चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने

चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ, पुस १७ । चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता रु १०० मा साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गरेको छ । उक्त साधारणसभामा साधारण शेयर बिक्रीका लागि विशेष प्रस्ताव प्रस्तुत गरिने छ ।

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । कम्पनीले चुक्ता पूँजी रु एक अर्ब ५० करोडको १० प्रतिशतको दरले हुन आउने साधारण शेयर बिक्रीका लागि साधारणसभाले प्रस्ताव पारित गर्ने छ ।

विसं २०७३ देखि सञ्चालनमा आएको उक्त केबलकारले काठमाडौँ उपत्यकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत रु एक अर्बभन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण शेयर बिक्री गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ ।

केबलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन् । रासस

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय