इङ्ल्यान्ड भर्सेस कोलम्बियाः अाज गोल्डेन बुटका दाबेदार ह्यारी केनको अग्नी परीक्षा !

इङ्ल्यान्ड भर्सेस कोलम्बियाः अाज गोल्डेन बुटका दाबेदार ह्यारी केनको अग्नी परीक्षा !

मस्को । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आज प्री क्वाटरफाइनलको अन्तिम खेल इङ्ल्यान्ड र कोलम्बियाबीच हुँदैछ । इंग्ल्यान्ड १९६६ को विश्व विजेता हो । उसले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

ह्यारी केन, जिसे लिङ्गार्ड तथा डेली अलीजस्ता खेलाडीको उत्कृष्ट प्रदर्शनमा इङ्ल्यान्डले पहिलो दुई खेलमा सहज नतिजा निकालेको थियो। तर, इङ्ल्यान्डको युवा टोलीको वास्तविक परीक्षण हुने बेल्जियमविरुद्धको खेलमा दुवै टोलीले दोस्रो रोजाइका खेलाडी उतारे। जसले दुवै टोलीका प्रशिक्षकको आलोचना भइरहेको छ। नकआउट चरणमा इङ्ल्यान्डको इतिहास बिर्सनलायक छ।

इङ्ल्यान्डमा अनुभवी खेलाडीको कमी भए पनि टोलीमा प्रतिभावान् खेलाडीको कमी छैन। समूहचरणमा पाएको सफलताले पनि उनीहरूको मनोबल बढाएको छ। कप्तान केनले ५ गोल गरिसकेका छन् र उनी प्रतियोगितमा गोल्डेन बुटको दाबेदारका रूपमा उभिएका छन्।
‘हेड टु हेड’
पछिल्ला भेटमा कोलम्बियाले इङ्ल्यान्डलाई पराजित गर्न सकेको छैन। पछिल्लो पटक फ्रान्समा सम्पन्न १९९८ को विश्वकपमा पनि इङ्ल्यान्ड २-० ले विजयी भएको थियो। पहिलो खेलमा जापानसँग २-१ ले पराजित भएको जोसे पेकरम्यानको कोलम्बियाले दोस्रो खेलमा पोल्यान्डलाई ३-० तथा अन्तिम खेलमा अफ्रिकी टोली सेनेगललाई १-० ले हराउँदै समूह ‘एच’ को शीर्ष स्थानमा रहेर अन्तिम १६ को यात्रा तय गरेको हो।

कोलम्बियाको आक्रमण पंक्तिमा राडामेल फाल्काओ र हामेस रोडरिग्वेजजस्ता खेलाडी छन्। तर, चोटका कारण २०१४ को विश्वकपमा गोल्डेन बुट जितेका रोडरिग्वेज इङ्ल्यान्डविरुद्धको खेलमा उपलब्ध हुनेमा शंका छ।

ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको कोलम्बिया त्यही नतिजालाई दोहोर्याउँदै लगातार दोस्रो पटक अन्तिम ८ मा पुग्ने लक्ष्यमा छ। लगातार चार खेल जितेको कोलम्बिया क्वार्टरफाइनलमा आयोजक ब्राजिलसँग २-१ ले पराजित हुँदै घर फर्किएको थियो। -एजेन्सी

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय