फुटबल पण्डित भन्छन्,-यो वर्षको विश्वकप फाइनल ‘भयानक’ हुन्छ

फुटबल पण्डित भन्छन्,-यो वर्षको विश्वकप फाइनल ‘भयानक’ हुन्छ

काठमाडौं । विश्वकप फुटबलको २१ औँ संस्करण आजदेखि रुसमा शुरु हुँदै छ । एक महिनासम्म हुने विश्वकप हेर्न फुटबलप्रेमी निकै प्रतिक्षामा छन् ।

अधिकांश फुटबलका जानकार र समर्थक यो संस्करण कसले जित्ला भनेर अड्कल बाजी पनि लगाइ रहेका छन् । फुटबल पण्डितहरुले आआफ्ना विश्लेषण र दलिल दिएर भविष्यवाणी गरिरहेका छन् ।

खेल बुझेको र त्यसको रणनीति आफैले बनाउने व्यक्तिले गरेको प्रेडिक्सनले अर्थ पक्कै राख्छ ।

यसैविच, म्यानचेस्टर युनाइटेडका पोर्चुगिज प्रशिक्षक मोरिन्होले विश्वकपका लागि आफ्नो भविष्यवाणी गर्दै यो विश्वकपको फाइनल निकै ‘भयानक’ हुने बताएका छन् ।

फाइनलमा पोर्चुगल र अर्जेन्टिना

मोरिन्होको भविष्यवाणी अनुसार फाइनलमा यो शताब्दीकै दुई उत्कृष्ट खेलाडीको भेट हुनेछ, क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी । अर्थात रुस विश्वकपमा सबैलाई पछि पार्दै रोनाल्डोको पोर्चुगल र मेस्सीको अर्जेन्टिना फाइनलमा पुग्ने छन् ।

फाइनल यात्राका लागि पोर्चुगलले सेमिफाइनलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई हराउने उनको प्रेडिक्सन छ । यस्तै अर्जेन्टिनाले यसअघिको फाइनलमा बेहोरेको हारको बदला जर्मनीसँग सेमिफाइनलमा लिएर अन्तिम यात्रा तय गर्ने उनको भविष्यवाणी छ ।

ब्राजिलले जर्मनीलाई हराएर तेस्रो स्थान लिने मोरिन्होले प्रेडिक्ट गरेका छन् ।

यसअघि मोरिन्होले स्टार स्ट्राइकर रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल सेमिफाइनलसम्म पुग्ने बताएका थिए । सेमिफाइनलमा पुग्नका लागि पोर्चुगलले क्वाटरफाइनलमा फ्रान्सलाई हराउने उनले बताएका छन् ।

पोर्चुगलले दुई वर्षअघि घरेलु मैदानमै फ्रान्सलाई हराउँदै युरोकप फुटबलको उपाधि उचालेको थियो । मोरिन्होका अनुसार पोर्चुगलले फेरि फ्रान्सलाई हराउने छ ।

मोरिन्होका अनुसार ब्राजिल इंग्ल्याण्डलाइ हराएर सेमिफाइनलमा पुग्ने छ । अर्को तर्फ लियोनल मेस्सीको टिम अर्जेन्निटनाले स्पेनलाई हराएर अन्तिम चारको यात्रा तय गर्ने उनले यसअघि प्रेडिक्ट गरेका थिए ।

त्यस पछिको प्रेडिक्सनमा पोर्चुगल र अर्जेन्टिना अघि बढ्ने मोरिन्होले बताएका हुन् । उनले फाइनलमा कसले जित्छ भन्ने चाहिँ प्रेडिक्ट गरेका छैनन् ।

तर फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने र त्यसमा रोनाल्डो र मेस्सीको भूमिका महत्वपूर्ण हुने उनले बताएका छन् । रोनाल्डो पेनाल्टीमा गोल गर्न माहिर मानिन्छन् । मेस्सीले दुई वर्षअघि कोपा अमेरिकाको फाइनलमा चिलीसँगको खेलमा पेनाल्टी गुमाएका थिए । -एजेन्सी

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय