जर्नादन शर्मा भन्छन् :अब वामपन्थीको सरकार अनि ढुक्कले विकास निर्माण (फोटो फिचर)

जर्नादन शर्मा भन्छन् :अब वामपन्थीको सरकार अनि ढुक्कले विकास निर्माण (फोटो फिचर)
काठमाडौं, कात्तिक २२ ।  माओवादी केन्द्रका जर्नादन शर्मा  नेता प्रभाकरले आफुलाई काम भारी वोकाउन आव्हान गरेका छन्।

अवको ५ वर्षभित्र आफुले गर्नुपर्ने कामको लागि आफु सुझाव माग्न आएको वताउँदै उनले निर्वाचन जित्नु ठुलो कुरा नभएको बरु मुलुकको विकास र जनताको जिवनस्तरमा परिवर्तन ल्याउनु आफनो प्रमुख प्राथमिकता भएको बताए ।

एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज राजकुमार शर्माले कम्युनिष्टले भन्ने समाजवाद र काँग्रेसले भन्ने समाजवाद एउटै नभएको वताए । आफुहरुले क्षमता अनुसारको काम, आवश्यकता अनुसारको माम भएको वैज्ञानिक समाजवाद स्थापना गर्न चाहेको वताए ।

काँग्रेसले समाजवादको नाममा हुने, खाने र सक्नेहरुको हाली मुहाली हुने शासनसत्ताको वकालत गरिरहेको प्रष्ट पारे । जिल्ला समन्वय समिति रुकुमका प्रमुख समेत रहेका शर्माले सामाजिक न्याय सहितको समाजवाद स्थापना वामगठवन्धनको वटमलाईन भएको वताए।

कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका अर्का प्रमुख नेता तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरवहादुर केसीले प्रतिक्रियावादी शक्तिहरुको वामएकता भाड्न गरेको षडयन्त्र असफल भएको वताए । पार्टी एकताका लागि समायोजन समितिहरु वडा तहमा समेत कृयाशिल भैसकेको भन्दै उनले दुनियाँको कुनै शक्तिले एकता प्रक्रियालाई भाँडन नसक्ने वताए ।

गठवन्धनका उम्मेद्धारहरु आफनो पार्टीका पनि उम्मेद्धार भएको वताउँदै एमाले केन्द्रीय सदस्य केसीले पार्टीमा आवद्ध सवैले माओवादी) केन्द्रका उम्मेद्धारलाई मतदान गर्नुपर्ने वताए । ‘प्रत्यक्ष तर्फ रुकुममा माओवादी केन्द्रका उम्मेद्धारलाई विजयी गराउने पार्टीको निर्देशन हो यसमा कोही पनि एमाले हिच्किचाउनु पर्दैन’ नेता केसीले भने, ‘हिजोको तिक्तता राष्ट्रिय आवश्यकताको अगाडि ठुलो हुदैन’ ।

कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. २ का उम्मेद्धार गोपाल शर्मा अनल, समानुपातिक उम्मेद्धार विमला केसी र देवि ओली लगायतले सम्वोधन गरेका  थिए । कार्यक्रममा ३ दर्जन वढी काँग्रेसआवद्ध नेता कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश समेत गरेका छन् ।

त्रिवेणी गाँउपालिकाको पेउघा ज्यूलामा भएको कार्यक्रमको अध्यक्षता पार्टी एकता संयोजन समिति त्रिवेणी गाँउपालिकाका प्रमुख नेता गणेश खड्का र संचालन माओवादी केन्द्र त्रिवेणी गाँउपालिकाका सचिव सुन्दर ओलीले गरे । कार्यक्रममा त्रिवेणी गाँउपालिकाका ७, ८, ९ र १० नं. वडाका स्थानियको सहभागिता रहेको थियो । पश्चिम रुकुममा वामगठवन्धनको यो तेश्रो चुनावीसभा हो ।

निर्वाचन प्रचारमा निश्कििएको वाम गठवन्धप्रति पश्चिम रुकुममा स्थानियको अचम्मको आशा र आकर्षण देखिन्थ्यो । जिन्दगीभर काँग्रेसमा आस्थावान नेता कार्यकर्ता हुल वाँधेर वामगठवन्धनमा प्रवेश गरे ।

त्रिवेणी गाँउपालिकाको पेउघामा आज भएको वामगठवन्धनको चुनावीसभामा गठवन्धनका प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरलाई नवप्रवेशीहरुको स्वागतका लागि भ्याई नभ्याई भयो ।

स्थानिय निर्वाचनमा सिंगै वडापालिकामा जित हाँशिल गरेर आफनो गढ सावित गरेको काँग्रेसले यसपटक ठुलो मुल्य चुकाउनुपर्ने आशका गरिएको छ । नेपाली काँग्रेसवाट वाडापालिकामा जितेका जनप्रतिनिधि सहित आज ३ दर्जन वढी स्थानिय नेता कार्यकर्ताहरु हुल वाँधेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका क्षेत्रिय सदस्य तथा वडाका निर्वाचित सदस्य पदमप्रकाश खत्री,  वडापालिकाका निर्वाचित सदस्य टे

कवहादुर खड्का, वडापालिकाका निर्वाचित सदस्य रिखमी नेपाली, शिक्षक संघका जिल्ला कार्यसमिति सदस्य खम्ववहादुर केसी, यज्ञवहादुर परियार, जंगवहादुर खड्का, टेकवहादुर पुुन, रत्ना खत्री रहेका छन् ।त्यसैगरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका वडा सचिव तप्तवहादुर ओली, कमानसिं ओली, मेगलाल खड्का, भिमवहादुर पुन, यकमाया ओली, विकाश ओली, तिलक खड्का, भक्तवहादुर डाँगी, लिलवहादुर खत्री, शेरवहादुर केसी, माया खड्का, कौमति खड्का, दुर्गा केसी, तपेन्द्र केसी, रामवहादुर खड्का, भिमवहादुर परियार, घमण्ड वुढा लगायतका दर्जनौं नेता कार्यकर्ता छन् ।

प्रवेश गर्नेहरु त्रिवेणी गाँउपालिकाका विभिन्न वडामा नेपाली काँग्रेस र उसका विभिन्न भगिनि संगठनहरुमा क्रियाशिल नेता कार्यकर्ताहरु हुन् । नेपाली काँग्रेसले लिएको विचारले परिवर्तित परिस्थितिको नेतृत्व गर्न नसक्ने भएकोले आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई थियो । उनिहरुले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वाम गठवन्धन एकमात्र विकल्प भएकोले आफुहरुले गठवन्धनलाई रोजेको वताएका छन् ।


नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य तथा वामगठवन्धनका प्रतिनिधिसभा उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले अविर माला लगाएर स्वागत गरेका थिए । स्वागत गर्दै विना विभागिय मन्त्री समेत रहेका माओवादी केन्द्रका प्रभावशाली नेता प्रभाकरले नवप्रवेशीहरुलाई क्षमता अनुसार न्यायोजित जिम्मेवारी दिएर पार्टीमा क्रियाशिल वनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भीम रावलद्वारा मातृभूमि जागरण अभियानलाई पार्टी बनाउने प्रस्ताव

काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी बनाउने प्रस्ताव गरेका छन् । रावलले वैकल्पिक शक्तिका रूपमा उक्त पार्टीको नाम प्रस्ताव गरेका हुन् । नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य भएकाले पार्टी निर्माण गर्नेतर्फ लागेको उनले बताएका छन् । ‘अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति राष्ट्रहरूको भूमिकाले नेपालमा पर्न सक्ने प्रभावलाई गम्भीर रूपमा बुझेर अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वतन्त्र व्यक्तित्व उज्यालो र सबल तुल्याउनु पर्ने छ । यसका लागि राजनीति, अर्थव्यवस्था, सामाजिक–सांस्कृतिक पक्ष लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा आवश्यक पुनरावलोकन, समीक्षा तथा व्यापक सुधार र परिवर्तनको खाँचो छ,’ रावलले भनेका छन्, ‘यिनै कुरालाई मनन गर्दै स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण इमान्दार र देशभक्त नेपालीहरू तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरूसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल प्रस्ताव गरिएको छ ।’

रबि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले बुधबार यस्तो आदेश दिएको हो ।  काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रुपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइएको थियो । उनलाई पाँच करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो ।  जिल्ला अदालत, कास्कीले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।  प्रहरीले उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा दायरको तयारी गरिरहेको छ । 

पूर्वअमेरिकी राष्ट्रपति कार्टरको अन्त्येष्टि आज गरिँदै

एजेन्सी । १०० वर्षको उमेरमा हालै निधन हुनुभएका पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको शव वाशिंगटन लगिएको छ । राष्ट्रपतिको शवयात्रा जर्जियाको एटलान्टाबाट प्रस्थान गरेको थियो । अमेरिकी क्यापिटलमा लगिनु अघि पेन्सिलभेनिया एभिन्यूमा रहेको अमेरिकी नौसेना स्मारकमा लगिएको छ । उपराष्ट्रपति कमला ह्यारिस, सिनेट बहुमत नेता जोन थुन र हाउस स्पिकर माइक जोनसनले श्रद्धाञ्जली अर्पण गर्दै क्यापिटल रोटुन्डामा एक स्मारक सेवा आयोजना गरिएको छ । कार्टरको परिवारका साथै कार्टरको राष्ट्रपति मन्त्रिपरिषद्का सदस्यहरू उपस्थित रहेका थिए । कार्टरको शववाहन रोटुन्डामा राखिनेछ । मंगलवारदेखि सार्वजनिक अवलोकनका लागि खुला राखिएको उहाँको पार्थिव शरीर बिहीवार श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । पूर्व राष्ट्रपति कार्टरको अन्त्येष्टि आज गरिँदैछ । आज जर्जियामा श्रीमती रोजलाइन कार्टरको समाधि स्थलसँगै उहाँको अन्त्येष्टि गरिनेछ । अन्त्येष्टि अघि अमेरिकी राष्ट्रपति जो बाइडेनले श्रद्धाञ्जली दिनुहुने कार्यक्रम तय गरिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले यसअघि जनवरी ९, २०२५ को दिनलाई पूर्व राष्ट्रपतिका लागि संयुक्त राज्य अमेरिकाभरि राष्ट्रिय शोक दिवसको रूपमा घोषणा गर्नुभएको थियो ।

मध्यपहाडी लोकमार्गको कास्की-बागलुङखण्डमा १९३ किमि कालोपत्रे

बाग्लुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ । कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमि र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमि सडक कालोपत्र हुन बाँकी छ । आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ किमि सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । लमजुङसँगको सिमानामा पर्ने कास्कीको भैँसेदेखि रुदीखोलासम्म १६ किमि सडक भने पर्वतस्थित आयोजना कार्यालयका प्रमुख शम्भुप्रसाद आचार्यले जानकारी दिए । याम्दीदेखि पर्वत हुँदै बागलुङको मालढुङ्गासम्मको सडक पनि कालोपत्र गरेर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको उनले बताए । मालढुङ्गादेखि बागलुङ सदरमुकामको उपल्लाचौरसम्मको पाँच किमि सडक चौडा र स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहेको प्रमुख आचार्यको भनाइ छ । उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २६ किमि सडकमध्ये १३ किमि कालोपत्र भइसकेको र १३ किमि कालोपत्र हुने चरणमा रहेको उनले बताए । उक्त खण्डको काम लामो समयसम्म अलपत्र परेपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत काम काम सुरु गरिएको प्रमुख आचार्यले बताए । ‘बयलडाँडादेखि घोडाबाँधेसम्मको कालोपत्र एक वर्षभित्र पूराना गर्ने लक्ष्य लिइएको छ’, उनले भने, ‘उपल्लाचौरदेखि बयलडाँडासम्मको खण्डमा पनि पाँच किमि सडक कालोपत्र हुन बाँकी छ ।’ घोडाबाँधेदेखि रुकुमपूर्वको सीमाना पातीहाल्नेसम्मको ९९ सय किमि सडक भने कालोपत्र भइसकेको छ । घोडाबाँधेदेखि-हटियासम्म कालोपत्र गरिएको सडक जीर्ण भएपछि मर्मत सुधार गरिएको आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले जानकारी दिए । पश्चिमतर्फको खण्डमा पनि आयोजना कार्यालयमार्फत सडक मर्मतसम्भारको काम भइरहेको छ । निसीखोला गाउँपालिका हुँदै पातीहाल्ने जोड्ने सडकमध्ये १४ किमि सडक मात्र सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको छ । अन्य खण्डमा भने निर्माण कम्पनीले योजना फरफराक समयमा नगरेका कारण हस्तान्तरण हुन बाँकी छ । सूचना अधिकारी सुवेदीले कास्की, पर्वत र बागलुङमा पर्ने लोकमार्गअन्तर्गतको सडक खण्ड स्तरोन्नति गरी दुई लेन कालोपत्र गरिने बताए । सडक स्तरोन्नतिसँगै उक्त खण्डभित्र कास्कीको याम्दी खोला, पानीबिहाद, पर्वतको तमादी खोला, सुन्दरे खोला र बागलुङको काठेखोलामा गरी पाँच पुल निर्माणाधीन अवस्थामा रहेका छन् । पर्वतको मोदी र पाती खोलामा ठेक्का व्यवस्थापन भई डिजाइन स्वीकृतिको क्रममा रहेको आयोजना कार्यालयले जनाएको छ । लोकमार्गअन्तर्गत कास्की, पर्वत र बागलुङमा सडक तथा पुल निर्माणका लागि चालु आवमा ७६ करोड ८० लाख विनियोजन भएकामा गत मङ्सिर मसान्तसम्म २० करोड ४० लाख ४८ हजार पाँच सय १२ खर्च भइसकेको सूचना अधिकारी सुवेदीले बताए । ठेक्कामार्फत सडक र पुलका गरी ११ वटा योजना सञ्चालनमा रहेको उनको भनाइ छ । लोकमार्गअन्तर्गतकै हरिचोक–याम्दी खण्ड पनि कालोपत्रका लागि अहिले ‘प्लान्ट’ राख्ने काम भइरहेको सूचना अधिकारी सुवेदीले बताए । करिब २२ सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो । आगामी माघभित्र सडक कालोपत्रको काम पूरा हुने जनाइएको छ । दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले उक्त सडक निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक समयमा निर्माण हुन सकेको थिएन । समयमा काम नभएपछि आउँदो चैतसम्मलाई ठेक्काको म्याद थप गरिएको थियो । दुवैतर्फ चार लेनको सडक बनिसक्दा पनि उक्त खण्ड निर्माण नहुँदा लोकमार्गको यात्रामा असहजता थपिएको थियो । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्याजस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ हुँदै आएको थियो । लोकमार्ग आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले कामको गति बढाएको थियो ।

लोकप्रिय