विद्याभुषण दिने र लिनेको एकसाथ तस्वीरमा

राष्ट्रपति विद्यादेवी भण्डारी र उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल विद्याभूषण पदक क प्राप्त गर्नुभएका महानुभावहरु ।

तस्बिर : प्रदीपराज वन्त, काठमाडाै

धर्म गर्नेको भीड

टुहुरा पूर्णिमाको अवसरमा जनकपुरको ऐतिहासिक गंगासागर पोखरीमा बुधबार तर्पण गर्नेको भीड । तस्बिर : अजयकुमार साह, धनुषा

भण्टाबारीमा लामबद्ध सवारी

बाढीले नेपाल भारत जोगबनी नाकाबाट सामान आयात–निर्यातमा अवरोध भएपछि सुनसरीको भण्टाबारी नाकामा लामबद्ध रहेका मालवाहक सवारीसाधन । तस्बिर : याम प्रधान, इटहरी

पुल नहुँदा जोखिम

तेह्रथुमको आठराई र फेदाप गाउँपालिका जोड्ने कोया खोलामा पुल नहुँदा टे«क्टरमा जोखिमपूर्ण यात्रा गर्दै स्थानीयवासी । तस्बिर : अमृत बास्तोला, तेह्रथुम

प्रधानमन्त्रीलाई शिक्षकको रकम

प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल शिक्षक संघले बाढीपीडित राहतका लागि चेक हस्तान्तरण गरेको छ । तस्बिर : रोशन सापकोटा, काठमाडाै

देउडाकाे रौनक

कञ्चनपुरको कलुवापुरमा देउडा खेल्दै स्थानीयवासी । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर  

सुन बोक्ने गाडी

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले सोमबार बिहान क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुन ल्याउन प्रयोग गरिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडी । तस्बिर : नवीन पौडेल, काठमाडौ

प्रधानमन्त्री ज्यू यो रकम बाढी पीडितका लागि है !

प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल धितोपत्र बोर्डका तर्फबाट रु ३० लाखको चेक हस्तान्तरण गर्दै बोर्डका पदाधिकारीहरु । तस्बिर : रोशन सापकोटा, काठमाडाैं

र्इदकाे रमझम

मुस्लिम धर्मावलम्बीले आफ्नो दोस्रो ठूलो पर्व बकर इद (इद उल अजहा) शनिबार मनाएका छन् । काठमाडौको घण्टाघरनजिकैको कश्मिरी मस्जिदमा बकर इद मनाउन आएका मुस्लिमहरुको रौनक । आज शूरु भएको पर्व तीन दिनसम्म मनाइन्छ । यसै पर्वको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बाग्मती सफाई गर्दै एयर होस्टेजहरु

मिडियाद्धारा आयोजित मिस एयर होस्टेस २०१७ मा सहभागी ४० जना प्रतियोगीहरु २२५ अाै‌ं वागमति सरसफाई अभियानमा राजधानीकाे सिनामंगल स्थित बागमति पुलसंगै रहेका खोलाको आसपासमा सहभागी भई वागमति सफाईमा सहभागी हुँदै । तस्वीर : प्रताप राज वन्त, काठमाडाै

स्वागत छ माओवादी केन्द्रमा

कञ्चनपुरको बेलौरी नगरपालिका वडा न १० मा विभिन्न पार्टीका दर्जनौं नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रकी नेतृ बीना मगरले नवप्रवेशीलाई माला र अबीर लगाएर पार्टीमा स्वागत गरेकी थिइन् । तस्वीर : वीना मगरको फेसबुकबाट

कैले आउँछ राहत ?

राहतको प्रतिक्षामा बसेका सुनसरी देवानगन्ज गाउँपालिका हरिनगाका बाढीपीडित । तस्बिर : अजितकुमार झा, इनरुवा

कैहिले गाडीको कैहिले मानिसको पालो !

संखुवासभाको खाँदबारीबाट धनकुटाको हिले जाने क्रममा लेगुवा खोला नजिक यात्रु बस फसेपछि धकेलेर निकाल्दै नेपाल प्रहरी । तस्बिर : सुजन बज्राचार्य, संखुवासभा

आउनुस् माओवादी केन्द्रमा : क.प्रचण्ड

सर्लाहीको चक्रघट्टामा दशौं हजारको जनसभाबीच फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय लगायतका हजारौ नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्दै । नेता कार्यकर्ताहरुलार्इ स्वागत गर्न अध्यक्ष प्रचण्ड सर्लाहीमा । तस्वीर : मनहरि तिमल्सिनाबाट/ सर्लाही

हामी सबैले मिलेर बनाउनुपर्यो

कैलालीको गेटामा निर्माणधीन मेडिकल कलेज तथा हस्पिटलको स्थलगत अवलोकन गर्दै अध्यक्ष प्रचण्ड । माओवादी केन्द्रका नेता लेखराज भट्टको विशेष पहलमा ल्याइएको यस निर्माणाधिन गेटा मेडिकल कलेजकाे अवलोकन गर्दै अध्यक्ष प्रचण्डले यस कलेज सुदुर पश्चिमको पूँजी भएको र सबै मिलेर सम्पन्न गर्नुपर्ने बताए । तस्वीर : मनहरि तिमल्सिना, कैलाली

ज्यान बचाउनै पुर्यो !

बाढीले घरबारविहीन बनेका सप्तरीवासीहरु अरुले दिएको राहतको भरमा गुजारा गरिरहेका छन् । राहत लिन लाइनमा बसेका सुनसरी दुहबी नगरपालिकाका बाढीपीडित । तस्बिर : अजितकुमार झा, इनरुवा