नकआउट चरणको पहिलो भिड्न्त, फ्रान्स अर्जेन्टिनाका अगाडि निरीह

नकआउट चरणको पहिलो भिड्न्त, फ्रान्स अर्जेन्टिनाका अगाडि निरीह

काठमाडौं, असार १६ । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल २०१८ अन्तर्गत आजदेखि नकआउट चरणको खेल शुरु हुँदै छन । शनिबार राती दुईवटा खेल हुँदै छन् ।

पहिलो खेलमा राति पौने ८ बजे पूर्व विश्व विजेता अर्जेन्टिना र फ्रान्स कजान रङशालामा जित निकाल्दै अघिल्लो चरण प्रवेशको मार्ग सुनिश्चित गर्ने उद्देश्यका साथ मैदान उत्रिने छन् ।

फ्रान्स समूह सी को विजेता र अर्जेन्टिना समूह डी को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।

रसिया पुग्नु अघि दुवै टोलीलाई उपाधिका दाबेदार मानिएको थियो । लीग चरणमा दुबै टोलीको प्रदर्शन राम्रो रहेन । समूह सी मा फ्रान्सले दुई खेल जित्दा एक खेल बराबरी खेलेको थियो।

यता अर्जेन्टिनालाई लीगचरण पार गर्ने ठूलो संघर्ष गर्नु पर्यो । विश्व फुटबलका उत्कृष्ट खेलाडी लियोनल मेसी जस्ता सुपरस्टार टोलीमा रहेपनि अर्जेन्टिनाले समूह चरणमा राम्रो खेल्न सकेन।

सुरुको दुई खेलमा तालमेल नमिल्दा जितबाट बन्चित रहेको अर्जेन्टिनाले अन्तिम खेलमा भने सुधारिएको खेल खेल्दै नाजेरियामाथि २-१ को जित हात पार्‍यो।

अर्जेन्टिना विश्व वरीयतामा पाँचौ तथा फ्रान्स सातौँ स्थानमा छ।आजको खेल नकआउट चरणको प्रतिक्षित खेलमध्य एक हो । अन्तिम १६ का ८ मध्ये यो सबैभन्दा प्रतिक्षित खेल समेत हुनेछ। दुवै टोली विश्वकपको पूर्व विजेता समेत हो। अर्जेन्टिनाले १९७८ र १९८६ मा तथा फ्रान्सले १९९८ मा विश्वकप जितेको थियो।

लियोलन मेसीसहित सर्जियो अगुएरो गोन्जालो हिग्वेन पालो डिबला एन्जल डि मारियो ज्याभिएर मास्केरानो एभर बनेगा जस्ता खेलाडी रहेको अर्जेन्टिना र एन्टोनी ग्रीजमन ओलिभर जिरुड केलिएन एमबापे एन गोलो कान्टे ब्लइस मटुइडी पउल पोग्बा राफेल भरान र ह्युगो लोरिस जस्ता खेलाडीबीचको प्रतिस्पर्धा ‘माउथ वाटरिङ’ हुनेछ।

यी दुई देशबीच यसअघि विश्वकपमा २ खेल मात्र भएका छन्। दुवैले खेल अर्जेन्टिनाले जितेको थियो। सन् १९३० को पहिलो विश्वकपमा १-० ले विजयी भएको ला अल्बिसेलेस्टेले १९७८ मा घरमै आयोजना भएको विश्वकपमा फ्रान्सलाई २-० ले पराजित गरेको थियो।

दक्षिण अमेरिकी राष्ट्रविरुद्ध फ्रान्सको रेकर्ड राम्रो छ। तर अर्जेन्टिनालार्इ अहिलेसम्म जित्न भने सकेको छैन ।

फ्रान्स र अर्जेन्टिना विश्वकपको नकआउट राउण्डमा भिड्न लागेको यो पहिलो पटक हो। समग्रमा भने यी दुई १२ औँ पटक भिड्न लागेका हुन्। अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले २ खेल मात्र जितेको छ।

यस्तै पछिल्लो ३२ वर्षमा भएको दुई मात्र मैत्रीपूर्ण खेल पनि अर्जेन्टिनाले जितेको छ। २००७ मा १–० तथा  २००९  मा २–० ले जितेको थियो। समग्रमा अहिलेसम्म फ्रान्सले अर्जेन्टिनामाथि जित निकालेको छैन ।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय