ट्रान्सफर, सिटी एक्स्प्रेस र आइएमई लिमिटेडलाई सम्मान गरिएको छ ।   

सरकारले निर्माण व्यवसायीको ४० अर्ब तत्काल भुक्तानी गर्छ : अर्थमन्त्री पुन

काठमाडौं ।सरकारले निर्माण क्षेत्रका काम सकेर पनि भुक्तानी नपाएका ठेकेदारहरुको तत्काल ४० अर्ब रुपैयाँ भुक्तानी दिने तयारी गरेको छ ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा अर्थमन्त्री वर्षमान पुनले ४० अर्ब रुपैंयाँ तत्काल निर्माण व्यवसायीका लागि भुक्तानी गर्ने बताएका हुन् ।  उनले भने, ‘काम गरेर बक्यौता नपाएका निर्माण व्यवसायी सबै कानूनी प्रकृया पूरागरी सम्बन्धित मन्त्रालयमार्फत आउँछन् भने तत्काल ४० अर्ब भुक्तानी गर्नेमा छौं ।’ बाह्य सूचक राम्रो रहेपनि आन्तरिक बजार चलायमान हुन नसक्दा अर्थतन्त्र शिथिल बनेको स्वीकारेका मन्त्री पुनले निर्माण व्यवसायीका लागि ४० अर्ब तत्काल रकम निकासा गर्दा आन्तरिक बजारलाई त्यसले चलायमान बनाउने उनले बताए ।उनले अर्थतन्त्रमा आफ्नै प्रकारका तरलता लगायतका विविध समस्याहरु आइरहने उल्लेख गर्दै नेतृत्वमा बसेकाहरु डराउन नहुने र समस्या समाधानमा लाग्नुपर्ने चर्चा गरे। बजारमा तरलता बढी हुँदा राष्ट्र बैंकलाई व्यवस्थापन गर्न समस्या हुने भएपनि अर्थतन्त्रको समस्या समाधान गर्न नेतृत्वमा बसेकाहरु डराउन नहुने धारणा पुनको छ । ‘एक वर्ष अगाडि बजारमा तरलताको समस्या थियो अहिले आएर तरलता धेरै भयो कहाँ खर्च गर्ने भन्ने छ ।यी समस्याहरु आइराख्छन् । हामी नेतृत्व लिएर बसेकाहरु डराउने होइन व्यवस्थापन गर्ने हो ।’ तरलताको समस्या हल गर्नुपर्नेमा जोड दिँदै पुनले सँगै कार्यक्रममा उपस्थित राष्ट्र बैंकका गर्भनर र विज्ञलाई लक्षित गर्दै थपे, ‘तरलता कम हुँदा कसरी व्यवस्थापन गर्ने विज्ञहरु तपाईं हुनुहुन्छ जान्नुभएको छ।  त्यस्तै तरलता बढी हुँदा हिजो कडाइ गरेका कुन ठाउँमा खुकुलो गर्ने, क्याप्टिङलाई सजिलो गर्नुपर्ने कुरामा राष्ट्र बैंक र नियामक निकायले सोच्ने हो ।’ बैंकहरुमा थुप्रिएको पैसा बजारमा पुगेर रोजगारी सिर्जना होस र जनताको हातमा पैसा पुगोस साथै राजश्व वृद्धि होस भन्ने चाहेको उल्लेख गरेका उनले राष्ट्र बैंकसँग प्रतिस्पार्धा होइन सरकार समन्वय र सहकार्य र सन्तुलन गरेर अघि बढ्ने बताए ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बानेश्वरस्थित संसद्को ल्होत्से हलमा बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।