केपी ओलीलार्इ मन्त्री बनाईदेउ भन्न जान्न :योगेश भट्टराई

केपी ओलीलार्इ मन्त्री बनाईदेउ भन्न जान्न :योगेश भट्टराई

काठमाडौं, पुस २३ । ताप्लेजुङबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेकपा एमाले पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई चर्चामा छन्।

मिडिया देखि सामाजिक संजालमा समेत भट्टराई छाइरहेका छन्।

युवा तथा एमाले भित्र आशा लाग्दा नेताको रुपमा हेरिएका भट्टराईले पार्टी अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई पार्टी एकता घोषणा भएको दिनमा सक्रिय राजनीतिबाट सन्यास लिएर दक्षिण अफ्रिकी अश्वेत नेता नेल्शन मण्डेला बन्न सुझाव दिएका थिए।

भट्टराईले प्रचण्ड र ओलीलाई सन्यास लिन सुझाव दिएपछि एमाले भित्रै पनि यो विषयले चर्चा पायो।केहि प्रभावशाली नेताले त भट्टराई विरुद्ध सामाजिक संजालमा खरो रुपमै उत्रिएर आलोचमा समेत गरे।

कान्तिपुर टिभीको चर्चित कार्यक्रम टफ-टकमा कुराकानी गर्दैं योगेशले भने- ओलीले मलाई जिताउन मेरो क्षेत्रमा जानुभयो,यो उहाँको म प्रतिको निगाहा भन्दा पनि पदीय दायित्व हो।उहाँले (ओली) ताप्लेजुङगमा गएर मेरो जुन उत्साह बढाउनु भयो,म उहाँप्रति सधैं कृतज्ञ नै हुनेछु।कतिपय मानिसले के ठाने भने ओलीलाई त्यहाँ पठाउनु भनेको योगेश भट्टराईसँग फिरौती लिनु जस्तो हो।

यो फिरौतीको कुरा होइन। मैले केपी ओलीको चुनावी क्षेत्र दमक,गौरीगन्जमा गएर भाषण गरेको छु । त्यो मेरो दायित्व हो।

दिलभुषण पाठकले भट्टराइलाई प्रश्न गर्दैं सोधे- केपी ओलीले ताप्लेजुङमा गएर त्यहाँका मतदातालाई तपाईंहरु योगेश जीलाई जिताएर पठाउनुस्,म मन्त्री बनाउँछु भन्नूभएको थियो,पछि ओलीले मन्त्री बनाइहाल्ने चाहना नदेखाएपछि तपाईं एकाएक यस्तो आक्रामक हनुभएको हो?

पाठकको प्रश्नको जवाफ दिदैं भट्टराइले भने- अध्यक्ष ओलीसँग यस बिषयमा केहि पनि कुरा भएको छैन।उहाँले सार्वजानिक ठाउँमा मलाई मन्त्री बनाउँने मन्तव्य दिनुभयो त्यसले मलाई उत्साहित बनाएकै छ। त्यो कुरालाई म अन्यथा मान्दिन।

पार्टी अध्यक्षले मेरो क्षेत्रमा गएर मलाई जिताउनुस् भनिदिएर मेरो दुई-चार हजार भोट बढि आएकै हो। मलाई मन्त्री बनाउने-नबनाउने त्यो ओलीको आफ्नो निर्णयको कुरा हो। मलाई त्यसमा कुनै सरोकार पनि छैन र म त्यसका निम्ति थप आग्रह पनि गर्न जान्न।

भट्टराईले ओलीको दु:खको समयमा पनि आफू ओलीसँगै रहेको बताए।पार्टीको नवौं महाधिवेशनमा ओली र म अलग्गै प्यानलमा थियौ,त्यसमा कुनै लुकाउनैपर्ने कुरै छैन।

ओलीलाई अध्यक्ष नबनाउ भनेर हामी लागेकै होउ र मलाई सचिव नबनोस् भनेर ओली पनि लागेकै हुन् तर त्यसको वावजुद पनि ओलीसँग मेरो ‘वर्किंङ रिलेसन’ छ। म उहाँको प्रचार विभाग प्रमुख हुँ।उहाँले दिएका हरेक काम मैले दिएको छु। उहाँको सुझाव मैले मान्ने पनि गरेको छु ।

अखिल क्रान्तिकारीको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २३ औँ राष्ट्रिय सम्मेलन, दोस्रो चरणको निर्वाचन–२०८१ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले शुक्रवार  केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरूको नामावली प्रकाशन गरेको हो । शनिवार (भोलि) हुने निर्वाचनका लागि अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् । अर्का दाबेदार विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।   यस्तो छ उम्मेदवारका नामावली   

जनतासमक्ष अध्यक्ष प्रचण्डको अपिल- 'हामी गल्ती सच्याउछौं, तपाईहरूले ८४ मा बहुमत दिनुहोस्'

दाङ। नेकपा (माओवादी केन्द्का) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गर्नुभएको छ ।माओवादी केन्द्रले  तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।  अध्यक्ष प्रचण्डले भन्नुभयो -'यो पटक म दशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु ।हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याछौं । तपाईहरुले पनि आफ्नै छोराछोरी त हुन नी भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौं । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर  फाल्ने छ । सामाजिक विवेधको अन्त्य गर्नेछ । न्याय स्थापित गर्नेछ । आर्थिक समृद्धिमा देश अगाडि बढ्ने छ । तपाईहरुले जनयुद्धमा साथ दिनुभयो । शान्तिप्रक्रियामा साथ दिनुभयो । अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिनुहोस् ।अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाईमा तपार्इहरुको साथ चाहियो । तपाइहरुले त्यो साथ दिनुहुनेछ भन्ने विश्वास छ ।' तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफुले यसअघिका कमिकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टी प्रति सकारात्मक धारणा बन्दै गएको बताउनुभयो । सो सकारात्मक परिस्थिति सरकारबाट बाहिर निस्केपछि आफुले देशभर गरेको अभियानमा   जनताले देखाएको माया, पार्टी प्रवेशको बाट पुष्टि भएको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो -'सरकारबाट बाहिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । म यो माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भए । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु । जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर आएको छ। देशभर  विभिन्न पार्टीका नेता कार्यकता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ ।' माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठक र नेकपा एमालेको बैठकलाई जनताले तुलना गरेर हेर्ने गरेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो-'दुई ठुला कम्यिुनिष्ट पार्टीको केन्द्रीय समिति बैठक भरखरै सकियो जसमा माओवादी केन्द्रले फरक विचारलाई सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लग्यो। त्यती नै बेला एमालेको बैठकले भने फरक मत राख्नेहरु भिम रावल, विन्दा पाण्डे, उषाकिरण लगायतलाई कारबाहिको डन्डा चलायो । जनताले दुई पार्टीको केन्द्रिय समितिको बैठकलाई तुलना गरेर हेरेका छन् ।' माओवादी केन्द्रले पार्टीलाई लोकतान्त्रिक रुपमा सञ्चालन गर्नुका साथै माओवादी धारा र कम्यिुनिष्टहरुलाई एकताबद्ध गर्दै लैजाने उहाँले बताउनुभयो । विप्लव लगायतका पूर्वमाओवादी धाराहरुसँग पार्टी एकताका लागि भैरहेका छलफललाई तर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले उत अभियानलाई छिट्दै पूर्णता दिने समेत जानकारी दिनुभयो ।'माओवादी पार्टीहरुलाई एकताबद्ध बनाउने अभियान चलाइएको छ । त्यो अभियानले छिट्टै पूर्णता दिनेछौं ।'उहाँले भन्नुभयो  आफुले रोष्टमबाट  यो सरकार शुसानको डरले बनेको भनेर भनेको स्मण गर्दै सरकार लोकतन्त्रको भावना विपरित अपादर्शी ढग्गले बनेको बताउनुभयो।उहाँले भन्नुभयो -'मैले जसलाई अनुसन्धानको दायरामा ल्याउने प्रयास गर्दै थिए । ती नै बिचौलियको घरमा रातको १२ बजे सरकार गठनको सहमति बन्यो ।जनताको पक्षमा, सुशासन र समृद्धिको पक्षमा काम गरिरहेको मेरो नेतृत्वको सरकार ढालेर यो सरकार सुशासनको डरका कारण बन्यो । मैले सरकारमा रहेर आफ्नो अर्काको नभनीकै कारबाहीको प्रक्रिया अघि बढाए । अनुसन्धान खटिएका अफिसरहरुलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै देखिएपनि कारबाही अगाडि बढाउनु भने । म चुनौतिका साथ भन्न चाहान्छु । अहिले सकारको नेतृत्व गर्नेले मैले झै आफैलाई अनुसन्धान गरेर देखाउनू '

क्रान्तिमा आन्दोलित वर्गमा फर्किने एउटा संकल्प गरेका गरेका छौं : अध्यक्ष प्रचड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा जुन वर्ग र समुदाय आन्दोलित बन्यो सोही वर्ग र समुदाय तर्फ फर्किने संकल्प लिएर अगाडि बढेको बताउनुभएको छ ।  दाङका नेताहरु सहितकातुल्सिपुर-८ बटोलपुरस्थित सहिद परिवार भगवती चौधरीको घरमा पुगेका अध्यक्ष प्रचण्डले परिवार र स्थानीयलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । सहिद परिवारसँगको बसाईको क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो 'सबै सहिद र बेपत्ता परिवारमा मेरो तर्फबाट र पार्टीको तर्फबाट सम्मान व्यक्त गर्न चाहन्छु। एउटै परिवार छ छ जना ले सहादत प्राप्त गर्ने कुरा मार्मक रहेको कुरा हामीले महशुस गरेकै छौं।यहाँ उहाँका आमा बुवासँग भेट भयो । यस पटकको चाहिँ कार्यक्रमहरुमा पार्टीका साथीहरुले सहिद परिवारहरुसँग भेटघाट गराउने सहिदहरुलाई सम्मान गर्ने जो कार्यक्रम राख्ने गर्नुभएको छ । त्यसको लागि पनि म धन्यवाद दिन चाहान्छु । हिजो नेपागञ्जमा पनि सहिद परिवारकै घरमा खाना खाने व्यवस्था गरिएको थियो ।  हामीले क्रान्तिमा, जनयुद्धमा जुन वर्ग जुन समुदायको निम्ति भनेर क्रान्ति गर्यौ । आज त्यो वर्ग र समुदाय र तिनीहरुका माग तथा मुद्दाहरु अलिकति कमजोर जस्तो भएका छन् । अब सहिद परिवार, वर्ग समुदायका जे माग लिएर हामीले आन्दोलित गरेका वर्ग समुदाय र परिवार तर्फ फर्किने एउटा संकल्प गरेका गरेका छौं। अब हामी त्यही वर्ग र समुदाय तर्फ फर्किने अभियान अघि बढाएका छौं ।'

अध्यक्ष प्रचण्ड दाङमा

तुलसीपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ पुग्नुभएको छ। उहाँले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको छ। अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ। अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौ फर्कनुहुने छ।

लोकप्रिय