जेलबाट छुटेपछि सामाजिक सञ्जालमा सलमानको आँसु

काठमाडौं, चैत २६ । २० अघि दुलर्भ जनावार कृष्णसार मारेको कसुरमा दुई दिन जोधपुर जेल बसाईपछि मुम्बई फर्किएका अभिनेता सलमान खानले ट्वीट गर्दै हर्षका आँसु बगाएका छन् । साथै अप्ठ्यारोमा साथ दिन आफ्ना प्रशंसकहरुलाई धन्यवाद दिएका छन् ।

आफ्नो आधिकारिट ट्विटर ह्याण्डलमा सलमान खानले लेखेका छन्, ‘कृतज्ञताका आँसु । मलाई माया र साथ दिने सबै प्रियजनहरुमा जसले कहिल्यै आशा मारेनन् । मलाई माया र समर्थन गरेकोमा सबैलाई धन्यवाद । भगवानले कृपा गरुन् ।’

कृष्णसार मारेको अभियोगमा जेल परेका बलिउड अभिनेता सलमान खान शनिबार ५० हजार धरौटीमा रिहा भएका हुन् । उनलाई शनिबार नै जोधपुरको सेसन्स अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अस्थायी शिक्षकको परीक्षा प्रणाली ‘फेरिँदै’

अस्थायी शिक्षकहरूको परीक्षा प्रणालीलाई लिएर पटक-पटक देखिएको विवाद सुल्झाउन भन्दै उनीहरूको परीक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ। अस्थायी शिक्षकहरूलाई सहज रूपमा स्थायी हुने बाटो खोल्ने गरी परीक्षाको व्यवस्था भएको भन्दै त्यसको चर्को विरोध भएपछि अर्को हप्ताका लागि पूर्वनिर्धारित परीक्षा स्थगित भइसकेको छ। विद्यार्थी संगठनहरुले चर्को विरोध जनाएपछि अर्को हप्ता हुन लागेको अस्थायी शिक्षकको परीक्षा शिक्षक सेवा आयोगले स्थगित गर्‍यो। अस्थायी शिक्षकहरूलाई आन्तरिक परीक्षाको नाममा खुकुलो परीक्षा प्रणाली तथा खुल्लातर्फका नयाँ उम्मेदवारहरूको लागि थोरै कोटासहितको प्रणाली अपनाउन नहुने उनीहरूको माग थियो। समझदारी यस्ता मागबीच शिक्षा मन्त्रालय परीक्षा प्रणालीमा फेरबदल गर्ने मनस्थितिमा पुगेको देखिन्छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, “गुणात्मक शिक्षामा सम्झौता नहुने गरी परीक्षालाई साँच्चैको परीक्षा जस्तो गरी जाने भनेर समझदारी गरेका छौँ।” त्यसको अर्थ अस्थायी शिक्षकहरूको आन्तरिक प्रतिस्पर्धामा ४० प्रतिशत अङ्क ल्याएपनि उत्तीर्ण हुने व्यवस्था हटाइने बताउँदै मन्त्री पोखरेलले भने, “हामी आन्तरिकको नाममा पढाउन नसक्ने, विद्यार्थीको जीवनमा खेलवाड हुने गरी छुट दिन सक्दैनौँ।” अस्थायी शिक्षक केन्द्रित ऐन संशोधन अस्थायी शिक्षकहरूको परीक्षा स्थगित भएको यो पाँचौँ पटक हो। शिक्षा ऐनको आठौँ संशोधनमा पूरै खुल्ला विज्ञापनबाट शिक्षक लिने व्यवस्था गरिएपनि नवौँ संशोधनमा अस्थायीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउने गरी परिमार्जन गरिएको थियो। वाचा यद्यपि आन्दोलनरत अस्थायी शिक्षकहरूले भने आफूहरू जुनसुकै परीक्षाबाट पछि नहट्ने बताएका छन्। अस्थायी शिक्षकको तर्फबाट सरकारसँग वार्ता गर्ने टोलीका संयोजक मधुकरकुमार खड्का भन्छन्, “हामीलाई परीक्षाको डर छैन। तर सरकारले वाचा गरे जस्तै हामीलाई ७५ प्रतिशत कोटा दिइयोस्, हामी परीक्षामा बस्न तयार छौँ।” सरकारले ७५ प्रतिशत शिक्षक दरबन्दीको कोटा अस्थायीहरूबाट पूरा गर्ने भने पनि अझै नगरेकोमा अस्थायी शिक्षकहरूको गुनासो छ। अर्को हप्ता हुन लागेको परीक्षाका लागि २३ हजार अस्थायी शिक्षकहरूले आवेदन दिएका थिए।

कैलालीकाे ढकेनीमा बस दुर्घटना: तीनकाे मृत्यु, ४२ घाइते

कैलाली, कात्तिक २६ । कैलालीकाे ढल्केवरमा बस दुर्घटना हुँदा तीनकाे मृत्यु भएकाे छ ।  ४२ घाइते भएका छन् । घाइतेहरुकाे विभिन्न अस्पतालमा उपचार भैरहेकाे छ । आइतबार बिहान बैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउँपालिका ३ सहजपुरमा पल्टिँएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अहिले उद्धारको काम भैरहेको छ । प्रहरीका अनुसार घाइतेलाई सेती अञ्चल अस्पताल र पद्य अस्तालमा लगिँदैछ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर निर्धारण कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा, स्वीस फ्रयांक एकको खरिददर १८० रुपैयाँ ०२ पैसा र बिक्रीदर १८० रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा, सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ९० पैसा र बिक्रीदर ११२ रुपैयाँ ३७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा कायम छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४९ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ०७ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ । 

अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ८३ पैसा र बिक्रीदर १६३ रुपियाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ७० पैसा र बिक्रीदर १८७ रुपियाँ ५० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ०३ पैसा र बिक्रीदर १७६ रुपियाँ ७८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ १२ पैसा र बिक्रीदर ९१ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९८ पैसा र बिक्रीदर १०० रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ९० पैसा र बिक्रीदर १०८ रुपियाँ ३६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ६९ पैसा र बिक्रीदर १९ रुपियाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ४० पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४८ पैसा र बिक्रीदर ३८ रुपियाँ ६५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २८ पैसा र बिक्रीदर चार रुपियाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १९ पैसा र बिक्रीदर ३८ रुपियाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ २१ पैसा र बिक्रीदर ३३ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७४ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९३ पैसा र बिक्रीदर १५ रुपियाँ र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८० पैसा र बिक्रीदर २१ रुपियाँ ८९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०५ पैसा र बिक्रीदर १८ रुपियाँ १३ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ३३ पैसा र बिक्रीदर ४५९ रुपियाँ २९ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपियाँ ०७ पैसा र बिक्रीदर ३७३ रुपियाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ ३० पैसा र बिक्रीदर ३६५ रुपियाँ ८६ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

कुवेतलाई छैटौं झड्का, अविनाशलाई पहिलो सफलता (LIVE)

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा कुवेतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले १३.५ ओभरमा महत्वपूर्ण ६ विकेट लिइसकेको छ । नेपाललाई छैठौं सफलता अविनाश बोहराले दिलाएका हुन् । उनले २३ रन बनाएर खेलिरहेका मोहम्मद अश्लामलाई आउट गर्न सफल भए । चौथो र पाँचौ सफलता सन्दीप लामिछानेले दिलाए । यस्तै दोस्रो र तेस्रो सफलता बसन्त रेग्मीले आफ्नो पहिलो ओभरमै दिलाउन सफल भए । तेस्रो विकेटकारुपमा कुवेतले विष्फोटक ब्याट्सम्यान आदन इड्रिसलाई २५ रनमा गुमाउन पुग्यो । यसअघि नेपाललाई पहिलो विकेट दोस्रो ओभरको पहिलो बलमै करण केसीले दिलाएका थिए । आज नेपालले टस जितेर टस जितेर फिल्डिङ रोजेको हो । चोटका कारण मलेसियासँगको खेल गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी प्लेइङ ११ मा स्थान बनाउन असफल भएका छन् । नेपालको प्लेइङ –११ १.पारस खड्का (कप्तान) २. ज्ञानेन्द्र मल्ल ३. शरद भेषावकर ४. वसन्त रेग्मी ५. सोमपाल कामी ६. अभिनास बोहोरा ७. सन्दीप लामिछाने ८. दीपेन्द्रसिंह ऐरी ९. विनोद भण्डारी १०. करण केसी ११. रोहितकुमार पौडेल

शिव र भुवनको एउटै बोली– ‘हामी वीर र विक्रम’

काठमाडौं, जेठ ३ । एक समय नेपाली चलचित्रमा एकछत्र राज गरेका अभिनेता हुन्– शिव श्रेष्ठ र भुवन केसी । दुईलाई एक जमना एकअर्काका प्रतिस्पर्धी पनि भन्ने गरिन्थ्यो । यद्यपि, दुईले काम गर्ने चलचित्रको जनरा भने फरक थियो । भुवन बढी लभस्टोरी फिल्म गर्न रुचाउँथे भने शिवले आफूलाई एक्सन हिरोको रुपमा स्थापित गरेका थिए । दुईलाई कुनै समय नेपाली फिल्मको धरोहर मानिन्थ्यो । दुई दशकअगाडि एकसाथ ४ वटा फिल्मको छायांकनमा समेत व्यस्त हुने शिव र भुवन केही वर्षयता भने पूरै सुस्ताएका छन् । दुईलाई दर्शकले ठूलो पर्दामा हेर्न नपाएको वर्षौ भइसकेको छ । शिव पछिल्लो पटक चलचित्र ‘बागमती’ मा देखिएका थिए । तर, यो फिल्म बक्सअफिसमा नराम्रोसँग डुबेको थियो । यसपछि उनले कुनै फिल्ममा काम गरेका छैनन । ‘ब्ल्याक डायरी’ भुवन अभिनीत पछिल्लो रिलिज फिल्म हो भने गत फागुनमा रिलिज भएको फिल्म ‘क्याप्टेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा उनले ठुम्का लगाएका थिए । केही वर्षयता उनी अभिनयबाट दूरी बनाएर छोरा अनमोल केसीको करिअर बनाउन दिलोज्यान दिएर लागेका छन् । साथै, फिल्म निर्माण र निर्देशनमा पनि उनी सक्रिय छन् । शिव पनि अहिले अभिनयबाट दूरी बनाएर फिल्म निर्माणतिर लम्किएका छन् । उनले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को आधा छायांकन पूरा नहुँदै थन्किएको छ । अब बन्छ–बन्दैन ? अन्योलमा छ । यो फिल्मबाट उनले आफ्नो छोरा शक्ति श्रेष्ठलाई डेब्यू गराएका छन् । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले पनि यही फिल्मबाट डेब्यू गर्दैछिन् । करिअरको उत्कर्षमा रहँदा एकअर्कासँग खासै भेटघाट र राम्रोसँग नबोल्ने भुवन र शिवको केही वर्षयता भने लोभलाग्दोे सम्बन्ध छ । दुबै एकअर्काको तारिफ गरेर थाक्दैनन् । थुप्रै फिल्म साथमा पनि गरेका शिव र भुवन आफूहरुको सम्बन्ध दाई र भाईको रहेको बताउँछन् । बुधवार चलचित्र ‘बीर विक्रम २’ हेर्न पुगेका उनीहरुले आफूहरु पनि बीर र विक्रम रहेको बताए। चलचित्र हेरिरहँदा आफ्नो साथीलाई कति सम्झनुभयो ? भन्ने पत्रकारको जिज्ञासामा भुवनले शिवलाई अंकमाल गर्दै भने– ‘शिव श्रेष्ठ नै मेरो बेस्ट फ्रेण्ड हो । ‘बीर विक्रम २’ साथीको कथा हो । शिव र मैले खेलेका धेरै फिल्ममा पनि त्यस्तै कथा थियो । यो फिल्म हेर्दा शिव र मैले विताएका पुराना दिनहरु ताजा भयो ।’ दुवैले फिल्म राम्रो बनेको बताउँदै दर्शकलाई हेर्न आग्रह गरे ।

पीएसएलः सन्दीप पनि ‘ड्रिम टिम’ अटाउन सफल

काठमाडौं, चैत ४ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) को ‘ड्रिम टिम’ मा अटाउन सफल भएका छन् । पीएसएलको यो सिजन सकिएसँगै सार्वजनिक गरिएको ‘टिम अफ् द पीएसएल’ मा सन्दीप १२ औं खेलाडीका रुपमा अटाउन सफल भएका हुन् । पीएसएलमा गरेको प्रदर्शनको आधारमा छनोट समितिले एबी डी विलियर्सको कप्तानीमा ड्रिम टिम सार्वजनिक गरेको हो । लाहोर कलन्दर्सबाट पीएसएलमा डेब्यू गरेका सन्दीपले प्रतियोगितामा कुल ७ खेल खेल्दा ११ विकेट लिएका थिए । उनको इकोनोमी रनरेट ७ दशमलब ६६ रहेको छ । प्रतियोगितामा व्यक्तिगत राम्रो प्रदर्शन गरेपनि सन्दीपको टिम भने कुल १० खेलमध्ये ३ खेलमा मात्र जित हात पार्दै तालिकाको पुछारमा रहन पुग्यो । प्रतियोगिताको यस संस्करणको उपाधि भने क्वेटा ग्लाडिएटर्सले जितेको छ । आइतबार राति भएको फाइनलमा पेशावर जाल्मीलाई ८ विकेटले हराउँदै क्वेटा ग्लाडिएटर्सले उपाधि जितेको हो ।

‘बाहुबली’ का अभिनेत्री अनुष्कालाई कारको सौखिन

कार्तिक २१ । सुपरहिट हिन्दी चलचित्र ‘बाहुबली’ मा देवसेनाको भुमिका निर्वाह गरेकी नायिका अनुष्का शेट्ठी कारको सौखिन् छिन् । चलचित्रमा आउनु अघि उनको नाम स्विटी थियो । उनको नाम मात्रै नभएर मान्छे पनि स्विटी नै छिन् । उनले आफ्नो सिनियर ड्राइभरलाई १२ लाख मुल्य बराबरको कार उपहार दिएकी थिइन् । १४० करोड सम्पत्तिको मालिक्नी अनुष्का हैदराबादको पास क्षेत्रमा जुबली हिल्समा बसोबास गर्छिन् । उनी अहिले एउटा चलचित्रमा काम गरेवापत पाँच करोडसम्म पारिश्रमिक लिन्छिन्। लक्जरी कारकी सौखिन अनुष्कासँग अहिले केही ब्राण्डेड कार छ । ‘एमबीएस ज्वेलर्स, द चेन्नई सिल्क, इन्टेक्स मोबाइल’ लगायतका विज्ञापनमा उनले मोडलिङ समेत गरेकी छिन् ।अभिनयमा आउनुअघि उनी योगा प्रशिक्षक थिइन् । उनको परिवारका अन्य कुनै पनि सदस्य चलचित्रमा आबद्ध छैनन् । योग प्रशिक्षक भरत ठाकुरसँग काम गर्ने क्रममा एक निर्देशकले उनलाई चलचित्र खेल्ने प्रस्ताव राखेका थिए । दक्षिण भारतका लोकप्रिय कमेडियन अली बाशाले हिन्दी चलचित्र ‘जिरो साइज’ को अडियो लञ्चको अवसरमा उनको बारेमा भद्दा कमेन्ट गरेका थिए । उनले भनेका थिए कि– ‘अनुष्का शेट्ठी गरम जुलेवी जस्तै हुन्, जो कोही खान चाहन्छ ।’ अनुष्का र प्रभासले केही चलचित्रमा एकसाथ काम गरेका छन् । यहि कारण उनीहरुको अफेयरको हल्ला समेत चल्यो । यतिसम्मकी उनीहरुले विवाह गर्न लागेको चर्चा समेत चल्यो । तर, अन्तिममा दुबैले आफुहरु साथी मात्रै भएको धारणा सार्वजनिक गरे ।

कति पुग्यो अमेरिकी डलरको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६४ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८० रुपैयाँ ६९ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ०८ पैसा र बिक्रीदर नौ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६८ पैसा र बिक्रीदर २० रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा निर्धारण गरेको छ ।  बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।                 राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ ।

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख ४)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९० रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०७ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८२ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ दुई पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८२ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८२ पैसा र बिक्रीदर ४० रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर ४० रुपैयाँ ६८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ आठ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४७ पैसा र बिक्रीदर २३ रुपैयाँ ५७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ दुई पैसा र बिक्रीदर १९ रुपैयाँ नौ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ दुई पैसा र बिक्रीदर ४८७ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९६ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८८ रुपैयाँ १० पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिनिधिसभा बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा सभामुखले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । हिजो गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित हुँदा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथिको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको छैन ।

माैसम पूर्वानुमान: आज वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा तथा बाँकी  पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । तराई भूभागका थोरै स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहनेछ। आज राति कोशी र बागमती प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहने महाशाखाले जनाएको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६७ पैसा र बिक्रीदर १४४ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ र बिक्रीदर १६९ रुपियाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ८८ पैसा र बिक्रीदर १९४ रुपियाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ७० पैसा र बिक्रीदर १८२ रुपियाँ ४६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ २४ पैसा र बिक्रीदर ९६ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ९२ पैसा र बिक्रीदर १०५ रुपियाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ७७ पैसा र बिक्रीदर ११२ रुपियाँ २३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १९ पैसा र बिक्रीदर नौ रुपियाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५१ पैसा र बिक्रीदर २० रुपियाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ३० पैसा र बिक्रीदर ३८ रुपियाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४१ पैसा र बिक्रीदर ३९ रुपियाँ ५८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ १२ पैसा र बिक्रीदर ३९ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ३९ पैसा र बिक्रीदर ३५ रुपियाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६५ पैसा र बिक्रीदर १५ रुपियाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६३ पैसा र बिक्रीदर २२ रुपियाँ ७३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ४८ पैसा र बिक्रीदर १८ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपियाँ १० पैसा र बिक्रीदर ४६९ रुपियाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ९९ पैसा र बिक्रीदर ३८२ रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ १७ पैसा र बिक्रीदर ३७४ रुपियाँ ७३ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ ।      युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३५ पैसा, स्विस फ्रयांक एकको खरिददर १८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।                                    अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७१ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा तोकिएको छ ।   जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा तोकिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ १९ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २३ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ २२ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ९२ र बिक्रीदर ३७७ रुपैयाँ ४८ पैसा रहेको छ  ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।                         राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

माैसम पूर्वानुमान: कस्तो रहला आजकाे मौसम ?

काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।