पोखरेललाई प्रतिस्पर्धी भण्डारीले दिए बधाई

पोखरेललाई प्रतिस्पर्धी भण्डारीले दिए बधाई

महोत्तरी, मंसिर २७ । महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई नेपाली कांग्रेसका पराजित उम्मेदवार सिताराम भण्डारीले बधाई दिएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार भण्डारीले ९ हजार ४७५ मत ल्याएर पोखरेलसङ्ग पराजित भएका हुन । मतदाताको घरघरमा पुगेर आभार व्यक्त गर्ने क्रममा पोखरेल उनलाईलाई भेट्न गौशाला नगरपालिका १० भरतपुर स्थित भण्डारीको निवासमा पुगेका थिए ।

बाम गठबन्धनका साझा उम्मेदवार पोखरेल घरैमा भेट्न आएपछि भण्डारी भावुक बनेका थिए । भण्डारीले पोखरेलको प्रसंशा गर्दै पोखरेल सदाबहार नेता भएको प्रतिक्रिया दिए । भेटमा भण्डारीले पोखरेललाई जनताले दिएको मतको कदर गर्न आग्रह पनि गरे ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य एवम् बिना बिभागिय मन्त्री समेत रहनुभएका पोखरेलले जनताले दिएको मतको सम्मान गर्ने बताउनुभयो ।
हामी जनताको सेवक हौ, जुन पार्टीमा भएनी जनताको सेवा गर्ने बाहेक हाम्रो कुनै स्वार्थ छैन पोखरेल ले भन्नुभयो स् भण्डारी दाइ सङ्ग सल्लाह र सहकार्य गरेर अघि बढ्छु ।

नेपाली कांग्रेसका उम्मेदवार भण्डारीको घरैमा पुग्नुभएका पोखरेललाई भण्डारीका ९६ वर्षीया आमा लक्ष्मीदेवि भण्डारीले टीका र माला लगाएर बधाई दिदै जो जहाँ भएनी मिलेर अघि बढ्न आग्रह गरिन । ९६ वर्षीया वृद्ध भण्डारीले भनिन, ‘जस्ले जिते पनि जनतालाई सुख र शान्ति मिलोस मेरो आशीर्वाद छ ।’

महोत्तरी १ को प्रतिनिधिसभा निर्वाचनमा पोखरेलले २३ हजार ७७६ मत ल्याएर बिजयी भएका हुन भने उनको निकतम प्रतिद्वन्द्वी सङघिय समाजवादी फोरमका लक्ष्मी महतोले १९ हजार ४९२ मत ल्याए । काग्रेसका उम्मेदवार सिताराम भण्डारी भने ९४७५ मत ल्याएर तेस्रो स्थानमा रहे ।

महोत्तरी १ बाट प्रतिनिधि सभामा अत्यधिक मतले बिजयी गराएको भन्दै पोखरेलले आम मतदातालार्इै घरैमा पुगेर धन्यवाद व्यक्त गरिरहेका छन् ।

पोखरेल बुधबार पनि नगरपालिकाको तारा चौरी, भरतपुर, बटौवा, फुलकाहा लगायतका गाउँमा घरदैलोमा छन् ।

घरदैलोको क्रममा पोखरेललाई स्थानीय मतदाताले प्रत्येक घर घरबाट फुलमाला र अबिर लगाएर सम्मान व्यक्त गरेका छन । सयौं बालक, युवा, महिला र वृद्धहरुले पोखरेललाई भव्य स्वागत गरेका थिए ।

घरदैलोको क्रममा विभिन्न नाचगान सहितको हजारौंको भव्य र्याली निस्किएको थियो । घरदैलोको क्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा १ को प्रदेश सभा क बाट बिजयी सारदादेवी थापा र प्रदेश सभा ख बाट बिजयी भरतप्रसाद शाहलाई पनि मतदाताले भव्य स्वागत गरेका थिए ।

अखिल क्रान्तिकारीमा उम्मेदवारको उमेरहद टुंग्याउन मतदान गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने भएको छ । उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुने छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय टिमले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको छलफलपछि सो निर्णय गरेको हो । अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुने र लगाउनुपर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प दिइने बताउनुभयो । निर्वाचनबाट जे रिजल्ट आउँछ त्यही अनुसार नेतृत्व चयन गर्दा फेरि निर्वाचन गरिने छ ।  अखिल क्रान्तिकारीले यसपटक नेतृत्व चयनमा मात्रै होइन, विधानमै मतदान गर्ने नयाँ अभ्यास गर्ने भएको छ । इञ्चार्ज शर्माले नीति र नेतृत्व चयन दुबै प्रक्रियामा लोकतान्त्रिक विधि अपनाइने बताउनुभयो ।  यत्तिको लोकतान्त्रिक विधि अरु कुनै पनि संगठनमा नभएको उहाँले स्पष्ट गर्नुभयो ।  अध्यक्ष प्रचण्डले पूरै लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन गर्न निर्देशन दिएको इञ्चार्ज शर्माले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले माथिबाट कुनै निर्णय लाद्ने काम नहुने जानकारी गराउँदै हलले जे भन्छ, त्यही मान्न विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभएको थियो । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ ।

बाढीपहिरो अपडेटः मृतकको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

काठमाडौं । गत शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपदमा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।  बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उहाँको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको बताएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि गृहमन्त्रालयले जनाएको छ । 

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

लोकप्रिय