१५ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस, खरेललाई पछि पारे खनालले

काठमाडौं, असार ३१ । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्नका लागि शनिबार सिफारिस गरेको छ ।
आजको बढुवा सिफारिसमा सर्वेन्द्र खनाल पहिलो नम्बरमा परेका छन् भने प्रहरी संगठनमा चर्चामा रहेका रमेश खरेल दोस्रो नम्बरमा परेका छन ।

डीआईजीका लागि बढुवा सिफारिस हुनेहरुमा काठमाडौं प्रहरी प्रमुख छबिलाल जोशी र ललितपुर प्रहरी प्रमुख ठूले राई पनि छन् ।

त्यसैगरी, डीआईजीका लागि बढुवा सिफारिस हुनेहरुमा एसएसपीहरु पुष्कर कार्की, उत्तमकुमार कार्की, भोगबहादुर थापा, पुस्कलराज रेग्मी, पवनप्रसाद खरेल, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, शारद चन्द, धरु बस्नेत र पुष्पचन्द्र रंजित र सुरेश विक्रम शाह परेका छन् ।

रोल्पामा स्थगित मतदान पुनः सुचारु

रोल्पा, असार १४ । अपरिचित व्यक्तिले मतदान गर्न जाने बहानामा मतपेटिकामा तेजाब हालेपछि स्थगित बनेको रोल्पा नगरपालिका– १० स्थित जनता आधारभूत विद्यालय भवनमा मतदान केन्द्रको मतदान प्रक्रिया पुनः सञ्चालन भएको छ । ् सर्वदलीय बैठकको निर्णयानुसार स्थगित मतदान पुनः सञ्चालन गर्ने सहमति भएपछि अहिले त्यहाँ मतदान सुरु भएको मतदान अधिकृत भरतमणि पाखे्रेलले जानकारी दिएका छन् । एक सय ५० मत खसिसकेपछि उक्त घटना घटेको थियो । ती अपरिचित व्यक्तिले लुकाएर लगेको तेजाब मतपेटिकामा खन्याएपछि मतपेटिकामा रहेका १५ मत जलेको बताइएको छ । सर्वदलीय बैठकपछि मतदान नगरेकाहरुलाई मात्र मतदान प्रक्रियामा समावेश गराइएको छ । जिल्लामा हालसम्म करिब ५५ प्रतिशत मत खसिसकेको बताइएको छ ।

चुनावमा देउरानी जेठानीको लडाइँ : सासुको टाउको दुखाइ

काठमाडौं, असार ११ । गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने, पल्लो घरमा कांग्रेसको । वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुइृ पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् । यो दृश्य हो रेसुङ्गा नगरपालिका वडा नम्बर १ को । जहाँ जेठानी देउरानीबीच महिला सदस्यको लागि चुनावी भिडन्त हुँदैछ । कांग्रेसबाट जेठानी लक्ष्मी पाण्डे र एमालेले उनकी देउरानी गीता पाण्डेलाई उठाउको छ । ८० बर्षीया सासुलाई भने दुइ वटै बुहारीको उत्तिकै माया लाग्ने भएकाले कुन बुहारीलाई भोट दिने भन्ने समस्या भएको नागरिकमा खबर छ ।

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ ः प्रम

भीमदत्तनगर, असार १० । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ भन्नुभयो । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा (एमाले)सहितसँग छलफल गरी संविधान संशोधन गरिने जानकारी दिनुभयो । “मधेसीले केही माग राखेका छन् ।” प्रधानमन्त्री देउवाले भन्नुभयो, “दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन ।” संविधान संशोधन नभए पनि आन्दोलनरत पक्ष स्थानीय तहको निर्वाचनमा भाग हुनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो । उहाँले पञ्चेश्वर परियोजना बनाएर छाड्ने बताउँदै भन्नुभयो, “अपर कर्णाली र पश्चिमसेती बन्ने भइसके । पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाउनेछु ।” महाकाली नदीको चार लेनको पुल निर्माण चाँडै सुरु हुने जानकारी गराउनुभयो । नेपाली काँग्रेसले आयोजना गरिरहेका चुनावी सभालाई सम्बोधन गर्दै रहनुभएका काँग्रेस सभापति देउवाले आज कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा पनि सम्बोधन गर्ने तथा कञ्चनपुरपछि उहाँ आज नै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवाकाे सहयोगी ‘टिम’ खै ! 

काठमाडौं, असार ८ । प्रधानमन्त्रीको कार्यकाल सम्हालेको १७ दिन बितिसक्दा पनि शेर बहादुर देउवाले सहयोगी टिम बनाउन सकेका छैनन् । आजको कान्तिपुरमा खबर छ । सल्लाहकार र सहयोगी टिम नहुँदा सचिवालय र प्रधानमन्त्री कार्यालय नै अस्तव्यस्त छ । यसअघि तीन पटक प्रधानमन्त्रीको अनुभव लिएका देउवाले चुनावपछि मात्रै सहयोगी टिम बनाउने भन्दै आफूनिकटलाई सुनाउने गरेका छन् । सहयोगी टिमको सुझावभन्दा पनि आफ्नै शैली र परम्पराबाट चल्ने स्वभाव देउवामा देखिएको छ ।

सय रुपैयाँ धरौटीमा छुटे राजपाका कार्यकर्ता

नवलपरासी, असार ६ । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको अभियोगमा सार्वजनिक अपराधमा मुद्दा चलाइएका नवलपरासीका १२ जना राष्ट्रिय जनता पार्टी नेपालका नेता, कार्यकर्ता धरौटीमा रिहा भएका छन् । उनीहरुलाई एक सय रुपैयाँ धरौटीसहित तारेखमा छाडिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जमनकारी दिए । रिहा हुनेमा केन्द्रीय उपाध्यक्ष गोबिन्द चौधरी र जिल्ला संयोजक पुरन चौधरीलगायत छन् । असार ४ गतेको मनोनयन दर्तामा अवरोध ल्याउने उद्देश्यले गतिविधि सञ्चालन गरेको भन्दै प्रहरीले शनिवार र आईतबार गरी ३१ जनालाई पक्राउ गरेको थियो । अन्यलाई कागज गराएर छाडेपनि उनीहरु माथि सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो ।

रुकुममा माअोवादी केन्द्रका पाँच वडा सदस्य निर्विरोध निर्वाचित

रुकुम, असार ५ । जिल्लाको भुमे गाउँपालिकामा माओवादी केन्द्रका ५ जना वडा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाको वडा नं.७ मा वडा अध्यक्ष बाहेक ४ जना सदस्यहरु र वडा नं.६ का दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् । वडा नं.७ का महिला सदस्य मनकुमारी बुढा, दलित महिला सदस्य रामकुमारी सुनार, वडा सदस्यहरु धनिमान बुढा र रुपधन कामी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, वडा नं.६ की दलित महिला सदस्य मीना सुनार पनि निर्विरोध निर्वाचित भएकी छन् । गाउँपालिका अध्यक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजमो र स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् । ९ वटा वडा रहेको भुमे गाउँपालिकामा माओवादी केन्द्रले ४७ जना, कांग्रेसले ३६ जना र एमालेको २७ जनाले उम्मेदवारी दिएका छन् ।

अत्यधिक गर्मीले मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर

महेन्द्रनगर (धनुषा), जेठ २१ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण धनुषासहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । गर्मीका कारण तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको जनजीवन निकै प्रभावित बनेको छ । गर्मीका कारण यस क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ । जनकपुर अञ्चल अस्पतालका अनुसार अस्पतालमा दैनिक आउने बिरामीमध्ये झाडापखाला र गर्मीको कारण हुने विभिन्न किसिमका रोग नै बढी देखिएको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान पनि गाह्रो हुन थालेको छ । अहिले बिहानको तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको छ भने दिउँसो यो बढेर ३९–४० डिग्रीसम्म पुग्ने गरेको छ । यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । बाहिर घाममा निस्किँदा अनिवार्य रुपमा छाताको प्रयोग गर्नुपर्ने र चिसो खानेकुराहरु काँक्रा, तरभुज खानुका साथै हरियो सागसब्जी र अत्यधिक मात्रामा पानी पिउनुपर्ने सल्लाह चिकित्सकले दिएका छन् ।

सुरक्षा परिषदद्वारा निन्दा व्यक्त

संयुक्त राष्ट्रसंघ, २ जेठ । केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय शाान्तिदूतउपर गत शनिबार र आइतबार भएको अमानवीय आक्रमणको राष्ट्र संघीय सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ । लामो समयदेखि राजनीतिक रुपमा अस्थिर रहेको र हिंसाग्रस्त केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय समूहः मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टाबिलाइजेसन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का) का कार्यकर्तामाथि लक्ष गरी बाङ्गास्सु (बोमोउ) मा गत शनिबार र आइतबार त्यहाँका सशस्त्र बिद्रोही समूहः एन्टि बलाकाले अन्धाधुन्द हिंसात्मक आक्रमण गरेका थिए । सो आक्रमणबाट मिनुस्कामा कार्यरत मोरक्कोका एकजना कार्यकर्ता ठहरै हुनुका साथै अर्का मोरक्काली कार्यकर्ता नराम्ररी घाइते हुनुका साथै केही स्थानीय बासिन्दाहरुको मृत्यु भएको र भएका र धेरै सङ्ख्याका मानिसहरुका बस्ती नै उजाडिई बिस्थापित हुन पुगेका थिए । राजनीतिक स्थायित्व, शान्ति र स्थिरता कायम गराउने उद्देश्यले खटिएका राष्ट्र संघीय शान्तिदूत तथा सर्वसाधारण निर्दोष जनतामथि माथि यस प्रकारको ज्यानै जाने सम्मको आक्रमण हुनु अत्यन्त जघन्य अपराध भएको राष्ट्र संघीय सुरक्षा परिषदले उल्लेख गरेको छ । साथै, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि उक्त घटनाको गहिरो भत्र्सना गर्दै, सबै अपराधीहरुको खोजी गरी न्यायको कठघरामा उभ्याउन केन्द्रिय अफ्रिकी गणतन्त्रको सरकारसँग अनुरोध समेत गर्नु भएको छ ।रासस ÷सिन्ह्वा

२९ स्थानमा माओवादी केन्द्रको अग्रता

काठमाडौं, जेठ १ । स्थानीय तहको निर्वाचनको पछिल्लो मत गणना परिणाम अनुसार माओवादी केन्द्रले २९स्थानमा अग्रता लिएको छ । माओवादीले अग्रता लिएका स्थानीय तह १. चौरजहारी नगरपालिका (रुकुम) २. गोलनचौर गाउँपालिका (सिन्धुली) ३. थाक्रे गाउँपालिका (धादिङ) ४. नेत्रावती गाउँपालिका (धादिङ) ५. रोशी गाउँपालिका (काभ्रे) ६. वागमती गाउँपालिका (मकवानपुर) ७. भेरीगंगा नगरपालिका (सुर्खेत) ८. शिवालय गाउँपालिका (जाजरकोट) ९. बारेकोट गाउँपालिका (जाजरकोट) १०. बाफीकोट गाउँपालिका (रुकुम) ११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर) १२. दार्मा गाउँपालिका (सल्यान) १३. कपुरकोट गाउँपालिका (सल्यान) १४. ढोरचौर गाउँपालिका (सल्यान) १५. रास्कोट नगरपालिका (कालिकोट) १६. कालिका गाउँपालिका (रसुवा) १७. ताराखोला गाउँपालिका (बाग्लुङ) १८. आँबु खैरहनी गाउँपालिका ( गोरखा) १९. गण्डकी गाउँपालिका (गोरखा) २०. जिरी नगरपालिका (दोलखा) २१. भिमफेदी नगरपालिका (मकवानपुर) २२. खैरहनी नगरपालिका (चितवन) २३. चौतारा साँगाचोकगढी नगरपालिका (सिन्धुपाल्चोक) २४ बागचौर नगरपालिका (सल्यान) २५. बेनिघाट रोराङ गाउँपालिका (धादिंग) २६. गण्डकी गाउँपालिका (गोरखा) २७. पाचखाल नगरपालिका (काभ्रे) २८.  पञ्चकन्या गाउँपालिका (नुवाकोट) २९.त्रिवेणी नलगाड (जाजरकोट)

लमजुङ अपडेटः दोर्दी गाउँपालिकामा कांग्रेस अगाडि, मस्र्याङ्दीमा एमाले

काठमाडौँ, जेठ १ । लमजुङको दोर्दी गाउँपालिकामा हिजो अाइतबार स्थानीय तहको निर्वाचनको मतगणता सुरु भइसकेको छ। मतगणनाअनुसार अहिलेसम्मको गणना अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ ।   पछिल्लो प्राप्त मत अनुसार दोर्दीको वडा नं. १ र २ को कूल गणना भएका सात सय मतमध्ये नेपाली कांग्रेसले अग्रता लिएको हो । मस्र्याङ्दी गाउँपालिकाको वडा नं। १ को गणनामा भने शुरुआती अग्रता एमालेले लिएको छ । वडा नं। १ मा २ सय ५१ मत गणना हुदाँ एमालेले १ सय ९२, कांग्रेसले ६४ , माओवादीले २ र राप्रपाले ३ मत प्राप्त गरेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी तुलसी प्रसाद तिमिल्सिनाका अनुसार जिल्लाको बेशीसहर, सुन्दरबजार, राइनास र मध्येनपाल नगरपालिकामा भने विहान १० बजेबाट मतगणना सुरु गर्ने भनिएपनि भर्खरैबाट मतगणना सुरु भएको छ । मस्र्याङ्दी र दुधपोखरी गाउँपालिकामा विहान १० बजेबाट मतगणना सुरु भएको छ भने क्व्होलासोँथर गाउँपालिकामा पनि अब केहीबेरमा सुरु हुने जनाएको छ । आइतबार भएको स्थानिय तहको निर्वाचनमा लमजुङ ७३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १ लाख ५ हजार ९ सय ९२ मतदाता रहेको लमजुङमा ७७ हजार ४ सय ६९ मतदाताले मतदान गरेका थिए । जसमा बेशीसहर नगरपालिकामा २१ हजार ३ सय ४७ मतदाता रहेकोमा १५ हजार ७ सय ७० मत खसेको थियो । सुन्दरबजार नगरपालिकामा १६ हजार ८ सय ५९ मतदाता रहेकोमा १२ हजार १ सय ४३ मत खसेको छ भने मध्यनेपाल नगरपालिकामा १६ हजार २ सय ७० मतदातामा ११ हजार ८ सय १३ मत खसेको छ । राइनास नगरपालिकामा ९ हजार २ सय ७९ मत खसेको थियो । जहाँ १२ हजार ७ सय ९९ मतदाता रहेका थिए । यस्तै जिल्लाको दोर्दी गाउँपालिकामा ११ हजार ९ सय ५९ मतदाता रहेकोमा ८ हजार ७ सय १३, मस्र्याङ गाउँपालिकामा १२ हजार ३ सय १६ मतदाता रहेकोमा ९ हजार ३ सय ६०, दुधपोखरी गाउँपालिकामा ७ हजार ३ सय ८८ मतदाता रहेकोमा ५ हजार १ सय ३६ मत खसेको थियो । क्व्होलासोँथरमा ७ हजार ८७ मतदाता रहेको ५ हजार २ सय ५५ मत खसेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमाले बिजयी

हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी शुरुवात गरेको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् । उनले १६९ मत प्राप्त गरेर बिजयी हुँदा एमालेकी टिकनदेवी गुरुङ ९ मतले पछि परिन् ।  

भूमिहिनलाई लालपूर्जा वितरण गरिने : उम्मेदवार अम्गाई

सुजिता हमाल चितवन, वैशाख २५ । आसन्न स्थानीय तहको निर्वाचनको लागी नेकपा माओवादी केन्द्र रत्ननगरले आज रत्ननगरका वडा नं ११,१२ र १३ मा दलित तथा सुकुम्वासी बस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । चुनाव प्रचार प्रशारको लागी भोट माग्न माओवादी केन्द्रले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको हो । नगर ईन्चार्ज कन्चन खनालको नेतृत्वमा भएको घरदैलो कार्यक्रमलाई सम्वोधन गदै मेयर पदका उम्मेदवार पूर्ण अम्गाई सुवोधले सम्पूर्ण दलित तथा सुकुम्वासीका समस्या समाधान गर्न र भुमिहिनलाई लालपूर्जा वितरण गर्न माओवादी केन्द्रलाई विजयी गराउनु पर्ने बताए । नगरमा भौतिक पूर्वाधारको विकास शिक्षा, स्वास्थ्य, रोजगारको लागि माओवादी केन्द्रलाई स्थानिय तहको निर्वाचनमा जिताउन मतदातासँग आग्रह गरेका छन् । सो अवसरमा बाेल्दै उपमेयर पदकी उम्मेदवार संगिता भट्टराईले पछाडी पारिएका महिलालाई राज्यको निति निर्माण गर्ने स्थानमा माओवादीले पु¥याएको दावी गदै माओवादी केन्द्रलाई अत्याधिक मतले विजयी गराउनु पर्ने बताए । नगरको विकास र आर्थिक समृद्धिको लागी माओवादी केन्द्रलाई भोट दिन आग्रह गरे । रत्ननगर नगरपालिकालाई चितवनकै नमुना नगरपालिका बनाउन माओवादी केन्द्रको जित अपरिहार्य रहेको दावी गरे । कार्यक्रममा वडा नं ११ का वडा अध्यक्षका उम्मेदवार कृष्णप्रसाद देवकोटा,वडा नं १२ का वडा अध्यक्षका उम्मेदवार श्याम बराल, र वडा नं १३ का वडा अध्यक्ष हरि खड्का लगाएतको सहभागिता रहेको प्रचार प्रशार प्रमुख विजय हमालले जानकारी दिए । यता रत्ननगर १ का वडा अध्यक्षका उम्मेदवार गणेश पौडेल, वडा नंं २ नारायणकाजी श्रेष्ठ, वडा नं. ३ का कृष्णप्रसाद अधिकारी, वडा नं. ४ का प्रेम कुमार महतो, वडा नं. ५ का सीताराम श्रेष्ठ, वडा नं. ६ का विक्रम महतो, वडा नं. ७ का बुधराम महतो, वडा नं. ८ का झगरु महतो, वडा नं. ९ का मेघनाथ पौडेल, वडा नं. १० का ज्ञानेन्द्रराज पाण्डे , वडा नं १४ का विष्णु पोखरेल, वडा नं.१६ मा वडा अध्यक्षका उम्मेदवार पुरुषोत्तम लामिछाने लगायत वडा सदस्यका उम्मेदवारहरु, सयौ कार्यकर्ताहरुले घरदैलो तथा मतदाता भेटघाट गरेका थिए । उनीहरुले नेकपा माओवादी केन्द्रलाई जिताउन वडाका विभिन्न क्षेत्रमा पुगेर मतदाताहरुसँग भोट मागेका हुन ।

चन्द नेतृत्वको पार्टीका १५० कार्यकर्ता  पक्राउ

काठमाडौं, वैशाख २५ । काठमाडौं  स्थानीय निर्वाचनलाई प्रभावित गर्न हिंसात्मक गतिविधि सुरु गरेपछि प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कारबाही सुरु गरेको छ । आइतबारसम्म एक सय ५० भन्दा धेरै सो पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेका नयाँ पत्रिका मा  खबर छ ।

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी कंग्रेसका सदस्यहरुबीच भेटवार्ता

काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी कंग्रेसका सात सदस्यसहितको प्रतिनिधि मण्डलले भेट गरेको छ । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा दुई पक्षीय हित, समसामयिक राजनीति र विकास आयोजनाका सम्बन्धमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल र अमेरिका बीचको सम्बन्ध र भ्रमणहरु निकै फलदायी हुने गरेको बताएका थिए । नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकी सहयोग महत्वपूर्ण रहेको भन्दै प्रधनमन्त्रीले अमेरिकाको सहयोगप्रति प्रशंसा गरेका थिए । २ वर्षअघि नेपालमा गएको भूकम्पको बेला अमेरिकाले उद्दार, राहत र पूनर्निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाल राजनीतिक स्थिरता, विकास र आर्थिक समृद्धिको यात्रामा लम्किरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अमेरिकी लगानी र अनुदानमा नेपालमा सञ्चालित आयोजनाहरुले आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए । प्रधानमन्त्रीले संक्रमणकालीन न्यायको सिद्धान्तलाई ध्यान दिँदै नेपालले आफ्नै मौलिकतामा शान्ति प्रक्रियालाई सफलतामा पुर्याएको जानकारी दिएका थिए । अमेरिकी कंग्रेसका सदस्यहरुले नेपालको शान्ति प्रक्रिया, मानव अधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौता लगायतका विषयमा प्रधानमन्त्रीसँग चासो व्यक्त गरेका थिए । प्रतिनिधि मण्डलले राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयले अमेरिकी कुटनीति र परराष्ट्र सम्बन्धमा कुनै फरक नपर्ने जानकारी दिँदै नेपालका विकास आयोजनाहरुमा अमेरिकी सहयोग र लगानी गर्न आफूहरु तयार रहेको बताए ।

संविधानसभा चुनाव बहिस्कार गर्ने पनि चुनावी मोर्चामा

काठमाडौँ, वैशाख २३ । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने भएकोे छ । सो पार्टीले आफ्नै नाममा निर्वाचनमा भाग नलिए पनि नेता सिपी गजुरेलको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरेर त्यसैको नाममा चुनावमा भाग लिइरहेको छ । संसद्मा प्रतिनिधित्व नगरेकै कारण सो दलले चुनाव चिन्हसमेत पाएका छैनन् । पार्टीको चुनाव चिन्ह नपाएपछि सो दलका उम्मेदवारले स्वतन्त्र हैसियतमा फरक-फरक चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । सो पार्टीका अध्यक्ष मोहन वैद्यले आज जारी गर्नुभएको विज्ञप्तिमा पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिएता पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललाई समर्थन गर्ने नीति लिएको जानकारी दिनुभएको छ । मोर्चाका उम्मेदवारको पक्षमा मतदान गर्नका लागि मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्र तथा बुद्धिजीवीसहित सम्पूर्ण उत्पीडित वर्ग र जनसमुदायसित अध्यक्ष वैद्यले अनुरोध गर्नुभएको छ । नयाँ जनवादी क्रान्तिको तयारी गर्न, गलत राजनीतिको विरोध गर्न, भ्रष्टाचारीलाई दण्डसजाय दिन र जनताको सेवा गर्नका लागि स्थानीय निर्वाचन पनि एउटा उपयुक्त माध्यम हुनसक्ने आफूहरुले देखेको विज्ञप्तिमा उल्लेख छ । सो उद्देश्यमा सहयोग पु¥याउनका लागि मोर्चाका उमेदवारलाई मत दिई विजयी बनाउन सबैसँग वैद्यले आग्रह गर्नृभएको छ । माओवादी केन्द्रबाट छुट्टिएर गएको क्रान्तिकारी माओवादीले सो पार्टीसँग स्थानीय तहको निर्वाचनमा तालमेल गर्न भने अस्वीकार गरेकोे छ । ९माओवादी केन्द्र०का नेता मणि थापाले तालमेलका लागि क्रान्तिकारी माओवादी इच्छा नदेखाएकाले सो विषयमा छलफल हुन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “हामी तामलेलका लागि तयार छौंँ, तर उहाँहरु चुनाव जित्ने भन्दा पनि विचारको रक्षा गर्छौ भन्दै हुनुहन्छ । क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले नेपाली काँग्रेस, नेकपा९एमाले०, माओवादी केन्द्र र राप्रपासँग चुनावी तालमेल नगर्ने पार्टी नीति रहेको स्पष्ट पार्नुभयो । उहाँले आफूहरु तीन कुरालाई मध्यनजरगरी निर्वाचनमा गएको जानकारी दिँदै भन्नुभयो– “पहिलो निर्वाचनमार्फत आफ्नो विचार जनतासमक्ष पुर्याउने, दोस्रो सङ्गठन विस्तार गर्ने र तेस्रो जित्ने ठाउँमा नेतृत्व लिने लक्ष्य हो ”। अहिले नीति र सिद्दान्तलाई बिर्सिएर दलहरुबीच भइरहेको चुनावी तालमेललाई आफ्नो पार्टीले राजनीतिक व्यापारका रुपमा लिएको उहाँको टिप्पणी छ ।