कुकुरले टोकेका बिरामीको सङ्ख्यामा वृद्धि

गौशाला, वैशाख १४ । बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेका बिरामीको सङ्ख्यामा अप्रत्याशितरुपमा वृद्धि भएको छ ।

पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक-दुईजना कुकुरले टोकेको बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक आठ÷दस जना कुकुरले टोकेको बिरामी आउने गरेको चिकित्सकले जनाएका छन् ।

अहिले बढ्दो गर्मीसँगै कुकुरको मानसिक अवस्था बिग्रिने गरेकाले गर्मीको मौसममा कुकुरको सम्पर्कमा जानेलाई कुकुरले बढी टोक्ने गरेको कारण अहिले जिल्ला अस्पतालमा दैनिक कुकुरले टोकेका बिरामीको चाप बढ्ने गरेको वरिष्ठ मेडिकल अधिकृत डा द्वारिकाप्रसाद साहले बताउनुभयो ।

तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका बिरामी आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ मेडिकल अधिकृत डा साहले बताउनुभयो ।

उहाँले कुकुरले टोकेका बिरामीका लागि दैनिकरुपमा छुट्टै चिकित्सक टोलीको व्यवस्था गरेर बिरामीलाई सेवा दिइने गरिएको बताउनुभयो ।

कुकुरले टोकेका प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीन देखि पाँच भाइल ९डोज० सम्म भ्याक्सिन दिनुपरेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।

माओवादी केन्द्र निकटको महिला भेला सम्पन्न

नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तीकारी) को रत्ननगर १५ को वार्ड भेला शुक्रबार सम्पन्न भएको छ ।  पार्टी PBM कञ्चन खनालको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले विमला ढकालको संयोजकत्वमा २५ सदस्यीय वार्ड कमिटी गठन गरेको छ । तस्वीर  : नेकपा माओवादीकेन्द्र रत्ननगर चितवनको फेसबुक पेजबाट

साताको अन्तमा १ अर्ब ४८ करोडको कारोबार, नेप्सेमा सामान्य गिरावट

काठमाडौं । बिहीबार सेयर बजारमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बुधबारको तुलनामा एक अर्ब ६ करोड रुपैयाँ घटी हो । बिहीबार १४० कम्पनीको २७ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी सानिमा बैंकको २२ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको शेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ रहेको छ । त्यस्तै, लक्ष्मी बैंकको ११ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि सामान्य अंकले ओरालो लागेको छ । परिसूचक शून्य दशमलब ६५ अंकले घटेर १५८७ दशमलब ६४ अंकमा झरेको छ । सो दिन बीमा, फाइनान्स, होटल र अन्य समूहको परिसूचक क्रमशः ६९, ८, ५ र २ अंकले उकालो लागेका छन् । त्यस्तै, हाइड्रो, उत्पादमूलक, विकास बैंक र बैंकिङ् समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । यस दिन सिर्जना फाइनान्स, ज्योती विकास बैंक, साहारा विकास बैकका लगानीकर्ताहरु मालामाल भए भने सेती फाइनान्स, रिलायबल माइक्रोफाइनान्स, सिन्धु विकास बैकका लगानीकर्ताहरुले धेरै नै गुमाए । यस दिन बैक समूहको ८७ करोड ३५ लाख, होटल समूहको ७२ लाख, विकास बैंक समूहको १७ करोड ६० लाख, हाइड्रोपावर समूहको ४४ लाख, फाइनान्स समूहको १ करोड ८२ लाख, बिमा समूहको ३१ करोड ६४ लाख, उत्पादन समूहको १७ लाख र अन्य समूहको ८५ लाखको कारोबार भएको छ ।

लगन जुराउने ज्योतिषी बालविवाहको विरुद्धमा

डोटी, चैत १५ ।  बालविवाह न्यूनीकरण गर्न रुढीवादी परम्पराविरुद्ध यहाँका ज्योषिहरुले एकजुट भई लाग्ने प्रतिवद्धता गरेका छन् । दिपायल सिलगढी नगरपालिकाभित्र बसोबास गर्ने ज्योतिषहरुले सोमबार सिलगढी नगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा यस्तो प्रतिवद्धता गरेका हुन् । विवाहको लगन जुराउने, चिना बनाउने र नामकरण गर्ने जस्ता धार्मिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ज्योतिषहरु यस कार्यमा एकजुट भएका हुन् । यो खबर आजको कान्तिपुरमा छ।

ड्रोनमार्फत धरान विमानस्थलको सर्भे सुरु

धरानमा निर्माण हुन लागेको विमानस्थलको ड्रोनमार्फत सर्भे सुरु गरिएको छ । पहिले ट्विनअटरजस्ता सानो विमान मात्र उडान तथा अवतरण गर्ने विमानस्थल बनाउने भनिए पनि अहिले ४२ सिट क्षमतासम्मका विमान उडान तथा अवतरण हुने गरी विमानस्थल बनाउन लागिएको हो । नागरिक उड्डयन प्राधिकरणले सर्भेका लागि जिम्मा दिएको रियल पाथ इन्जिनियरिङ कन्सल्टेन्टले धरान–१७ डाँडाघोपास्थित विमानस्थल निर्माणस्थलको सर्भेको काम गरेको हो । धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाका अनुसार ड्रोन प्रयोग गरेर जग्गाको तस्बिर लिने तथा टोपोग्राफिक नक्सा तयार पार्ने काम हुनेछ । प्राधिकरणले खटाएका पाँचजना प्राविधिकको टोलीले शुक्रबार र शनिबार सर्भे गरेको उपमहानगरपालिकाका सूचना अधिकृत एवं विमानस्थल निर्माण परियोजनाका संयोजक भक्तिराज शर्माले बताए । प्राविधिक टोलीले सर्भेको प्रतिवेदन प्राधिकरणलाई बुझाउनेछ । ड्रोन प्रयोग गर्दा थोरै समयमा धेरै र विस्तृत तथ्यांक आउने उनको भनाइ छ । प्राविधिक टोलीका उत्सव गौतमले ७० हेक्टर जमिनको टोपोग्राफिक र थ्रिडी मोडल तयार पारेर बुझाइने बताए । पछिल्लो समय भने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सर्भेका लागि भनेर दुई करोड रुपैयाँ बजेट छुट्याएको छ । ड्रोनले जग्गा कति चाहिने, कस्तो बनाउनेलगायतको अध्ययन गर्नेछ । रन–वे कतिको हुने, कति क्षमताको जहाज उडान तथा अवतरण हुन सक्छ भन्नेबारे सर्भेबाट जानकारी पाइने प्राविधिकले बताएका छन् । मध्यम खालको विमान उडान तथा अवतरण गर्न सक्ने विमानस्थल बनाउन करिब ४० बिघा जमिन चाहिने बताइएको छ । धरान उपमहानगरपालिकाले केही दिनअघि मात्रै जग्गा उपलब्ध गराउने भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लिखित जानकारी गराएको छ । मन्त्रालयले जग्गा व्यवस्थापन भए विमानस्थल बनाउन कुनै समस्या नभएको जानकारी दिँदै आएको छ । १३ वर्षअघि निजी कम्पनी यति इन्कर्पोरेट प्रालिले ट्विनअटर उडान तथा अवतरण गराउने योजनाका साथ २४ जना स्थानीयबाट करिब ६ बिघा सात धुर जग्गा खरिद गरेको थियो । ०६० सालमै जग्गा खरिद गरिए पनि विमानस्थल निर्माण भने अगाडि बढ्न सकेको छैन । विमानस्थल निर्माण नहुँदा स्थानीयले जग्गा फिर्ता गर्न मागसमेत गर्दै आएका थिए । नया पत्रिकाबाट

गोँगबुमा एक गेस्टहाउसमा आगलागी, ३० लाख बराबरको क्षति

काठमाडौँ, चैत १२  । काठमाडौँस्थित गोँगबुचोक (नयाँ बसपार्क) मा अवस्थित गेस्टहाउसमा आगलागी भएको छ । आज अपरान्ह विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । घरमा आगलागी हुँदा पहिलो तल्लामा रहेको ‘श्रेष्ठ पुस्तक पसल’ र ‘सप ट्राभल्स’मा करिब ३० लाख बराबरको क्षति भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीले दमकलको प्रयोगबाट समयमै आगो नियन्त्रणमा लिइएकाले दोस्रो तल्लाभन्दा माथि फैलिन पाएन । रासस

उपप्रधानमन्त्री निधि र चीनिया रक्षामन्त्री चाङबीच भेटवार्ता

काठमाडौं, चैत ११ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच आज शिष्टाचार भेटबार्ता भएको छ । नेपालको तीनदिने औपचारिक भ्रमणका लागि हिजो यहाँ आइपुगेका चिनिया रक्षामन्त्री चाङ र उपप्रधानमन्त्री निधिबीच आज दिउँसो गृहमन्त्रालयमा भएको भेटमा आपसी हित र सहयोग आदान प्रदानका बिषयमा कुराकानी भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संचार प्रणाली आधुनिकिकरण गर्ने, गृहमन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिबृद्धिका लागि तालिम उपलब्ध गराउने बिषयमा पनि छलफल भएको थियो । गृहमन्त्री निधिले नेपाल र चीनबीच लामो समयदेखि गहिरो र आत्मीय सम्बन्ध रहि आएको उल्लेख गर्दै यस किसिमका भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताए । भेटमा गृहमन्त्री निधिले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै नेपाली भूमिबाट चीन बिरोधी गतिबिधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनीयाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगका लागि आभार व्यक्त गरे । गत बर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न मन्त्री निधिले रक्षामन्त्री चाङको ध्यानाकर्षण गराएका छन् । चाङले अरनिको राजमार्ग पुनर्निर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने बताउँदै आफू स्वदेश फर्किएपछि यस बिषयमा थप कुराकानी गर्ने उल्लेख गरे । साथै, उनलले असल छिमेकीका नाताले नेपालको विकास निर्माणमा चीन सरकारले सदैब सहयोग गर्ने पनि बताएका छन् । त्यस अबसरमा गृहमन्त्री निधिले सशस्त्र प्रहरी तालिम केन्द्र निर्माणका लागि चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

युएईमा मानव तस्कर सक्रिय, भारतको बाटो हुँदै १५ नेपाली महिला युएई पुर्याएको खुलासा

युएई, चैत १० । युएईमा मानव तस्करहरु सकृय रहेको खुलासा भएको छ । विभिन्न दलाल मार्फत १५ जना नेपाली महिलाहरुलाई प्रलोभनमा पारेर गैरकानुनी तरिकाले युएई पुर्याइएको खुलासा भएको हो । तस्करहरुले महिलाहरुलाई दुवई पुगेपछि तुरुन्त काम पाईने भन्दै आश्वासन दिएर लाने र अरबीको घरमा काम गर्न बाध्य पार्ने गरेको तथ्य खुलेको हो । तर, दलालहरुले सबै महिलाहरुलाई भिजिट भिसामा युएई ल्याउने गरेको दुतावास स्रोतले जनाएको छ । युएईमा भिजिट भिसामा काम गर्न नपाइने नियम छ । मानव तस्करबाट युएई पुर्याइएका १५ जना भन्दा बढी नेपाली महिलाहरुले दलालले भनेजस्तो राम्रो काम नपाएपछि भागेर दुताबासको शरणमा पुगेका छन् । अहिले दुताबासको सेल्टरमा १५ जना नेपाली महिलाहरु रहेको दुताबासले जनाएको छ । पथरिया ४ झापाकी सविता गौतम, झापा प्रिथ्वीनगरकी जसु शाही र सोही ठाउँकी मेनुका खरेल अहिले दुतावासको शरणमा पुगेका छन् । उनीहरुलाई गएको जुलाईमा भिजिट भिसा मार्फत भारतको बाटो हुँदै दुवई ल्याइएको थियो । जीवन पुन र शिखा पुनले काममा लगाउने भनेर थुनेर राखेको पीडितले बताएका छन् । नेपालबाट उनीहरुलाई सुष्मा श्रेष्ठ नाम गरेकी दलालले पठाएकी हुन । शिखरपुर ४ मकवानपुरकी रन्जिता घलेलाई भिमसेन गुरुङले र मकवानपुरकै राईगाउँ ६ की चरिमाया बस्नेतलाई मिङ्गमार तामाङले, सिन्धुपाल्चोक बाराम्ची ८ कि मंङगली तामाङ र इचुकी शर्मिला नेपालीलाई स्थानीय दलाल धन बहादुर तामाङ र लालमान तामाङले डेढ महिना पहिले भिजिट भिसामा भारत हुँदै युएई ल्याएका थिए । उहाँलाई युएईमा जीवन पुनले अजमानमा रहेको एजेन्सीमा लगेको र पछि जहाँ काम पाइन्छ त्यहीँ पुर्याउन थालेपछि भागेर दुतावास पुगेको बताएकी छिन । उनीसँगै गोल्झे ६ सिन्धुपाल्चोककै ठुलीकान्छी लामा पनि दूतावास पुगेकी छिन् । उहाँलाई पनि जीवन पुनले नै समस्यामा पारेका हुन् । त्यस्तै झापा शिवसतासीधामकी प्रेजिना योङ्ह्याङ र तारालाल ५ बर्दियाकी पार्वती ओलीलाई डेढ महिना अघी भिजिट भिसामा भारत हुँदै दुबई ल्याइएको थियो । दुबई ल्याएर अर्जुन बजगाईंले अजमानमा रहेको कम्पनीमा राखेको बताईएको छ । योङ्ह्याङलाई झापाकी स्थानिय एजेन्ट सरस्वती मगर र बर्दियाकी ओलीलाई सलीम मियाले नेपालबाट भारत पुर्‍याएको र भारतमा दिनेश भन्ने एजेन्टलाई बुझाएका थिए । दिनेशले उनीहरुलाई भारतबाटै युएई उडाएका थिए । यहाँ ल्याएर पनि अभिमुखिकरण तालिम दिने भन्दै दुर्व्यबहार गरेको र ओमान पठाउन खोजेपछि भागेर दुतावास पुगेको उनको भनाई छ । यसैगरी बेगाना-४ धनकुटाकी भिमकुमारी लिम्बुलाई दुर्गा भुजेल नाम गरेकी दलालले पठाएकी हुन भने झस्कु ९ दोलाखाका सुकमाया तमाङलाई छत्रे विश्वकर्मा नाम गरेका दलालले भिजिट भिसामा युएई पठाएका थिए । आहाले ३ धनकुटाकी सिर्जना राईलाई सन्तोष मगरले, पर्सौनी चितवनकी सबिता पाठकलाई रमेश गुरुङ र शिला कोइराला मार्फत युएई ल्याईएको पीडितले बताएका छन । टिकापुर कैलालीकी अनुजा भण्डारीलाई पुग्ने बित्तिकै काम लगाइदिने भन्दै माया सापकोटाले गैर कानुनी तवरले युएई पठाएकी थिईन भने ईलामकी आसमाया राईलाई निर्मला लावती नाम गरेकी दलालले पठाएकी हुन । कानुनी कारबाहीको प्रकृयामा दुताबास  नेपाली दुताबास अबुधाबीले सेल्टरमा आएका पिडित र पीडकहरुको नामावली सँकलन् शुरु गरी कारबाहीको प्रकृया शुरु गरेको जनाएको छ ।  ‘हामी दलाल र एजेन्टहरुको नाम सूची तयार पारेर कारबाहीको प्रकृयामा जान लागेका छौ ।’ दुतावासकी श्रम सहचारी हिरा कुमारी यादबले बताईन्, ‘गैरकानुनी काम गर्ने मानब तस्करहरुलाई कारबाही हुन्छ’ । मानब तस्करका अघिपछि डन मोरङकी सोम माया तामाङ केही दिन पहिले एजेन्सीबाट भागेर रसअल खैमह पुगिन । उनलाई दलालले दुबईमा काम मिलेको भन्दै झुक्याएर अज्मान पुर्याएर कोठामा ताला लगाएर राखिएको अवस्थामा उनी सहित एक अर्की सोममाया नाम गरेकी महिला भागेर रस अल खैमा पुगेका थिए । उनलाई खोज्दै अज्मानमा रेक्रुटमेन्ट एजेन्सी खोलेकी एलिसा राई डन लिएर रसअल खैमह पुगिन । उनीहरु मध्ये एक जना महिला अरबीको घरमा काम गर्न नसकेको भन्दै इलिसा राई र उनकी श्रीमानले कुटेर घाइते अवस्थामा रहेकी थिईन् । ती महिला २२ घण्टा भन्दा बढी अरबीको घरमा काम गर्नु परेको भन्दै भागेकी थिईन् । उनीहरुलाई खोज्दै एलिसा ३ वटा गाडीमा डन लिएर रस अल खैमा पुगेकी थिईन् । एलिसाले मोरङकी सोममायालाई ओमान पठाउने तयारी गरेपछी उनी भागेकी हुन । ४ महिनाको गर्भवती महिला शेल्टरमा अज्मानमा रहेको रेक्रुटमेन्ट एजेन्सीको सेल्टरबाट भागेकी सोममाया राईले उक्त सेल्टरमा एक नाम नखुलेकी गर्भवती महिला रहेको बताएकी छिन । उनी ४ महिनाको गर्ववती रहेको र उक्त एजेन्सी नेपाली मालिकले लगातार औषधी खुवाएर गर्भ तुहाउने प्रयास गरिरहेको उनले बताईन ।  ‘औषधी खाए पछी उनी बेहोस् जस्तै हुन्थिनू, उनले भनिन,’ म हुन्जेल सम्म गर्भ तुहिएको थिएन’ । उनी को हुन् र कसरी गर्भ रहेको थियो भन्ने बारे थप केही खुलेको छैन । पत्रकारलाई धम्की मानबतस्करी गरेको समाचार बिभिन्न अनलाइन समाचारमा आए पछी उक्त कार्यमा संलग्न एजेन्ट जीबन पुनले समाचार शेयर गर्ने र लेख्ने सबैलाई युएईको कानुन अनुसार कारबाही गर्ने धम्की दिएका छन । पत्रकारलाई फोन गरी समाचार शेयर समेत नगर्न उनले धम्की दिएका हुन । दुताबास गएर आवश्यक छलफल गरी समस्याको समाधान गर्न सुझाब दिदा उनले आफुले केही गल्ती नगरेको भन्दै समाचार लेख्नेलाई स्थानीय ब्यक्ती लगाएर कारबाही गर्ने धम्की दिएका छन । यसैगरी अज्मानमै रहेको एजेन्सीकी एलिसा राईले सोममाया तामाङलाई भगाएको भन्दै रस अल खैमाकै एक नेपालीलाई प्रहरी लगाएर कारबाही गर्ने धम्की दिएकी छिन । कहिले प्रहरीले फोन गरेको भन्दै त कहिले अरबाबले फोन गरेको भन्दै फोनमा धम्की दिने गरेको उक्त पीडितले बताएकी छिन् ।

शहीद गौतमको घरमै पुगेर माओवादी केन्द्रले दियो छ लाख नगद

कञ्चनपुर, चैत १० । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली हानेर हत्या गरेका नेपाली युवा गोबिन्द गौतमको परिावारलाई माओवादी केन्द्रले घरमै पुगेर नगद ६ लाख प्रदान गरेको छ । बिहिबार माओवादी केन्द्रकी नेतृ वीना मगरले शहीद गौतमको श्रीमती लक्ष्मी गौतमलाई घरमै पुगेर भेटेर नगद छ लाख दिएकी हुन् । नगद रकम हस्तान्तरण गर्दा गौतमका बुबा, आमा र छोरीलाई साथै राखिएको थियो । माओवादी केन्द्रका नेता एवम् कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले केही दिन अघि कञ्चनपुरमा गौतम परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका थिए । धनगढीबाट १० किलोमिटर दक्षिणको सीमावर्ती कञ्चनपुरको आनन्द बजारमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा फागुन २६मा एसएसबीले प्रहार गरेको गोली लागि गौतमको निधन भएको थियो। सरकारले फागुन २७मा एसएसबीको गोलीबाट निधन भएका पुनर्वास–८, कञ्चनपुरका २५ वर्षका गौतमलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित प्रहरीले ११ तोपको सलामी सहित फागुन २९ मा दोदा नदीकिनारमा अन्त्येष्टि भएको थियो । शहीद गौतमको परिावालाई नेकपा एमालेले दिने भनेको पाँच लाख रुपैयाँको चेक वाउन्स भएपछि आलोचना भएको थियो ।

व्यवस्थापिका–संसद् बैठक डेढ घण्टापछि बस्ने

काठमाडौँ, चैत ९ । व्यवस्थापिका–संसद्को आज ३ बजेका लागि तय गरिएको बैठक डेढ घन्टापछि बस्ने भएको छ । राज्य व्यवस्था समितिले छलफल गरी पारित गरेको राजनीतिक दलसम्बन्धी विधेयकको प्रतिवेदन तयार गर्न समय लागेकाले बैठक सारिएको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

भारतको बिहार र दरभंगा पुर्याइएका ३३ बालबालिका उद्धार गरी नेपाल ल्याइयो

काठमाडौं, चैत ५ । केन्द्रीय बालकल्याण समितिले भारतको बिहार र दरभंगामा मजदुरी गर्दै आएका ३३ जना नेपाली बालबालिकाको उद्धार गरेको छ । समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी उद्दार गरिएका बालबालिकालाई सार्वजनिक गरेको हो । बालमजदुरको रुपमा काम गर्दै आएका उनीहरुलाई भारतको सेवा संकल्प र निर्देश बालगृहको सहयोगमा उद्धार गरिएको हो । खुला सिमानाका कारण घरेलु कामदारमा लगाउन ललाईफकाई बालबालिका भारत पु¥याइने गरेको बालकल्याण समितिले जनाएको छ । समितिले भारतका विभिन्न शहरमा नेपाली बालबालिका मजदुरको रुपमा काम गरिरहेको जानकारी पाएपछि अनुसन्धान गरेको थियो । उद्धार गरिएका बालबालिकामा रौतहट, काभ्रे, बाँके, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, कञ्चनपुर, बारा, सिरहा, सर्लाही, धनुषालगायतका जिल्लाका हुन् । उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाउने बालकल्याण समितिले जनाएको छ ।

युएईमा अपाङ्ग तथा अनाथ बाल-बालिकाको सहयोगार्थ ‘सास्कृतिक साँझ २०७४’ हुने

दुबई १६ मार्च । वैदेशिक रोजगारीको शिलसिलामा युएईमा रहेका काभ्रेलीहरुको साझा समाजिक संस्था काभ्रे सेवा समाज युएईले नयाँ वर्ष २०७४ को विशेष अवसर पारेर आगामी अप्रिल १४ मा अपाङ्ग तथा अनाथ बाल-बालिहरुको सहयोगार्थ ‘सांस्कृतिक साँझ २०७४’ को आयोजना गर्ने भएको छ । विशुद्व सामाजिक सेवा गर्ने उदेश्यले ८ अगस्ट २०१४ मा स्थापित (काभ्रे सम्पर्क समिति) हाल परिमार्जित पछि काभ्रे सेवा समाज युएईले विभिन्न क्षेत्रहरुमा सामाजिक सेवाहरु प्रदान गर्दै आउने क्रम सँगै यहि आउदो नेपाली नयाँ वर्ष २०७४ को पावन अवसरमा अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ संस्कृतिक साँझ २०७४ कार्यक्रम अन्तिम तयारीमा रहेको समाजका संरक्षक दामोदर दाहालले जानकारी दिएका छन् । यहि आउदो नया बर्ष २०७४ बैशाख १ गते (१४ अप्रिल २०१७) शुक्रबारको दिन हुन गइरहेको संस्कृतिक कार्यक्रममा नेपालबाट संगीतकार तथा चर्चित गायक विश्व दोङ, पछिल्लो चरण व्यस्त गायिका भनेर चिनिने लोक तथा आधुनिक गायिका रिता केसी, चर्चित नायिका तथा आईटम डान्सर रिया श्रेष्ठ लगायतका कलाकारहरु युएई आउने भएका छन् । नेपालबाट आउने कलाकारहरुको साथमा युएईमा रहेका नेपाली कलाकारहरु गोपीकृष्ण पंगेनी, निश्चल श्री, सन्ध्या सुस्केरा, अन्जुली लोप्चन, ईन्द्र सिन्चुरी, रोसनी शुब्ब, सोनी राना मगर, प्रवेग दोङ, डिभि समर्पण लगायतका दर्जनौं कलाकारहरुको बिजोड प्रस्तुति रहने समाजका महासचिब उत्तम बिकले जानकारी दिएका छन् । दुबईको देरा स्थित कर्लटन टावर होटलको हलमा दिनको २ बजे बाट शुरु हुने कार्यक्रमको लागि युएईबासि सम्पूर्णलाई उपस्थित भई कार्यक्रम सफल परिदिन काभ्रे सेवा समाज युईका अध्यक्ष दिल लामाले युएईबासि नेपालीहरुलाई आग्रह गरेका छन् । उक्त कार्यक्रमको लागि TRUST GENIC कम्पनी, मारहाबा ट्राभल्स, अन्नपूर्ण सुनचादी पसल, बिजेता ग्रुप कम्पनी, फिस्टल ट्रभल्स, नेपालीको सगरमाथा रेष्टुरेन्ट, भावर्ची रेष्टुरेन्ट, फलाफिल्गी रेष्टुरेन्ट, नेपाली रेष्टुरेन्ट , काठमाडौं रेष्टुरेन्ट, ग्रिन्ड डान्सबार, नमस्ते रेष्टुरेन्ट, भान्छाघर रेस्टुरेन्ट, इभरेष्ट एच.आर कन्सलटेन्सी, नमस्ते ट्राभल्स, जि.के.एस. टायर लगायत ईसपोन्सर रहेको आयोजकले जानकारी दिइएको छ ।

सात सय ४४ स्थानीय तहलाई एक/एक करोड

काठमाडौँ, चैत २ । अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि रु सात अर्ब ४४ करोड निकासा गरिएको छ । पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले रु एक÷एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको उपप्रधानमन्त्री कृष्णबहादुर महराले पत्रकारहरुलाई जानकारी दिएका छन् । अर्थमन्त्री महराका अनुसार स्थानीय तहमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकालाई संस्थागत विकास गर्नका लागि अर्थ मन्त्रालयले निकासा गरेको हो । महानगरपालिका सहसचिव, उपमहानगर र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा अधिकृत तहको कर्मचारी काजमा पठाएर साङ्गठानिक पुनःसंरचना पनि आजै गरिएको छ । तहगत र आर्थिक रुपमा पुनःसंरचना सुरु भएको उल्लेख गर्दै उहाँले वित्तीय संरचनालाई पनि चाँडै अर्थ मन्त्रालयले अन्तिम रुप दिने तयारी गरेको बताउनुभयो । आगामी आवको बजेटमा त्यसलाई अझ स्पष्ट गरिने जनाइएको छ । महानगरपालिकादेखि गाउँपालिकासम्म प्रारम्भिक पुँजीका रुपमा मात्र बराबर रकम दिइएको उनले बताए । निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले ठूलो रकम माग गरेकाले त्यसलाई पनि बिस्तारै पूरा गर्दै जाने बताउँदै अर्थमन्त्रीले एकै पटक ठूलो रकम जुटाउन सक्ने अवस्था नभए पनि निर्वाचनजस्तो महत्वपूर्ण कार्यका लागि रकम अभाव नहुने स्पष्ट पारे ।

चन्दा संकलन गरी सडक निर्माण

बाजुरा, चैत २ । बडिमालिका नगरपालिका–२ मा शिक्षक, कर्मचारी र स्थानीयवासीबाट चन्दा संकलन गरी सडक निर्माण गरिएको छ । नगरपालिका–२ का स्थानीयवासीले रु १२ लाख चन्दा सङ्कलन गरी सडक निर्माण गरेका हुन् । बुढालेखदेखि जाल्पादेवी उमाविसम्मको दुई किलोमिटर सडक निर्माण गरिएको स्थानीय नरबहादुर विकले बताएको छ । बडिमालिका नगरपालिका–२ का स्थानीयले मार्तडी थामलेख सडक निर्माण सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापनपत्र बुझाइएको वडा नागरिक मञ्चका अध्यक्ष सरिता दानीले बताए । साथै जिल्ला प्रशासन कार्यालय बाजुराको मार्तडी थामलेख सडक निर्माण कार्य सञ्चालन गर्नका लागि ज्ञापनपत्र समेत बुझाएका थिए । तत्कालीन जिल्ला विकास समिति बाजुराअन्तर्गत जिल्ला आयोजना (ड्रिलिप) बाजुराले वडा नम्बर २ सडक निर्माण अधुरै छोडेर स्थानीयलाई सडकको पहुँचबाट टाढा राखेको भन्दै सडक निर्माण गर्न निमित्त प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । जिल्लाका सरोकारवाला निकायले सडक निर्माणका लागि बजेटको व्यवस्था नगरी दिएपछि चन्दा सङ्कलन गरी दुई किलोमिटर सडक निर्माण गरिएको पत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले जनसहभागितामा सडक निर्माण भएकामा खुसी व्यक्त गर्दै सडक निर्माण सुचारु गर्न जिल्ला समन्वय समिति र सडक डिभिजन कार्यालयमा पत्र पठाउने बताए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपालले टस जितेर फिल्डिङ गर्ने

काठमाडौं, फागुन ३० । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको आजको दोस्रो खेल सुरु भएको छ । नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ। केन्याले टस हारेर ब्याटिङ गर्दैछ।  कप्तान पारस खड्का आज पनि नखेल्ने भएका छन् । शनिबार भएको पहिलो खेलमा केन्यासँग  पराजित नेपाल आज जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । केन्यासँग आज हुने दोस्रो खेल पनि गुमाए नेपाललाई च्याम्पियनसिपको शीर्ष ४ भित्र पर्न कठिन हुनेछ । एक दिवसीय ढाँचामा नेपालले आजसम्म केन्यालाई हराउन सकेको छैन । आजको खेल जितेको खण्डमा नेपालले केन्या विरुद्ध एउटा कोशेढुंगा पार गर्नेछ । पहिलो खेलमा नेपाललाई हराएको केन्या प्रतियोगितामा पाँच खेल बाँकी रहदा १० अंकसहित पाँचौं स्थानमा छ । ८ राष्ट्र सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल ६ अंकसहित छैठौं स्थानमा छ । नेदरल्यान्ड्स १६, पपुवा न्युगिनी १२, तथा हङकङ र स्कटल्यान्डको समान ११/११ अंक छ ।

सन्तान नजन्मेको भन्दै श्रीमानको लिंग काटेपछि…

काठमाडौं । छिमेकी मुलुक भारतमा एक जना महिलाले विवाह भएको १० वर्ष बितिसक्दा पनि आफ्नो कोखबाट सन्तान नजन्मेको भन्दै श्रीमानको लिंग काटिदिएका छन्। राजधानी दिल्लीसँग जोडिएको उत्तरप्रदेशको गाजियाबाद जिल्लामा यो घटना भएको हो। समाचारमा उल्लेख भएअनुसार, आफ्नो कोखबाट बच्चा नजन्मेपछि ती महिला मानसिकरुपमा विक्षिप्त थिइन्। बिहा भएको १० वर्ष बितिसक्दा पनि बच्चा नहुनुमा श्रीमान दोषी रहेको उनको ठहर थियो। बच्चा नजन्मेको भन्दै ती महिलाले आफ्नो श्रीमानसँग अधिकाँश समय झगडा गर्ने गर्थिन्। उनले झगडाका क्रममा श्रीमानको लिंग काम नलाग्ने जस्ता बचन लगाउँथिन्। रिता नाम गरेकी ती ३० वर्षीया महिलाले बुधबार विहान भने श्रीमानसँग ठूलै झगडा गरिन्। झगडाको क्रममा उनको रिस झन बढ्दै गयो। त्यसपछि उनले चक्कु ल्याएर श्रीमानको लिंग नै काटिदिइन्। श्रीमतीले लिंग काटिदिएपछि उनका श्रीमान गुहार माग्दै रोइकराइ गरेका थिए। छिमेकीले थाहा पाएपछि उद्धार गरेर उनलाई अस्पतालमा लगिएको थियो।घटनापछि ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीसँगको वयानमा उनले श्रीमानले आफूलाई समय नदिने गरेको, झगडा मात्रै गर्ने गरेको र विवाहको केही समयपछिदेखि आफूसँग यौन सम्पर्क पनि नराखेको र सोही कारण आफ्नो बच्चा नरहेको बताएकी छन् । उनले श्रीमान भएर पनि यौन सम्बन्ध नराख्नेको लिंगको कुनै अर्थ नरहेको भन्दै च्वाट्ट काटिदिएको वयानसमेत दिएकी छन्।