क्रान्तिकारी नेता गोन्जालोबाट के सिक्ने
मनहरि तिमिल्सिना
विश्वप्रसिद्ध प्रगतिवादी साहित्यकार लुसुन भन्थे, ‘‘मरेकाहरूबाट बाँचेकाहरूले नसिके बाँचेकाहरू पनि मरेसरह हुन्छन्।’’ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणले परम चेतनाको अस्तित्व स्वीकार गर्दैन, यस अर्थमा मानिसको भौतिक शरीरको समाप्तिसँगै उसको देह र आत्मा दुवै रहँदैन। तर, जनता र राष्ट्रका निम्ति योगदान गर्ने मान्छेहरूको प्रेरणा र कीर्ति दुनियाँमा कालजयी रहन्छ। लुसुन मरेकाहरूको प्रेरणालाई जीवितहरूले आत्मसाथ गर्नुपर्ने अर्थमा उक्त दृष्टान्त प्रस्तुत गर्दछन्।
शनिबार साँझ विश्वभरिका क्रान्तिकारी कम्युनिस्टहरूले एउटा अप्रिय र कारूणिक खबर सुन्नुपर्यो। पेरूभियन कम्युनिस्ट पार्टीका संस्थापक एवं क्रान्तिनायक कमरेड गोञ्जालोको जेलभित्रै निधन भएको खबर एकाएक विश्वभरि फैलियो। विश्वभरिका कम्युनिस्टहरूका निम्ति यो एउटा दुखद क्षण र नमीठो अनुभूति त थियो नै, साथै साम्राज्यवादी बर्बरताका विरुद्ध तीव्र घृणाको दिन पनि थियो। ३० वर्ष लामो जेलजीवनको क्रममा उनले जुन अमानवीय यातनाको सामना गर्नुपर्यो, जुन अपमानको विष पिउनुपर्यो, त्यसले उनको मृत्यु स्वाभाविक लाग्दैन। यद्यपि, अमेरिकी साम्राज्यवादद्वारा संरक्षित फुजिमोरी सरकारले उनको निधन स्वाभाविक भएको दावी गरेको छ।
मानव जातिको इतिहास नै यस्तो छ कि आँधीमय क्रान्तिहरूले नै समाज रूपान्तरण गर्दछ। समाज रूपान्तरणको चालक शक्तिको सार्वभौम विज्ञानका रूपमा वर्गसंघर्ष विद्यमान रहन्छ। लेनिनको दृष्टिमा ‘‘वास्तवमा राज्य असमाधेय शत्रुतापूर्ण वर्गसंघर्षको उपज हो।’’ त्यस्तो शत्रुतापूर्ण वर्गसंघर्ष आदर्शवादी मानवतावादका सम्पूर्ण पर्खाल भत्काउँदै यथास्थिति या क्रान्तिका रूपमा अभिव्यक्त हुन्छ। त्यसले आफ्ना वर्गीय हितहरूको पैरवी र रक्षार्थ जस्तोसुकै अमानवीयता कदमलाई स्वीकार्छ भन्ने तथ्य गोञ्जालोसम्म आइपुग्दा पुनर्पुष्टि भएको छ।
पेरूको जनयुद्ध र गोञ्जालो
१९३४ डिसेम्बर ३ मा पेरूको एण्डिज श्रृंखला पेरुमा जन्मिएका गोञ्जालोको वास्तविक नाम डा। अविमायल गुज्मन रेनोसो हो। एरक्वेपा विश्वविद्यालयबाट विद्यावारिधि गरेका गोञ्जालोले १९६२ देखि १९७४ सम्म दर्शनशास्त्र विभाग हवामांगा विश्वविद्यालय, आयाकुचो पेरुमा प्राध्यापन गरेका थिए। १९४५ को दोस्रो विश्वयुद्धमा फाँसीवादको पराजयपछि खुसी मनाउन पेरुका वामपन्थीहरूले निकालेको जुलुसबाट गिरफ्तार भएपछि उनको राजनीतिक यात्रा सुरु भएको थियो।
१९४६ मा कम्युनिस्ट योङ ब्रिगेटको सदस्य भएका उनी १९५६ मा एरक्वेपा विश्वविद्यालयको विद्यार्थी संघको अध्यक्ष निर्वाचित भएका थिए। १९६५ मा चीनको भ्रमणपछि १९६६ मा पेरू कम्युनिष्ट पार्टीको सदस्य भएका गोञ्जालोलाई १९६९ मा कम्युनिस्टको आरोपमा पक्राउ गरिएको थियो। १९७५ मा पेरु कम्युनिस्ट पार्टीको अध्यक्ष भएका गोञ्जालोकै नेतृत्वमा १९८१ मा पेरुमा सञ्चालित जनयुद्ध १९९२ को सप्टेम्बर १२ गोञ्जालोको गिरफ्तारीसँगै रक्षात्मक बन्यो।
सोभियत मोडेलको समाजवादमा सुधारवादी शक्ति हावी थियो, चीनमा माओको निधनपछि देङस्याओपिङले पूँजीवादी राजनीतिक आर्थिक कार्यक्रम लागू गरेका थिए। विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक रहेको अवस्थामा पेरू कम्युनिस्ट पार्टीले सशस्त्र क्राान्तिको थालनी गर्यो। पेरूको दीर्घकालीन जनयुद्धको क्रममा विकसित विचारलाई ‘साइनिङ पाथ’का नामले चिनिन्छ।
पेरू अमेरिकी राष्ट्र हो। १२,८५,२२० वर्ग किलोमिटर क्षेत्रफल र ३० करोड जनसंख्यामा भएको पेरुमा गोञ्जालो नेतृत्वमा सञ्चालित जनयुद्ध तुफानी बेगमा अघि बढ्यो। दीर्घकालीन जनयुद्धले अधिकांश ग्रामीण भूभाग खाली गराइसकेको थियो। सम्पूर्ण गाउँ र दुई वटा प्रमुख शहरहरुसमेत कब्जा गरिसकेपछि जनयुद्ध राजधानी कब्जा गर्ने दिशातिर अघि बढ्यो। कम्युनिस्ट पार्टीले राजधानी लिमामाथि घेराबन्दी गरेर हमला गर्ने रणनीति बनायो। तर, १९९२ सेप्टेम्बर १२ मा गोञ्जालो गिरफ्तार परे।
उनको गिरफ्तारीपछि पेरू कम्युनिस्ट पार्टी ९साइनिङपाथ० का अन्य नेताहरू पनि एकपछि अर्को गिरफ्तारीमा पर्न थाले। १९९५ सम्म साइनिङपाथले सशस्त्र जनयुद्ध सञ्चालन गरिरह्यो। तर, गोञ्जालोको गिरफ्तारी, कार्यदिशामा रुपान्तरणको अन्यौलता र उत्तराधिकारी विकासको समस्या लगायतका कारण जनयुद्धले गम्भीर धक्का खायो।
१९६९ मा गोञ्जालोको नेतृत्वमा विश्वविद्यालयका विद्यार्थीहरूसहित साइनिङपाथको स्थापना भयो। विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीको पार्टी बनेकाले यसलाई पढन्तेहरूको पार्टी ९पुएब्लो डेल लिब्रो० पनि भनियो। १९७८ मा संविधानसभाको चुनाव भयो, १९७९ मा संविधान बन्यो र १७ वर्षको सैनिक शासनपछि पेरूमा १९८० मा राष्ट्रपति चुनावको घोषणा भयो। तर, संविधान निर्माणमा पेरूका जनताको चित्त बुझेको थिएन। राष्ट्रपति चुनावको अघिल्लो रात १७ मई १९८० आयाकुचोको सानो गाउँ चुस्चीमा साइनिङपाथका कार्यकर्ताले मतपत्र र मतदान सामग्री कब्जा गरी जनताको अगाडि सार्वजनिक स्थानमा जलाए, त्यही दिनबाट पेरूमा जनयुद्ध घोषणा गरियो।
जनयुद्ध १९८० देखि १९९९ सम्म चल्यो। यस अवधिमा २,९०० सशस्त्र कार्यवाही भए। ४३,००० मानिसहरूको जनयुद्धमा ज्यान गयो, २६,२५९ लाई बेपत्ता पारियो। १९८५–९० मा पेरुको ३२ प्रतिशत भूभाग र ४९ प्रतिशत जनता साइनिङपाथको नियन्त्रणमा थियो, यसलाई रणनीतिक सन्तुलन भनियो। १९८८ मा पेरूमा भएको साइनिङपाथको पहिलो महाधिवेशनले गोञ्जालो विचारको प्रादुर्भाव गर्यो। महाधिवेशनलगत्तै गोञ्जालोले एल डायरियो पत्रिकामार्फत् एउटा लामो अन्तर्वार्ता दिएका थिए, जुन विश्वभरि चर्चित बन्यो।
१९९० जुन महिनाको एक बिहान पेरूको राजधानी लिमामा कम्युनिस्ट पार्टीको ७० वटा राता झन्डा समानान्तर फहराइएको थियो। रिममा आवद्ध विश्वका १५ भन्दा बढी कम्युनिस्ट पार्टीहरूमध्ये साइनिङपाथ पनि एक थियो। माओका योगदानहरूलाई माओवादका रूपमा संश्लेषण गर्ने विचारक गोञ्जालो नै थिए। उनी १९९२ मा पक्राउ परेपछि पेरूको क्रान्ति रक्षात्मक बन्दै गयो। सम्भवतः विश्व इतिहासमा जनताको मुक्तिसंघर्षमा सबैभन्दा लामो जेलजीवन बिताउने नेता गोञ्जालो नै थिए।
गोञ्जालो र क्रान्तिको प्रेरणा
क्रान्तिनायक गोञ्जालोको निधनपछि लाखौं नेपालीले उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। क्रान्तिको इतिहासमा चे–ग्वेभारापछि गोञ्जालो नै यस्ता नेता हुन्, जसले विश्वभरिका क्रान्तिकारीहरूका लागि उर्जा र प्रेरणा प्रदान गरेका छन्। ३० वर्ष जेलमा राखेर कठोर यातना दिँदासमेत उनी कहिल्यै गलेनन्। जेल र अदालती वयानका क्रममा उनले क्रान्तिप्रति असीम समर्पण दर्साउँदै विश्वभरिका मुक्तिकामी जनतालाई अभिवादनका साथ प्रेरणा प्रदान गरिरहे। नेपालमा माओवाद संश्लेषणदेखि जनयुद्धको घोषणा र विकासका निम्ति गोञ्जालोको महत्वपूर्ण प्रेरणा थियो। यसर्थ पनि नेपालका क्रान्तिकारीहरूले उनीप्रति श्रद्धाभाव व्यक्त गरिरहेका छन्।
पेरूको जनयुद्धले राज्यसत्तामाथि पूर्ण विजय हासिल गर्न सकेन। यसर्थ, पेरूबाट नेपाल र विश्वले सिक्नैपर्छ। तर, प्रत्येक सफलताबाट मात्र होइन, असफलताबाट पनि सिक्न सकिन्छ र सिक्नुपर्छ। विजयी क्रान्तिहरूले सर्वहारा वर्गलाई मुक्तिको हतियारस्वरूप क्रान्तिकारी राज्यसत्ता दिन्छन्। तर, पराजित क्रान्तिहरूले शिक्षा र आदर्श। गोञ्जालोले विश्वलाई क्रान्तिको नयाँ कार्यदिशा र मोडेल दिन त सकेनन्। तर, युगौंयुग बाँचिरहने आदर्श र प्रेरणा दिए। एउटा असल कम्युनिस्ट कस्तो हुनुपर्छ, ऊ पूँजीवादी एवं साम्राज्यवादी शक्तिका दवाव, प्रभाव, कठोर यातनाका बिच पनि कसरी सतिसाल बनेर उभिनुपर्छ, त्यसका लागि गोञ्जालोको आदर्श जीवन पर्याप्त छ।
कहाँ चुक्यो पेरू रु
१२ वर्ष लामो जनयुद्ध केन्द्रीय सत्ता कब्जाको नजिकै पुगेको थियो। तर, विजयको शिखरमै पुगेर क्रान्ति कसरी ढल्यो रु यो विश्वभरिकै क्रान्तिकारी कम्युनिस्टहरूका लागि चिन्तन र अन्वेषणको विषय हो। यसलाई हामीले क्रान्तिको कार्यदिशा विकासको चुनौती र अवसरका रूपमा पनि लिनुपर्छ।
भूराजनीतिका दृष्टिले नेपाल जुन संवेदनशील परिस्थितिमा छ, त्यसभन्दा कम जोखिमपूर्ण परिस्थितिमा थिएन पेरू। विश्वभरि एकछत्र दादागिरी मच्चाइरहेको अमेरिकी साम्राज्यवादको समीपमा विद्रोहको झण्डा उठाउनु वस्तुगत दृष्टिले पनि सहज थिएन। त्यसमाथि १९७६ पछि चीनमा देङको उदय र माओका उत्तराधिकारीहरूमाथि निर्मम दमन, १९८० को सूचना–प्रविधि क्रान्तिको नयाँ आयाम, १९९१ मा सोभियत संघ र पूर्वी युरोपमा समाजवादको पराजय र साम्राज्यवादीहरूको एकध्रुवीय विश्वको डंका। यी सबै परिस्थिति पेरूको जनयुद्धका निम्ति वस्तुगत प्रतिकूलता थिए।
यद्यपि, वस्तुगत प्रतिकूलता छिचोल्न गोञ्जालोको दार्शनिक, बौद्धिक व्यक्तित्व एवं क्रान्तिप्रतिको अजेय प्रतीज्ञाले निकै ठूलो भूमिका खेल्यो। अदम्य साहस र क्रान्तिकारी भावनाले ओतप्रोत विशाल फौजका साथ उनले दीर्घकालीन जनयुद्धको रथ हाँकेका थिए। तर, दीर्घकालीन जनयुद्धले जब सन्तुलनको चरण पार गर्यो, साइनिङपाथमा राजनीतिक कार्यदिशासम्बन्धी अन्यौल सतहमा देखा पर्यो। दीर्घकालीन जनयुद्धको निरन्तरता वा अन्य विशेषताहरूको संयोजनको बहसकै बिचबाट केन्द्रीय सत्तामाथि निर्णायक हस्तक्षेपको कारबाही थालियो। तर, सर्वोच्च नेताकै गिरफ्तारीपछि क्रान्तिले अनपेक्षित धक्का खानुपर्यो।
साइनिङपाथ कार्यदिशाको विकास र उत्तराधिकारी निर्माणमा चुकेको विश्लेषण आज पनि उत्तिकै बलशाली छ। तर, यो पेरू वा गोञ्जालोको मात्र चुनौती थिएन। विश्वभरिकै कम्युनिस्ट आन्दोलनका निम्ति चुनौती थियो र छ। लेनिनको मृत्युपछि स्टालिनको उत्तराधिकारपूर्ण नेतृत्व लाल र निपूण देखिए पनि त्यसपछिका उत्तराधिकारीबारे पर्याप्त समीक्षा गर्नुपर्ने हुन्छ। माओले सांस्कृतिक क्रान्तिका दौरानमा उत्तराधिकारी निर्माणका निम्ति प्रयत्न गरेको देखिन्छ। यद्यपि, त्यस्तो प्रयत्न संस्थागत परिपाटीको विकासमा आधारित देखिँदैन। व्यक्तिविशेषले अघि सार्ने नेतृत्व सर्वमान्य र संस्थागत प्रणालीको विकासतर्फ परिलक्षित नहुँदा क्रान्तिको पद्धतिसंगत विकास सम्भव हुँदैन।
गोञ्जालोको गिरफ्तारी अप्रत्यासित र अनपेक्षित नै थियो। तर, द्वन्द्वात्मक भौतिकवादले हर कुनै सम्भावनालाई अस्वीकार गर्दैन। क्रान्तिको दौरानमा नेतृत्व समातिन सक्छ, मारिन सक्छ वा गद्दारी पनि गर्न सक्छ। त्यसको बैकल्पिक सोंच, कार्यदिशा र कार्यनीतिसहित कम्युनिस्ट पार्टीले आफ्नो गन्तव्य निर्दिष्ट गर्न सक्नुपर्दछ। गोञ्जालोको गिरफ्तारीपछि तत्काल क्रान्तिकारी शक्तिलाई रणनीतिक स्थानान्तरण गर्नसक्ने कार्यनीति र नेतृत्व भएको भए सायद उनको अनुपस्थितिमा पनि क्रान्ति अघि बढिरहन्थ्यो र पेरूले राज्यसत्तामा विजयको झण्डा गाड्थ्यो। तर, त्यो अवसर पेरू र विश्वले गुमायो।
कम्युनिस्ट र पेरूका शिक्षाहरू
नेपालका कम्युनिस्टहरूले विश्वभरिका क्रान्तिको सैद्धान्तिक समीक्षा गर्न खास चुकेको देखिँदैन। तर, क्रान्तिको मूल्य र सर्वहारा वर्गको सत्ता प्राप्तिको आन्दोलनको अवस्था हेर्दा हामी निकै ठूलो अन्यौल र विचलनमा छौं। पेरूको जनयुद्ध र गोञ्जालोको नेतृत्वबारे समीक्षा गरिरहँदा हामी कहाँ छौं, हाम्रो आदर्श कहाँनेर छ, क्रान्ति र कम्युनिस्ट आन्दोलनको भविष्यका दृष्टिले हामी कस्तो भयावह परिस्थितिमा छौं, यसबारे खास बहस भएको छैन।
हामीले पेरूमा जनयुद्ध असफल हुनुमा कार्यदिशाको अन्यौल भन्यौं। तर, के हामी कार्यदिशामा स्पष्ट छौं रु अहिले हामीले जुन कार्यदिशामा उभिएर समाजवादको सपना देखिरहेका छौं, के त्यो सार्थकतामा बदल्न सम्भव छ, के हाम्रो विश्लेषण वस्तुगत धरातलमा उभिएको छ रु यो प्रश्न गम्भीर रूपमा अगाडि आउँछ। हामीले परम्परागत संसदीय व्यवस्थाबाट माथि उठेको व्यवस्थाको व्याख्या गरे पनि परिणामले पूरानै संसदीय व्यवस्था भनिरहेको छ। यही बाटो हिँडेर हामी समाजवादमा होइन, पुग्ने दलाल पुँजीवादमै हो भन्ने प्रष्टिन्छ। त्यसो भए यसको बिकल्प के त रु के हामीले क्रान्तिको नयाँ कार्यदिशा र मोडेल दिन सक्छौं रु सवाल यहीँनेर छ।
हामीले २१ औं शताब्दीलाई क्रान्तिको नयाँ कार्यदिशा र मोडेल दिन सक्नैपर्छ, त्यो वस्तुगत यथार्थ हाम्रोसामु छ। तर, त्यसका निम्ति सामान्य संकल्पले पुग्दैन, आजको विश्वबारे गहिरो विश्लेषण र संश्लेषण जरुरी छ। एकातर्फ मरणासन्न पूँजीवादले आफ्नो प्राण धान्न अपनाएका नयाँ–नयाँ बिकल्प, वित्तीय भूमण्डलीकरण र डाटा प्रभुत्ववादको विकास, विकेन्द्रीत उत्पादन र केन्द्रीत नियन्त्रण प्रणाली, लागत प्रतिस्थापनको घातंकीय स्थिति, बहुराष्ट्रिय कम्पनिको निर्माण र तिनीहरूको वित्तीय चरित्र, बिनिर्माणवाद र शून्यवादका रूपमा अभिव्यक्त उत्तरआधुनिकतावाद, उत्पादनमा अत्याधुनिक मेसिन अर्थात् कृतिम बौद्धिकताको प्रयोग र अर्कोतर्फ साम्राज्यवादका विरुद्ध विश्वव्यापी उठेका ज्वारभाटाहरू, पूँजीवादी संकटको समाधान पूँजीवादले दिन नसक्ने विश्लेषण र तीव्र असन्तुष्टि, बहुध्रुवीय विश्वको विकास र समाजवादी शिविरमा गुणात्मक प्रगति, पर्यावरण, मानवअधिकार लगायतका सुधारवादी आन्दोलनहरूको विकास, विश्वभरिका क्रान्तिकारीहरूका निम्ति भाइचाराको भौतिक अनुकूलताजस्ता पक्ष नै आजको नयाँ कार्यदिशा विकासका आधारस्तम्भ हुन्। के हामीले परिस्थितिको सुक्ष्म विश्लेषणका आधारमा नयाँ निष्कर्ष निकाल्न सक्छौं रु यो नै आजको सर्वाधिक महत्वको प्रश्न हो।
गोञ्जालोको निष्ठा र संकल्प हाम्रा लागि शिक्षा मात्र नभएर चुनौती पनि हो। उनले फुजिमोरी सरकारसँग अनुनय गरेका भए जेलबाट छुट्न सक्थे, सुधारवादको बाटो हुँदै सरकारको नेतृत्वमा पनि पुग्न सक्थे। ३० वर्ष अर्थात् एक युग नै जेलमा व्यतीत गर्नु पर्दैनथ्यो। तर, उनले कलंकको बाटो रोजेनन्, निष्ठाको बाटो रोजे, त्याग र आदर्शको बाटो रोजे। तत्कालका दृष्टिले पेरूको जनयुद्धले हार्यो। तर, क्रान्तिकारी सिद्धान्त, आदर्श र अठोट हारेको छैन। यही यस्तो शक्ति हो, जसले फेरि अर्को पुस्तालाई क्रान्तिको झण्डा उठाउन उद्देलित गरिरहनेछ।
हामी क्रान्तिकारी आदर्शको कुरा गर्छौं। तर, व्यवहारमा त्यसको एक अंश पनि भेटिँदैन। त्यागको कुरा गर्छौं। तर, राजकीय पदका निम्ति निकै अस्वस्थ र भद्दा छिनाझप्टी हुँदैछ। हिजो त्यागका लागि प्रतिस्पर्धा गर्नेहरूबिच आज सांसद–मन्त्रीका लागि प्रतिस्पर्धा हुँदैछ। मन्त्री नपाए आत्महत्या गर्छु भन्नेसम्मका अत्यन्तै निर्लज्ज अभिव्यक्ति सहजतापूर्वक प्रचार गरिएका छन्। मन्त्री जोगाउनकै निम्ति क्रान्तिबाट आएका नेताहरू निर्लज्जपूर्वक निर्वाचन आयोग र सर्वोच्च धाइरहेको जनताले अरूचिपूर्वक हेर्नु परिरहेको छ।
यो हाम्रो क्रान्तिकारी संकल्पको समस्या हो, जीवन र जगतलाई हेर्ने विश्वदृष्टिकोणको समस्या हो। हाम्रो चिन्तनप्रणाली र सांस्कृतिक रूपान्तरणको समस्या हो, व्यवस्थापकीय कौशलताको समस्या पनि हो। तर, त्यसभन्दा मुख्य विकसित परिस्थितिअनुरूप कार्यदिशाको विकास गर्ने चुनौती हो। यही चुनौतीको समाधानका निम्ति संकल्पवद्ध भएर मात्र गोञ्जालोप्रति सच्चा श्रद्धाञ्जलि गरेको ठहर्छ। हार्दिक श्रद्धासुमन क्रान्तिनायक गोञ्जालो, अलविदा
Leading with Integrity: How Nepal’s Next Vice-Chancellors Can Redefine University Excellence
Yadu Prasad Gyawali The appointment of a Vice-Chancellor in Nepali universities represents a significant change in the higher education sector, going beyond conventional academic standards. This crucial position calls for a leader who excels in fostering a thriving academic atmosphere, driving institutions towards global partnerships and research excellence. In Nepal’s distinct political environment, it is crucial for the Vice-Chancellor to prioritize integrity and make decisions based on merit rather than political affiliations. This becomes even more significant as public scrutiny intensifies. In this context, the Vice-Chancellor goes beyond being an academic figure. They serve as a symbol of reliable leadership, representing universities’ dedication to providing quality education and driving societal advancement. Regarding the chancellorship, there needs positive attitude. This selection represents a thoughtful and strategic move aimed at boosting the universities’ productivity, strengthening international relations, and increasing local relevance. A visionary leader has the power to revolutionize Nepal’s universities, creating institutions that are globally connected while remaining locally responsive. This combination is crucial for ushering in a new era of progressive education. A key aspect of this role involves cultivating an efficient academic environment. Through the optimization of administrative processes, adoption of digital solutions, and commitment to transparent governance, a Vice-Chancellor has the potential to transform university administration and establish a standard for efficient management in the field of education. In addition, the promotion of active research and the fostering of regional development through education are closely linked to the unique potential of each province. This contributes to progress at both the local and national levels, while also enhancing global standing. In today’s ever-changing global education sector, the role of a Vice-Chancellor in Nepali universities is becoming more and more important in enhancing the institutions’ global reputation and promoting international connections. This crucial position entails establishing cooperative networks with universities around the world, with a specific focus on vital areas like climate change and sustainable development. These areas hold immense significance for Nepal and the global community. These partnerships can manifest in different ways, ranging from joint research initiatives to collaborative academic programs. For example, Universities can participate in cross-border research projects on Himalayan ecology and language variations, taking advantage of their geographic location. This will allow them to contribute to global environmental conservation efforts at the same time. In addition, the strategic move of implementing student and faculty exchange programs with leading international institutions specializing in technology and innovation is worth considering. These exchanges provide valuable exposure to the latest advancements and a wide range of educational cultures. Promoting active engagement in international academic forums is another vital aspect. In addition, it is crucial to cultivate a research culture that results in publications in well-regarded international journals. This not only improves the worldwide recognition of Nepali universities but also strengthens their academic reputation. Nepali universities have the potential to greatly improve their international appeal and academic reputation under the guidance of their Vice-Chancellors. This comprehensive approach not only enhances the academic and research environment of these institutions but also establishes them as strong and cooperative entities in the global educational arena. Understanding the complex political landscape in Nepal poses an additional hurdle for Vice-Chancellors. Implementing a transparent and merit-based governance system, while aligning with international standards, can effectively preserve academic independence in the face of political pressures. Establishing a culture of academic integrity and fostering robust community and alumni support are crucial in placing educational objectives above political agendas.The appointment of a Vice-Chancellor marks the initiation of a thorough renovation in higher education, with a strong emphasis on policies that uphold academic freedom and institutional autonomy. This reform is crucial for universities to transform into centers of learning and innovation. Supporting progressive reforms in the educational sector, I suggest a range of innovative strategies to enhance the selection process for Vice-Chancellors in Nepali universities. These strategies aim to foster strong leadership qualities and promote an academic environment characterized by rigor, integrity, and independence. First and foremost, it is crucial for universities to evaluate candidates by considering their academic achievements and innovative contributions to the education sector, rather than solely focusing on their titles. This ensures the selection of Vice-Chancellors who possess a strong commitment to education and policy reform. Additionally, establishing trust and cultivating a favorable public perception is crucial. It is crucial for Vice-Chancellors to proactively connect with all university stakeholders, cultivating robust relationships and promoting open communication to bolster the institution’s reputation. Furthermore, it is crucial to maintain the independence of universities in selecting qualified individuals who possess the necessary skills and knowledge, without any interference from political forces. This is essential to ensure that the university’s objectives and values are in line with the appointments made. Additionally, Vice-Chancellors should take the initiative in creating collaborative networks with both national and international institutions, improving educational standards by exchanging knowledge and implementing best practices. Lastly, it is crucial to invest in leadership training for potential academic leaders. This training program is designed to equip future Vice-Chancellors with the necessary skills to tackle complex challenges. It covers a range of important areas including leadership, conflict resolution, and communication. In Nepal, the selection of Vice-Chancellors is a meticulous process that prioritizes their dedication to academic excellence and ethical leadership. These initiatives are essential for the nation’s overall progression, as they go beyond simply raising educational standards. The selection of a Vice-Chancellor is a decision that carries significant implications for the future of Nepal’s higher education. The ideal candidate should demonstrate a strong commitment to academic excellence, forward-thinking leadership, and a progressive mindset. They should strive to improve productivity, establish global connections, and navigate political challenges, which are essential for the transformation of Nepali universities into modern, globally-connected, and highly productive institutions. The strategies put forward prioritize a comprehensive selection process, highlighting the Vice-Chancellor’s dedication to academic excellence and ethical leadership, which is crucial for the progress of the nation’s education and overall development. The Vice-Chancellor should exemplify credible leadership, embodying the university’s dedication to providing high-quality education and promoting societal progress. The process of selecting a Vice-Chancellor in Nepal is a crucial decision that goes beyond mere administrative action. It serves as a strategic move to enhance the universities’ productivity, global engagement, and local relevance. This leadership is essential in the transformation of academic excellence, research initiatives as a result we can attract international students for the study in Nepal. The combination of a global perspective and local integration is crucial for bringing about a progressive new era in Nepal’s educational sector and gain the draining brain. For more quires: Yadu Prasad Gyawali, Assistant professor, Mid-west University, Nepal Research Scholar, Chandigarh University, India Email: [email protected]
नेकपाभित्रको बहसः कम्युनिष्ट र गैरकम्युनिष्ट प्रवृतिबीचकाे संघर्ष
तिलक राज भण्डारी सामान्य आँखाबाट हेर्दा नेकपाभित्र अहिले चलिरहेको बहस र अन्तरसंघर्ष नेतृत्वको टक्कर र संगठनात्मक अन्तरविरोध जस्तो मात्र देखापर्दछ तर, नेकपाभित्रको विद्यमान अन्तरविरोधको पहलु र पात्र प्रवृत्तिको ऐतिहासिक विकासक्रमलाई अध्ययन गर्ने हो भने यो बहस र अन्तरसंघर्ष सारमा कम्युनिष्ट र गैरकम्युनिष्ट प्रवृत्तिविचको संघर्ष नै हो । यद्यपि अहिले यो चरम व्यक्तिवादी महत्वाकाङ्क्षाबाट पैदा भएको ढोंगी अहंकार र सामान्य विधि तथा पद्धतिको पहलुविचको संघर्षको रुपमा अभिव्यक्त भइरहेको छ । आजको सिंगो नेकपालाई बुझ्न र यसको अन्तरसंघर्ष बुझ्नको लागि हिजोको एमाले र माओवादीमा चलेको बहस र अन्तरसंघर्ष तथा उक्त संघर्षमा कुन–कुन पात्र प्रवृत्तिले के कस्तो भुमिका खेलेका छन् भन्ने कुरालाइ समेत आधारभूत रुपमा अध्ययन गर्न जरूरी हुन्छ । केपी शर्मा ओली र उनको समूह पार्टीभित्र लामो समयसम्म अल्पमतको गुटमा रहेकोले चर्काे गुटबन्दीको रबैया विद्यमान देखिन्छ । तत्कालिन एमाले निर्वाचन प्रणालीमार्फत नेतृत्व र संगठन निर्माण गर्दै आएको पार्टी हो । जसले गर्दा निर्वाचनको बेला प्यानल र समुहहरू निर्माण हुने अनि हारजितपछि पनि स्थायी रुपमा गुटबन्दीको सिकार हुने वस्तुगत स्थितिबाट एमाले अभ्यस्त हुँदै आएको देखिन्छ । पार्टीभित्र लामो समयसम्म माधव कुमार नेपाल नै पार्टीको नेतृत्वमा रहे । केपी शर्मा ओली र उनको समूह लामो समयसम्म माधव कुमार नेपाल समुहको डोमिनेशन र पेलानमा रहनु पर्याे । पार्टीभित्र प्रतिपक्ष र गुटबन्दीको दायरामा सिमित रहनुपर्याे । लामो समय पार्टीको नेतृत्वमा रहेकोले माधव कुमार नेपाल र उनको समुहसंग पार्टीको संस्थापन चरित्र र संस्कार अध्यावति देखिन्छ । उनीसंग पार्टीको विचार, एजेण्डा, निर्णय र विधि मान्ने संस्कारबाट प्रेरित नेता कार्यकर्ताहरूको समूह तुलनात्मक रुपमा बढी नै छ । अर्काेतर्फ केपी शर्मा ओली र उनको समूह पार्टीभित्र लामो समयसम्म अल्पमतको गुटमा रहेकोले चर्काे गुटबन्दीको रबैया विद्यमान देखिन्छ । अहिले पनि पार्टीको आधिकारिक निर्णय र राजनीतिक एजेण्डाहरू भन्दा पनि गुटको आधिकारिकता खोज्ने संस्कार नै हावी भइरहेको देखिन्छ । राष्ट्रपति र न्यायालयलाई समेत विवादमा तान्ने चेष्टा गर्ने कार्यशैली र संस्कारलाइ कम्युनिष्ट नेतृत्व र संस्कार किन ? कसले ? मान्ने बहसको केन्द्र यहीँ वरिपरि छ । लामो समयसम्म पार्टीभित्रको अल्पमतमा परेकोले बाह्य राजनीतिक परिचालनमा नेतृत्वदायी भुमिका खेल्ने अवसर पनि उनले प्राप्त गरेरनन् । परिणामस्वरुप आजको राजनीतिक परिवर्तनका एजेण्डाहरूमा पनि उनको भुमिका प्रतिक्रियात्मक र टिप्ण्नीमा मात्र सिमित रहन गयो । माधव कुमार नेपाल पार्टीको मूल नेतृत्वमा भएकोले सत्ताको नेतृत्व र राजनीतिक परिचालनमा सहभागी भए । राजतन्त्रको अन्त्य र गणतन्त्र प्राप्तिको आन्दोलन तथा शान्ति प्रक्रियालगायतका सन्दर्भमा माधव कुमार नेपालको भूमिका नै पार्टीको तर्फबाट नेतृत्वदायी रहन गयो र उक्त भुमिका इतिहासले पनि संस्थागत गर्याे । अर्कातर्फ केपी ओलीले गणतन्त्र प्राप्तिको आन्दोलनलाइ ‘बयलगाडा चढेर अमेरिका जाने यात्रा’को रुपमा चित्रित गरे । तर त्यहीँ आन्दोलनमार्फत गणतन्त्र स्थापना भयो । त्यतिमात्रै होइन पार्टीभित्र प्रतिपक्ष र र अल्पमतमा रहेका केपी शर्मा ओलीले बाह्य राजनीतिमा समेत पार्टीले लिने निर्णय र एजेण्डमा बखेडा झिक्ने र प्रतिक्रियात्मक भुमिकामा आफूलाइ अभ्यस्त तुल्याए । उनले अहिलेको परिवर्तन, राजनैतिक एजेण्डा र उपलब्धिहरूप्रति न कहिले सकारात्मक प्रतिक्रिया दिए न त कहिले स्वामित्व लिने अवसर नै प्राप्त गरे । छोटै समयमा वर्गसंघर्ष र अन्तरसंघर्षमा ठूला–ठूला उतारचढाव, युद्ध शान्ति, एकता, विभाजनलगायतका उत्साहप्रद र कठिन मोडहरूमा समेत आफ्नो परिपक्वता सावित गरेका छन् प्रचण्डले । राजनीतिमा जे पनि सम्भव हुन्छ भने झैं अहिलेको परिवर्तन, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रणाली र समग्र शान्ति प्रक्रियाको वागि विचार र नेतृत्व नै यी उपलब्धिहरूको कार्यन्वयन गर्ने बढो अन्तरविरोधी भुमिका र संयोग बन्न गयो । तसर्थ औपचारिक रुपमा कम्युनिष्ट विचार, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशि तथा समानुपातिक प्रणालीको पक्षमा उभिए पनि व्यवहारिक र संस्कारित रुपमा प्रस्तुत हुन निकै कठिन भइरहेको देखिन्छ । लामो समयसम्म पार्टीभित्र प्रतिपक्ष गुटबन्दीको उतारचढावपछि सत्तासिन हुन सफल भएको नेतृत्व नै विगतमा अल्पमतमा पर्दाको पीडा सम्झिँदै इगो साध्न निर्मम रुपमा प्रस्तुत हुनु र सत्ताको अहंकारमा उभिएको चरम व्यक्तिवादी महत्वाकाङ्क्षाबाट पैदा भएको गैर–कम्युनिष्ट स्वभाव, प्रवृत्ति र संस्कारबाट नेकपा सञ्चालन गर्ने चेष्टा गर्नु नै नेकपाभित्र अहिले अन्तरसंघर्षको जड बन्न पुग्यो । माधव कुमार नेपाल र प्रचण्ड लामो समयसम्म पार्टीको नेतृत्वदायी भुमिकामा मात्रै होइन, ऐतिहासिक १२ बुँदे सहमति, जनआन्दोलन, शान्ति प्रक्रिया र गणतन्त्र स्थापना तथा अहिलेको राजनितिक परिवर्तनलाइ संस्थागत गर्ने सन्दर्भमा समेत सहकार्य गरेको नेतृत्वको परिपक्व टिम हो । कम्युनिष्ट विचार, कार्यशैली र संगठनात्मक पद्धतिलाइ नै आफ्नो दुश्मन देख्ने, आफैंले गरेका सहमति र हस्ताक्षर उलंघन गर्दै हिँड्ने अनि आफैंले गरेको पार्टी एकता, पार्टीको कार्यदिशा र विधान विपरित मनलाग्दी अभिव्यक्ति दिने नेतृत्वको कार्यशैलीले न त नेकपाको सेवा गर्याे नत मुलुक र जनतालाइ नै खुशी तुल्यायो । लामो समयसम्म पार्टीको आन्तरिक जीवनमा प्रतिपक्ष र वाह्य राजनीतिक परिचालनमा अवसर विनाको प्रतिक्रियात्मक भुमिकामा रहेको नेतृत्व र प्रवृत्ति नै अहिले नेकपा र नेकपा नेतृत्वको दुइतिहाइ सरकारको नेतृत्व गर्ने संयोग बन्न पुग्यो । गुट होइन एकतापछिको नेकपा निर्माण गर्ने मामलामा कमरेड प्रचण्डले देखाएको उदारता र सहजताको जगमा नै केपी शर्मा ओलीको अहंकारको जन्म हुन पुग्यो । यसले नत पार्टीको आन्तरिक जीवनलाई कम्युनिष्ट सिद्धान्त, पद्धति र संस्कारमा सञ्चालित गर्याे नत सरकारको नीति, कार्यक्रम र वजेट तथा राजनितिक नियुक्तिमा कम्युनिष्ट आचरण र वर्गीय पक्षधरता देखियो । बरू गैर कम्युनिष्ट प्रवृत्तिका छाडापन, अराजकता, सत्ताको मातमा चरम व्यक्तिवादी महत्वाकाँक्षा र अहंकारी स्वभावले पार्टी भित्र र आम जनतामा समेत निरासाको कुइरो मडारिन पुग्यो । यसो हेर्दा सर्वज्ञानी, डाक्टर, वैद्य, इतिहासकार, कलाकार, नाटककार सबैको चरित्र प्रस्तुत गर्न सक्ने तर, राजनीति संस्कार, कम्युनिष्ट आचरण, संगठनात्मक पद्धतिसहितको कम्युनिष्ट नेतृत्वको नाटक समेत गर्न नसक्ने । पार्टीको बैठकमा सहभागी नहुने, उल्टै पार्टी फुटको हवाला दिने, षड्यन्त्र र गुटबन्दी गर्न नेता कार्यकर्ताको घरदैलो चाहार्न सक्ने । त्यतिमात्र होइन राष्ट्रपति र न्यायालयलाई समेत विवादमा तान्ने चेष्टा गर्ने कार्यशैली र संस्कारलाइ कम्युनिष्ट नेतृत्व र संस्कार किन ? कसले ? मान्ने बहसको केन्द्र यहीँ वरिपरि छ । अर्काे तर्फ पूर्वमाओवादी र कमरेड प्रचण्ड क्रान्ति र राजनीतिक आवश्यकतामा प्राधिकारपूर्ण नेतृत्व र संगठन परिचालन गर्ने पद्धतिबाट अगाडि बढेको पार्टी र नेतृत्व हो । जनयुद्धको तयारीदेखि नै विचार, नेतृत्व र एजेण्डाको नेतृत्व गर्दै आएका प्रचण्डले पार्टीभित्र एउटा प्राधिकारपूर्ण नेतृत्वको रुपमा आफूलाइ उभ्याए । पार्टीलाइ युद्धमा होम्ने, शान्ति प्रक्रियामा ल्याउने, विचार र कार्यदिशाको विकास गर्ने, राजनीतिक परिवर्तनको एजेण्डाहरू संविधान सभा, गणतन्त्र, संघियता, धर्मनिरपेक्षता र समावेशी तथा समानुपातिक प्रणाली सहितको संविधान निर्माण र समग्र शान्तिप्रक्रिया तथा पार्टी एकता र नेकपा निर्माणसम्म प्राधिकारपूर्ण नेतृत्वको क्षमता प्रचण्डले प्रस्तुत गरेका छन् । यद्यपि छोटै समयमा वर्गसंघर्ष र अन्तरसंघर्षमा ठूला–ठूला उतारचढाव, युद्ध शान्ति, एकता, विभाजनलगायतका उत्साहप्रद र कठिन मोडहरूमा समेत आफ्नो परिपक्वता सावित गरेका छन् प्रचण्डले । आफुविरोधी गुट र समुहलाई पेल्ने र प्रतिसोध साध्ने इगोबाट केपी शर्मा ओलीलाई बचाउन सकिएन भने नेकपालाइ पनि दुर्घटनाबाट जोगाउन सकिने अवस्था देखिँदैन । उनले पार्टीभित्र ठुला, ठुला बैचारिक संघर्षहरु वेहोर्नुपर्याे तर कहिले पनि सानो समूह र गुट निर्माण गर्ने चेष्टा गरेनन् । प्रचण्ड निकटका भनिनेहरूले उनलाइ गर्ने आलोचना नै ‘तपाइको टिम भएन र, तपाइले टिम बनाउनु भएन र टिमको रक्षा गर्नु भएन’ भन्ने नै हो । अहिलेको संघर्षमा अभिव्यक्त भइरहेका प्रचण्डप्रतिका कतिपय असन्तुष्टि पनि यहीँ वरिपरिबाट सिर्जना भएका छन् । कमरेड प्रचण्डमा मात्रै होइन सिंगो माओवादीबाट आएका नेता कार्यकर्ताहरूमा समेत गुटबन्दीको अभ्यास र त्यसबाट पैदा हुने इगो र अहंकारको मात्रा निकै कमजोर छ । गुट होइन एकतापछिको नेकपा निर्माण गर्ने मामलामा कमरेड प्रचण्डले देखाएको उदारता र सहजताको जगमा नै केपी शर्मा ओलीको अहंकारको जन्म हुन पुग्यो । हो, यहि ऐतिहासिक पृष्ठभुमिबाट प्रेरित दुई भिन्न संस्कार र प्रवृतिहरूको अन्तर नै अहिले संघर्षको रुपमा आम्नेसाम्ने टक्राइरहेको छ । पार्टी र मुलुक निर्माण गर्ने प्रचण्डको यो महानता र उदारतामा राज गरेर आफुविरोधी गुट र समुहलाई पेल्ने र प्रतिसोध साध्ने इगोबाट केपी शर्मा ओलीलाई बचाउन सकिएन भने नेकपालाइ पनि दुर्घटनाबाट जोगाउन सकिने अवस्था देखिँदैन । माधव कुमार नेपाल र प्रचण्ड लामो समयसम्म पार्टीको नेतृत्वदायी भुमिकामा मात्रै होइन, ऐतिहासिक १२ बुँदे सहमति, जनआन्दोलन, शान्ति प्रक्रिया र गणतन्त्र स्थापना तथा अहिलेको राजनितिक परिवर्तनलाइ संस्थागत गर्ने सन्दर्भमा समेत सहकार्य गरेको नेतृत्वको परिपक्व टिम हो । र, अहिले पनि पार्टीभित्र र बाहिर राजनितिक संस्कारसहितको सहकार्यमा अगाडि बढेको देखिन्छ । मार्क्सवादी कोणबाट हेर्दा कोही व्यक्ति वा नेता समस्या रहित हुँदैन र नेकपामा पनि त्यो सम्भव छैन । यद्यपि विगतमा पार्टी सञ्चालन र मुलुकको नेतृत्व गर्दा भए गरेका कमजोरीहरुलाइ समेत सच्याएर यो नेकपा र मुलुकको नेतृत्व गर्ने तत्कालिन कार्यभार बन्न गएको छ । विचार, कार्यदिशा र संगठनात्मक पद्धति र विधिको स्पष्टतासहित सामुहिक नेतृत्वको टिमले नै आज नेकपाको आन्तरिक र बाह्य राजनीतिमा अनइपरेको जिम्मेवनरी निर्वाह गर्नुपर्ने ऐतिहासिक र तत्कालिक कार्यभार बन्न गएको छ । लेखक नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका नेता हुन् ।