भीषण वर्षाले भक्तपुर र थिमिका सयौँ घर डुबानमा
भक्तपुर, असार २९ । गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ ।
यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।
हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।
राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो ।
भक्तपुरका धेरै ठाउँ डुबानमा [फाेटाेफिचर]
जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।
मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिनुभयो । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् ।
यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दा अमर थापाले बताउनुभयो । -रासस
प्रत्येक प्रदेशलाई अन्तर्राष्ट्रिय नाकासँग जोडिने
काठमाडौं, यातायात क्षेत्रमा सरकारले ठूलो बजेटको घोषणा गरेको छ । यातायात क्षेत्रमा अर्थमन्त्रीले अघि सारेका बजेटका मुख्य बुँदा यस प्रकार रहेको छन् । कर्णाली नाकालाई उत्तरी सीमासँग जोडिने ७ नम्बर को सडक संरचनालाई सीमा क्षेत्रसम्म जोडिने भौगौलिकरुपमा पछि परेका क्षेत्रमा तराई मधेस कार्यक्रमका लागि ५३ करोड बुटवल पाल्पा खण्डको सिद्द खण्डलगायत, नौबिसे, टोखा, बिपी नगर खण्ड लगायतमा सुरुङ मार्ग निर्माण गर्न । पर्यटकीय सम्भाव्य स्थान नजिकका सडक खण्ड निर्माण र सुधारका लागि ५ अर्ब सडक प्रयोग गर्नेले कर तिर्नैपर्ने घोषणा सडक बोर्डको बजेट बृद्धि मेची महाकाली विद्युतीय रेल मार्गको सम्भाव्यता अध्ययन र कार्यान्वयन हुने काठमाडौंमा केबल कार, मेट्रो र मोनो रेल बनाइने कर्णालीमा जलमार्ग निर्माण गरिने यातायात तथा पूर्वाधारका लागि १ खर्ब नौ अर्ब बजेट विनियोजन गरिएको छ ।
गुण्डा, तस्कर र अपराधी विकास र समृद्धिका प्रमुख बाधक : गृहमन्त्री बादल
काठमाडौं, जेठ १४। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गुण्डा, तस्कर र अपराधी विकास र समृद्धिका प्रमुख बाधक रहेको बताए । साथै बलियो र स्थिर सरकार बनेपछि अब तिनीहरुको दिनगन्ती शुरु भएको पनि उनले दाबी गरे । सोमबार चन्द्रागिरि नगरपालिका २ लाई फ्री वाइफाइ वडा घोषणा गर्दै गृहमन्त्री बादलले देशमा अराजकता, दण्डहीनता, भ्रष्टाचार, लागूऔषध तस्करी, गुण्डागर्दी समाजका लागि विष भएको भन्दै यस्ता व्यक्तिहरुको सबै मिलेर दण्डीत गर्नु पर्ने बताए । सिण्डिकेट र आर्थिक अनियमितताको अन्त्य गरी सुशासन कायम नगरेसम्म विकास नहुने भन्दै गृहमन्त्री थापाले भ्रष्टाचार र अनियमितता गर्नेलाई नछोड्ने चेतावनी समेत दिए । ‘आर्थिक क्रान्ति, सांस्कृतिक क्रान्ति गर्ने बेला आएको छ । दलाली तन्त्र र सिण्डिकेटलाई अन्त्य नगरेसम्म विकास सम्भव छैन,’ गृहमन्त्री बादलले भने,’ सरकार विकास गर्न प्रतिबद्धता गर्न तयार छ ।’ अर्को फरक प्रशंगमा मन्त्री थापाले काममा आलटाल गर्ने ठेकेदारलाई सरकारले कारबाही अघि बनाइसकेको भन्दै सरकार त्यतिकै नबस्ने बताए । साथै उनले अहिले चन्दा्रगिरिका मानिसलाई जागिर नदिने कथा बन्न लागेको बताउदै उनले भने, ‘ठेकेदारले समयमा कंलकी नागढुंगा सड्क निर्माण कार्य नगर्दा यहाँका नागरिकलाई कलंकी पुग्न २/३ घण्टा लाग्छ ।’ ठेक्का लिएर निर्माण कार्य समयमा नसक्ने ठेकेदारलाई पनि अब नछोडिने बताउँदै कलंकी नागढुंगा सडक छिट्टै बनाएर सक्नु पर्ने उनको भनाई थियो ।
नेहाभन्दा अघि अंगद र नोरासँग डेटको तस्वीरहरु भाइरल (तस्वीरहरु)
मुम्बई । बिहीबार बलिउड क्षेत्रकी चर्चित अभिनेत्री नेहा धूपियाले ‘पिंक’ फेम अंगद बेदीसँग दुवैजनाको निजी समारोहबीच विवाह सम्पन्न भएका छन् । फिल्ममेकर करन जौहरले एक फोटोे शेयर गरी नेहा र अंगदको विवाह कन्फर्म गरेका थिए । नेहा र अंगदले सामाजिक सञ्जाल अकाउन्टमा आफ्नो विवाहको फोटो शेयर गरेका छन् । त्यस्तै, अंगद बेदी जति चलचित्रलाई लिएर लाइमटाइममा रहेका थिए, उति नै टकिंग प्वाइन्ट लभ रिलेशनसिप पनि रहेका थिए । युवराजको विवाहमा ‘नोरा’ को साथ पुगेका थिए अंगद । अंगद बेदी डिसेम्बर, २०१६ मा आफ्नो बेस्ट फ्रेन्ड युवराज सिंहको विवाहमा नोरा फतेहीको साथ पुगेका थिए । खास कुरा त यो हो कि यहाँ अंगदले नोराको आफ्नो गर्लफ्रेन्ड भनेर सबै सामु परिचय गराएका थिए । त्यही नोभेम्बर २०१७ मा उनी जहीर खान र सागरिका घाटगेका विवाहको रिसेप्शनमा नेहा धूपियासँग चिनजान भएका थिए । अंगदले नोराको बताएका थिए, ‘लभली गर्ल’ मिडियाको रिपोर्टका अनुसार, मोडल तथा अभिनेत्री अंगद बेदीसँग नोरा फतेही भेटघाट २०१५ मा गोवामा भएको थियो । जब एक अन्तर्वार्तामा अंगदसँग उनको रिलेशनसिपको बारेमा सोधेका थिए कि नोरा र उनी अहिले पनि एकअर्कालाई बुझ्न लागिपरेका छन् । उनले नोराको एक लभली गर्ल पनि भनेका थिए । साथै उनको काम र पोजिटिभिटीको तारिफ पनि गरेका थिए । विवाहअघि नेहाभन्दा पहिले नै अंगद र नाेरा एकअर्कासँग डेट भइसकेका केही सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, हेर्नुहोस् केही तस्वीरहरु- एजेन्सीको सहयोगबाट
आज बैशाख – २४ गते सोमवार, यस्ताे छ तपाईको राशिफल
काठमाडौं, बैशाख २४ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकायको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रामा सावधानी अपनाउनु पर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । साथीभाइबाट हौसला प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सन्तानबाट सहयोग मिल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । घर व्यवहारमा फितलो आउन सक्नेछ । कार्य सम्पादनमा समस्या आउला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । भौतिक साधन जुटाउने समय छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिके विकास हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ । अरुको मन जित्न सकिनेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । साथीभाईसंग समय बित्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने भयछ । सरकारी निकाएको भय रहला । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । – ज्यो.प. नारायणप्रसाद दुलाल
सिन्डिकेटविरुद्धकाे अान्दाेलनमा सरकारलार्इ साझादेखि अन्नपूर्णसम्मकाे साथ ( सात तस्विर )
काठमाडौं, वैशाख २१ । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै यात्रुहरुले असुविधा झेले । तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु सडकमा सवारी निकालेर सिन्डिकेटविरुद्ध जाइलागेका छन् । अन्य निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिएका छन् । सरकारले सहयोगका लागि आग्रह गरेपछि सुरक्षा मागेका कम्पनीवालहरुले उपत्यकाभित्र र बाहिर सेवा दिन थालेका हुन् । साझा, मयूर, अरनिकोलगायतका कम्पनीहरुले यात्रु ओसार्न थालेपछि अहिले यात्रुलाई केही सहज भएको छ । यद्यपि, चलेका सवारीले यात्रुको माग थेग्न नसक्दा असुविधा झेलिरहेका छन् ।
घट्न थाल्यो बिजुली उत्पादन
काठमाडौं, वैशाख २१ । चर्को गर्मी हुन वैशाख महिनामा पनि पुस माघको जस्तो चिसो भएपछि हिउँ पग्लन नपाएर विजुली उत्पादनमा कमी आएको छ । नदी प्रवाहमा आधारित जलविधुत आयोजनाबाट उत्पादन हुने विजुली उत्पादनमा गत बर्षको यही महिनाको तुलनामा २४ प्रतिशतसम्म कमी आएको छ । गत बर्षको वैशाखमा चर्को गर्मी थियो । अहिले जाडो मौसम जस्तै भएकाले बिजुली उत्पदनमा कमी आएको नेपाल धितालको भनाई छ ।, आजको नागरिकमा यो खबर छ ।
आइपिएलमा मुम्बईलाई हराउँदै बेंगलोर विजयी
काठमाडौं, वैशाख १९ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार रोयल च्यालेन्जर्स बेंगलोर विजयी भएको छ । मुम्बई इन्डीयन्सलाई १४ रनले पराजित गर्दै आठ खेलमा तेश्रो जित दर्ता गरेको हो । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रनमा सिमित भयो । बेंगलरविरुद्ध ब्याटिङमा उत्रिएको मुम्वईले खराव सुरुवात गर्यो । ओपनर इशान किशन पहिलो बलमै बोल्ड भए । चौथो ओभरमा उमेश यादवले पहिलो बलमा ९ बलमा ९ रन जोडेका सूर्यकुमार यादवलाई पेभेलिएन फर्काए । त्यसपछि दोश्रो बलमा मुम्बईका कप्तान रोहित शर्मा पनि शून्यमै आउट भए । जतिबेला तीन विकेट गुमाएको मुम्वईको २१ रन मात्रै थियो । त्यसपछि काइरन पोलार्डले १३ बलमा १३ रन, जेपी ड्युमिनीले २९ बलमा २३ र हार्दिक पान्ड्याले ४२ बलमा ५० रन जोड्दै जितको सम्भावना देखाए । क्रुनाल पान्ड्याले २३ रन र बेन कटीङले १२ रन मात्रै जोडे ।अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । बेंगलोरका लागि साउथी, यादव र मोहमद सिराजले समान २ विकेट लिए । त्यसअघि टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको बेंगलोरले ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । खराव प्रदर्शन गररहेको बेंगलोरलाई कप्तान विराट कोहलिले सम्हाले भने अन्तिमका ब्याटस्म्यान कोलिन डे ग्राण्डहोमले आक्रमक ब्याटिङ गरेपछि बेंगलोरले सम्मानजनक स्कोर बनाएको थियो । ग्राण्डहोमले १० बलमा ३ छक्काको मदतले नटआउट २३ रनको योगदान दिए । बेंगलोरले अन्तिम ओभरमा मात्रै २४ रन जोडेको थियो । कप्तान विराट कोहलीले २६ बलमा २ चौका र १ छक्का सहित ३२ रन जोडेपछि बेंगलोर सम्हालिएको थियो । ओपनर क्विनटन डेककले १३ बलमा ७ रन जोड्दै खराब प्रदर्शन गरेपनि अर्का ओपनर मनन भोराले सम्हालिएको प्रदर्शन गरेका थिए । भोराले ३१ बलमा २ चौका र ४ छक्काको मदतले ४५ रन जोडे । ब्रेन्डन मक्कुलमले ४ चौका र २ छक्का प्रहार गर्दै २५ बलमा ३७ रन जोडे । मन्दिप सिंहले १० बलमा १४ रन जोडेपनि वासिङ्टन सुन्दर र टिम साउथी समान १ रनमा पेभेलियन फर्किए । मुम्बईका लागि हार्दिक पान्ड्याले ३ विकेट तथा जस्प्रित बुमराह, मायांक मार्कान्डे र मक्लीनाघनले १/१ विकेट लिए । जितपछि बेंगलोर ६ अंक सहित सातौं स्थानमा उक्लिएको छ भने ८ खेलमा ४ अंक जोडेको मुम्वई सातौं स्थानमा छ ।
प्रतिशतमा होइन समानताका आधारमा एकता : पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रतिशतका आधारमा नभई न्यायोचित सम्मान र समानताका आधारमा नेकपा माओवादी केन्द्रसँग चाँडै एकता हुने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वलाई कार्यभार हस्तान्तरण समारोहमा आज महासचिव पोखरेलले आफूहरुले गरेका प्रतिबद्धतालाई कार्यान्वयनको परीक्षाको घडी आएकाले एकताबाट भाग्ने छुट दुवै पार्टीका नेतालाई नभएकाले यथोचित, सम्मानजनक र समानताका आधारमा एकता हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पचास पचास वा साठी चालीस प्रतिशतमा होइन तीन आधारमा एकता हुन्छ । यसमा ढुक्क हुनुस् । यो राष्ट्र, जनताको चाहना र आवश्यकता हो । यसलाई हामीले जिम्मेवार र संवेदनशील रुपमा पूरा गर्नेछौँ ।” दुई पार्टीको एकता संयोजन समितिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्राविधिक र अन्य विषयको बिट मार्न जिम्मेवारी दिएकाले अतीतमुखी नभई भविष्यमुखी विचारका आधारमा एकता हुने स्पष्ट गर्नुभयो । उहाँले वाम गठबन्धनले चुनावमा जारी गरेको साझा घोषणापत्रका आधारमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको जनाउँदै लोकतान्त्रिक प्रतिष्पर्धालाई जित्ने र जित्न नसक्ने दुवैले स्वीकार गर्न सक्नुपर्ने जनाउनुभयो । “राजनीतिक अधिकार प्राप्तिको कालखण्ड आधारभूत रुपमा पूरा भएकाले अब राजनीतिक स्थिरतासहित आर्थिक समृद्धिका लागि वर्तमान सरकारले काम गर्नेछ । श्रमिक आन्दोलनले पनि यही साझा मुद्दामा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । निवर्तमान अध्यक्ष एवं महासंघका संरक्षक विष्णु रिमालले सरकारले मजदूरको साक्षी भएर मात्र होइन मजदूरका पक्षमा काम गर्नुपर्ने उल्लेख गर्दै महासंघको गौरव र उपलब्धिलाई नयाँ नेतृत्वले आत्मसात् गर्नुपर्ने अपेक्षा गर्नुभयो । नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले विगतको उपलब्धिका जगमा श्रमिक अधिकारको रक्षा र मुलुकको समृद्धिका लागि महासंघले काम गर्ने बताउनुभयो । रासस
प्रचण्डकाे उद्घाेष : अब बिप्लव, बैद्य सहितका सबै माओवादी एक हुन्छाैँ
काठमाडौं, बैशाख १६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताएका छन् । शनिबार प्रचण्ड निवास खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लब समूहका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०÷२५ वर्षअघिको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।” अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिए । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउनेकै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उनको धारणा थियो । उनले भने, “जसले बाली लगायो, उसैले थन्क्याउन पाउने नै वैज्ञानिक कुरा हो ।” दुईचार दिन समय लिए पनि एमाले माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्ने उनको भनाइ थियो । शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने विषयमा छलफल भएको अध्यक्ष प्रचण्डले स्मरण गरे । त्यसलाई माओवादी नेतृत्व र विचारले नै पहल गर्नुपर्ने सल्लाह भएको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले भने, “पहिलो संविधानसभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो । तर हामी सफल भइएन । हाम्रा विरोधी माओवादी आन्दोलनलाई टुक्राटुक्रा बनाउन सफल भए ।” माओवादीलाई फुटाएर परिवर्तनका मुद्दालाई लाबारिस बनाउने खतरा पैदा भएको थियो, अध्यक्षले भने । अब सबै छरिएर रहेका माओवादी ढिलोचाँडो मूल पार्टीमा फर्कने उनको विश्वास थियो । उक्त कार्यक्रममा विप्लब समूहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज चिरन तामाङ, र सचिव कमल माझीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । उनीहरुले विप्लब नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंशतर्फमात्र अगाडि बढेन कतिपय सामाजिक आपराधिक क्रियाकलापजन्य घटनालाई समेत क्रान्तिकारी कामको जामा पहि¥याएर अगाडि बढ्ने बाटो समातेको बताएका थिए ।
नेपाल टेलिकमको सेवाप्रति प्रधानमन्त्रीको आक्रोश, गुणस्तर सुधार्न निर्देशन
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवा गुणस्तरीय बनाउन निर्देशन दिएका छन् । सिंहदरबारमा नेपाल टेलिकमको प्रगतिबारे ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखेका थिए । नेपाल टेलिकमजस्तो अत्यन्तै महत्वपूर्ण निकायभित्र मुसा या मुसा प्रवृत्तिका कारण सेवा प्रवासमा समस्या देखिनु दुखद भएको उनको भनाई थियो । प्रधानमन्त्रीले टेलिकमभित्रका समस्या हल गरेर जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन दिए । सोही कार्यक्रममा प.प्रधानमन्त्रीले टेलिकमले गरिरहेको अप्टिकल फाइबरको कामप्रति असन्तुष्टि जनाउँदै रोक्न निर्देशन दिएका छन् । त्यसको काम जहाँ पुगेको छ त्यहीं रोक्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौंला ।’ मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्रीले सञ्चार राज्यमन्त्री गोकुल बास्कोटासहितको उपस्थितिमा टेलिकम अधिकारीहरुसँग गम्भीर छलफल गरेका थिए । प्रधानमन्त्रीले टेलिकमका खास प्राविधिक शाखाहरुमा २४ सै घण्टा सेवा कर्मचारी खटाउन निर्देशन दिएको निजी सचिवालयले जनाएको छ । ती शाखाहरुमा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रको निर्देशन थियो । प्रधानमन्त्रीले टेलिकमलाई प्रतिस्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिए । ‘टेलिकम प्रतिस्पर्धामा पछाडि पर्ने लक्षणहरु देखिएका छन्,’ उनले भने, ‘त्यस्तो हुनु भएन ।’ प्रधानमन्त्री ओलीले टेलिकमको सेवा शुक्रबार अवरुद्ध हुने र सोमबार मात्र सञ्चालन हुन्छ भनेर जनस्तरबाट आएको गुनासो आफूले सुनेको बताएका थिए । टेलिकम सुधारका पक्षमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले टेलिकमको व्यवस्थापनलाई आग्रह गरेका थिए ।
तस्करीलाई जरैदेखि ध्वस्त गर्ने गृहमन्त्री थापाको उदघोष
भैरहवा, यातायातका क्षेत्रमा रहेको सिण्डिकेट खारेज गरेर चर्चामा आएका गृहमन्त्री रामबहादुर थापाले तस्करीका सबै जालोहरु ध्वस्त गर्ने घोषणा गरेका छन् । भैरहवा आइपुगेका गृहमन्त्री थापाले पत्रकारहरुसँग कुरा गर्दै कुनै पनि किसिमको तस्करी सह्य नहुने बताए । गृहमन्त्री थापाले देशको विकासको पहिलो शर्त सुरक्षा र सुशासन भएको बताउँदै सरकारले सबै उपाय अबलम्बन गर्ने समेत बताए । शुक्रबार बिहान लुम्बिनी प्रेस क्लबले भैरहवास्थित गौतम बुद्ध बिमानस्थलमा पत्रकार भेटघाट कार्यक्रमकाृे आयोजना गरेको थियो । “‘तस्करी र कालोबजारीले मुलुकको अर्थतन्त्र तहस नहस हुने भएकाले तस्करीलाई जरै देखि उखेल्छौं,’ उनले भने, “३३ किलो सुन तस्करीका बारेमा अनुसन्धान भइरहेको छ। दोषी जो कोही भए पनि छाडदैनौ।’ गृहमन्त्री थापा निकै कडारुपमा प्रस्तुत भएका थिए । उनले यातायातको सिण्डिकेटसँगै लागु औषध कारोबार र घरेलु हिंसाविरुद्ध सरकारले तत्काल ठोस कदम चाल्ने बताए । देशमा शान्ति सुरक्षा र अपराध नियन्त्रयण गर्न ७ वटै प्रदेशमा प्रदेश स्तरीय कार्ययोजना बनाएर सरकार अघि बढ्न थालेको उल्लेख उनले मुलुक संघियतामा गैसकेकाले सुरक्षा निकायमा देखिएको अन्यौलता चाडै अन्त्य हुने बताए। माओवादी केन्द्रका महासचिव समेत रहेका थापाले एमाले र माओवादी केन्द्र बिच एकताको मिति केही दिनमै तय हुने दाबी गरे।
मेरो प्राथमिकता कृषिमा आधारित उद्योग : प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो चाहाना कृषिमा आधारित उद्योग खोल्ने रहेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मेरो चाहना उद्योग मात्रै नभएर कृषिमा आधारित उद्योग खोल्नुपर्छ भन्ने हो ।’ प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने धारणा राख्नुभयो । चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको उहाँको भनाई थियो । प्राकृतिक स्रोत साधनलाई अधिकतम् उपयोग गर्दै नमूना क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिने छ ।’ चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै उनले आफूले यससँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिइरहेको बताउनु भयो । अध्यक्षले खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्ने धारणा राख्नु भयो । विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको देश इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली सुरु गरिने विचार बताउँदै नेपालका १५ ठाउँ र सो मध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो । त्यसैगरी छिमेकी मुलुक चीनबाट आएका व्यावसायीहरुको टोलीसँग मंगलबार साँझ चितवनमा उद्योग खोल्ने विषयमा छलफल भएको बताउनु भयो । जिल्लामा स्टिल, फलाम, कपडा, चप्पलजस्ता २५ वटा उद्योग खोल्न चिनियाँ टोली सकारात्मक रहेको अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले निर्वाचनको समयमा आफूले गरेका प्रतिबद्धता पूरा गर्न लागिरहेको भन्दै आउँदो वर्षमा नै निकुञ्जमाथिबाट माडी जोड्ने आकाशे पुलको कामको प्रक्रिया सुरु गर्ने, नारायणीमा पुल बनाउन र पूरक बजेटमार्फत नै यही आर्थिक वर्षमा केही सडक, ढल, तटबन्धलगायतका काम गर्ने तयारी भइरहेको बताउनु भयो ।
आइपिएल : कृष्णप्पा गोथमले हारेको खेलमा राजस्थानलाई जिताए
काठमाडौं, वैशाख १० । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार बेलुका भएको खेलमा राजस्थान रोयल्सले रोमाञ्चक जित दर्ता गरेको छ । जयपुरमा भएको खेलमा राजस्थानले दुई बाँकी हुँदा मुम्बई इन्डियन्समाथि ३ विकेटको जित दर्ता गरेको हो । मुम्बईले प्रस्तुत गरेको १६८ रनको लक्ष राजस्थानले १९ ओभर चार बलमा सात विकेटको क्षतिमा भेट्टायो । राजस्थानको जितमा कृष्णप्पा गोथम नायक बने । उनले हारको नजिक पुगेको टिमको पारी सम्हाले । उनले ११ बलमा चार चौका र दुई छक्काको सहयोगमा नटआउट ३३ रन बनाएकाले नै राजस्थान विजयी भयो । यस्तै राजस्थानका लागि सञ्जु सामसोनले ३९ बलमा ५२ तथा बेन स्टोक्सले २७ बलमा ४० रन बनाए । त्यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले सात विकेटको क्षतिमा १६७ रन बनाएको थियो । उसका लागि सूर्यकुमार यादवले ४२ बलमा ७२ तथा इशान किशनले ४२ बलमा ५८ रन बनाए पनि हार टार्न सकेनन् । जितपछि ६ खेलबाट ६ अंक जोडेको राजस्थान पाँचौँ स्थानमा छ । पाँच खेलमा चौथो हारसहित मुम्बई २ अंक जोडेर सातौँ स्थानमा छ ।
पार्टी एकताबारे एमाले अध्यक्ष ओलीको सम्बोधन, लाइभभिडियो
काठमाडौं, वैशाख ९ । नेकपा एमाले–माओवादी केन्द्र पार्टी एकता संयोजन समितिले आइतबार नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै
फेमिली रेष्टुरेन्ट ‘रेड लायन्स लाउञ्ज’ सञ्चालनमा
काठमाडौं । राजधानीको ठमेल नर्सिङ चोक मार्गमा फेमिली रेष्टुरेन्ट ‘रेड लायन्स लाउञ्ज’ सञ्चालनमा आउने भएको छ । संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा आउन लागेको हो । वैशाखको अन्त्यबाट सुरू हुने गरी रेष्टुरेन्ट’ रेड लायन्स लाउञ्ज’ सञ्चालनमा आउने भएको हो । युवा संञ्चारकर्मी रोशन दानी तथा युवा व्यवसायी अर्जुन थापाको लगानीमा सुरु गरिएको उक्त रेष्टुरेन्टमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक–फरक स्वाद लिन पाइने जनाइएको छ । हाईजेनिक खानाका परिकारमात्रै नभई हरेक दिन फरक फरक लाईभ सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका प्रवन्ध निर्देशक एवं सञ्चारकर्मी रोशन दानीले बताए । रेड लायन्स ‘लाउञ्ज’ अध्यक्ष अर्जुन थापाले केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको बताए। रेष्टुरेन्ट बिहान ११ बजेदेखि राति १२ बजेसम्म संचालनमा आउने छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिकरुपमा फरक फरक कलाकारहरुबाट लाइभ म्युजिकल प्रस्तुति रहने छ। करीब साढे दुई करोड लगानीमा सुरू हुन लागेको रेष्टुरेन्टमा नयाँ–नयाँ परिकारको स्वाद दिने कम्पनीको लक्ष्य रहेको छ । ठमेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने र त्यहा वाट दहचोको पर्यटकिय प्रर्वधनमा टेवा पुर्याउने र भावी दिनमा दहचोक डाडामा सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।


>