अवरुद्ध कैलासखोला जलबिद्युत ४ वर्षपछी सञ्चालन

अवरुद्ध कैलासखोला जलबिद्युत ४ वर्षपछी सञ्चालन

होम साउद/

अछाम, असोज ९ । वर्षाका कारण पहिरोले नहर भत्किएको ४ वर्ष पछी अछामको कैलासखोला जलबिद्युत केन्द्र संचालनमा आएको छ । भत्किएको नहर र मुख्य मेसिनमा आएको खरावीलाई मर्मतसम्भार गरेपश्चात बिद्युत सञ्चालनमा आएको हो ।

२०७० भाद्र ६ गते वर्षाका कारण पहिरो जाँदा जलबिद्युत केन्द्रको करिब ६० मिटर नहर भत्किएको थियो । समयमै मर्मतका लागि पहल नहुदा ४ वर्षसम्म अवरुद्ध भएको बिद्युत सेवा पटक पटकको ताकेता र खबदारी पश्चात पुनः सञ्चालनमा आएको अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।

४ वर्ष अवरुद्ध हुदा करिब १२ करोड नोक्सानी

६०० किलोवाट क्षमताको जलबिद्युत केन्द्रले अहिले ४०० किलोवाट बिद्युत उत्पादन गर्ने गरेको छ । उत्पादीत बिद्युत सदरमुकाम मंगलसेन क्षेत्रमा पठाईरहेको नेपाल बिद्युत प्राधिकरण अछाम बितरण केन्द्रका प्रमुख रोशन कुमार ठाकुरले बताए । तत्काल दिउसोको समयमा मात्रै बिद्युत उत्पादन गर्ने गरेको उनको भनाई छ ।

बिद्युत सेवा अवरुद्ध हुन अघि आयोजनावाट अछाम सदरमुकाम मंगलसेन, मुख्य ब्यापारिक केन्द्र साँफेबगर सहित साविक १६ गाविसका २ हजार ८ सय ५५ उपभोक्ता लाभान्वित थिए । मासिक १२ लाख बढी बिद्युत महसुल संकलन हुने उक्त आयोजना अवरुद्ध हुदा नेपाल बिद्युत प्राधिकरणलाई करोडौं नोक्सानी भएको छ ।

४ वर्षसम्म बिद्युत उत्पादन नहुंदा १ करोड ४० लाख १६ हजार यूनिट बिजुली खेर गएको छ । उक्त बिजुलीको प्रतियूनिट ८ दशमलव ५ रुपैयाले हिसाव गर्दा ११ करोड ९१ लख ३६ हजार राज्यकोषलाई सिधै नोक्सानी भएको छ । यत्रो रकम राज्यकोषलाई नोक्सानी हुनु र जनताले बिद्युत सेवा नपाउनुका पछाडी नेपाल बिद्युत प्राधिकरणको गम्भिर लापरवाहि भएको स्थानीय मोती कामीले बताए । कार्यालयमा बस्ने अफिसर देखी फिल्डमा भएका कर्मचारीको समेत आयोजना सञ्चालनमा चरम लापरवाहि गरेका कारण यस्तो भएको उनको भनाई छ ।

तस्विर: होम साउद

बिद्युत नियमित गर्न प्रशासनको निर्देशन

यहि असोज २ गतेवाट बिद्युत पुनः सञ्चालनमा आएपछी हालै प्रजिअ किशोर कुमार चौधरी सहितको टोलिले स्थलगत अनुगमन गरि बिद्युत नियमित सञ्चालनका लागि नेपाल बिद्युत प्राधिकरण अछाम बितरण केन्द्रलाई निर्देशन दिएको छ । ४ वर्षसम्म बिद्युत सेवा अवरुद्ध हुदा कार्यालय भवन समेत जिर्ण हुने अवस्थामा छ । नहर मात्रै भत्किएर बिद्युत अवरुद्ध हुदा समयमै मर्मतसम्भारको अभावमा मुख्य मेसिनमा समेत खराबी आएको थियो ।

बिद्युत नियमित गर्न नेपाल बिद्युत प्राधिकरण अछाम बितरण केन्द्रका प्रमुख रोशन कुमार ठाकुरलाई निर्देशन दिदै प्रजिअ चौधरीले भने ‘नागरिकलाई उज्यालो दिने तपाईको कर्तब्य हो, यो वा त्यो बहानामा अव बिद्युत सेवा बन्द गर्न पाईदैन ।’

स्थलगत अनुगमनमै गएका मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले राष्ट्रिय प्रशारण लाईन जोडिएको भएपनी अछाम जिल्लामा लोडसेडिङले गर्दा बिद्युत प्रयोगकर्ता आजित भईसकेको भन्दै अव कैलासखोला जलबिद्युत केन्द्रले स्थानीयका आवस्यकता पूर्ति गर्नुपर्ने बताए । उनले नगरपालिकाको तर्फवाट पावर हाउस सम्म जाने सडक निर्माणका लागि नगरपालिकाले पहल गरिदिने बताए । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी दधिराम न्यौपानेले बिद्युत नियमित सञ्चालनका क्रममा आईपर्ने समस्याका लागि आफुहरु पनी सहयोग गर्न तत्पर रहेको बताए ।

कैलासको बिद्युत अव थप ब्यावस्थित गरेर लैजाँने र आवस्यक मर्मत सम्भार तथा ब्यावस्थापनका लागि आफुहरु कटिबद्ध रहेको बितरण केन्द्र प्रमुख ठाकुरले प्रतिबद्धता जनाएका छन । ३३ केभीए केन्द्रिय प्रशारण लाईन जोडिएको भएतापनी प्रसारण लाईन लामो हुदा बेला बेलामा आईपर्ने समस्याले गर्दा अछाममा उपभोक्ताले घण्टौं लोडसेडिङ खेप्नुपरिरहेको अवस्थामा अव कैलासखोला जलबिबद्युतले राहत मिल्ने बिद्युत प्राधिकरण अछाम बितरण केन्द्रको भनाई छ ।

नियमित रुपमा ४०० किलोवाट बिद्युत उत्पादन गर्न सकिएको खण्डमा अछामलाई लोडसेडिङ मुक्त बनाउनका लागि समस्या नहुने बितरण केन्द्र प्रमुख ठाकुरले बताए । यस अगिका कमि कमजोरी सच्यायर ब्यावस्थापन र आवस्यक मर्मत सम्भारका लागि आफ्नो कार्यालय सक्षम रहेको उनको भनाई छ ।

फोटो क्याप्सन ः अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरी, मंगलसेन नगर प्रमुख पदम बोहरा सहित सरोकारवालाको टोलि कैलासखोला जलबिद्युत केन्द्रको स्थलगत निरिक्षणमा र आवस्यक निर्देशन दिदै प्रजिअ चौधरी ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ।’ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने

काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र  कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।  शुक्रबार राति भने  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना  छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा  गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।  

लोकप्रिय