एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा जानेबारे निर्णय लिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिएका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष माधव नेपाललाई  उनकै निवासमा पुगेर सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए । 

प्रचण्ड ओलीको प्रस्तावमा सकारात्मक रहेका नेपालले आजको बैठक मार्फत सरकारमा सहभागी हुनेबारे निर्णय लिनेछन् ।

संसद् भवन प्रवेश गर्ने ४९ लघुवित्त पीडित प्रहरी नियन्त्रणमा

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र लघुवित्तपीडित छिरेका छन् । विभिन्न माग राख्दै काठमाडौं आएका पीडितहरू सोमबार संसद् भवन प्रवेश गरेका हुन् । संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।  उनीहरू भित्र बोलाएको भन्दै गेटबाट छिर्न खोज्दा पक्राउ परेका हुन् । केही प्रदर्शनकारी भने भित्र पुगेका थिए । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।   

प्रकाश ज्वालालाई बर्खास्तग गर्न एमालेको माग

काठमाडौं, १० फागुन । नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गर्ने भएको छ । एमालेका सचेतक महेश बर्तौलाका अनुसार एमालेले संसदमा समय लिएर ज्वालाले राजिनामा नदिएपछि बर्खास्तगी गर्न सरकारको ध्यानाकर्षण गर्न लागेको हो । यसअघि नै एमालेले मन्त्री ज्वालाको राजीनामा मागिसकेको छ । माघ ६ गते बसेको बैठकमा एमालेका सचेतक बर्तौलाले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए । जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए । तर, अझैसम्म सरकारी छानबिन समितिले दोषी देखाएका व्यक्ति कारबाहीमा नपरेको भन्दै एमालेले पुनः सरकारको ध्यानाकर्षण गर्न लागेको हो । प्रतिनिधि सभाको बैठक शुरु भए लगत्तै समय लिएर बोल्ने एमालेको तयारी छ । एमालेको तर्फबाट सांसद रघुजी पन्तले सरकारको ध्यानाकर्षण गर्नेछन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागीमा प्रकाश ज्वाला ललितपुरको बालकुमारी घटनापछि निकै विवादित बने । गत पुस १३ गते दक्षिण कोरियाको इपीएस परीक्षामा भाग लिन पाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाइदिएपछि प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । यो घटनापछि सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो । पूर्वडीआईजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई आयोगका सदस्य थिए । आयोगले एक महिनाभन्दा बढी समयपछि तयार पारेको प्रतिवेदनमा मन्त्री ज्वालासमेत दोषी रहेको देखाइएको छ । प्रदर्शनीस्थलमा मन्त्री ज्वाला सवार झण्डावाल गाडी पुगेपछि स्थिति तनावग्रस्त बन्न पुगेको छानबिन समितिको निष्कर्ष रहेको बताइन्छ । आयोगको प्रतिवदेनपछि एमालेले मन्त्री ज्वालाको राजीनामा माग्दै आएको छ । नैतिकताका आधारमा मन्त्री ज्वालाले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने पनि उनीहरुको माग छ । माघ ६ गतेको प्रतिनिधिसभामा आकस्मिक समय लिएर एमाले सचेतक बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।

बच्चाको कान सफा गर्दा होश पुर्यायौं

माघ २७ । बच्चाहरु सानो रहुन्जेलसम्म उसका हरेक काम अलि गाह्रै हुन्छ र एकदम ध्यान पुर्याएर मात्र कामहरु गर्नुपर्दछ । विशेषगरी बच्चाको स्वास्थ्यसँगको सम्बन्धित कुरामा त झन् धेरै संवेदनशील बन्नु एकदम आवश्यक छ । थोरै लापरबाहीले पनि बच्चालाई जे पनि हुनसक्छ । त्यसैले यस्तैमा बच्चाको शरीरको कुरामा कान पनि एक संवेदनशील अंग हो । बच्चाको कान सफा गर्दा विशेष ध्यान दिनुपर्दछ । बच्चाको कान सफा गर्ने बेला अन्त ध्यान दिनुहुँदैन । कान सफा गर्नाले न की कानको फोहोर निस्किन्छ बरु डेड सेल्स पनि निस्किन्छ । कानमा बस्नेबाला वैक्स एक साधारण पदर्था हुन्छ जो सबै मानिसहरुको कानबाट निस्किनछ, यो कुनै प्रकारले संक्रमण हुदैन र न त यसले बचचालाई सुन्ने क्षमतामा असर पार्दछ । तर यदि तपाईको बच्चाको कानमा धेरै बढी वैक्स निस्कियो भने डाक्टरसँग सल्लाह अवश्य लिनुस् । सानो बच्चाको कान सफा गर्दाको समयमा केयौ कुराहरुलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरुको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग नगर्नुहोस् । बच्चाको कानमा कुनै पनि नुकिला चीज नछिराउनुस् नत्र चोट वा घाउ हुने खतरा हुन सक्छ । बच्चाको कानलाई सधै सही तरिकाले मात्र सफा गर्नुहोस् । ज्यादै सावधानी अपनाएर र ध्यान दिएर । बच्चाको कान सुरक्षित रुपले सफा गर्ने केही टिप्सहरु यसप्रकार छन्– १. नुहाउँदाको समयमा सफा गर्नुहोस्ः बच्चाको कानलाई सफा गर्नुलाई सबैभन्दा राम्रो समय उसलाई नुहाउनुभनदा पहिले हुन्छ । मालिश पछि तपाईको बच्चाको कानलाई सावधानीपूर्वक सफा गर्नुहोस् । यो समय कानहरुमा रुखापना हुदैन र वैक्स सजिलै निस्किन्छ । २. तातो कपडाले पोछनुहोस्ः जब तपाई आफनो बच्चालाई नुहाइरहनुभएको हुन्छ तब उसको कानहरुमा तातो कपडाले पोछिदिनुहोस् । यस्तो नियमित रुपले गर्नुपर्छ । यस्तो गर्नाले तपाईको बच्चालाई कान सफा रहन्छ, वैक्स निस्किहाल्छ र फोहोर जम्न पाउदैन । ३. कटन स्वैबस न छिराउनुहोस्ः बच्चाको कानलाई सदैव बेबी इयर बडले सफा गर्नुस् । ज्यादै गहिराइसम्म बड न छिराउनुहोस नत्र कानको पर्दामा चोट पुग्ने डर रहन्छ । ४. इअर ड्रपः कहिलेकाही बच्चाहरुको कानलाई सफा गरेर पनि कुरा हुदैन । यस्तोमा डाक्टरी सल्लाह लिएर कुनै डप पनि हाल्न सकिन्छ । यदि बच्चाको कानमा ज्यादै मात्रामा वैक्स बनिसकेको छ भने डाक्टरलाई अवश्य देखाउनुहोस् । ५. घरेलु औषधीहरको प्रयोग नगर्नुस्ः बच्चाहरको कान सफा गर्ने समयमा केयौ पटक मानिसहरुले घरेलु तरिकाहरुको प्रयोग गर्छन् । कानमा केही चीज राख्नुहोस् । इयर बडले मात्र सफा गर्नुस् र फालतुको डप या अन्य तरल पदार्थ नराख्नुहोस् । बच्चाको कान कलिलो हुन्छ र तयसलाई इन्फेक्सन ष्लाभहतष्यल को खतरा हुन सक्छ । ६. सावधान रहनुस्ः बच्चा चंचल हुन्छ, यस्तोमा उ तपाईको कान सफा गर्ने समयमा गाहृो बनाउन सक्छ । यसैले कान सफा गर्ने समयमा उसलाई कँसेर समात्नुस र सावधान रहनुस् । नत्र बच्चाको अलिकति हल्लीनाले उसलाई उसलाई चोट पुग्न सक्छ । ७. ड्राइ भएपछि सफा नगर्नुस्ः जब बच्चाहरुको कान रुखो हुनछ तब उसलाई सफा गर्ने कोशिष न गर्नुस् । यसले छालामा खिचाव आउन सक्छ । बच्चालाई नुहाइसकेछि पनि सफा गर्नु सबैभन्दा राम्रो हुन्छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूचि

काठमाडौं । काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यस्तै, सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुनेछ। बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ र ‘सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नुहुनेछ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

सुनकोशीबाट गाडी निकालियो, यात्रु अझै बेपत्ता

काठमाडौं । सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ कुँडुलेबाट शनिबार साँझ सुनकोसी नदीमा गाडी खस्दा बेपत्ता भएका तीनजना युवा अझै फेला परेका छैनन्।  घटना लगत्तैदेखि बेपत्ताको खोजी चलिरहे पनि उनीहरुलाई अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।  खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर काठमाडौँ आउँदै गरेका भक्तपुरका चार युवा सवार प्रदेश ३ ख ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट आइतबार साँझतिर सुनकोसी नदीमा खसेको थियो। 

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आज (आइतबार)सार्वजनिक बिदा दिएको छ।आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ। “२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८१ साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” गृहले जारी गरेको सूचनामा भनिएको छ ।

एमालेले तत्काल मन्त्री फिर्ता नबोलाउने

काठमाडौँ । नेकपा एमालेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो।  बैठकपछि बोल्दै एमाले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिएका हुन्। 

मेलम्ची आयोजनाको हेडबक्स सार्न अन्तर्राष्ट्रिय परामर्श दाताहरू छनोट गरिदै

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ। मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको हो । गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिएसँगै आयोजनाले असार मसान्तभित्र सम्ममा विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटका लागि इओआई निकाल्ने गरी तयारी अघि बढाएको हो ।  आयोजना प्रमुख रत्न लामिछानेका अनुसार हेडबक्सलाई आठ सय मिटरदेखि एक हजार मिटरको दूरीमा र दुवैपट्टी रक भएको स्थानमा टावर इन्टेक बनाएर टनेलभित्र नै संरचना बनाएर १२ महिना काठमाडौँ पानी पठाउन सकिन्छ। हेडबक्सलाई सुरक्षित क्षेत्रमा स्थान्तरण गर्न मन्त्रिपरिषद् बैठकले पनि सैद्धान्तिक सहमति दिने भन्ने निर्णय पछि हेडबक्स सार्ने कामका लागि अन्तर्राष्ट्रिय परामर्श दाताहरु छनोट गर्ने प्रक्रियामा इओआई निकाल्न लागेको हो । आयोजनाले हेडबक्स सार्नका लागि विस्तृत अध्ययनका लागि परामर्शदाताहरुको छनोट प्रक्रियामा अघि बढाएको छ ।   २०७८ साल असार १ गते आएको बाढीपहिरोले हेडबक्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो । त्यसलगत्तै हेडबक्स वरपरको गेग्रान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्रान थुपारेको थियो । अहिलेको हेडबक्सको क्षेत्र नजिकै सधैँ पहिरो बगिरहने ठुलो पहाड छ । विषय विज्ञहरुबाट गराइएको विभिन्न अध्ययनले हेडबक्सलाई पुनः सोही स्थानमा निर्माण गर्नु थप जोखिमयुक्त रहने देखाएकाले हेडबक्स सार्ने निर्णयमा पुगेको आयोजनाले जनाएको छ । दातृ निकाय एसियाली विकास बैंकले दुई वर्षअघि नै हेडबक्स सार्न खानेपानी मन्त्रालयलाई सुझाव दिएको भए पनि सरकारले केही दिनअघि मात्रै यसमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । हेडबक्सका संरचना बगरमुनि नै पुरिएका छन् र गेग्रान निकाल्न सकिने अवस्था छैन । हेडबक्सका पुरिएका संरचनालाई खोतलेर इन्टेकमाथि जालीको प्रबन्ध गरी गेग्रान छानेर पानी पठाउन सक्ने अवस्था नभएपछि विज्ञसँगको लामो परामर्शपछि आयोजनाले हेडबक्सलाई झण्डै एक हजार मिटरमाथि सार्ने भएको हो । दुईवटा पहाडका बिच खोचमा सार्न लागिएको हेडबक्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्तभित्र सूचना प्रकाशित गर्ने तयारी आयोजनाले गरेको प्रमुख लामिछानेले जानकारी दिए। ‘‘अहिले हामीले अल्टरनेट डाइभर्सन टनेलबाट हिउँदको समयमा काठमाडौँमा पानी पठाउने काम गरिरहेका छौँ । यो २०७८ सालको बाढीपछि सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते भरिएको हो । यहाँ देखिएको टावरभएको क्षेत्र हेडबक्सको क्षेत्र हो । यहाँको पारी पटी बगिरहने पहिरो छ । त्यसैले यही स्थानमा हेडबक्स बनाएर काठमाडौँमा दीर्घकालीन रुपमा पानी लगिरहने अवस्था देखिँदैन ।’’ आयोजना प्रमुख लामिछानेले भने, ‘‘बाढी ल्याएर ठुुलो गेग्राान थुपारेकाले यसको तहमा आइपुग्न ५ किलोमिटरदेखि नदीको च्यानल खोल्दै ल्याउनुपर्ने हुन्छ र यसका लागि असाध्यै धेरै लगानी गर्नुपर्ने हुन्छ । तर पछि माथिबाट आउन सक्ने गेग्रान र देब्रेसाइटमा रहेको निरन्तर पहिरो आइरहने पहाडका कारण जो जोखिमरहित हुनसक्ने अवस्था देखिँदैन । त्यसैले यसका लागि नेपालका विज्ञ, प्रोफेसरलगायतसँग हामीले परामर्श गरेका छौँ ।’’ पुरानो हेडबक्सभन्दा झण्डै १ हजार मिटर दूरी अगाडि (माथि)बनाउन लागिएको हेडबक्सका लागि झण्डै साढे तीन अर्ब लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । असारभित्रै हेडबक्सको डिपिआरका लागि परामर्शदाता छनोट गर्न सूचना प्रकाशित गर्ने तयारी गरेको आयोजनाले समयमै काम सम्पन्न भएमा चार वर्षभित्र हेडबक्सका सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रक्षेपण गरेको छ । मेलम्ची परियोजनासँगै याङ्ग्री र लार्के खोलाको पानी पनि हेडबक्समार्फत नै सुरुङमा पठाइने हुँदा झण्डै याङ्ग्री र लार्के परियोजनाको डिपिआर पनि सँगै गरिने प्रमुख लामिछानेले जानकारी दिए । हेडबक्स सारे पनि त्यस भेमाथाङ विपत्तिको क्षेत्र भएकाले मेलम्ची, याङ्ग्री र लार्के परियोजना सम्पन्न गर्न अझै पनि कम चुनौतीपूर्ण छैन । दोस्रो चरणको परियोजनाअन्तर्गत याङ्ग्री र लार्केको पानी नदीमा मिसाएर हेडबक्स हुँदै काठमाडौँ ल्याउने सरकारको योजना थियो । तात्कालीन समयमा प्राविधिक हिसाबले यी दुई खोलाको पानी मिसाउन सकियोस् भनेर हेडबक्स हेलम्बुको पुछारमा बनाइएको थियो । हेडबक्सलाई पानीसँग सम्बन्धित संरचनामा प्राथमिक गेटवे मानिन्छ । पानी जम्मा हुने, थिग्रिने,  बालुवा तथा ढुङ्गा छानिनेलगायत संरचनाहरु हेडबक्सभित्र रहने गर्दछ । पहिला हेडबक्स बाहिर राखिएको थियो भने अबको संरचना टनेलभित्र नै राख्ने गरी व्यवस्थापन गरिने आयोजनाले जनाएको छ । हेडबक्स प्रयोगमा भएको संयन्त्रले वर्षाद्को समयमा पानीमा मिसिएर आउने बालुवालाई छान्ने गर्दछ । भेमाथाङ क्षेत्रमा आएको बाढीले आयोजनाको मुख्य हेडबक्स क्षेत्रमा ठूलो नोक्सान पुर्‍याएको थियो । त्यहाँ रहेका १९ गेटमध्ये दुई गेट मात्रै खोलेर अहिले काठमाडौँमा पानी ल्याइएको छ । मेलम्चीको बाढी आउनु एक वर्षअघि २०७७ चैतमा काठमाडौँमा पानी ल्याइएको थियो । सञ्चालनमा ल्याउने तयारीकै बिच बाढीका कारण हेडबक्स पुरिएपछि हिउँदको समयमा मात्रै वैकल्पिक टनेल बनाएर काठमाडौँमा पानी पठाउँदै आएको आयोजनाले वर्षा हुने क्रम बढ्दै गएपछि विस्तारै बन्द गर्ने तयारी गरेको छ । यसअघि असार १ गतेदेखि काठमाडौँ पठाउँदै आएको पानी वितरण रोक्ने बताइएको थियो तर वर्षा र जोखिमलाई आँकलन गरेर मात्रै पानी बन्द गर्ने तयारी गरेको आयोजनाले अहिले नै पानी रोकिसकेको छैन ।

‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान चलाइने

काठमाडौं । सरकारले ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने भएको छ ।  आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिने जानकारी दिए । सातै प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रमको स्थापना गरिने बताए ।  

श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा दिइरहेको बताएका छन् ।बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहानेहरुका लागि दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति दिइरहेको बताए। उनले बैठकमा बोल्दै श्रम स्वीकृती प्रदान गर्ने कार्य एक घण्टाभित्र हुने गरेको बताएपछि सांसदहरुले एक घण्टामा दिँदा प्रक्रिया नपु¥याइ दिइने गरेको हो कि भनि प्रश्न उठाएका थिए । सांसदहरुले एक घण्टामा श्रम स्वीकृती दिन निकै कम समय भएको भन्दै आवश्यक कागजातहरु अध्ययन गरेर समय लगाएर दिँदा भविष्यमा श्रमिकहरुले दुःख नपाउने धारणा राखेका थिए । मन्त्री अर्यालले श्रम स्वीकृति दिने अधिकारीले कागजात पुगे, नपुगेको मात्रै हेरेर स्वीकृत दिने व्यवस्था रहेको भन्दै एक घण्टा पनि नलाग्ने बताए । उनले एक घण्टा अधिकतम समय राखिएको भन्दै श्रम स्वीकृति भने दुई मिनेट ४४ सेकेण्डमै दिने गरिएको दाबी गर्नुभयो । उहाँले सातै प्रदेशबाट श्रम स्वीकृति दिइरहिएको बताए । ‘‘श्रम स्वीकृति एक घण्टामा हुँदाखेरी कतै मान्छे एकदम धेरै गएर झन उता गएर दुर्घटना हुने हो कि भन्ने कुराहरु यहाँहरुले राख्नुभयो । सबै प्रक्रियाहरु उहाँहरुले छुट्टै गर्नुहुन्छ बाहिरै । मेडिकल सहि छ कि गलत छ, श्रम स्वीकृति दिने मान्छेले चेक गर्ने अधिकार पनि छैन र त्यो क्षमता पनि हुँदैन । मेडिकल व्यवसायीले, अस्पतालले यो मान्छे निरोगी छ भनेर पठाए पछाडि हामीले मेडिकल गरेको छ कि छैन हेर्नु बाहेक श्रम स्वीकृति दिने ठाउँबाट अन्य अधिकार छैन ।,’’ मन्त्री अर्यालले भने, ‘‘आवश्यक कागजपत्र पुगेको छ कि छैन भनेर हेर्नेभन्दा बाहेक श्रम स्वीकृति दिने अधिकारीसँग अरु अधिकार छैन । स्वास्थ्य व्यवसायीले सही काम गरेको छ कि छैन अनुगमन गर्ने कुरा, मेनपावर व्यवसायीले सही काम गरेका छन् कि छैनन् अनुगमन गर्ने कुरा, अभिमुखीकरण तालिम दिनेहरुले सही काम गरेको छन् कि छैनन् अनुगमन गर्ने कुरा त्यो हामी गर्न सक्छौँ । तर श्रम स्वीकृति भनेको सम्पूर्ण डकुमेन्ट पुरा छ र ओरिजिनल छ । डुप्लिकेट छैन । त्यसकारण यो मान्छेलाई श्रम स्वीकृति दिन उचित छ । भनेर त्यहाँबाट दिने भएको कारणले यसलाई छिटो र छरितो गरेको हो । सातै प्रदेशबाट श्रम स्वीकृति दिइराखेका छौँ ।  खासै भन्नुपर्दा एक घण्टा पनि होइन । दुई मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ हामीले । उहाँहरुलाई एकघण्टा समय दिएर नबिग्रियोस् भनेर हो । दुई मिनेट ४४ सेकेण्डमै भइराखेको छ ।’’ मन्त्री अर्यालले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको कुरा गरिने भए पनि ९६ प्रतिशत श्रमिकले पैसा तिरेर विदेशिने गरेका बताए।

कतारी राजा शेख बंगलादेशको भ्रमण सकेर नेपाल प्रस्थान

काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानी बंगलादेशको राजकीय भ्रमण सकेर नेपाल प्रस्थान गरेका छन्।  द पेनिन्सुला कतारका अनुसार ढाका विमानस्थलबाट नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं प्रस्थान गरेका हुन् ।  राजा शेखलाई बंगलादेशका विदेशमन्त्री डा. हसन महमदसहितका सरकारी अधिकारीले हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरेका छन् ।  त्रिभुवन विमानस्थलका अनुसार उनी क्यूएएफ ६ उडानबाट अपराह्न ४ः४० बजे विमानस्थल अवतरण गर्ने तालिका छ। उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल जाँदैछन् ।

बाँकी पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्रीः एमाले

काठमाडौं । नेकपा एमालेले बाँकी रहेको पुरै कार्यकाल हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुन सक्ने बताएको छ ।  शुक्रबार एमाले पार्टी कार्यालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा एमालेका महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।  उनले भने, ‘कतिपयले आलोपालो प्रधानमन्त्री भनेका छन् । तर हामी यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौ भनेर भनिराखेका छौँ ।’  महासचिव पोखरेलले आफुहरुको चिन्ता मुलुक, जनता र राष्ट्रको भविष्यप्रति भएको बताए । उनले गणतन्त्र र लोकतन्त्रको सुदृढीकरणका सवालमा सबै पक्षसँग एमाले मिलेर जान तयार रहेको समेत बताए ।  मुलुकलाई ओरालो यात्राबाट सुरक्षित यात्रामा डोर्‍याउने कुरा नै प्राथमिकता भएको भन्दै महासचिव पोखरेलले लोकतन्त्रमाथि सङ्कट आएका बेला कांग्रेससँग पनि मिलेर काम गर्नुपर्छ भनेर भनिरहेको बताए ।   नेता पोखरेलले प्रदेशहरूमा देखिएको अस्थिरता राष्ट्रिय राजनीतिमा भएको कोर्स करेक्सनको प्रभाव भएको टिप्पणी गरे । केन्द्रको राजनीतिक समीकरण अनुसार नै प्रदेश सरकारहरू बनेपछि मात्र मुलुकले स्थायित्व प्राप्त गर्ने पोखरेलको भनाई छ ।

नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास सम्पन्न

भक्तपुर। राष्ट्रिय युवा परिषदद्वारा सञ्चालित चारदिवसीय नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास बिहीबार सम्पन्न भएको छ। गत चैत्र २६ बाट शुरु भएको अभ्यास कार्यक्रम चैत्र २९ गते समापन भएको छ। खुला अनलाइन आवेदनका आधारमा देशभरका  ७१ जिल्लावाट  छनौट भएका १६–२४ उमेरका २०० जना युवा कार्यक्रममा सहभागि थिए ।  नमुना संयुक्त राष्ट्रसंघको महासचिवको भुमिका ललितपुरकी नुज्जु अवालेले निर्वाह गरिन। सानोठिमी भक्तपुर स्थित एसओएस वालग्राम हाताभित्र नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विधिवत् समारोहकाबीच कार्यक्रमको उद्घाटन गरेका हुन्।   सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नमुना संयुक्त राष्ट्रसंघको अभ्यासले नेपाली युवाहरुलाई अन्तर्राष्ट्रिय कुटनीति र नेतृत्व विकासमा महत्वपुर्ण टेवा पुग्ने बताए।कार्यक्रमको समापन समारोहमा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले युवालाई नेतृत्वदायी र प्रतिस्पर्धी भूमिकामा स्थापित गराउन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने वताए। मन्त्री श्रेष्ठले युवा स्वरोजगार र सशक्तिकरण मन्त्रालयको मुख्य ध्यान रहेको बताए ।   संयुक्त  राष्ट्रसंघको नेपाल स्थित आवासीय कार्यालयको तर्फवाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले नेपाली युवाहरुले राष्ट्रसंघीय अभ्यास वुझ्नु अत्यन्तै आवश्यक रहेको वताइन्। लबेले युवा पुस्ताले विश्व शान्ति र सद्भाव कायम राख्न महत्वपुर्ण भुमिका खेल्न सक्ने बताइन् ।    राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई राष्ट्रसंघीय अभ्यास, दिगो विकास लक्ष्य, कुटनीतिक आयाम, साझा अन्तर्राष्ट्रिय सवालहरु, जलवायू परिवर्तन, मानव अधिकार , सुरक्षा परिषद लगायतका विषयमा प्रशिक्षित गराउने उदेश्यले  कार्यक्रम आयोजना गरिएको वताए। चार दिने कार्यक्रममा सहभागी युवालाई विभिन्न छ वटा समितिमा विभाजन गरि अलग अलग विषयमा छलफल तथा अभ्यास गराइएको थियो ।   संयुक्तराष्ट्र संघ अनर्गत महिला समिति, सुरक्षा परिषद् समिति, मानवअधिकार परिषद् समिति, वातावरणीय कार्यक्रम समिति , आर्थिक तथा वित्तीय समिति समिति, अन्तर्राष्ट्रिय प्रेस समिति जस्ता फरक फरक क्षेत्रमा युवाहरुले अभ्यास गरेका थिए ।   समितिहरुमा सांसद सुनिता बराल, बैङ्कर्स तथा उद्यमी अनिल केशरी शाह, भाइराजा पाण्डे, सुनिल शर्मा, रौनिक राज अर्याल लगायतले विषयगत सहजिकरण समेत गरेको परिषदका उपसचिव कर्ण कवरले जनाए।  कार्यक्रममा विश्व वन्य जन्तु कोषका राष्ट्रिय निर्देशक डा।घनश्याम गुरुङ,  एसओएस् वालग्रामका राष्ट्रिय निर्देशक डा।गंगावहादुर गुरुङ् , युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार निर्देश सिलवाल, परिषद् सदस्य सजिना थापा मगर, प्रशासकीय प्रमुख दिनेस घिमिरे, क्रियजन का अध्यक्ष आनन्द भिश्र,  युथ थिङ्कर्स सोसाइटिका क्षितिज भट्टराई लगायतले शुभकामना दिएका थिए।

अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् । राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताए । प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताए। “नेपालको प्रत्येक राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणहरूमा युवाको महत्त्वपूर्ण योगदान रहँदै आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “साहस, सिर्जनशीलता, सिक्ने क्षमता तथा आत्मविश्‍वास उच्च रहने युवा वर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत र पहरेदारसमेत मानिन्छ ।”  युवाको नेतृत्व विकास, नैतिक आचरण र अनुशासनमा निखार ल्याउँदै सवल, सभ्य र सचेत नागरिक बनाउन राष्ट्रिय सेवा दल तालिम उपयोगीसिद्ध रहने गरेको आफूले पाएको प्रधानमन्त्रीले बताए। प्रधानन्त्रीले विविध परम्परा, संस्कृति र संस्कारको प्रतिनिधित्व गर्दै नेपालको विभिन्न स्थानबाट आई तालिममा सहभागी भएका युवालाई एउटै छानामुनि बसेर सैनिक कला तथा समसामयिक विषयका ज्ञान आर्जन गर्नुका साथै एकअर्काको परम्परा, मूल्य, मान्यता, संस्कृति र संस्कार बुझ्ने मौका प्राप्त भएको उल्लेख गर्नुभयो । उनले भने, “तालिमबाट प्राप्त विभिन्‍न ज्ञानले तपाईंहरूमा राष्ट्रिय एकताको भावनासमेत अभिवृद्धि गरेको छ भन्‍ने विश्‍वास लिएको छु ।” तालिमले युवालाई अनुशासित, मर्यादित र मुलुकप्रति समर्पित नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादनमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रधानमन्त्रीले उल्लेख गरे ।  “दीक्षित युवाले राष्ट्रलाई आवश्यक परेको समयमा निःस्वार्थ सेवाभावबाट समर्पित भई एक कर्मठ नेपाली नागरिकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “तालिमको दौरान तपाईहरूले हासिल गरेका ज्ञानले उक्त कार्यका लागि अभिप्रेरित गर्नेछ भन्‍ने विश्‍वास लिएको छु ।”