पाँच सयको निःशुल्क मुटु परीक्षण
फलेवास (पर्वत), ११ पुस । पर्वतको सदरमुकाम कुश्माबजारमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा ५०० भन्दा बढी अभिभावक र विद्यार्थीको मुटु परीक्षण गरिएको छ ।
कुश्मामा रहेको आदर्श माविमा विशेषज्ञ डाक्टरसहितको मुटुरोग शिविर सम्पन्न भएको हो । सो अवसरमा ५१५ जनाको मुटु परीक्षण गरिएको हो । निःशुल्क कार्डियो शिविरमा परीक्षण गरिएका मध्ये मधुमेहको १५० जना, इसिजी १४० जना, इको ११५ जना रहेको र जसमा कार्डियो रोगसँंग सम्बन्धित विशेष १०० जनाभन्दा बढी बिरामी परीक्षण गरिएको चिकित्सकले बताएका छन् । धेरै जना बिरामी सुगर, उच्च रक्तचाप भएका भेटिएको कार्डियोलोजिस्ट प्राडा श्यामराज रेग्मीले बताए ।
भिगा फर्मास्युटिकल्स अनामनगर काठमाडौँद्वारा बिरामीलाई करिब रु दुई लाख बराबरको औषधिसमेत निशुल्क वितरण गरिएको थियो । शिविरमा मुटुको औषधि खाइरहेका, उच्च रक्तचाप भएकालगायत मुटुरोगसँंग सम्बन्धित बिरामीको उपचार भएको विद्यालयका प्रधानाध्यापक हिमबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।
सो अवसरमा डाक्टर सुवी रेग्मीले व्यक्तिगत रुपमा गुप्तेश्वर संस्कृत पाठशालाका विद्यार्थीलाई शैक्षिक सामग्री, आदर्श माविका विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्नुभयो । विद्यालयले पूर्व विद्यार्थी सञ्चारकर्मी रामकृष्ण लामिछानेलाई नगद पाँच हजार ५५५ र सम्मान पत्रद्वारा सम्मान गरेको थियो । रासस
देशभर लोडसेडिङ नहुने, २२० मेगावाट आयात गरिँदै
काठमाडौं, मंसिर २६ । विद्युत् प्राधिकरणले सुक्खायाममा मुलुकभर लोडसेडिङ घटाउन आगामी तीन साताभित्रै भारतबाट थप २२० मेगावाट बिजुली आयात गर्ने भएको छ। तीन साता भित्रै १९० र आगामी दुई महिनाभित्र प्राधिकरणले भारतबाट थप ३० मेगावाट बिजुली आयात गर्न थाल्नेछ। आजको कान्तिपुरमा प्रकाशित समाचारमा उल्लेख छ– प्राधिकरणले कुसाहा–कटैयाबाट ५०, ढल्केबर–मुजफ्फरपुरबाट ८०, परवानीपुर–रक्सौलबाट ५०, टनकपुरबाट ४० मेगावाट गरी थप २२० मेगावाट बिजुली भारतबाट आयात गर्न लागेको हो। हिउँद र सुक्खायाम सुरु भइसकेका कारण रन अफ रिभर ९नदीको प्रवाहमा आधारित० जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्न थालेको छ। राजधानीमा लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट आयात हुने थप २२० मेगावाट बिजुलीमध्ये ९० मेगावाट काठमाडौं ल्याउने भएको छ। ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने १६० मेगावाटमध्ये ९० मेगावाट बिजुली मुजफ्फरपुर–ढल्केबर हुँदै ढल्केबर–खिम्ती र खिम्ती–काठमाडौं प्रसारण लाइनबाट उपत्यकामा ल्याइनेछ। प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाट आयात गरिरहेको छ। भारतको मुजफ्फरपुरमा २२०र१३२ केभीको ट्रान्सफर्मर राख्ने काम अन्तिम चरणमा पुगेको छ। ‘अबको २०र२१ दिनभित्रै मुजफ्फरपुरमा ट्रान्सफर्मर राख्ने काम सम्पन्न भई ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट थप ८० मेगावाट बिजुली आउन थाल्छ,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने। उनका अनुसार २२० केभीको ढल्केबर–खिम्ती प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ। कमलामाईमा एउटा टावरमात्र बनाउन बाँकी छ, त्यो बनिसकेपछि ढल्केबर–खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न हुनेछ। ‘खिम्ती–ढल्केबर प्रसारण लाइनसमेत अब २०र२१ दिनभित्रै सम्पन्न भई बिजुली ल्याउन सकिनेछ,’ अधिकारीले भने। उनका अनुसार भारतबाट ढल्केबर ल्याइएको बिजुलीमध्ये ९० मेगावाट ढल्केबर–खिम्ती प्रसारण लाइन हुँदै १३२ केभीको खिम्ती–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउन सम्भव हुनेछ। ‘खिम्ती–ढल्केबर बढी क्षमताको भए पनि १३२ केभीएको खिम्ती–काठमाडौं प्रसारण लाइनबाट भने थप ९० मेगावाटसम्म मात्र ल्याउन सकिन्छ,’ अधिकारीले थपे। उक्त प्रसारण लाइनबाट प्राधिकरणले खिम्ती, सुनकोसीलगायत आयोजनाको बिजुली ल्याइरहेको छ। अधिकारीले सुक्खायामसँगै नदीको प्रवाहमा आधारित आयोजनामा विद्युत् उत्पादन घटे पनि भारतबाट आयात हुनेमध्ये ९० मेगावाट राजधानीमा ल्याइने र पिक आवरमा ९२ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजना चलाउँदा राजधानीमा लोडसेडिङ नहुने बताए। ‘सबै कुरा योजनामुताबिक अघि बढे राजधानीमा हिउँदयाम र सुक्खायाम (चैत–जेठसम्म) लोडसेडिङ हुने छैन,’ अधिकारीले भने। राजधानीमा बिजुलीको माग अरू समयमा २४० र साँझमा ३१५ मेगावाट छ। माथिल्लो मस्र्याङदी, मध्य मस्र्याङदी, मस्र्याङदी, दरौंदी, त्रिशूली, त्रिशूली देवीघाट, चिलिमे, खिम्ती, भोटेकोसी तथा कुलेखानी आयोजनाको बिजुली राजधानीमा ल्याउने गरिएको छ। अघिल्लो वर्ष यही समयमा राजधानीमा दैनिक ६ घण्टाको हाराहारी लोडसेडिङ थियो।
संशोधन फिर्ता हुन्न बरु परिमार्जनः प्रधानमन्त्री प्रचण्ड
सुर्खेत, मंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आफूले जोखिम मोलेर संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दै त्यसलाई कुनै हालतमा फिर्ता नलिने अडान दोहो¥याएका छन । ‘सरकारले संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता लिन्न । बरु परिमार्जन गर्न सकिन्छ’ वीरेन्द्रनगरमा बिहीबार कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रचण्डले भने, ‘सबै भूगोल, जात जातिको असन्तुष्टि सम्बोधन गरेर सरकार छिटो निर्वाचनको मिति घोषणा गर्न तत्पर छ ।’ उनले केही दिनभित्र स्थानीय निर्वाचनको मिति घोषणा गरिने बताए । हाल दर्ता गरिएको संशोधन प्रस्ताव कांग्रेस एमालेले नै तयार पारेको ड्राफ्ट भएको उनको भनाई थियो । आजको कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ ।
नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीले खुसी हुँदै दिए बधाई
काठमाडौं । नेपाली चिकित्सकबाटै पहिलो पटक कलेजो प्रत्यारोपण भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीबाट कलेजो प्रत्यारोपणको काम सम्पन्न भए पश्चातको तस्बिर समाजिक संजालमा राख्दै खुसी व्यक्त गर्नुका साथै उक्त प्रत्यारोपणमा सहभागी विशेषज्ञ प्रा डा रमेशसिंह भण्डारीसहितको शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङ टिम लगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले सामाजिक संजालमा लेखेका छन् -‘मलाई गर्व र खुशी छ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीबाट कलेजो प्रत्यारोपणको काम सम्पन्न भएको छ ।उक्त प्रत्यारोपणमा सहभागी विशेषज्ञ प्रा डा रमेशसिंह भण्डारीसहितको शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङ टिम लगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा हिजो कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपण विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न भएको हो । प्रत्यारोपणका लागि ११ घण्टा समय लागेको थियो । अस्पतालमा हुने कलेजोका साथै प्याङ्क्रियाजका जटिल शल्यक्रियामा नेतृत्व गरिरहेका कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारीका अनुसार ४१ वर्षीय पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो प्रदान गरेकी हुन् । अत्यधिक मदिरा सेवन गरेकै कारण नुवाकोट निवासी ती पुरुषको कलेजोमा समस्या आएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको थियो ।विश्वमै कठिन मानिने कलेजो प्रत्यारोपण नेपालमा २०७३ सालदेखि सुरु भए पनि यसअघिसम्म विदेशी विज्ञहरूकै भर थियो ।
साताको अन्तिम कारोबारको नेप्से ०.६२ अंकले घट्यो
काठमाडौं। साताको अन्तिम शेयर कारोबारको नेप्से ०.६२ अंकले घटेको छ । नेप्से घट्दा १२१ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको हो । यस दिन निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रापावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यसैगरी आज मेघा म्युचुअल फण्ड–१, भुलोल इनर्जी डेभलपमेन्ट कम्पनी र सानिमा मिडल तमोर हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।
सर्लाहीको बरहथवामा भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा
काठमाडौं । सर्लाहीको बरहथवामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको हो । “आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि हामीले निषेधाज्ञा जारी गरेका छौँ,” सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले भने, “हिजो हामीले जुन क्षेत्रमा कर्फ्यु जारी गरेका थियौँ, त्यही एरियामा आज निषेधाज्ञा लगाएका छौँ ।” बरहथवा नगरपालिकाको पूर्वमा ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुलसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएको क्षेत्रमा कुनै किसिमको भेला, कार्यक्रम, राजनीतिक गनए पाइने छैन । अहिले अवस्था सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैयाको अस्पतालको विषयमा विवाद हुँदा शुक्रबार प्रहरीले गोली चलाएको थियो । सोही क्रममा गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।
अध्यागमनका कर्मचारीको आन्दोलन के हो ? गृहमन्त्रीले डाके दुवै पक्षको छलफल
काठमाडौं । भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै अध्यागमनका कर्मचारी आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयले यसबारे छलफल गर्ने भएको छ । घटनाप्रति ध्यानाकर्षण भएको भन्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुवै पक्षलाई छलफलका लागि मन्त्रालयमा डाकेका छन् । कामै ठप्प पार्ने गरी कर्मचारीले आन्दोलन गर्नुको कारण र प्रहरी चेकजाँचबाट उठेका प्रश्नका विषयमा गृहमन्त्रीले दुवै पक्षसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि अध्यागमन कार्यालयका अधिकारी र प्रहरी अधिकारी मन्त्रालय पुगेका छन् । छलफलको तयारी भइरहेको अध्यागमन विभागका सूचना अधिकारी प्रेम प्रसाद दहालले जानकारी दिए । विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले स्वतन्त्र रूपमा कामकाज गर्न पाउनुपर्ने माग गर्दै गृह मन्त्रालय, अध्यागमन विभाग लगायतमा ज्ञापन पत्र बुझाएका छन् भने बुधवार केही समय विमानस्थलमा काम रोकेका थिए ।
सीके राउतसहित ५१ जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित उनकै पार्टीका ५१ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको हो । ‘धोती’ दिवस मनाउने भन्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए । नियन्त्रणमा परेकालाई नगरप्रहरी कार्यालय भृकुटीमण्डप राखिएको छ ।
बालकुमारी तनाब घटना : छानबिन गर्न तीन सदस्यीय समिति गठन
काठमाडौं । ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै भएको आन्दोलनमा २ परीक्षार्थीको ज्यान गएपछि सरकारले घटनाको छानबिन गर्न समिति बनाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल रहेको छानबिन समिति गठन गरेको हो। समितिलाई ७ दिनभित्रमा घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको छ। यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीले औधोगिक क्षेत्रका लागि आवेदन दिन नपाउने भएपछि आन्दोलन गरेका हुन्। आन्दोलनकारीले शुक्रबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी आगजनी गरेका थिए। त्यसपछि प्रहरीले बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको छ। एक जनाको गोली लागेको छ भने अर्काको शरीरमा चोट लागेको छ। यसैबीच शुक्रबार नै उच्च अदालत पाटनले सबैलाई परीक्षामा सामेल गराउन आदेश दिएको छ।
बालकुमारी तनाबपछि अदालतको अन्तरिम आदेश -‘आन्दोलनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउनू’
काठमाडौं । उच्च अदालतले ईपीएस परीक्षामा भाग लिन पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेकाहरूका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ईपीएस कोरिया शाखालाई परीक्षामा सहभागी गराउनका लागि अन्तरिम आदेश दिएको हो ।
निराशाको बहस अन्त्य गरौँ : अर्थमन्त्री महत
हेटौँडा। अर्थमन्त्री डा. प्रकाश शरण महतले अब हामीले निराशाको बहस अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका प्रवक्ता समेत रहनुभएको अर्थमन्त्री महतले यही देशमा सम्भावना छ, यही देशमा केही हुन्छ भनेर जानु आवश्यक भएको बताउँदै नागरिकमा निराशा पैदा गर्नेको खिलापमा जानुपर्ने बताए । नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनको मङ्गलबार हेटौँडामा उद्घाटन गर्दै उनले नेपालमै धेरै अवसर रहेको र यसको उपयोग गर्नुपर्ने भनाइ व्यक्त गरे । मन्त्री महतले हामी एक भएर निर्वाचनको समयमा पार्टीको पक्षमा एकीकृत भयौ भने आगामी निर्वाचनमा बहुमत आउने भन्दै यसका लागि एकता भाव, सद्भाव, सहकार्य र समर्पणमा कमी आउन दिनु नहुने बताए । मन्त्री महतले भने, ‘‘पार्टीभित्र देखिएका कतिपय समस्याले एक अर्काप्रति तिक्तता विकसित भयो । यो आम निर्वाचनमा अभिव्यक्त हुन थाल्यो भने पार्टीका लागि दुर्भाग्य हुन्छ । देशभरि रोग छ र समस्या छ यसलाई निर्मूल गर्ने बित्तिकै हाम्रो पार्टी पहिलो पार्टी मात्र होइन बहुमत पार्टी हुन्छ ।’’ हामी निराश हुनुपर्ने कुनै कारण नभएको भन्दै अर्थमन्त्री महतले भने, ‘‘अब अर्थतन्त्रले गति लिन्छ अर्थतन्त्रका सबै सङ्केतहरू सकारात्मकतर्फ उन्मुख छ । उपभोग गर्नेहरूले उपभोग गर्दा हुन्छ ।’’ उनले अहिले गठबन्धनको सरकार छ र यो गठबन्धन वाध्यात्मकता परिस्थिति हो भने । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस नेता गुरुराज घिमिरे, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठलगायतको कांग्रेसको साङ्गठनिक अवस्था, पार्टीभित्रको एकतालगायतका विषय राखेका थिए ।
कांग्रेसमा खुट्टा तानातान पहिलेदेखि नै छ, सुधारेर लैजानुपर्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सुधार गरेर अगाडि लैजानुपर्ने बताएका छन्। उनले पार्टीभित्र एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति पहिलेदेखि नै रहेको र घात तथा अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न पनि नपाइएको बताए। ‘तपाईंहरूलाई थाहा छ हाम्रो पार्टीमा घात, अन्तर्घात पनि छ। खुट्टा तानातान पनि हाम्रो पार्टीमा भइरहेकै हो, अहिले होइन पहिलेदेखि नै,’ देउवाले भने, ‘हाम्रो पार्टीलाई सुधार गर्नुछ, राम्रोसँग लैजानुछ।’ पार्टीभित्र घात, अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न नपाइएको पनि देउवाको भनाइ छ। ‘घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा फेरि कारबाही गर्न पाइँदैन भन्छन्, यस्तो अवस्था छ,’ उनले भने, ‘पार्टीलाई मिलेर एक गराएर हिँड्नुपर्छ। बहुमत ल्याउने प्रयास गरौं।’ उनले गत निर्वाचनमा कांग्रेस पहिलो पार्टी बने पनि बहुमत ल्याउन नसकिएको बताए। कुनै पनि एक पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नरहेको पनि देउवाको भनाइ थियो।
पक्राउ पुर्जीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीबाट आन्दोलनको घोषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । जिल्ला अदालत काठमाडौँले हिजो विप्लव लगायत नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि आज एक विज्ञप्तिमार्फत उनले आन्दोलनको घोषणा गरेका हुन् । जिल्ला अदालत काठमाडौँले हिजो महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, पोलिटब्युरो सदस्य माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । महासचिव विप्लवले जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर पक्राउ पुर्जी जारी गर्नु सरकारसँग २०७७ साल फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भएको उल्लेख गरेका छन् । उनले प्रतिबन्ध हटाउँदा राज्यसँग गरिएका ३ बुँदे सहमति मध्ये एउटा बुँदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरुलाई मुक्त गर्ने रहेको स्मरण समेत गराएका छन् । उनले यसले देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथि हमला भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ ।’ पक्राउ पुर्जीविरुद्ध नेकपाले आजदेखि तीन दिनको सङ्घर्षका कार्यक्रम समेत घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार आज साँझ साढे ५ बजे मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम रहेका छन् ।
कांग्रेसले बोलायो पदाधिकारी बैठक, के छन् एजेन्डा ?
काठमाडौं । नेपाली कांग्रेसले आजलाई पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठक दिउँसो १ बजे देयवा निवास धुम्बाराहीमा बस्नेछ । बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ । स्रोतका अनुसार बैठकमा सरकारका कामको समीक्षा पनि हुनेछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको समीक्षासहितको ‘रिपोर्ट’ प्रस्तुत गर्ने तयारी छ ।
नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिद्धारा प्रधानमन्त्री प्रचण्डलाई सम्मान
काठमाडौं । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । शङ्खधर दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री प्रचण्डलाई सम्मानपत्र प्रदान गरे । उक्त निर्णयका लागि मुख्य भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीलाई समितिले दही सगुन र बेत्ता (फेता) समेत प्रदान गरेको थियो । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री प्रचण्डलाई सम्मानपत्र प्रदान गर्दै । सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल संवत्का तिथि मितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्यरुपमा उल्लेख गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदबाट उक्त ऐतिहसिक निर्णय गराएकामा प्रधानमन्त्री प्रचण्डसहित मन्त्रिपरिषद्लाई समितिले बधाई ज्ञापनसमेत गरेको छ । रासस
भूकम्पीडितलाई राष्ट्रपतिले एक महिनाको तलब दिने
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन् । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि सो कोषमा राष्ट्रपति पौडेलले सो रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले मङ्गलबार भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमको निरीक्षण गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका थिए । साथै, राष्ट्रपतिले भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि आफू चढ़ेको जहाज़मा सुर्खेतबाट सँगै काठमाडौँ ल्याएका थिए ।