आज – २९ साउन २०७६ बुधवारको राशिफल

आज – २९ साउन २०७६ बुधवारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ तर नयाँ काम गर्न समय पर्खनुहोला। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। समुदायको हितमा विशेष काम गर्न सकिनेछ। सहयोगीहरूको भर पर्दा धोका हुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। काम समयमा पूरा गर्न मुस्किल देखिछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। मिहिनेत गर्दा उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। समयमा गम्भीर नबन्दा पनि दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दा काममा बाधा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। पुरानो सम्झौता भंग हुन सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर आए पनि परिस्थिति त्यति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले मान(सम्मान दिलाउनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। बुद्धिले काम लिँदा चिताएको योजना बन्नेछ। कामले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् र सानो प्रयत्नले ठूलो काम बन्न सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। टाढाका साथीहरूसँगको भेटघाटले खुसियाली छाउनेछ। कर्जामार्फत धन जुट्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। हात लागेको रकम अरूका लागि खर्च हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे धनलाभ हुनेछ। लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

धादिङमा दुर्घटना दुईको मृत्यु, आठजना घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१०, हनुमानडाँडानजिकै आज सवारीसाधन दुर्घटना हुँदा दुईजनाको मृत्युु भएको छ । आठजना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटारमा आयोजना गरिने महोत्सवको सामान बोकेर जाँदै गरेको ना४ख ८०४१ नम्बरको गाडी सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुका ३५ वर्षीय इन्द्रजित पासी र २५ वर्षीय सद्दाम अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । गम्भीर घाइते विनोद चामर र तुलसीराज पासीलाई उपचारका लागि काठमाडौं लगिएको छ । न्सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक पल्टेको एक प्रत्यक्षदर्शीमनीष तामाङले बताए । उक्त दुर्घटनाका अरू घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

मिसेस नेपाल उर्मिलाले अनाथ बालबालिकासँग मनाईन प्रणय दिवस

काठमाण्डौं । ‘मिसेस नेपाल ग्लाम–२०२१’ बिजेता उर्मिला कार्कीले यसपटकको प्रणय दिवस तथा आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएकि छन् । काठमाडौंको मुलपानी फुयाँल गाउँमा रहेको ‘स्नेह बाल आश्रम’मा उनले प्रणय दिवस तथा जन्म दिन मनाएकी हुन् । हास्य कलाकार सुलेमान शँकर ‘इकु’ले सञ्चालन गरेको सो आश्रममा आश्रित १४ जना बालबालिकालाई उर्मिलाले खाना खुवाईन् । बिगतमा साथीहरुलाई पार्टी दिएर जन्मदिन मनाउने उर्मिलाले अबका दिनमा सामाजिक कार्य गर्दै जन्मदिन मनाउने बताईन् । आफ्नो जन्म दिनको अबसरमा उनले सो आश्रमका दुई जना बालबालिकाको १० कक्षा सम्मको खर्चका व्यहोर्ने भएकि छन् । यो उपाधि जित्दा आफुले सामाजिक कार्य गर्ने प्रतिबद्धता जनाएकाले सो कार्यलाई अघि बढाएको उर्मिलाले बताईन्,‘यहाँ आश्रित १४ जनाबालबालिकालाई सुलेमानले आफ्नै खर्चले पढाउनु भएको रहेछ । उहाँलाई केही सजिलो होस भनेर दुई जना बालबालिकालाई पढाउनको लागि आबस्यक खर्च मैले सहयोग गर्ने भएको छु ।’ उनले सो क्रममा भनिन्,‘अब मेरो साथीहरुलाई विभिन्न शुभकामको खुसी यहाँका बालबालिकासँग साट्नको र उनीहरुलाई सहयोग गर्न पनि आजैबाट अपिल गर्नेछु ।’

सोमबार कस्तो छ तपाईंको राशिफल ?

आज २०७७ जेठ ०५ गते सोमबार । कस्तो छ तपाईंको राशिफल ?  मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) मनमा शान्ति छाउनेछ । परिवारसंग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कृषि क्षेत्रमा प्रगति होला । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज श्रमको उचित मूल्याङ्कन होला । धर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्य व्यवसायमा सफलता मिल्नेछ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । जोश जाँगर र हिम्मतपनि बढ्ला । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज आफन्त संगको सम्बन्धमा मजबुती आउनेछ । सेवामूलक कामको थालनी हुनसक्छ । शुभकार्यको चर्चापनि रहला । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ लिन नमिल्ला । – ज्यो.प. नारायणप्रसाद दुलाल

शुक्रबार कस्तो छ तपाईंको भाग्य ? पढ्नुस् राशिफल

आज २६ बैशाख २०७७ शुक्रबारको राशिफल । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) समय प्रतिकुल भई कुलतमा मन जान सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मतभेदको अवस्थापनि आउला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) सेवा र धार्मिक कार्यमा रुचि बढ्नेछ । कृषि क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । अन्न लाभपनि हुनेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज रोकिएका धन र कार्यमा विस्तारै सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नसक्छ, तर साँझमा अधिक धन खर्च हुनेछ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक सामान्य नै रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट केही राम्रो हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य अलि सहज हुनेछ । धार्मिक / सांस्कृतिक र परोपकारमा मन जानेछ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्न सक्छ । चोटपटकपनि लाग्न सक्नेछ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मुद्धा मामिलामापनि सफलता मिल्न सक्छ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ, तर वैदेशिक क्षेत्र भने कमजोर नै रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

लोकप्रिय