क्रिकेटमा गतिला गणितमा अगतिला विराट कोहली
भारतको क्रिकेट टोलीका कप्तान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्ध हुने शृंखलाको लागि भारतीय टोलीको नेतृत्व सम्हाल्न तम्तयार छन् । क्रिकेटमा निकै गतिला मानिएका कोहली गणितमा भने साह्रै गतिला रहेको तथ्य हालै उनल एउटा अमेरिकी टीभी सोलाई दिएको अन्तरवार्ताबाट खुल्न आएको छ ।
उक्त साक्षात्कारमा कोहलीले आआफ्नो जीवनका कैयन् राहस्यमाथि बाट पर्दा उठाएका छन् । कार्यक्रममा आफ्नो पढाइबारे कुरा गर्दै उनले आफूले १० कक्षाको गणितको परीक्षा पास गर्न क्रिकेटमा भन्दा बढी मेहनत गर्नु परेको बताएका छन् ।
अमेरिकी खेल पत्रकार ग्राहम बेनसिंगरसँग कुराकानी गर्दै कोहलीले गणितको सय पूर्णांकको परीक्षामा आफ्नो तीन अंक आउने गरेकै स्वीकार गरेकै छन् । उनले आफूलाई मानिसहरू गणित किन पढ्ने गर्छन् भन्ने कुरो बुझ्न नसकेको बताए ।
उनले भने,”मैले गणितका समस्याहरू कहिल्यै बुझ्न सकिनँ । मैले त्यहाँ पढेंका सूत्रहरू जीवनमा कहिल्यै प्रयोग गर्नु परेन ।” उनले आफू विद्यालयमे बुद्धिमान विद्यार्थी नरहेको तर नयाँ कुरा सिक्न भने टाठो रहेको बताए ।
विराटले कुनै समय आफू ब्याटिङका लागि मैदानमा आउँदा विपक्षी खेमामा आफूप्रति कुनै प्रकारको भय या सम्मान हुने नगरेको बताए । उनल भने,”मलाई विपक्षी टीमले यो खेलाडी खतरनाक छ भन्ने सोचोस भन्ने चाहन्थे म कुनै अतिरिक्त खेलाडी बन्न चाहन्नथे । मलाई लाग्थ्यो- म मैदानमा आउँदा विपक्षीले मलाई आउट गर्ने बारे सोचोस । उनलाई लागोस- यसलाई आउट गरिएन भने हारिन्छ ।”
विराटले आफ्नो आदर्श सचिनलाई मान्ने गरेका छन् । उनी सचिन सकर्वकालिक महान खेलाडी भएको मान्ने गर्छन् । उनी आफ्नो सफ़लतालाई भने निरन्तर परिश्रमको फल मान्छन् । “म सुरुमा त्यति कुशल थिएन, तर मैले निरन्तर राम्रो गर्ने प्रयास गरिरहेँ ।
जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई
काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।
नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल
काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।
नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ । सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।
फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै
काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो । खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।


