श्रीलंकाका २ क्रिकेटर भ्रष्टाचारको आरोपमा निलम्बित

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले श्रीलंकाका पूर्वक्रिकेटर नुवान जोयसा र अविष्का गुणावर्धनेलाई भ्रष्टाचार आरोपमा निलम्बित गरेको छ । गत वर्षको डिसेम्बरमा यूएईमा भएको टी–१० लिगमा भ्रष्टाचार गरेको आरोपमा आइसीसीइले उनीहरुलाई निलम्बित गरेको हो । नुवान र अविष्कालाई १४ मेभित्र आफूमाथि लागेको आरोपको जवाफ दिन अनुरोधसमेत गरिएको छ । नुवान श्रीलंकाका तीव्र गतिका बलर र गुणावर्धने ब्याट्सम्यान हुन् ।

गेटाफेसँग रियाल मड्रिड बराबरीमा रोकियो

काठमाडौ, बैशाख १३ । स्पेनिश ला लिगा फुटबलमा पूर्व च्याम्पियन रियाल मड्रिडको खराव यात्रा जारी छ । बिहीबार राति भएको खेलमा रियाल मड्रिड गेटाफेसंग गोलरहित बराबरीमा रोकियो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियालले थुप्रै त्यस्ता गोल गर्ने अवसरलाई त्यत्तिकै खेर फाल्यो । रियालका खेलाडीहरुको आक्रमणलाई गेटाफेका गोलकिपर केलर नाभास र डिफेन्स लाइनले पार लाग्न दिएन । ग्यारेथ बेल, टिनएजर खेलाडी ब्राहिम डियाज लगायतका खेलाडीहरु फ्लप सावित भए । प्रशिक्षक जिनेदिन जिदानले लाइनअपमा गरेको परीक्षण पनि फ्लप भयो । बेलले आधा दर्जन गोल गर्ने अवसरलाई गोलमा बदल्न सकेनन् । त्यस्तै करिम बेन्जेमाले दुई वटा गोलका अवसर खेर फाले । जिदान फेरि प्रशिक्षकका रुपमा फर्केपछि रियालले ७ मध्ये ३ खेलमा अंक गुमाएको छ । यो बराबरीसंगै रियाल ३४ खेलबाट ६५ अंकसहित तेस्रो स्थानमा यथावत छ । बराबरीले गेटाफे ५५ अंकसहित चौथो स्थानमा पुगेको छ । ३४ खेलबाट ८० अंकको बार्सिलोना उपाधिका लागि एक जितमात्र पछाडि छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ७१ अंक छ । सेभिया ५५ अंकसहित पाँचौं स्थानमा हुँदा भ्यालेन्सिया ५२ अंकबाट छैटौं स्थानमा छ ।

अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह, नासाले गर्यो लाइभ

काठमाडौं, बैशाख ०७ । नेपालको पहिलो भूउपग्रह नेपाली स्याट–१’ अन्तर्राष्ट्रिय अन्तरिक्षम कक्षमा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ ।  नासाले त्यसको प्रत्यक्ष प्रशारण समेत गरेको थियो । नास्ट र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीको सहकार्यमा निर्मित भूउपग्रह अमेरिकाको भर्जिनियाबाट बिहीबार राती २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

आइपीएलः मुम्बईको दोस्रो हार, पन्जाव ८ विकेटले विजयी

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्स विरुद्धको खेलमा किंग्स इलाभेन पन्जाव ८ विकेटले विजयी भएको छ । मुम्बईले दिएको १७७ रनको लक्ष्य पन्जावले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि लोकेश राहूलले नट आउट ७१, मयंक अग्रवालले ४३, क्रिस गेलले ४२ र डेबिड मिलरले नटआउट १५ रन बनाए । बलिङमा मुम्बईका कुणाल पाण्डेले दुई विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गमाउँदै १७६ रन बनायो । उसका लागि क्विन्टन डी ककले सर्बाधिक ६०, कप्तान रोहित शर्माले ३२, हार्दिक पान्ड्याले ३१, युवराज सिंहले १८, सूर्य कुमारले ११, किरण पोलार्डले ७ रन बनाए । बलिङमा पन्जावका मुर्गन आश्विन, मोहम्मद सामी, हार्दुस भिल्जोइनले दुई–दुई, एन्डु टाय एक विकेट लिए ।

आइपीएलः दिल्लीले टस जित्यो, कोलकातालाई ब्याटिङको निम्तो

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजेदेखि फिरोज शाह कोटला रंगशाला दिल्लीमा हुँदैछ । कोलकाता २ खेलमै जित निकालेर शीर्ष स्थानमा रहँदा दिल्ली २ मा एक खेलमा मात्र जित हासिल गर्दै अंक तालिकाको तेस्रो स्थानमा छ । कोलकातामा दिनेश कार्तिक र दिल्लीमा श्रेयस अय्यर कप्तान छन् । आजको को-कोले पाए मौका? हेर्नुस्

सन्दीपलाई नखेलाउनु के दिल्लीको गल्ती?

काठमाडौं, चैत १४ । इन्डियन प्रिमियर लिगमा मंगलबार राति दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग पराजय भोग्यो । दिल्लीको पराजयका विभिन्न कारणमध्ये नेपाली लेगस्पिनर सन्दीप लामिछानलेलाई टिममा समावेश नगराउनु पनि हो त ? क्रिकेट विश्लेषक ब्राड हज दिप दासगुप्तासँग इएसपिएन क्रिकइन्फोले छलफल गरेको छ । सन्दीपलाई टिममा समावेश नगरेर दिल्लीले कमजोरी गरेको हो त ? भन्ने कार्यक्रम सञ्चालकको प्रश्नमा हजको जवाफ छ, ‘दिल्लीको मैदानमा सन्दीपले खेल जिताउन सक्थे ।’ अमित मिश्रासँगै सन्दीपलाई पनि मौका दिइएको भए चेन्नाइका ब्याट्सम्यानलाई समस्या पर्ने उनको विश्लेषण छ । उनले सन्दीपलाई टिममा समावेश नगरेकोमा आफू आश्चर्यमा परेको बताए । अर्का विश्लेषक दिपदास गुप्ताले पनि दिल्लीको मैदानमा सन्दीपले राम्रो प्रदर्शन गर्न सक्ने बताए । ‘यहाँ बल राम्रो टर्न हुन्छ, जडेजालेसमेत बल राम्रो टर्न गराए भने सन्दीपले पक्कै राम्रो गर्ने थिए,’ उनले भने । सन्दीपले गत सिजनमा पनि आइपिएलमा अन्तिमका केही खेलमात्र खेल्ने अवसर पाएका थिए । त्यसपछि वर्षैभरी उनी विभिन्न लिगमा व्यस्त भए । क्यारेबियन प्रिमियर लिग, क्यानडा प्रिमियर लिग, अष्ट्रेलियाको विगबास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, टी१० लिग लगायतका लिगमा उनले आफ्नो उत्कृष्ट प्रदर्शन कायम राखे । तर, दिल्लीले यसपटक पनि उनलाई किन मैदानमा उतारिरहेको छैन त ? प्रस्तोतको प्रश्नमा हजको जवाफ छ, ‘थाहा छैन, उनले राम्रो गरेका छन् तर अवसर पाएका छैनन् । थाहा छैन, टिमको नेतृत्वले के सोचिरहेको छ ।’ यो सिजनमा दिल्लीले दुई खेल खेल्दासम्म सन्दीप बेञ्चमा नै छन् । पहिलो खेलमा मुम्बइविरुद्ध जित हात पारेको दिल्ली मंगलबारको आफ्नो दोस्रो खेलमा घरेलु मैदानमा नै चेन्नई सुपर किंग्ससँग पराजित भयो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

आइपीएलः कोलकाताविरुद्ध पन्जाबमा को–कोले पाउलान् मौका?

काठमाडौं, चैत १३ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलाभेन पन्जाबले आज कोलकता नाइट राइडर्ससको सामना गर्दैछ । यी दुई टिमबीचको खेल साँझ ८ः१५ बजेदेखि कोलकातामा शुरु हुँदैछ । आजको खेल १२औं संस्करणको छैटौं म्याच हुनेछ । पहिलो खेलमा जीत हासिल गरेका पन्जाब–कोलकाताको भिडन्त रोचक हुने अनुमान छ । पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्स र कोलकाताले सनराइजर्स हैदराबादलाई पराजित गरेका थिए । पहिलो खेलमा जीत हासिल गरेका यी दुई टिम आत्मविश्वासले भरिएका छन् । आजको खेलमा को–कोले अन्तिम ११ मा स्थान बनाउन सक्लान्? यस्तो छ सम्भावित टिम– पन्जाब सम्भावित टिमः रविचंद्रन अश्विन (कप्तान), लोकेश राहुल, क्रिस गेल, मयंक अग्रवाल, सरफराज खान, मनदीप सिंह, निकोलस पूरन,  मुजीब उर रहमान, सैम कुरन, मोहम्मद शामी, अंकित राजपूत। कोलकत्ता समभावित टिमः दिनेश कार्तिक (कप्तान र विकेट कीपर), क्रिस लिन, रबिन उथप्पा, शुभमन गिल, नीतिश राणा, आद्रे रसल, जो डेनियल, पीयूष चावला, कुलदीप यादव, लकी फर्ग्यूसन र प्रसिद्ध कृष्णा। नोटः

भारतविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं, चैत १२ । भारतको आन्ध्र प्रदेश क्रिकेट टिमसँगको चौथो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको आन्ध्रले निर्धारित ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन मात्र बनाउन सक्यो । उसका लागि नितीस कुमारले सर्बाधिक ७५ रन बनाए । बलिङमा नेपालका भीम सार्की, कुसल मल्ल, पवन सराफले दुई–दुई, कमलसिंह ऐरी, सागर ढकाल र राशिद खानले एक–एक विकेट लिए । यसअघि, पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनायो । नेपालका लागि कुसल मल्लले सर्बाधिक नटआउट ४८, राशिद खानले ४१, पवन सराफले ३२, कप्तान रोहित पौडेल, भिम सर्कीले १८—१८, रित गौतमले १५, लोकेश बमले १२, कमल ऐरीले ८, आशिफ शेखले ५, अविशेक बसन्तले १ रन बनाए । बलिङमा जे. दुर्गाकुमार, भी. कार्तिक रेड्डी, एम. माधवले दुईदुई र पी. सपरमन्युमले एक विकेट लिए । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि नेपाली टिम आन्ध्र प्रदेश क्रिकेट टिमसँग अभ्यास खेल खेलिरहेको हो ।

युरो कप छनोटः इटालीको शानदार सुरुवात

एजेन्सी । युरो कप फुटबलको छनोट खेलमा पूर्वविजेता इटालीले सुखद सुरुवात गरेको छ । समूह ‘जे’ अन्तर्गतको आइतबार बिहान खेलिएको आफ्नो पहिलो छनोट खेलमा इटालीले फिनल्यान्डमाथि २-० गोलको सजिलो जित हासिल गर्‍यो । सन् १९६० देखि सुरु भएको युरो कपको इतिहासमा इटालीले हालसम्म एकपटक मात्र उपाधि जित्न सकेको छ । इटालीले सन् १९६८ मा भएको तेस्रो संस्करणको उपाधि चुमेको थियो । सन् २००० र सन् २०१२ मा भने इटाली फाइनलमा पराजित भएको थियो । घरेलु मैदानमा आइतबार विहान खेलिएको फिनल्यान्डविरुद्घको खेलमा इटालीले दुबै हाफमा एक÷एक गोल गर्‍यो । खेल सुरु भएको सातौं मिनेटमै निकोलो बारेल्लाले इटालीका लागि पहिलो गोल गरेका थिए । ७४औं मिनेटमा मोइस केनले अर्को गोल थप्दै इटालीलाई सहज जित दिलाएका थिए । सोही समूहको अर्को खेलमा ग्रिसले लिचस्टेन्टियनलाई उसैको मैदानमा २-० गोलले पाखा लगायो । बोस्निया एन्ड हर्जगोभिनाले भने घरेलु मैदानको फाइदा उठाउँदै आर्मेनियामाथि २-१ गोलको जित हासिल गर्‍यो । यसैगरी समूह ‘डी’ अन्तर्गतको खेलमा स्विट्जरल्यान्डले जर्जियालाई उसैको मैदानमा २-० गोलले पराजित गर्‍यो । स्विट्जरल्यान्डका लागि स्टिभन जुबेर र डेनिस जकारियाले एक÷एक गोल गरे । सोही समूहको अर्को खेलमा आयरल्यान्डले जिबराल्टरलाई उसैको मैदानमा १-० गोलले हरायो । भ्रमणकारी टोली आयरल्यान्डका लागि एकमात्र गोल ४९औं मिनेटमा जेफ हेनरिकले गरेका थिए ।

कुकुरको दिसाले दुर्गन्धित काठमाडौं, कहिले आउला राजधानीबासीमा चेतना?

काठमाडौं, चैत ९ । मुलुकका सुगम र कतिपय दुर्गम जिल्ला तथा स्थानीय तह मानव दिसामुक्त क्षेत्र घोषणा भएका छन् तर काठमाडौं उपत्यकाका सहरी सडक कुकुरको दिसाबाट मुक्त हुन सकेको छैन। सहरका कुकर पाल्नसक्ने हुनेखाने ने घरपालुवा कुकरलाई डोर्याउँदै सडक, गल्ली र छिमेकीको घरको ढोका पर्खालअगाडि दिसापिसाब गराउन अलिकति पनि संकोच मान्दैनन्। सडकमै दिसापिसाब गराउने प्रवृत्ति सु्धार गर्नुपर्छ भन्ने चेत महानगरीउ सभ्यतामा अझै पनि पलाएकै छैन। यो चेतनाविहीन कार्यलाई सुभार गर्न कुकुरधनी स्वयंको सोचमा सुधार नआउन्जेल त्यति सहज नभएको कतिपयको भनाइ छ। यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

पानीको मुहान जोगाउन सबै लागौंः खानेपानी मन्त्री

काठमाडौं, ८ चैत । खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।विश्व पानी दिवसको उपलक्ष्यमा आज शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट अभियान चलाउनु पर्ने बताएकी हुन् । सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स (सोफेन) र खानेपानी तथा ढल व्यवस्थापन विभागले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले पानीको स्रोत संरक्षणमा एकजुट भएर जुट्न आग्रह गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “अन्नको लागि हामी जिन्दगीभर समय खर्चिन तयार छौं तर मानव जीवनमा नभई नहुने पानीका लागि भने समय दिंदैनौं । प्रकृति र वातावरणसँग पानीको घनिष्ट सम्बन्ध छ । त्यसैले पानीको मुहान जोगाउन सबैजना लागौं ।” खानेपानीमा आम जनताको पहुँच पुर्याउन योजना बनाएर सरकार अघि बढिरहेको उनले स्पष्ट पारिन् । खानेपानीमा सहज पहुँच पुर्याउन, स्रोतको संरक्षण गर्न र वितरण प्रणाली चुस्त बनाउन साझा ऐन निर्माणको तयारी भईरहेको उनले जानकारी दिइन् । पानीका कारण हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्न पनि मन्त्री मगरले सबैलाई सुझाव दिइन् । कार्यक्रममा पूर्व मन्त्री एवं नेकपाका नेता गणेश साहले पिउने पानीमा सरकारले लगानीका लागि ध्यान नदिंदा प्राथमिकतामा नपरेको बताए । ठूल ठूला जलविद्युतका लागि मात्र सरकारको ध्यान गएको बताउँदै पूर्व मन्त्री साहले मानव जीवनमा नभई नहुने पिउने पानीमा भने कत्ति पनि ध्यान नदिएको गुनासो गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदिशचन्द्र पोखरेलले जनसंख्या र आवादीका आधारमा खानेपानीका गुरु योजनाहरु बनाउन सरकारलाई सुझाव दिए ।

नख्खु विस्फोटमा प्रयोग पदार्थ अति खतरनाक, कहाँबाट ल्यायो विप्लव समूहले?

काठमाडौं, चैत ५ । ललितपुरको नख्खुमा भएको विस्फोटमा ‘नियो जेल नाइन्टी’ प्रयोग गरेको पाइएको छ । यस्तो टाइम बम (टाइम डिभाइस) अत्यधिक क्षमताको र खतरनाक मानिन्छ । गत फागुन १० मा नख्खुमा भएको विस्फोटमा एक जनाको ज्यान गएको थियो । नियो जेल नाइन्टी एमुनियम नाइट्रेटबाट बनेको विस्फोटक पदार्थ हो । यस्तो विस्फोटक पदार्थ नेपाल र भारतमा सुरक्षा निकायको सिफारिसबिना खरिदबिक्री गर्न पाइँदैन। सुरक्षा निकायका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताले डेटोनेटरलगायतका आवश्यक सामग्री प्रयोग गरी नख्खुमा विस्फोट गराएका थिए। सोही दिन कमलपोखरीमा नेपाली सेनाले निष्क्रिय गरेको बममा पनि नियो जेल नाइन्टी प्रयोग गरिएको थियो। विप्लव समूहले कमलपोखरीमा राखेको बम ७ किलोग्रामको थियो। प्रेसर कुकरभित्र नियो जेल नाइन्टी, डेटोनेटर र पाँचवटा ब्याट्री राखिएको थियो। रिमोट कन्ट्रोल प्रणालीमा राखिएको उक्त बम विस्फोट हुन पाएन । विस्फोट भएको भए नख्खुको भन्दा बढी जनधनको क्षति हुने सुरक्षा अधिकारीले बताए । सैनिक प्रवक्ता यामप्रसाद ढकालले नख्खु र कमलपोखरीमा राखिएको बममा नियो जेल नाइन्टी प्रयोग भएको बताए । ‘नियो जेल सडक र सुरुङ निर्माण गर्दा ठूला पहाड र चट्टान फुटाउन प्रयोग हुन्छ । त्यसैले यो सर्वसाधारणको पहुँचबाहिर हुन्छ,’ ढकालले भने, ‘बेलैमा सूचना पाएकाले सेनाले डिस्पोज गर्यो। नत्र नख्खुको भन्दा धेरै क्षति हुन सक्थ्यो।’ चन्द समूहले कसरी र कहाँबाट यस्तो घातक विस्फोटक पदार्थ नेपाल भित्र्यायो अनुसन्धानको विषय बनेको छ । भारतमा सुरुङ, सडक निर्माणलगायतका परियोजनामा नियो जेल विस्फोटक पदार्थ प्रयोग हुँदै आएको छ । नेपाली सेनाले विभिन्न परियोजना निर्माणका लागि हेटौंडास्थित सुनाचुरीमा विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । निजी कम्पनीले नेपाली सेनाको सुपरीवेक्षणमा मात्र विदेशबाट विस्फोटक पदार्थ ल्याउँछन् । स्रोतका अनुसार नेपालमा नियो जेल नाइन्टी आयात हुँदैन । भारतको हैदराबादमा सन् २००७ को अगस्टमा भएको आक्रमणमा पनि आतंककारीहरूले नियो जेल नाइन्टी प्रयोग गरेका थिए । विप्लव समूहले भारतका विभिन्न स्थानबाट नियो जेल नाइन्टी विस्फोटक पदार्थ खरिद गरी बम बनाउन प्रयोग गरेको सुरक्षा निकायको दाबी छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

सांसद नविना लामा अस्पताल भर्ना

काठमाडौं, चैत ४ । संघीय संसद प्रतिनिधिसभा सदस्य एवं अनेरास्ववियुकी अध्यक्ष नवीना लामा अस्पताल भर्ना भएकी छन् । छातीमा दुखाई भएपछि उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन् । सांसद लामाको उपचारमा संलग्‍न चिकित्सक डा. जेपी जैसवालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमीत स्वास्थ्य जाँचका निम्ती सोमबार अस्पताल गएकी लामालाई डाक्टरले एकदिन अस्पतालमै आराम गर्न सुझाव दिएको अनेरास्ववियुकी सचिव आरती लामाले जानकारी दिइन् । सांसद लामालाई अस्पतालले मंगलबार डिस्चार्ज गर्ने जानकारी दिइएको छ।

उदयपुरको चुरे वन क्षेत्रमा भीषण आगलागी

गाईघाट, चैत ३ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वी क्षेत्रको चुरे जङगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिनयता आएर व्यापक आगलागी शुरु भएको छ । नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी बढ्दै गएपछि अहिले जिल्ला वन कार्यालयको नेतृत्वमा स्थानीय सामुदायिक वनसहितका टोलीले आगलागी नियन्त्रण कार्य शुरु गरेको छ । सनुवा सामुदायिक वनको मोथ्याई चुरे क्षेत्रमा ३ दिनदेखि लागेको डढेलो गाउँ क्षेत्रमा प्रवेश गर्ने खतरा बढेपछि जिल्ला वन कार्यालयको अगुवाइमा सामुदायिक वन, स्थानीयवासी सहित ५० जनाले दुई दिन लगाएर शनिबार दिउँसोसम्ममा डढेलो पूर्णरूपमा नियन्त्रण गरेको उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले जानकारी दिए । यस्तै, नगरपालिकाको त्रिवेणी सामुदायिक वन मोतिगडा चुरे क्षेत्रमा पनि दुई दिनदेखि व्यापकरूपमा डढेलो बढ्दै गएपछि जिल्ला वन कार्यालय उदयपुरको अगुवाइमै शनिबार बिहानैदेखि दिनभरि डढेलो नियन्त्रण कार्य भइरहेको र अहिले सो क्षेत्रमा वनको कर्मचारीसहित स्थानीयवासी गरेर ४० जना डढेलो नियन्त्रणमा खटिरहेको पनि अधिकृत यादवले बताएका छन् । चुरे वनक्षेत्रमा डढेलो शुरु भएर दिनमा आउने हावाहुरीले झनै फैलिँदै गएपछि चुरे क्षेत्रका गाउँ सनुवा, जोगिदह, मोथ्याई, मोतिगडा, भुल्के सहितका झण्डै एक हजार ५०० बढी घरपरिवार रहेको गाउँ खतरामा परेपछि जिल्ला वन कार्यालयको अगुवाइमा डढेलो नियन्त्रण अभियान कार्यलाई तीव्रता दिइएको वन कार्यालयले बताएको छ । ३ दिनभित्र ५० हेक्टर बढी क्षेत्रफलको डढेलो नियन्त्रण गरिसकिएको र अब अन्य बाँकी क्षेत्रका डढेलो पनि नियन्त्रण कार्यलाई तीव्र पारिँदै गएपछि सामान्य हुँदै गएर नियन्त्रणमा आइसकेको सम्बद्ध पदाधिकारीले बताएका छन् । सुक्खा मौसम तथा हावाहुरीका कारण चुरे क्षेत्रमा घाँस, दाउरा तथा गोठाला जानेले नै सुर्तीबिँडी खाएर मनपरी फाल्नाले डढेलो सल्केको हुनसक्ने सहायक जिल्ला वन अधिकृत यादवले बताए । रासस

कार र ट्रक ठोक्किँदा एकै परिवारका १० जनाको मृत्यु

एजेन्सी । भारतको झारखण्डमा कार र ट्रक आपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । मालबाहक ट्रकसँग ठोक्किएको कारमा रहेकाहरु एकै परिवारका रहेको बताइएको छ । मृत्यु भएका १० जनामध्ये तीन जना महिला र दुई जना बालबालिका छन् । पारिवारिक धार्मिक कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

अष्ट्रेलियाविरुद्ध विराट कोहलीको लगातार शतक

काठमाडौं, फागुन २४ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा पनि भारतीय कप्तान विराट कोहलीले शतक प्रहार गरेका छन् । आज उनले १४ चौकाको मद्दतमा ८५ बलमा शतक प्रहार गरेका हुन् । विराटले आज संकटबाबीच शतक पूरा गरे । सस्तैमा ४ विकेट गुमाएको भारतका लागि विराट र केदार जाधवले इनिङ उकासे । तथापि, भारतले पाँचौ विकेटका रुपमा केदारलाई २६ रनमा गुमाएको छ । यो समाचार तयार पार्दासम्म क्रिजमा विराट र विजय शंकर छन् । यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ११३ रन बनायो । उसका लागि आश्मान ख्वाजाले १०४, कप्तान आरोन फिंचले ९३, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिसले नटआउट ३१ र एलेक्स केरीले अविजित २१ रन बनाए । बलिङमा भारतका कुलदीप यादवले ३ र मोहम्मद सामीले १ विकेट लिए । पाँच खेलको सिरिजमा भारत २-० ले अगाडि छ । आजको खेल भारतले जितेमा २ खेल अगावै सिरिज आफ्नो पक्षमा पार्ने छ ।