प्रतिनिधिसभाको तस्बिर : चार राष्ट्रिय दल, राजपाको सम्भावना बाँकी

प्रतिनिधिसभाको तस्बिर : चार राष्ट्रिय दल, राजपाको सम्भावना बाँकी

समानुपातिकको आधा मत गणना गर्दा प्राप्त तथ्यांकका आधारमा प्रतिनिधिसभाको समीकरण

प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको एक करोड पाँच लाखमध्ये आधा मत गन्दा एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । त्यसैले राष्ट्रिय पार्टीका रूपमा उनीहरूले मात्रै समानुपातिकको एक सय १० सिटको वितरणमा सहभागी हुन पाउनेछन् ।

राजपा नेपालले प्रत्यक्षमा फोरमभन्दा एक बढी अर्थात् ११ सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड छुन संघर्ष गरिरहेको छ । अहिलेसम्म उसले २ दशमलव ४८ प्रतिशत मत पाएको छ । यो मत ३ प्रतिशत पुर्‍याएमा उसले पनि कम्तीमा चार सिट पाउनेछ । र ती चार सिट कांग्रेस, एमाले, माओवादी र फोरमको खाताबाट घट्नेछ ।

उम्मेदवारको प्राथमिकता तय, तर तलमाथि हुन सक्छ 
कुल दुई सय ७५ सिटमध्येबाट कम्तीमा ३३ प्रतिशत अर्थात् ९२ जना महिला प्रतिनिधिसभाको सदस्य हुनु अनिवार्य छ । प्रत्यक्षमा ६ महिला विजयी भएकाले अब कम्तीमा ८६ महिला समानुपातिकबाट सांसद हुनेछन् । पुरुषका लागि २४ सिट मात्र बाँकी छ ।

महिला तथा बाँकी पुरुषको प्रतिनिधित्व गराउँदा पनि समावेशी समूहको प्रतिशतका आधारमा आदिवासी जनजाति (२८.७ प्रतिशत), खस–आर्य (३१.२ प्रतिशत), थारू (६.६ प्रतिशत), दलित (१३.८ प्रतिशत), मधेसी (१५.३ प्रतिशत), मुस्लिम (४.४ प्रतिशत)लाई स्थान दिनुपर्नेछ ।

सबै समूहको प्रतिनिधित्व बन्दसूचीमा उल्लेख भएको प्राथमिकताका आधारमा हुनुपर्नेछ । तर, निर्वाचनसम्बन्धी नियमावलीमा क्रमसंख्यालाई ‘यथासम्भव’ पालना गर्ने भनिएकाले दलहरूले तलमाथि गर्ने छिद्र बाँकी छ ।

एमाले

मतगणनाको रुझानअनुसार समानुपातिकमा एमालेले ४५ सिट पाउने स्थिति छ । प्रत्यक्षमा ८१ सिट पाएमा एमालेको प्रतिनिधिसभामा सिट १२६ पुग्नेछ । कुल सांसद संख्याको ३३ प्रतिशत महिला पुर्‍याउन एमालेले ४२ जना महिलालाई प्रतिनिधि बनाउनुपर्नेछ । प्रत्यक्षमा एमालेबाट दुईजना महिला निर्वाचित भएकाले समानुपातिकबाट ४० महिला उम्मेदवारले प्रतिनिधिसभामा स्थान पाउनेछन् । यसरी पाँच सिट मात्र पुरुषका लागि सुरक्षित हुनेछ । ३३ प्रतिशत अर्थात् कुल ४२ मध्ये खस–आर्यबाट ३१.२ प्रतिशत अर्थात् १३ जना महिलाले प्रतिनिधित्व पाउने हुन् । खस–आर्य समुदायका २ महिला प्रत्यक्षबाट निर्वाचित भएकाले अब सो समुदायका ११ जनाले मात्र समानुपातिकबाट प्रतिनिधित्व पाउनेछन् । त्यस्तै, आदिवासी जनजातिबाट १२ जना, थारूबाट ३ जना, दलितबाट ६ जना, मधेसीबाट ६ जना, मुस्लिमबाट २ जनाको प्रतिनिधित्व हुनुपर्नेछ ।

प्रतिनिधित्व पाउने खस–आर्य ११ महिला

१. राधा ज्ञवाली

२. विन्दा पाण्डे

३. गोमा देवकोटा

४. कल्याणी खड्का

५. निरु पाल

६. मनकुमारी जिसी

७. माया न्यौपाने

८. विष्णु शर्मा

९. सरिता न्यौपाने

१०. मैना भण्डारी

११. तीर्था गौतम

प्रतिनिधित्व पाउने आदिवासी १२ महिला

१. थममाया थापा

२. डा. शिवमाया तुम्बाहाम्फे

३. सुजिता शाक्य

४. रामकुमारी झाँक्र

५. विना श्रेष्ठ

६. तुलसी थापा

७. नवीना लामा

८. शान्तिमाया तामाङ

९. कुमारी मेचे

१०. रणकुमारी बलम्पाकी

११. माइली लामा

१२. मेन्चुङ लामा

प्रतिनिधित्व पाउने थारू ३ महिला

१. शान्ता चौधरी

२. लक्ष्मी चौधरी

३. गंगा चौधरी

प्रतिनिधित्व पाउने दलित ६ महिला

१. निरादेवी जैरू

२. विमला विश्वकर्मा

३. विमला विक

४. पार्वतीकुमारी विसंखे

५. सानु शिवा

६. आशाकुमारी विक

प्रतिनिधित्व पाउने मधेसी ६ महिला

१. जुलीकुमारी महतो

२. डा. पुष्पाकुमारी कर्ण

३. सरलाकुमारी यादव

४. रेखाकुमारी झा

५. सरिताकुमारी गिरी

६. सीता यादव

प्रतिनिधित्व पाउने मुस्लिम २ महिला

१. कालिला खान

२. समिना हुसैन

प्रतिनिधित्व पाउने ५ पुरुष
एमालेले प्रत्यक्षमा धेरै सिट जितेको र सबैजसो पुरुष भएकाले समानुपातिकमा पुरुषका लागि ५ स्थान मात्र खालि हुनेछ । त्यसमा पनि समुदायको समानुपातिक प्रतिनिधित्व आवश्यक हुन्छ । समानुपातिक प्रतिनित्वि गराउँदा प्राथमिकताका आधारमा आदिवासीबाट विजय सुब्बा, खस आर्यबाट मुकुन्द न्यौपाने, थारुबाट मझीलाल थारु, दलितबाट रामप्रित पासवान, मधेसीबाट मोतीलाल दुगड र मुस्लिमबाट समीममियाँ अन्सारीमध्ये पनि पनि एक जनाले अवसर पाउने छैनन् ।

कांग्रेस

प्रत्यक्षमा २२ सिट जितेको कांग्रेसले समानुपातिकको मतगणनाको रुझानअनुसार ४३ सिट पाउने सम्भावना छ । प्रतिनिधिसभाका कांग्रेसको कुल प्रतिनिधित्व ६५ भएमा ३३ प्रतिशत अर्थात् २२ महिलाले प्रवेश पाउनेछन् । प्रत्यक्षमा कांग्रेसका एकजना पनि महिलाले नजितेकाले २२ नै महिला समानुपातिकबाट पठाउनुपर्नेछ । त्यसो गर्दा पनि पुरुषका लागि २१ स्थान सुरक्षित हुनेछ । २१ जना पुरुष र २२ जना महिलामध्ये पनि विभिन्न समुदायबाट समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेछ ।

प्रतिनिधित्व पाउने आदिवासी ७ पुरुष
१. बहादुरसिंह लामा

२. कर्मा घले

३. उमेश श्रेष्ठ

४. लालकाजी गुरुङ

५. जिपछिरिङ लामा

६. दिव्यमणि राजभण्डारी

७. जीवनप्रेम श्रेष्ठ

प्रतिनिधित्व पाउने खस–आर्य ७ पुरुष
१. बालकृष्ण खाण

२. दिलेन्द्रप्रसाद बडू

३. किशोरसिंह राठौर

४. सत्यनारायण खनाल

५. सूर्यबहादुर केसी

६. मोहनप्रसाद पाण्डे

७. अन्तराम भट्ट

प्रतिनिधित्व पाउने १ थारू र १ मुस्लिम पुरुष
पद्मनारायण चौधरी र अतहर कमाल मुसलमान

प्रतिनिधित्व पाउने ३ दलित र ३ मधेसी पुरुष
१. मानबहादुर विश्वकर्मा

२. मीनबहादुर विश्वकर्मा

३. प्रकाश रसाइली

र १. विनोदकुमार चौधरी

२. स्मृतिनारायण चौधरी

३. नागेन्द्रकुमार राय

प्रतिनिधित्व पाउने खस आर्य ७ महिला
१. सुजाता कोइराला

२. पुष्पा भुसाल

३. डिला संग्रौला

४. मीना पाण्डे

५. उमा रेग्मी

६. दीपशिखा शर्मा

७. रुक्मणिदेवी कोइराला

प्रतिनिधित्व पाउने आदिवासी ६ महिला
१. ज्ञानकुमारी छन्त्याल

२. प्रमिला राई

३. महेन्द्रकुमारी लिम्बु

३. हिरा गुरुङ

५. मीना सुब्बा

६. सुवर्ण ज्वारचन

प्रतिनिधित्व पाउने १ थारु र १ मुस्लिम महिला
पार्वता डिसी चौधरी र सर्वत आरा खान

प्रतिनिधित्व पाउने ३ दलित र ३ मधेसी महिला
१. सुजाता परियार

२. लक्ष्मी परियार

३. विमला नेपाली
१. सीतादेवी यादव २. चित्रलेखा यादव ३. मीनाक्षी झा

माओवादी

प्रत्यक्षमा ३६ सिट जितेको माओवादीले समानुपातिकमा भने त्यसको आधा अर्थात् १८ सिट जित्ने सम्भावना छ । कुल ५४ सांसदमध्ये ३३ प्रतिशत अर्थात् १८ जना महिला माओवादी प्रतिनिधि बन्नेछन् । तर, प्रत्यक्षमा ३ जना महिलाले जितिसकेकाले माओवादीले अब कम्तीमा १५ महिला पठाउनुपर्नेछ । ३ सिट मात्रै पुरुषका लागि सुरक्षित रहनेछ । कुल १८ महिलामध्ये २ आदिवासी जनजाति र १ खस–आर्य महिलाले प्रत्यक्षबाट जितेका छन् । खस–आर्यबाट ६ जना महिलामध्ये १ जनाले जितिसकेकाले पाँच जनाले स्थान पाउन सक्छन् ।

प्रतिनिधित्व पाउने खस–आर्य ५ महिला 
१. रेखा शर्मा २. पूर्णाकुमारी
सुवेदी ३. धर्मशीला चापागाईं
४. सत्या पहाडी ५. सीता पोखरेल

प्रतिनिधित्व पाउने आदिवासी ३ महिला 
१. जयपुरी घर्ती २. शशी श्रेष्ठ
३. ओनसरी घर्ती

प्रतिनिधित्व पाउने थारू १ र मुस्लिम १ महिला
रामकुमारी चौधरी र
चाँदतारा कुमारी

प्रतिनिधित्व पाउने दलित २ र मधेसी ३ महिला 
१. अन्जना बिसंखे २. दुर्गा विक
१. इन्दु शर्मा २. बोधमाया यादव
३. दिलकुमारी

प्रतिनिधित्व पाउने ३ पुरुष
पुरुषमध्येबाट पनि आदिवासी जनजातिबाट सुनीलकुमार मानन्धर, खस–आर्यबाट हितराज पाण्डे, मधेसीबाट जोगकुमार बर्बरिया यादवले प्रतिनिधित्व पाउने देखिन्छ ।

फोरम
प्रत्यक्षमा १० सिट जितेको संघीय समाजवादी फोरमले समानुपातिकमा ४ सिट जित्ने स्थिति छ । प्रत्यक्षमा ३३ प्रतिशत महिला पुर्‍याउन समानुपातिकमा पाउने चारै सिटमा महिलाई पठाउनुपर्नेछ । समावेशी प्रतिनिधित्वका आधारमा आदिवासी जनजातिबाट रेनुका गुरुङ, खस–आर्यबाट सरिता गिरी, मधेसीबाट रेणु यादव, मुस्लिमबाट रुही नाज, थारूबाट रीता चौधरी र दलितबाट कलुदेवी विश्वकर्मामध्येबाट पनि दुईजनाले स्थान पाउनेछैनन् । निर्णय गर्ने अधिकार पार्टीलाई हुनेछ । -नयाँपत्रिकाबाट

विस्तारै उकालो लाग्दै तापक्रम

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा केही दिनयता तापक्रम बढ्न थालेको छ।  जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको छ। लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको बताइएको छ । न्यूनचापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्चचापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ। यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुईतीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने विभागका एक कमचारीले जानकारी दिए । विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ। न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ। बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ। २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ।  आज न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ।यसपालि काठमाडौंको तापक्रम दुई डिग्रीसम्म झरेको थियो ।  

उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाए :  सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाउनुभएको छ। बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाउनुभएको हो।  जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिष्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाइ एउटा कम्पनीले मात्रै छनोट गर्ने काम गरेकोमा सांसद सापकोटाले आपत्ति जनाउनुभयो। उहाँले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजनामा पनि नियम मिचिएको आरोप लगाउनुभयो। सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर प्राधिकरणमै मन्त्रीले कार्यकक्ष स्थापना गर्नु देशको बेइज्जती भएको उहाँको भनाई थियो । सरकार र मन्त्रीलाई उत्तरदायी बनाउने काम समितिले गर्नुपर्ने बताउनुभयो। सांसद सापकोटाले कुनै छलफल र परामर्श नगरी होटलमा समितिको बैठक बोलाइएकोप्रति आपत्ति जनाउनुभयो। सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटल गइरहनु नपर्ने बताउनुभयो। होटलमा बसेर जलश्रोत विधेयक रिराइट गर्नेगरी निर्णय गर्नु आपत्तिजनक रहेको बताउनुभयो ।

पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा  विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ। यसरी प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी,  राप्रपाका चित्रबहादुर सोती लगायत रहनभएको छ। सोही अवसरमा भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा थालेको अभियानका कारण देशव्यापी जनाकर्षण बढेको बताउनुभयो ।

शिक्षकका माग समेटेर शिक्षा विधेयक पारित हुन्छ : अध्यक्ष प्रचण्ड

गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा  समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ। नवज्योति माध्यमिक विद्यालय गोरखा नगरपालिका ७, डण्डीडाँडा, गोरखाको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। आफूले सरकारको नेतृत्व गरेको बेला असाध्यै मेहनत गरेर विद्यालय शिक्षा विधेयक ल्याए पनि अझै पारित हुन नसकेको उल्लेख गर्दै उहाँले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विधेयक पारित गरिने बताउनुभयो ।  संविधानमा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरिए पनि आवश्यक कानुन र बजेटको अभाव रहेको उल्लेख गर्दै उहाँले राज्यको तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । शिक्षा विधेयक पारित भयो र शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म बजेट छुट्याउन सकियो भने यो क्षेत्रलाई अघि बढाउन सकिने बताउनुभयो। आफूले निरन्तर देश र जनताका लागि नयाँ थालनी गर्ने गरेको उल्लेख गर्दै उहाँले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो अभियान निरन्तर अघि बढ्ने बताउनुभयो ।  सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्नुपर्छ भनेर अभियान चलाउँदा नै भ्रष्ट र बिचौलियाहरुले सरकारबाट हटाएको उल्लेख गर्दै उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको बताउनुभयो । गोरखा क्याम्पसको निरीक्षण यसैबीच पूर्वप्रधानमन्त्री प्रचण्डले गोरखा ५ स्थित गोरखा क्याम्पसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले क्याम्पसको भौतिक विकास र दरबन्दी थपका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

लोकप्रिय