कक्षा १२ का विद्यार्थीले गरे ड्रोनको सफल परीक्षण

बेनी (म्याग्दी), माघ ५  । न्यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् ।

विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन् ।

प्रदर्शनीमा विद्यार्थीले ड्रोन उडाउनुका साथै चित्रकला, हस्तकलाअन्तर्गत काठ, माटो, सिलाइबुनाइ, धातुमा कोरिएका चित्रकला, कागजका विभिन्न वस्तु, फोटो प्रदर्शनी, घर भवन मन्दिर र विभिन्न वस्तु तथा स्थलका मोडेल, फोटो फ्रेम, फोटो समेत प्रदर्शनी गरेका थिए ।

त्यसका साथै अटोमेटिक कार, सेन्सर लाइट, सेन्सर जडित पानी तान्ने मोटर, धुवाँ तथा मानव डिटेक्टिभ सेन्सरलगायतका विद्यार्थीद्वारा निर्माण गरिएका सामग्रीको प्रदर्शनी गरिएको थियो ।

फाइल तस्वीर

ओखलढुङ्गगा पूर्ण साक्षर जिल्ला भएकाे घोषणा

काठमाडौं, पुष १० । ओखलढुङ्गा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा मन्त्री धनिराम पौडेलले आइतबार सदरमुकाम ओखलढुङ्गामा आयोजित कार्यक्रममा दीप प्रज्वलन गरी ओखलढुङ्गा जिल्लालाई मुलुकको ३३ औं साक्षर जिल्ला घोषणा गर्नु भएको हो । यस अघि मुलुकका ३२ वटा जिल्ला साक्षर घोषणा भैसकेका थिए । २०६८ सालको जनगणना अनुसार १५ देखि ६० बर्ष उमेर समूहका १ लाख ४७ हजार ९ सय ४८ जनसंख्या मध्ये ९९ दशमलब ५ प्रतिशतले लेखपढ गर्न जानेकाले जिल्लालाई साक्षर घोषणा गरिएको ओखलढुङ्गाका जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईंले जानकारी दिनुभयो । साक्षरता घोषणा सभालाई संवोधन गर्दै शिक्षा मन्त्री पौडेलले दुर्गम जिल्ला भएर पनि ओखलढुङ्गा जिल्लाले शैक्षिक क्षेत्रमा गरेको प्रगति प्रशंसनिय भएको बताउनुभयो । उहाँले सन् २०१७ सम्ममा नेपाललाई पूर्ण साक्षर घोषणा गर्न राज्यले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रतिवद्धता पूरा गर्न देशका सबै नागरिक लाग्नु पर्नेमा जोड दिनुभयो । शिक्षा मन्त्री पौडेलले देशको आबश्यकता अनुसारको शिक्षा प्रणाली विकास गर्ने उद्देश्यले सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेको बताउनुभयो । पञ्चायती व्यवस्थाले स्थापित गरेको शिक्षा नीतिलाई बदलेर मुलुकको बदलिंदो राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने खालको शिक्षा प्रणालीको बिकास गर्नु अहिलेको प्रमुख कर्तव्य भएको उहाँको भनाई थियो । ‘राजनीतिक सत्ताले आफू अनुकूलको शैक्षिक प्रणालीको विकास गर्छ । हामीले ठूलो त्याग र बलिदानपछि संघिय गणतान्त्रिक नेपालको निर्माण गरेका छौं । हामी पञ्चायती व्यवस्थाले स्थापित गरेको पुरानो शिक्षा नीतिलाई बदलेर संविधानले परिकल्पना गरे अनुसारको शैक्षिक प्रणाली निर्माण गर्न चाहन्छौं ।’ उहाँले शिक्षा नियमाबली निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । शिक्षा ऐन कार्यान्वयनमा जाँदा राज्यलाई आर्थिक भार बढ्ने भएकाले त्यसको व्यवस्थापनको लागि अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्ने भएकाले नियमावली जारी गर्नमा केही ढिलाई भएकोे बताउनुभयो । अहिलेको राजनीतिक प्रणाली अनुसारको शैक्षिक प्रणाली स्थापित गर्नु । संघिय गणतन्त्रलाई संवोधन गर्ने खालको । संविधानका भावना अनुसारको । राज्य प्रणालीले माग गरे अनुसारको कार्यक्रममा सांसदहरु यज्ञराज सुनार, रामहरी खतिवडा र सकुन्तला राजभण्डारी, माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यय मोहन खड्का, नेपाली कांग्रेसका प्रदिप बानियाँ, नेकपा एमालेका नेत्रप्रसाद भट्टराई, अनौपचारिक शिक्षा केन्द्रका प्रमुख दिवाकर ढुंगेल, पूर्वाञ्चल विकास क्षेत्रका क्षेत्रीय शिक्षा निर्देशक केशवप्रसाद दहाल, स्थानिय विकास अधिकारी यज्ञबहादुर खत्री, सहायक प्रमुख जिल्ला अधिकारी, त्रिलोचन रिमाल, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गोकर्ण बानियाँ, क्रान्तिकारी माओवादी केन्द्रका नेता रुद्र फूँयाल, संघिय समाजवादी पार्टीका नेता धिरेन्द्र रुम्जाली, राप्रपाका धनराम श्रेष्ठ, बरुणेश्वर माविका प्रधानाध्यापक कुलप्रसाद खतिवडा, जिल्ला शिक्षा समितिका सदस्य बाबुराम गौतम, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतले बोल्नु भएको थियो । बक्ताहरुले भूकम्पले क्षतिग्रस्त ओखलढुंगाका विद्यालय संरचनाको निर्माणमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका थिए । शैक्षिक सिकाईमा अभिभावक र बालबालिकालाई जोड्न सके शिक्षाको दिगो हुनेमा वक्ताहरुले जोड थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले देशभक्तिपूर्ण गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा साक्षरता अभियानमा विभिन्न ढंगले सहयोग पु¥याउने श्रोत केन्द्रका प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कक्षा ११ को परीक्षाफल प्रकाशित

भक्तपुर, मंसिर ३० । राष्ट्रिय परीक्षा बोर्डले कक्षा एघारको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षमा सम्मिलितमध्ये ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको वोर्डले जनाएको छ । बिहीबार साँझ प्रकाशित परीक्षाफल अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् । परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए । यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो ।

कक्षा १० को अन्तीम परीक्षा तालिका सार्वजनिक

काठमाँडौ, मंसिर २४ परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरले यस वर्षको कक्षा १० को अन्तिम परीक्षाको तालिका सार्वजनिक गरेको छ । कार्यालयका अनुसार आगामी चैत्र ३ गते पहिलो दिन अंग्रजी, ४ गते नेपाली, ६ गते गणित, ७ गते विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितिय विषयका लागि परीक्षा हुने छ । प्राविधिक धारका विद्यार्थीको परीक्षा भने १४ गते सकिनेछ । परीक्षामा ६ लाख भन्दा बढी विद्यार्थी सामेल हुने छन ।