डोनाल्ड ट्रम्पको बिरोधमा संसारभरी प्रदर्शन, डिसी र लण्डनमा लाखौं सडकमा (फोटो फिचर)

डोनाल्ड ट्रम्पको बिरोधमा संसारभरी प्रदर्शन, डिसी र लण्डनमा लाखौं सडकमा (फोटो फिचर)

लण्डन, एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्डले कार्यकालको पहिलो दिन नै संसारभरीबाट बिरोधको सामना गर्नु परेको छ ।

संसारका बिभिन्न शहररुहरुमा ट्रम्पको बिरोधमा प्रदर्शन भएको हो । प्रदर्शनमा बढीजसो महिलाहरु सहभागी छन् ।

ट्रम्पको शपथ ग्रहण समारोहको भाषण र ओबामा केयरलाई सहयोग नगर्ने निर्णय लगत्तै राजधानी वाशिङ्गटन डिसीमा ५ लाख भन्दा बढी महिलाहरुले “उमेन्स मार्च अन वाशिङ्गटन”को ब्यानरमुनि ट्रम्पको बिरोध गर्दै प्रदर्शन गरेका थिए ।

यसको समर्थनमा लण्डनमा समेत बृहत प्रदर्शन भएको छ । लण्डनमा ट्र्याफल्गर स्क्वायरदेखि अमेरिकी दूतावाससम्म मार्च गरिएको थियो । यसमा लण्डनका मेयर सादिक खान समेत सहभागी भएको विविसीले जनाएका छन् ।

सिडनी, ओस्लो, पेरिस, जेनेभा, खाडी देशलगायत संसारका अधिकांश शहरमा लाखौं मानिसले ट्रम्पको बिरोध गरेका छन ।

ट्रम्प राष्ट्रपति भएपछि महिला अधिकारहरु संकटमा पर्नसक्ने भन्दै बिरोध प्रदर्शन भएको हो । ट्रम्पले ओबामा प्रशासनले अघि सारेको स्वास्थ्यका क्षेत्रमा गरीब जनताले पाउने राहतको बिरोध गर्दै त्यसविरुद्ध कार्यकालको पहिलो निर्णय गरेका छन् ।

ट्रम्पले महिला अधिकार र महिलाको अस्तित्वलाई नकार गरेको भन्दै प्रदर्शनकारीले “मेरो अस्तित्व स्वीकार गर”, “व्हाइट हाउसमा महिलाको स्थान कता ?” “महिलाको स्थान प्रतिरोधमा” जस्ता प्लेकार्ड बोकेर संसारभरी प्रदर्शन गरेका हुन ।

आतिशी बन्ने भइन् दिल्लीमा मुख्यमन्त्री

काठमाडौं । भारतको दिल्लीमा नयाँ मुख्यमन्त्रीको नाम घोषणा भएको छ । अब आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन् । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी नयाँ मुख्यमन्त्री बन्न लागेको जानकारी दिएका हुन् । उनले भनेका छन्- आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेकी हुन् । रायले भनेका छन्- भारतीय जनता पार्टीले आम आदमी पार्टी फुटाउने तथा सरकार ढाल्ने प्रयास गरेको छ । तर, हामीले उसका हरेक प्रयासलाई विफल पारेका छौँ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले आतिशी दिल्लीको मुख्यमन्त्री बन्ने निर्णय गरेको हो । उनलाई सर्वसम्मत रूपमा मुख्यमन्त्रीको रूपमा अघि सारिएको रायले बताएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल जेलमा हुँदा आतिशीले महत्त्वपूर्ण भूमिका निभाएकी थिइन् । केजरीlलले मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेसँगै आम आदमी पार्टीले उनैलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको हो ।

इजरायलको आक्रमणमा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले केन्द्रीय गाजामा रहेको संयुक्त राष्ट्र संघले सञ्चालन गरिरहको एक विद्यालयमा आक्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ। प्रत्यक्षदर्शीका अनुसार ‘महिला र बच्चाहरू’ टुक्राटुक्रा भएका छन्। यसरी मारिने मध्य ६ जना युनाइटेड नेसन रिलिफ एन्ड वर्क एजेन्सी (यूएनआरडब्लुए)मा आबद्ध थिए। युद्ध सुरु भएयता त्यहाँका कर्मचारीको ज्यान नै जाने गरी भएको यो सबै भन्दा ठुलो हमला हो। सो आक्रमणमा सेल्टरका मेनेजरको समेत मृत्यु भएको छ। पछिल्लो अवस्था हेर्दा त्यहाँ भुइँमा फोहोर छरिएका छन्। रगत सुक्दै गएपछि वातावरण नै दुर्गन्धित भएको छ। प्रत्यक्षदर्शीका अनुसार मानिस खाना पर्खिरहेको समयमा सो आक्रमण भएको थियो। इजरायल गाजा युद्धमा अहिलेसम्म ४१ हजार भन्दा बढीको ज्यान गएको छ भने ९५ हजार भन्दा बढी विस्थापित भएका छन्। पछिल्लो घटना अनुसार एक ४६ वर्षीया महिलाको छातीमा गोली हानेर हत्या गरिएको छ। इजरायल अधीनस्थ वेस्ट बैंकको दक्षिणी सहर तुबासको शिविरमा रहेका उनलाई यसरी गोली हानिएको हो। यसअघि बुधबार तुबासमा हवाई आक्रमणमा इजरायली सेनाले प्रहार गरेको गोलीबाट ५ जनाको ज्यान गएको थियो। गत वर्षको ७ अक्टोबरदेखि सुरु भएको यस युद्धले हरेक दिन यस्ता बिभत्स घटना भएका छन्। यसैबिच, हमासले वार्ताको मध्यस्थता गरिरहको पक्षसँग युद्ध विरामका लागि आफूहरू तयार रहेको कुरा जानकारी गराएको छ। यस युद्धमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेका छन्। इजरायलले लगातार आक्रमण गरेको छ भने हमासले बन्दीकोसमेत हत्या गरिसकेको छ। युद्ध विरामको प्रयासमा हमासका नेता सकारात्मक भएको मध्यस्थता गरिरहेका दुई पार्टी इजिप्ट र कतारको तर्फबाट बाहिर आइसकेको छ। यत्ति मात्र होइन इजरायलको थप आशयको बारे पनि चर्चा हुन थालेको छ। कतारस्थित हमाम विब खालिफा रङ्गशालाका एक प्राध्यापकका अनुसार इजरायलको ध्यान दक्षिण र उत्तर जोड्ने गाजाको कोरिडोरमा केन्द्रित छ।

दक्षिणपन्थी बार्नियरलाई प्रधानमन्त्री नियुक्त गरिएपछि फ्रान्समा देशव्यापी प्रदर्शन

पेरिस । हालै सम्पन्न निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको वामपन्थी गठबन्धन नयाँ लोकप्रिय मोर्चा (NPF) लाई उपेक्षा गर्दै दक्षिणपन्थी राजनीतिज्ञ मिशेल बार्नियरलाई नयाँ प्रधानमन्त्री नियुक्त गरिएपछि फ्रान्समा बिरोध चर्किएको छ।  राष्ट्रपति इम्यानुएल म्याक्रोनले ट्रेड यूनियन र NPF को आव्हानमा प्रदर्शन सुरु भएको हो । प्रदर्शनकारीहरुले  जनमतको उपेक्षा गर्दै दक्षिणपन्थी व्यक्तिलाई प्रधानमन्त्रीका उम्मेदवार बनाएको बिरोध गरेका छन् । गृह मन्त्रालयले शनिबार देशभर १,१०,००० जना प्रदर्शनकारी भेला भएको जनाएको छ तर प्रदर्शनकारीले भने तीन लाख बढी जनता प्रदर्शनमा सहभागी भएको दावी गरेका छन् । र्याडिकल फ्रान्स अनबाउड पार्टीका अनुभवी नेता जीन-लुक मेलेन्कोनले राष्ट्रिय प्रदर्शनमा "जति सक्दो बलियो एक्यवद्धता" का लागि आह्वान गरेका छन्। आन्दोलनकारीहरुले देशैभरी करिब १३० वटा विरोध कार्यक्रमहरूको तालिका बनाइएको थियो, जसमा सबैभन्दा ठूलो प्रदर्शन शनिबार दिउँसो पेरिसको केन्द्रीय भागबाट सुरु भयो। वामपन्थी नेता मेलेन्कोन पेरिसको प्रदर्शनमा सामेल भए, र "लोकतन्त्रका लागि  म्याक्रोनको कू रोको" लेखिएको नारासहितको गाडीको पछाडि उभिएर भाषण दिए। वामपन्थीहरू आफ्नै प्रधानमन्त्रीका उम्मेदवार लुसी कास्टेट्सलाई म्याक्रोनले अस्वीकार गरेकोमा क्रोधित छन्।

नयाँ युग निर्माणका लागि साझा भविष्यसहितको साझेदारी आवश्यक: राष्ट्रपति शी

बेइजिङ— चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युग निर्माणका लागि उत्पीडित देशहरुबीच साझेदारी आवश्यक भएकोमा जोड दिएका छन् । बिहीबार बेइजिङमा आयोजित चीन-अफ्रिका सहयोग मञ्च (FOCAC) को २०२४ शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शी ले चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अफ्रिकी देशहरूसँगको द्विपक्षीय सम्बन्धलाई रणनीतिक सम्बन्धको स्तरमा रुपान्तरण गर्न समेत प्रस्ताव गरे। सीले भने, "झण्डै ७० वर्षको अथक प्रयासहरूको लागि धन्यवाद, चीन-आफ्रिका सम्बन्ध अहिले इतिहासको उत्कृष्ट अवस्थामा छ।" बीजिङ, सेप्टेम्बर ५ (सिन्ह्वा) — चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार चीन अफ्रिकासँग मिलेर आधुनिकीकरणलाई संयुक्त रूपमा अगाडि बढाउन १० साझेदारी कार्य योजनाहरू कार्यान्वयन गर्न तयार रहेको बताए। समान हितमा आधारित साझा मानव भविष्य निर्माणमा जोड दिँदै शीले भने, “विश्वको एक तिहाइ जनसंख्या चीन र अफ्रिकामा बस्छ, र चीन र अफ्रिकाको आधुनिकीकरणबिना विश्वव्यापी आधुनिकीकरण सम्भव छैन।” सम्बोधनका क्रममा शीले चीन र अफ्रिकाबीच आगामी तीन वर्षमा कार्यान्वयन गरिने १० साझेदारी कार्ययोजनाहरू समेत प्रस्तुत गरे। सभ्यताहरूमाझ आपसी सिकाइ, व्यापार समृद्धि, औद्योगिक श्रृंखला सहकार्य, सम्पर्कता, विकास सहकार्य, स्वास्थ्य, कृषि र जनजीवन, जनस्तरको र सांस्कृतिक आदानप्रदान, हरित विकास र साझा सुरक्षाका क्षेत्रहरूलाई नयाँ साझेदारीले समेट्ने उनले बताए। यसअघि राष्ट्रपति सी जिनपिङले बुधबार आयोजित भोजमा अफ्रिकी नेताहरूलाई स्वागत गरेका थिए। उक्त अवसरमा उनले चीन र अफ्रिकाका जनताहरू साझा लक्ष्यहरूद्वारा एकताबद्ध भएर आधुनिकीकरणतर्फको यात्रामा नयाँ र अझ ठूलो उपलब्धिहरू हासिल गर्न सक्छन् भन्ने विश्वास पुनः पुष्टि गरेको चाइनाडेलीले जनाएको छ। चिनियाँ राष्ट्रपतिले चीन र अफ्रिकाबीचको स्थायी सम्बन्धलाई "परम्परागत मित्रतामा आधारित" र साम्राज्यवाद, उपनिवेशवाद, र प्रभुत्ववादविरुद्धको संघर्षले बलियो बनाएको सम्बन्धको रूपमा वर्णन गरे। आवरण तस्वीर: wang zhuangfei/chinadaily

लोकप्रिय