धनकुटा प्रवासी सेवा समाजमा लिम्बु निर्वाचित

धनकुटा प्रवासी सेवा समाजमा लिम्बु निर्वाचित

दोहा, फागुन २२ । धनकुटा प्रवासी सेवा समाज दोहा कतारको अध्यक्षमा ललित लिम्बु निर्वाचित भएका छन् । दोहाको टप फर्म रेष्टुरेन्टको सभाहलमा फागुन २१ गते सकिएको पाँचौ अधिवेशनबाट लिम्बुको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

समाजको प्रथम उपाध्यक्षमा पदम कुमार घिमिरे ,द्धितीय उपाध्यक्ष डिल्ली कुमार सुवेदी, तृतीय उपाध्यक्ष सन्तोष सिवा निर्वाचित गरेको छ । समाजको महासचिवमा रबिन थापा मगर, सचीव मोतीराम पाँचकोटि ,संगठन सचिव मन्दिप राई, कोषाध्यक्षमा प्रेम जिमि ,सह कोषाअध्यक्ष केशव राना मगरलाई चुनेको छ ।

समाजको सदस्यहरु सारुक सुन्दास,रामजी आचार्य, देव सुन्दास, तिल बिक्रम मगर र सरोज थापा रहेका छन् ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष लिम्बुले निर्वाचित कार्य समितिलाई धन्यवाद दिँदै कतारमा रहेका धनकुटा बासिहरु नेपालीहरुको हक अधिकार र हितका क्षेपमा काम गर्ने प्रतिवद्धता जनाए । उनले भने–तपाईँहरुले ठूलो जिम्मेवारी दिनुभएको छ, यसलाई म पालना मात्रै गर्न छैन सबैको हित र अधिकार रक्षाका लागि काम गर्नेछु, यस्तै सहयोग पाइरहुँ ।’

समाजका कार्यवाहक अध्यक्ष ललित लिम्बुको अध्यक्षता तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष बिनेष तामाङको प्रमुख आथित्यमा अधिवेशन भएको हो ।

व्यानर अनावरण तथा दिप प्रज्वलन गरि सुरु गरिएको कार्यक्रमको सञ्चालन समाजका सद्स्य रबिन राना मगर तथा स्वागत मन्तव्य समाजका सल्लाहकार प्रमुख तुलसी सुबेदीले गरेका थिए ।

कतारमा कार्यरत धनकुटा बासीहरुको पहलमा २००४ सालमा “धनकुटा प्रवासी सेवा समाजको चाहना, शुद्ध सामाजिक भावाना” भन्ने मुल नाराको साथ स्थापित भएको धनकुटा प्रवासी सेवा समाज कतारमा रहेका संघ संस्थाहरुको सुचिमा छुट्टै पहिचान बनाउन सफल संस्थाको रुपमा रहेको छ । समाजका सदस्य रबिन थापा मगरले प्रगति विवरण सुनाउदै समाजले कतारका विभिन्न सामाजिक संघ संस्थाहरुसँग सहकार्य गरि कतार तथा नेपालमा भएका प्राकृतिक विपत्ति, शिक्षा ,स्वास्थ र यातायात जस्ता सामाजिक कामहरुमा सहयोग पुर्याउदै आएको प्रष्ट पारेका थिए ।

उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गणेश प्रसाद बन्जाडे , समाजसेवी तथा वुद्दीजिवी चानक पोखरेल , कास्की आदर्स सेवा समाज , मोरङ सुनसरी सेवा समाज , पाल्पा , संखुवासभा , वखलढुङा , उदयपुर , प्युठान , भोजपुर ,गोरखा , तमु गुरुङ समाज , किराँत याक्थुङ सहित पन्ध्र भन्दा माथी संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।
उपस्थिति सामाजिक संघ संस्थाहरुको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्यको लागी मोरङ सुनसरी सेवा समाज , कास्की सेवा समाज र संखुवासभा सेवा समाजका अध्यक्ष क्रमस युगेन्द्र कार्की , मन ब राना मगर र लोक ब गुरुङले राख्नु भएको थियो । जातीय संस्था बाट किरात याक्थुङ कतार र जनजाती महासंघ कतारका प्रतिनिधिले शुभकामान मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्य राख्दै पत्रकार महासघ शाखा कतारका अध्यक्ष गणेश बन्जाडेले र समाजसेवी चानक पोखरेलले धनकुटा पुर्वाञ्चलकै केन्द्र ,प्राकृतिक सम्पदा र कला सस्कृती धनी रहेको औलाउदै समाजले कतारमा पनी स्थापित संघ संस्थाहरु सँग समन्वय गर्दै कला संस्कृती ,खेलकुद क्षेत्र लगायत अन्य सामाजिक काम हरुको प्रशंसा गरेका थिए ।
समाजले समाजलाई विभिन्न बीधामा सहयोग पुर्याउने खेलाडी, कलकारहरुलाई खादा र प्रमाण पत्र बाट सम्मान गरेको थियो । त्यस्तै समाजलाई वर्तमान सम्म ल्याईपुर्याउन सहयोग गर्ने र धनकुटा समाजका संस्थापकहरुलाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती बीनेश तामाङले जिल्ला वासीहरु एकतबद्द हुनु आफैमा राम्रो कुरा हो जसबाट प्रवासमा हामी माथी हुनेगरेका र आईपर्ने समस्या र अप्ठ्याराहरु लाई छिट्टै सम्बन्धित निकाय सम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको स्मरण गर्दै कतारको परिवेशमा धेरै जातिय र जिल्ला गत सामाजिक संघ सस्थाहरु स्थापित रहेको बताए ।
तामाङले गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारले कतारमा स्थापित सामाजिक संघ संस्थाहरु सँग समन्वय गरिएको जनाउदै जिल्ला संस्थाहरुले आफ्ना आन्तरिक कार्यक्रम बाहेक अब आउँदा दिनहरुमा हाम्रा राष्ट्रीय पर्व र दिनहरु सबैले एकै ठाउमा मनाउनु पर्ने कुरामा जोड दीदै जिल्ला संस्थाहरु लाई सहयोग गर्नको लागि अनुरोध पनि गरेका छन् ।

अमेरिकाबाट ४८ जना नेपाली डिपोर्ट, दुई महिनामा २३१ जना फर्काइए

काठमाडौं । अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकाले अप्रिल ७ मा चार्टर्ड उडानमार्फत यी ४८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । डिपोर्ट भएकाहरू सबै पुरुष रहेका छन् । प्राप्त तथ्यांकअनुसार सोमबार डिपोर्ट भएकामध्ये २ जना ग्रिन कार्ड बाहक रहेका छन् । यसैगरी, २३ जनासँग कुनै वैध ट्राभल डकुमेन्टसमेत नभएको अध्यागमन विभागका स्रोतले जानकारी दिएका छन् । डिपोर्ट भएका दुई जना ग्रिन कार्डबाहकमध्ये एक जना ‘ड्रिङ्क एन्ड ड्राइभ’ (मापसे) मुद्दामा पक्राउ परेका थिए भने अर्का ग्रिन कार्डबाहक डिपोर्ट हुनुको कारण खुलेको छैन । सन् २०२६ को दुई महिनामा २३१ जना डिपोर्ट अध्यागमन विभागका अनुसार सन् २०२६ को पहिलो दुई महिनामा मात्र २३१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । विभागका तथ्यांकअनुसार फेब्रुअरी महिनामा मात्र १३० जना डिपोर्ट भएका थिए । फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ जना महिला थिए । फेब्रुअरीमा चार्टर विमानमार्फत मात्र ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना महिला थिए । त्यस्तै, जनवरी महिनामा १०१ जना डिपोर्ट भएका थिए । जसमध्ये ४ जना महिला र बाँकी सबै पुरुष थिए । जनवरीमा एकै पटक ८० जना नेपाली चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए । डिसेम्बर २०२५ मा एकै दिन ७५ जना (६९ पुरुष र ६ महिला) डिपोर्ट भएका थिए । ट्रम्पको दोस्रो कार्यकालमा ७१८ जना डिपोर्ट राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि हालसम्म कुल ७१८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । डिपोर्टेसन प्रक्रिया तीव्र : नेपाली दूतावास अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले डिपोर्टेसन प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले ट्राभल डकुमेन्ट नभए पनि विद्युतीय प्रमाणीकरण (इलेक्ट्रोनिक भेरिफिकेशन) मार्फत यात्रा सम्भव रहेको जानकारी दिए । ट्राभल डकुमेन्ट नहुँदा प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रश्नमा आरणले भने, “धेरै अवस्थामा डकुमेन्ट नभएको जस्तो देखिए पनि वास्तवमा त्यस्तो हुँदैन । पहिले जारी भएको डकुमेन्टको म्याद सकिएको हुन सक्छ । यस्तो अवस्थामा पनि विद्युतीय प्रमाणीकरणबाट यात्रा गर्न मिल्छ ।” दूतावासले डिपोर्ट हुने व्यक्तिहरूको विवरण प्रमाणित गरी सम्बन्धित मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरेर नेपाल पठाउने प्रक्रिया अघि बढाउने गरेको उनले बताए । किन बढ्दै छ डिपोर्टेसन ? कार्यवाहक राजदूत आरणका अनुसार डिपोर्टेसन बढ्नुका मुख्य कारणहरूमा एसाइलम (शरणार्थी) आवेदन अस्वीकृत हुनु, भिसा खारेज हुनु, गैरकानुनी रूपमा काम गर्नु र विभिन्न कानुनी उल्लङ्घन रहेका छन् । “अध्यागमन अदालतले ‘फास्ट ट्र्याक’ मा मुद्दा टुङ्ग्याइरहेको छ । लामो समयदेखि पेन्डिङ रहेका केसहरू छिटो निष्कर्षमा पुग्दा डिपोर्ट हुने संख्या बढेको हो,” उनले भने । उनका अनुसार दक्षिण अमेरिका र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति लगभग शून्यमा झरेको छ । यसले नेपालीहरूलाई मानव तस्करी र आर्थिक ठगीबाट जोगाउन सहयोग पुगेको छ । ग्रिन कार्ड वा नागरिकता प्राप्त गरे पनि कानुन उल्लङ्घन गरेमा त्यस्ता सुविधा खारेज गरी डिपोर्ट हुन सक्ने जोखिम रहेको उनले स्पष्ट पारेका छन् । नक्कली विवाह, झुटो विवरण पेस गर्ने जस्ता गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनीसमेत उनले दिएका छन् ।

यूएईको राजधानी आबुधाबीमा ड्रोन/मिसाइल अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले अवरोध गरेका ड्रोन र मिसाइलका अवशेष खस्दा ७ जना नेपाली नागरिक घाइते भएका छन्। आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक नेपालीको अवस्था गम्भीर रहेको गल्फ न्युजले जनाएको छ। उक्त घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन्। घाइते नेपालीहरूको नामावली हालसम्म सार्वजनिक गरिएको छैन। अज्बान क्षेत्र आबुधाबीको अल ऐनको उत्तरतर्फ तथा दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ। संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालय ले हवाई सुरक्षा प्रणालीमार्फत मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरिएको जनाएको छ। अवरोधका क्रममा खसेका अवशेषहरूले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्‍याएको बताइएको छ। घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो। प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको अधिकारीहरूले जानकारी दिएका छन्।

कम्बोडियाबाट १२ नेपालीको उद्दार

काठमाडौं । कम्बोडियामा गैरकानुनी गतिविधिमा संलग्न गराइएका १२ जना नेपाली नागरिकको उद्दार गरिएको छ। विभिन्न प्रलोभनमा पारेर उनीहरूलाई अनलाइन ठगीलगायत अवैध काममा लगाइएको पाइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियाली सरकारसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काएको जनाएको छ। दूतावासका अनुसार कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकको उद्दार तथा स्वदेश फिर्तीका लागि पनि पहल भइरहेको छ। कम्बोडियामा रहेका केही नेपालीलाई जबर्जस्ती स्क्यामिङ (ठगी) केन्द्रहरूमा काम गर्न बाध्य बनाइएको र उनीहरूको राहदानी कम्पनीले जफत गर्ने गरेको गुनासो आएको दूतावासले जनाएको छ। केन्द्र परिवर्तनका क्रममा राहदानी हराएको समस्या पनि धेरैले भोगिरहेका छन्। यस्तो अवस्थामा रहेका नेपाली नागरिकलाई थाइल्याण्डस्थित नेपाली दूतावास वा कम्बोडियास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले समस्यामा परेका नेपालीलाई स्वदेश फर्कनका लागि बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउँदै आएको पनि जनाएको छ।

डा. हेमराज शर्मा नेतृत्वमा एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत चयन

काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ। काठमाडौंमा शनिबारदेखि जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले आइतबार मध्यरात सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। महाधिवेशनको नारा ‘एकता, लगानी र गौरव’ रहेको थियो। विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलग-अलग समूह सक्रिय थिए। गत जेनजी आन्दोलनपछि पूर्वअध्यक्षहरूको प्रयास र मंसिरमा भएको १०-बुँदे सहमतिपछि एकता महाधिवेशन सम्भव भएको हो। अध्यक्ष पदमा डा. शर्मा सर्वसम्मत चुनिएका छन्। रोविन शेरचनले वरिष्ठ उपाध्यक्ष र रविन बज्राचार्यले उपाध्यक्षमा उम्मेदवारी फिर्ता लिएपछि एकताको बाटो खुलेको थियो। अन्य प्रमुख पदहरूमा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू निर्विरोध/सर्वसम्मत चयन भएका छन्। केही प्रमुख पदाधिकारी: वरिष्ठ उपाध्यक्ष: रोविन शेरचन उपाध्यक्षहरू: खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रवीन गुरुङ, रोजिना प्रधान राई लगायत महासचिव: गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का कोषाध्यक्ष: कृष्णप्रसाद तिमल्सिना विधान संशोधनपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरी महाधिवेशन सम्पन्न हुने कार्यक्रम छ। यसले एनआरएनएमा लामो समयदेखिको विभाजन अन्त्य गरेको छ।

लोकप्रिय