अस्पतालको फोहोरले महामारीको खतरा
कैलाली, कात्तिक १३ । कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालले फोहोर व्यवस्थापन नगर्दा महामारी फैलने खतरा बढेको छ । समयमै फोहोर व्यवस्थापन नहुँदा महामारी फैलने खतरा बढेको हो ।
अस्पतालबाट निस्कने फोहोरको समयमै व्यवस्थापन नगरिदा अस्पताल परिसरमा दुर्गन्ध समेत फैलिएको छ । औषधीजन्य तथा अन्य वस्तुबाट हुने फोहोरको व्यवस्थापनमा अस्पताल प्रशासनले चाँसो नदिदाँ त्यस क्षेत्र वरिपरिको वातावरण दुर्गन्धीत बनेको छ ।
अस्पतालबाट निस्किने सम्पूर्ण फोहोर अस्पताल नजिकै खुला रुपमा जलाउँदा त्यस वरिपरिका बासिन्दालाई पनि समस्या भएको छ । अस्पताल आसपासमा विभिन्न सरकारी कार्यालयदेखि स्थानीय बासिन्दाका घर रहेका छन् ।
तर, पनि अस्पतालले भने स्थानीयको समस्यामा ध्यान दिएको छैन । अस्पालबाट निस्किने फोहोरले गर्दा दैनिक हुने कार्यमा समस्या भइरहेको अस्पताल नजिकै रहेको सुदूरपश्चिमाञ्चल मेडिकल स्टोरका निमिक्त प्रमुख लक्ष्मीप्रशाद श्रेष्ठले बताए ।
दैनिक कार्य मात्रै प्रभावित नभई अस्पताल नजिकै रहेका कार्यालय तथा स्थानीयले फोहोरको गन्धका कारण झ्याल ढोका नै बन्द गरेर काम गर्नु पर्ने बाध्यता छ । पटकपटक अस्पताल प्रशासनलाई अन्तै लगेर फोहोर जलाउन आग्रह गरे पनि समस्याको कुनै सुनुवाई नभएको उनको गुनासो छ ।
प्रदेश नं.–७ का सबै जसो जिल्लाका विरामी यहि अस्पतालमा उपचारका लागि आउने गर्दछन् । तर, अस्पताल भने अव्यवस्थित तथा दुर्गन्धीत छ । अझ भन्नुपर्दा अस्पतालमा आएका स्वस्थ व्यक्तिलाई पनि विरामी बनाउने वातावरण छ । अस्पतालको यस्तो अवस्था देखिएपछि विरामी तथा उनका आफन्तले अस्पताललाई व्यवस्थित र सफा सुग्घर बनाइ राख्न आफन्तको पोष्टमार्टम गर्न अस्पताल आउनुभएका दिपक जाब्लीले आग्रह गरे ।
अस्पतालले भने विगतमा उपमहानगरपालिकाले फोहोर उठाउदै आएको तर सात महिना देखि नउठाउदा यस्तो समस्या भएको बताउछ । बेला बेला पत्राचार गरेर आग्रह गर्दा पनि समस्या समाधान गर्न उपमहानगरपालिका कार्यालयले अहिले सहयोग नगरेको अस्पतालका फोहोर व्यवस्थापन इन्चार्ज समेत रहेकी यशोदा ढकालले बताइन् ।
उप–महानगरपालिका कार्यालयले गत वैशाखसम्म फोहोर उठाएको थियो । तर, अहिले भने ठाउ अभावमा अस्पतालको फोहोर उठाउन नसकिएको बताउछ । उप–महानगरपालिकाले अस्पातलको फोहोर उठाउने जिमा नलिएको भए पनि सहयोगका हिसावले अहिलेसम्म उठाउदै आएको बताइएको छ । अस्पातलको फोहोर अन्यभन्दा जोखिम हुने गर्दछ । त्यहिमाथि अस्पातलले फोहोरको विभाजन नगर्दा फोहोर उठाउन समस्या भइरहेको उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतमले बताए ।
समय मै फोहोर व्यवस्थापन नगर्दा संक्रामक रोग फैलीने खतरा बढेको छ । तर, कुनै पनि निकायले पनि यसको समाधानमा चासो नदिदा महामारि फैलिने जोखिम बढेको छ । अस्पतालको फोहोर जलाउने इन्सीलेटर पनि प्रयोग विहिन छ । जसले गर्दा, झनै संक्रामक रोगहरुको खतरा बढेको छ । त्यसैले समयमै अस्पताल प्रशासन र सम्बन्धीत निकायले फोहोर व्यवस्थापनबारे चनाखो हुन जरुरी रहेको विरामी तथा उनका आफन्तको आग्रह छ ।
आंशिक प्रध्यापकको धर्नामा प्रहरी हस्तक्षेप, ३० बढी घाइते
काठमाडौं, भदौं २३ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय र बालुवाटार अगाडि एकसाथ आन्दोलन चलाइरहेका आंशिक प्राध्यापकहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ । धर्नामा प्रहरीले बल प्रयोग गर्दा शुक्रबार बालुवाटारमा ३० भन्दाबढी आंशिक प्राध्यापकहरु घाइते भएका छन् । घाइतेहरुको वीर र टिचिङ अस्पतालमा उपचार भैरहेको छ । आंशिक प्राध्यापक संघका सदस्य माधव पौडेलका अनुसार घाइते हुनेहरुमध्ये शिरोमणी गजुरेल गम्भीर घाइते भएका छन् । उनलाई वीर अस्पताल र साधारण घाइतेहरु रगन केसी, रविन्द्रनाथ गजुरेल, सिविना थापा र विष्णु न्यौपानेको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । गजुरेलको छाति र खुट्टामा चोट लागेको छ । उनले भने – शान्तिपूर्ण धर्नामा गजुरेलको छातिमा प्रहरीले बुट् हाने । उनीहरुले आंशिक सेवालाई खारेज गरी विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर अनुसार लैजानुपर्ने र करार सेवामा नियुक्त गर्नुपर्ने माग राख्दै ४५ दिनदेखि त्रिवि केन्द्रीय कार्यालयमा रिले अनशन र बालुवाटारमा धर्ना जारी राखेका थिए । यसै क्रममा प्रहरीले सडक खुलाउन उनीहरुमाथि हस्तक्षेप गरेको हो । यसअघि पटक–पटक अनसन, सम्झौता, ज्ञापनपत्र बुझाउने, भेट्ने लगायतका आन्दोलनका कार्यक्रम गरेका थिए । कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गराउन त्रिवि पदाधिकारीहरुलाई निर्देशन दिइसकेपनि भिसी, रेक्टर र रजिष्टारले मागको वेवास्ता गरेको आरोप आंशिकले लगाउँदै आएका छन् । शुक्रबारकै घटनालाई लिएर नेपाल आंशिक प्राध्यापक संघले खेद प्रकट गर्दै प्रहरी दमन भएमा नेपाल सरकार, त्रिवि पदाधिकारी र प्रहरी प्रशासनले ठूलो मुल्य चुकाउनुपर्ने संघद्वारा शुक्रबार जारी विज्ञप्ती भनिएको छ ।
जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने
बाजुरा, भदौ १८ । सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् । नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट निर्णय गरिए छ । नगरपालिकाभित्रका छोराछोरी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बोर्डिङमा पढाउने गरेको र सर्वसाधारणका छोराछोरी सरकारी विद्यालयमा पढ्ने भएकाले शिक्षामा एक रुपता ल्याउनका लागि बैठकबाट निर्णय गरिएको नगर उप–प्रमुख कविता बुढा (विष्ट)ले जानकारी दिएकी छिन् । विभिन्न उपसमितिमार्फत आएका सुझाव र निर्णयलाई कार्यसमितिमा प्रस्तुत गर्दै नगरवासीको हितमा निर्णय गरिएको उनको भनाइ रहेको छ । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दरबन्दी कम भएका तर माध्यमिक विद्यालय सञ्चालन गरिएका विद्यालय समायोजन गरिने भएका छन् । कृषि क्षेत्रका एक घर एक करेसाबारीको नीति पारित गरेको नगर प्रमुख पदम बडुवालले बताए । प्रत्येक घरमा खानेपानी, विद्युत्लगायतका योजना पु¥याउने गरी निर्णय पारित भएको डडुवालले जानकारी दिए ।
गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु
रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए । File photo
खाना पकाउने ग्याँसको मूल्य फेरि घट्यो
काठमाडौं, साउन १७ । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य घटाएको छ । मंगलबार रातिबाट लागु हुने गरी निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो । बुधबारबाट उपभोक्ताले खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १३ सयमा किन्न पाउनेछन । भने पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।
राष्ट्रसंघद्धारा सप्तरी घटनाप्रति गहिलो चिन्ता व्यक्त्त
काठमाडौं, फागुन २५ । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालय तथा अमेरिकी दूतावासले सप्तरीको राजविराजमा सोमबार तीन जनाको मृत्यु तथा दर्जानौं घाइते भएको घटनापछि गहिरो चिन्ता व्यक्त गरेको छ । ‘स्थानीय चुनावको मुखैमा तनाव बढेकोप्रति हामी चिन्तित छौं’, राष्ट्रसंघीय कार्यालयले विज्ञप्तिमा भनेको छ । ‘भिडन्तमा भएका मृत्यु र घाइतेप्रति हामी चिन्तित छौं ।’ अभिव्यक्ति स्वतन्त्रता तथा भेला हुन पाउने कुरामा हिंसाको कुनै स्थान नरहेको उसले जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सप्तरी घटनाप्रति चिन्ता व्यक्त गर्दै ‘प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रुपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अंग हो । तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन’, दूतावासले वक्तव्यमा भनेको छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
निःशुल्क स्वास्थ्य शिविरमा साढे १३ सयको परीक्षण
पर्वत, फागुन २२ । यहाँको एक विकट गाउँमा पाँच दिनसम्म सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । आर्थिक अभावका कारण लामो समयदेखि विभिन्न रोग लुकाएर बसेका नागरिकलाई लक्षित गरी दक्षिण पर्वतको लुङ्खुदेउराली गाविसमा आयोजित निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो । शिविरमा दाँत तथा हाइड्रोसिल र हर्नियाका बिरामीको शल्यक्रिया तथा उपचार गरिएको छ । एक हजार दुईसय ८६ दाँतका रोगीको परीक्षण तथा ४५ हाइड्रोसिल र हर्नियाका बिरामीको शल्यक्रिया गरिएको शिविर व्यवस्थापन समितिका संयोजक जीवन उच्चै ठकुरीले जानकारी दिए । वरिष्ठ सर्जन डाक्टर रबिन कोइरालाको नेतृत्वमा अस्ट्रेलियाका आठ डाक्टर र ११ जना स्वास्थकर्मी तथा दन्तरोग विशेषज्ञ डाक्टर सूर्य मगरलगायत ६ जना नेपाली चिकित्सकले सेवा प्रवाह गरेका थिए । निःशुल्क उपचार तथा औषधिसमेत निःशुल्क रुपमा पाएपछि ग्रामीण क्षेत्रमा रहेका विपन्न समुदायका बिरामी बढी लाभान्वित बनेका छन् । आर्थर डाँडाखर्कको शिविरमा साढे पाँच सयको परीक्षण यसैगरी पर्वत जिल्लाको आर्थर डाँडाखर्क गाविसस्थित स्वास्थ्य चौकीमा शनिबार आयोजित एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा पाँच सय ५० भन्दा बढीको परीक्षण गरिएको छ । स्थानीय स्वास्थ्य चौकीको व्यवस्थापन र लायन्स क्लब अफ पोखराको सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा पेट, छाती, मुटु, हाडजोर्नी, नशा, स्त्री रोग, बाल रोग, इसिजी, भिडियो एक्स–रे, ल्याब जस्ता सेवा प्रदान गरिएको थियो । ग्रामीण क्षेत्रका बासिन्दालाई गाउँमै विशेषज्ञ डाक्टरको सेवा सहितको सुविधा दिने उद्देश्यले आयोजित शिविरमा दुई सय ५० पुरुष र तीन सय ६ महिलाको परीक्षण गरिएको शिविर व्यवस्थापन समितिका सदस्य सुरेन्द्र गौतमले जानकारी दिए । शिविरमा लेकसिटी अस्पताल पोखराका चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीको परीक्षण तथा निःशुल्क औषधि उपलब्ध गराएका थिए ।
एनसेलको शेयर बिक्री सम्बन्धी समाचारप्रति प्रधानमन्त्रीद्धारा चासो व्यक्त
काठमाडौं । एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले गम्भीर चासो व्यक्त गरेका छन्। प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन समेत दिएका छन्।
पाकिस्तानले गुमायो चार विकेट
काठमाडौं। एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानले चार विकेट गुमाएको छ । पाकिस्तान क्रिकेट रंगशालामा टस जितेर पहिलो बलिङ गरेको नेपालले राम्रो सुरुवात गरेको छ । पाकिस्तानले दुवै ओपनर गुमाएको छ । अहिले पाकिस्तानले २७.५ ओभरका दुई विकेटको क्षतिमा १२४ रन बनाएको छ ।
माओवादी सुदुरपश्चिमको दल नेता बने भट्ट
डडेलधुरा । डडेलधुराको प्रदेशसभा क्षेत्र ‘क’बाट निर्वाचित खगराज भट्ट नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकबाट भट्टलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी उत्सवले जानकारी दिए । भट्ट पार्टीको प्रदेश इन्चार्ज समेत हुन् । प्रदेश कमिटीको सिफारिस र प्रदेशसभा सदस्यहरूको बैठकले भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । दलको नेता छनोट गर्न शनिबार पनि माओवादीको बैठक बसेको थियो । संसदीय दलको कार्यालयमा बसेको सो बैठक साँझ ६ बजे बिनानिष्कर्ष सकिएको थियो । दलको नेतामा भट्टसँगै प्रदेशसभा सदस्य ओमविक्रम भाटले पनि दाबी गर्दै आएका थिए । माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष चौधरीका अनुसार भाटकै सहमतिमा भट्टलाई संसदीय दलको नेता चयन गरिएको हो । भट्ट नेता चयन भएसँगै उनलाई मुख्यमन्त्री बन्नका लागि बाटो खुलेको छ । उनलाई यसअघिको नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले पनि मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो । तर, अहिले केन्द्रमा नेकपा (एमाले) नेतृत्वको गठबन्धन छ । भागबन्डा गर्दा सुदूरपश्चिम सरकारको नेतृत्व माओवादी केन्द्रको भागमा पर्ने सम्भावना बलियो छ । अहिले पनि सुदूरपश्चिममा माओवादी नेतृत्वकै सरकार छ । प्रदेशमा पाँच वर्षको अवधिमा मन्त्री पटक–पटक फेरिए । तर, माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्टले अहिलेसम्म पनि सरकारको नेतृत्व गरिरहेका छन् ।
बागबजारमा कुटेर एक युवकको हत्या
काठमाडौं । काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा कुटेर युवकको हत्या गरिएको छ । चैत ३ मा ५–६ जनाको समुहले कुटपिट गरेर खोटाङ घर भएका २९ वर्षीय रोशन राईको हत्या गरेका हुन् । सार्वजनिक शौचालयमा पैसा उठाउने काम गदैृ आएका रोशन र अर्को एकजना युवकको बिचमा विवाद हुँदा झगडा भएको थियो । झगडा गर्ने अर्का युवकले आफ्नो समूह बोलाएर रोशनलाई मरणासन्न हुनेगरी कुटेका थिए । उपचारको क्रममा रोशनको शुक्रवार ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । हत्यामा संलग्न युवकहरूबारे अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राति बिर्तामोड–५ मा बा४ख ५१०० नम्बरको माइक्रो बसले पैदलयात्री पाँचथर याङ्बरक–३ का ५० वर्षीय बृखध्वज लिम्बूलाई ठक्कर दिएको थियो । माइक्रोको ठक्करबाट गम्भीर घाइते लिम्बूको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । ठक्कर दिने माइक्रो र चालक भद्रपुरका बाबुराम कट्टेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।
चितवनमा डेढ वर्षको बच्चासहित थप १२ जनामा कोरोना देखियो
चितवन । चितवनमा थप १२ जना संक्रमित थपिएका छन् । मंगलबारसम्म संकलन गरिएका स्वाब परीक्षण गर्दा १२ जनामा कोरोना देखिएको हो । कोभिड–१९ प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरणमा भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ९ वर्षदेखि ५४ वर्ष उमेर समूहका छन् । यसैगरी माडी नगरपालिकाका एकजना १८ महिनो शिशु पनि कोरोना संक्रमित भएका छन् । माडीकै अर्का एक पुरुष र सिन्धुपाल्चोकका ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनको भरतपुर अस्पतालमा स्वाब संकलन गरिएको थियो ।
चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा पुगेन चामल
जाजरकोट: छिमेकी मुलुक चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल चामलको कोटा तोकिए पनि चामल ढुवानी हुन नसक्दा शहरतारा र तेन्जे बिक्री केन्द्रमा अहिलेसम्म एक गेडा चामल नपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाले जनाएको छ । उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि चीनमा दुई नाका प्रयोग गर्नुपर्दछ । कोरोना भाइरसका कारण सबै उपल्लो डोल्पाका नागरिक घरमै रहेको समयमा खाद्यान्न नहुँदा समस्या भएको बताएका छन् । सदरमुकामस्थित डिपोमा चामल भरिभराउ भए पनि उपल्लो डोल्पामा चामलको गेडो नभएको हो । सदरमुकामबाट उपल्लो डोल्पामा ढुवानी गर्न सकिने भए पनि राज्यले ध्यान नदिएको उपल्लो डोल्पाका स्थानीयवासीको गुनासो रहेको छ । सदरमुकाम दुनैमा एक हजार २८०, जुफालमा एक हजार २००, सर्मीमा २९९ र काइगाउँमा एक हजार क्विन्टल चामल मौज्दात रहेको कार्यालय प्रमुख कमलराज पाण्डेले जानकारी दिए । विगतका वर्षमा उपल्लो डोल्पा जाने र आउने काम निरन्तर भइरहेकाले खासै समस्या नपर्ने भए पनि आर्थिक वर्ष २०७६/७७ मा एक गेडा चामल नगएको हो । यो आर्थिक वर्षमा पनि अहिलेसम्म ठेक्का भएको छैन । कोरोनाका कारण सर्वसाधारण दुनै, जाजरकोट र रुकुमपश्चिमका बजारसम्म पुग्न सकेका छैनन् । स्थानीय उत्पादनले तीन महिना पनि खान नपुग्ने उपल्लो डोल्पामा निकै समस्या भएको शे–फोक्सुण्डो गाउँपालिका अध्यक्ष टासीतुन्डुप गुरुङले जानकारी दिए । हवाईमार्गबाट खाद्यान्न ढुवानी गरेर भए पनि उपल्लो डोल्पामा खाद्यान्न आपूर्ति भएमा जनताको माग पूरा हुने उनको भनाइ छ । असोजसम्म नयाँ ढुवानी नभए हिमपातले गर्दा समस्या हुने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । अहिले व्यापारीहरुसँग मिलेर भए पनि स्थानीय तहको सहकार्यमा केही खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइएको उनको भनाइ छ । रासस
त्रिविको बेरुजु १९ अर्ब
काठमाडौंः त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको १९ अर्ब ६५ करोड ३० लाख १२ हजार उल्लेख छ । कूल रु बाह्र अर्ब १२ करोड ७२ लाख ३१ हजार बेरुजु रहेकामा २०७६ असार मसान्तसम्म रु एक अर्ब ४७ करोड ४२ लाख १९ हजार बेरुजु फर्छौट गरिएको छ । गत असार मसान्तसम्ममा रु ८६ करोड ९० लाख एक हजार समपरीक्षण गरिसकेको र ५८ करोड समपरीक्षणको लागि महालेखा परीक्षकको कार्यालयमा पठाइएको उनले जानकारी दिए । आव २०७३र७४ सम्मको बेरुजु र रु १९ अर्ब ५३ करोड २२ लाख २८ हजार रहेकोमा २०७५ वर्षमा पुनः रु दुई अर्ब ८९ करोड ४२ लाख १९ हजार बेरुजु बढ्न गएको उनले प्रस्तुत गरेको बजेटमा छ । त्रिविले २०७५ चैतमसान्तसम्म रु एक अर्ब २९ करोड ९२ लाख १६ हजार बेरुजु फर्छौट गरेको थियो । रजिष्ट्रार उप्रेतीले आव २०७३÷७४ मा विकास निर्माणका कार्यथप भएको र परियोजना पूरा भएर पनि हस्तान्तरण नभएकाले बेरुजु बढेको बताए । त्रिविका ९५ मध्ये १७ वटाको आन्तरिक लेखापरीक्षक सम्पन्न भइसकेको छ । त्रिविले बेरुजु रकममा आउँदो जेठ महिनाभित्र व्यक्तिगत पेश्की बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने भएको छ । आव २०६९÷७० सालसम्म कायम भएको व्यक्तिगत पेश्की गत फागुन मसान्तसम्म बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिँदा रु १३ करोड पेश्की फर्छौट भएको थियो । रजिष्ट्रार उप्रेतीले आगामी दिनमा कार्ययोजना बनाइ पेश्की फर्छौटको कार्यलाई प्राथमिकतामा राखिने बताउनुभयो । त्रिविले बेरुजुको लागतलाई व्यवस्थित गर्नका लागि विगत १० वर्षको बेरुजुको अभिलेखलाई विद्युतीय प्रणालीमा राखिएको छ । त्रिविले यसै आर्थिक वर्षमा सबै बेरुजुलाई शून्यमा झार्ने अभियानमा शुरु गरेको छ । लेखापरीक्षण कार्यसम्पन्न हुन लागेकोले बेरुजु फर्छौट वर्षको रुपमा कार्ययोजना बनाइ बेरुजु घटाउने कार्यलाई उच्च प्राथमिकता दिइने जनाइएको छ । त्रिविका ९५ इकाइमध्ये १७ वटाले मात्र लेखापरीक्षण गराउन बाँकी छन् ।
परपुरुषसँग मिलेर आफ्नै पतिको हत्या
काठमाडौं । नवलपरासी पश्चिमकी एक महिलाले परपुरुषसँग मिलेर पतिको हत्या गरेकी छन्। रामग्राम नगरपालिका–३, घोडापालीकी सरस्वती पोखरेलले आफ्नै पति ४१ वर्षीय रविन्द्रप्रसाद पाण्डेको हत्या गरेकी प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको अनुसन्धानका अनुसार सरस्वतीले परपुरुषसँगको मिलेमतोमा पतिको हत्या गरेको खुलासा भएको छ । पाण्डे १८ भदौदेखि हराइरहेका थिए। उनको खोजी गर्नेक्रममा शुक्रबार रामग्राम वडा नम्बर ३ कै घोडपाली आदर्शटोलस्थित हरिशुसिल आधारभूत विद्यालयको सेप्टिक ट्याङ्कीमा शव फेला परेको हो। सडिसकेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षण थापाले जानकारी दिए। प्रहरीले सरस्वतीलाई पक्राउ गरेको छ। र हत्यामा संलग्न सरस्वतीका पुरुष साथीको खोजी भइरहेको प्रहरीले जनाकारी दिएको छ।

