अस्थायी शिक्षकहरुविरुद्ध बाबुरामको कडा प्रतिक्रिया– झोले शिक्षकहरुलाई पुरस्कृत गर्ने कदम प्रतिगामी
काठमाडौं, नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भटटराईले शिक्षा क्षेत्रमा खुला प्रतिष्पर्धाबाट शिक्षक भित्र्याउन माग गरेका छन् ।
नेपालमा सार्वजनिक शिक्षा प्रणाली तहसनहस भइसकेको बताउँदै डा. भट्टराईले राजनीतिक दलहरुका झोले शिक्षकलाई मात्रै स्थायी गर्ने तयारी भइरहेको भन्दै आपत्ती समेत जनाएका छन् ।
आफ्नो फेसबुक वालमा बाबुरामले लेखेका छन–
समृद्धिको आधार शिक्षा हो। तर हाम्रो सार्वजनिक शिक्षा प्रणाली यति तहसनहस भैसकेको छ कि यसमा आमूल परिवर्तन नगरी नेपाल समृद्ध बन्नै सक्दैन१
यसको एउटा प्रमुख कारण शिक्षकहरूको खुकुलो नियुक्ति प्रकृया र उनीहरूको व्याप्त दलीयकरण नै हो।कार्यदक्षताको आधारमा भन्दा दलहरूको आड लिएर कराररअस्थायीको रूपमा प्रवेश गर्ने अनि दबाब दिएर स्वतस् अथवा नाम मात्रको आन्तरिक परीक्षामा बसेर स्थायी बन्ने प्रकृयाले शिक्षाप्रणाली भताभुंग बनेकोछ ! विद्यार्थीको पढाइनिम्ति स्कूल होइन कि माष्टरको जागीरकोनिम्ति स्कूल बन्न पुगेको छ !
यो विकृतिलाई अन्त्य गर्नु सट्टा उल्टै असक्षम र गैरजिम्मेवार दलहरूका झोले शिक्षकहरूलाई पुरस्कृत गर्ने गरी अहिले अस्थायी शिक्षकहरूलाई नाम मात्रको आन्तरिक परीक्षा लिएर स्थायी गर्ने र नयाँ सक्षम युवाहरूको प्रवेशलाई रोक्ने जुन प्रकृया अघि बढाइदैछ त्यो सर्वथा अनुपयुक्त र प्रतिगामी छ।
अहिलेको तीन चौथाइ बहुमत प्राप्त सरकारले ऐनमा आवश्यक संशोधन गरेर देशका कर्णधार तयार गर्ने शिक्षण पेशामा खुला प्रतिस्पर्धाबाट सक्षम र नैतिकवान व्यक्तिहरूलाई प्रवेश गर्ने बाटो खोलोस् !
साथै सार्वजनिक कोषबाट वेतन ग्रहण गर्ने शिक्षक, प्राध्यापक, कर्मचारीहरूका दलीय संगठन खारेज गरेर तद्तद् पेशामा एक मात्र ट्रेड यूनियन गठन गर्ने व्यवस्था गरोस्१
अन्यथा समृद्धिका धाक गँजडीका गफ मात्र सावित हुनेछन् !
जागरणदेखि बुद्ध वल्र्ड रेकर्ड अभियानसम्म – धीरज राई
काठमाडौं, चैत २ । हाम्रो दुर्भाग्य प्राविधिक ज्ञानको अभाव, भिडको अत्यधिक चाप र आगन्तुकलाई नियन्त्रण गर्न नसक्दा सही तत्यांक दुरुस्त संकलन गर्न सकेनौँ । धीरज राई विशेषगरी नेपाली संगीत क्षेत्रमा स्थापित नाम हो । गायनयात्राका तमाम उतारचढाव पार गरेका राईका सेक इट सेक इट, बुद्ध वाज बर्न इन नेपाल, तिम्रा नयन तिम्रा अधर जस्ता गीत हिट छन् । आर्किटेक्चरमा इन्जिनियरिङ र अंग्रेजी साहित्यमा डिग्री गरेका उनी गिनिज बुक अफ वल्र्ड रेकर्डमा गौत्तम बुद्ध नेपालमा जन्मिएको लेखाउने अभियानमा सक्रिय रहे । जुन अभियानले गत फागुन् १९ गते काठमाडौंको टुंडिखेलमा विशाल आकार लियो । राईकै शब्दमा उनको संगीतयात्रा र बुद्ध अधायनको अनुभव आजको नयाँ पत्रिकामा छ ।
उपसभामुखको मनोनयन आज हुँदै, वाम गठबन्धनमा उम्मेदवारबारे अझैं अन्यौल
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । कार्यतालिका अनुसार आज दिउँसो २ बजेभित्र उम्मेदवारी मनोनयन गर्नुपर्नेछ । मनोनयन दर्ताका लागि नेपाली कांग्रेसले पुष्पा भुषाललाई अगाडि सारेपनि वाम गठबन्धनमा उम्मेदवारबारे अन्यौल कायमै रहेको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार उपसभामुख एमालेले पाउने भनिएपनि संघीय समाजवादी फोरम समेत सरकारमा सहभागी हुने भएपछि फोरमलाई उपसभामुख दिने चर्चा समेत चलेको थियो । वाम गठबन्धनले दिउँसो १२ बजेसम्म पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । प्रतिनिधिसभामा वाम गठबन्धनको बहुमत भएकाले वाम गठबन्धनका उम्मेदवार नै विजयी हुने निश्चित छ । एमाले नेता सुवास नेम्वाङले उम्मेदवारबारे पार्टीमा छलफल भइरहेपनि टुङ्गो लागि नसकेको बताए । नेम्वाङले छलफलपछि समयमै उम्मेदवारी दर्ता गर्ने बताए । यसैबीच, सभामुखमा उम्मेदवारी नदिएको कांग्रेसले भने उपसभामुखमा उम्मेदवारी दिने भएको छ । कांग्रेसले उपसभामुखमा पुष्पा भुषाललाई उम्मेदवार बनाउने तयारी गरेको हो । उम्मेदवारी दर्ताका लागि संसद सचिवालयमा पुगेको भुसालले बताइन् । उम्मेदवारी दर्ताका लागि फर्म ल्याएको बताउँदै भुसालले भनिन्, ‘प्रस्तावक र समर्थकका विषयमा छलफल हुँदैछ ।’ भुसाल समानुपातिक सांसद भुसाल अर्घाखाँचीवासी हुन् । उनी ०६४ को संविधानसभामा पनि सांसद थिइन् । सभामुखमा भने माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध भएका थिए । उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ ।
स्थानीय तहमा थप ७५ अर्ब बजेट निकासा
काठमाडौं । नेपाल सरकारले चालु आवका लागि छुट्याइएको रकममध्ये तेस्रो तथा अन्तिम किस्ताको ७५ अर्ब रुपैयाँ बिहीबार स्थानीय तहको सञ्चित कोषमा पठाउने भएको छ । सबै स्थानीय तहको सञ्चित खाता वाणिज्य बैंकहरुमा रहेकाले यो रकम निकासा भएपछि वाणिज्य बैंकहरुले समेत राहत महसुस गर्ने भएका छन् । चालू आर्थिक वर्ष २०७४–७५ को बजेटमार्फत स्थानीय तहका लागि छुट्याइएको समानीकरण अनुदान र शसर्त अनुदानमध्ये उक्त रकम पठाउन लागेको अर्थ मन्त्रालयका प्रवक्ता अर्जून प्रसाद पोखरलले जानकारी दिए । तेस्रो किस्ता बापतको ७५ अर्ब रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्न महालेखा नियन्त्रकको कार्यालयलाई अख्तियारी दिइसकेको पोखरलले बताए । सरकारले ७ सय ५३ वटा स्थानीय तहका लागि २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटमा समानीकरण अनुदान अन्तर्गत एक खर्ब ४८ अर्ब ६३ करोड र सशर्त अनुदान ७६ अर्ब ४१ करोड रुपैयाँ गरि दुई खर्ब २५ अर्ब रुपैयाँ छुट्याइएको छ । ७५ अर्ब रुपैयाँका दरले यसअघि दुई किस्तामा गरेर एक खर्ब ५० अर्ब रकम निकासा भईसकेको छ । बिहीबार नेपाल सरकारले तेस्रो तथा अन्तिम किस्ताको रकम निकासा गर्न लागेको हो । स्थानीय तहलाई प्राप्त हुने सबै प्रकारको आम्दानी सञ्चित खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । उक्त खाता नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा रहेका छन् । जसले गर्दा तरलताको अभाव खेपिरहेको वाणिज्य बैंकहरुलाई केही राहात मिल्ने भएको छ । यसले बैंकहरुको निक्षेपमा समेत टेवा पुर्याउने छ । स्थानीय तहले केन्द्रबाट प्राप्त गर्ने बजेट खर्च गर्न नसकेपनि त्यो बजेट फेरि केन्द्र सरकारको खातामा फर्काउन नमिल्ने र बैंककै खातामा रहने हुँदा निक्षेप बढाउन प्रयासरत बैंकहरुलाई भने केही राहात मिल्ने देखिएको छ । सरकारले यसअघि दुई पटक गरेर स्थानीय तहमा पठाएको एक खर्ब ५० अर्ब रकममध्ये पचास प्रतिशत भन्दा बढी रकम बैंक खातामा नै थुप्रिएको अवस्था छ। मेरोलगानीबाट साभार
बिहे गर्न नमानेपछि कञ्चनपुरमा युवतिमाथि निर्घात कुटपिट
महेन्द्रनगर । आफूसँग बिहे गर्न नमानेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनखेतमा २४ वर्षिय युवति सोनी चन्दमाथि निर्घात कुटपिट गरिएको छ । आज बिहान १० बजे सोनीकै घरमा आएर भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २७ वर्षिय राकेश चन्दले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट सोनीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । राकेशले सोनीलाई आफूसँग विवाह गर्न दबाब दिँदै आएको जनाइएको छ । राकेशले घरमै आएर औलाहरूले आँखा घोचेको र अनुहारमा उम्लिरहेको घ्यू फालिदिएको सोनीका आफन्तले बताएका छन् । सोनीको महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको गेटा आँखा अस्पताल रेफर गरिएको छ । घरमा रहेकी आमाले छोरीमाथि कुटपिट हुँदा रोक्न खोजेपछि आमामाथि समेत कुटपिट गरिएको जनाइएको छ । घरमा आमा र छोरी मात्रै बस्ने गरेका थिए । सोनीमाथि कुटपिट गर्ने राकेश चन्दको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्रिपुरा माविका विद्यार्थी ज्यानै जोखिममा पारेर पढ्न बाध्य
डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुरा माध्यमिक विद्यालयका विद्यार्थी ज्यान जोखिममा पारेर पढ्न बाध्य भएका छन् । लगातार दुई वर्ष अघिदेखि जीर्ण भवनमा पढ्नुपर्ने बाध्यता भएकाले उनीहरुको ज्यान जोखिममा परेको हो । तीव्र हावाहुरीका कारण पटक–पटक उडाउँदै आएको जस्तापातालाई कामचलाउ रुपमा ढुंगाले थिचेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । “विद्यालयको तीनकोठे भवन एकदमै जीर्ण छ, तीन वर्षदेखि जीर्ण भवनमा नै प्रावि र निमाविका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ,” प्रधानाध्यापक रमानन्द उपाध्यायले भन्नुभयो, “कति बेला जस्तालाई थिचेको ढुंगा खसेर शिक्षक, विद्यार्थीको ज्यान जाने हो टुंगो छैन्” उहाँले थप्नुभयो । जीर्ण भवन मर्मतका लागि जिशिकालगायतका थुप्रै संघ संस्थालाई अनुरोध ग¥यौँ तर पनि कसैले नसुनेको उहाँले गुनासो गर्नुभयो । कक्षा १ देखि १० कक्षा सञ्चालन गरिएको उक्त विद्यालयमा जम्मा दशवटा कोठा रहेका छन् । त्यसमध्ये कक्षा १, २, ३ र ६ सञ्चालन गर्दै आएको भवन एकदमै जीर्ण छ । भवन जीर्ण भएपछि हावा लाग्दा, पानी पर्दा साह्रै समस्या हुने गरेको लामो समयदेखि अध्यापन गराउँदै आएका शिक्षकले बताए । “जीर्ण भवनमा पठनपाठन गराउँदा विद्यार्थी पनि डराइडराइ अध्ययन अध्यापन गर्नुपर्ने बाध्यता छ” शिक्षक लोकश खत्रीले चिन्ता व्यक्त गर्नुभयो । “पटक–पटक हावाले छानो पल्टाउँछ, शिक्षक विद्यार्थी मिलेर त्यही छानो ओल्टाइपल्टाइ कोठा ढाकेर पठनपाठन गर्न बाध्य छाँै, त्यसलाई छोडेर अन्य ठाउँमा कक्षा शुरु गराँैँ भने कोठाको अभाव छ” शिक्षक खत्रीले भन्नुभयो । उक्त जीर्ण भवन मर्मतको लागि विभिन्न संघसंस्थामा पहल गरे पनि कसैले पनि नसुनेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । जिल्लाभित्र रहेका जीर्ण विद्यालय मर्मतका वर्षेनी लाखौँ रुपैयाँ आउँछ तर हाम्रो विद्यालयलाई कसैले नहेरेको अभिभावक संघका अध्यक्ष पुरीप्रसाद हमालले बताउनुभयो । यस विद्यालय जिल्लामै पुरानो विद्यालयको रुपमा चिनिँदै आएको छ । रासस
महरा सभामुखमा निर्वाचित
काठमाडौं, फागुन २६ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य महन्थ ठाकुरले महरा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन । उनलाई कांग्रेस र संघीय समाजवादी फोरमले पनि समर्थन गरेका थिए । शुक्रबार एक बजेसम्म उम्मेदवारीका लागि समय तोकिए पनि कांग्रेसले भने माओवादी नेता महरा नै सभामुखका लागि उपयुक्त व्यक्ति भएको भन्दै उम्मेदवारी दिएन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उम्मेद्वारको व्यक्तित्वको कदर गर्दै र सहमतीय राजनीतिलाई प्रश्रय दिदै सभामुखमा पार्टीको तर्फबाट उम्मेद्वार नउठाएको जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई राष्ट्रियसभाको अध्यक्ष दिएर पूर्व सभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेद्वार बनाउने प्रयास गरे पनि माओवादी केन्द्रले त्यसलाई अस्वीकार गर्दै महरालाई सभामुख बनाउने निर्णय गरेको थियो ।
माओवादी नेता कृष्णबहादुर महरा ‘निर्विरोध सभामुख’ (राजनीतिक यात्रासहित)
काठमाडौं । वाम गठबन्धनबाट सभामुख पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुने भएका छन् । प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने घोषणा गरेपछि महरा सभामुखमा निर्विरोध हुने भएका हुन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज उपस्थित भएर महराले सभामुखको उम्मेदवारी दर्ता गराएका थिए । सभामुखमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि १ बजेसम्मका लागि समय सूचित गरिएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको कांग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पारे । माओवादी नेता कृष्णबहादुर महराको उम्मेदवारीलाई नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका छन् भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका छन् । उम्मेदवारीको दर्ता लगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महराले संविधान कार्यान्वयन र नयाँ कानून निर्माणका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए । यस्तो छ महराको राजनीतिक यात्रा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका महराले कहिल्यै पछाडि फर्किनु परेन । उनले २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा दाङ–३ बाट अत्यधिक मतले जीत हात पारेका थिए भने दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा–२ बाट फेरि विजयी भए । प्रतिनिसभा तथा प्रदेशसभा निर्वाचनमा पुनः दाङ–२ बाट उम्मेदवारी दिएका महरा भारी मतान्तरले विजयी भए । २०४८ सालमा उनीसँगै प्रतिनिधिसभामा विजयी हुने ९ जना सांसदमध्ये अहिलेसम्म निरन्तर जीत हात पार्ने नेता हुन् महरा । लामो समयसम्म संसदीय राजनीतिलाई नजिकबाट नियालेका महरा हरेक संवेदनशील राजनीतिक मोडहरूमा संयोजनकारी र समन्वयकारी भूमिकामा देखिन्छन् । विपक्षीलाई समेत समेटेर अगाडि बढ्ने स्वभाव भएका पाको र परिपक्व नेतालाई मुलुकले सभामुखमा प्राप्त गरेको छ । स्व. रविचन्द्र महरा र स्व. समुन्द्रदेवी महराको कोखमा २०१५ असार १५ गते रोल्पाको लिवाङ–७ धारापानीमा जन्मिएका हुन् महरा । बालकल्याण उच्च माध्यमिक विद्यालय रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका महराले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट विज्ञान संकायमा प्रवीणता प्रमाणपत्र तह पूरा गरेका थिए । त्यसपछि त्रिभुवन विश्वविद्यालय पोखराबाट शिक्षाशास्त्रबाट स्नातक तह उत्तीर्ण गरेका थिए । लामो समयसम्म संसदीय राजनीतिलाई नजिकबाट नियालेका महरा हरेक संवेदनशील राजनीतिक मोडहरूमा संयोजनकारी र समन्वयकारी भूमिकामा देखिन्छन् । महरा २०३५-०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय भएका हुन् । २०३६ सालदेखि २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधिको जिम्मेवारी निर्वाह गरेका महराले २०३७ सालमा तत्कालीन नेकपा चौथो महाधिवेशनको पार्टी सदस्यता प्राप्त गरेका थिए । सोही सालमै पार्टीको रोल्पा जिल्ला सदस्य बनेका महराले २०३९ देखि ४१ सालसम्म अनेरास्ववियूको आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्षको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए । सामाजिक काममा उत्तिकै सक्रिय रहने महरा २०४१ देखि २०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको मन्त्रीको रुपमा समेत क्रियाशील रहे । २०३६ देखि २०४८ सालसम्म विज्ञान र गणित शिक्षकको रुपमा १० वर्ष शिक्षण पेशामा खर्चिएका महरा २०४८ सालदेखि नेकपा मशाल रोल्पा जिल्ला सेक्रेटरीको जिम्मेवारीमा रहे । २०४८ को आमनिर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट रोल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनी २०५० मा संयुक्त जनमोर्चा नेपालको संसदीय दलको नेता समेत भएका थिए । महरा २०५० सालमा तत्कालीन नेकपा एकता केन्द्रको क्षेत्रीय संगठन समितिको सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए । २०५१ सालमा तत्कालीन नेकपा माओवादीको पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य बनेका महरा जनयुद्धको प्रारम्भिककाल २०५३ असारमा माओवादीको केन्द्रीय सदस्य बन्न सफल भएका थिए । केन्द्रीय सदस्य भएको २ वर्षपछि २०५५ सालमै महरा पोलिटब्यूरो सदस्य बने । २०५८ सालमा माओवादी र तत्कालीन सरकारसँग पहिलो वार्ता हुने भयो । सरकार–माओवादी वार्ताका क्रममा पहिलो वार्ता टोलीको नेतृत्व गर्दै संयोजक भएर सरकारसामु प्रस्तुत भए महरा । जनयुद्धले उचाई र सफलता प्राप्त गरिरह्यो भने महराको राजनीतिक यात्रा पनि उकालो लाग्दै गयो । २०५८ सालमा माओवादी र तत्कालीन सरकारसँग पहिलो वार्ता हुने भयो । सरकार–माओवादी वार्ताका क्रममा पहिलो वार्ता टोलीको नेतृत्व गर्दै संयोजक भएर सरकारसामु प्रस्तुत भए महरा । पहिलो वार्ता भाँडिएपछि दुबै पक्ष युद्धमा होमिए । पुनः २०६० सालमा तत्कालीन सरकारसँग वार्ता हुने भयो । २०६० मा दोस्रो वार्ता टोलीको सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताका रुपमा सार्वजनिक भए महरा। भद्र र शालीन व्यक्तित्वका धनी महरा २०६२ सालमा माओवादीको स्थायी समिति सदस्य बने । २०६२ असोजमा माओवादीको सेक्रेटारियट सदस्य बनेका महराले २०६३ सालमा तत्कालीन सरकारसँग वार्ताको लागि गठित तेस्रो वार्ता टोलीको संयोजक भएर माओवादी पक्षको नेतृत्व गरे । नेपालको शान्तिप्रक्रिया, द्वन्द्व व्यवस्थापन, हतियार व्यवस्थापन, सेना समायोजन लगायतका काममा कुशलतापूर्वक भूमिका निर्वाह गरेका महरा २०६३ पुसमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेताको जिम्मेवारी बहन गरे । २०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री र सरकारको प्रवक्ता बनेका महरा २०६४ चैतमा सम्पन्न संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट भारी मतान्तरसहित संविधानसभा सदस्यमा निर्वाचित भए । २०६५ भदौमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा सञ्चार मन्त्री तथा सरकारको प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए महराले । २०६५ सालमा पार्टी एकता भएपछि एकीकृत नेकपा माओवादीको स्थायी समिति सदस्यका रुपमा क्रियाशील रहे । २०६६ सालमा एकीकृत नेकपा माओवादीको अन्तर्राष्ट्रिय ब्युरोको इन्चार्जको जिम्मेवारी पनि थपिएको थियो । नेपालको शान्तिप्रक्रिया, द्वन्द्व व्यवस्थापन, हतियार व्यवस्थापन, सेना समायोजन लगायतका काममा कुशलतापूर्वक भूमिका निर्वाह गरेका महरा २०६३ पुसमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेताको जिम्मेवारी बहन गरे । २०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री र सरकारको प्रवक्ता बनेका महरा २०६४ चैतमा सम्पन्न संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट भारी मतान्तरसहित संविधानसभा सदस्यमा निर्वाचित भए । २०६७ सालमा एकीकृत नेकपा माओवादीका तर्फबाट नेपाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका महरा २०६९ मा एकीकृत नेकपा माओवादीको सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख बने । २०६९ को अन्तरिम चुनावी मन्त्रिपरिषद् निर्माणका लागि राजनीतिक सहमतिपत्र तथा अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य रहेका महरा २०६९ सालमा एकीकृत नेकपा माओवादीको सातौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख र मध्य ब्यूरो इञ्चार्जको भूमिका निर्वाह गरे । २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका महरा २०७१ एकीकृत नेकपा माओवादीको महासचिव निर्वाचित भए । २०७३ सालमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनेका महराले फेरि २०७४ सालमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाले । २०७३ देखि हालसम्म पार्टी केन्द्रीय कार्यालय सदस्यको भूमिकामा उनी क्रियाशील छन् ।
ललितपुरमा ‘नक्सा पास’को पिरलो
ललितपुर, फागुन २५ । महालक्ष्मी नगरपालिकाको सानागाउँ देवननी टोलमा तीन पैसा क्षेत्रफलमा बनेको संगीतमान नेमकुलको घर ०७२ सालको भूकम्पले जीर्ण बनेको छ । उनी चर्किएको घरमा बस्नुभन्दा नयाँ घर बनाउन चाहन्छन् । तर, थोरै जग्गा भएका कारण क्षेत्रफल नपुगेर नक्सा पास नहुने चिन्ता छ उनलाई । ‘भूकम्पपछि नयाँ घर बनाऊँ भनेको नक्सा पासले निकै अप्ठ्यारो पारेको छ,’ नेमकुल भन्छन्। सानागाउँमा मात्रै भूकम्पबाट पीडित बनेका आठ सय घरधुरी नक्सा पासका कारण मर्कामा परेका छन् । सानागाउँस्थित ६ नम्बर वडाका अध्यक्ष बाबुदेव महर्जनले थौरै जग्गामा घर रहेका आठ सयभन्दा बढी घरधुरी समस्यामा रहेको बताए। उनले भने, ‘नक्सा पास गर्नु टाउको दुखाइ बनेको छ।’ पुरानो बस्ती भए पनि नगरपालिकाको मापदण्डअनुसार नपरिने डरले स्थानीय नक्सा पास गराउन चाहँदैनन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । वडा ६ मा अहिलेसम्म ८४ वटा घर निर्माण भइसके पनि नक्सा पास नभएको वडाध्यक्ष महर्जनले स्विकारे। जनप्रतिनिधि भएका कारण आफूले नक्सा पासका लागि प्रयास जारी राखेको भनाइ महर्जनको छ।
कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण
लमजुङ । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका दुईवटा कृषि सेवा केन्द्रको भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयअन्तर्गत रहेका राईनास र सुन्दर बजारका सेवा केन्द्र भवन सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । कृषि कार्यालयका प्रमुख कृष्णभक्त अधिकारीकाअनुसार सुन्दरबजार सेवा केन्द्रको भवन, फर्निचर र १८ रोपनी जग्गा तथा राइनसको भवन, फर्निचर र आठ रोपनी जग्गा सम्बन्धित नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सरकारको निर्णयअनुसार उक्त केन्द्रको भौतिक पूर्वाधार स्थानीय तहमा हस्तान्तरण गरिएको अधिकारीले बताउनुभयो । जिल्लाका अन्य चार गाउँपालिका र दुई नगरपालिकाका सेवा केन्द्र पनि हस्तान्तरणको क्रममा रहेको अधिकारीले बताउनुभयो । जिल्लामा कृषि विकास कार्यालयअन्तर्गत आठवटा कृषि सेवा केन्द्र रहेका छन् । रासस
भारत प्रशासित काश्मीरमा पुनः तनाव
श्रीनगर, फागुन २२ । भारत प्रशासित काश्मीरको सोपियामा आइतबार राति चार जनाको मृत्यु भएपछि पुनः तनाव उत्पन्न भएको छ । काश्मीरको राजधानी श्रीनगरदेखि करिब ६० किलोमिटर टाढा दक्षिण काश्मीरको सोपियाको पहनु गाउँमा भएको विद्रोहीले आक्रमण गरेपछि जवाफी कारबाही गरेको र सो क्रममा एक जना आक्रमणकारी र अन्य तीन जना मारिएको सेनाले दाबी गरेको छ । सेनाका प्रवक्ता कर्णेल राजेश कालियाले संयुक्त मोबाइल सवारी चेकपोस्टस्थित पहनु गाउँको इलाकामा केही चरमपन्थीले हमला गरेको र आक्रमणकारी गाडीमा आएको दाबी गरेका छन् । सेनाले आक्रमण भए पनि जवाफी कारबाही गरेको र त्यसमा एक चरमपन्थी मारिएको दाबीसमेत गरेको छ । आक्रमणकारीबाट सेनाले हतियारसमेत बरामद गरेको जनाएको छ । काश्मीरका पृथकतावादी नेताले भने हमलामा मारिएका तीन जना आमनागरिक भएको बताएका छन् । हुर्रियत कन्फ्रेन्सका अध्यक्ष मिरवाइज मुलबी उम्र फारुखले आफ्नो ट्वीटरमा सेनाले सोपियामा सवारीसाधनमा चढेर हिँडिरहेका तीन जना आमसर्वसाधारणको हत्या गरेको बताएका छन् । मारिएका तीन युवामा सुहैल खलिल, मोहम्मद शहिद खान र शाहनवाज अहमद रहेको बताइएको छ । उनले काश्मीरी जनताले भारतीय सुरक्षाफौजको यो बर्बरताको निन्दा गर्दै काश्मीर बन्दको घोषणा गरेका छन् । सो क्षेत्रमा युवाहरूको मृत्युपछि झडप र विरोध प्रदर्शन सुरु भएको छ । झडप र विरोध प्रदर्शनका कारण तनावको अवस्था सिर्जना भएको छ । काश्मीर विश्वविद्यालयका विद्यार्थीहरूले समेत सो घटनाको विरोधमा प्रदर्शन गरेका छन् । जम्मु काश्मीर पब्लिक सर्भिस कमिसनले सोमबार हुने केएएसको परीक्षा स्थगित गरेको छ । यसका साथै प्रशासनले श्रीनगरका केही इलाकामा आमजनतालाई बाहिर निस्कनसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोमबार रेल सेवासमेत स्थगित गरिएको छ भने इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।
गल्छी–स्याफ्रुबेंसी सड्क बन्द नहुने
नुवाकोट, फागुन १७ । सडक विस्तारका कारण दैनिक छ घण्टा बन्द हुँदै आएको गल्छी–स्याफ्रुबेंसी सडकखण्डमा ११ दिन सवारी साधन आवतजावत गर्न बन्द नहुने भएको छ । नुवाकोट र धादिङ दुवै जिल्लामा बुधबारदेखि शुरु भएको महोत्सवलाई लक्ष्य गर्दै उक्त सडकखण्ड महोत्सव अवधिभर सञ्चालन हुने योजनाले पक्षले जनाएको छ । महोत्सवमा आउनेहरुलाई सहज आवतजावत गर्न यही फागुन १६ गतेदेखि २६ गतेसम्म यातायात बन्द नगर्ने सहमति भएको छ । सडक स्तरोन्ततिका लागि यही फागुन १ गतेदेखि प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म यातायात सञ्चालनमा लगाइएकामा हाललाई खुला भएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँंवरले जानकारी दिनुभयोे । विसं २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार राष्ट्रिय गौरवका रुपमा शुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम छ महिना थपसहित गरी २७ महिना ९२०७५ फागुन ५० मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । उक्त सडकको कार्यप्रगति गत माघ मसान्तसम्म आर्थिकतर्फ २१।३ र प्राविधिकतर्फ १४।३५ प्रतिशत भएको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिनुभयो ।
नदीजन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी रोकिएन
नवलपरासी, फागुन १७ । नवलपरासीमा दिन प्रतिदिन बढ्दै गएको नारायणी नदीबाट नदीजन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी अझै रोकिएको छैन । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) नारायणी नदीबाट लामो समयदेखि हुँदै आएको नदीजन्य पदार्थको (ढुंगा, गिट्टी, बालुवा) अवैध उत्खनन गरी र चोरी निकासी अझै नरोकिएको हो । नदीबाट निकालिएका नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) अवैध उत्खनन गरी जिल्लाका स–साना सीमावर्ती नाका हुँदै भारत निकासीसमेत हुने गरेको छ । गाउँमा मठमन्दिर निर्माण एवं अन्य घरायसी काम देखाउँदै झुक्याएर कारोबारीले नदीजन्य पदार्थको अवैध उत्खनन गरी भारततर्फ चोरी निकासी गर्दै आएका छन् । नदीबाट अवैध उत्खनन गरी ल्याइएको ती नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) लाई रातको समयमा भारततर्फ पठाइने गरिन्छ । यद्यपि यस्ता अवैध कार्य बढ्दै गए पनि स्थानीय प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन । कारोबारीले नदीबाट झिकिएको नदीजन्य पदार्थ ट्र्याक्टरमा लोड गरी सुस्ता गाउँपालिकाको पक्लीहवा, कुडिया, नर्सहीलगायतका स्थानमा डम्पिङ (संकलन) गरी राख्ने गरेका छन् । नारायणी नदीमा डुंगाको प्रयोग गरी ढुंगा, गिट्टी, बालुवालाई नदीको छेउसम्म ल्याउने र त्यसपछि रातको समयमा भारत निकासी गर्दै आएका छन् । नियमानुसार नारायणी नदीबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने भए पनि स्थानीय कारोबारीले अवैधरुपमा नदीबाट दिनहुँ लाखौँको नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) अवैधरुपमा उत्खनन गरी भारत निकासी गर्दै आइरहेका छन् । डम्पिङ गरेर राखिएका नदीजन्य पदार्थ दैनिकरुपमा ५० देखि ७० ट्र्याक्टर भारत पठाउने गरिएको पाइएको छ । नेपालमा भन्दा भारतमा दोब्बर रकममा बिक्री हुने भएकाले दैनिक ५० देखि ७० वटा टेक्टर भारत जाने गरेको सीमा क्षेत्रका स्थानीयको भनाइ छ । नेपाल भारतको गण्डक सम्झौताअनुसार नारायणी नदीबाट नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा)को निकासी गर्न ठेक्का लगाउन नपाइने प्रावधान छ । नदीजन्य पदार्थको कारोबारीले सोझै नदीबाट उत्खनन गरेर विभिन्न स्थानमा डम्पिङ गरेर राखेको पाइए पनि स्थानीय प्रशासन र प्रहरीले वास्ता नगर्दा नियन्त्रणमा समस्या देखिएको हो । सुस्ता गाउँपालिकाका विभिन्न स्थानमा करिब एक करोड बढी मूल्य बराबरको नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) डम्पिङ गरेर राखिएको छ । सबैभन्दा बढी पक्लिहवाको ठाँडीघाटबाट नदीजन्य पदार्थ चोरी हुने गरेको छ । उक्त स्थान रामनगर प्रहरी चौकीबाट करिब ३०० मिटरको दूरीमा छ । सुस्ता गाउँपालिकाका विभिन्न स्थानमा गरी दैनिक १०० देखि १५० ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गर्ने गरेको स्थानीयको भनाइ छ । नदीजन्य पदार्थको चोरी निकासी बढे पनि स्थानीय तहले वास्ता नगरेको चौतर्फी आलोचना आएपछि गाउँपालिकाले त्यसलाई व्यवस्थित गर्न अनुगमन गरेको छ । विभिन्न स्थानमा राखिएका अवैध नदीजन्य पदार्थको परिमाण संकलन गरेर लिलाम प्रक्रिया अघि बढाइएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । पश्चिम नवलपरासी जिल्ला समन्वय समितिले अनुगमनका क्रममा सुस्ता क्षेत्रमा अवैधरुपमा नदीजन्य पदार्थ संकलन गरेर राखेको पाइएको बताएको छ । त्यसबारे प्रतिवेनदन तयार भइरहेको र स्थानीय तहमार्फत कानूनी दायरामा ल्याउन प्रक्रिया अघि बढेको बताएको छ ।
स्वैच्छिक अवकाश रोज्ने कर्मचारीमा सुर्खेतका बढी
सुर्खेत, फागुन ९ । देशैभरमा स्वैच्छिक अवकाश रोज्नेमा सुर्खेतका कर्मचारी धेरै देखिएका छन् । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएर जान नचाहने निजामती कर्मचारीलाई लक्ष्य गरी ल्याएको स्वैच्छिक अवकाशका लागि सुर्खेतबाट सबैभन्दा बढी निवेदन परेको सामान्य प्रशासन मन्त्रालयले बताएको छ । निवेदन दिन अब १ साता मात्र बाँकी रहँदा सुर्खेतबाट १ सय ४७ जनाको निवेदन परेको छ । त्यसपछि काठमाडौंका ९५ जना छन् । बाग्लुङबाट ७९, बर्दिया ७५, धादिङ ४५, भक्तपुर २२, कास्की २१, खोटाङ ५८ र अछामबाट ४० जनाको निवेदन परेको छ । त्यसैगरी, पर्साबाट ५१, उदयपुर २०, ललितपुर ३५, तनहुँ १९, कास्की २१ र बैतडीबाट ५७ जनाले निवेदन दिएका छन् । मन्त्रालयले ४५ दिनको म्याद दिएर २८ पुसमा स्वैच्छिक अवकाशका लागि प्याकेजमै (भीआरएस) अफरका लागि देशभरका कर्मचारीसँग निवेदन आह्वान गरेको थियो । सो निवेदन दिने अन्तिम समय १३ फागुनसम्म छ । निजामती किताबखानाका अनुसार हाल निजामती क्षेत्रमा ८६ हजार कर्मचारी छन् । तीमध्ये २२ हजार कर्मचारी स्वैच्छिक अवकाशका लागि योग्य छन् । सरकारले कर्मचारी समायोजन ऐनमार्फत सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएर जान नचाहने २० वर्ष सेवा अवधि पुगेका र ५० वर्ष काटेका कर्मचारीका लागि एकमुष्ठ ७ वर्षको पेन्सन पहिले नै दिने गरी सो प्याकेज ल्याएको थियो ।
मन्त्री बन्न एमाले र माओवादीमा दौडधुप, यी हुन अकांक्षीहरु
काठमाडौं, फागुन ९ । माओवादी केन्द्रले मन्त्री पठाए यसै साताभित्र मन्त्रिपरिषद्लाई विस्तारसहित पूर्णता दिने तयारी प्रधानमन्त्री ओलीको छ । एमालेसित एकता गर्नेसम्बन्धी सातबुँदे सहमतिमा सोमबार हस्ताक्षर भएपछि माओवादी मन्त्री पठाउन सहमत भएको छ । माओवादीले बुधबारसम्म सरकारमा सहभागिता जनाउने तयारी गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार नै सरकारमा सहभागिता जनाउने संकेत दिए पनि उनी आफैं चितवनतर्फ गएपछि मन्त्रीहरू कसलाई पठाउने भन्ने औपचारिक टुंगो भएको छैन । माओवादीले रामबहादुर थापाको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने सम्भावना छ । मन्त्रालयको संख्या १५ वटामा सीमित भए माओवादीका तर्फबाट बढीमा ६ जनासम्म मन्त्री बन्ने सम्भावना रहेको एक नेताले बताए । यसअघि एमाले र माओवादीबीच ३० देखि ४० प्रतिशतको बीचमा पदीय भागबन्डा गर्ने सहमति भएकाले त्यही मापदण्डका आधारमा मन्त्रीहरू पनि समावेश गराउने तयारी छ । माओवादीबाट मन्त्रीमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत, मातृका यादव, जयपुरी घर्तीलगायतको चर्चा छ । दुई दलबीच कुन–कुन मन्त्रालय लिने भन्ने औपचारिक समझदारी भइसकेको छैन । यद्यपि सुरक्षा, विकास र सामाजिक सरोकार रहने मन्त्रालयको समूह निर्धारण गरी मन्त्रालय बाँडफाँट हुनेछ । नेताहरूका अनुसार प्रधानमन्त्री एमालेको भएपछि अर्थ, परराष्ट्र, सञ्चार मन्त्रालय उसैले राख्ने सम्भावना छ । गृह, भौतिक पूर्वाधारलगायतका मन्त्रालय माओवादीले लिने सम्भावना छ ।, – कान्तिपुरमा खबर छ ।
नुवाकोटमा निःशुल्क आँखा शिविर अायोजना
काठमाडौं । लायन्स क्लब अफ इन्टरनेशनलका संस्थापक मेल्भिक जोन्सको १३९औँ को जन्मोत्सवका अवसरमा नुवाकोट विदुर नगरपालिकाको खड्गभन्ज्याङमा निःशुल्क आँखा शिविरको आयोजना गरियो । लायन्स क्लब अफ युनाइटेड सेन्टर, लायन्स क्लब अफ भ्यालीवेष्ट, लायन्स क्लब आफ कामनालगायत १८ का लायन्स क्लबको आयोजनामा भएको सो शिविरमा २२५ जनाको परीक्षण, २८ जनाको मोतीबिन्दुको शल्यक्रिया तथा चश्मा वितरण गरिएको थियो । सो अवसरमा इसामे कार्यक्रमका संयोजक हरिगोविन्द महर्जनले लायन्स क्लबले देशका विभिन्न ठाउँमा आँखा शिविरहरुको सञ्चालन तथा भौतिक पूर्वाधार निर्माण गर्दै आएको उल्लेख गर्नुभयो । यसैबीच लायन्स क्लब अफ भ्यालीवेष्ट र कामनाले धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–८ कुमालगाउँमा रहेको रत्नादेवी आधारभूत विद्यालयका ८० जना विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरीका सामान वितरण गरेको छ ।