प्रहरीद्धारा ग्र्याभिटी क्वाइन ठगीमा सुरु

प्रहरीद्धारा ग्र्याभिटी क्वाइन ठगीमा सुरु

धादिङ, भदौ २७ ।

 पत्रकारलाई धम्की 

नेपाल प्रहरीले ग्र्याभिटी क्वाइनले ठगी गरिरहेको विषयमा अनुसन्धान सुरु गरेको छ । ‘ग्र्याभिटी क्वाइनमार्फत सर्वसाधारण ठगिइरहेको बारेमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि हामीले सोमबारबाटै अनुसन्धान सुरु गरेका छौँ,’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले बताए ।

क्रिप्टोकरेन्सी नेपालमा प्रतिबन्धित
नेपाल राष्ट्र बैंकले नेपालमा बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सीहरू गैरकानुनी रहेको जनाएको छ । हालसम्म नेपालमा बिटक्वाइनलाई मुद्राका रूपमा कानुनी मान्यता प्राप्त नभएको अवस्थामा यदाकदा केही व्यक्तिले इन्टरनेटको माध्यमबाट बिटक्वाइनको कारोबार गरिरहेको भन्ने बुझिन आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बिटक्वाइनको कारोबार पूर्ण रूपमा गैरकानुनी रहेकाले कसैले पनि सोसम्बन्धी कारोबार नगर्न–नगराउन राष्ट्र बैंकले २९ साउनमा निर्देशन जारी गरेको छ ।

तर, मुलुकमा ग्र्याभिटी क्वाइनलगायतको कारोबारमार्फत ठगी भइरहेको सन्दर्भमा नयाँ पत्रिकाले जिज्ञासा राख्दा त्यो पूर्णतः गैरकानुनी भएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘यस विषयमा प्रहरी र स्थानीय प्रशासनले कारबाही गर्नुपर्छ । हामीसँग भएको तथ्यांक प्रहरीलाई उपलब्ध गराउँछौँ,’ उनले भने । यस विषयमा प्रहरी र राष्ट्र बैंकको नियमित संवाद भइरहेको पनि उनले जानकारी दिए ।

समाचार प्रकाशित भएपछि वेबसाइट बन्द
सोमबार नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि इप्लानेटडटकमडटएवाई वेबसाइट बन्द भएको छ । मलेसियामा दर्ता कम्पनीको नेपाल र भारतमा शाखा रहेका छन् । इप्लानेटमा आबद्ध सफ्टवेयर इन्जिनियर कृष्ण झाले ग्र्याभिटी क्वाइन विकास गरेको स्रोतको भनाइ छ । त्यस्तै, इप्लानेटले बनाएको साइट पनि बन्द भएको छ । यो साइट जिपी पौडेलले आफ्नो लगइन साइट भएको बताएका थिए।

नयाँ पत्रिकाकर्मीलाई ज्यान मार्ने धम्की

‘मैले ७५ जिल्लाका एसपी र डिएसपी चिनेको छु, तपाईंले आफ्नो काम गर्नुभो, अब म मेरो शक्ति देखाउँछु’ भन्दै धम्की दिएका थिए ।

नयाँ पत्रिका दैनिकमा सोमबार प्रकाशित समाचारलाई लिएर नयाँ पत्रिकाका पत्रकार जनार्दन बराल र उमेश पौडेलमाथि ज्यान मार्ने धम्की आएको छ । सोमबार प्रकाशित ‘ग्र्याभिटी करेन्सीका नाममा नेटवर्किङ बिजनेसबाट नयाँ ठगी’ शीर्षकको समाचारको विषयलाई लिएर ज्ञानप्रसाद (जिपी) पौडेलले मोबाइल नं. ९८५१०२०५८१ बाट र जितेन्द्र नाम र विप्लव माओवादीको कार्यकर्ता बताउने अर्का एक अपरिचित व्यक्तिले ९८००५८१४१३ नम्बरबाट धम्की दिएका हुन् ।

जिपी पौडेलले सोमबार बिहानै उमेश पौडेललाई फोन गरी ‘मैले ७५ जिल्लाका एसपी र डिएसपी चिनेको छु, तपाईंले आफ्नो काम गर्नुभो, अब म मेरो शक्ति देखाउँछु’ भन्दै धम्की दिएका थिए । त्यस्तै, जिपी पौडेलले पत्रकारलाई ठीक पार्नुपर्यो भनी उजुरी गरेको भन्दै विप्लव माओवादीका कार्यकर्ता बताउने व्यक्तिले ९८००५८१४१३ बाट बराललाई फोन गरी धम्की दिएका थिए ।

पत्रकारलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले विज्ञप्ति गरी निन्दा गरेको छ । महासंघले समाचारको विषयमा चित्त नबुझे कानुनी बाटो हुँदाहुँदै पत्रकारलाई धम्की दिइनु खेदजनक रहेको बताएको छ । धम्की दिनेविरुद्ध कानुनबमोजिम कारबाही गर्न र पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न स्थानीय प्रशासनसँग मागसमेत गरेको छ । नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखा र ललितपुर शाखाले पनि पत्रकारलाई दिइएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

ग्र्याभिटी क्वाइन बेच्न अवैध नेटवर्किङ यसरी सञ्चालन हुन्छ
नक्कली ग्र्याभिटी क्वाइन बिक्री गरी ठगी गर्नेहरूले हर्बो र युनिटीजस्तै नेटवर्क मार्केटिङका माध्यमबाट ठगी गरिरहेका छन् । ग्र्याभिटी क्वाइन बिक्री गर्दा विभिन्न प्याकेज र तह सिर्जना गरी उनीहरूले अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका हुन् । यसअघि हर्बो इन्टरनेसनलमा काम गरेका जिपी पौडेल, माधव खनाल, मुस्कान नेपालीसहितको टोलीले देश तथा विदेशमा रहेका नेपालीलाई नेटवर्क शैलीमा नक्कली क्रिप्टोकरेन्सी ग्र्याभिटी क्वाइन बिक्री गरिरहेका छन् ।

ग्राभिटी क्वाइनले १००, २००, ५००, २५०० र १५ हजार डलरको प्याकेज बिक्री गर्ने गरेको छ । प्याकेजअनुसार यिनीहरूले पैसा र बोनस क्वाइनको बाँडफाँड गर्ने गरेका छन् । हर्बो र युनिटीमा कुनै सदस्यअन्तर्गत अन्तिमसम्मै बनेका अन्य सदस्यबाट लिडरलाई बोनस आउँथ्यो । तर, ग्र्यााभिटी क्वाइनमा आफूमुनिका सात लेयरबाट मात्रै बोनस पाइने व्यवस्था छ ।

ग्र्याभिटी क्वाइन लगानीकर्तालाई विभिन्न ‘स्टार’मा वर्गीकृत गरिएको छ । ठगहरूले १ सय डलर लगानी गर्नेलाई सेमी स्टार भन्ने गरेका छन् । त्यसपछि क्रमशः स्टार, थ्री स्टार, फाइभ स्टार, सेभन स्टार, मेगा स्टार र गिगा स्टारमा लगानीकर्तालाई विभाजन गरेका छन् । ग्र्याभिटी क्वाइनमा जति धेरै रकम तिरेर सदस्य बन्यो पछि पाउने बोनसको दर पनि त्यति नै धेरै हुन्छ । उनीहरूले सामान्यतया सबैभन्दा कम २ सय डलरको प्याकेज बेच्छन्, त्यसमा सामान्यबाहेक बोनस पाइन्न । तर, सदस्य थप्दै जाँदा स्टार र बोनस थपिँदै जान्छ । २५ सय र १५ हजार डलरको नेटवर्क प्याकेज किन्दा भने आकर्षक बोनसको व्यवस्था छ । ग्राहकले २०० डलरको प्याकेजमा लगानी गरे ५ प्रतिशत बोनस रकम वा क्वाइन दिने गर्छन् । त्यस्तै, ५०० डलरको प्याकेजमा लगानी गर्दा १५ प्रतिशत बोनस र २५ सयको ग्राहक बन्यो भने ४० प्रतिशत रकम फिर्ता वा सो मूल्यबराबरको क्वाइन पाउँछन् भने १५ हजार डलरको ग्राहक बन्यो भने ६० प्रतिशत बोनस दिने बताउँछन् । यसरी ठूलो रकम लगानी गर्दा पहिलो तहमा ६० प्रतिशत बोनस पाउनेले त्यसपछिको सात तहसम्म बोनस पाउँछन्, तर तह घट्दै जाँदा दर पनि घट्ने गर्छ ।

सुरुवातमा लगानी गरेको व्यक्तिले लगानी गरेको रकमअनुसार पाँचदेखि १० जनालाई सिफारिस गर्यो भने उसको लगानी उठ्ने जिपी पौडेलले दाबी गरे । यसअघि हर्बो र युनिटीले पनि यसै किसिमको पिरामिड शैलीमा नेटवर्क सञ्चालन गरेका थिए । -नयाँ पत्रिकाबाट

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय