मकवानपुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

बिहीबार साँझ पर्सा वीरगञ्ज महानगरपालिका–१६, नागुवा घर भई हाल हेटौँडा उपमहानगरपालिका–१० कर्रामा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमलाई ना.३८प ५८५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका डोमको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए । 

प्रहरीले मोटरसाइकल चालक बारा सिम्रनगढ नगरपालिका–११ का २५ वर्षीय सुनिल ठाकुरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

वान डे सिरिजः श्रीलंकाले टस जित्यो, द. अफ्रिकालाई बलिङको मौका

काठमाडौं, चैत २ । दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय सिरिजको पाँचौं तथा अन्तिम खेलमा श्रीलंकाले टस जितेर ब्याटिङ राजेको छ । खेल नेपाली समयअनुसार ४ः४५ बजेदेखि शुरु भएको हो । पाँच खेलको यो सिरिजमा अफ्रिका ४-० ले अगाडि छ ।

निर्मला हत्या प्रकरणमा संलग्न भएको अभियोगमा ८ जना विरुद्ध मुद्दा

कञ्चनपुर, फागुन २४ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको छ । गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले भाइ दिलीपलाई यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयले निर्मलाकी आमा दुर्गादेवी र खडकाको जाहेरीका आधारमा अदालतमा गत बुधबार छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । यातना दिइएको अभियोगमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी र प्रहरी निरीक्षक एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको छ । प्रमाण नष्ट गरेको अभियोगमा प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायब निरीक्षक रामसिंह धाँमी, हरिसिंह धाँमी र प्रहरी जवान चाँदनी साउदविरुद्ध पनि मुद्दा दायर गरिएको छ । तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्ट र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीबाहेक अन्य छ जनालाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । ‘६ जना हिरासतमा रहेका छन्’, उनले भने । ‘‘अदालतमा उपस्थित गराइएकासँग बयान लिनेक्रम शुरु भएको छ’’ उनले भने, “बयान लिनेक्रम २–३ दिनसम्म चल्ने देखिन्छ ।” पन्तको साउन ११ गते घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । रासस

क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा, इंग्ल्याण्डलाई हराउन जादू देखाउने खेलाडी यी हुन् ?

मस्को, असार २८ । क्रोएसिया पूर्व विश्वकप विजेता इंग्ल्याण्डलाई हराउँदै पहिलो पटक रुसमा जारी विश्वकप फुटबलको फाइलनमा पुगेको छ । गएराती भएको खेलमा इग्ल्याण्डलाई २ १ ले हराउँदै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । क्रोएसियाको जितमा मारियो मान्जुकिचले अतिरिक्त समयमा निर्णायक गोल गरे। १०९ औं मिनेटमा मान्जुकिचले गरेको गोलमा क्रोएसियाले एेतिहासिक सफलता हात पारेको हो। क्रोएसियाले आईतबार उपाधिका लागि पुर्व विजेता फ्रान्ससँग खेल्ने छ। सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएयता क्रोएसिया यसअघि सेमिफाइनलसम्म पुगेको थियो। क्रोएसिया अन्तिमपटक सन् १९९८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। इङ्ल्यान्डविरुद्ध सुरुवाती अग्रता लिन असफल क्रोएसियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो। युभेन्ट्सका ३२ वर्षीय स्ट्राइकर मान्जुकिचले इभान पेरिसिचको पासमा गोल गरेका थिए। यसअघि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो। क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। २९ वर्षीय मिडफिल्डर पेरिसिचले लामो क्रसमा आएको बललाई सिक्स यार्ड सर्कलबाट गोलपोष्टको दिशा दिएका थिए। खेलको सुरुवातमै इङ्ल्यान्डले अग्रता लिएको थियो। पाँचौं मिनेटमा कायरन ट्रिपियरले फ्रिकिक गोल गरे। डिबक्सबाहिरबाट उनले गरेको गोल साइड बार च्यापेर गोल भएको थियो। २७ वर्षीय डिफेन्डर ट्रिपियरको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो। ५२ वर्षपछि विश्वकपको फाइनलमा पुग्ने इङ्ल्यान्डको प्रयास सफल हुन सकेन। इङ्ल्यान्डले सन् १९६६ मा विश्व विजेता बनेयता यो प्रतियोगितामा फेरी फाइनल पुग्न सकेको छैन। इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनल पुगेको थियो। यसअघि मंगलबार राती भएको सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १-० गोलले हराएको थियो। -एजेन्सी

यस्तो छ अभिषेक वच्चनको रहस्यमय खुलासा

मुम्बई । निर्देशक अनुराग कश्यपकी बलिउड चलचित्र ‘मनमर्जियाँ’ कमब्याक गर्दैछन् सुपरटस्टार अभिषेक वच्चन । पछिल्लो दुई वर्षसम्म उनले कुनै पनि चलचित्रमा काम नगरेको भन्दै चलचित्र पत्रकार अनुपमा चोपडाले लिएको एक अन्तर्वार्तामा यो कुरालार्इ स्वीकारेका छन् । साथै, अभिषेकका यो निर्णयमा पत्नी तथा अभिनेत्री ऐश्वर्याका कस्तो रहेको थियो रियाक्शन । अभिनेता अभिषेक वच्चनले के भने ? अभिषेकले एक अन्तर्वार्तामा भने– ‘मैले यो कुरा भनेको छैन कि अबदेखि म कुनै पनि चलचित्र खेल्न चाहन्नँ भने । मेरो भनाई यतिमात्र हो कि जुनप्रकारको चलचित्रमा खेलिरहेको छु, त्यसमा परिवर्तन आउन जरुरी छ । मलाई सही चलचित्र पाउन झण्डै दुई वर्ष लाग्यो । मैले यो दुई वर्षसम्मको ब्रेकको बारेमा आफ्ना परिवारलाई पनि बताएको थिएँ र उनीहरु मेरो यो निर्णयमा साथ पनि दिएका थिए । मेरो श्रीमती यो निर्णयमा साथ रहेकी थिइन् । उनले मलाई यो निर्णयम धेरै सपोट पनि गरेकी छन् ।’ बोले– बाबाले ५ वर्षसम्म पर्खार्इमा बसी अन्तत: जन्जिरबाट सफलता हासिला – अभिषेकले आफ्नो अन्तर्वार्तामा भने– ‘उनको बाबा यानिकी सुपरस्टार अमिताभ वच्चनले राम्रो चलचित्र पाउन झण्डै पाँच वर्षसम्म पर्खाइमा बसेका थिए । १९६९ मा अभिताभ वच्चनले ७ हिन्दूस्तानी चलचित्रहरु डेब्यू गरिसकेका थिए । जबकी उनलाई सफलता भने चलचित्र ‘जन्जिर’ बाट पाएका थिए ।

बजेटमा विगतमा ठूलो गल्ती भएको छ, अब हुँदैन : अर्थमन्त्री खतिवडा

काठमाडौं, वैशाख १३ । मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभएको छ । नेपाल व्यवस्थापन संघले आज काठमाडौँमा आयोजना गरेको आगामी २०७५÷७६ को पूर्व बजेट छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । “स्रोतको व्यवस्थापन र उत्पादक क्षेत्रको लगानीलाई बजेटले समेट्नेछ”, मन्त्री खतिवडाले भन्नुभयो, “विगतको बजेटले धान्नै नसक्ने आयोजनालाई समेटेकाले नै बजेटको व्यवस्थापन हुन नसकेको हो।” अबको बजेटमा दोहोरो कर नीतिको अन्त्य हुने जानकारी दिंदै उहाँले व्यवसायीलाई लगानी गर्ने वातावरण बजेटबाट खुल्ला गरिने बताउनुभयो । कार्यक्रममा विभिन्न व्यवसायीले नेपालमा उद्योग सञ्चालन गर्ने वातावरण नरहेको टिप्पणी गर्दै उपकरणका मूल्य नियन्त्रण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

विश्वका प्रभावशाली व्यक्तिको सूचीमा अभिनेत्री दीपिका पर्न सफल

मुम्बई । चर्चित पत्रिका टाइम्सले विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि भारतीय क्रिकेटर विराट कोहलीसम्म अटाएका छन् । भारतका केही हस्ती यस सूचीमा परेका छन् । भारतीय क्रिकेटर विराट, अभिनेत्री दीपिका पादुकोण, ओलाका संस्थापक भविष्य अग्रवाल तथा माइक्रोसफ्टका सीइओ सत्या नडेला सूचीमा अटाएका छन् । यस पटक सूचीमा अटाएका ४५ जना ४० वर्ष भन्दा कम उमेरका रहेका छन् । म्यागजिनमा यस पटक अभिनेत्री निकाले किडम्यान, प्रिन्स ह्यारी, उनकी प्रेमिका मेगन मार्कल, क्यानडाका प्रधानमन्त्री जस्टिन टूडो, साउदी राजकुमार प्रिन्स मोहमद विन सलमान, चीनका राष्ट्रपति सि जिनपिङ, उत्तर कोरियाका किमम जोन उन, बंगलादेशका प्रधानमन्त्री शेख हसीना तथा गायिका रिहानालगायत परेका छन् ।

प्रधानमन्त्री ओलीलाई डा. भट्टराईले दिए भारत भ्रमणका लागि १० बुँदे सुझाव

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबारदेखि तीन दिने राजकीय भ्रमणमा भारत जान लागका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँशक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १० बुँदे लिखित सुझाव दिएका छन् । बुधबार प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणका बारेमा छलफल गरी सुझाव मागेका थिए । तर डा. भट्टराई भने उपस्थित भएका थिएनन् । त्यसैले बिहीबार उनले प्रधानमन्त्री ओलीलाई लिखित सुझाव दिएका हुन । संयोजक भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल–भारत सम्बन्धबारे भारतीय पक्षले परिवर्तित सन्दर्भअनुरुप आफ्ना धारणा र व्यवहार परिमार्जित गर्ने आशासमेत राखेको बताएका छन् । भट्टराईले सार्वभौमसत्ताको पारस्परिक सम्मान, असंलग्नता र पञ्चशील सिद्धान्तको परिपालना तथा द्विपक्षीय हितको सम्बद्र्धन गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा थप विश्वास र सदभावको अभिवृद्वि हुने आफुले सवश्वास लिएको बताएका छन् । भट्टराईले चैत्र २३ देखि २५ सम्म हुने प्रधानमन्त्री ओलीको भ्रमणको सफलताको लागि शुभेच्छा व्यक्त गरेका छन् । यस्तो छ प्रधानमन्त्री ओलीलाई भट्टराईको सुझाव सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं । भारत भ्रमणका सन्दर्भमा सुझावहरु भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको निमन्त्रणामा मिति चैत्र २३ देखि २५ सम्म गणतन्त्र भारतको औपचारिक भ्रमणमा जान लाग्नु भएकोमा म र नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट भ्रमणको सफलताको लागि शुभेच्छा व्यक्त गर्दछु । नेपालमा जननिर्वाचित संविधानसभाबाट निर्मित नयाँ संविधानअनुरुप स्थानीय, प्रादेशिक र संघीय तीनै तहका निर्वाचन सम्पन्न भई तपाईँको नेतृत्वमा बहुमतीय सरकार गठन भएबाट नेपाल राजनैतिक स्थीरता, विकास, सुशासन र समृद्धिको युगमा प्रवेश गर्ने अपेक्षा सर्वत्र गरिएको छ । नेपाल–भारत सम्बन्धबारे भारतीय पक्षले परिवर्तित सन्दर्भअनुरुप आफ्ना धारणा र व्यवहार परिमार्जित गर्ने आशासमेत राखिएको हुँदा तपाईँको भ्रमण सार्थक हुने विश्वास व्यक्त गर्दछु । सार्वभौमसत्ताको पारस्परिक सम्मान, असंलग्नता र पञ्चशील सिद्धान्तको परिपालना तथा द्विपक्षीय हितको सम्बद्र्धन गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा थप विश्वास र सदभावको अभिवृद्वि गर्न, नेपालको आर्थिक हित र समृद्विको पक्षमा सार्थक परिणाम हासिल गर्न भ्रमणका उच्च भेटवार्ताहरुमा निम्न बुँदामा यथोचित ध्यान दिनुहुन अनुरोध छ: >१) (क) नेपालको संविधान जारी भई तीन तहको चुनाव सकेर नयाँ सरकार गठन भई नयाँ संविधानले संक्रमणकालीन अवस्था पार गरी राजनैतिक स्थीरताउन्मुख भइसकेको अवस्थामा संविधानजस्तो देशको आन्तरिक राजनीतिक मामिलालाई संयुक्त वक्तव्यको विषय नबनाउनु उपयुक्त हुन्छ । नेपालमा सफलतापूर्वक सम्पन्न निर्वाचनको भारतीय पक्षले स्वागत गर्नु वाञ्छित हुन्छ । (ख) दुबै देशका कतिपय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाहरुमा आ–आफ्ना फरक दृष्टिकोण, धारणा र अडान हुने हुँदा पूर्ववर्ती प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा ‘अन्तर्राष्ट्रिय मञ्चहरुमा, अन्तर्राष्ट्रिय मुद्दाहरुमा नेपाल र भारतले सहकार्य गर्नेछ’ भनी जारी भएको संयुक्त वक्तव्यको बुँदा विवादास्पद हो । यस्ता बुँदाहरु संयुक्त वक्तव्यमा समावेश नगर्नु उपयुक्त हुन्छ । २) (क) नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धीलगायत त्यसपछिका दुई देशबीचका अन्य सन्धीसम्झौताहरु पुनरावलोकन गर्न सन् २०११ मा मेरो भारत भ्रमणका क्रममा गठन गर्ने निर्णय भई गठित नेपाल–भारत संयुक्त प्रवुद्ध समूह (EPG) को दुई वर्षे म्याद अब चाँडै सकिँदैछ । समूहको कार्य चुनौतिपूर्ण रहेको र यसको प्रतिवेदनले दुई देशबीचका सम्बन्धलाई दूरगामी असर पर्ने हुँदा हतारोमा प्रतिवेदन पेश गर्नु भन्दा समूहको केही समय (६ महिना) म्याद थप गरिनु उचित देख्दछु । (ख) दुबै देशले परिस्थिति अनुसार नमानेको (breach) सन् १९५० को सन्धिको अहिले देखापरेको समस्या मात्र हैन भविष्यमा दीर्घकालसम्म आउने समस्यालाई सम्बोधन गर्ने रणनैतिक र दूरदृष्टियुक्त प्रतिवेदन पेश गर्न निर्देशन हुन जरुरी छ । नेपाल–भारतबीचको कोशी (१९९ वर्ष म्याद), गण्डक (म्याद नतोकिएको) र महाकाली (७५ वर्ष म्याद तोकिएको) सन्धीहरुको समयावधि र अन्य असंगतिहरुको पुनरावलोकन गर्ने म्याण्डेट पनि यस प्रवुद्ध समूहलाई दिन उपयुक्त देखेको छु । ३) (क) कोशी नदीमा भारतले बनाएको बाँधको ढोका उचित समयमा नखोलिदिनाले वर्षाकाल शुरु हुनासाथ नेपालको भूमि डुबानमा परी ठूलो जनधनको क्षति हुने गरेको छ । कोशी सम्झौतायता पटकपटक भएका कोशी डुबान तथा कटान पीडितहरुको क्षतिपूर्तीको समस्या हल गर्न तदारुकताको जरुरी छ । यसको साथै नेपालको दक्षिणवर्ती सीमाक्षेत्रहरुमा भारतले करिव डेढ दर्जन ठाउँहरुमा एकतर्फी अग्ला सडक, तटबन्ध आदि संरचना बनाएकोले नेपालका कतिपय जिल्लाको भूभाग डुवानमा परी तनाव हुने गरेको छ । यी समस्या समाधान गर्न एक उच्चस्तरीय अधिकारसम्पन्न संयुक्त संयन्त्र बनाई वर्षा शुरु हुनुअगावै सम्भावित विपत्तिको रोकथाम गर्न जरुरी छ । (ख) सन् २००८ को सेप्टेम्बरमा कोशीमा आएको वाढीले पूर्वपश्चिम राजमार्गमा क्षति पुर्‍याएको हुँदा नेपालबाट भारत भई पुन: नेपाल आउने सवारीलाई इजाजत दिन सडक मर्मतपश्चात बन्द गर्ने गरी कोशीमा एक अस्थायी भारतीय क्याम्प राख्न अनुमति दिइएको थियो (यो विषय पूर्वप्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण हुँदा संयुक्त विज्ञप्तीमा उल्लेख छ) । हाल काम सकिइसकेकोले सो क्याम्प बन्द गर्न परराष्ट्र मन्त्रालयले भारतसमक्ष दुई पटक पत्राचार गर्दा पनि अटेर गरिरहेको अवस्था छ । त्यसैले सो क्याम्प बन्द गर्न पहल गर्नुपर्छ । ग) प्रस्तावित कोशी उच्च बाँधको सन्दर्भमा भारतसँग र आवश्यकता परे बंगलादेशसँग समेत सहकार्य गरी कलकत्तादेखि कोशीको चतरासम्म फिडर जहाज ल्याउन सकिने सम्भावनाको अध्ययन सुरु गर्न आवश्यक छ । ४) दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र लिपुलेकमा वि.स.२०७२ मा भारत र चीनबीच भएको ४१ बुँदे सहमतिको दफा २८ मा आपसमा धार्मिक एवं व्यापारिक प्रयोजनको लागि नाका खोल्ने विषय उल्लेख छ । यो त्रिदेशीय विषय भएको हुँदा नेपालको संलग्नता विना दुई देशबीच सम्झौता हुनु आपत्तिजनक हो । भुटानको दोक्लाम प्रकरणबारे लोकसभामा भारतीय विदेश मन्त्रीले जानकारी गराउँदा भारत र चीनबीच सन् २०१२ मा सहमति भएको कुरा स्वीकार गर्नु भएको थियो । यो सहमति लिपुलेकको सन्दर्भमा उत्तिकै सान्दर्भिक भएकोले अहिले भारतसँग र पछि चीनको भ्रमण हुँदा चीनसँग पनि कुरा उठाउनुपर्छ । ५) (क) नेपाल र भारत सीमा नक्सा (strip map) ९८ प्रतिशत (सुस्ता र कालापानीबाहेक) तयार छ । त्यस्तै नेपाल–भारतबीचको सुपर्दगी सन्धी मन्त्रीस्तरीय दस्तखत हुन मात्र बाँकी छ । सीमा नक्सामा दुई देशबीच विभिन्न ठाउँको भूभाग यता/उता भई विवाद उल्झने र सुपर्दगी सन्धीमा तेस्रो मुलुकको व्यक्ति पनि सुपर्दगी गर्ने कुराले (पाकिस्तान र चीनबाट) विवादित भइरहेको छ । यी सन्धीहरुबाट नेपाललाई दूरगामी असर पर्न सक्ने हुँदा पर्याप्त गृहकार्य नगरी यस विषयमा प्रतिक्रिया वा सहमति जनाउनु उपयुक्त हुनेछैन । (ख) सीमाबाट बग्ने नदीले बारम्बार धार वदल्दा (Gradual change) उत्पन्न सीमा समस्या क्रमश: सुस्ता र कालापानीको समस्या हो र यो प्राविधिक तहबाट मात्र समाधान हुन गाह्रो छ । भारत र वंगलादेशले यस्तै प्रकृतिको सीमा समस्या राजनैतिक तहबाट समाधान गरेको उदाहरण छ । राजनैतिक तहबाट सुस्ता, कालापानी समस्याको समाधान गर्ने विषयमा सोच्न सकिन्छ । ६) (क) नेपाल–भारत व्यापारघाटा ६ खर्ब (१:१३ गुणा)ले बढ्दैछ । व्यापारघाटा न्यून गर्न नेपाली बस्तु भारत निर्यात गर्न अतिरिक्त भन्सार, non tariff, para tariff, LPT क्वारेन्टाइन आदिको बन्देज हटाउन र नेपालमा निर्यातमुखी सेवा र उद्योगहरुमा व्यापक प्रवद्र्धन गर्न आवश्यक छ । लगानी आकर्षण गर्न मुनाफा लैजान र वैदेशिक लगानीमा सुरक्षाको प्रत्याभूति आवश्यक पर्ने हुँदा मेरो पालामा भएको विप्पा सम्झौता कार्यान्वयनतर्फ विचार गरिनु आवश्यक छ । ख) नेपालले भारतबाट खरिद गरिरहेको करिब ४०० मेगावाट पावर ट्रेडिङ प्रतिस्पर्धा गराई सस्तोमा खुल्ला बजारबाट खरिद गर्नु आवश्यक छ भने ठूला पूर्वाधार आयोजना पञ्चेश्वर (सुरुमा ६४८० मे.वा.) तथा अरुण तेस्रो (९०० मे.वा.) को कार्य भारतलाई अबिलम्व शुरु गर्न लगाउन आवश्यक छ । (ग) भारतीय आयल निगमले पेट्रोलियम पदार्थ इरानसँग (इरानमा आंशिक आर्थिक नाकाबन्दीको कारण) oil for food को ब्यानरमा सस्तो दरमा किन्ने गर्छ । त्यसैगरी इरानले अरु अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकहरुलाई पनि सहुलियत दरमा कच्चा तेल बेच्ने गर्दछ । भारतको रिफाइनरी प्रयोग गरी त्यसको शुल्क दिने गरी नेपालले कच्चा तेल खुल्ला बजारबाट सुविधामा खरीद गर्दा राम्रो हुन्छ । यस विषयमा भारतीय पक्षलाई सहमत गराउन सकिए नेपाललाई धेरै ठूलो आर्थिक फाइदा हुने र नेपालको भारतसँगको व्यापारघाटा न्यून गर्न मद्दत पुग्नेछ । ७) भारत र चीन दुवै आर्थिक एवं सामरिक शक्तिको रुपमा उदयमान हुँदै गरेको अवस्थामा दुई देशबीच अवस्थित नेपालको रणनीतिक महत्व ह्वात्तै वढेको छ । दुई देशसँग सुमधुर र सहयोगात्मक सम्बन्धबाट नेपालले फाइदा लिनु नै हाम्रो मैत्री नीति हुनेछ । भारत–चीनबीच करिव एक सय विलियन डलरको व्यापार अधिकांश सामुन्द्रिक बाटोबाट हुन्छ, यो नेपालबाट गराउन सके उनीहरुलाई एक तिहाई ट्रान्जिट लागत र समयको बचत हुन्छ । भारतले हालै दलाइ लामाप्रति अनुदार हुँदै चीनसँगको सम्बन्धमा सुधार गर्न थालेको परिप्रेक्ष्यमा दुई देशबीचको नेपाललाई एक गतिशील आर्थिक पुलको रुपमा विकसित गर्न सम्भावना बढेको छ । यस विषयमा हाल भारतसँग र पछि चीनसँग कुरा गरेर त्रिपक्षीय सम्बन्ध विकसित गर्न सकिन्छ । ८) नेपाल वर्तमान अध्यक्ष रहेको बिम्स्टेक र सार्कलाई गति दिनु आवश्यक छ । बिम्स्टेकको चाैथो वैठक नेपालमा र सार्कको १९ औं शीर्षस्थ वैठक पाकिस्तानमा गर्न अध्यक्षको नाताले पहल गर्न जरुरी भैसकेको छ । भारतले अझै पाकिस्तानमा सार्क सम्मेलन गर्ने इच्छा नगरे सार्कको वैठक वर्णानुक्रम (Alphabetical Order) अनुसार अहिले श्रीलंकामा गरी पछि २०औँ बैठक पाकिस्तानमा गर्ने वैकल्पिक बाटो छ । यसप्रकारको swapping गरी सार्कले गत तीन पटक SAARC Process लाई गति दिएको उदाहरणहरु छन् ९) सन् १९४७ को नोभेम्बरमा भएको गोरखा भर्ती त्रिपक्षीय सम्झौता अन्तर्गत भारतले गोरखा सैनिकहरुलाई छिमेकीहरुको विरुद्ध सैनिक कार्यवाहीमा अग्रपंक्तिमा राखी प्रयोग गर्ने गरेको छ । गोरखा सैनिक विषय कतिपय ठाउँमा प्रतिष्ठाको विषय भए पनि यसको प्रयोगको विषयमा अन्तर्राष्ट्रिय चासो र विवाद उत्पन्न हुन थालेको छ । यसै सन्दर्भमा गोरखा सैनिकहरु भारतीय वा नेपाली मूलको समूह एवं नेपालको छिमेकी राष्ट्रविरुद्ध प्रयोग नगर्न guidelines बनाउन भारतीय पक्षसँग कुरा राख्न ढिला भइसकेको महसुस भएको छ । १०) भारतीय सहयोगबाट नेपालमा निर्माण गर्ने भनिएका परियोजनाहरु समयमा नसकिने, ढिलो भएका कारण लागत बढ्ने, कतिपय आयोजना ओगटेर (hold) मात्र बस्ने गरेकोले अब हुने प्रधानमन्त्रीज्यूको भ्रमणमा नयाँ आयोजना थप्नु साटो भएकै आयोजना time bond गरी सम्पन्न गराउन जोड दिनु वेश हुन्छ । अल्पविकसित मुलुकको अवस्थाबाट विकासशील मुलुकको दर्जामा graduate हुने संघारमा रहेको देश नेपालले अनुदान माग्नु भन्दा नरम वा निर्व्याजी ऋण लिई परनिर्भरताबाट बिस्तारै मुक्त हुन प्रयासरत हुन आवश्यक छ । सम्माननीय प्रधानमन्त्री ज्युको भारत भ्रमण पूर्ण रुपमा सफल रहोस् । हार्दिक शुभकामना । धन्यवाद । चैत्र २२ (बाबुराम भट्टराई) पूर्वप्रधानमन्त्री तथा संयोजक, नयाँ शक्ति पार्टी, नेपाल

३६ वर्षपछि जिम्बाम्बे विश्वकपबाट आउट, हटाइए कप्तान, कोच र अन्य स्टाफ

कठमाडौं, आगामी वर्ष इंग्ल्याण्डमा हुन गइरहेको विश्वकप क्रिकेटमा जिम्बाम्बेले भाग लिन नपाउने भएको छ । क्वालिफाइ हुन नसकेपछि सिँगो टिममाथि नै प्रश्न उठाउँदै महत्वपूर्ण परिवर्तन समेत गरिएको छ । ३६ वर्षपछि विश्वकपबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भएपछि टीमका कप्तान ग्रेम क्रीमरलाई पदमुक्त गरिएको छ । त्यसैगरी टीमका कोच हीथ स्ट्रिक र कोचिङ स्टाफलाई आफ्नो पद छोडन केही समय दिइएको छ । टीमका कोच हिथ स्ट्रीकको कार्यकाल अक्टुबरमा समाप्त भइरहेको छ । टीमका बलर कोच लन्स क्लूजनरदेखि बलर कोट डगलस होन्डोले समेत टीमबाट हटनु पर्ने छ । टीमले खराब प्रदर्शन गरेका कारण यो परिवर्तन गरिएको हो ।

सलमान र अक्षयबीचको दुरी कम गर्दै कैटरिना

मंसिर १९ । बलिउड क्षेत्रमा चर्चित सुपरस्टार सलमान खान र अक्षय कुमारबीच राम्रो साथी थिए तर पछिल्लो महिनादेखि दुवै जनाबीच दुरी बढिरहेको छ । जुन चलचित्र भाईजान करण जौहरसँग मिलेर अक्षय कुमारको चलचित्र ‘केसरी’ निर्माण गरिरहेका छन् । अब यस्तो लागिरहेको छ कि यी दुईको मित्रता पहिलेको जस्तो हुने गर्ने छैन । यिनीहरुबीच बढिरहेको दुरीको कारण रेशमा शेट्टीलाई लिने गरेको छ । रेशमा पहिले सलमानको म्यानेजर थियो तर अब अक्षय कुमार म्यानेजर बनेको छ । रिपोर्टअनुसार सलमान, करण र अक्षयसँग गुनासो रहेको छ । किनकी यो बैटल अफ सारागढीमा चलचित्र बनाइरहेको छ जसको घोषणा धेरै पहिले उनको राम्रो साथी अजय देवगन चलचित्रले गरिसकेको छ । कारण चाहे जे होस्, यति कुरा त पक्का हो कि सलमान र अक्षयबीच अहिलेसम्म सबै कुरा ठीक छैन । यसै कारणले कैटरिनाले दुवैबीचको बढ्दो दुरीलाई हटाउने कोसिस गरिरहेकी छिन् । तर, दुःखलाग्दो कुरा यो हो कि भाईजान मान्न तयार नै छैन । हालैमात्रको खबरअनुसार कैटरिनालेका लामो समयको कोसिसपछि अक्षयसँग ठूलो पर्दामा आउनका लागि एकदमै हतारिरहेको छ । केसरीका हिस्सा बन्नको लागि अभिनेता अक्षयसँग आधा रातको भेटघाट पनि गरेका थिए । तर केही गलत अफवाहका अनुसार धूम ३ का स्टारको चलचित्र मिलिसकेको छ भने के भन्नु कसैले भन्छन् कि यो भूमिका परिणिती चोपडालाई मिलेको छ ।

अागामी डिसेम्बर २२ मा ‘टाइगर जिन्दा है’ रिलिज हुने तयारीमा

मुम्बई, कार्तिक २१ । सलमान खान र क्याट्रिना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा है’ को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म सलमान अभिनीत ‘एक था टाइगर’ को सिक्वल हो । २२ जना नर्सलाई आतंकवादीले अपहरण गरेको कथामा फिल्म आधारित छ। फिल्म डिसेम्बर २२ मा रिलिज हुनेछ। एजेन्सी

यस्ताे छ, आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा तोकिएको छ । अस्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ५० पैसा, क्यानाडियन डलरको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ । त्यस्तै, युरोको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा तथा पाउन्ड स्टर्लिङको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर संशोधन गर्न सकिने र वाणिज्य बैंकले तोक्ने दर फरक पर्न सक्ने जनाएको छ । अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुन्छ ।  

वैवाहिक करणी कसूरमा साढे ३ वर्ष सजाय

काठमाण्डौं । वैवाहिक करणी कसूरमा उच्च अदालत दिपायलले अछामका एक पुरुष ३ बर्ष ६ महिना बस्ने भएका छन्। विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको ठहर गर्दै उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगत बहादुर थापाको इजलासले उत्त फैसला सुनाएको हो । बहुविवाह गरेपछि प्रहरीमा जाहेरी दिई कारवाही गराएको भनी प्रतिवादले विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको आरोप लागेको थियो । उक्त मुद्दामा परिवर्तित नामले बहुविवाहको मुद्दामा छुटेर आएपछि श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए। यस्तै २०७७ असोज ६ गते जबरजस्ती करणी समेत भएको भन्दै पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय अछाममा मुद्दाको अनुसन्धान गरेको थियो। पीडितको शारीरिक परीक्षण गर्दा गर्धन र दायाँ कुमतर्फ चोट पटक लागेको देखिएको औँल्याइएको थियो। पीडितले अदालतमा बकपत्र गर्दा समेत जाहेरी अनुसार जनाउ गरी बेहोरा लेखाएको र प्रतिवादीले भने सहमतिमा करणी गरेको भनी बयान दिएका थिए। पीडितले आफूमाथि जबरजस्ती करणी भएपछि छिमेकीलाई गुहारी आफूमाथि भएको अन्यायको बेहोरा सुनाएको र सोही कुरा साक्षीहरूले अदालतमा ब्यक्त गरेका थिए। तर जिल्ला अदालतले भने पीडितले जबरजस्ती करणी गरेको भन्ने बेहोराको बकपत्र गरेको भएता पनि जबरजस्ती करणीको कसूर स्थापित हुने प्रमाण नरहेको भनी सफाई दिएको थियो।

द्विपक्षीय सम्बन्ध बिस्तार गर्न चीनको सी–पिङ नगरका प्रतिनिधि चितवनमा, मेयर रेनुले गरिन स्वागत

चितवन । सोमबार भरतपुर आएको चीनको सिपिङ सिटीका प्रतिनिधीहरूको टोलीलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ । उक्त अवसरमा बोल्दै भगिनी सम्बन्धपछि दुई सहरका बिचमा सुमधुर सम्बन्ध बन्दै जाने प्रतिनिधि मन्डलका प्रमुख डिपोटी सेक्रेटरी ली ह्वाडंगले बताउनु भयो । ली ले सॉस्कृतिक आदानप्रदानसंगै प्रविधि हस्तानतरणका साधै पूर्बाधार निर्माणमा दुई सहरबीच सहकार्य हुनुपर्ने बताउनु भयो । सिपिङले गरेका भौतिक बिकाससंग भरतपुरलाई जोड्न सक्दा सिस्टर सिटीको महत्व हूने बताउँदै आफूहरूले कृषि, शिक्षा, स्वास्थ्य र पूर्बाधारको क्षेत्रमा चिनियाँ लगानी भित्तयाउन सिपिङले भूमिका खेल्ने बताउनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिकाको अवस्थाका साथै भएगरेका कामको जानकारी गराइएको थियो । कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत नेत्रप्रसाद सुबेदी, महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष अरूण पिडित भन्डारी, वडा अध्यक्षहरूकासाथै चिनियाँ प्रतिनिधीहरूको सहभागिता रहेको थियो । जनगणतन्त्र चीनको सिपिङ्ग सिटीका प्रतिनीधी मण्डलमा चिनियाँ कम्युनिष्ट पार्टीको सिपिङ म्युनिसिपल कमिटीका डेपुटी सेक्रेटरी लि यान, सिपिङ म्युनिसिपलको पर्यटन र सँस्कृति ब्युरोा निर्देशक जि झियिङ, होङ्जु आर्थिक विकास क्षेत्रका फु योङ्जिउ, सुआङ्लिआओका डेपुटी मेयर नी ली र सिपिङ विदेश मामिला सेवा केन्द्रका सुन शेङ्नान रहनु भएको छ । कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले टोलीलाई स्वागत गर्नु भएको थियो । सिपिङ्ग सिटीका प्रतिनीधि मण्डललाई स्वागत गर्न पाउँदा भरतपुर महानगरपालिका परिवार अत्यन्तै हर्षित भएको बताउँदै महानगर प्रमुख दाहालले भन्नुभयो, ‘नेपाल र चीनबीच भृकुटी र स्रङ्गचङ्ग गम्पोसँग जोडिएको सदियौँदेखिको अत्यन्त सुमधुर सम्बन्ध कायम रहँदै आएको छ । चीनले नेपालको पूर्बाधार बिकास, शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा नेपाली जनताको मन जित्ने गरी सहयोग पूर्याइरहेको छ । म जनगणतन्त्र चीनप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु।’ कृषि र औद्योगिक विकासको क्षेत्रमा तीव्र गतिमा अगाडि बढिरहेको मित्रराष्ट्र चीनको सिपिङ्ग सिटी र भरतपुर महानगरपालिकाबीच गत जेठ महिनामा भगिनी सम्बन्ध कायम भएको छ । यसबीचमा भरतपुर महानगरपालिकाको प्रतिनिधी मण्डलले सिपिङ्ग सिटीको भ्रमण सम्पन्न गरिसकेको छ । सिपिङ्ग सिटी र भरतपुर महानगरपालिकाबीच भएको भगिनी सम्बन्धले दुई नगरबीचको आपसी सम्बन्धलाई सुमधुर बनाउने महानगर प्रमुख दाहालले विश्वास व्यक्त गर्नुभयो । यस सम्बन्धले कृषि पर्यटन औधोगिक विकासका साथै ज्ञान, सिप, प्रविधि आदनप्रदान मार्फत जनस्तरको सम्बन्धलाई झनै प्रगाढ पार्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । ‘मित्र राष्ट्र चीनको सिपिङ्ग सिटिसँग सहकार्य गर्दै समृ४ि यात्रामा सँगसँगै जान चाहन्छौं’ दाहालले भन्नुभयो, ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यका साथै पूर्वाधार विकासमा सहकार्य गर्न चाहन्छौं । यस अवसरमा सिपिङ्ग सिटि र चिनियाँ निजी क्षेत्रसँग भरतपुर महानगरपालिकामा लगानी गर्न आह्वान समेत गर्दछु ।’

माइक्रो र मोटरसाइकलको दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं, कात्तिक १३ । मंगलबार बिहान काठमाडौंको लैनचौरमा मोटरसाइकल र माइक्रोबस ठोक्किदाँ एकजनाको मृत्यु भएको छ भने अर्काे घाइते भएका छन् । खानी विभागस्थित सडकखण्डमा बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रो र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक नुवाकोट बस्ने ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले बताएको छ । पछाडि सवार सोह्रखुट्टै बस्ने सरज थापा घाइते भएको छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको र माइक्रो चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत दरबारमार्गले जनाएको छ।

रोजगारमूलक काममा लाग्नेलाई प्रोत्साहन गर्छौँ : कृषिमन्त्री

चितवन, असोज २६ । प्रदेश नं.३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले स्वेदशमा रोजगारमूलक काममा लाग्ने व्यक्तिलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताएका छन् । देश सरकारले यस वर्षमात्रै एक हजार चार सय ५० जनालाई सीपमूलक तालिम दिने तयारी गरेको मन्त्री लामाले बताऐ । शुक्रबार चितवनको भरतपुरमा सिनर्जी मिट मार्टको उद्घाटन गर्दै मन्त्री लामाले प्रदेश ३ मा प्रशस्त सम्भावनाहरु भएको ठाउँ भएकाले यहाँ नहुने भन्ने केही पनि नभएको बताए । युवाहरु बेरोजगार नहोस् र विदेश पलायन नहुन् भन्ने उद्देश्यले युवाहरुले रोजेकै विषयमा उनीहरु त्यस विषयमा दक्ष हुने गरी स्थानीय सरोकारवालासँगको सहकार्यमा तालिम प्रदान गरिने लामाले बताए । बाइट… दावादोर्जे लामा, मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी (प्रदेश ३) भरतपुर १० मा सुधनराज जोशीले करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याउनुभएको मिट मार्टमा ८ जना व्यक्तिले प्रत्यक्षरुपमा रोजगार पाएका छन् । मानव स्वास्थ्यलाई ख्याल गर्दै अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको मासु बिक्री गर्ने जोशीले बताए । आफ्नै भवनबाट सञ्चालनमा आएको सिनर्जी मिट मार्टले हाँस, स्थानीय तथा ब्रोइलर जातका कुखुरा, खसीको मासु तथा कुखुराको अण्डाको साथै ससेज, सी फुडलगायतका खाद्य सामग्री बिक्री वितरण गर्ने जोशीको भनाइ छ । मार्टमा कुखुराको मासु २ सय ६० रुपैयाँ प्रतिकिलो, खसीको मासु ८ सय रुपैयाँ तथा बोसोरहित खसीको मासु आठ ५० रुपैयाँ प्रति किलोमा बिक्री वितरण गरिने जोशीले बताए ।