के खाने, कहिले खाने र कसरी खाने ?
डा ललितकुमार मिश्र/
राम्रो स्वास्थ्यको लागि सधैं सकारात्मक सोच राख्नुको साथै मौसमअनुसारको ताजा फलफूल, हरियो सागपात, गेडागुडी, दूध, दही, अन्डा, माछा, मासुको सेवन उचित मात्रामा गर्नु पर्दछ ।
चिकित्सकहरूले पनि आफ्ना बिरामीलाई रोगअनुसारको खानेकुराको सल्लाह दिन्छन् नै । घरका ठूलाबडाले पनि यस प्रकारको शिक्षा आफ्ना छोराछोरी तथा नातिनातिनीलाई दिने गर्दछन् । कुरो ठीकै हो । अवस्था फरक छ, उहिले फलफूल, हरियो सागसब्जीलगायतका सबै चीजहरू मौसमअनुसार फल्ने फुल्ने गर्दथ्यो ।
मानिसहरू सिजनअनुसारको फलफूल, सागसब्जी खान्थे र हृष्टपुष्ट, स्वास्थ्य र दीर्घजीवी हुन्थे । तर, अचेल त वर्षैभरि सबै किसिमका फलफूलहरू हरियो तरकारी, गाउँघरमा लाग्ने सानो हाटबजारदेखि लिएर ठूलाठूला सहरका मल (सपिङ सेन्टर)हरूमा आकर्षक प्याकेजिङमा उपलब्ध हुन्छन् । मानिसहरू यिनै किनेर खाइरहेका छन् । यसका बाबजुद पनि मानिसमा धेरैजसो स्वास्थ्यसम्बन्धी समस्या हुनु अचेल सामान्य कुरो भइसकेको छ ।
यहाँ प्रश्न उठ्छ, के यी फलफूलहरू, हरियो सागसब्जी, दूध, दही, अन्डा, माछा, मासुमा पर्याप्त मात्रामा पोषकतत्व छ त ? के यी चिजहरू वास्तवमा तपाईंको परिवारको स्वास्थ्यको लागि पोषणयुक्त छ ? अचेल बढी उत्पादन एवं धेरै दिनसम्म बजारमा ताजा बनाई राख्नका लागि किसान वा थोक व्यापारीहरूले बढी मात्रामा रासायनिक मल, पेस्टिसाइडस् (कीटनाशक) एवं हार्मोन्सको इन्जेक्सनको प्रयोग गर्दछन् ।
मानिसमा विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्याहरू पनि सोही रफ्तारमा बढिरहेको छ । भारतको चित्तरञ्जन नेसनल क्यान्सर इन्स्टिच्युटले हालसालै गरेको एक अध्ययन रिपोर्टमा भनिएको छ, प्रायः गरी सागसब्जीहरूमा प्रयोग गरिने इन्सेक्टिसाइट र पेस्टिसाइड्सको अंश यी बजारमा बिक्री गर्न ल्याइने हरियो तरकारीहरूमा रहिरहन्छ । यसको सेवनले तमाम दूरगामी खालका रक्तविकार, नसासम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी रोग एवं महिलामा प्रजननसम्बन्धी रोग हुने सम्भावना बढी हुन्छ ।
जस्तै, थकान महसुस हुनु, पसिना बढी आउनु, टाउको दुख्नु, रिंंगटा लाग्नु, हातखुट्टा झम्झमाउनु, मांसपेशीमा ऐठान हुनु, शरीरको तौल घट्नु, भोक नलाग्नु, निद्रामा कमी आउनु तथा महिलामा गर्भपतन हुनु आदिजस्ता यस रोगका लक्षणहरू हुन् ।
यसै प्रकार कोलकाता विश्वविद्यालय कृषि विभागले प्रकाशन गरेको एक रिपोर्टअनुसार सागसब्जीहरूमा लिड, निकिल, केडमियमजस्ता तत्वहरू बढी भएकोले अनेक प्रकारको पाचनसम्बन्धी रोग देखा पर्दछन् । जस्तै, पेट दुख्नु, पखाला लाग्नु, आऊँ ९रगतमासी० हुनु आदि । यस प्रकार पेस्टिसाइड्सको दुष्प्रभावले गर्दा क्यान्सर, शारीरिक विकाससम्बन्धी रोग, बिकलांग बच्चा जन्मिनु या गर्भावस्थामा रोग लाग्ने सम्भावना बढिरहन्छ ।
व्यापारको दृष्टिले फर्म हाउसमा सागसब्जी वा फलफूलहरूको बढी उत्पादनको चाहनामा तथा मलखादको खर्चमा कटौती अथवा बचत गर्नको लागि बोटबिरुवामा आक्सिटोक्सिन (ग्रोथहार्मोन्स, चाँडै बढ्नको लागि दिइने इन्जेक्सन) को प्रयोग बढेको छ ।
जस्तै, भान्टा, लौका तथा गाईभैंसीलाई दूध बढी दिने सुई, कुखुराको मासुको तौल बढाउन, माछाको भुराको तौल चाँडै बढाउन प्रयोगमा ल्याइने हार्मोन्स प्रयोगबाट यसरी अस्वाभाविक रूपमा उत्पादन भएका सागसब्जी, फलफूल, तरकारीहरूलाई बढी समयसम्म ताजा बनाइराख्नको लागि टिन (जस्ता) या मेटलको पन्नीमा ¥यापगरी राख्ने गर्नाले ९खाद्यपदार्थ० अझ संक्रमिक हुन सक्छ । यस्तो खाद्य पदार्थको सेवन लामो समयसम्म गर्नाले व्यक्तिको मृत्यु पनि हुन सक्छ ।
यस प्रकार समयभन्दा पूर्व काँचो फलफूलहरू केरा, आँपलाई पकाउनको लागि केल्सियम कार्बाइडमा राखिन्छ । काँचो आँप कार्बाइडनामक रसायनमा राख्नाले २४ घन्टामै आँप पाक्दछ । यदि कार्बाइडको मात्रा कम हुन गयो भने फलको बोक्राको रङ बदलिन्छ ।
तर, भित्रबाट फल काँचो नै रहन्छ । यदि रसायनको मात्रा बढी हुन गयो भने फल त पाक्दछ तर बेस्वाद र विषाक्त हुन्छ । राम्ररी नपकाइकन खाएको सागसब्जीहरूको सेवनले इससिरयाकोलाई, कलास्ट्रिडम, बेसिलेस सेलभनेला, लिस्टेरियानामक कीटाणुहरूको संक्रमण हुनाले पनि यस्ता रोग लाग्ने सम्भावना रहन्छ ।
यस्ता खानेकुराबाट छालासम्बन्धी समस्या, क्यान्सर, अजीर्ण (अपच) पेटमा ग्यास भरिनु, पेटमा दर्द, पेट बट्टारिनु, बान्ता हुनु, पखाला लाग्नु, रिंगटा लाग्नु, छालासम्बन्धी रोग र क्यान्सर आदिजस्ता रोगका लक्षणहरू उपभोक्तामा देखिन सक्छन् । यसबाट बच्नको लागि एउटैमात्र उपाय भनेको, सिजनअनुसारको सागसब्जी, फलफूल खाने हो । सकभर अर्गानिक सागसब्जी र फलफूलको सेवन गर्ने बानी बसालौं ।
हाटबजारबाट किनेर ल्याएको फलफूल या सागसब्जीलाई हल्का तातोपानीमा कम्तीमा ३० मिनेट जति डुबाएर राख्नुपर्छ । त्यसपछि राम्रोसँग धोइपखाली राम्रोसँग पकाएर खानुपर्छ । खाना खानु अगाडि र खाना खाइसकेपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ । खाद्य पदार्थको विषाक्तता (फुडपोइजन) बाट हुने रोगहरूमा रोगीको अवस्था र लक्षणहरूको आधारमा निम्नलिखित केही होमियोप्याथिक औषधिहरू प्रयोग गर्न सकिन्छ ।
आर्सेनिकएलबम, पोडोफाइलम, चाइना, बेलाडोना, एलोज, एलियमसिपा, कार्बोभेज आदि । यी औषधिहरू आफ्नो नजिकको योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिएर प्रयोग गर्नाले लाभदायक हुन्छ ।
अन्त्यमा खान सबैले जानेको हुन्छ, तर के खाने ? कहिले खाने र कसरी खाने ? भन्ने कुरा धेरैले जानेका हुँदैनन् । खानपिनमा नै हाम्रो स्वास्थ्य निर्भर छ ।
बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।” दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् ।
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने
काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।
वीरगन्जमा ९३ जनामा देखियो हैजा
पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।
विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’
चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

