‘छक्का पञ्जा २’ ले ‘छक्का पञ्जा’ को रेकर्ड ब्रेक गर्दै

‘छक्का पञ्जा २’ ले ‘छक्का पञ्जा’ को रेकर्ड ब्रेक गर्दै

असोज १९ । दिपाश्री निरौलाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘छक्का पञ्जा–२’ दशैँको शुभ अवसर पारेर फुलपातीका दिन विभिन्न हलहरुमा प्रदर्शनमा दर्शकहरुको ओइरो लाग्न थालेका छन् । छोटो समयमै यस चलचित्र राम्रो व्यापार गर्न सफल भएको छ । बुधबारदेखि आठौं दिनमा सुखद प्रदर्शनीमा रहेको उक्त फिल्मले लगातारको बिदामा उल्लेख्य दर्शक साथ पाएको छ । सातौं दिनसम्म दीपाश्री निरौला निर्देशित फिल्मले मोटामोटी पौने सात करोड रुपैयाँको टिकट बिक्री गरेको बताइएको छ ।

नेपाली चलचित्र ‘छक्का पञ्जा–२’ विभिन्न हलहरुमा प्रदर्शन आएपछि आठौँ दिनसम्म पनि निरन्तर रुपमा दर्शकहरुको घुइँचो देखियो’ चलचित्रका निर्देशक तथा अभिनेता दिपकराज गिरीले भने– ‘छक्का पञ्जा २’ को ओपनिङ कलेक्सन नेपालकै लागि सर्वाधिक उच्च हो ।’

मोफसलमा मात्रै ८३ स्क्रिनमा रिलिज भएको ‘छक्का पञ्जा २’ ले राजधानीका मल्टिप्लेक्स हलमा अत्यधिक सोज पाएको थियो । उक्त फिल्ममा दर्शक चापका कारण साताभर विदेशी फिल्म छायामा परे । खासगरी वरुण धवनको दोहोरो भूमिका रहेको जुडवा २’ को व्यापारलाई स्वदेशी फिल्मले खुम्चाइदियो ।

दीपकराज र दीपाको समूहले नै निर्माण गरेको यसअघिको ‘छक्का पञ्जा’ले पनि गतवर्ष झन्डै १६ करोड रुपैयाँको ग्रस कलेक्सन गरेर स्वदेशी फिल्मले गरेको व्यापारमा रेकर्ड कायम गरेको थियो । ‘तर यस पटक भने छोटो समयमा धेरै कलेक्सन गरिरहेकोले यसरी नै फिल्ममा दर्शक चाप रह्यो भने तिहारअघि नै अघिल्लो फिल्मको रेकर्ड ब्रेक गर्ने संकेत देखिएको छ,’ फिल्मका पटकथाकार समेत रहेका दीपकराजले थपे, पहिले ‘छक्का पञ्जा’ को व्यापार जनकपुर–जयनगर रेलको गतिमा थियो भने यसपटक बुलेट ट्रेनको गतिमा गरिरहेको छ ।’

डिपेन्डेन्ट भिसामा विदेशिन खोज्ने युवाहरूको समस्यालाई मूलकथा बनाई निर्माण गरिएको ‘छक्का पञ्जा २’ हेर्न यतिबेला सबै उमेर समूहका दर्शक हलमा देखिएका छन् ।

खासगरी वयोवृद्ध दर्शकहरू ठूलै कष्ट बेहोरेर पनि हलसम्म देखिएका छन् । गहन विषयवस्तुलाई रमाइलो प्रस्तुतीकरणमा ढालिएको फिल्ममा दर्शकले मनोरञ्जन लिइरहेको हलवालाहरू बताउँछन् । तर अधिकांश दर्शकले ‘छक्का पञ्जा’ को जत्तिको रमाइलो भने नपाएको गुनासो सुनिएको स्वयं दीपकले बताए । उनले भने– ‘छक्का पञ्जा’ जत्तिको हँसाउने छैन तर, नराम्रो पनि छैन भन्ने धेरै भेटेको छु । र, हाम्रो अनुमान पनि त्यही नै थियो । हाम्रो हिसाबले सफल भए पनि दर्शकको हिसाबले फिल्मका लागि अझै केही होमवर्क नपुगी हतार गरेको देखियो ।’

‘छ एकान छ’ देखि व्यापारिक सफलताको तह बढाउँदै लगेको यो टिमले अबको एक वर्षमा ‘छक्का पञ्जा ३’ दर्शक समक्ष ल्याउने बताएको छ । दीपकराजले उक्त कुराको पुष्टि गर्दै भने, ‘यसपटक केही गहन विषय उठान गरेकोले दर्शकलाई पहिलो भागमा हँसाएर दोस्रो भागमा रुवाउन खोजेका थियौं । तर हामीबाट दर्शकले पूर्णतस् हाँसो नै अपेक्षा गरेको महसुस भयो । अबको फिल्म पूर्णतस् हास्य रसमै बनाउनेछौं ।’

फूलपातीको रिलिज भएको बेला नै ‘छक्का पञ्जा २’ ले बक्स अफिसमा १ करोड ५३ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ भने दोस्रो दिन पनि १ करोड ३० लाखको कलेक्सन गरेको बताइएको छ । दशैँ मनाउन अधिकांश राजधानीबाट बाहिरिएको कारण पनि फिल्मले मोफसलका सिंगल स्क्रिन हलमा समेत झन्डै हाउसफुल व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ ।

दीपकराजसहित फिल्ममा केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित प्रियंका कार्की, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, आयुष्मान देशराज जोशी, वर्षा राउत लगायतको अभिनय रहेको छ । पाँचदिने विकेन्ड पाएको फिल्मले विक डेमा समेत शतप्रतिशत दर्शक अकुपेन्सीमा प्रदर्शन भइरहेको छ ।

फिल्म समीक्षकले खासै प्रशंसा नगरेको भए पनि फिल्मको ओपनिङलाई दसैं बिदा, कमेडी जानरा, टिम र हिट फिल्मको सिक्वेलले भरपुर साथ दिएको हो । तर ‘छक्का पञ्जा’ जस्तो रिपिटेसन भ्यालु यसपटक नदेखिएको स्वयं दीपकले भने ।

‘गतवर्ष ‘छक्का पञ्जा’ ५–६ पटकसम्म धेरैले हेरेका थिए । यस पटक दोहोर्‍याएर हेर्ने क्रम कम छ । खासगरी युवा दर्शकले फिल्मको पछिल्लो भागमा कम इन्जोय गरेको बताएका छन्,’ दीपकले गम्भीर विषयवस्तुलाई लिनु नै आफूहरूका लागि च्यालेन्ज भएको बताउँदै भने, ‘त्यसलाई टोटल्ली चेन्ज गरेर हाम्रो कमेडी प्याट्रनमा ढाल्न पनि गाह्रो थियो । र, अहिले कमजोरी त्यसैमा महसुस भए पनि धेरै हदसम्म हामी सफल भएका छौं । फिल्म हेरेपछि दर्शकले नराम्रो चाहिँ भनेको छैन ।’

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौं । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ । कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ । तर प्रष्ट भने छैन । यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको आक्रमण र पृष्ठभूमीको कलरले कतै चलचित्रले स्याड स्टोरी त भनेको छैन भन्ने अनुमान लगाउन सकिन्छ । तर निर्माणपक्षले स्टोरी खुलाएको छैन । कात्तिक १५ गते रिलिज हुने फिल्म ‘एक्टर’मा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ । अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । राजन भुसालको निर्देशन रहेको फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् । फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । ट्राइडेन कन्सेप्टको पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन् । फिल्ममा रोयल भिमसेन र सुजन श्रेष्ठको पब्लिसिटी तथा पोस्टर डिजाइन, शिशिर खाती र किरण थापा कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ । मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको सिनेमामा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की सह निर्देशक रहेका छन् । यसैगरि फिल्ममा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का, काव्य थापाको मेकअप, बसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ । यो फिल्मको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।

‘दुई कदम’ हङकङमा

काठमाडौं । गत मंसिर २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ुदुई कदमु हङकङमा प्रदर्शन हुने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी ३१ डिसेम्बर अर्थात् पौष १५ गते हङकङमा प्रिमियर गर्न लागिएको हो । फिल्मको प्रिमियरमा सहभागी हुन मुख्य कलाकार डेव्यु अभिनेता इओन लिम्बु हङकङ प्रस्थान गरेका छ्न । फिल्मको त्यहाँ शोको आयोजना गंगा लिम्बुले गरेकी हुन् । जिएच वाम्पोअ सिनेमामा दुई कदमको शोको आयोजना गरिएको हो । उदय सुब्बा निर्देशित फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ । फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बु र गंगा लिम्बुले लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो । फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

काठमाडौं । अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भैरहेको समेत प्रवक्ता रिजालले बताए । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए । फिल्म हाल छायाङ्कनरत छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले आज नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए । चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले एक दिन अगाडि प्रदर्शन हुने विषयमा चलचित्र भवनले प्रचार गरिसकेको जानकारी दिए । उनले भने, ‘विदेशी चलचित्रसमेत आज नै आउँदैछ । त्यसैले हामीले पनि यही समय रोजेका हौँ ।’ चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन् । शर्मिला पाण्डेको निर्माण, निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको उत्तल चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेका हुन् ।

लोकप्रिय