पाकिस्तानले गुमायो चार विकेट

काठमाडौं। एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानले चार विकेट गुमाएको छ । पाकिस्तान क्रिकेट रंगशालामा टस जितेर पहिलो बलिङ गरेको नेपालले राम्रो सुरुवात गरेको छ ।

पाकिस्तानले दुवै ओपनर गुमाएको छ । अहिले पाकिस्तानले २७.५ ओभरका दुई विकेटको क्षतिमा १२४ रन बनाएको छ ।

दैलेखबाट भागेर कैलाली बिहे गरेकी १९ वर्षीय युवतीको मृत्यु, हत्याको आशंका

धनगढी । कैलालीमा प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृ’त्यु भएको छ । दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीय विष्णु रावलको मृ’त्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले बिहीबार दिउँसो मृत’कका श्रीमानले रावललाई उपचारका लागि टीकापुर अस्पताल ल्याएका र सोही क्रममा उनको मृ’त्यु भएको जानकारी दिए । डीएसपी शाहीकाअनुसार रावलले झुण्डिएर आत्मह’त्या प्रयास गरेको अवस्थामा श्रीमानले पासो काटेर अस्पतालमा पुगाएका थिए तर चिकित्सकले मृ’त घोषणा गरेका थिए । घटनाको अनुसन्धानका लागि मृत’कका श्रीमानलाई नियन्त्रणमा लिएको प्रहरीले शुक्रबार भने आफन्तको जिम्मा लगाएको छ । ‘अनुसन्धानका लागि मृत’कका श्रीमानलाई नियन्त्रणमा लिएका थियौँ तर प्रारम्भीक अनुसन्धानमा ह’त्या गरेको जस्तो नदेखिएकाले शुक्रबार आफन्तको जिम्मा लगाएका छौँ,’ डीएसपी शाहीले भने, ‘तर घटनाको अनुसन्धान भने जारी छ । ह’त्यालाई बल पुग्ने प्रमाण फेला परेमा जुनसुकै बेला पनि नियन्त्रणमा लिन सकिन्छ ।’ तर मृ’तकका माइती पक्षले भने घटना शंकास्पद भएकाले निष्पक्ष अनुसन्धानको माग गरेका छन् । मृ’तककी दिदी जमुना रावलले प्रेम विवाह गरेर आफूखुसी घरबाट कैलाली भागेर गएकी विष्णुले घटना भएको दिन समेत आमासँग कुराकानी गरेको बताउँदै त्यसको केही घण्टामा मृ’त्युको खबर आएकाले घ’टना शंकास्पद रहेको बताइन् । आफूहरुलाई बहिनीलाई भगाएर लगेको केटाले उनलाई आत्मह’त्या गर्न बाध्य पारेको वा ह’त्या गरेको हो की भन्ने आशंका लागेकाले निष्पक्ष अनुसन्धान गरेर प्रहरीले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उनको छ । उनकाअनुसार गुँरास गाउँपालिकामा घरधुरीको विवरण संकलनको काम गर्दै आएकी विष्णु गत २१ असारमा भण्डारीसँग भागेर कैलाली आएकी थिइन् । भण्डारीसँग प्रेम विवाह गरेर आएको एक महिना नबित्दै उनको मृ’त्यु भएको हो । नजिकको साथीबाट साभार

आयात प्रतिबन्धको अवधि डेढ महिना थपियो

काठमाडौं । सरकारले आयात प्रतिबन्धको अवधि डेढ महिना बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख दोस्रो सातादेखि असार मसान्तसम्मका लागि लगाएको आयात प्रतिबन्धलाई भदौ १५ सम्म निरन्तरता दिने निर्णय गरेको हो । मन्त्रालयले गत असार ३१ गते पैठारी ऐन २०१३ बमोजिम प्रतिबन्धको अवधि थप गर्ने निर्णय गरेको हो । मन्त्रालयले औद्योगिक कच्चा पदार्थ तथा खाद्यान्न बाहेकका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको हो । आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएका वस्तुहरूमा कुरकुरे, कुरमुरे, लेज, चकलेट, विदेशी मदिरा, सूर्तिजन्य पदार्थ, हिरा, महंगा विद्युतीय सामाग्रीलगायत छन् । त्यस्तै १ सय ५० सीसी भन्दा बढीका सबै खाले मोटरसाइकल, जीप, कार, भ्यान, खेलौनाको समेत आयातमा प्रतिबन्ध लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

प्रतिगमनलाई परास्त गर्न संकल्प गर्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुभव र ठक्करका बीच माओवादी आन्दोलनमा नयाँ ध्रुवीकरण सुरु भएको बताएका छन् । शुक्रबार कम्युनिस्ट स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सवै माओवादी क्रान्तिकारीहरु एकता प्रक्रियामा लागिसकेको पनि बताए ।   माओवादीहरू एकढिक्का भएर आगामी निर्वाचनमा लाग्न सके मात्रै प्रतिक्रियावादी र प्रतिगमनकारीहरूलाई परास्त गर्न सकिने भएकाले सबै क्रान्तिकारीहरुले सोच्ने बेला भएको प्रचण्डको भनाइ छ । ‘हामीले हार्दा प्रतिक्रियावादीले जित्ने, प्रतिगमनले जित्ने खतरा हुन्छ’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण पनि आजको दिन प्रतिगमनका विरुद्ध एउटा नयाँ संकल्प लिने दिनको रुपमा सबै सच्चा कम्युनिस्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधर जनताको ऐतिहासिक जिम्मेवारी हो भन्ने हामी ठान्छौ ।’ अध्यक्ष प्रचण्डले विभिन्न अनुभव र ठक्कर बीचबाट फेरि एकचोटी माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्ण ध्रुवीकरणको प्रक्रिया सुरु भएको पनि बताए । ‘दिनदिनै जसो एकाध वयाक्तिका रुपमा मात्रै होइन, संस्थागत रुपमा मुल नेतृत्वमा जोडिने निकै ठुलो प्रक्रिया सुरु भएको छ’, अध्यक्ष प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले यसअघि आफुले नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भनेर एकता प्रस्ताव गरेर नेकपा बनाइएपनि नेतृत्वमा देखिएको वैचारिक र सांस्कृतिक विचलनका कारण पार्टी एकता टिक्न नसकेको बताए । ‘उन्माद र गैर कम्युनिस्ट चिन्तनका कारण पार्टी एकता टिक्न सकेन’, प्रचण्डको भनाइ छ । उनले नेकपा फुटाउन कम्युनिस्ट आन्दोलनका दक्षिणपन्थी र अवसरवादी मात्रै नभई देश बाहिरका शक्तिहरु पनि लागेको बताए ।

थप ३८ जनामा कोरोना संक्रमण, २६९ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण भएको छ । ५३७६ जनामा गरिएको नमूना परीक्षणमा ३८ जनामा संक्रमण भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या २४५३ रहेको छ भने २४ घण्टामा ९७३०६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

बागबजारमा कुटेर एक युवकको हत्या

काठमाडौं । काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा कुटेर युवकको हत्या गरिएको छ । चैत ३ मा ५–६ जनाको समुहले कुटपिट गरेर खोटाङ घर भएका २९ वर्षीय रोशन राईको हत्या गरेका हुन् । सार्वजनिक शौचालयमा पैसा उठाउने काम गदैृ आएका रोशन र अर्को एकजना युवकको बिचमा विवाद हुँदा झगडा भएको थियो । झगडा गर्ने अर्का युवकले आफ्नो समूह बोलाएर रोशनलाई मरणासन्न हुनेगरी कुटेका थिए ।   उपचारको क्रममा रोशनको शुक्रवार ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । हत्यामा संलग्न युवकहरूबारे अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

युएईले नेपाललाई दियाे १६९ रनको लक्ष्य

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत भइरहेकेा सिरिज अन्तर्गत आज भएकाे खेलमा नेपालले युएईले नेपाललाई १६९ रनमा राेकेकाे । दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४६.३ ओभरमा १६८ रनमा अलआउट भएकाे थियाे । युएईका लागि सिपी रिजवान र रोहान मुस्ताफाले ४०-४० रन जोडे। युएईका सुरुवाती तीनै ब्याट्सम्यानलाई सोमपाल कामीले आउट गरेपछि युएइ दबाबमा आएकाे थियाे । ओपनरद्वय मोहमद वासीम २१ रन र चिराग सुरी ६ रनमा आउट भए। लगत्तै बृत्य अरिवन्द ३ रनमा आउट भए। एघारौं ओभरमा आसिफ खानलाई करण केसीले २ रनमा आउट गरेका थिए। त्यसपछि दबाबमा परेको युएईका लागि रिजवान र मुस्ताफाले इनिङ्ग्स सम्हालेका थिए। दुवैले पाँचौ विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। युएईका बासिल हामीदलाई सागर ढकालले आउट भए। एकदिवसीय खेलमा पहिलो विकेट लिएका सागरले बासीदलाई ज्ञानेन्द्र मल्लबाट क्याच गराए। यस्तै कसिफ दाउद १८ रन र कप्तान अहमेद राजा १३ रनमा आउट भए। बलिङमा नेपालका सोमपाल कामीले ४ विकेट लिए। उनले ९ ओभरमा ३९ रन खर्चिए। यस्तै करण केसीले ३ विकेट लिन सफल भए। करणले कसिलो बलिङ गर्ने क्रममा ७.३ ओभरमा १६ रन मात्र दिए। कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एकएक विकेट लिए।

ओलीसँग फोनवार्ताबारे प्रचण्ड सचिवालयको वक्तव्यः राष्ट्रिय मुद्दामा केपीले गैर जिम्मेवार जवाफ फर्काए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहिबार साँझ भएको टेलिफोन वार्ताबारे प्रचण्ड सचिवालयले वक्तव्य जारी गरेको छ । स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत जारि गरेको वक्तव्यमा अध्यक्ष प्रचण्डले ओलीसँग एमसिसीका बारेमा छलफल गरेर निर्वाचनपछि मात्रै अघि बढाउने कुरा गरेपनि ओली गम्भीर नभएको उल्लेख गरिएको छ । पढनुस वक्तव्यको पूर्णपाठ हिजो बेलुकी हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्ड र नेकपा९एमाले०का अध्यक्ष केपि ओलीका बीचमा फोन सम्वाद भएको हो। अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र MCC मा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं” भन्नुभएको हो। तर अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापुर्वक लिनु भएन। उहाँले बरु तपाईंहरुसङ्ग बहुमत छ, पास गर्नुस। तर गैर संसदमा रहदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो। यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन।

तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आयाेगकाे आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निकायको मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएको छ । आयोगले एक विज्ञप्ती जारी गर्दै मिति घोषणा गर्ने विषयमा बिलम्ब नगर्न सरकारलाई आग्रह गरिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोश्रो चरण र असोज २ गते तेश्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मान्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम निर्वाचित पदाधिकारीहरूको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त उल्लेख गरिएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै निर्वाचन गर्नुपर्ने भन्दै आयोगले तत्काल मिति घोषणा गन सरकारलाई आग्रह गरेको हो । यसबारे आयोगले कार्तिक ८ गते र पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जानकारी गराएको पनि उल्लेख गरेको छ । सो भेटमा वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको र यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरणमा वैशाख १४ गते बुधबार र दोश्रो चरण वैशाख २२ गते विहिबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने प्रस्ताव गरिएको आयोगको भनाइ छ । यस्तै पुस ३० गते भएको सर्वदलीय छलफलमा सरकारलाई मिति तोक्न सिफारिश गर्ने लगायतका विविध सुझावहरु प्राप्त भएको पनि आयोगको भनाइ छ । ‘तदानुसार स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरु निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरे अनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ, वर्तमान संवैधानिक एवम् कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा ९१० बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ ।’

परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्द गरेको छ । बोर्डले मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले परीक्षा समयमै टिकटक बनाएका थिए । बोर्डले उनको चालु खण्डको परीक्षा रद्दगरेको छ । साथै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्रध्यक्ष चक्रबहादुर शाही ३ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।

गुल्मी जिप दुर्घटना: मृत्यु हुनेको संख्या ३ पुग्यो

गुल्मीः गुल्मीको परालमीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार दुर्घटनामा मृत्यु हुनको संख्या ३ पुगेको हो । पाण्डेका अनुसार १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो । दुर्घटनामा परेका अन्य घाइतेको उपचार भैरहेको डिएसपी पाण्डेले जानकारी दिए । दुर्घटनामा परेको उक्त जिपमा १० जना सवार थिए । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना भएको थियो । जिप सडकबाट करिब ८ सय फिट तल खसेको अनुमान गरिएको छ ।

प्रचण्ड–माधव पक्षको आयोगलाई प्रश्नः सरकारको छायामा परेर कसरी हुन्छ स्वच्छ र स्वतन्त्र निर्वाचन ?

काठमाडौं, नेकपा (प्रचण्ड–माधव) पक्षले सरकारको छायामा परेको निर्वाचन आयोगले स्वच्छ र स्वतन्त्र निर्वाचन गर्न नसक्ने बताएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताका विषयमा आज आयोजना गरेको छलफलका क्रममा नेकपाका तर्फबाट गएका प्रतिनिधिहरुले अहिलेको परिस्थितिमा निर्वाचन सम्भव नभएको भन्दै आयोगको भूमिकामाथि प्रश्न उठाएका हुन । “आचारसंहितका परामर्श गर्न बोलाएको रहेछ ।” आयोगको छलफलमा भाग लिएका नेकपा नेता लिलामणी पोखरेलले भने, “तर ६४ प्रतिशत मत भएको पार्टीका बारेमा निर्वाचन आयोगमा परेका मुद्दाको निरुपण नगरी कसरी निर्वाचन हुन्छ भन्ने हामीले प्रश्न ग¥यौं ।” नेता पोखरेलले निर्वाचन आयोग सरकारको छायामा पर्न नहुने मत राखेको समेत बताए । “आयोग सरकारको छायामा पर्नु भएन” उनले भने, “प्रधानमन्त्री आएर निर्देशन दिने ? निर्वाचन आयोगको स्वायत्ततामाथि हस्तक्षेप हो कि होइन भनेर प्रश्न गर्यौं ।” नेकपाको आधिकारिकतासम्बन्धी विवाद चलिरहेका बेला निर्वाचन आयोगले कर्मचारी सरुवा गर्ने, प्रधानमन्त्री आएर निर्देशन दिने, पार्टीले निवेदन दिँदा समेत त्यसमाथि सुनुवाई नगर्ने जस्ता क्रियाकलापले स्वतन्त्र र स्वच्छ निर्वाचनमा शंका उत्पन्न गरेको कुरा आयोगसमक्ष राखेको उनले बताए । नेता पोखरेलल आजको छलफलमा निर्वाचन घोषणा गरिसकेपछि प्रधानमन्त्री स्वतः कार्यकारी हुने भएपनि निर्वाचन आयोगकै कार्यक्षेत्रमा हस्तक्षेप गर्दा समेत आयोग मौन बसेको विषयमा समेत प्रश्न गरेका थिए । “कुन जिल्लामा कति गते निर्वाचन गर्ने भनेर सरकारले निर्णय गर्ने हो कि निर्वाचन आयोगले ?” नेता पोखरेलले भने, “अर्कोतर्फ कामचलाउ प्रधानमन्त्रीले मन्त्रीपरिषद बिस्तार गर्न, भूमि आयोगदेखि अन्य निकायमा धमाधम मान्छे नियुक्ति गर्ने र जनमत प्रभावित गर्नेगरी पशुपतिमा करोडौं रकम दिने घोषणा गर्न मिल्छ कि मिल्दैन ?” निर्वाचन आयोगका पदाधिकारीले भने कुनै जवाफ नदिई सुनेको मात्रै उनले बताए । “यो अवस्थामा स्वच्छ र धाँधलीरहित स्वतन्त्र निर्वाचन हुन सम्भव छैन भन्ने कुरा स्पष्टसँग राखेर आएका छौं । आयोगले आज कुनै जवाफ दिएन ।” नेता पोखरेलले भने ।

दमक नगरप्रमुखलाई कोरोना पुष्टि

झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । उहाँकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ । ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिनुभयो । नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।

असोजदेखि विद्यालय खुलाउने तयारी

खलङ्गाः जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोेना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ । आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन शुरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका कक्षा १ देखि ५ सम्मका विद्यार्थीले पढ्न पाउने गरि विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए । उनले भने, ‘लामो समयदेखि पठनपाठन नहुँदा विद्यार्थीको पढाइ बिग्रिन थाल्यो । त्यसैले विद्यालय सरसफाइमा ध्यान दिँदै सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।’ नगरक्षेत्रका सबै विद्यालयको प्रअको बैठकबाट आउँदो असोज ४ गतेदेखि उच्च सतर्कताका साथ विद्यालय खुलाउने तयारी थाल्न निर्देशन दिएको शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख सेजुवालले बताए । विद्यालयबाटै सचेतनाका क्रियाकलाप अघि बढाउने भएकाले आधारभूत तहको कक्षा सञ्चालन गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताए। उनले भने, ‘आधारभूत कक्षमा विद्यार्थी सङ्ख्या पनि कम छ । सामाजिक दूरी कायम गरेर पनि पढाउन सकिने अवस्था छ । यो अवस्थालाई मध्यनजर गर्दै विद्यालय खुलाउने निर्णय भएको हो ।’ आउँदो असोज ४ गतेदेखि आ-आफ्ना बालबालिकालाई विद्यालय पठाउने तयारी गर्न अभिभावकलाई समेत आग्रह गरिएको नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले रेडियो कक्षा सञ्चालन गरिएको थियो ।

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

लहानः पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते खोटाङको हौचुरे गाउँपालिका–५ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी पाण्डेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

चितवनमा डेढ वर्षको बच्चासहित थप १२ जनामा कोरोना देखियो

चितवन । चितवनमा थप १२ जना संक्रमित थपिएका छन् । मंगलबारसम्म संकलन गरिएका स्वाब परीक्षण गर्दा १२ जनामा कोरोना देखिएको हो । कोभिड–१९ प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरणमा भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ९ वर्षदेखि ५४ वर्ष उमेर समूहका छन् । यसैगरी माडी नगरपालिकाका एकजना १८ महिनो शिशु पनि कोरोना संक्रमित भएका छन् । माडीकै अर्का एक पुरुष र सिन्धुपाल्चोकका ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनको भरतपुर अस्पतालमा स्वाब संकलन गरिएको थियो ।