बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ।

खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

नेपाल vs मरिसस: पहिलो हाफसम्म गोलरहित बराबरी

काठमाडौं, १५ । नेपाल र मरिससबीच अहिले भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । खेल त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा भइरहेको हो । खेलको शुरुदेखि नै नेपालमाथि आक्रामक दबाब राख्न सफल मौरिससका खेलाडीले गोल भने गर्न सकेनन् । नेपाललाई समेत गोल गर्ने केही मौका पाइएको भएपनि नेपालले समेत गोल गर्न नसक्दा पहिलो हाफसम्म कुनै टीमले गोल गर्न सकेनन् । नेपलाका सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाट हानेको दुई प्रहारले पोस्टको दिशा लिन सकेन । पहिलो हाफ सकिन १० मिनेट बाँकी हुँदा मोरिससले एउटा राम्रो ‘मुभ’ बनाएको थियो । तर, एड्रिइन फ्रोन्कोइसको प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाएका थिए । अखिल नेपाल फुटबल संघले मैदानमा सीमित दर्शकलाई प्रवेश दिएको छ । दर्शक बढेसँगै कोरोनाबाट सुरक्षा मापदण्ड भने पालना गरिएको छैन । नेपालको टिम गोलकिपर : किरण चेम्जोङ (कप्तान) रक्षापंक्ति : सुमन अर्याल, दिनेश राजवंशी, देवेन्द्र तामाङ र गौतम श्रेष्ठ मिडफिल्ड : सुरजज्यु ठकुरी, सुमन लामा र तेज तामाङ फरवार्ड : अञ्जन विष्ट, विमल घर्तीमगर र सुनील बल । वैकल्पिक खेलाडी : सुदीप गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, आशिष लामा, दर्शन गुरुङ, नितिन थापा, आकाश बुढागमर, क्रितिशरन्त छुन्जु र जगजित श्रेष्ठ ।

लोकप्रिय