एकीकरणले किन अझै कानूनी मान्यता पाएन ? कारण यस्तो छ

काठमाडौं, जेठ २२ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन ।

राजनीतिक रूपमा एउटै दलकै रूपमा नेकपाका नाममा काम गर्न थाले पनि निर्वाचन आयोगले एकीकरणपछिको दल दर्ता प्रमाणपत्र दिइसकेको छैन।

आयोगले दर्ता प्रमाण नदिँदासम्म कानुनी रूपमा दुई दल एक भएको मानिन्न।

दुई दलले एकीकरणकै दिन जेठ ३ गते दल दर्ता प्रक्रियाका लागि आयोगमा निवेदन दिएका थिए।

कानुनमा ४५ दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न सकिने प्रावधान रहेकाले आयोग निर्णय दिन हतारिएको छैन।

राजनीतिक दल सम्बन्ध शाखाका प्रमुख उपन्यायाधिवक्ता घनश्याम ओझाले पार्टीले बुझाएका कागजात अध्ययनले केही समय लिएको बताए। ‘सचिवालय स्तरबाट कागजात अध्ययन र नपुग देखिएका कागजात मगाउनेलगायत काम सम्पन्न भएको छ,’ उनले भने,‘१, २ दिनभित्र बस्ने आयोग बैठकसमक्ष फाइल पेस हुन्छ।’

सचिवालयले पेस गरिएका कागजात अध्ययनपछि आयोगले दल दर्ताको निर्णय तत्कालै गर्न वा केही विषयमा थप कागजात माग्न निर्देशन दिन सक्नेछ।

यसअघि दर्ता रहेको दलसँग नाम जुधेपछि सुरुमा नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ थपेर निवेदन दिइएको थियो। पछि उक्त नामसमेत विवादित हुने देखेपछि ‘अन्डरलाइन’ हटाएर कोष्ठकभित्र (नेकपा) थपेर नाम माग गर्दै दल दर्ताको निवेदन दुवै दलका तर्फबाट दिइएको छ। खबर आजको कान्तिपुरमा छ ।

आज बैशाख – २४ गते सोमवार, यस्ताे छ तपाईको राशिफल

काठमाडौं, बैशाख २४ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकायको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रामा सावधानी अपनाउनु पर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । साथीभाइबाट हौसला प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सन्तानबाट सहयोग मिल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । घर व्यवहारमा फितलो आउन सक्नेछ । कार्य सम्पादनमा समस्या आउला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । भौतिक साधन जुटाउने समय छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिके विकास हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ । अरुको मन जित्न सकिनेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । साथीभाईसंग समय बित्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने भयछ । सरकारी निकाएको भय रहला । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

घट्न थाल्यो बिजुली उत्पादन

काठमाडौं, वैशाख २१ । चर्को गर्मी हुन वैशाख महिनामा पनि पुस माघको जस्तो चिसो भएपछि हिउँ पग्लन नपाएर विजुली उत्पादनमा कमी आएको छ । नदी प्रवाहमा आधारित जलविधुत आयोजनाबाट उत्पादन हुने विजुली उत्पादनमा गत बर्षको यही महिनाको तुलनामा २४ प्रतिशतसम्म कमी आएको छ । गत बर्षको वैशाखमा चर्को गर्मी थियो । अहिले जाडो मौसम जस्तै भएकाले बिजुली उत्पदनमा कमी आएको नेपाल धितालको भनाई छ ।, आजको नागरिकमा यो खबर छ ।

नेपाल टेलिकमको सेवाप्रति प्रधानमन्त्रीको आक्रोश, गुणस्तर सुधार्न निर्देशन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवा गुणस्तरीय बनाउन निर्देशन दिएका छन् । सिंहदरबारमा नेपाल टेलिकमको प्रगतिबारे ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखेका थिए । नेपाल टेलिकमजस्तो अत्यन्तै महत्वपूर्ण निकायभित्र मुसा या मुसा प्रवृत्तिका कारण सेवा प्रवासमा समस्या देखिनु दुखद भएको उनको भनाई थियो । प्रधानमन्त्रीले टेलिकमभित्रका समस्या हल गरेर जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन दिए । सोही कार्यक्रममा प.प्रधानमन्त्रीले टेलिकमले गरिरहेको अप्टिकल फाइबरको कामप्रति असन्तुष्टि जनाउँदै रोक्न निर्देशन दिएका छन् । त्यसको काम जहाँ पुगेको छ त्यहीं रोक्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौंला ।’ मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्रीले सञ्चार राज्यमन्त्री गोकुल बास्कोटासहितको उपस्थितिमा टेलिकम अधिकारीहरुसँग गम्भीर छलफल गरेका थिए । प्रधानमन्त्रीले टेलिकमका खास प्राविधिक शाखाहरुमा २४ सै घण्टा सेवा कर्मचारी खटाउन निर्देशन दिएको निजी सचिवालयले जनाएको छ । ती शाखाहरुमा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रको निर्देशन थियो । प्रधानमन्त्रीले टेलिकमलाई प्रतिस्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिए । ‘टेलिकम प्रतिस्पर्धामा पछाडि पर्ने लक्षणहरु देखिएका छन्,’ उनले भने, ‘त्यस्तो हुनु भएन ।’ प्रधानमन्त्री ओलीले टेलिकमको सेवा शुक्रबार अवरुद्ध हुने र सोमबार मात्र सञ्चालन हुन्छ भनेर जनस्तरबाट आएको गुनासो आफूले सुनेको बताएका थिए । टेलिकम सुधारका पक्षमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले टेलिकमको व्यवस्थापनलाई आग्रह गरेका थिए ।

तस्करीलाई जरैदेखि ध्वस्त गर्ने गृहमन्त्री थापाको उदघोष

भैरहवा, यातायातका क्षेत्रमा रहेको सिण्डिकेट खारेज गरेर चर्चामा आएका गृहमन्त्री रामबहादुर थापाले तस्करीका सबै जालोहरु ध्वस्त गर्ने घोषणा गरेका छन् । भैरहवा आइपुगेका गृहमन्त्री थापाले पत्रकारहरुसँग कुरा गर्दै कुनै पनि किसिमको तस्करी सह्य नहुने बताए । गृहमन्त्री थापाले देशको विकासको पहिलो शर्त सुरक्षा र सुशासन भएको बताउँदै सरकारले सबै उपाय अबलम्बन गर्ने समेत बताए । शुक्रबार बिहान लुम्बिनी प्रेस क्लबले भैरहवास्थित गौतम बुद्ध बिमानस्थलमा पत्रकार भेटघाट कार्यक्रमकाृे आयोजना गरेको थियो । “‘तस्करी र कालोबजारीले मुलुकको अर्थतन्त्र तहस नहस हुने भएकाले तस्करीलाई जरै देखि उखेल्छौं,’ उनले भने, “३३ किलो सुन तस्करीका बारेमा अनुसन्धान भइरहेको छ। दोषी जो कोही भए पनि छाडदैनौ।’ गृहमन्त्री थापा निकै कडारुपमा प्रस्तुत भएका थिए । उनले यातायातको सिण्डिकेटसँगै लागु औषध कारोबार र घरेलु हिंसाविरुद्ध सरकारले तत्काल ठोस कदम चाल्ने बताए । देशमा शान्ति सुरक्षा र अपराध नियन्त्रयण गर्न ७ वटै प्रदेशमा प्रदेश स्तरीय कार्ययोजना बनाएर सरकार अघि बढ्न थालेको उल्लेख उनले मुलुक संघियतामा गैसकेकाले सुरक्षा निकायमा देखिएको अन्यौलता चाडै अन्त्य हुने बताए। माओवादी केन्द्रका महासचिव समेत रहेका थापाले एमाले र माओवादी केन्द्र बिच एकताको मिति केही दिनमै तय हुने दाबी गरे।

मेरो प्राथमिकता कृषिमा आधारित उद्योग : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो चाहाना कृषिमा आधारित उद्योग खोल्ने रहेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मेरो चाहना उद्योग मात्रै नभएर कृषिमा आधारित उद्योग खोल्नुपर्छ भन्ने हो ।’ प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने धारणा राख्नुभयो । चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको उहाँको भनाई थियो । प्राकृतिक स्रोत साधनलाई अधिकतम् उपयोग गर्दै नमूना क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिने छ ।’ चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै उनले आफूले यससँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिइरहेको बताउनु भयो । अध्यक्षले खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्ने धारणा राख्नु भयो । विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको देश इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली सुरु गरिने विचार बताउँदै नेपालका १५ ठाउँ र सो मध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो । त्यसैगरी छिमेकी मुलुक चीनबाट आएका व्यावसायीहरुको टोलीसँग मंगलबार साँझ चितवनमा उद्योग खोल्ने विषयमा छलफल भएको बताउनु भयो । जिल्लामा स्टिल, फलाम, कपडा, चप्पलजस्ता २५ वटा उद्योग खोल्न चिनियाँ टोली सकारात्मक रहेको अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले निर्वाचनको समयमा आफूले गरेका प्रतिबद्धता पूरा गर्न लागिरहेको भन्दै आउँदो वर्षमा नै निकुञ्जमाथिबाट माडी जोड्ने आकाशे पुलको कामको प्रक्रिया सुरु गर्ने, नारायणीमा पुल बनाउन र पूरक बजेटमार्फत नै यही आर्थिक वर्षमा केही सडक, ढल, तटबन्धलगायतका काम गर्ने तयारी भइरहेको बताउनु भयो ।

ठुलो दुर्घटनाबाट बच्न सफल भयो मालिन्दो एयर

काठमाडौं । बिहीबार राति १०ः०७ मा मालिन्दो एयरको जहाज टेक अफ गर्ने क्रममा अनियन्त्रित भएर रनवे को ट्रयाक छोड्दै घाँसे मैदानमा पुगेपछि ठुलो दुर्घटनाको जोखिममा परेको थियो । १३९ जना यात्रु रहेको जहाज ठुलो दुर्घटना हुनुअघि पाइलट र क्रु मेम्बरले नियन्त्रित गर्न सफल भएपछि ठुलो दुर्घटना हुनबाट जोगिएको थियो । उक्त बोइङ ७३७–९०० इआर जहाज चिप्लीएपछि तत्कालै यात्रुहरु र क्रु मेम्बरहरुको तत्कालै उद्धार गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । मलेशियाको बजेट एयरलायन्स मालिन्दोले क्वालालुम्पुरबाट काठमाडौंको लागि दैनिक दुई उडान भर्दै आएको छ । सो घटनापछि विमानस्थल बन्द भर्इ त्यसपछिका ल्याण्डीङ र टेक अफ प्रभावित भएको छ । डोमेस्टीक फ्लाइटहरु शुक्रबार बिहान ९ बजेदेखि चलेपनि अन्तर्राष्ट्रिय तर्फ १२ बजेपछि मात्रै चल्ने जानकारी आएको छ । हाल उक्त जहाजलाई सकुशल पार्किङ लटमा ल्याउनको लागि सुरक्षा फौज र एयरपोर्ट कर्मचारी परिचालन भएका छन् । गत फाल्गुण २८ मा युएस बांग्ला एयरको जहाज काठमाडौंमा ल्याण्डीङ गर्ने क्रममा दुर्घटना हुँदा ५१ जनको मृत्यु भएको थियो । के कारणले गर्दा विमान दुर्घटनाको जोखिम बढिरहेको छ ? दुर्घटनाको जोखिमको हिसाबले हवाइ यात्रा सबैभन्दा कम जोखिम भएको सवारी माध्यममा पर्छ । प्रयोग गर्न खर्चिलो भएपनि सहज र छिटो यात्रा हुनाले पनि हवाइ यात्रा प्रख्यात छ । तरपनी विभिन्न समयमा हुने दुर्घटना तथा दुर्घटनाको नजिक पुग्नाले यात्रुहरुमा हवाइ यात्राले बढि डर पैदा गर्ने गरेको छ । करिब डेढ महिना अघि दुर्घटना भएको युएस बांग्ला जहाज र हिजो दुर्घटनाको जोखिममा परेको मालिन्दो एयर दुबैमा एउटा समानता छ । दुबै बजेट एयरलायन्स हुन् । बजेट एयरलायन्सको एक मात्र उद्देश्य सस्तोमा जहाज उडाउने, बढि भन्दा बढि यात्रु ओसार्ने र नाफालाई अधिकतम बनाउने । यि उद्देश्यलाई पुर्ति गर्ने क्रममा यस्ता एयरलायन्सले यात्रुको सुविधामा खासै चासो दिंदैनन् तर भाडा चाहिं अन्य एयरलायन्सको तुलनामा सस्तो पर्छ । फाल्गुण २८ मा दुर्घटना भएको युएस बांग्ला एयरलायन्सको पुरानो जहाज हुनु, ककपिटमा पालना गर्नुपर्ने नियम पालन नगर्नु र थकित पाइलट भएको निष्कर्ष निस्केको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियमानुसार एउटा पाइलटले मासिक ९० देखि १०० घण्टा मात्र उडान गर्न पाउँछ । यसमा हुने हेल चक्रयाइँ पनि यस्ता घटनाको कारक हुन सक्छ । त्यस्तैगरी सस्तो जहाज खरिद गर्ने बहानामा १५ वर्ष वा सो भन्दा बढि पुराना जहाज खरिद गर्ने गरेको कारण पनि यस्ता जहाजमा तत्काल समस्या आउने गरेको भेटिएको छ । युएस बांग्लाको उक्त जहाज १७ वर्ष पुरानो थियो र सो एयरलायन्सको त्यस जहाजको चौथो खरिदकर्ता पनि थियो । सबै बजेट एयरलायन्समा यस्तो समस्या भएको देखिंदैन । एयर अरेबिया र फ्लाइ दुबई जस्ता बजेट एयरलायन्स सस्तो र भरपर्दो सेवाको लागी प्रख्यात छन् । भारतको एयर इन्डीगोले समयमै फ्लाइट उडाउन (इन टाइम फ्लाइट) मा अब्बल भई उपाधि नै पाइरहेको छ । यद्यपी कतिपय एयरलायन्सले नाफालाई प्रमुख बनाउने नेपाल जस्तो पहाडी भेगभएको क्षेत्रमा आवश्यक सतर्कता नअपनाउनाले यात्रुहरु यस्ता दुर्घटनाको जोखिम बढेको यस क्षेत्रका विश्लेषकहरु बताउँछन् ।

यातायात व्यवसायीबाट वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली

काठमाडौं, वैशाख ७ । यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग महानिर्देशक रूपनाराण भट्टराईको दाबी छ । संस्था ऐन २०३४ मार्फत गैरनाफामूलक संस्थाका नाममा दर्ता भएका यातायात समिति राष्ट्रिय महासघंमा आबद्ध त छन् तर अहिलेसम्म सरकारलाई कर तिरेका छैनन् । व्यवसायीले आर्जेको वार्षिक आम्दानी तथा खर्चको ‘अडिट’ गर्नुनपर्ने नियमका कारण वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर दायराभित्र आउन नसकेको भट्टराई बताउँछन् । ‘व्यवसायीले सरकारले तोकेको भाडा पनि लिने गरेका छैनन्,’ उनले भने, ‘यसबाट मात्रै उनीहरूले एक खर्बभन्दा बढी रकम संकलन असुली गरिरहेका छन् ।’ कास्की जिल्लामा मात्र दर्ता भएर सञ्चालनमा रहेका सार्वजनिक सवारीले संकलन गरेको बढी भाडाबाट मात्रै एक वर्षमा ११ करोड रुपैयाँ ठगी भएको निश्कर्ष महानिर्देशक भट्टराई आफैंले गरेको अध्ययनमा फेला परेको बताउँछन् । संस्था ऐनअनुसार दर्ता भएका यातायात समितिलाई खारेज गर्दै कम्पनी वा फर्ममार्फत पञ्जीकृत गराउँदै सवारी सञ्चालन गर्दा राज्यको ढुकुटीमा वार्षिक डेढ अर्बभन्दा बढी रकम संकलन हुने उनको दाबी छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

माइभ्यालीद्वारा कास्की ११ पराजित

इलाम, वैशाख ६ । ठूलो टुंँडिखेलमा आजदेखि शुरु भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माइभ्याली क्लब विजयी भएको छ । माइभ्यालीले कास्की–११ लाई ३–२ ले पराजित गर्दै विजयी शुरुआत गरेको छ । खेल शुरु भएको १९ औं मिनेटमा माइभ्यालीका मनीष थापाले प्रतियोगिताकै पहिलो गोल गरेका थिए । पेनाल्टीमा माइभ्यालीका कप्तान सुवास राईले ५७ औँ मिनेटमा गोल थप्दै आफ्नो गोललाई २–० अग्रता दिएका थिए । मध्यान्तरपछिको खेलमा माइभ्यालीकै थापाले ६४ औँ मिनेटमा पुनः गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित पारे । माइभ्यालीको दवावमा रहेको कास्कीका तर्फबाट ७९ औँ मिनेटमा उत्तम गुरूङ तथा ९१ औँ मिनेटमा रञ्जित गुरूङले एक एक गोल गरे पनि टोलीको जीत जोगाउन सकेनन् । यही वैशाख १७ गते सम्पन्न हुने प्रतियोगिताको प्रदेश नं १ का प्रदेशसभा सदस्य राम रानाले उद्घाटन गर्नुभएको थियो । शुक्रबारको खेल सशस्त्र प्रहरीको एपिएफ र काबराम प्रगति संघ बंगलादेशबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा मनाङ मस्र्याङ्दी, संकटा क्लब काठमाडौं, सिक्किम युनाइडेट, त्रिभुवन आर्मी क्लब, काबराम प्रगति संघ, एपिएफ, रमपम झापा–११, दुर्गापुरस्टिल भारत, नेपाल पुलिस क्लब र थ्रिस्टार क्लब गरी १२ टोलीको सहभागिता छ । प्रतियोगिताका विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख प्राप्त गर्ने माइभ्यालीका अध्यक्ष धीरेन चेम्जोङले बताउनुभयो ।

दिल्ली र मुम्बईबीचको खेल शुरु, दिल्ली टस जितेर व्याटिङ गर्दै, सन्दीप खेल्दै छन् ?

मुम्बई । आइपीएलको ११ औं संस्करणको आफ्नो तेस्रो खेलमा शनिबार दिल्ली डेयरडेविल्स मुम्बई इन्डियन्ससँग भिड्दै छ । मुम्बईको वानखेण्डे रंगशालामा हुने खेलमा टस जितेर दिल्लीले व्याटिङ रोजेको छ । तर आज पनि नेपाली क्रिकेटर सन्दीप लामिछाने खेल्ने सम्भावना कम छ । यसअघिका दुबै खेलमा दुबै टिमले पराजय भोगेका छन् । त्यसैले आजको खेलमा दुबै टिमले दुई–दुई जना खेलाडी परिवर्तन गरेका छन् । मुम्बईले प्रदीप सांगवानका स्थानमा हार्दिक पंड्या र बेन कटिंगको बदलामा अकिला धनंजयलाई खेलाएको छ । त्यसैगरी दिल्लीले यसअघिका ओपनर कोलिन मुनरोको स्थानमा जेसन राय र क्रिस मौरिसका स्थानमा डेनियल क्रिश्चियनलाई खेलाएको छ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदराबादसँग पराजय भोगिसकेको छ । त्यस्तै गौतम गम्भीरको कप्तानीको दिल्लीले किंग्स इलेवन पंजाब र राजस्थान रॉयल्ससँग पराजित भएको हो । टिम मुम्बई रोहित शर्मा (कप्तान), इविन लुईस, ईशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, हार्दिक पंड्या, क्रुणाल पंड्या, काइरॉन पोलार्ड, मयंक मार्कंडे, जसप्रीत बुमराह, मुस्तफिजुर रहमान, अकिला धनंजय। टिम दिल्ली गौतम गंभीर (कप्तान), जेसन रॉय, श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), ग्लेन मैक्सवेल, विजय शंकर, डेनियल क्रिश्चियन, राहुल तेवतिया, शाहबाज नदीम, ट्रेन्ट बोल्ट, मोहम्मद शमी।

गृहमन्त्री वादलकाे ‘एक्सन’ : नेपाल प्रहरी र सशस्त्रलाई सातदिने अल्टिमेटम

काठमाडौँ, वैशाख १ । गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई व्यक्तिगत गार्ड (पिएसओ) का रुपमा राख्नेलगायतका गुनासो आएपछि गृह मन्त्रालयले शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सोको जानकारी मन्त्रालयलाई दिन परिपत्र जारी गरेको हो । गृहमन्त्री रामबहादुर थापा यस्तै नेपाल प्रहरीका पूर्व पदाधिकारीको सुरक्षार्थ खटिएका ३१५ जना नेपाल प्रहरीका कर्मचारीलाई समेत फिर्ता ल्याउन गृहले नेपाल प्रहरीलाई परिपत्र पठाएको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका त्यस्ता सुरक्षाकर्मीमध्ये अधिकांशलाई घरमा कामदारका रुपमा राख्ने गरेको आरोप लाग्ने गरेको छ । सुरक्षा जोखिम रहेको अवस्थामा पूर्व प्रहरी अधिकारीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन दिएर सुरक्षा खतरा रहेसम्मका लागि सुरक्षागार्ड पाउनसक्ने प्रावधान रहे पनि कुनै खतरा नै नरहेकाहरुले पनि यस्तो सुरक्षाकर्मी राखेर दुरुपयोग गर्दै आएका छन् । बहालवाला अति विशिष्ट एवं पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय भएभन्दा बढी संख्यामा खटिएका ४५ जना नेपाल प्रहरीलाई समेत फिर्ता ल्याउन गृहले निर्देशन दिएको छ । गृहले यसअघि दिएको निर्देशनका आधारमा बहालवाला तथा पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय नभईकनै खटिएका ४९ मध्ये ४२ जना नेपाल प्रहरी फिर्ता भइसकेका छन् । यस्तै सशस्त्र प्रहरी बलका पनि करीब ५०० सुरक्षाकर्मी बहालवाला विशिष्ट व्यक्ति, पूर्व पदाधिकारीको सुरक्षामा खटिएका छन् । उनीहरुमध्ये केहीलाई घरेलु कामदारका रुपमा समेत प्रयोग गरिराखिएको गुनासो आउने गरेको छ । सुरक्षाबाहेक अन्य काममा लगाइएका सशस्त्रका कर्मचारीलाई समेत तत्काल फिर्ता बोलाउन गृहले परिपत्र जारी गरेको हो । दुवै प्रहरीले गृह मन्त्रालयलाई पठाएको विवरणमा कतिपय राजनीतिक दलका नेता, केही पूर्व गृहसचिवलगायतका घरमा सहयोगीका रुपमा सुरक्षाकर्मीलाई खटाइएको उल्लेख छ । गत चैत १९ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सार्वजनिक गरेका ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना, २०७४’ को बुँदा नं ७१मा सुरक्षाबाहेक अन्य प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई वैशाख मसान्तभित्र फिर्ता बोलाउने समयसीमा तोकिएकामा त्यसलाई कार्यान्वयन गर्न त्यसअघि नै गृहले काम शुरु गरेको हो ।

बाँदरमुढे घटना जनयुद्धका क्रममा भएको ठूलो गल्ती : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहो¥याउनु भएको छ । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताउनुभयो । अहिले बलियो सरकार भएको भन्दै उहाँले राज्यका तर्फबाट हिजो भएका समझदारीअनुसार काम गर्न सकिने बताउनुभयो । बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीन बुँदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको उहाँले बताउनुभयो । यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उहाँले प्रष्ट्याउनुभयो । घटनाका पीडितलाई परिचयपत्र वितरण गरेर सरकारका तर्फबाट राहतका काम अगाडि बढ्ने दाहालले बताउनुभयो । सो अवसरमा बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्नेलगायतका माग राखेका थिए । विसं २०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए । यसअघि आजै माडीमा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दै अध्यक्ष दाहालले निकुञ्ज ऐन, २०२९ संशोधनको पहल थाल्ने बताउनुभयो । सो क्षेत्रका निर्वाचित सांसदसमेत रहनुभएका दाहालले चितवन राष्ट्रिय निकुञ्ज जनतालाई बरदान नभएर अभिशाप भएको बताउनुभयो । उहाँले निकुञ्ज जनता बरदान हुने गरी ऐन संशोधन गर्न जोड दिनुभयो । उहाँले भन्नुभयो, “ऐन परिवर्तन गर्न नसके जनताको आन्दोलनमा म सहभागी हुन्छु ।” माडीको समृद्धि गर्न सके देशको समृद्धि हुने भन्दै उहाँले गाउँगाउँबाट विकास निर्माणका काम थाल्नुपर्ने बताउनुभयो । कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नेकपा (एमाले) नगर इन्चार्ज नारदमणि पौडेल, जिल्ला समन्वय समितिका सदस्य चूडामणि महतोलगायतले त्यस क्षेत्रका समस्याका बारेमा दाहाललाई अवगत गराउनुभएको थियो । रासस

अमेरिकाबाट १ खर्ब ५ अर्ब लगानी आउने, १६ हजारलाई रोजगारी

काठमाडौं, चैत ३० । एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, ‘उनीहरूको लगानी प्रस्तावलाई सकारात्मक रूपमा लिँदै फास्ट ट्र्याकमार्फत लगानी स्वीकृत गर्ने प्रतिबद्धता हामीले जारी गरेका छौँ ।’ अमेरिकास्थित नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीले स्काई पावर ग्लोबल लिमिटेडलाई नेपालमा लगानी ल्याउने विषयमा समन्वय र सहजीकरण गरेका थिए । ‘हामीसँगका विभिन्न चरणको छलफलपछि कम्पनी नेपालमा ठूलो मात्रामा लगानी गर्न तयार भएको हो,’ हाल नेपालमै रहेका महावाणिज्यदूत मरासिनीले भने । अमेरिकाबाट नेपालमा यस स्तरको विदेशी लगानीको प्रतिबद्धता आउनु आफैँमा महत्वपूर्ण रहेको मरासिनीले बताए । स्काई पावर ग्लोबलका प्रमुख व्यावसायिक अधिकृत चाल्र्स कोहेन नेतृत्वको टोली र ऊर्जामन्त्री वर्षमान पुन नेतृत्वको टोलीबीच भएको बिहीबारको वार्तापछि लगानीको विषयमा टुंगो लागेको हो । नेपाली टोलीमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ, अमेरिकाको न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलगायत थिए । कोहेनले अर्थमन्त्री डा. युवराज खतिवडा तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छुट्टाछुट्टै भेटेर लगानीका विषयमा कुरा गरिसकेको जानकारी मरासिनीले दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लगानीकर्ताको चासो सम्बोधन गर्दै फास्ट ट्र्याकका माध्यमबाट लगानी भित्र्याइने बताए । बिहीबार साँझ नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘सौर्य ऊर्जामा लगानीका लागि उनीहरूले मुख्यतः चारवटा विषयमा चासो राखेका छन्– जग्गा, विद्युत् खरिदको दर, लोड सेन्टर र प्रसारण लाइन । यी चारैवटा विषयमा हामी करिब–करिब टुंगोमा पुगेका छौँ ।’ सौर्य ऊर्जाका लागि नेपाल विद्युत् प्राधिकरणले तय गरेको दर प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा कम्पनीसँग सहमति हुन सक्ने देखिएको जानकारी उनले दिए ।

अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई कार्यअधिकार कटौती गर्न माग, हजाराैं नेपाली विद्यार्थी प्रभावित हुने

सिड्नी । अस्ट्रेलियन सांसद पाउलिन हानसनले अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुबाट कार्यअधिकार कटौती गर्नुपर्ने धारणा राखेकी छिन् । अस्ट्रेलियाको एक स्थानीय समाचार संस्थासँग कुरा गर्दै वान नेसनकी नेत्री हानसनले आप्रवासी विद्यार्थीहरुले अस्ट्रेलियामा पाउँदै आएको कार्य अधिकार कटौती गर्नुपर्ने धारणा राखेकी हुन् । हानसनले भनेकी छिन्, ‘हाम्रो देशमा स्थानीयहरुले जागिर पाइरहेका छैनन् । देशमा अप्रवासीकाृ संख्या धेरै हुँदा त्यसो हुन गएको हो भन्ने हाम्रो ठम्याई हो । यसका लागि अन्तर्राष्ट्रिय विद्यार्थीले पाउँदै आएको कार्य अधिकार कटौती गर्नुपर्छ । विद्यार्थीले काम गर्न नपाउँदा यहाँका स्थानीयले काम पाउने सम्भावना बढ्छ ।’ त्यस्तै उनले अन्तर्राष्ट्रिय श्रमिककै कारण विभिन्न कम्पनीहरुले कम कर तिरिरहेको पनि दाबी गरेकी छन् । उनले भनेकी छिन्, ‘विदेशी विद्यार्थीहरु यहाँको व्यवस्थापनका लागि जस्तोसुकै काम पनि कम पारिश्रमिकमा काम गर्न तयार हुन्छन् । यसले एकातिर अस्ट्रेलियनहरुबाट रोजगारीको संभावना खोसेको छ भने अर्कातिर कम्पनीहरुले पनि राज्यलाई कम कर तिरिरहेका छन् । अब हाम्रो पार्टी यसको समाधानका लागि लाग्छ ।’ हाल अस्ट्रेलियामा स्नाकोत्तर तहसम्म अध्ययन गर्ने विद्यार्थीले अध्ययनका क्रममा १५ दिनमा ४० घण्टा र विदाका समय असिमित कार्यअधिकार पाउँदै आएका छन् । यदि याे माग पूरा भएमा नेपाल लगायत विश्वका धेरै मुलुकका लाखाैं विद्यार्थी प्रभावित हुने छन् ।

टिम चौराह तीन विकेटले विजयी

धनगढी, चैत १९ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । आज भएको खेलमा टिम चौराहले सिवाइसी अत्तरियालाई तीन विकेटले पराजित गरेको हो । टिम चौराहले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गर्न आएको अत्तरियाले निर्धारित २० ओभरको खेलमा आठ विकेटको क्षतिमा १५० रन बनायो । एक सय ५१ रनको विजयी लक्ष्यलाई टिम चौराहले १९ दशमलव २ ओभरमा सात विकेटको क्षतिमा पूरा ग¥यो । टिम चौराहका लागि कप्तान सोमपाल कामीले अविजित ३९ रन बनाए । उनले १५ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । रोहान मुस्तफाले ४० रन बनाए । उनले ४२ बलमा एक छक्का र तीन चौका हाने । राजेश पुलामी मगरले २१ रन बनाए । बलिङतर्फ अत्तरियाका शुभंकर उराव र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए । यसअघि ब्याटिङ गरेको सिवाइसी अत्तरियाका लागि प्रेम तामाङले २८ रन बनाए । उनले २९ बलमा दुई छक्का प्रहार गरे । विपिन चन्द्रले अविजित २८, कुशल भुर्तेलले २५, कप्तान दीपेन्द्रसिंह ऐरीले १९, कृष्ण कार्कीले १४, सुवास खकुरेल र गौरव चितकाराले समान १३/१३ रन बनाए । बलिङतर्फ टिम चौराहका ललितसिंह भण्डारीले तीन, रोहान मुस्तफाले दुई तथा सम्साद शेख र सोमपाल कामीले एक/एक विकेट लिए ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता हुँदैन : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका नेता तथा नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकिकरणका लागि गठित कार्यदलका सदस्य जनार्दन शर्माले सबै बिषय टुङ्गि सकेको बताएका छन् । तर पार्टी एकताको औपचारिक घोषणा प्रधानमन्त्रीको भारत भ्रमण अगाडी नहुने भएको छ । नेता शर्माले भने “आउँदो बैशाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने तय भएको छ । हामी त्यहि अनुसार छलफल र आवश्यक गृहकार्य गरिरहेका छौँ । नभए हाम्रो पार्टी एकता त चुनाव अगाडि नै भैसकेको हो । के के कुरा मिल्न बाँकी छ भन्ने प्रश्नमा उनले भने “सबै बिषयमा कुरा मिलिसकेको छ, तर  थेरै ब्यबहारिक कुराहरु छन् । विवाद कहि कतै छैन । पार्टी एकतामा जाँदा दुबै पार्टीकाे हैसियत बराबर हुनुपर्ने माओवादीले अडान लियो भन्ने छ नी भन्ने अर्को प्रश्नमा उनले  भने ” हामीले कुनै प्रकारको अडान लिएका छैनौ । अडान लिएर पनि पार्टी एकता हुन्छ त ? हामीले अडान लिएकाे भए अहिलेकाे परिस्थिति नै अाउँदैनथ्याे नी ,  कहाँ कसरी जाने, कसलाई कस्तो जिम्मेवारी दिने, पार्टी संरचना कस्तो हुने भन्नेमा बहस चलिरहेको छ न की अडान । यस्ता बिषय आएका छैनन् र आउँदैनन पनि । केहि दिन अगाडि पार्टी अध्यक्षले सार्वजनिक अभिव्यक्ति दिएको बिषय हुँदै होईन त भन्न मिलेन नी होईन ? भनेर जिज्ञासा राखदा नेता शर्माले थपे ” कति बिषयमा मैले बोल्नु हुँदैन । तपाँईलाई यत्ति भनौँ हाम्रो पार्टी एकता सम्वन्धी छलफलमा कुनै विवाद र अडान छैनन् । छलफल र बहस भएक हुन् । सबै कुरालाई यसरि नै लिनुस । ” प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि नै एकता गर्ने तयारी भए पनि छलफलका लागि पर्याप्त समय नभएपछि अब कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन एकता गर्नु उपयुक्त हुने नेताहरूले बताउन थालेका छन् । नेकपा एमालेका नेता तथा नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकतासम्बन्धी विधान बनाउन गठित कार्यदलका सदस्य वेदुराम भुसालले पनि  पार्टी एकताका लागि उपयुक्त दिन स्थापना दिवस नै भएकाे बताए । ‘ पार्टी एकताकाे अाेपचारिक घाेषणा गर्ने ९ गते कै तयारी छ,’  नेता भुसालले भने ।