यो वडामा २ हजार ८ सय मतदाता छन् । साविकको असिग्राम गाविस अहिले गाउँपालिका भइसकेको छ । यही असिग्राम गाउँको खोलापारि मटेलामा देउवाको पुख्र्यौली घर छ । देउवाका आफन्त त्यही बस्छन् ।डडेल्धुरा जिल्लाको यही गाउँपालिका वडा नम्बर १ मटेलामा हो, प्रधानमन्त्री देउवाको गाउँ । यो गाउँपालिकामा माओवादीका अध्यक्ष पदका प्रत्याशी भण्डारीले देउवाको वडाको हिसाब–किताब गर्दै थिए ।
गाउँलेहरु देउवा देश बनाउन लागेको र आफूहरु गाउँ बनाउन लागिपरेको बताउँछन्, अन्नपूर्ण पोस्टमा खबर छ ।