बढुवा भएका एसपीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका प्रहरी अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

शुक्रबार प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरले बढुवा भएका आठ एसपीलाई प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

बढुवा समितिले १४ चैतमा उनीहरूको बढुवा सिफारिस गरेको थियो । बढुवाबारे कुनै उजुरी नपरेपछि उनीहरूको सिफारिस सदर भएको हो।

एसपी बढुवा हुनेहरूमा ढकेन्द्र खतिवडा, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरन्जन भट्ट, राजन लिम्बु र विनोद घिमिरे छन्।
 

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे प्रधानमन्त्रीले गरे मन्त्रालयसँग छलफल, गणतन्त्रपछि प्रगति उत्साहप्रद

बैठकमा उत्तरदक्षिण (कोशी करिडोर) खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे मन्त्रालयको ब्रिफिङ लिए।

संसद् र संसदीय समितिको निर्देशन प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएका छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्त्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको बताएका छन्। बुधबार सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले समितिका सांसदहरूले उचित रूपले उठाएका प्रश्नहरूलाई सरकारले गम्भीर रूपमा लिने पनि बताए । उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि, विकास र सन्तुलित परराष्ट्र नीति कायम गर्ने कुरामा मुख्य जोड दिदै आएको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले सरकारले सङ्घीयता कार्यान्वयनका लागि बाँकी कानुनहरूको निर्माण कार्यलाई अघि बढाएको बताए । ‘‘संसद् र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्त्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको ब्यहोरा पनि जानकारी गराउन चाहन्छु । समितिमा माननीय सदस्यहरूले व्यक्त गरेका जिज्ञासाहरूमा पनि सरकारको धारणा तपाईँहरूले उचित रूपले उठाएका प्रश्नहरूलाई सरकारले गम्भीर रूपले लिने नै छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘सङ्घीयता कार्यान्वयनका सरकारको उच्च प्राथमिकतामा रहेको छ । यस सन्दर्भमा विगत चार वर्षदेखि नसकेको सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन बमोजिम गठन गरिएको प्रदेश समन्वय परिषद्को बैठक यसै पटक दुई पटक बसी सङ्घीयताको कार्यान्वयनको सम्बन्धमा भएको विभिन्न निर्णयहरू कार्यान्वयन भइरहेका छन् ।’’ प्रधानमन्त्री प्रचण्डले सरकार सङ्घीयता कार्यान्वयनको सम्बन्धमा गरेका निर्णयहरू कार्यान्वयन गर्न लागिपरेकोमा समेत जोड दिए ।

प्रि-बजेट प्रस्ताव सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरिने, फागुन २१ देखि छलफल

काठमाडौं आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको प्रि-बजेट छलफलका लागि सोमबार प्रतिनिधिसभामा प्रस्ताव पेस गरिने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी १५ दिनका लागि संसद्को क्यालेन्डरलाई अन्तिम रूप दिँदै प्रि-बजेट छलफलको कार्यतालिका पारित गरेको हो ।  अर्थमन्त्री प्रकाशशरण महतले प्रिबजेटमाथि छलफलको प्रस्ताव सोमबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्नेछन् । प्रतिनिधिसभाको आगामी १५ दिनको क्यालेन्डरअनुसार सोमबार प्रस्तुत हुने प्रि-बजेट छलफल प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन् । प्रि-बजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० गते समय निर्धारण गरिएको छ । यसबीचमा केही विधेयकहरूलाई विधायिकी प्रक्रियामा अगाडि बढाउने कार्यसूची पनि तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ४० मिनेट र सूर्यास्त साँझ ५ बजेर ५६ मिनेटमा हुनेछ । 

चुटकिला : सुन्दरता या समझदारी

पत्नीले पतिसंग सोधिन्ः तपाईलाई मेरो के राम्रो लाग्छ- मेरो सुन्दरता कि समझदारी ? ‘मलाई त तिम्रो ठट्टा गर्ने बांनी राम्रो लाग्छ’ पतिले जवाफ दियो ।

बढुवा फारामसँगै पेश गर्नुपर्ने फाराम

काठमाडौं, चैत ८ । लोकसेवा आयोगद्वारा आन्तरिक प्रतियोगितात्मक परीक्षाअन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणीको खरिदार (अप्राविधिक) पदको लागि बढुवा आवेदन फारामसँगै सेवा, समूह रोजाईको प्राथमिकता फाराम पेश गर्न आवश्यक रहेको हुँदा इच्छुक उम्मेदवारहरुलाई यो जानकारी गराइएको छ । पेश गर्नु फाराम डाउनलोड गर्न सकिन्छः  

कतै तपाईको बच्चामा कब्जियत त छैन ? (लक्षण, कारण र उपचारसहित)

के हो कब्जियत ? मानिसलाई दैनिक जीबनमा समयमै दिसा नभएर गाह्रो हुने  वा कडा प्रकारको दिसा आएर गार्हो हुने  अवस्थालाई कब्जियत वा दिसा गोटा पर्नु भन्न सकिन्छ । यसरी आउने कडा दिसामा साधारणतया भन्दा पानीको मात्रा धेरै कम हुन्छ । कब्जियतको कारणले दैनिक कार्य नै चौपट पार्दछ। कब्जियतले धेरै दुख दिएपछि वा उपचार समयमै नगरिएमा बच्चाले कट्टुमा दिसा चुहाउन थाल्दछ। प्रत्येक मानिसको बिन्नाभिन्नै पाचन शैली हुन्छ। दिनको २-३ पटक देखि केहि दिनमा बिराएर मानिसले दिसा गर्ने गर्दछन। यदि कुनै मानिसले सामान्यता भईराखेको भन्दा कम मात्रामा दिसा गर्न थाल्यो भने, कब्जियत भएको भन्ने बुझ्नु पर्दछ।  कब्जियत केहि दिन, हप्ता देखि केहि महिना सम्म रहन्छ। प्राय बच्चालाई कब्जियत दिसा गर्ने तालिम दिने बेला, बिद्यालय जान सुरु गर्दा, घुम्न निस्कदा, खाना परिबर्तन गर्दा वा परिवारमा नया सदस्यको जन्म भएको खण्डमा हुने गर्दछ। बच्चामा देखिने कब्जियतको लक्षण के के हुन् ? दिसा साह्रो र गोटा परेको हुन्छ ३ दिनदेखि बढी समय दिसा हुदैन दिसा गर्दा बच्चालाई पिडा हुन्छ बच्चाले लामो समय शौचालयमा बिताउछ कडा दिसाले गर्दा मलद्वारमा च्यातिएर रगत आउन सक्छ पेट नराम्ररी दुख्छ, दिसा गरेपछि पेटको दुखाई सन्चो हुन्छ बच्चाले कट्टुमा थाहा नपाई  दिसा चुहाउछ सामान्यता बच्चाले कति पटक दिसा गर्नु पर्दछ ? दिनको ३ पटक देखि २ दिनमा १ पटक सामान्य बच्चाले दिसा गर्नु पर्दछ। दुध बाहेक सामान्य खाना खान थालेपछि बयस्क जस्तै दिसाको तालिका हुन थाल्दछ प्रत्येक ४-५ दिनमा दिसा गर्ने बच्चालाई बढि पिडादायक हुन्छ सामान्यता दिसा गर्दा पिडा हुनु हुदैन बच्चाले पिडाको गुनासो गर्ने बित्तिकै उपचार शुरु गर्नु पर्दछ। १ महिना माथिको स्तनपान गर्ने बच्चाले ४-७ दिनमा दिसा गर्छ र दिसा गर्ने बेला कुनै दुखाइ बिना कमलो र धेरै मात्रामा दिसा निकाल्छ भने त्यो सामान्य मान्नु पर्दछ। सुतेर दिसा गर्दा बच्चाले कन्नु सामान्य हो।  बसेर गर्दा जति सजिलो हुन्छ सुतेर त्येतिनै गाह्रो हुन्छ। पिडा बिनाको कसिलो र सुक्खा दिसा पनि सामान्य मानिन्छ। कब्जियतको कारण के हो  ? प्रयाजसो बच्चालाई खाना नमिलेर र दैनिकी नमिलेर कब्जियत हुने गर्दछ। प्रमुख कारणहरु निम्न हुन: दुधको बढी प्रयोग  : दुध वा दुध बाट बनेको चीज बढी मात्रामा खानाले कब्जियत गर्दछ। दुधले दिसालाई कसिलो र कडा बनाउदछ। फाइबर युक्त खानाको कम प्रयोग : फाइबर तरकारी, फलफुल, अन्नमा पाईन्छ। फाइबरले दिसालाई कमलो, धेरै मात्राको र सजिलै बाहिर निस्कन सक्ने बनाउदछ। फाइबर कम भएको खण्डमा दिसा साह्रो र कम मात्राको बन्दछ। खानामा पौस्टिक मात्राको असन्तुलन : माछा मासु, अण्डा र चिनीजन्य पदार्थको बढी प्रयोग र प्राकृतिक खानाको कम प्रयोग भएमा कब्जियत हुन्छ। तयारी खानाको बढी प्रयोग : अभिभावकको वेस्तता वा बजारिया खानाको मिठासले आजकल बच्चाहरुमा बाहिरी तयारी खाना बढी प्रयोग गर्न थालेका छन। कहिलेकाही यस्तो खाना खादा त केहि नहोला तर प्राय सधै खानेलाई  भने पेटको दुखाई  साथै कब्जियतले दुख दिन थाल्दछ। तरल पदार्थको कम खुवाई : तरल पदार्थ कम खानाले दिसा सुक्खा र साह्रो बन्दछ। कम ब्यायाम : पहिलेको तुलनामा अचेलका बच्चाहरु बाहिर गएर खेल्न छाडेका छन्।  ब्यायाम कम गर्ने वा घर बाहिरको खेलकुद कम खेल्ने बच्चामा कब्जियत बढी पाईएको छ। दिसा नगर्ने बानी : यदि कुनै कारण (खेलकुद , पढाई , डर ) बच्चाको दिसा रोकेर राख्ने बानि परेको छ भने यसले कालान्तरमा कब्जियतको रुप लिन्छ। दिसा च्यापेर राख्ने अवस्था : बिद्यालय वा कुनै सार्बजनिक सौचालयमा बानि नपरेको वा फोहोर कारणले दिसा गर्न गारो भएको अवस्थामा बच्चाले दिसा च्यापेर राख्ने गर्दछ र दिसा साह्रो हुदै गोटा पर्दै जान्छ। १-२-३ दिन गर्दा गर्दै यो कब्जियतमा परिणत हुन्छ। आन्द्राको कम गतिसिलता : कुनै बच्चाको शरीरमा आन्द्राको गति ज्यादै कम हुन्छ।  यो बंग्शानुगत हुन सक्दछ। अन्य : पास्नी पछि स्तनपानबाट अरु दुध वा ठोस पदार्थमा खान सुरु गराउदा केहि दिन कब्जियत देखिन्छ। बच्चा बिरामी भई बान्ता,ज्वरो ,पखाला लागी शरीर निर्जलिकरण भएमा कुनै औषधिको प्रयोग भएमा जस्तै : मर्फिन कुनै रोग लागेमा जस्तै : हाइपोथाइरोइडिजम , हर्सप्रंग १ बर्ष भन्दा मुनिको बच्चाले मह खाएमा उपचार बिधि : लक्ष :   थुप्रिएर बसेको दिसालाई पूर्ण रुपमा बाहिर निकाल्ने दिनहु पेट खलास पारेर दिसा बाहिर निकाल्ने दिनहु शौच बस्ने बानि लगाउने फाइबर युक्त आहारको र तरल पदार्थ सेवन गर्ने बानि बसाल्ने प्राय बच्चामा खाना र दैनिक जिबनशैली परिबर्तन गर्दैमा कब्जियत ठिक हुन्छ। एक पटक कब्जियत सुरु भएपछि यो निको हुन लामो समय लाग्ने भएकोले  यसको उपचार गर्न परिवार र बिद्यालयबाट धैर्यता, सहकार्य र प्रतिबद्धताको आवश्यकता पर्दछ। १ बर्ष भन्दा मुनिको बच्चालाई आहार : २ महिना भन्दा मुनिको बच्चामा कब्जियत हुदैन, यदि छ भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्दछ। २-४ महिनाको बच्चामा कब्जियत छ भने ३० मिलि स्याउ, आल्चा वा नास्पातिको जुस दिनको १-२ पटक खुवाउन सकिन्छ।४ महिना पुगेको बच्चालाई लिटोमा फाइबरयुक्त खाना घोलेर खुवाउन सकिन्छ। १ बर्ष भन्दा माथिको बच्चालाई दिईने आहार  बच्चालाई प्रशस्त पानी पिउन दिनु पर्दछ। दिनहु तरकारी र फलफुल पर्याप्त मात्रामा दिईनु  पर्दछ। बच्चालाई अड्किने खालको फलफुल बाट बचाउनु पर्दछ।  फाइबर युक्त खाना जस्तै गहु/मकै को चोकर बढी मात्रामा खुवाउनु पर्छ। ४ बर्ष भन्दा माथिको बच्चामा पोलेको, भुटेको वा ऊसिनेको मकै दिनहु खुवाउन सकिन्छ। कब्जियत गराउने खानेकुराहरु जस्तै भात, पाउरोटी, बजारको तयारी खाना बच्चालाई कम खुवाउनु पर्दछ।  बच्चाको खाना परिबर्तन गर्दा परिवारमा सबैले खाने खाना नै परिवर्तन गर्नु जरुरि छ। शौचको तालिम : बच्चालाई हरेकपल्ट खाना खाए पछि दिनको २-३ पटक शौचालय जाने तालिम दिनु पर्दछ। दिसा गरे पनि नगरेपनि ५-७ मिनेट शौचालय वा दिसा गर्ने कोपारामा राख्नु पर्दछ जसले गर्दा दिसा गर्ने बानि बस्दछ। शौचालयमा प्रयोग हुने आधुनिक कमबोट भन्दा प्राचिन शैलीको थुचूक्क बस्न मिल्ने प्यानमा बसाल्दा दिसा खलास हुन्छ। शौचको लागि बस्दा जहिले पनि घुडालाई खुम्च्याइ छातीमा छुवाउनु पर्दछ र कम्मर भन्दा घुडा माथि हुन पर्दछ।  शौचको तालिम दिदा बच्चाले दिसा निकाल्न गाह्रो मान्छ वा दिसा अड्काएर राख्छ भने पहिले कब्जियतको उपचार गर्नु पर्दछ। एउटा भाडोमा मनतातो पानी  राखेर त्यस भित्र बच्चालाई बसाउन सकिन्छ। यसबाहेक तातोपानी कपासमा हालेर मलद्वारमा प्रयोग गर्न सकिन्छ। औषधिको प्रयोग : यदि खाना परिबर्तन गर्दा वा शौचको तालिम दिदा पनि कब्जियत सुधार भएन भने औषधिको प्रयोग गरिनु पर्दछ। कब्जियतको बिरामीलाई दिसा पातलो गर्ने औषधि लाभदायक हुन्छ। पहिलो पटक मुखबाट खान मिल्ने औषधि प्रयोग गर्दा राम्रो हुन्छ। मलद्वारबाट हाल्ने औषधि हाल्नु परेमा चिकित्सकको निगरानीमा हाल्नु पर्दछ। धेरै जसो बच्चामा उपचार लामो समय सम्म गर्नु पर्ने हुन्छ । यदि सबै प्रयोग गर्दा पनि सफल हुन सकेन भने अस्पतालमा भर्ना गरेर  मलद्वारको सफाई (rectal wash ) गर्नु पर्दछ। चिकित्सकको सल्लाह कहिले लिने ? यदि बच्चाको दिसा गर्ने समय बढ्दै गएको छ भने यदि दिसामा रगत देखिएको छ भने यदि ज्वरो आएको छ भने यदि छिन छिनमा पिसाब लाग्छ , पिसाब गर्दा दुख्छ भने लुगामा दिसा चुहाउन थालेको छ भने तुरुन्त अस्पताल कहिले दौडाउने ? यदि बच्चालाई बढीनै दुखाइ छ भने बच्चाले बान्ता गर्न थालेको छ, बान्ता हरियो छ भने बच्चाको पेट फुलेको छ भने बच्चा २ महिना भन्दा मुनिको छ भने १२ महिना भन्दा मुनिको बच्चाले चुस्न छोडेको छ भने

सुवासको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गर्नुभएको छ।  बुधवार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले सो घोषणा गर्नुभएको हो।  उहाँले सुवासचन्द्र नेम्वाङकाे स्मृति ताजा राख्न र नेम्वाङका आदर्शलाई पछ्याएर उहाँको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताउनुभएको हो।   उहाँले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पार्नुभयो।  प्रतिष्ठान बनायो छोड्यो गर्ने नभई नेताहरूका नामका प्रतिष्ठान नेताहरूको आदर्श, नेताहरूको विचार, नेताहरूले हिँडेको बाटो, नेताहरूको व्यवहार, आचरण, नेताहरूको गतिशील इच्छा, आकाङ्क्षा र प्रवृत्ति अनुरूप चल्नुपर्ने बताउनुभयो।  

संसदका चार वटा समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ।जसअन्तर्गत बिहान ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ। बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्राविधिक शिक्षालय सञ्चालनका लागि सम्बन्धन स्वीकृती सम्बन्धमा परेको उजुरी÷निवेदनका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)सँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने विकास, अर्थिक मामिला तथा सुशासन समितिको बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रवद्र्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल हुनेछ। त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरुसँग सङ्कल्प प्रश्ताव सम्बन्धमा छलफल हुनेछ।

डीआईजी जोशी एआईजी बढुवाका लागि सिफारिस

काठमाडौँ  नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको  बढुवा सिफारिस समितिका सदस्यसचिव समेत रहेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जनाएका छन् ।

काठमाडौंको नीति तथा कार्यक्रम ३२ जेठमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम ३२ जेठमा ल्याउने भएको छ। बुधबार बसेको कार्यपालिका बैठकले ३२ जेठमा १५औं अधिवेशन मिति तोकेको हो। कार्यपालिका बैठकले ‘कानुन तर्जुमा र स्थानीय राजपत्र तथा नीतिगत दस्तावेज सम्पादन एवम् प्रकाशन कार्यविधि(२०८१’, ‘श्रम बैंक सञ्चालन कार्यविधि–२०८०’ को पहिलो संशोधन र ‘टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि–२०८०’ मा पहिलो संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ । यस्तै ‘फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका–२०८१’ र ‘साथी महानगर सञ्चालन कार्यविधि–२०८१’ संशोधनसहित पारित भएको महानगरले जनाएको छ । बैठकले ६० वर्ष उमेर पूरा भएका र १० वर्ष सेवा गरेर स्वेच्छिक अवकाशमा जान चाहने स्वयंसेविकालाई सुविधासहित सेवाबाट अलग हुने अवसर प्रदान गर्ने बैठकले निर्णय गरेको छ । यस्तै सहरी योजना आयोगको सदस्यमा इन्जिनियर शैलेन्द्र झा र प्रसुनरत्न बज्राचार्यको नियुक्तिलाई अनुमोदन गरेको छ ।

देउवा निवासमा सत्ता पक्षका माधवसहित विपक्षी गठबन्धनको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज ४ दलको बैठक बसेको छ।  मधेस प्रदेशको सरकारबारे छलफल गर्न कांग्रेस, जसपा नेपाल, लोसपा र सत्तारुढ एकीकृत समाजवादीका नेताबीच छलफल भएको हो।  छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागीता रहेको थियो।  यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र देउवाबीच पनि आजै छुट्टै छलफल भएको थियो। वर्तमान राजनीतिक अवस्था र मधेस सरकार गठनका बारेमा छलफल भएको बताइएको छ। 

जुवाको खालबाट २२ जना पक्राउ

काठमाडौंं । नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।  काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गंगा जमुना गाउँपालिका–६, घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका गुरुङ समेत सातजनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ। साथै गोकर्णेश्वर नगरपालिका(४, माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौँ कपन बस्ने ३८ वर्षीया विष्णु लिम्बू समेत १५ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, “मित्रनगरमा प्रहरी प्रभाग गोंगबु तथा गोकर्णेश्वरमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले निजहरूलाई पक्राउ गरेको हो।” पक्राउ परेकाहरुको साथबाट प्रहरीले दुई लाख ७० हजार ५५० रुपैयाँ तथा केही थान तास समेत बरामद गरिएको प्रहरीको भनाइ छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताए। रासस  

काठमाडौँको थलीमा पुरुष मृत फेला

काठमाडौँ । काठमाडौँको थलीमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्। थलीबाट साँखुतर्फ जाने उकालोमा करिब ५५ वर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए। घटनास्थलमा भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको लाइसेन्स फेला परेको छ। प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। 

कांग्रेसले भन्यो -'समिति गठन गरी निकास दिन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ'

काठमाडौँ। सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको नेपाली कांग्रेसले जानकारी दिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री र प्रतिपक्षी दलको छलफलपछि कांग्रेस नेता रमेश लेखकले सो कुरा जानकारी दिएका हुन् । रातोपाटीसँग कुराकानी गर्दै लेखकले भने, ‘प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ। राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको छ ।’ उनले यसबारे थप छलफल हुने बताए। लेखकका अनुसार आजको बैठक धेरै लामो समय बसेन । बैठक करिब आधा घण्टा मात्र बसेको थियो। बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए। त्यस्तै, माओवादीबाट जर्नादन शर्मा पनि आजको छलफलमा उपस्थित थिए। कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ। कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो।