पूजा गरे पाप नष्ट हुन्छ

महिलाहरु रजश्वला हुँदा जानेर वा नजानेर छुईछाइ भए ऋषि पञ्चमीमा पूजा लगाए त्यसको पाप नष्ट हुन्छ भन्ने किम्बदन्ती छ । महिलाहरु आज दतीउनले नुहाउने, पुजा लगाउने र नछरी उम्रेका विरुवाहरु खार्इ हविष्य बस्ने चलन पनि रहेको छ ।

तस्वीर : कृष्ण खड्का, काठमाडौ

डुबायो सबै वर्षाको पानीले …

बुधबारदेखिको परेको अविरल वर्षाका कारण नवलपरासीको सदरमुकाम परासीसहित ग्रामीण क्षेत्र डुबानमा परेका छन् । तस्बिर : पुरुषोत्तम सुवेदी, नवलपरासी

काठमाडाै कि घरमाण्डौं ?

विमानबाट देखिएको काठमाडौ उपत्यकाको तीनकुने र वानेश्वर क्षेत्र । जहाँ घरैघरले खचाखच छ । तस्बिर : रोशन सापकोटा, काठमाडाै

हाम्रो ता बोर्ड नि राम्रो

बुधबारदेखि सञ्चालनमा आएको काठमाडौँको बबहरमहलस्थि राष्ट्रिय जनता पार्टीको कार्यालयअगाडि व्यानरमा राजपाका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरदसिंह भण्डारी र अनिल झालगायत नेताहरु फोटो खिचाउँदै । तस्बिर : प्रदीपराज वन्त, काठमाडौ

छिटै बाटाे बनाउनुस् !

प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नारायणघाट–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन निरीक्षणपछि सडक निर्माण चाँडो सक्न निर्देशन दिँदै । तस्बिर : रोशन सापकोटा, चितवन

काम गरेको त देखाउनु त पर्यो नि !

काठमाडौं, असार २८ । आर्थिक वर्षको अन्त्यतिर काम गर्ने प्रवृत्तिले राजधानीको जोरपाटीले पनि स्थान पाएको छ । गोकर्णेश्वर नगरपालिका जोरपाटी वडा नं.५ स्थित जोरपाटी ओरालोदेखि लामा पेट्रोल पम्पसम्म मुल सडकमा भईरहेको निर्माण कार्य । तस्वीरः सन्तोष सुवेदीको फेसबुकबाट ।

मिस नेपाल हेर्ने कि केक खाने ?

मिश नेपाल फष्ट रनरअप नेहा राई आफ्नो २० औ जन्म दिवश बालग्रामका बालबालिका र आफन्तसँग केक काटेर मनाइन । तस्वीर : याम प्रधान, इटहरी  

सुवर्णावती गाउपालिकामा विजय उत्सव

रोल्पाको सुवर्णावती गाउँपालिका माओबादी केन्द्र विजयी भएपछि विजयी यात्रामा सहभागीहरु । अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार गुणेन्द्र घर्तीमगर र उपाध्यक्षमा माओवादी केन्द्रकै वाग्मती क्षेत्री सहित २२ सदस्य विजयी बनेका छन् । तस्वीर : रुपलाल महरा, राेल्पा

मताधिकारको प्रयोग

पुर्व मन्त्री तथा माओबादी केन्द्रका सचिव गिरिराजमणी पोखरेलले बिराटनगरको कोचाखाल मतदान केन्द्रमा मतदान गर्दै । तस्वीर : सन्ताेष पनेरु, विराटनगर

छाता ओढेर लाइनमा मतदाता (तस्वीरमा)

झापामा निर्वाचनको उत्साहबीच मतदाताहरु मतदान केन्द्रमा ओइरिएका छन् । बिहानैदेखि लगातार वर्षा भइरहेपनि मतदाताहरु छाता ओढेर लाइनमा लागेका छन् । झापाको खुदनाबारी मतदानस्थलको दृश्य । तस्वीरः रुद्र भट्टराई

आयो चुनाव, भोट माओवादीलाई !

माओवादी केन्द्रका तर्फबाट चुनाव प्रचार प्रसारका क्रममा हिँडेका पूर्वमन्त्री झक्कुप्रसाद सुवेदी रोल्पाको सुवर्णावती गाउपालिका वाडा नं. ४ बाग्मामा सम्बोधन गर्दै तस्वीर : रुपलाल महरा, राेल्पा

सुर्खेतमा किसान संर्घष दिवस

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले सुर्खेतको विरेन्द्र नगरमा आयोजना गरेको २६ औं किसान संघर्ष दिवसमा उपस्थित केन्द्र अध्यक्ष क. चित्र बहादुर श्रेष्ठलगायत आयोजक पक्षहरु तस्वीर : नहेन्द्र खड्काकाे फेसबुक पेजबाट

‘माअाेवादीले जित्छ’

रोल्पा सुवर्णावती गाउँपालिकामा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा बोल्दै जोख बहादुर महराले भने,  ‘माअाेवादीले जित्छ ढुक्क हुनुहाेस् ।’ व्यासमा उपस्थित माओवादी केन्द्रका तर्फबाट अध्यक्षका दावेदार गुणेन्द्र घर्तीमगर तथा अन्य उपस्थितहरु तस्वीर : रुपलाल महराकाे फेसबुकबाट  

राेल्पामा माअाेवादी जनलहर

रोल्पाको सुवर्णावती गाउँपालिकामा चुनावी सभामा उपस्थित सहभागीहरुबीच माओवादी केन्द्रका कलाकार साथीहरुले नृत्य प्रस्तुत गर्दै तस्वीर : रुपलाल महरा, राेल्पा

पैदल यात्रुलाई जेब्राक्रसिङको बारेमा जानकारी दिँदै

काठमाडौँको वीर अस्पताल अगाडी शनिबार जेब्राक्रसिङबाट सडकमा वारपार गर्ने बारेमा पैदल यात्रुलाई जानकारी गराउँदै नेपाल प्रहरी र ट्राफिक प्रहरी । तस्बिरः प्रदीपराज वन्त

अाज टुँडिखेलमा खेलाडी कला प्रस्तुत गर्दै गणतन्त्र दिवस मनाइयो

गणतन्त्र दिवसको उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा खेलाडी कला प्रस्तुत गर्दै । तस्बिरः रोशन सापकोटा