सीजीका गुणस्तर एवं आकर्षक फ्रिजहरुमा ५ वर्षका वारेण्टी बजारमा
काठमाडौं । इलेक्ट्रोनिकस क्षेत्रमा नेपालकै नं.१ ब्राण्ड बन्न सफल सिजीले हालै आएर एकदमै नयाँ मोडलका आकर्षक एवं गुणस्तरयुक्त फ्रिजहरु ल्याएको छ ।
ग्राहकहरुलाई मध्यनजर गरी अब उक्त फ्रिजहरुमा तपाईंहरुले ५ वर्षसम्मको वारेण्टीसमेत प्राप्त गर्न सक्नुहुने छ । उक्त फ्रिजहरु विभिन्न आकर्षक रंगहरुमा १८१ लि. र १८५ लि. सिंगल डोरमा र २३० लि. र २६० लि. डबल डोरमा उपलब्ध छन् ।
आकर्षक फूलबुट्टा र बेस स्ट्याडमा ड्रवर सहित भएको उक्त फ्रिजहरुमा अब बत्ति गएको १२ घण्टासम्म यसले खानालाई चिसो बनाई स्वच्छ र ताजा बनाई राख्दछ ।
विभिन्न आकर्षक रंगहरु जस्तै– खैरो, निलो, रातोमा फुलबुट्टा सहित भएकोले अब तपाईहरुको घरको कोठालाई पनि आकर्षक रुप दिने छ।
दशैंको अवसरमा कम्लेक्सहरुमा मोबाईल किन्दा अफर, कसले के दिँदैछ त ?
काठमाडौं, दशैं र तिहार नजिकंदै जाँदा व्यापारिक उत्साह बढेको छ । यसमा सबैभन्दा बेसी चर्चा भने मोबाइल बजारले लिएको छ । मोबाइल बिक्रि हुँदै आएका बिभिन्न स्थानमा अहिले आकर्षक अफरसहित मोबाइल मेला र एक्सपोको आयोजनाको घोषणा भएको छ । राजधानीमा मोबाइल व्यापारका लागि प्रसिद्द ललितपुर मोबाइल कम्प्लेक्सले मोबाइल एक्सपो २०७४ आयोजना गरिहरहकेको छ भने ताम्राकार कम्प्लेक्सले भदौ २२ गतेदेखि उपहार नै उपहार योजना सुरु गर्दैछ । ताम्राकार मोबाइल कम्प्लेक्सले ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना भदौ २२ गतेदेखि सुरु गर्दैछ । यो मोबाइल मेलाको मुख्य प्रायोजन मोटोरोला र लेनेभो मोबाइलले गर्दै छन् । महोत्सव अवधिमा ताम्राकार मोबाइल कम्प्लेक्सले मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । ताम्राकार मोबाइल कम्प्लेक्सले महोत्सव अवधिमा सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी लेनेभोका मोबाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रति प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको कम्प्लेक्सले जनाएको छ । ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । मोबाइल बजारमा दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि एकै साथ प्रदान गरिने कम्प्लेक्सले जनाएको छ । बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा कम्प्लेक्सले मोटरसाइकल, टिभी, स्मार्ट फोन बितरण गरिने जनाएको छ । दैनिक २ वटा मोबाइल, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था गरेको कम्प्लेक्सले साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फत बितरण गर्ने जनाएको छ । बम्पर उपहार स्वरुप एउटा मोटरसाइकल तथा एउटा स्कुटरको लक्की ड्र छठ पर्व सकिए पछि गरिने बताइएको छ । एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिने विज्ञप्तीमा उल्लेख छ । मोबाइल मेला अबधीभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायतसबै ब्राण्डका मोबाइल फोनको कारोबार बताइएको छ । उता ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले एक्सपोमा मोबाइल खरिद गर्नेहरुलाई हुवावी जीआर ५ र पी ९ लाइटमा २५ प्रतिशतसम्मको छुट दिइरहेको छ भने सोनीको एक्सपेरिया एक्सजेडमा ३० प्रतिशतसम्मको छुट प्रदान गरिरहेको छ । त्यसैगरि मोबाइल कम्प्लेक्समा एक्स्पो अवधिभर लाभाको लाभा एक्स वान प्लस, लाभा एक्स ८, लाभा पिक्सेल भी २ प्लस, लाभा ८६०, लाभा ग्राण्ड २, लाभा ग्राण्ड २ सी फोनहरुमा पनि २५ प्रतिशत नगद छुट दिईने मलले जनाएको छ । त्यसैगरि कुनै पनि मोबाइलको खरिदमा हात खाली नजाने उपहारको व्यवस्था गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर लगायत रहेको मलले जनाएको छ । यसका अलावा विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि एकै पटक लागू हुने बताइएको छ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको भ्रमण लगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि पर्नेछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । कम्प्लेक्समा सामसुंग, हुवावी जियोनी, कलर्स, आईफोन, एचटिसी, नोकिया, डिटिसी, ओवीआई, लाभा, सोनी, वन प्लस लगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।
सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढाउँछ: उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । फागुपूर्णिमा (होली) पर्व, २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका हुन् । उनले भनेका छन्, “होली पर्वले हाम्रो राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सामाजिक बन्धनलाई अझ सबल बनाओस्, प्रेम, मैत्रीभाव र सहकार्यको वातावरण सृजना गर्दै देशलाई प्रगति र समृद्धिको मार्गमा अघि बढाउने प्रेरणा प्रदान गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।” रङ्ग र उमङ्गको प्रतीक यो पर्व हिमाल, पहाड र तराई–मधेसमा विभिन्न नामले मनाइए पनि यसको मूल भावनाले आपसी सद्भाव, भाइचारा र मेलमिलापलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले सत्यको विजय र असत्यको पराजयको सन्देश बोकेको होलीले समाजलाई प्रेम, सौहाद्र्र र सहयोगी भावनाले रङ्गीन बनाउने उल्लेख गरेका छन् । परम्परागत होरी (फागु) गीत, जोगिरा, डम्फा र ढोलकको तालमा गाइने लोकभाकाका साथै मालपुवा, दालपुरी, खिर जस्ता विशेष परिकारले हाम्रो संस्कृतिलाई जीवन्त राख्दै पुस्तान्तरणमा योगदान पुर्याउने उपराष्ट्रपति यादवको भनाइ छ । उनले भनेका छन्, “प्राकृतिक र वातावरणमैत्री रङ्ग प्रयोग गर्दै संस्कृतिलाई सुरक्षित राख्नु हाम्रो सामूहिक जिम्मेवारी हो, होलीले परिवार, मित्रता र समुदायबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पुराना मनमुटाबलाई बिर्सेर नयाँ उमङ्ग र ऊर्जासहित सम्बन्धलाई पुनः सुदृढ गर्ने अवसर प्रदान गर्दछ ।”
घट्दै कोरोनाका सक्रिय संक्रमित, २४ घण्टामा २१५ निको
काठमाडौं । नेपालमा दैनिकरुपमा कोरोनाका सक्रिय संक्रमित घटिरहेको छ । आइतबारसम्म कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ५५८ मा झरेको छ । शनिबारसम्म सक्रिय संक्रमित १ हजार ७५८ थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टामा ५ हजार २२२ जनाको कुल परीक्षणमा २३ जनामा संक्रमण देखिएको छ । ३ हजार ७८० जनाको पीसीआर परीक्षणमा १५ र १ हजार ४४२ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ८ जनामा संक्रमण देखिएको छ । २४ घण्टामा निको हुनेको संख्या २१५ रहेको छ । आज २४ हजार ६९१ ले खोप लगाएका छन् ।
दिल्ली क्यापिटल्सद्वारा सन्दीपको प्रदर्शनको प्रशंसा
काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आइसीसी टि–२० विश्वकप एसिया छनोट अन्तर्गत कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले बधाई एवं शुभकामना दिएको छ । फेसबुक पेजमार्फत् दिल्लीले सन्दीपलाई बधाई एवं शुभकामना दिएको हो । सन्दीप इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्सबाट खेल्ने गर्दछन् । उनले आज कुवेतविरुद्ध ४ ओभरमा २१ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । कुवेतविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा पारस खड्काले ११ चौका र १ छक्काको मद्दतमा ६२ बलमा ६८ रनको विष्फोटक ब्याटिङ गरे । यस्तै शरद भेषावकरले ४ चौका र १ छक्काको मद्दतमा ३० बलमा नटआउट ३८ रन रन बनाए । ज्ञोनद्र मल्ल १९ र दीपेन्द्रसिंह ऐरी १ रनमा आउट हुँदा रोहित कुमार पौडेल भने ६ रनमा अविजित रहे । बलिङमा कुवेतका कप्तान मोहम्मद काशिफले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनायो । उसका लागि कप्तान मोहम्मद काशिफले नटआउट ४९, महोम्मद अश्लामले २३, अदनान आर्डिसले २५, रविजा सन्दरुवानले १५, बिलाल ताहिरले १३ रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मीले ३–३, करण केसीले २ र अविनाश बोहराले एक विकेट लिए । नेपालले अब प्रतियोगिताको अन्तिम खेल भोलि बिहान सिंगापुरविरुद्ध खेल्ने छ । यदि यो खेल नेपालले जीतेमा विश्वकप छनोट खेल्न पाउने छ ।
पाकिस्तानकाे अाक्रामक बलिङ, १५ अाेभरमैं ३ विकेट गुमायाे अफगानिस्तानले
लण्डन । जारी विश्वकप क्रिकेट अन्तर्गत अाज भईरहेकाे खेलमा अफगानिस्तानले तीन विकेट गुमाईसकेकाे छ । पाकिस्तानका तर्फबाट युवा खेेेेलाडि शाहिनले दुई विकेट लिएका छन् । विकेट गुमाए पनि अफगानिस्तानले समेत अाक्रामक ब्याटिङ गरिरहेकाे छ । १५ अाेभरकाे खेलसम्म अफगानिस्तानले ७७ रन जाेडेकाे छ । अाजकाे खेलमा पाकिस्तान विजय भए शीर्ष ४ मा पुग्ने सम्भावना बलियाे छ । अफगानिस्तानले भने अहिलेसम्म एउटा पनि खेल जितेकाे छैन । खेल जारी छ ।
अब सवारी दुर्घटनाबाट मृत्यु भएमा परिवारले २८ लाखसम्म पाउने
काठमाडौं, जेठ २४ । अब सवारी दुर्घटनाबाट मृत्यु भएमा पीडित परिवारले बिमा कम्पनीबाट अधिकतम २८ लाख रुपैयाँसम्म पाउने भएका छन् । यातायात व्यवस्था विभागको अनुरोधमा बिमा समितिले मोटर बिमाको बिमांक रकम ८ लाखबाट बढाएर २८ लाख रुपैयाँसम्म बनाउने तयारी गरेको छ । विभागले मोटर बिमा योजनामा मेरुदण्ड र टाउकोमा लागेको चोटको पनि रक्षावरण गर्न समितिलाई अनुरोध गरेको छ । सरकारले यातायात समितिहरूको खारेजी गरेपछि व्यवसायीलाई थप सुरक्षित बनाउन बिमांक रकम बढाउने तयारी गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयपछि विभागले मोटर बिमालाई संशोधन गरी बिमांक रकम बढाउन बिमा समितिलाई अनुरोध गरेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । मृत्युबापतको रकम बढाइँदै यातायात विभागको अनुरोधमा बिमा समितिले मोटर बिमाअन्तर्गत मृत्यु वा उपचारबापतको रकम बढाउने भएको छ । समितिले मोटर दुर्घटनाका कारण मृत्यु भएमा १० लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ तोकिने तयारी गरेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । हालको व्यवस्थाअनुसार मोटर दुर्घटनाबाट मृत्यु भएमा ५ लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था छ । यसअघि विभागले मेडिकल उपचारबापत ६ लाख रुपैयाँ पुर्याउनुपर्ने प्रस्ताव गरेको थियो । २८ लाख पाउने अवस्थाबिमा समितिले संशोधन गर्न लागेको मोटर बिमा योजनामा सवारी दुर्घटनाका कारणले मेरुदण्ड र टाउकोमा चोट लागेमा उपचार गर्न १५ लाख रुपैयाँ तोकिएको छ । यो व्यवस्थाअनुसार दुर्घटनाका कारणले मानिसको मृत्यु भएमा अधिकतम २८ लाख रुपैयाँसम्म कम्पनीले भुक्तानी गर्नुपर्नेछ । दुर्घटनाबाट मृत्यु मात्रै भएको अवस्थामा कम्पनीले १० लाख रुपैयाँ भुक्तानी गर्नेछ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
एनआईसी बैंकको प्रशंसा गरेका नबिलका सिईओ शाहले भने, ‘कारबाही भोग्न तयार छु’
काठमाडौं, बैशाख ४ । नबिल बैंक लिमिटेडका सिईओ अनिल केशरी शाहले नबिल बैंकले ल्याएको ‘नारी निक्षेप र कर्जा अफर’ कार्यक्रममा आफ्नो प्रतिस्पर्धी बैंक एनआइसी एसिया रहेको बताएका थिए । त्यतिमा नै उनले आफ्नो कुरा सिमित राखेनन् । एनआईसी एसिया बैंकको प्रशंसा गर्दै उनले पछिल्लो समय त्यो बैंकले ठूलो फड्को मारेको बताएका थिए । उनले भनेका थिए ‘नढाँटी भन्दा अबको हाम्रो मुख्य प्रतिस्पर्धा नै एनआईसी एशिया बैंकसँग हो । एनआईसी एशियाले मैले समेत नसोचेको कुरा गरेर देखाइदियो । उसको प्रगति अनुकरणीय र प्रशंसनीय छ ।’ अनिलको भनाई एनआईसी एसिया बैंकले पछिल्लो समय आफ्नो शाखा विस्तार गरी खुद्रा व्यापार र साना तथा मझौला व्यवसायी उन्मुख भएको र यो ठूलो उपलब्धि रहेको भन्ने थियो। उनले भनेका थिए, ‘नेपालमा यो क्षेत्र ठूलो छ र एनआईसीले यसमा हात अघि बढाएकोले यो काम अनुकरणीर छ।’ यति कुरा गरेका अनिल केशरी शाह विवादमा तानिए। एक बैंकको सिईओ रहेर अर्को बैंकको प्रशंसा गर्ने भन्ने विषयले चर्चा समेत पायो । पछिल्लो समय उनलाई सञ्चालक समितिले स्पष्टिकरण समेत लिएको छ । सञ्चालक समितिका सदस्यहरुले समितिको बैठकमा उनलाई बोलाएरै एनआईसी एसियाको बारेमा बोलेका कुराहरुको बारेमा सोधेका थिए । सञ्चालक समितिका एक सदस्यका अनुसार शाहले बैंकलाई नै धक्का पुग्ने गरी नकारात्मक कुरा बोलेको भन्दै समितिको बैठकमा आलोचना भएको थियो । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रहेको व्यक्तिको जिम्मेवारी के हुने, के नहुने भन्ने कुरा पनि उनलाई सोधिएको थियो । सञ्चालक समिति सदस्यहरुको कुरामा कुनै प्रतिक्रिया नजनाई सबैको कुरा सुनेरै लामो समयसम्म शाह मौन बसेका थिए । बरु सदस्यहरुले बोल्न छोडेपछि उनले राम्रो तरिकाले आफ्नो कुरा प्रष्ट्याए । उनले उक्त बैठकमा भनेका थिए, ‘आफूलाई विवादमा नै पार्ने अभिप्रायले त्यस्तो अभिव्यक्ति दिएको होइन । पछिल्लो समयको राइजिङ बैंक एनआईसी रहेको आशयले त्यो कुरा बताएको हुँ । एनआईसी बैंक पनि आफ्नो प्रतिष्पर्धी हुन सक्छ, भनेको हुँ ।’ यति कुरा गरेपछि उक्त बैठकमा सञ्चालकहरुको तर्फबाट मिडियामा बोल्दा विचार गरेर बोल्नुपर्ने भन्दै अरु बैंकहरुले यसको फाइदा लिन सक्ने भन्दै उनलाई सचेत गराइएको थियो । बैंकको कार्यकारी अधिकृत भएपछि हरेक शब्दमा ध्यान दिनुपर्ने सञ्चालकहरुको भनाई थियो । उक्त प्रशंगमा शाह अलि चर्किएका थिए । शाहले भनेका थिए, ‘आफूले कुनै अप्ठ्यारो पार्ने हिसावले अभिव्यक्ति नदिएकाले यसमा कारबाही नै हुन्छ भने पनि भोग्न तयार छु ।’ यति भनेपछि सबै जना मुखामुख गरेर मिटिङ सकिएको ति सञ्चालकले बताए। तर शाहलाई कारबाही भने भएको छैन । कस्तो छ नबिल र एनआईसी एशियाको सुचांक ? पछिल्लो समय आक्रामक रुपमा अगाडि बढेको एनआईसी एशियाले देशभर दुई सय ८१ वटा शाखा स्थापना गरिसकेको छ, जसबाट अग्रणी बाणिज्य बैंकहरूमाथि पनि दबाब परेको छ । नबिल बैंकका अहिलेसम्म देशभर ७५ वटामात्रै शाखा रहेका छन् । चुक्ता पुँजी पनि दुबै बैंकको ८ अर्ब हाराहारीमा रहेको छ। त्यस्तै पछिल्लो समय एनआईसी एशियाले आफ्नो फण्ड बिक्री गरेर केही रकम बढाएको छ । मुनाफाको कुरा गर्ने हो भने चालू आर्थिक वर्षको हालसम्म नबिल बैंकले २ अर्ब ४ करोड पुर्याएको छ भने एनआईसी एसियाले १ अर्ब ५० करोड बनाएको छ। व्यापक रुपमा शाखा सञ्जाल विस्तार गरी सर्वसाधारणको निक्षेप संकलमा ध्यान दिएको एनआईसी एसियाको चालू वर्षको हालसम्मको निक्षेप १ खर्ब ७० अर्ब रहेको छ। जबकी नबिल बैंकको निक्षेप १ खर्ब ५६ अर्ब मात्रै पुगेको छ। कर्जा लगानीमा पनि एनआईसी नै केही अगाडि देखिएको छ। चालू वर्षको हालसम्म एनआईसीको कर्जा लगानी हालसम्म १ खर्ब ५० अर्बको हाराहारी रहेको छ भने नबिलले १ खर्ब ३० अर्ब मात्रै कर्जा प्रवाह गरेको छ।
आइपीएलमा सुरेश रैनाको ५ हजार रन पूरा
काठमाडौं, चैत ९ । भारतीय क्रिकेटर सुरेश रैनाले इन्डियन प्रिमियर लिग (आइपीएल) मा ५ हजार रन पूरा गरेका छन् । आइपीएलमा ५ हजार पूरा गर्ने उनी एक्ला ब्याट्सम्यान हुन् । रैनाले आज रोयल च्यालेन्जर्स ब्यंग्लोर विरुद्ध १५ रन प्रहार गर्दै आइपीएलमा ५ हजार पूरा गरे । ३२ वर्षीय रैनाले ५ हजार रन पूरा गर्न १७७ म्याच खेल्नु पर्यो । उनी इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सबाट खेल्छन् । अहिलेसम्म यो क्रिकेट लिगमा रैनाले एक शतक र ३५ अर्धशतक प्रहार गरेका छन् ।
कमल ऐरीले प्रहार गरे ५ बलमा ५ छक्का, भारत २७७ रनको लक्ष्य पछ्याउदै
काठमाडौं, चैत ६ । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि भारतमा रहेको नेपाली टोलीले पहिलो खेलमा त्यहाँको आन्द्र प्रदेश क्रिकेट टिमलाई २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिला ब्याटिङ गर्दै नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै २७६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८१, सन्दीप जोराले ६९, कमलसिंह ऐरीले २५ बलमा ४४ रन प्रहार गरे । उनले ४८औं ओभरमा ५ बलमा ५ छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले १७ रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकसमेत बटुल्न सकेनन् । यो समाचार तयार पार्दासम्म भारतले (आन्द्र प्रदेश) ले २३ ओभरमा ३ विकेट गुरमाएर १२३ रन बनाएको छ । बलिङमा भारतका लागि पी तेजसवाईले एक्लैले ४ विकेट लिए । भारतको आन्द्र प्रदेश क्रिकेट टिमसँग हुने ४ अभ्यास खेलका लागि नेपाली टोली केही दिनअघि त्यसतर्फ प्रस्थान गरेको थियो ।
हिम पहिरोमा पुरिएर मनाङमा २ जनाको मृत्यु
मनाङ, फागुन २५ । हिम पहिरोमा पुरिएर मनाङको निस्याङ गाउँपालिका–१, क्याङ्दीमा दुई जनाको मृत्यु भएको छ । अन्नपूर्ण पदयात्रामा निस्किएका धादिङका अजय ढकाल र नेदरल्याण्डका भिनसेन्ट ब्लुमको हिम पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको हो । हिउँले पुरिएको अवस्थामा ढकालको शुक्रबार साँझ र ब्लुमको शनिबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । ढकाल ट्रेकिङ गाइड हुन् । पोस्टमर्टमका लागि दुवै जनाको शव हेलिकप्टरबाट काठमाण्डौ पठाएको प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
सिन्धुलीको रिठ्ठेभीरबाट सुनकाेशीमा बस खस्दा १ काे मृत्यु, थप विवरण अाउँन बाँकी
सिन्धुली, असोज २६ । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मा रिठ्ठेभीरबाट ना ६ ख ९१२ नम्बरकाे यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १ जनाकाे मृत्यु भएकाे छ । सिन्धुलीकाे मरिन गाउँपािलकाबाट काठमाडाैँ अाउँदै गरेकाे बस दुर्घटनामा घाइते भएका ७ जना घाइतेकाे उद्दार गरि सिन्धुलीकाे सदरमुकाम लगिएकाे छ । उद्दारका लागि प्रहरी र स्थानीय खटिएका छन् । बसमा कति यात्रु सवार थिए भन्नेबारे थप विवरण आउन बाँकी छ ।
‘बटरफ्लाई’ को ट्रेलर सार्वजनिक
मङ्सिर १६ । आगामी पुस २७ गते रिलिज हुने मिति तय भएको नेपाली चलचित्र ‘बटरफ्लाई’ को ट्रेलर सार्वजनिक गरेको छ । यो चलचित्रमा मुख्य भूमिकामा चर्चित अभिनेत्री प्रियंका कार्की र आर्यन अधिकारी स्टार चलचित्र सस्पेन्स लभ स्टोरी सिनेमा हो । प्रियंका र आर्यनसँगै अर्का अभिनेता अर्पण थापा पनि ट्रेलरमा हाइलाइट्स गरिएका छन् । ओम प्रतिक गुरुङको निर्देशन तथा लेखन रहेको चचित्रमा प्रियंका, आर्यन र अर्पणसँगै रबिन्द्र खड्का, सुष्मा कार्की, पुरन थापा, मोहन निरौला, सुरबिर पण्डित लगायतका कलाकारको अभिनय छ ।
रोनाल्डोका ठाउँमा नेइमार ल्याउने रियल म्याड्रिडको तयारी
एजेन्सी । ब्राजिलियन स्टार स्ट्राइकर नेइमारलाई स्पेनिस क्लब रियल म्याड्रिडले भित्र्याउने बारेमा कुरा अगाछि बढाएको छ । चाुल सिजनका लागि नेइमार बार्सिलोना छोडेर फ्रेन्च क्लब पिएसजीमा आबद्ध भएका थिए । नेइमारलाई भित्र्याउने विषयमा म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले छलफल अघि बढाएको सञ्चारमाध्यमहरुले बताएका छन । पेरेजले नेइमारका बुबासँग कुराकानी गरिरहेको बताइएको छ । नेइमारका लागि रियल म्याड्रिडमा स्थान जहिले पनि खुला रहेको अध्यक्ष पेरेजले बताएका थिए। तर नेइमारका बुबाले रोनाल्डोको बहिर्गमनपछि मात्र नेइमार रियल म्याड्रिडमा आउने पेरेजलाई जवाफ दिएका थिए। रोनाल्डो र रियलबीच सन् २०२१ सम्म सम्झौता छ। त्यसपछि नेइमारलाई रोनाल्डोको स्थान लिनेगरी भित्र्याउन सकिने पेरेजले नेइमारका बुबालाई बताएको स्पेनिस पत्रिकाले उल्लेख गरेको छ। नेइमार अहिले पिएसजीलाई उपाधि जिताउन केन्द्रित छन्। सिजनमा उपाधि जिताएर आफ्नो उचाइ बढाउन आतुर नेइमार पिएसजीमा खुसी देखिएका छन्। किनकि पिएसजीमा ब्राजिलका डानी अल्भेस, मार्किउनोस, थिएगो सिल्भा र लुका माउरा छन् र उनीहरुसँग नेइमारको तालमेल मिल्छ।
कम विद्यार्थी भएका विषय समायोजन गर्दै त्रिवि
काठमाडौँ, साउन २८ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक क्याम्पसमा कम्तीमा १० भन्दा कम विद्यार्थी हुने विषयलाई अर्काे क्याम्पसमा समायोजन गर्ने भएको छ । मुलुककै जेठो र ठूलो विश्वविद्यालयको मानविकी संकायका केही विषयमा विद्यार्थी क्रमशः घटेपछि सो नीति ल्याइएको हो । आइतबार बस्ने त्रिविसभाबाट पारित गरी सो समायोजन (मर्ज) को नीति लागू गरिने त्रिविका योजना महाशाखा प्रमुख प्रा रिदिष पोखरेलले बताउनुभयो । त्रिविमा इतिहास, भूगोल, संस्कृति, नेपालभाषा, मानवशास्त्र, नेपालीजस्ता विषयमा वर्षेनी विद्यार्थी घट्दो छ । पढेर तत्काल रोजगार नमिल्ने विषयको साटो विद्यार्थीले नयाँ, विशिष्टकृत र रोजगारमुखी विषय रोज्न थालेपछि विश्वविद्यालयले क्याम्पसहरुबीच विषय केन्द्रीकृतको नीति लिएको हो । यो नीतिअनुसार कुनै एक क्याम्पसमा १० भन्दा कम विद्यार्थी भएमा त्यहाँ अध्यापन नगराई त्यही विषय पढाइ हुने नजिकैको अर्काे क्याम्पसमा पढाउनेछ । त्रिविको स्नातकोत्तर तहमा इतिहास विषयमा हाल चारजना मात्र विद्यार्थी छन् भने शिक्षकको संख्या त्योभन्दा बढी छ । मानविकी संकायका डीन प्रा शिव भुसालले विषय नै हटाउन नभई क्याम्पसबीचको विषय समन्वय र केन्द्रीकरण गर्न खोजिएको बताउँदै ती विषयलाई पूर्ण खारेज नगरी पाठ्यक्रम परिमार्जनतर्फ लाग्नुपर्ने बताउनुभयो । “कतिपय पुराना विषयलाई नयाँ आएका शान्ति र द्वन्द्व व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयले विस्थापन गर्न खोजेका छन्, यो नेपालको मात्र होइन विश्वकै उच्चशिक्षाको प्रवृत्ति हो तर हामी विद्यार्थी कम भएका विषय एकैपटक खारेज गर्ने पक्षमा छैनौँ, आफ्नो विशेषताका लागि पनि ती विषय कायम राख्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो । हाल सो विश्वविद्यालयमा मानविकीअन्तर्गत २२ विभाग, छ कार्यक्रम र ३० विषय छन् । नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले विद्यार्थी कम भएका विषयलाई क्याम्पसहरुमा ‘मर्ज’ गर्नुभन्दा ‘इमर्ज’ गर्नु उपयुक्त हुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “विषय शिक्षक एक ठाउँमा थुपारेर अर्थ छैन, तिनलाई कसरी काम दिने र व्यवस्थापन गर्ने भन्ने बिषय ठूलो हो, यसो नगर्दा झन भद्रगोल हुन्छ ।” त्रिविसभाले चालू आवका लागि रु १९ अरबको बजेट प्रस्तुत गर्दै छ । त्यसमा उपत्यका बाहिरका क्याम्पसमा पनि सेमेस्टर प्रणालीको विस्तार, अनुसन्धान कोष स्थापनाजस्ता कार्यक्रम रहेको योजना महाशाखा प्रमुख पोखरेलले जानकारी दिनुभयो । स्थापनाको ५८ वर्ष पुगेको त्रिविमा गुणस्तर अभिवृद्धि योजना र सेमेस्टर प्रणालीको कार्यान्वयनसँगै पछिल्ला वर्षमा विद्यार्थीको संख्या र शैक्षिक गुणस्तरमा सामान्य सुधार देखिएको छ तर एक दशकअघिको तुलनामा समग्र विद्यार्थी संख्या बढ्न सकेको छैन । हाल मुलुकका सबै विश्वविद्यालय वा उच्च शिक्षा क्षेत्रको सबैभन्दा बढी भार अर्थात् ८२ दशमलव २ प्रतिशत विद्यार्थी त्रिविसँगै छ । हाल त्रिविबाहेक अन्य नौ विश्वविद्यालय सञ्चालित छन् । हालै खुल्ला विश्वविद्यालय स्थापित भए पनि त्यसले प्राज्ञिक कार्य शुरु गरिसकेको छैन । त्रिवि ऐन, २०४९ बमोजिम सञ्चालित त्रिविलाई सरकारले २०६९ मा केन्द्रीय विश्वविद्यालयको मान्यता दिइसकेको छ । कीर्तिपुरको केन्द्रीय कार्यालयमा यसको ४२ रोपनी जग्गा छ । नेपालमा पहिलो विश्वविद्यालयका रुपमा २०१६ मा यो संस्थाको स्थापना भएको थियो । विसं १९७५ मा भारतको कलकता विश्वविद्यालय र त्यसपछि पटना विश्वविद्यालयको स्वीकृतिमा त्रिचन्द्र कलेज स्थापना भएको थियो । त्रिवि स्थापना हुनुअघि चलेका १६ निजी कलेजलाई समायोजन गरेर त्रिवि बनेको हो ।
केन्यासँग हारको बदला लिन यसरी अभ्यास गर्यो नेपाली टीमले (भिडियो)
आज केन्या र नेपालबीच कीर्तिपुरस्थित खेल मैदानमा निकै महत्वपूर्ण प्रतियोगिता हुँदैछ । नेपाली टोलीले यो खेलका लागि विगत एक महिनादेखि निरन्तर अभ्यास गर्दै आएको छ । कस्तो तयारी छ त नेपालको ? के नेपाल विश्वकप क्रिकेट खेल्ने सिंढी चढ्न सफल होला त ? हेर्नुस् हिजो शुक्रबार नेपाली टोलीको अभ्यास खेल यो भिडियोमा

