‘सँगै मर्ने सँगै बाँच्ने’ कसम भोलिपल्टसम्म टिकेन, सिन्दूर पोते फिर्ता
सुरुङ्गा, झापा । २ साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दूरदान गरेका बेहुलाले दान गरेको सिन्दूर फिर्ता पाएका छन् ।
जग्गेमा सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै बेहुलीको सिउँदो भरेर सिन्दूर दान गरेका बुद्धशान्ति गाउँपालिका–१ निवासी २९ वर्षीय राकेश रेग्मीले बेहुलीलाई दान गरेको सिन्दूर पोते आफैँले फिर्ता पाएका हुन् । गत फागुन २० गते सामाजिक परम्पराअनुसार बुद्धशान्ति गाउँपालिका–१ निवासी रेग्मीले सोही गाउँपालिका निवासी एक किशोरीसँग विवाह गरेका थिए ।
विवाह गरेको भोलिपल्टै आफूमा शारीरिक समस्या रहेको भन्दै बेहुली छाडेर भागेका राकेशलाई ती युवतीले आज सिन्दूर पोते फिर्ता दिएकी हुन् । उनले इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका राकेशलाई प्रहरी कार्यालयमै पुगेर लगाइदिएको सिन्दूर पोते फिर्ता दिएकी हुन् । युवतीले फिर्ता दिएको सिन्दूर पोते बुझ्दै राकेशले ती युवतीको उज्वल भविष्यको कामना गरे । उनले भने, ‘तिम्रो भविष्य सुन्दर भएको देख्न चाहन्छु ।’
विवाहको भोलिपल्टै बेहुली छाडेर बेपत्ता भएका राकेशलाई परिवारको सहयोगमा २ दिनपछि प्रहरीले भारतबाट नेपाल ल्याएको थियो ।
विवाहको भोलिपल्टै बेहुली छाडेर बेपत्ता भएका राकेशलाई परिवारको सहयोगमा २ दिनपछि प्रहरीले भारतबाट नेपाल ल्याएको थियो । शुरुमा आफूलाई अपहरण गरेर भारतको पटना पु¥याएको बताएका राकेशले पछि आफैँ आफूमा शारीरिक समस्या भएपछि घर छोडेर हिँडेको प्रहरीलाई बयान दिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
बेहुली छाडेर बेपत्ता बनेका राकेशले आफ्नी छोरीको भविष्य अन्योलमा पारेको भन्दै बेहुली पक्षले प्रहरीलाई खबर गरेका थिए । अपहरणमा परे भनिएका राकेशलाई प्रहरीले सकुशल फेला परेको र नाटक गरेको थाहा पाएपछि उनलाई अहिले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो ।
राकेशका बुबा लालप्रसाद रेग्मीले आफ्नै छोराको शारीरिक समस्याका कारण युवतीको भविष्य अन्योलमा परेको भन्दै उनको भरण, पोषण र शिक्षाका लागि ३५ लाख दिने सहमति जनाउनुभएको थियो ।
राकेशका बुबा लालप्रसाद रेग्मीले आफ्नै छोराको शारीरिक समस्याका कारण युवतीको भविष्य अन्योलमा परेको भन्दै उनको भरण, पोषण र शिक्षाका लागि ३५ लाख दिने सहमति जनाउनुभएको थियो । बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा आइतबार र सोमबार भएको बहसमा उहाँले यस्तो सहमति जनाउनु भएको थियो । मंगलबार भएको बहसमा बेहुलाले बेहुलीलाई उपहार दिएको सिन्दूर पोते फिर्ता गर्ने सहमति भएको र सहमतिअनुसार बेहुलीले बेहुलालाई सिन्दूर पोते फिर्ता दिएको बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिनुभयो ।
बेहुलाले दान गरेको सिन्दूर फिर्ता गर्न बेहुलीसहित उनकी आमा, काकी, सानिमा, सानाबा र गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष भुर्तेल, न्यायिक समिति सचिव अम्बिका अधिकारी, सदस्य मेनुका पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मनोरथ तिवारी लगायतको टोली इलाका प्रहरी कार्यालय धुलाबारी पुगेको थियो । रासस
उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
उदयपुर । उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७, अँधेरी खण्डमा ट्रक दुर्घटना हुँदा उनकाे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत इन्स्पेक्टर सुमन बानियाँका अनुसार काठमाडौंबाट इटहरीतर्फ जाँदै गरेको प्र.१–०२–००१ख९२६० नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका– ४, बगाहा बस्ने वर्ष ३५ का जीवन विकको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका विकको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा गएराति मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राति बिर्तामोड–५ मा बा४ख ५१०० नम्बरको माइक्रो बसले पैदलयात्री पाँचथर याङ्बरक–३ का ५० वर्षीय बृखध्वज लिम्बूलाई ठक्कर दिएको थियो । माइक्रोको ठक्करबाट गम्भीर घाइते लिम्बूको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । ठक्कर दिने माइक्रो र चालक भद्रपुरका बाबुराम कट्टेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।
चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा पुगेन चामल
जाजरकोट: छिमेकी मुलुक चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल चामलको कोटा तोकिए पनि चामल ढुवानी हुन नसक्दा शहरतारा र तेन्जे बिक्री केन्द्रमा अहिलेसम्म एक गेडा चामल नपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाले जनाएको छ । उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि चीनमा दुई नाका प्रयोग गर्नुपर्दछ । कोरोना भाइरसका कारण सबै उपल्लो डोल्पाका नागरिक घरमै रहेको समयमा खाद्यान्न नहुँदा समस्या भएको बताएका छन् । सदरमुकामस्थित डिपोमा चामल भरिभराउ भए पनि उपल्लो डोल्पामा चामलको गेडो नभएको हो । सदरमुकामबाट उपल्लो डोल्पामा ढुवानी गर्न सकिने भए पनि राज्यले ध्यान नदिएको उपल्लो डोल्पाका स्थानीयवासीको गुनासो रहेको छ । सदरमुकाम दुनैमा एक हजार २८०, जुफालमा एक हजार २००, सर्मीमा २९९ र काइगाउँमा एक हजार क्विन्टल चामल मौज्दात रहेको कार्यालय प्रमुख कमलराज पाण्डेले जानकारी दिए । विगतका वर्षमा उपल्लो डोल्पा जाने र आउने काम निरन्तर भइरहेकाले खासै समस्या नपर्ने भए पनि आर्थिक वर्ष २०७६/७७ मा एक गेडा चामल नगएको हो । यो आर्थिक वर्षमा पनि अहिलेसम्म ठेक्का भएको छैन । कोरोनाका कारण सर्वसाधारण दुनै, जाजरकोट र रुकुमपश्चिमका बजारसम्म पुग्न सकेका छैनन् । स्थानीय उत्पादनले तीन महिना पनि खान नपुग्ने उपल्लो डोल्पामा निकै समस्या भएको शे–फोक्सुण्डो गाउँपालिका अध्यक्ष टासीतुन्डुप गुरुङले जानकारी दिए । हवाईमार्गबाट खाद्यान्न ढुवानी गरेर भए पनि उपल्लो डोल्पामा खाद्यान्न आपूर्ति भएमा जनताको माग पूरा हुने उनको भनाइ छ । असोजसम्म नयाँ ढुवानी नभए हिमपातले गर्दा समस्या हुने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । अहिले व्यापारीहरुसँग मिलेर भए पनि स्थानीय तहको सहकार्यमा केही खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइएको उनको भनाइ छ । रासस
बोल्न र कुरा गर्न सक्ने अवस्थामा छुः प्रधानमन्त्री ओली (भिडियोसहित)
काठमाडौंः उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य राम्ररी सुधार भइरहेको बताएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयू कक्षबाट भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’ १३ औं सागको उद्घाटन समारोह पूरै हेरेको बताएका ओलीले मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन सबैलाई आग्रह गरेका छन् । मेरो स्वास्थ्य अवस्थाको बारे जानकारी pic.twitter.com/HDt3tZsLmR — K P Sharma Oli (@kpsharmaoli) December 2, 2019
तीन एसएसपी, ४ एसपीसहित नेपाल प्रहरीमा थपिए ३५९६ दरबन्दी
काठमाडौं– नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । कुन पदमा कति थपिए? प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)- ३ प्रहरी उपरीक्षक (एसपी)- ४ प्रहरी नायब उपरीक्षक (डीएसपी)- २१ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)- ४७ प्रहरी नायब निरीक्षक (सई)- ८६ प्रहरी सहायक निरीक्षक (असई)- २ सय ९७ प्रहरी हवल्दार- ६ सय ८३ प्रहरी जवान- २ हाजार २ सय १६ कार्यालय सहयागी- ३ हजार ५ सय ९६ थप गरिएको दरबन्दी जनपद र प्राविधिक दुवै गरेर हो । प्राविधिकतर्फ १ सय २९ जनाको दरबन्दी थपिएको छ । एसएसपी १, एसपी २, डीएसपी १२, इन्सपेक्टर २० लगायत गरी १२९ जनाको दरबन्दी थपिएको हो । ‘समय अनुकुल संगठनको स्रोत, साधान विकास गर्ने क्रममा जनशक्ति विकास पनि अपरिहार्य कुरा भएकाले थप दरबन्दी माग भएको थियो’, केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल भन्छन्, ‘थपिएका दरबन्दी भर्ना र बढुवा प्रक्रियाबाट पदपूर्ती गरिनेछन् ।’ हाल प्रहरीमा जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ को दरबन्दी छ । तीमध्ये करिब ४ हजारको अझै पदपूर्ति भएको छैन ।
क्रिकेट छोडेर यस्तो रूपमा देखा परे धोनी
काठमाडौँ, साउन ९ । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी सेनामा ड्युटी गर्ने भएका । भारतका सेना प्रमुख विपिन रावतले धोनीले दिएको सैन्य तालिम गर्न पाउनु पर्ने भनेर दिएको निवेदन स्वीकार गरेका हुन् । धोनी भारतीय सेनामा लेफ्टिनेन्ट कर्णेल रहेका छन् । उनी यसपटक वेस्टइन्डिजविरुद्धको भारतको टीममा अटाएनन् । आइतबार भारतीय टीमको घोषणा भएको थियो । भारतीय सैन्य सूत्रका अनुसार धोनी दुई महिनाका लागि प्यारासुट रेजिमेन्टमा तालिम लिनेछन् । धोनीलाई भारतीय टेरोटोरियल आर्मीले २०११ मा लेफ्टिनेन्ट कर्णेलको मानार्थ पद दिएको थियो । सेना प्रमुखले अनुमति प्रदान गरेपछि धोनी जम्मु-कस्मीरमा प्यारासुट रेजिमेन्टको तालिममा भाग लिनेछन् । तर सेनाका अनुसार उनलाई कुनै पनि सक्रिय सैन्य कारवाहीमा सामेल गराइने छैन । धोनीको सन्यासको फैसला उनको आफ्नै भारतीय टीम हाल वेस्टइन्डिज भ्रमणमा रहेको छ । उक्त भ्रमणका क्रममा दुवै टीमले तीन टी-ट्वेन्टी, तीन वन डे र दुई टेस्ट खेल्ने छन् । बिसिसिआईका प्रमुख चयनकर्ता एमएसके प्रसादले धोनीलाई यस पटक टीममा किन सामेल गरिएन भन्ने प्रश्नको उत्तरमा भने, “धोनी उक्त शृंखला खेल्न उपलब्ध थिएनन ।” उनले धोनी आफैंले यस पटक टीममा पर्न नचाहेको बताए । उनले धोनीको सन्यासबारे निर्णय लिने अधिकार धोनीमा नै निहित रहेको बताए । भारतका लागि महत्वपूर्ण धोनीको नेतृत्वमा भारतले २०११ मा विश्वकप उपाधि हात पारिसकेको छ भने यस पटकको विश्वकपमा पनि उनले सेमिफाइनलमा अर्धशतक लगाएका थिए । सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध भारत पराजित भएपछि उनको सन्यासबारे चर्चा चलिराखेको छ । धोनीले भारतको तर्फबाट ३५० एकदिवसीय, ९० टेस्ट र ९० टी-ट्वेन्टी खेल खेलेका छन् । उनले एकदिवसीय खेलहरूमा १०,७७३ रन बनाएका छन् । उनको औसत ५० भन्दा माथि छ । टेस्ट क्रिकेटमा भने उनले ३८.०९ को औसतमा ४,८७६ रन बनाएका छन् ।
विश्वकपः मलिंगाको घातक बलिङ, इंग्ल्याण्डलाई चौथो झड्का
काठमाडौं, असार ६ । १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाले दिएको २३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले चौथो विकेट गुमाएको छ । उसले चौथो विकेटका रुपमा ३०.३ ओभरमा ५७ रन बनाएर खेलिरहेका जो रुटलाई गुमाएको हो । उनलाई लसिथ मलिंगाले आउट गरे । यसअघि पनि मलिंगाले जोनी बेरिस्टो र जेम्स भिन्सलाई पनि आउट गरेका थिए । यस्तै, कप्तान इओन मोर्गनलाई २१ रनमा इसुरा उडानले आउट गरे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३२ रन बनायो । उसका लागि एन्जेलो म्याथ्युजले १ छक्का र ५ चौकाको मद्दतमा ११५ बलमा नट आउट ८५ रन बनाए । यस्तै, अभिश्का फर्नान्डोले ४९, कुसल मेन्डिसले ४६, धनन्जय डी सिल्भाले २९ रनको योगदान दिए । बलिङमा इंग्ल्याण्डका जोफ्रा आर्चर, मार्क उडले ३–३, आदिल रशिदले २ र क्रिस ओक्सले १ विकेट लिए । यो खेलमा इंग्लिश टोली श्रीलंकालाई हराउन सके शीर्ष स्थानमा उक्लिने छ । यता श्रीलंका भने दोस्रो जीतको खोजिमा छ । वर्षाले तनाव गर्दा श्रीलंकाले ५ खेलमा २ खेलमा अंक बाँडेको छ । साथै उसले २ खेलमा हार बेहोर्दा एक खेलमा मात्र जीत हासिल गरेको छ । श्रीलंका प्लेइङ ११ः दिमुथ करुणारत्ने, धनन्जय डि सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, लासिथ मालिंगा, एन्जेलो म्याथ्युज, कुशल मेन्डिस, कुशल परेरा, थिसरा परेरा, इसुरु उडना र जीवन मेन्डिस । इंग्ल्याण्ड प्लेइङ ११ः इओन मोर्गन, जोनी बेरिस्टो, जो रुट, बेन स्टोक्स, क्रिस वोक्स, जेम्स भिन्स, मोइन अली, जोस बटलर, आदिल रशिद, मार्क उड र जोफ्रा आर्चर ।
चारवटा मोबाइल भ्यान किन्दा २४ करोड भ्रष्टाचार
काठमाडौं, असार ६ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खाद्य अनुगमन तथा परीक्षणका लागि चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गर्दा २४ करोडभन्दा धेरै भ्रष्टाचार भएको छ । सम्झौताभन्दा कमसल प्रयोगशाला खरिद गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिवसहित १३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले खाद्य गुणस्तरको अनुगमन प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको २४ करोड बजेटमा चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रूपमा टेन्डर आह्वान गरेका थिए । दक्षिण एसियामै पहिलोपटक यस्तो भ्यान खरिद गरिएको भनेर प्रचारसमेत भयो । तर, भ्यानमार्फत अनुगमन र परीक्षण भने हुन सकेन । किनकि ल्याबका सामान गुणस्तरहीन थिए । त्यसलाई लामो समय थन्क्याएर राखिएको थियो । आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, शाखा अधिकृत भगीरथ आचार्य र नायब सुब्बा गुरुदत्त गौतमविरुद्ध मुद्दा दर्ता गरेको छ । त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ, खुमलटारस्थित लेखाका उपसचिव गणेशप्रसाद चालिसे र लेखापाल बालाराम पोख्रेलविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरूलाई प्रतिव्यक्ति १२ करोड ४० लाख ४७ हजार पाँच सय ५८ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ, खुमलटारका तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी र वरिष्ठ योजना अधिकृत तिलकराज चौलागार्इंविरुद्ध आठ करोड २६ लाख ९८ हजार तीन सय ७२ रुपैयाँ बिगो दाबी गरिएको छ । परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेलविरुद्ध चार करोड १३ लाख ४९ हजार एक सय ८६ रुपैयाँ माग दाबी गरिएको आयोगले जनाएको छ । आयोगले भ्यान आपूर्ति गर्ने प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादीका आधिकारिक प्रतिनिधि प्रवीण कुँवरलाई २४ करोड ८० लाख ९५ हजार एक सय १६ बिगो माग दाबी गरेको छ । प्रधानमन्त्रीकै नामको योजनामा बढ्दो भ्रष्टाचार प्रधानमन्त्री केपी ओलीले ठूला परियोजनाको अनुगमन आफैँ गर्ने तयारी गरिरहेका छन् । तर, प्रधानमन्त्रीकै नाममा सञ्चालित कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार बढ्दो छ ।यसअघि नै यही परियोजनामा अख्तियारले दुईवटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ भने केही उजुरीमा छानबिन गरिरहेको छ । गत ९ जेठमा मात्र अख्तियारले साबिकको जिल्ला कृषि विकास कार्यालय पर्साका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हा र लेखापाल सत्यनारायण सहनीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जमा सबइन्जिनियर पदमा कार्यरत रहेका राकेशकुमार महतो, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ ९तरकारी जोन० पर्साका सञ्चालक समितिका अध्यक्ष रामेश्वर महतो कोइरी, नितु कन्स्ट्रक्सनका प्रोपाइटर निर्माण व्यवसायी रामलाल राउत कुर्मी र निर्माण व्यवसायी सन्नी यादवविरुद्ध मुद्दा दर्ता भएको थियो । कृषि विकास अधिकृत सिन्हा, लेखापाल साहनी र सबइन्जिनियर महतोविरुद्ध एक लाख ४७ हजार तीन सय दुई रुपैयाँ बिगो दाबी गरिएको थियो । आर्थिक वर्ष ०७४÷७५ को बजेटमा कार्यालय प्रांगणमा निर्माण तथा मर्मत कार्य गर्दा लागत अनुमान टुक्र्याइ व्यवसायीसँगको मिलेमतोमा प्रतिस्पर्धालाई सीमित हुने गरी टुक्राटुक्रा पारी कोटेसनबाट काम गराई अनियमितता भएको थियो । न्यून गुणस्तरको सामान प्रयोग गरी रङरोगन गरेको साथै प्राविधिकबाट जाँच गराई नक्कली ठेक्कासम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदन र नापी किताब बनाएर भुक्तानी दिइएको थियो । अनुसन्धानबाट सबइन्जिनियर महतोले अनधिकृत रूपमा डिभिजन कार्यालय पर्साको नक्कली लेटरहेडमा नक्कली छाप बनाएर हस्ताक्षर गरी कार्यसम्पादन प्रतिवेदन बनाएको खुलेको छ । तरकारी जोन पर्साका सञ्चालक समितिका अध्यक्ष रामेश्वर महतो कोइरीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदानको रकम वितरण गर्दा भर्पाइमा अंक थप्ने, सच्याउने एवं कम रकम वितरण गरी बढी रकमको भर्पाइ बनाएका थिए । निर्माण व्यवसायी रामलाल राउत कुर्मी र सन्नी यादवले लागत अनुमान, कार्यसम्पन्न प्रतिवेदनलगायत कागजातमा डिभिजन कार्यालय पर्साको हेडर र छाप प्रयोग भएको नक्कली कागजात तयार पारेका थिए ।त्यस्तै, गत वर्ष २ भदौमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ सुपरजोन ९गहुँ० कैलालीका परियोजना प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रामनन्दन यादव घुुससहित पक्राउ परेका थिए । कमिसनको लोभमा कमसल ल्याब खरिद, दाखिला नगरी भुक्तानी मोबाइल ल्याबलाई कार्यालयमा दाखिला नगरी भुक्तानी दिइएको थियो । सम्झौताभन्दा एकदमै कमसल ल्याब खरिद गरेर भ्रष्टाचार गरिएको निष्कर्षका आधारमा आयोगले मुद्दा दायर गरेको हो । ‘कृषि अनुसन्धानका क्रममा प्रयोग हुने ‘वेल इक्विप्ड ल्याबरोटरी मोबाइल भ्यान’ खरिद गर्दा नियम–कानुनलाई आफूअनुकूल प्रयोग गरी कमिसन खाई भ्यान कार्यालयमा प्राप्त भएको भनी प्रगति देखाई रकम भुक्तानी गरेको पाइएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र विभागको नाममा कायम भएका भ्यान र सोको विभिन्न पार्टस्, सरसामान, उपकरण तथा रसायनसमेत स्वीकृत मापदण्ड तथा स्पेसिफिकेसनअनुसार नभेटिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । यस सम्बन्धमा चेकजाँच गरी गुणस्तरहीन भएको भन्ने प्राविधिक प्रतिवेदनसमेतलाई बेवास्ता गरी सप्लायर्ससँगको मिलेमतोमा अनियमितता भएको थियो । प्राविधिक प्रतिवेदनमा सो ल्याब खरिद गर्न नहुने बताइएको थियो । तर, कमिसन खाएर ल्याब खरिद गरिएको थियो । त्यो कमिसन विभाग र परियोजनाका कर्मचारीले बाँडेका थिए । के हो कृषि आधुनिकीकरण परियोजना ? कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले आर्थिक वर्ष ०७३र७४ देखि यो परियोजना सुरु गरिएको हो । १० वर्षको अवधि तोकिएको यो परियोजनाको खर्च एक खर्ब ३० अर्ब ७४ करोड २० लाख रुपैयाँ छ । पकेट, ब्लक, जोन र सुपरजोन गरी कृषकलाई अनुदान, परामर्श, बिउबिजन, कृषि औजार दिनेलगायत काम परियोजनाले गर्दै आएको छ । तर, परियोजनाभित्रको अनियमितताले काम प्रभावकारी हुन सकेको छैन । प्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयमातहत सञ्चालित परियोजनामै अत्यधिक भ्रष्टाचार देखिएको अख्तियारका अधिकारीले जनाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
पीएम कपः पारसको नेतृत्वमा प्रदेश ३ को टिम घोषणा, को–कोले पाए मौका?
काठमाडौं, जेठ ८ । जेठ १० गतेदेखि शुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि प्रदेश नं. ३ ले टोली घोषणा गरेको छ । प्रदेश ३ ले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टिममा कप्तान खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, सोनु तामाङ, जितेन्द्र सिंह ठकुरी, इशान पान्डे, रित गौतम, प्रतिस जि.सी, अभिषेक बस्नेत, सूर्य तामाङ, सोनु देवकोटा, नन्दन यादव, गौतम केसी, आदिल खान र रविन जोशी रहेका छन् । टिमको प्रशिक्षकमा मन्जुर आलम खान तथा व्यवस्थापकमा सुमन राज कार्की रहेका छन् । भुपेन्द्र थापा, रेवाती यादव, सुभ कंसाकर र दिपक बोहोरालाई रिजर्ब खेलाडीको रुपमा राखेको छ । समूह ‘ए’ मा रहेको प्रदेश ३ ले पहिलो खेल जेठ ११ गते कीर्तिपुर स्थित टियू मैदानमा एपीएफसँग खेल्ने छ ।
२० हजार घुससहित मालपोत कार्यालयका सहयोगी पक्राउ
काठमाडौं, वैशाख १२ । मालपोत कार्यालय रूपन्देही, भैरहवाको तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी घुससहित पक्राउ परेका छन् । चौधरीले सेवाग्राहीले निबेदन मार्फत सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी प्रतिलिपी उपलब्ध गराउने प्रयोजनको लागि घुस माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। अख्तियारलाई प्राप्त विशेष सूचना एवम् उजुरीको आधारमा आयोगको टोलीले चौधरीलाई २० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नेपालमै पहिलोपटक अपांगमैत्री उडानको तयारी गर्दै बुद्ध
काठमाडौं, वैशाख १२ । नेपालको निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले अपांग तथा बिरामी यात्रुलाई लक्षित गर्दै नयाँ प्रविधिको र्याम्प (अपांगमैत्री भर्याङ) र ह्विलचियर ल्याउने तयारी गरेको छ । आन्तरिक–अन्तर्राष्ट्रिय उडानमा अपांग तथा बिरामी व्यक्तिका आफन्तको गुनासो सम्बोधन गर्दै नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्र्याउन लागेको हो । पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा नै उक्त प्रविधि जडान हुने बुद्धले जनाएको छ । अपांगमैत्री र्याम्प र ह्विलचियरबाट आरामदायक र सुरक्षिक उडानको आनन्द यात्रुले लिने बुद्धले अपेक्षा गरेको छ। बुद्ध एयरका अनुसार अपांगमैत्री ह्विलचियर जहाजको ग्याप सिटमा सजिलै राख्न मिल्ने खालको रहेको छ । बुद्धका बजार निर्देशक रुपेश जोशीका अनुसार उक्त प्रविधि नेपाल ल्याउनका लागि विभिन्न कम्पनीसँग कुरा भइरहेको छ। अबको तीन महिनाभित्र उक्त प्रविधिको प्रयोग गर्ने तयारी भएको उनले बताए । बुद्धका ग्राउन्ड स्टाफलाई केही समय सहजीकरण गरेपछि सो सेवा सुरु हुने छ । अपांगमैत्री ह्विलचियर तथा र्याम्प ल्याउन लाखौँ खर्च लाग्ने अनुमान बुद्धको छ। सन् १९९७ अक्टोबरबाट उडान सुरु गरेको बुद्धसँग २२ वर्षको उडान अनुभव छ । हाल बुद्ध एयरसँग ७ वटा ७२ सीटे एटिआर ७२–५००, तीनवटा ४२ सिटे एटीआर ४२–३२० र दुई वटा १९ सिटे बिचक्राफ्ट लगायत १२ वटा जहाजले आन्तरिक तथा अन्तराष्ट्रिय उडान गरिरहेका छन्। अन्तर्राष्ट्रियतर्फ भारतका ३ सहरमा बुद्धले उडानको तयारी गरेको छ । गतवर्षको जुनबाट अन्तर्राष्ट्रिय उडानमा भारतको बनारसमा नियमति उडान गर्दै आएको बुद्धले एक वर्षको बीचमा दुई स्थानमा उडानको तयारी थालेको हो। जेठ १६ गतेबाट भारतको कोलकाता तथा भारतकै गुवाहटीमा आगामी साउन १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ। त्यस्तै आन्तरिक उडानमा भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर, पोखरा लगायत आठवटा आन्तरिक गन्तब्यमा उडान गर्दे आएका छन्। बुद्धले माउन्टेन क्षेत्रका आन्तरिक गन्तव्यमा उडान गर्दै आएका छन् । नयाँ खरिद गरिएको ७२ सिटे एटीआर विमान गरी बुद्ध सँग ६ सय ६६ सिट क्षमता रहेको छ । नेपालखबरबाट
आइपीएलः पन्जाबले टस जित्यो, कोलकातालाई ब्याटिङको मौका
काठमाडौं, चैत १३ । इन्डियन प्रिमियर लिग अन्तर्गत कोलकाता नाइट राइडर्सस विरुद्धको खेलमा किंग्स इलाभेन पन्जाबले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार साँझ ८ः२५ बजेदेखि कोलकातामा शुरु हुँदैछ । यी दुई टिमले पहिलो खेमा जीत हासिल गरेकाले खेल रोमाञ्चक हुने अनुमान छ । पहिलो खेलमा कोलकाताले सनराइजर्स हैदाराबाद र पन्जाबले राजस्थान रोयल्सलाई हराएको थियो । कोलकातामा दिनेश कार्तिक र पन्जाबमा रविचन्द्रन आश्विन कप्तान छन् ।
भाषा संस्कृतिको संरक्षण राष्ट्रिय दायित्वको विषय होः सभामुख महरा
दाङ, चैत्र २ । सभामुख कृष्णबहादुर महराले भाषा संस्कृति संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताएका छन् । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङले आज घोराहीमा आयोजना गरेको मगरात साँस्कृतिक भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले मगर समुदायको भाषा र संस्कृतिको आफ्नै पहिचान भएको बताए । संविधानले बहुपहिचानयुक्त राष्ट्र स्वीकार गरेको भन्दै सभामुख महराले संविधानमा बहुपहिचानको सम्बोधन हुनु सबै समुदायको लागि ठूलो उपलब्धि भएको उल्लेख गरे । प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका सभामुख महराले देशभित्र रहेका सबै भाषा तथा संस्कृतिको संरक्षणका लागि अझैं केही ऐन कानूनको अभाव रहेको र सरकारले छिट्टै त्यसको मस्यौदा बनाएर संसदमा ल्याउने विश्वास व्यक्त गरे । आफू पनि मगर समुदायकै बीचमै हुर्किएको भन्दै सभामुख महराले राजनीतिक यात्रामा मगर समुदायको विशेष भूमिकाले आफू राज्यको विशिष्ट स्थानसम्म पुग्न सफल भएको स्मरण गरे । यसैबीच सभामुख महराले प्रतिष्ठानमा गत बर्ष आफूले ५० हजार रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेको भन्दै यस बर्ष उक्त अक्षयकोषमा ५० हजार रुपैयाँ थप गर्ने घोषणा गरे । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भाषा, संस्कृति र मौलिकता राष्ट्रिय पहिचान भएको बताउँदै नगरले सबै समुदायको भाषा, भेषभुषा र संस्कार संस्कृति संरक्षण गर्ने नीति लिएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘सिके राउतमा प्रचण्डको जस्तै निर्णय क्षमता देखे’
काठमाडौं, फागुन २४ । काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतको प्रशंसा गरेका छन् । सरकारसँग ११ बुँदे सहमति गरेर राउतले असाधारण निर्णय क्षमता देखाएको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा गरेका हुन् । ओलीले यस्तो असाधारण निर्णय क्षमता यसअघि पुष्पकमल दाहाल प्रचण्डमा मात्र देखेको बताए । प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान बनाउने कामको एक ढंगले अगुवाइ गरी त्यसपछि एमाले र माओवादीबीच एकता गर्नु ठूलो निर्णय क्षमता भएको ओलीले बताए । ‘राउतमा असाधारण निर्णय क्षमता देखे। त्यस्तो निर्णय क्षमता पुष्पकमल दाहालमा मात्रै देखेको थिए’ प्रधानमन्त्री ओलीले भने, ‘संसद, सरकार, चुनावमा सहभागिता, पार्टी एकता गर्ने कुरामा जो सुकैले यस्तो गर्न सक्दैन, त्यो निर्णय क्षमताले हुन्छ। मैले सिके राउतजीमा पनि यस्तो छाँटकाँट देखे।’ पृथकतावादी आन्दोलन त्यागेर राष्ट्रिय एकताको बाटोमा प्रवेशको घोषणा गर्दै सबैलाई सहयोगका लागि आग्रह गर्नेसम्मको राउतको निर्णय साधारण नभएको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले तराईमा सिके राउतलाई देखाएर स्वार्थको रोटी सेक्ने दिन पनि अब सकिने बताए। देश विखण्डन गर्ने कुरामा कसैसँग पनि सहमति हुन नसक्ने भन्दै उनले देश टुक्र्याउने कुरा आजबाट समाप्त भएको बताए।
अष्ट्रेलियाको खराब शुरुवात, खाता नखोल्दै कप्तान आउट !
काठमाडौं, फागुन १८ । भारत विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले खराब शुरुवात गरेको छ । टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले खाता नखोल्दै विकेट गुमाएको छ । उसले कप्तान आरोन फिंचलाई शून्य रनमा गुमाएको हो । उनलाई जसप्रित बुमराहले आउट गरे । खेल भारतको हैदरावादमा भइरहेको हो । यसअघि, अष्ट्रेलियाले भारतसँगको २ टी- २० सिरिज सिजतेकाले वान डेमा पनि आफ्नो शानदार प्रदर्शन कायम राख्न चाहन्छ । यस्तै, भारत टी २० मा बेहोरेको हारको बदला लिन चाहन्छ ।

