क्वाटर फाइनलका लागि आज अन्तिम प्रतिस्पर्धा, को-कोबीच हुँदैछ भिडन्त ?

क्वाटर फाइनलका लागि आज अन्तिम प्रतिस्पर्धा, को-कोबीच हुँदैछ भिडन्त ?

मस्को । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) पनि दुई खेल हुनेछन् । प्रि-क्वाटर फाइनल अन्तर्गत आज अन्तिम दुई खेल हुनेछन्।

स्वीडेन भर्सेस स्वीट्जरल्याण्ड

अन्तिम ८ प्रवेशका लागि आज पहिलो खेल स्वीडेन र स्वीट्जरल्याण्डबीच हुने छ । यी दुई टिमबीचको खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समय अनुसार साँझ ७ः४५ बजे हुँदैछ ।

स्वीडेनले पहिलो खेलमा दक्षिण कोरियालाई १-० ले हराएको थियो, भने दोस्रो खेलमा भने जर्मनीसँग २-१ ले हारेको थियो । स्वीडेनले तेस्रो खेलमा मेक्सिकोमाथि ३-० को शानदार जित निकालेको थियो ।

यता, स्वीट्जरल्याण्ड भने पहिलो खेलमा ब्राजिलसँग १-१ को बराबरीमा रोकिएको थियो । उसले दोस्रो खेलमा सर्बियालाई २-१ ले हराएको थियो । तेस्रो खेलमा भने कोस्टारिकासँग २-२ को बराबरीमा रोकिएको थियो ।

कोलम्बिया भर्सेस इंग्ल्याण्ड
आजै हुने दोस्रो खेलमा अन्तिम आठका लागि कोलम्बिया र इंग्ल्याण्ड भिड्ने छन् । यी दुई टोलीको भिडन्त नेपाली समय अनुसार आज राती ११ः४५ बजे हुने छ । यी दुई टिमबीचको खेल निकै कडा रहने अपेक्षा गरिएको छ ।

खेल मस्कोमा रहेको स्पार्टक रंगशालामा हुनेछ । इंग्ल्याण्ड समूह ‘जी’ को उपविजेता तथा कोलम्बिया समूह ‘एच’ को विजेताको रुपमा अन्तिम ८ मा आएका हुन् । पहिलो खेलमा ट्युनिसियालाई २-१ तथा दोस्रो खेलमा पानामालाई ६-१ ले हराएको इंग्ल्याण्ड समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग १-० ले पराजित भएको थियो ।

कोलम्बिया भने पहिलो खेलमा जापानसँग २-१ ले हारेको थियो । उसले दोस्रो खेलमा पोल्याण्डलाई ३-० तथा तेस्रो खेलमा सेनेगललाई १-० ले हरायो । मंगलबारको खेलपछि विश्वकपमा क्वाटरफाइनल समिकरण पूरा हुनेछ ।

अहिलेसम्म अन्तिम ८ मा पुग्ने टिमः फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियम


अन्तिम १६ बाट बाहिरीने टिमः अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापान

-एजेन्सी

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय