कस्तो छ तपाँइको आजको दिन ? हेर्नुस राशिफल
काठमाडां, असार १५ । आइतबार। इ.स. २०१९ जुन ३०। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। त्रयोदशी, २७ः२८ उप्रान्त चतुर्दशी।उपप्रा। लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आत्मविश्वासको कमीले पछि परिनेछ। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादले व्यर्थैमा मानहानि गराउनेछ। आजको श्रमबाट पछिलाई लाभ हुनेछ। तर गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
त्बगचगकनयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह
दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरू जुट्नाले चिताएको काम छिटै सम्पादन हुनेछ। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्नेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ। मनोरञ्जनमा अलमलिनाले काममा पछि परिनेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायिक यात्रा गर्नुपर्ने हुन सक्छ। भौतिक साधनको कमीले पनि आँटेको काममा विलम्ब हुनेछ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। तर आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। लगानीतर्फ लागत बढ्नेछ। पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ। प्रतिस्पर्धीहरू बाट सावधान रहनुहोला।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य(चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। नयाँ काम थाल्न शुभचिन्तकहरूले साथ दिनेछन्।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा विशेष सजगता अपनाउनुहोला। बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ। ईर्ष्यालु मन भएकाहरूले अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला।
धादिङमा दुर्घटना दुईको मृत्यु, आठजना घाइते
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१०, हनुमानडाँडानजिकै आज सवारीसाधन दुर्घटना हुँदा दुईजनाको मृत्युु भएको छ । आठजना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटारमा आयोजना गरिने महोत्सवको सामान बोकेर जाँदै गरेको ना४ख ८०४१ नम्बरको गाडी सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुका ३५ वर्षीय इन्द्रजित पासी र २५ वर्षीय सद्दाम अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । गम्भीर घाइते विनोद चामर र तुलसीराज पासीलाई उपचारका लागि काठमाडौं लगिएको छ । न्सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक पल्टेको एक प्रत्यक्षदर्शीमनीष तामाङले बताए । उक्त दुर्घटनाका अरू घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
मिसेस नेपाल उर्मिलाले अनाथ बालबालिकासँग मनाईन प्रणय दिवस
काठमाण्डौं । ‘मिसेस नेपाल ग्लाम–२०२१’ बिजेता उर्मिला कार्कीले यसपटकको प्रणय दिवस तथा आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएकि छन् । काठमाडौंको मुलपानी फुयाँल गाउँमा रहेको ‘स्नेह बाल आश्रम’मा उनले प्रणय दिवस तथा जन्म दिन मनाएकी हुन् । हास्य कलाकार सुलेमान शँकर ‘इकु’ले सञ्चालन गरेको सो आश्रममा आश्रित १४ जना बालबालिकालाई उर्मिलाले खाना खुवाईन् । बिगतमा साथीहरुलाई पार्टी दिएर जन्मदिन मनाउने उर्मिलाले अबका दिनमा सामाजिक कार्य गर्दै जन्मदिन मनाउने बताईन् । आफ्नो जन्म दिनको अबसरमा उनले सो आश्रमका दुई जना बालबालिकाको १० कक्षा सम्मको खर्चका व्यहोर्ने भएकि छन् । यो उपाधि जित्दा आफुले सामाजिक कार्य गर्ने प्रतिबद्धता जनाएकाले सो कार्यलाई अघि बढाएको उर्मिलाले बताईन्,‘यहाँ आश्रित १४ जनाबालबालिकालाई सुलेमानले आफ्नै खर्चले पढाउनु भएको रहेछ । उहाँलाई केही सजिलो होस भनेर दुई जना बालबालिकालाई पढाउनको लागि आबस्यक खर्च मैले सहयोग गर्ने भएको छु ।’ उनले सो क्रममा भनिन्,‘अब मेरो साथीहरुलाई विभिन्न शुभकामको खुसी यहाँका बालबालिकासँग साट्नको र उनीहरुलाई सहयोग गर्न पनि आजैबाट अपिल गर्नेछु ।’
सोमबार कस्तो छ तपाईंको राशिफल ?
आज २०७७ जेठ ०५ गते सोमबार । कस्तो छ तपाईंको राशिफल ? मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) मनमा शान्ति छाउनेछ । परिवारसंग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कृषि क्षेत्रमा प्रगति होला । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज श्रमको उचित मूल्याङ्कन होला । धर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्य व्यवसायमा सफलता मिल्नेछ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । जोश जाँगर र हिम्मतपनि बढ्ला । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज आफन्त संगको सम्बन्धमा मजबुती आउनेछ । सेवामूलक कामको थालनी हुनसक्छ । शुभकार्यको चर्चापनि रहला । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ लिन नमिल्ला । – ज्यो.प. नारायणप्रसाद दुलाल
शुक्रबार कस्तो छ तपाईंको भाग्य ? पढ्नुस् राशिफल
आज २६ बैशाख २०७७ शुक्रबारको राशिफल । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) समय प्रतिकुल भई कुलतमा मन जान सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मतभेदको अवस्थापनि आउला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) सेवा र धार्मिक कार्यमा रुचि बढ्नेछ । कृषि क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । अन्न लाभपनि हुनेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज रोकिएका धन र कार्यमा विस्तारै सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नसक्छ, तर साँझमा अधिक धन खर्च हुनेछ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक सामान्य नै रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट केही राम्रो हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य अलि सहज हुनेछ । धार्मिक / सांस्कृतिक र परोपकारमा मन जानेछ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्न सक्छ । चोटपटकपनि लाग्न सक्नेछ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मुद्धा मामिलामापनि सफलता मिल्न सक्छ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ, तर वैदेशिक क्षेत्र भने कमजोर नै रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल