पाकिस्तानले गुमायो चार विकेट
काठमाडौं। एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानले चार विकेट गुमाएको छ । पाकिस्तान क्रिकेट रंगशालामा टस जितेर पहिलो बलिङ गरेको नेपालले राम्रो सुरुवात गरेको छ ।
पाकिस्तानले दुवै ओपनर गुमाएको छ । अहिले पाकिस्तानले २७.५ ओभरका दुई विकेटको क्षतिमा १२४ रन बनाएको छ ।
कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी
काठमाडौंः नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताए । उनका अनुसार गएको एक वर्षमा ५५ लागत पर्ने चल्ला सरदर प्रतिगोटा २५ मा बिक्री भएको छ । देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा ३० घाटा सहनुपरेको छ । गएको एक वर्षमध्ये छ हप्ता लागत मूल्यमा बिक्री भए पनि बाँकी समय घाटामा बिक्री गर्नुपरेको थियो । यसरी हेर्दा एक वर्षमा चार अर्ब ७२ करोड ५० लाख हाराहारी घाटा कृषकले व्यहोरेको उनले जानकारी दिए । यसैगरी सातामा एक लाख ५० हजार बिक्री हुने लेयर्स चल्लाबाट गत एक वर्षमा ३० करोड हाराहारी नोक्सान भएको पोखरेलले जानकारी दिए । यस्तै मासुमा दैनिक नौ लाख ५० हजार किलो बिक्री गर्दा सरदर प्रतिकिलो ३० घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । यसबाट एक वर्षमा नौ अर्ब ७२ करोड नोक्सान भएको उनले बताए । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभुषाल ओली नेपालमा दैनिक ५० लाख अण्डामा प्रतिगोटा रु तीन हाराहारी नोक्सान भएको बताए । अण्डाबाट एक वर्षमा तीन अर्ब चार करोड ५० लाख नोक्सान भएको उनले जानकारी दिए । देशभरमा ठूलो सङ्ख्यामा कृषक विस्थापित भएको ओलीको भनाइ छ । यसरी कुखुराजन्य उत्पादनमा एक वर्षमा १७ अर्ब ७९ करोड हाराहारी नोक्सान भएको देखिन्छ । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराई नोक्सान धान्न नसकेर ३० प्रतिशत व्यवसायी विस्थापित भएको बताए । अन्यले बैंकको ऋण सार्ने वा सोही बैंकमा ऋण थपेर टिकेको उनको भनाइ छ । उनले भने, ‘सबै धरापमा छन्।’ बर्डफ्लु आउँदासमेत तीनचार महिना नोक्सान व्यहोरे पनि गएको एक वर्ष व्यवसाय पूरै नोक्सानमा गएको उनको भनाइ छ । उत्पादित कुखुराजन्य पदार्थको एकातर्फ मूल्य नहुने अर्कोतर्फ दानाको कच्चा पदार्थको मूल्य बढ्दा थप समस्या उत्पन्न भएको उनको भनाइ छ । एक वर्षअघि प्रतिकिलो २९ को मकै अहिले ३८ पुगेको छ भने ५६ को भटमास ७२ सम्म पुगेको डा भट्टराई बताए । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका डा भट्टराई ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ५५, लेयर्स चल्लाको प्रतिगोटा ९०, अण्डा प्रतिगोटाको १० र मासु प्रतिकिलो ३३० पर्ने बताए । अहिले बजारमा दानाको मूल्य ५३ देखि ६४ सम्म पर्ने गर्दछ । नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्षसमेत रहनुभएका टीकाराम पोखरेल नेपालमा ३०८ ह्याचरी, एक हजारभन्दा बढी ठूला फार्म र ब्रोइलर कुखुरा पाल्ने साना फार्म १० हजारभन्दा बढी रहेको बताउँछन् । यस क्षेत्रमा रु एक खर्ब १५ अर्ब लगानी भएको उनको भनाइ छ । यसमध्ये आधाभन्दा बढी बैंकिङ लगानी रहेको छ । लगातारको मूल्य गिरावटपछि पछिल्लो समय लागत मूल्य धान्ने गरी व्यवसायीले मूल्य तोकेर बिक्री वितरण शुरु गरेका छन् । हाल अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ३०५, मासु प्रतिकिलो रु ३८० र ब्रोइलर चल्ला रु ६५ एवं लेयर्स चल्ला रु ६० देखि ७० सम्म बिक्री गर्न शुरु गरिएको छ । यद्यपि ब्रोइलर पालक किसानले जिउँदो कुखुराको मूल्य रु २०० देखि २२० सम्म मात्रै पाउँदै आएका छन् । मासुको मूल्य उच्च भएपछि किसानले जिउँदो कुखुराको उचित मूल्य पाउन सकेका छैनन् । बजारमा अन्य मासुको मूल्य उच्च भए पनि अण्डा र कुखुराको मासुको मूल्य कम भएको व्यवसायीको गुनासो छ ।
बोल्न र कुरा गर्न सक्ने अवस्थामा छुः प्रधानमन्त्री ओली (भिडियोसहित)
काठमाडौंः उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य राम्ररी सुधार भइरहेको बताएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयू कक्षबाट भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’ १३ औं सागको उद्घाटन समारोह पूरै हेरेको बताएका ओलीले मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन सबैलाई आग्रह गरेका छन् । मेरो स्वास्थ्य अवस्थाको बारे जानकारी pic.twitter.com/HDt3tZsLmR — K P Sharma Oli (@kpsharmaoli) December 2, 2019
त्रिकोणात्मक सिरिजः नेपाल र सिंगापुरबीचको खेलमा वर्षा बाधक
काठमाडौंः टी–२० त्रिकोणात्मक सिरिज क्रिकेट अन्तर्गत नेपाल र सिंगापुर विरुद्धको खेलमा वर्षा बाधक भएको छ । नेपाली समयअनुसार ५ः१५ बजेदेखि सुरु हुनुपर्ने खेलमा वर्षाका कारण टससमेत हुन सकेको छैन । यी दुई टिमबीचको खेल इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साँझ नेपाली समयअनुसार ५ः१५ मिनेटमा हुने छ । त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गर्नका लागि पनि आजको खेल जित्नैपर्ने दबावमा नेपाल छ । यदि आजको खेलमा नेपाल पराजित भएमा जिम्बाब्वे र सिंगापुर एक आपसमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गर्ने छन् । त्यसकारण पनि आजको खेल कुनै पनि हालतमा जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ । यसअघि भएको दुवै खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको छ । पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै, जिम्बाब्वेसँगकै अर्को खेलमा नेपाल ४० रनले पराजित भएको हो । नेपालले यसअघि सिंगापुरविरुद्धको खेल भने सहजरुपमा जित हात पारेको थियो । कप्तान पारस खड्काको कीर्तिमानी शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै, नतिजा आज पनि निकाल्ने लक्ष्यमा नेपाल छ ।
विराट काेहली नयाँ कीर्तिमान नजिक, होला त पूरा?
काठमाडौं, साउन १५ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अर्को नयाँ कीर्तिमान रच्ने सम्भावना बढेको छ । यदि वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज २–० ले जितेमा विराटले नयाँ कीर्तिमान बनाउने भएका हुन् । वेस्ट इन्डिजसँगको टेस्ट सिरिज भारतले जितेमा विराट सबैभन्दा बढी ‘टेस्ट सिरिज’ जिताउने कप्तान बन्ने छन् । यो सिरिज जिते उनको नेतृत्वले २८ टेस्ट खेल जितेको कीर्तिमान बनाउने छन् । हालसम्म भारतका लागि सबैभन्दा बढी टेस्ट सिरिज महेन्द्रसिंह धोनीले जिताएका छन् । उनले ६० टेस्ट म्याचमा सर्बाधिक २७ म्याच जिताएका हुन् । विराटले ४६ म्याचमा २६ खेल जिताएका छन् । यदि विराटले वेस्टइन्डिजसँगको सिरिज ‘क्लि स्विप’ गरे भारतका लागि सर्बाधिक टेस्ट म्याच जिताउने कप्तानको कीर्तिमान बनाउने छन् । टेस्ट क्रिकेटमा हालसम्मका सफल कप्तान महेन्द्रसिंह धोनी– ६० टेस्ट म्याचमा २७ जीत विराट कोहली– ४६ टेस्ट म्याचमा २६ मा जीत सौरव गांगुली– ४९ टेस्ट म्याचमा २१ मा जीत यस्तै, वान डे र टेस्ट वरियतामा शीर्ष स्थानमा रहेको विराटले वेस्ट इन्डिजविरुद्ध ८८ रन बनाउने वित्तिकै अर्को कीर्तिमान बनाउने छन् । विराटले ८८ रन पूरा गरेसँगै वेस्ट इन्डिजविरुद्ध २ हजार रन पूरा गर्ने उनी पहिलो क्रिकेटर बन्ने छन् । हालसम्म वेस्ट इन्डिजविरुद्ध २ हजार रन कुनै पनि खेलाडीले बनाएका छैनन् ।
विदेशमा मृत्यु भएका कामदारका परिवारलाई साढे ४८ करोड
काठमाडौं, साउन १० । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५/७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको छ । गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए । बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको छ । रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ३ सय ३५ कामदारलाई एक वर्षमा ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ सहायता प्रदान गरिएको बोर्डले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत छः मन्त्री अर्याल
काठमाडौं, असार ६ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुलुकका विभिन्न समुदायको धार्मिक र सांस्कृतिक तथा गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत रहेको बताएकी छिन् । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत भूमि व्यवस्था मन्त्रालयमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले भनिन्, “सरकारका तर्फबाट एउटा सङ्कल्प व्यक्त भइसकेको छ, हाम्रो धर्म, परम्परा, मान्यता र मठमन्दिरसँग जोडिएको मर्म एवं भावनानुकूल काम गर्न सरकार कति पनि विचलित छैन ।” अर्को प्रसङ्गमा उनले देशको आफ्नै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ नाप्ने काम भइसकेको बताउँदै भनिन्, “३३५ वटा स्थानीय तहको नापनक्शा गर्ने काम भूउपयोगका माध्यमबाट भइसकेको छ, बाँकीको छिटोभन्दा छिटो पूरा गरिनेछ ।” सरकार भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न प्रतिबद्ध छ भन्दै उहाँले एक लाख ५२ हजार भूमिहीन घरपरिवारलाई जग्गा वितरण गरिसकिएको तथा मुक्तहलिया र कमैयाको हकहितका पक्षमा काम गरिने बताइन् । सरकारी र सार्जजनिक जग्गाको संरक्षणका लागि समिति गठन गरिसकिएको र मुलुकका ६६ मालपोत कार्यालयमा कम्प्युटरका माध्यमबाट काम शुरु भइसकेको उनले जानकारी दिइन् । मोहियानी हकलाई स्थापित गर्ने सन्दर्भमा कानून बनाउनेतर्फ सरकार अघि बढेको बताउँदै उनले गरीब लक्षित कार्यक्रमलाई सबैभन्दा पछि परेको समुदाय र स्थानबाट शुरु गरिने बताइन् । भूउपयोग ऐनमार्फत चक्लाबन्दी शुरु भएको र त्यस्तो काममा लाग्नेलाई प्रोत्साहन गर्ने काम भइरहेको बताउँदै उनले भूउपयोगलाई व्यवस्थित गरी उत्पादकत्व र आर्थिक वृद्धि हासिल गरिने बताइन् । भूमिहीन, सुकुम्बासी, दलित, मुक्तकमैया, हलिया, हरवाचरवा, कम्लहरीलगायत पिछडिएका र सीमान्तकृत वर्गको भूमि र भूमि स्रोतमा पहुँच पुर्याउने विषयलाई विशेष प्राथमिकता दिइने बताउँदै उनले समान प्रकृतिका सहकारीलाई एकीकृत गर्ने काम शुरु भइसकेको जानकारी दिइन् । मन्त्री अर्यालले भनिन्, “आधुनिक नापनक्शाका प्रविधि अवलम्बन गरी शुद्ध, विश्वसनीय नापजाँच, भूसूचना उत्पादन र वितरण, जग्गा प्रशासनलाई सरल, सहज, पारदर्शी तुल्याई कम्प्युटर अनलाइन प्रविधिबाट सेवा प्रवाह सुनिश्चित गरिने छ । सरकारी सार्वजनिक र गुठी जग्गाको उचित संरक्षण, संवद्र्धन र विकास गर्ने कार्यलाई पनि सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले आधुनिक प्रविधियुक्त जनशक्ति विकासमा पनि जोड दिइने बताइन् ।
अर्को वर्ष ‘वैशाख डे’ लुम्बिनीमा मनाउने छौंः प्रधानमन्त्री ओली
काठमाडौं, जेठ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका नायक गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अर्को वर्ष ‘वैशाख डे’ मनाउने निर्णय गरेको बताएका छन् । शनिवार भगवान् बुद्धको २५६३औं बुद्धजयन्तीका अवसरमा आनन्दकुटी विहारमा आयोजना गरिएको सभामा उहाँले भियतनाम तथा क्याम्बोडिकाको भ्रमणका अवसरमा विश्वका बुद्ध धर्मावलम्बी तथा नेतालाई अर्को वर्ष लुम्बिनीमा हुने ‘वैशाख डे’मा भाग लिन आउन आमन्त्रण गरेको जानकारी दिए । नेपालमा बुद्ध जन्मेको भएपनि विश्वलाई शान्ति, सद्भाव तथा दया, माया तथा भ्रातृत्व भावको मार्ग देखाएको बताउँदै प्रधानमन्त्री ओलीले बुद्धको ज्ञानलाई २५०० वर्षपछि पनि सूत्रबद्ध गरिएको बताए । उनले भने, ‘भगवान् बुद्ध त्यस्तो व्यक्ति हुनुहन्छ, उनले प्राप्त गरेको बोधिज्ञानले २५०० वर्षभन्दाअघिदेखि विश्वलाई प्रज्वलित गरिरहेको छ ।” प्रधानमन्त्री ओलीले गौतमबुद्धको जन्म लुम्बिनीमा नै भएको हो भनी स्तम्भ निर्माण गरेर बुद्ध जन्मको इतिहासलाई जीवित पार्ने तथा प्रमाणका रुपमा स्तम्भ निर्माण गर्ने सम्राट अशोकको पनि स्मरण गरे । नेपालका लागि श्रीलङ्काली राजदूत डब्लुएस पेरेराले विश्वभर शान्ति र सद्भाव फैलाउने भगवान् गौतमबुद्धको ज्ञान आज पनि महत्वपूर्ण रहेको बताउँदै बुद्धजयन्तीको दिन श्रीलङ्कामा बिदा दिइने गरेको चर्चा गरे। उनले सन् १९९० मा बुद्धको जन्म, बोधिज्ञान प्राप्त तथा महापरिनिर्वाणको दिवसको दिनलाई ‘वैशाख डे’ का रुपमा मनाउने संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको जानकारी दिए । नेपाल र श्रीलङ्काबीच सन १९५७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि द्विपक्षीय मैत्रीसम्बन्ध विकास भएको चर्चा गर्दै लुम्बिनी, रामग्राम, निग्लिहवा, गोटीहवाजस्ता थुप्रै बुद्धधर्मको तीर्थस्थलले दुई मुलुकबीचको धार्मिक सम्बन्ध थप प्रभावकारी भएको बताए । बुद्धजयन्ती समारोह समितिका उपाध्यक्ष भिक्षु कौदन्य महास्थवीरले भियतनाममा हालै सम्पन्न वैशाख डेमा प्रधानमन्त्रीका साथ भियतनाम जान पाएको र त्यहाँ प्रधानमन्त्रीले अर्को वर्ष लुम्बिनीमा वैशाख डे मनाउने घोषणा गरी विश्वका नेतालाई आमन्त्रण गरेको स्मरण गर्दै अर्कौ वर्ष हुने वैशाख डेमा सरकारलाई सफलता मिलोस् भनी कामना गरे । उनले वि.सं १९८१ तिर नेपालमा राणा शासनले भिक्षुलाई बुद्धधर्म प्रचार गरेको आरोपमा देश निकाला गरेको स्मरण गर्दै चन्द्रागिरि डाँडा कटाई देश निकाला भएका आठ जना भिक्षुलाई वि.सं २००३ मा मात्र देशमा प्रवेश पाएको स्मरण गरे । २५६३ औँ बुद्धजयन्ती समारोह समितिका महासचिव भिक्षु प्रियदर्शी महास्थवीरले बुद्धको शिक्षालाई सबैले व्यवहारमा उतार्न सकेमा देशमा सच्चा शान्ति हुने बताए । बुद्धजयन्ती समारोह समितिका अध्यक्ष एवं आनन्दकुटी विहारका प्रमुख भिक्षु मैत्रय महास्थवीरले गौतमबुद्धको जन्मभूमि नेपालमा शान्तिको सन्देश प्रचारप्रसार गर्ने तथा बुद्धको ज्ञान जनजनमा फैलाउनुपर्ने बताए ।
सीपीएलको ड्राफ्टमा सन्दीपसहित ४ नेपाली खेलाडीको नाम समावेश
काठमाडौं, जेठ २ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटको ड्राफ्टमा नेपालका ४ खेलाडीको नाम समावेश भएको छ । वेस्ट इण्डिजको क्रिकेट लिग सीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलको नाम समावेश भएको हो । सन्दीपले गत संस्करणकाे सीपीएलमा भाग लिइसकेका थिए । उनले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट लिगमा भाग लिएका थिए । गत सिजनको सीपीएलमा उनले ५ खेल खेलमा १०६ रन खर्चेर ७ विकेट लिएका थिए । यो वर्षको सीपीएलको ड्राफ्ट आगामी मे २२ मा लण्डनमा सार्वजनिक गरिने छ । यस पटकको ड्राफ्टमा समग्रमा २० देशबाट ५३६ बिदेशी खेलाडीले स्थान बनाएका छन् । गत वर्ष प्याट्रियट्सले सन्दीपलाई ५ हजार अमेरिकी डलर पारिश्रमिकमा टोलीमा अनुबन्ध गरेको थियो । ६ टोलीको सहभागी रहने सीपीएलको यस संस्करण आगमी जुलाई ११ देखि अगष्ट १६ सम्म वेस्ट इन्डिजमा चल्ने छ ।
आइपीएलः शतकबाट ३ रनले चुके कार्तिक, राजस्थानले पायो १७६ रनको लक्ष्य
काठमाडौं, वैशाख १२ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत राजस्थान रोयल्स विरुद्धको खेलमा कोलकाता नाइट राइडर्सले १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । होम ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनायो । उसका लागि कप्तान दिनेश कार्तिक बाहेक अन्यको प्रदर्शन सन्तोषजनक रहन सकेन । कार्तिकले राजस्थानविरुद्ध नट आउट ५० बलमा ९७ रन प्रहार गरे । त्यसक्रममा उनले ९ छक्का र ७ चौका लगाए । यस्तै, नितीश राणाले २१, शुभमन गिल, आन्द्रे रसेलले १४–१४, सुनिल नारायणले ११, कार्लोस ब्रैथवेटले ५ रन बनाउँदा क्रिस लिन शून्य रनमा आउट भए । बलिङमा राजस्थानका बरुन अरुणले २, ओशन थोमस, श्रेयस गोपाल र जयदेव उनदकटले एक–एक विकेट लिए । कोलकाता अंक तालिकामा १० म्याचमा ६ खेलमा हार र ४ खेलमा जीत निकाल्दै छैठौं स्थानमा रहँदा राजस्थान भने तालिकाको पुछारमा छ । उसले १० खेल खेल्दा ७ मा हार र ३ खेलमा मात्र जीत हासिल गर्न सफल भएको छ । दुबै टोलीलाई प्ले अफको आसा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । अन्यथा दुबै टोलीको अघिल्लो चरणको यात्रा कठिन बन्ने छ । कोलकाताको नेतृत्व दिनेश कार्तिक गरिरहेका छन् । यता, राजस्थानमा स्टीभ स्मिथ कप्तान छन् ।
इण्डियन प्रिमियर लिगः हैदराबादलाई हराउँदै पञ्जाब लिगको तेस्रो स्थानमा
काठमाडौं, चैत २६ । सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै किंग्स इलाभेन पञ्जाब इण्डियन प्रिमियर लिग आईपीएलको तेस्रो स्थानमा उक्लिएको छ । हारपछि हैदराबाद भने चौथो स्थानमा झरेको छ । लिगमा पञ्जाबले ६ खेलमा ४ जित र २ हारसहित ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको हो । समान खेलबाट हैदराबादले ३ जितका साथ ६ अंकमात्र जोडेको छ । लिगको शीर्ष दुई स्थानमा ५ खेलबाट समान ८ अंकका साथ कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स छन् । घरेलु मैदान आईएस बिन्द्रा रंगशाला मोहालीमा हैदराबादले दिएको १ सय ५१ रनको लक्ष्य पञ्जाबले इनिङको एक बल बाँकी छँदा १ विकेट गुमाएर भेट्टायो । ओपनर क्रिश गेललाई १६ रनको व्यक्तिगत स्कोरमा सुरुमै गुमाएको पञ्जाबका केएल राहुल र मयंक अग्रवालले दोस्रो विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरेपछि जितको आधार बनेको थियो । टिमको स्कोर १३३ हुँदा मयंक ५५ रन बनाएर आउट भए । उनले ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । राहुलले ५३ बलमा ७ चौका र १ छक्कासहित अविजित ७१ रन बनाए । उनैले अन्तिम ओभरको पाँचौं बलमा २ रन लिँदै खेल जिताएका थिए । अघिल्लो बलमा उनले चौका प्रहार गरेका थिए । पञ्जाबलाई जितका लागि अन्तिम ओभरमा ११ रन बनाएको थियो । बलिङतर्फ हैदराबादका सन्दीप शर्माले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ओपनर डेभिड वार्नरको अविजित ७० रनको सहयोगमा निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । वार्नरले ६२ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए । जोनी बेरिस्टो १ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका विजय शंकरसँग मिलेर वार्नरले ४९ रनको साझेदारी गरे । शंकर २६ रनको स्कोरमा आउट भएपछि आएका मोहम्मद नाभीसँग मिलेर तेस्रो विकेटका लागि २४ तथा मनिस पाण्डेसँग मिलेर चौथो विकेटका लागि ५५ रनको अर्धशतकीय साझेदारी गरेका थिए । नाभीले १२ तथा पाण्डेले १९ रन बनाए । दीपक हुड्डा १४ रनमा अविजित रहे । बलिङतर्फ पञ्जाबका कप्तान रविचन्द्रन आश्विन, मुजिव उर रहमान र मोहम्मद सामीले एक–एक विकेट बाँडे ।
प्रियंका र आयुष्मान रियलमा इन्गेजमेन्ट, रिलमा विवाहको मण्डपमा देखिँदै
काठमाडौं, चैत १४ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशीले विवाह गरेका छन् । केही समअगाडि इन्जगेजमेन्ट गरेका यो जोडीले अहिले रियल नभएर रिलका लागि विवाह गरेका हुन्। रियल विवाहको मिति भने उनीहरुको अहिले फिक्स भएको छैन । रिलका लागि भने उनीहरुले गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी…’ गीतको भिडियोका लागि गरेका हुन् । औपचारिक विवाहको टुंगो नलाग्दै प्रियंका र आयुश्मानको चर्चित जोडीको विवाह अहिले पर्दामा उतारिएको छ । भिडियोमा वैवाहिक कार्यका विविध दृश्यहरु समेटिएको छ । मेहन्दी, हल्दीदेखि विवाह मण्डपसम्म प्रियंकालाई डोलीमा चढाएर लगिएका दृष्यसमेत म्यूजिक भिडियोमा समेटिएका छन् । दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायाँकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् । चलचित्रमा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेष्ट हाउसलगायतका स्थानका आकर्षक लोकेसनमा भिडियो छायाँकन गरिएको छ ।
युरो कप छनोटः इटालीको शानदार सुरुवात
एजेन्सी । युरो कप फुटबलको छनोट खेलमा पूर्वविजेता इटालीले सुखद सुरुवात गरेको छ । समूह ‘जे’ अन्तर्गतको आइतबार बिहान खेलिएको आफ्नो पहिलो छनोट खेलमा इटालीले फिनल्यान्डमाथि २-० गोलको सजिलो जित हासिल गर्यो । सन् १९६० देखि सुरु भएको युरो कपको इतिहासमा इटालीले हालसम्म एकपटक मात्र उपाधि जित्न सकेको छ । इटालीले सन् १९६८ मा भएको तेस्रो संस्करणको उपाधि चुमेको थियो । सन् २००० र सन् २०१२ मा भने इटाली फाइनलमा पराजित भएको थियो । घरेलु मैदानमा आइतबार विहान खेलिएको फिनल्यान्डविरुद्घको खेलमा इटालीले दुबै हाफमा एक÷एक गोल गर्यो । खेल सुरु भएको सातौं मिनेटमै निकोलो बारेल्लाले इटालीका लागि पहिलो गोल गरेका थिए । ७४औं मिनेटमा मोइस केनले अर्को गोल थप्दै इटालीलाई सहज जित दिलाएका थिए । सोही समूहको अर्को खेलमा ग्रिसले लिचस्टेन्टियनलाई उसैको मैदानमा २-० गोलले पाखा लगायो । बोस्निया एन्ड हर्जगोभिनाले भने घरेलु मैदानको फाइदा उठाउँदै आर्मेनियामाथि २-१ गोलको जित हासिल गर्यो । यसैगरी समूह ‘डी’ अन्तर्गतको खेलमा स्विट्जरल्यान्डले जर्जियालाई उसैको मैदानमा २-० गोलले पराजित गर्यो । स्विट्जरल्यान्डका लागि स्टिभन जुबेर र डेनिस जकारियाले एक÷एक गोल गरे । सोही समूहको अर्को खेलमा आयरल्यान्डले जिबराल्टरलाई उसैको मैदानमा १-० गोलले हरायो । भ्रमणकारी टोली आयरल्यान्डका लागि एकमात्र गोल ४९औं मिनेटमा जेफ हेनरिकले गरेका थिए ।
पकिस्तानद्वारा अष्ट्रेलियालाई २८१ रनको लक्ष्य, हरिसको पहिलो शतक
काठमाडौं, चैत ८ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा पाकिस्तानले २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २८० रन बनायो । उसका लागि हरिस शोहेलले १०१ र इमाद वसीमले नटआउट २८ रन बनाए । यस्तै, इमाल उल हक १७, शान मसूद ४०, उमार अकमल ४९, कप्तान सोयव मलिक ११ र फहिम अश्रफ २८ रनमा आउट भए । बलिङमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, नाथन कलटर नाइलले दुई–दुई र नाथन लायनले एक विकेट लिए । ५ खेलको यो सिरिज यूएईमा भइरहेको हो ।
सांसद नविना लामा अस्पताल भर्ना
काठमाडौं, चैत ४ । संघीय संसद प्रतिनिधिसभा सदस्य एवं अनेरास्ववियुकी अध्यक्ष नवीना लामा अस्पताल भर्ना भएकी छन् । छातीमा दुखाई भएपछि उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन् । सांसद लामाको उपचारमा संलग्न चिकित्सक डा. जेपी जैसवालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमीत स्वास्थ्य जाँचका निम्ती सोमबार अस्पताल गएकी लामालाई डाक्टरले एकदिन अस्पतालमै आराम गर्न सुझाव दिएको अनेरास्ववियुकी सचिव आरती लामाले जानकारी दिइन् । सांसद लामालाई अस्पतालले मंगलबार डिस्चार्ज गर्ने जानकारी दिइएको छ।
प्रशिक्षक जिदानको सुखद पुनरागमन, सेल्टा डि भिगोमाथि रियल मड्रिडको शानदार जित
एजेन्सी । जिनेदिन जिदानले दोस्रो कार्यकाल सम्हालेको पहिलो खेलमा रियल मड्रिडले शानदार जित निकालेको छ । मड्रिडले सेल्टा डि भिगोलाई २–० ले पराजित गर्दै जिदानको पुनरागमन सुखद बनाउन सफल भयो । सान्टियागो बर्नाबाउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा रियलले दुई गोल गर्यो। ६२औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । ७७औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाए । उनले मार्सेलोको पासमा गोल गरेका थिए । जितसँगै रियलले २८ खेलबाट ला लिगाको तालिकामा ५४ अंक बनाएको छ । एक खेल कम खेलेको बार्सिलाना ६३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको ५७ अंक रहेको छ । सेल्टा भने २५ अंकसहित रेलिगेसन जोनमा छ ।


>