बीरगन्जमा १६ सय मत गन्दासम्म कांग्रेसकै अग्रता

वीरगन्ज महानगरपालिकामा १६०० मत गणना हुँदासम्म नेपाली कांग्रेसको अग्रता देखिएको छ ।

मेयरमा कांग्रेस उम्मेदवारले ४४६ मत ल्याएका छन् । कांग्रेसले शुरूवातदेखि नै अग्रता लिएको छ ।

दोस्रो स्थानमा राजपा रहेको छ । राजपाका उम्मेदवारले ३८०, तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवारले २४३ मत पाएका छन् ।

यस्तै, माओवादी उम्मेदवारले १७६, फोरम लोकतान्त्रिकका उम्मेदवारले १२० तथा एमाले उम्मेदवारले ८८ मत ल्याएका छन् ।

उपमेयरमा पनि कांग्रेस उम्मेदवारकै अग्रता छ । कांग्रेस उम्मेदवारले ४६२, राजपाले ३९२, संघीय समाजवादी फोरमले २४४, माओवादीले १६३, एमालेले ९६ तथा फोरम लोकतान्त्रिकले ९३ मत पाएका छन् ।

सौराहामा बाढी पस्यो, अधिकांश होटल डुबानमा

चितवन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले बताए । सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको घिमिरेको भनाइ छ । भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् । विसं २०५९ यताको यो नै सबैभन्दा ठूलो बाढी रहेको घिमिरेले बताए । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो । सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दीपक थापाले बताए । सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो । यसैगरी, राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रमा डुबान भएको प्रहरी उपरीक्षक थापाले बताए । राप्तीकै पानी पसेपछि पश्चिम चितवनको पटिहानी, जगातपुर र मेघौलीका नदी तटीय क्षेत्र डुबानमा परेका छन् । नदी छेउमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थापाले बताए । नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।

हत्या आरोपमा बाबु र दाजु पक्राउ

महोत्तरी, साउन १७ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । गत साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी÷बहिनी गौशाला नगरपालिका–२ बस्ने विक्रम महतोकी पत्नी २५ वर्षीया सन्तोलियाकुमारी महतोलाई सलको पासो लगाई घाँटी कसेर हत्या गरी गौशाला नगरपालिका–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको खोल्सीमा फालेको अवस्थामा प्रहरीले उनको लाश फेला पारेको थियो । विसं २०६९ मा गौशाला–२ बस्ने विक्रम महतोसँग विवाह बन्धनमा बाँधिएकी सन्तोलिया पति वैदेशिक रोजगारीमा खाडी मुलुकमा रहेको अवस्थामा माइती र घर कतै नबसी सधैँ परपुरुषहरुसँग अनैतिक सम्बन्ध बनाउँदै बाहिर बाहिरै हिँडेकीमा उनका घरपरिवार र माइती पक्षसमेतले सम्झाई बुझाई गर्दा पनि नमानेपछि उनका बाबु र दाजुले उनलाई माइतमा बोलाई नाक, मुख थुनेर सलले कसेर कर्तव्य गरी मारेको प्रहरी उपरीक्षक लम्सालले बताए । महतो बाबु÷छोरालाई इलाका प्रहरी कार्यालय, गौशालाले पक्राउ गरी महोत्तरी जिल्ला अदालतमा म्याद थप गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

अमेरिकामा मैले श्रीमती नबेचेको भए हुन्थ्योः मार्मिक भिडियो

काठमाडौं, वैशाख २ । अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने ? भन्ने प्रसङ्गमा मात्र बहस हुने गर्थ्यो । नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी भएर धेरै नै दौरा रासुरुवाल च्यातेको थिएँ ।

जिवित कुमारीकाे पुजा

नुवाकोटको भैरवी मन्दिरस्थित जीवित देवी कुमारीको पुजा गरिंदै । राजधानीबाट आएका ६ सय भन्दा बढी नेवार समुदायका श्रदालुले समय्बजी चढाएर पुजा गरेका हुन् । तस्बिर : नवदीप श्रेष्ठ, नुवाकोट

राजविराज घटनाका प्रत्यक्षदर्शी भन्छन् : ‘बस्ती पसेर गोली हाने’

काठमाडौं,  फागुन २५ । एमालेको पूर्वघोषित कार्यक्रम ‘मेची–महाकाली अभियान’ फागुन २१ शनिबार काँकडभिट्टाबाट सुरु भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीले बिथोल्ने चेतावनी दिएको थियो। सोहीअनुरुप सप्तरी मोर्चाले बिहीबारेदेखि विरोधका विभिन्न कार्यक्रम गर्दै आएको थियो। मोर्चाले गाउँगाउँमा मसाल जुलुससहित एमालेविरुद्ध अभियान चलाउँदै आएको थियो । सप्तरीमा एमालेको प्रचारात्मक कार्यक्रममा पनि मोर्चाले अवरोध पु¥याएको थियो । सोही क्रममा शुक्रबार एमाले जिल्ला उपसचिव प्रतापनारायण चौधरीमाथि दुव्र्यवहारसमेत गर्न मोर्चा पछि परेन । सोही दिन दिउँसो एमाले पार्टी सचिव शम्भु यादवको झोला मोर्चाका कार्यकर्ता खोसे भने सांसद रञ्जु ठाकुर चढेको गाडीमा ढुंगामुढा गरियो । मोर्चाका कार्यकर्ताले आइतबार बिहानैबाट सप्तरीको राजविराज र एमाले कार्यक्रमस्थल तय भएको राजरंगशाला वरपर टायर बाल्दै प्रदर्शन गरेका थिए । राजरंगशालामा कार्यक्रम गरे मोर्चा–एमाले कार्यकर्ता तहमै भिडन्त निम्तिने खतरा देखेर एमाले सभा राजविराजबाट तीन किलोमिटर उत्तर बसबिटी ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सारियो । तर, सरकारी स्वामित्वको औद्योगिक क्षेत्रमा राजनीतिक कार्यक्रम गर्न पाइँदैन भन्दै मोर्चा कार्यकर्ताले त्यहाँ पनि अवरोध गर्न खोजे । मोर्चाका कार्यकर्ताले औद्योगिक क्षेत्रको मूलद्वारमै तालाबन्दी गरे । तर, सोमबार बिहान सो क्षेत्रलाई सुरक्षाकर्मीले पूर्ण रूपमा नियन्त्रणमा लिएपछि एमाले कार्यक्रम तयारी सुरु भयो । बिहानैदेखि राजविराज, भारदह, कञ्चनपुर, रुपनीमा मोर्चाका कार्यकर्ताले टायर बालेर लाठीसहित प्रदर्शन गरिरहेका थिए । प्रदर्शनका कारण सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि एमाले नेताले भारदह–हनुमाननगर–राजविराज रुट परिवर्तन गरेर भारदह–कञ्चनपुर–रुपनी हुँदै औद्योगिक क्षेत्र प्रवेश गर्ने सुरक्षित बाटो रोजे । सुनसरी इनरुवाको कार्यक्रम सकेर एमाले अध्यक्ष केपी ओलीसहितको टोली सप्तरी प्रवेश गरेको थियो । भारदह, कञ्चनपुरमा कालो झन्डासहितको विरोध छिचोल्दै ओलीको टोली सोमबार अपराह्न ४ बजेतिर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र प्रवेश ग¥यो । त्यतिबेलासम्म मोर्चाका कार्यकर्ता सभास्थलनजिक पुगिसकेका थिए । ‘तर, उनीहरूलाई प्रहरीले औद्योगिक क्षेत्रबाट दक्षिण राजविराजतर्फ नै रोकेको थियो’, प्रत्यक्षदर्शी सुशीलादेवी साहले भनिन् । ‘सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपको क्रम चलिरहेको थियो । भित्र नेताहरूको भाषण भइरहेका बेला बाहिर सुरक्षाकर्मी–प्रदर्शनकारीबीच झडपले उग्र रुप लिन थालेपछि अश्रुग्यास प्रहार सुरु भयो सुशीला सम्झन्छिन्,‘पश्चिमी तेज हावाका कारण अश्रुग्यासको धुवाँ पूर्वको मलेठतर्फ सोझिँदै थियो, स्थानीयमा उकुसमुकुस बढ्दै थियो ।’ मलेठका विजय यादवका अनुसार आँखा पोल्नेगरी धुवाँले बस्तीलाई छप्पकै छोपेको थियो । ‘त्यसपछि हामी घरबाहिर निस्केर सडकतर्फ निस्कियौं,’ यादवले भने, ‘नेता भाषण सकेर फर्किने क्रममा थिए, अचानक गोली चल्न थाल्यो ।’ बस्तीतिर सुरक्षाकर्मीबाट गोली प्रहार हुन थालेपछि हामी घरभित्र पस्न दौडादौड गर्न थाल्यौं,’ उनले सुनाए, ‘तर, सुरक्षाकर्मी हाम्रो घर–घर पसेर जाइलागे ।’ सोही क्रममा तीनजनाको गोली लागेर मृत्यु भएको उनले सुनाए । प्रत्यक्षदर्शीमध्येकी अर्की एक हुन् कार्यक्रमस्थलअघि घर भएकी मुनीदेवी साह । उनी भन्छिन्, ‘अश्रुग्यासबाट भीड तितरबितर भइसकेपछि आएको सुरक्षाकर्मीको हुलले अन्धाधुन्द बस्तीतर्फ गोली चलाउन थाल्यो । मैंले त गोठमा लुकेर चार बालबचासहित ज्यान जोगाएँ ।’ आँखैअघि एक स्वास्थ्यकर्मी गोली लागेर ढलेको उनले सुनाइन् । उनी थिए, पोलियो खोप सञ्चालन गरेर फर्किएका परसबनी–४ का आनन्द साह । औद्योगिक क्षेत्रअघि मलेठ चोकमा लागेको गोलीले उनको ज्यान लियोे । यसैगरी पिताम्बर मण्डललाई उनको घर नजिक मलेठ–४ मा गोली लागेको थियो । सुरक्षाकर्मीको गोलीबाट उनी ढलेको स्थानमा रगत अझै आलै छ । उनको पनि मृत्यु भएको छ । सञ्जन मेहता (मृतक) लाई उनको घर मलेठ २ नजिक सुरक्षाकर्मीको गोली लागेको थियो । यो खबर आजको नागरिक दैनिकमा छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारीकाे जीत

ललितपुर, फागुन १८ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी विजयी भएको छ । निर्वाचनको सभापतिमा माओवादी केन्द्र निकट क्रान्तिकारीका रोशन थापामगर निर्वाचित भएका हुन् । सभापती थापामगरले अनेरास्ववियुका सुदीप चालिसेलाई ६२ मतले हराएका छन् । थापामगरको पक्षमा ६९७ र चालिसेको पक्षमा ४३५ मत परेको छ । सचिवमा अनेरास्ववियुका ओम अधिकारीले ६३४ मत ल्याएर अखिल क्रान्तिकारीका प्रशान्त दाहाललाई हराएका छन् । कोषाध्यक्षमा प्रतिक न्यौपानेले ५४४ मत ल्याएर निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा अनेरास्ववियुका प्रतिक न्यौपाने ६४७ मत ल्याएर विजयी भएका छन् । सात सदस्यहरुमा अदिती गजुरेल (अखिल क्रान्तिकारी), नविन न्यौपाने (अखिल क्रान्तिकारी), अस्मिता महरा (अखिल क्रान्तिकारी), सिर्जना भुसाल (अनेरास्ववियु), अर्जुन खतिवडा (अनेरास्ववियु), रमेश जोशी (अनेरास्ववियु), दिपक सापकोटा (नेविसंघ) निर्वाचित भएका छन् ।

उपत्यकाका ठूला क्याम्पसमा चुनाव नहुने

काठमाडौं, फागुन १७ । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कार्यतालिकाअनुसार उपत्यकाका ठूला क्याम्पसमा चुनाव नहुने भएको छ । उम्मेदवार मनोनयन दर्ता हुन नसकेपछि उपत्यकाका अधिकांश ठूला क्याम्पसमा १८ फागुनमा निर्वाचन नहुने भएको हो । त्रिविको निर्वाचन कार्यतालिका अनुसार १४ फागुनमा उम्मेदवारी मनोनयन दर्ता नभएपछि सोमबार साढे १० बजेसम्मलाई समय बढाइएको थियो । तर, विद्यार्थी संगठनहरू चुनावी प्रक्रियामा सहभागी नभएपछि धेरै क्याम्पसमा चुनाव नहुने भएको हो । केही क्याम्पसले औपचारिक रूपमा सूचना निकालेर चुनाव स्थगित गरेका छन् भने केही क्याम्पसमा तालाबन्दी छ । ‘त्रिविले थपेको समयसीमाभित्र जुन–जुन क्याम्पसमा उम्मेदवारी मनोनयन दर्ता भएका छन्, ती क्याम्पसमा मात्र चुनाव हुन्छ,’ त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव गंगाबहादुर थापाले भने । यी क्याम्पसमा स्ववियु चुनाव स्थगित उपत्यकाका केही ठूला क्याम्पसका निर्वाचन समितिले औपचारिक सूचना निकालेर चुनाव स्थगित गरेका छन् । पाटन संयुक्त क्याम्पसमा वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनको तालाबन्दीका कारण चुनाव स्थगित भएको छ । निर्वाचन समितिले विद्यार्थी संगठनलाई छलफलका लागि सोमबार बिहान ८ बजे बोलाए पनि विद्यार्थीहरू सहभागी नभएपछि चुनावी कार्यक्रम अघि बढाउन नसकिएको क्याम्पसका निर्वाचन आयुक्त जगदीशचन्द्र भण्डारीले बताए । बागबजारस्थित पद्मकन्या क्याम्पसमा पनि चुनाव स्थगित भएको छ । चुनावी प्रक्रिया अघि बढेका वेला विद्यार्थी संगठनबीच झगडा भएपछि चुनाव स्थगित भएको हो । सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पसमा पनि स्ववियु चुनाव स्थगित गरिएको छ । सो क्याम्पसमा बिबिएमका विद्यार्थीको मतदाता सूचीमा नाम नआएपछि विद्यार्थीको विरोधका कारण चुनाव स्थगित गरिएको हो । बानेश्वर बहुमुखी क्याम्पसमा पनि स्ववियु चुनाव स्थगित भएको छ । विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया अघि बढाउन नसकेर निर्वाचन समितिले सूचना निकाली चुनावका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको जनाएको छ । यसअघि नेपाल ल क्याम्पसले पनि स्ववियु चनाव स्थगित गर्ने आइतबार निर्णय गरेको थियो । तर, सोमबार विद्यार्थी संगठनबीच चुनाव गर्ने सहमति भएमा क्याम्पस प्रशासन तयार रहेको जनाएको थियो । यसैबीच, त्रिवि केन्द्रीय, महेन्द्ररत्न, आरआर, विश्वभाषा, शंकरदेव, पब्लिक युथ, पशुपति बहुमुखी क्याम्पसलगायतमा तालाबन्दीका कारण उम्मेदवारी मनोनयन दर्तासमेत हुन सकेन । कमर्स क्याम्पसमा ताला खुल्यो, प्रक्रिया बढेन नेपाल कमर्स क्याम्पसमा एक साताअघि लागेको ताला खुलेको छ । फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै एक साताअघि मधेसी विद्यार्थी फोरम ९लोकतान्त्रिक० ले ताला लगाएको थियो । सोमबार बिहान क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थी संगठनका केन्द्रीय प्रतिनिधिबीच फर्जी विद्यार्थीको भर्ना खारेज गर्ने सहमतिपछि ताला खुलेको थियो । तर, अन्य विद्यार्थी संगठनले सो सहमतिको विरोध गरेपछि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको निर्वाचन आयुक्त प्रा।डा। सुशीलभक्त माथेमाले बताए । त्रिचन्द्रमा फेरि ताला त्रिचन्द्रमा एक साताअघि लागेको ताला खुलेसँगै विद्यार्थीले सोमबार फेरि तालाबन्दी गरेका छन् । असन्तुष्ट विद्यार्थीको माग छलफलबाट टुंग्याउने सहमतिपछि आइतबार ताला खुलेको थियो । तर, क्याम्पस प्रशासनले केही संगठनको आडमा छलफल प्रक्रिया अघि नबढाएको विरोधमा नेविसंघले ताला लगाएको त्रिचन्द्र क्याम्पसका नेविसंघका नेता विष्णु पौडेलले बताए । आन्दोलनमा उत्रियो अखिल क्रान्तिकारी स्ववियु चुनाव नहुने वातावरण देखेपछि माओवादी केन्द्रनिकट अखिल ९क्रान्तिकारी० आन्दोलनमा उत्रेको छ । उपत्यकाका अधिकांश क्याम्पसमा तालाबन्दीका कारण १८ फागुनमा हुने भनिएको स्ववियु चुनाव अन्योलमा परेपछि क्रान्तिकारी आन्दोलनमा उत्रेको हो । तोकिएकै समयमा चुनाव गराउन माग गर्दै आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीका विद्यार्थी नेता मिलन एमसीले बताए । चुनाव गराउन नसके क्याम्पसका पदाधिकारीले राजीनामा दिनुपर्ने उनको भनाइ छ । सानोठिमीमा नेविसंघको विरोध भक्तपुरस्थित सानोठिमी क्याम्पसमा पनि चुनाव नहुने संकेत देखिएको छ । सो क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघबीचको संयक्त प्यानल मनोनयन भएकामा केन्द्रीय प्रतिनिधिले त्यसको विरोध गरेका छन् । सो क्याम्पसका नेविसंघ केन्द्रीय प्रतिनिधि विकास थापाले सोमबार विज्ञप्ति निकाली त्यसको विरोध गरेका छन् । उनले चुनाव रोक्न आग्रह गर्दै त्यसो नगरे तालाबन्दी गर्ने चेतावनी दिएका छन् । त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव गंगाबहादुर थापाका अनुसार उपत्यकाका भक्तपुर, सानोठिमी शिक्षा, जनप्रशासन, आयुर्वेद, ललितकला, महाराजगन्ज चिकित्सा, महाराजगन्ज नर्सिङ, पुल्चोक इन्जिनियरिङ र थापाथली इन्जिनियरिङ क्याम्पसमा उम्मेदवारी मनोनयन भएको छ । यो खबर आजको नयाँ पत्रिकामा  छ ।

शेख कमलको खेलबाट मनाङ मर्यांदी बाहिरियाे

काठमाडौं, फागुन १६ । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलबाट मनाङ मर्स्याङ्दी क्लब बाहिरिएकाे छ । आज भएको खेलमा माल्दिभ्सको टिसी स्पोर्टस् क्लबले नेपालकाे मनाङ मर्यांदीलाई १–० ले पराजित गरेपछि  मनाङ मर्यांदी प्रतियाेगिताबाट बाहिरिएकाे हाे ।

७३ वर्षका बृद्धद्वारा २२ वर्षीय युवती बलात्कृत, बृद्ध पक्राऊ

गुल्मी, फागुन १४ – उमेरले डाँडो काट्न थालेका ७३ वर्षीय एक वृद्ध बलात्कारको आरोपमा पक्राउ परेका छन् । २२ वर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी बिशुखर्कका एक ७३ वर्षका वृद्धलाई पक्राउ गरेको हो । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा ती वृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताउनु भएको छ । पीडित युवतीको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । आरोपित वृद्धलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।

देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।  आयोगको स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा देशभरका ७५३ स्थानीय तहका सबै वडामा आइतबार सम्पन्न भएको हो । हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको थियो । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र आमनागरिकबीच भिजेका इमान्दार स्वयम्सेवकका कारण यो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताइन् । उनले महिला स्वास्थ्य स्वयम्सेविकाको योगदानको प्रशंसा गर्दै लक्षित कार्यक्रम सफल भएको उल्लेख गरिन् ।  मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयम्सेविकालाई २०७९ को आम निर्वाचनदेखि जिम्मा दिन थालिएको थियो । यसपटक पनि यस प्रयोजनका लागि उनीहरुलाई नै जिम्मेवारी दिइएको थियो । आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रका माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको आयोगले जनाएको छ ।  मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरणसमेत गरेको थियो ।  मतदाता शिक्षा सम्पन्न गरी स्वयंसेवकले आयोगमा प्रतिवेदन बुझाउने जनाइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन यही फागुन २१ गते हुँदै छ ।

अफगानिस्तानविरुद्ध नेपालको जित

काठमाडौं । यू-१९ विश्वकपमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको छ । बलिङमा आकाश चन्द र ब्याटिङमा देव खनाल कप्तानी इनिङ खेलेपछि अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो । EAST LONDON, SOUTH AFRICA – JANUARY 26: Aakash Tripathi of Nepal bats during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images) अफगानिस्तानलाई हराउँदै दुई अंक जोडेपछि नेपालले समूह ‘डी’ को तेस्रो स्थानमा पक्का गर्दै सुपर सिक्स यात्रा तय गरेको हो ।

क्यानकाे महाप्रबन्धकमा उत्सव ढुंगाना

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त भएका छन् । सोमबार क्यानले ढुंगानालाई महाप्रबन्धक नियुक्त गरेको हो । एक महिनाअघि आह्वान गरेको दर्खास्त अनुसार ढुंगाना नियुक्त भएका हुन् । यो नेपाली क्रिकेटको व्यवस्थापनसम्बन्धी उच्च पद हो ।वृतान्त खनालले राजीनामा दिएपछि क्यान महाप्रबन्धक पद ६ महिनादेखि रिक्त थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलसहितको छनोट समितिले ढुंगानालाई महाप्रबन्धक छनोट गरेको हो । ६१ जनाले आवेदन दिएकोमा अन्तिम सूचीमा ढुंगानासहित अन्य सात जना थिए ।

वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ। केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ।’ सम्बोधनको पूर्णपाठ आज फेरि म नास्टको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा उपस्थित भएर केही समय वैज्ञानिक अनुभूतिको क्षणको रुपमा समय बिताउन पाउँदा मलाई खुशी लागेको छ। यस अवसरमा नास्टको वार्षिकोत्सव कार्यक्रममा पुरस्कृत हुनुभएकोमा सम्पूर्ण वैज्ञानिक प्राविधिज्ञहरूमा हार्दिक बधाइ व्यक्त गर्दछु। मैले तपाईहरूको विज्ञान तथा प्रविधिको क्षेत्रमा दिनुभएको योगदानको बारेमा सर्सति हेर्ने मौका पाएँ। मलाई अत्यन्त खुशी लाग्यो। हाम्रो विज्ञान तथा प्रविधि क्षमता विकासमा तीव्रता आएको रहेछ। भलै नेपाल सरकारले तपाईहरूले अपेक्षा गरे अनुसारको स्रोत प्रदान गर्न सकेका छैनौं। सरकारका पनि विभिन्न बाध्यताहरू हुँदा रहेछन्। यसमा तपाईहरूले बुझिदिनुभएकै छ। म आफै पनि विज्ञानको विद्यार्थी भएको कारण विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरू म राम्रोसँग बुझ्दछु। भर्खरै मैले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवन उद्घाटन गरें। मलाई विश्वास छ यी अनुसन्धान र प्रविधि केन्द्रहरूबाट अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान परीक्षणहरू हुने वातावरण सिर्जना हुँदै जानेछन्। विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ। केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ। जनताको अपेक्षा नास्टप्रति बढी रहेको छ। यसर्थ यहाँ सञ्चालन हुने कार्यक्रमहरूको स्तरीयताका बारेमा टिकाटिप्पणी हुनु तपाईहरूको लागि पृष्ठपोषण हुने मैले ठान्दछु।   आगामी सोह्रौं पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा के कस्ता कार्यक्रमहरू समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ जस्तो मलाई लाग्दछ। देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाहरूको खाका तयार गर्न तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु। अहिलेको अवस्था भनेको सहकार्य र समभावको हो न कि एकांकी भएर गन्तव्य पुग्न कठिन हुने राजनीतिक लगायत अन्य उदाहरणहरू हामीसँग धेरै रहेका छन्। अन्तमा, पुन एकपटक सबै पुरस्कृत महानुभावहरूमा हार्दिक बधाइ व्यक्त गर्दै ४१ औं वार्षिकोत्सवको सफलताको शुभेच्छासहित विदा हुन्छु। धन्यवाद।

इरानविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । कप्तान देव खनालको विष्फोटक ब्याटिङसहित कीर्तिमानी शतकमा नेपाली युवा टोलीले एसिसी यू–१९ प्रिमियर कपमा सानदार सुरुआत गरेको छ। मलेसियामा बिहीबारदेखि सुरु प्रिमियर कपमा इरानलाई २ सय ७४ को फराकिलो रनले पराजित गर्दै विजय सुरुआत गरेको हो। नेपालले दिएको ३ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान जम्मा ३०.५ ओभरमा अल आउट हुँदै मात्र ७९ रन बनाउँदा अलआउट भयो। इरानलाई कम स्कोरमा रोक्न नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३ विकेट लिए। घातक बलिङ गरेका सुवास भण्डारीले ८।५ ओभरमा ४ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए। दिपेश कँडेलले ७ ओभरमा ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए। आकाश चन्दले र हेमन्त धामीले समान २ विकेट लिए। विकेट किपर अमेर खोर्सान्दले बनाएको ३७ रन नै इरानका लागि सर्वाधिक रह्यो। सावेर इब्राहिमिपोउर ११ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा इरानले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको नेपाल ४०ं१ ओभरमा ३ सय ५३ रन बनाउँदा अलआउट भयो। इरानविरुद्ध कप्तान देव खनालले कीर्तिमानी शतक प्रहार गरे। देवले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे। यू–१९ टोलीबाट दुई शतक हान्ने देव पहिलो खेलाड हुन्। यसअघि उनले गत फागुनमा आईसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय पारी खेलेका थिए। तेस्रो विकेटका लागि कप्तान देव खनाल र दिपक बोहोराले १ सय ६६ रनको शतकिय साझेदारी गरेपछि नेपाल विशाल योगफल बनाउन सहयोग गरे। बोहोरा र खनालले ९८ बलमा १ सय १६६ साझेदारी गरे। दीपक ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए। विकेटकिपर दीपक प्रसाद डुम्रे ६९ रनमा आउट भए। दीपेश कंडेल २९, आकाश चन्द १९, हेमन्त धामी २३, सुवास भण्डारीले १८ रन थपे। समूह चरणको दोस्रो खेलमा नेपालले आइतबार बहराइनविरुद्ध खेल्नेछ।

भारतसँग नेपाल १० विकेटले पराजित

काठमाडौं । कप्तान रोहित शर्मा र सुभमन गिलको शतकीय साझेदारीप्रेरित भारतले एसिया कप–२०२३ मा नेपाललाई १० विकेटले हराउँदै सुपर फोरमा स्थान पक्का गरेको छ । सोमबार श्रीलंकाको पालेकेले रंगशालामा सम्पन्न खेलमा भारतले डकवर्थ लेविस पद्दति (डीएलएस) अनुसार पाएको २३ ओभरमा १४५ रनको लक्ष्य २०.१ ओभरमा पूरा गरेको हो । जितसँगै भारत तीन अंकसहित सुपर फोरमा प्रवेश गरेको हो । यो हारसँगै एसिया कपमा नेपालको पहिलो सहभागिता जितविहीन टुंगिएको छ ।