बाख्रोलाई भैंसी देख्ने अोलीको ‘नौलो राष्ट्रवाद’
पवनराज फुयाल
नेपाली कम्यूनिष्ट आन्दोलनका प्रखर बक्ता भनेर चिनिने ब्यक्ति मदन भण्डारीले पञ्चायतपछिको प्रजातान्त्रिक अभ्यास सुरू हुदा संबैधानिक राजतन्त्रको परिधिभित्र परम्परागत प्रजातान्त्रिक प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसको बीचमा पार्टीको अस्तित्व कसरी जोगाईराख्ने भनेर केही नौलो बिचारको आविष्कार गरे । जसलाई अहिलेको नेकपा एमालेले “मदन भण्डारीको बहुदलीय जनवादको नाममा पार्टीको मार्गनिर्देशक सिद्धान्त मानिआएको छ ।
२०६३/६४ यता जब माओवादी शान्ति प्रक्रियामा आएपछि एमाले र माओवादी पार्टीबीचको बैचारिक राजनीतिक टकरावले हाल देश नै गम्भीर चुनौतिमा फसेको छ । संबिधान निर्माण प्रकृयादेखि अहिले संबिधान कार्यान्वयनको चरणमा आउदासम्म दुई पार्टीको अन्तरबिरोधी र मतभिन्नता चरम उत्कर्षमा पुगेको छ । लगभग अबको चुनावसम्म दुईमध्य एक पार्टीको अस्थित्व नै संकटमा पर्ने अवस्थासम्म आईपुग्दा बर्तमान राजनीतिक बृतका एकदमै चतुर खेलाडी सावित नेकपा एमालेका अध्यक्ष केपी ओलिले दोस्रो संबिधानसभा अगाडिनै छिन्नभिन्न र कमजोर बनेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड बिरुद्ध प्रचण्डकै जनयुद्धकालिन राष्ट्रवादी अश्त्र प्रहार गरेका छन् ।
भारतिय बिस्तारवाद जस बिरुद्ध हिजो प्रचण्डले हतियार उठाएको भनेका थिए आज परिस्थिति यस्तो बनिदियो कि त्यहि राष्ट्रवादको उल्टो प्रहारले प्रचण्डलाई सिध्याउन केपी ओली लागिपरेका देखिन्छन् । हिजो शान्ति प्रक्रिया, संबिधान निर्माण र केही महिना अघिसम्मका सत्ता साझेदार प्रचण्ड बिरुद्ध केपी ओलीले आविष्कार गरेको यो “नौलो राष्ट्रवाद”! साच्चिकै “नौलो राष्ट्रवाद”!!
‘हिजो भारतीय दुतावासबाट करोडौं पैसा लिएर पार्टी चलाउने उनकै भारूमा चिल्ला गाडीमा सयर गर्ने आज एक्कासि गरेको बिरोध कसको बिरुद्ध? साच्चिकै भारतीय बिस्तारवाद बिरुद्ध या प्रचण्ड र शेरबहादुरको सत्ता बिरुद्ध सिमित ?’
प्रचण्डबाट जबर्जस्ती खोसेर प्रचण्डकै बिरुद्ध प्रयोग गरिएको अश्त्र नक्कली बनावटी र भ्रामक छ जुन हिजो उनीलाई चाहिएको थिएन तर आज शख्त जरुरत पर्नाको कारण संकास्पद र विस्वासयोग्य देखिएन । यो एमालेको पुरानै चरित्र हो आफ्नो खास एजेन्डामाभन्दा नि जतिबेला जे भनिदिँदा जनतालाई भ्रममा पार्न सकिन्छ त्यहि अश्त्र प्रयोग गर्ने ! हिजो देशमा गणतन्त्रको बहस हुँदा बयलगाढा चढेर अमेरिका पुग्ने सपनाको संज्ञा दिने तर देश गणतन्त्रमय भए पछि गणतन्त्रै आफुले ल्याएको भन्दिने ! हिजो ०४७ सालको संबिधान नै विश्वको उत्कृष्ट भन्ने एमाले आज नयाँ संबिधान आफ्ना कारणले आएको भनिदिन पछि नपर्ने ! हिजो पटकपटक प्रतिगमन सच्चिएको भनेर दाम चाढाउने एमाले राजसंस्थै आफुले फालेको भनिदिने ! हिजो महाकाली लगायत नदिनाला भारतलाई बेचेर देशलाई धनी बनाउने सपना देखाउने एमाले आज जनतालाई देखाउन उग्रराष्ट्रवादको चरित्र प्रदर्शन गर्ने ? हिजो भारतीय दुतावासबाट करोडौं पैसा लिएर पार्टी चलाउने उनकै भारूमा चिल्ला गाडीमा सयर गर्ने आज एक्कासि गरेको बिरोध कसको बिरुद्ध? साच्चिकै भारतीय बिस्तारवाद बिरुद्ध या प्रचण्ड र शेरबहादुरको सत्ता बिरुद्ध सिमित ?
सत्ताबाट बाहिरिनासाथ एमालेका कथित राष्ट्रियतावादी हर्कतहरू छरपस्ट भएका छन् । हिजो जसले उनलाई काँध हालेर प्रधानमन्त्रीको कुर्सीमा बसाए उनलाई बधाई दिनु त परै जावस उनिसँग हात मिलाउन र भेट्नु पनि राष्ट्रघाती भनेर आउदा दिनका आवस्यक सहकार्य र सहमति गर्ने नैतिक ढोका नै बन्द गरिदिए । भलै भारतले उनलाई नरुचाएकोले हटाउन र हटेको हेर्न चाहेको बेला प्रचण्डलाई मौन समर्थन भारतले पक्कै गरेको बुझिएकै हो तर उनै प्रचण्ड संसदको प्रमुख ठुलो दलको समर्थनमा प्रधानमन्त्री बन्दा कसरी रातारात राष्ट्रघाती भए? यसैबाट प्रष्ट हुन्छ केपी ओलीको राष्ट्रियताको नारा खोक्रो आडम्बर र सत्ताबाट ओर्लिनु पर्दाको चरम प्रतिशोध मात्रै हो भन्ने कुरा ।
संबिधान जारी गर्दा र केपी ओली आफैँ प्रधानमन्त्री हुदादेखि नै असन्तुष्ट मधेसीको माग संबोधन गरेर संबिधानको स्विकार्यतालाई बढाउदै संबिधान कार्यान्वयन र विभिन्न तहका चुनावहरु गर्ने बटमलाईन अहिलेका प्रमुख दलहरूको हैन र? त्यसैको लागि ओलीले पटकपटक वार्ता र संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेकै हुन लगत्तै प्रधानमन्त्रीको कुर्सीबाट हट्नु परेपछि त्यहि प्रस्ताव राष्ट्रघाती र भारतको माग कसरी भयो ?
एमालेले केहि समय अघि प्रचण्डले संसदमा प्रस्ताव गरेको संशोधनका हरेक बिषयलाई कथित राष्ट्रियतासँग जोडेर झनै गैरजिम्मेवार प्रबृत्तिलाई निरन्तरता दिईरहेको छ:
नागरिकता सम्बन्धि ब्यवस्था पुरानै अन्तरिम संविधानमा भएको ब्यवस्था गर्न लागिएकोलाई बङ्ग्याएर भारतीयलाई देशका प्रमुख पदहरू दिन लागेको राष्ट्रघाती कुप्रचार गरिरहेको छ । ५ नम्बर प्रदेशको सिमांकनका सम्बन्धमा त आज प्रचण्डले प्रस्तावित गरेको सिमाना हिजो एमाले आफैँले प्रस्ताव गरेको थियो । आज त्यहि कुरा गरेर मधेसको असन्तुष्टि साम्य पार्न प्रयास गरिँदा कुन नैतिकताले दियो एमालेलाई तराईका जिल्ला भारतलाई बुझाउन लागेको भनेर होहल्ला गर्न ? यद्यपि प्रदेशको सिमांकन र बिभाजन न हिजोको एमाले सहितका सबै दलले ल्याएको सात प्रदेश या अहिले प्रचण्डले प्रस्ताव गरेको परिमार्जन नै जनताको भावना अनुसार छ! वास्तवमा संघीयताको मोडल नै जनताको सम्बृध्दिको चाहना अनुसार छैन । मात्रै अहिलेको केन्द्र सत्तामा हालिमुहालि गर्न नपाएकाहरूलाई भोलि शक्तिशाली छोटेडन भएर राज गर्ने अनि सत्ताको केन्द्रमा रहनेलाई डनहरूको राजा बन्ने महत्वकांक्षा अनुसार संघीयता जबर्जस्ती लादिएको हो ।
‘त्यसैका लागि त्यहीँका धेरै जनता र स्वयम् सत्तारूढ काङ्ग्रेस र माओवादीकै नेताहरू पनि सडकमा छन् । तर एमालेको जोड यो वास्तविकतामा भन्दा पनि राष्ट्रियतामा भएको छ । तर एमालेको भनाई पहाडबाट अलग गरिएका जिल्लाहरू भारतलाई बुझाउन लागिएको भनेर जनताको सेन्टिमेन्ट र स्वयं राष्ट्रियतामाथि नै गम्भीर चुनौति दिने खालको छ ।’
५ नं पदेशको सन्दर्भमा प्रचण्डले हिजोकै एउटा सहमति बमोजिमको हेरफेर गर्दा जनचाहनाको नेतृत्व एमालेले गर्नु ठिक तर देश नै बेच्न लागेको भन्दा देश बेचेको भागिदारी आफुपनि हुन तयार हुनुनपर्ने गरि कोकोहोलो मच्चाउनु नक्कली उद्देश्यका लागि हो भन्ने बुझिन्छ । खास कुरा के हो भने बुटवल दाङ लगायतका तराई बेल्टमा पर्ने ठाँउहरूबाट त्यहाँका रुकुम रोल्पा र अर्घाखाँची जस्ता पहाडी जिल्लाहरुलाई अलग गर्दा जनतालाई मर्का पर्ने र असुबिधा हुनसक्ने कुराको चासो हो जुन एकदमै स्वभाविक छ । त्यसैका लागि त्यहीँका धेरै जनता र स्वयम् सत्तारूढ काङ्ग्रेस र माओवादीकै नेताहरू पनि सडकमा छन् । तर एमालेको जोड यो वास्तविकतामा भन्दा पनि राष्ट्रियतामा भएको छ । तर एमालेको भनाई पहाडबाट अलग गरिएका जिल्लाहरू भारतलाई बुझाउन लागिएको भनेर जनताको सेन्टिमेन्ट र स्वयं राष्ट्रियतामाथि नै गम्भीर चुनौति दिने खालको छ ।
यसले के निहुँ पाऊँ भनेर बसेका राष्ट्रघातीहरूलाई नै मलजल पुगेको छ । यस्तै हो भने सप्तरीदेखि सिराहसम्मको पहाडरहित भुभागलाई पनि केपी ओलीले भारतकै इसारामा हस्ताक्षर धस्काउनु भएको रहेछ भन्नुपर्यो । भाषाका सम्बन्धमा भाषा आयोगको सिफारिसमा मातृभाषाहरुलाई संविधानको अनुसूचीमा सामेल गर्ने भनिएको छ । र, सरकारी कामकाजको भाषा कुन प्रान्तमा के हुने मिलाउन सक्ने भनिएको छ । तर एमालेले यसै बिषयलाई हिन्दीलाई राष्ट्रिय भाषा बनाएर राष्ट्रघात गर्न खोजिएको बताउने गरेको छ । अब उहाँहरूले नै बताइदिनुपर्यो कहाँबाट आउछ नेपालमा हिन्दी भाषाको कुरा? यस्ता भ्रामक हावादारी कुराको खेती गरेर बनेको राष्ट्रवादी चरित्र कतिन्जेल टिक्ला बिचार गरौँ?
सरकार वा कुनै पक्षबाट कमिकमजोरि हुनसक्छन भनेर सचेत गराउने दायित्व प्रतिपक्षी धर्म हो तर के यस्ता दुस्प्रचार गरेर भोलिका दिनमा यी सबै राष्ट्रघाती आरोप गलत साबित हुँदै गएपछि के तर्क गरेर आफ्नो राजनीतिक मुखुण्डो जनतासामु देखाउने ? जहाँजहाँ एमालेले चुनौतिपुर्ण र गम्भीर आरोप लगाएको छ त्यहिँ आरोपहरू खण्डित हुँदै गइरहेका छन् । यस्तो राष्ट्रवाद पक्का पनि सक्कली हुनै सक्दैन । र यो राष्ट्रियता वनावटी हो सत्ताबाट बहिर्गमन हुनुपर्दाको छट्पटी मात्रै हो भन्ने कुरा स्वयम् एमालेका अतिरञ्जित कपोलकल्पित र बिबादास्पद आरोपहरुबाटै प्रष्ट भईरहेका छन् । यस्तो लाग्छ राष्ट्रियता केपी ओलीको ठेक्का हो अरु कसैलाई नेपाल र नेपाली हुँ भन्ने छैन जुन हिजो उनलाई कहिले पनि चाहिएको थिएन ।
‘यस्तो जटिल बिषयमा जथाभावी बोल्ने ओली र एमालेले आफ्नो हिजोको कालो पोतिएको अनुहार पनि हेर्ने कि ।’
तर आज राष्ट्रियताको नारा यसरी उठाइरहेका छन् कि सरकार र प्रचण्डले लोडसेडिङको अन्त्य गर्छु भनेपनि राष्ट्रघात देख्न लागे, फास्ट ट्रयाक आफैँले बनाउछु भने नि राष्ट्रघात या भारत लगायत छिमेकीसँगको बिग्रेको सम्बन्ध सुधार गर्छु भनेनि राष्ट्रघात, हुदाहुदा मधेस र मधेसीका मागहरू सम्बोधन गर्ने बिषयलाई नि राष्ट्रियतासँग जोड्ने केपी ओलीको नौलो राष्ट्रवाद!
राष्ट्रियताको कुरा उठाउदा हामी आफैँ झुक्नुपर्ने अवस्था नआओस् । यस्तो जटिल बिषयमा जथाभावी बोल्ने ओली र एमालेले आफ्नो हिजोको कालो पोतिएको अनुहार पनि हेर्ने कि । आफ्नो घर मजबुत बनाउने प्रचण्डले गलत गरे सच्याउने उपायहरू धेरै छन् तर एकजना प्रचण्डको बिरोध गर्दा तीन करोड नेपाली जनताको स्वाभिमान माथि चोट पुर्याउनु गलत भयो । एकातिर एमालेको अन्ध राष्ट्रवादको बौलठ्टी हुटहुट र अर्कातिर पुरै तराईलाई छुट्टै प्रदेश दिनुपर्ने अमुक र वास्तवमै राष्ट्र बिरोधि नारा मधेसवादी भनेर चिनिएका केही कथित मधेसी जनताका प्रतिनिधी हुँ भन्ने मुठ्ठीभर नेताहरूका कारण राष्ट्रियता गम्भीर खतरामा परेको अवस्था छ ।
व्यक्तित्व र परिस्थिति जेजस्तो भएपनि जोखिमपूर्ण र पछिल्ला उपलब्धिहरूलाई हेर्ने हो भने केपी ओलीभन्दा प्रचण्डको योगदान र त्याग महत्त्वपूर्ण रहेको छ । राजतन्त्रको अन्त्य, गणतन्त्र र संबिधानमा केपी ओलीभन्दा प्रचण्डको योगदान अहम छ । यसैपनि देश गणतन्त्रमय हुँदाहुँदै नै केपी ओलीले बयलगाढाका तुक्का जोडेर गणतन्त्रको उपहास गरेका थिए र केही महिनाअघि मात्रै पनि संघीयता बाख्रोलाई भैँसीको टाउकोको संज्ञा दिएका थिए । वास्तवमा भन्ने होभने गणतन्त्र प्रचण्डले सबैलाई लटरपटर बनाएर आएको हो । केपी ओलिहरूले आजका धेरैजसो उपलब्धिहरू तत्कालीन अबस्थामा बाध्यताले स्विकार गरेका थिए ।
‘चीनसँग पारबहन लगाएतका सम्झौता गरिनेछ भन्ने कुरा मात्रै भएका हुन तर काम शुन्य रहेको हो । संबिधान जारी गरेदेखि नै असन्तुष्ट मधेसी दलहरुलाई सहमतिमा ल्याउनको सट्टामा बिहार भारत र मोदीसँग माग राख भन्ने आशयको ओलीको बारम्बारको प्रतिक्रियाले समग्र मधेसी जनताले नै मन खिन्न भई तराई र पहाडबीच मै दुरी बढेको छ ।’
उखान र तुक्का जोडेर जस्तोसुकै गम्भीर बिषयलाई पनि हावामा उडाउने चतुरकलामा माहिर केपी ओलीले यहि कलाका कारण पछिल्लोपटक प्रधानमन्त्रीको कुर्सी छाडेपछि पनि यस्तै हावादारी भ्रामक होहल्ला गरेर आफ्ना कार्यकर्ताहरूमाझ लोकप्रियता कमाउनेमा निरन्तरता पाएका छन् । संबिधान जारी गरेपछि भद्र सहमति बमोजिम प्रधानमन्त्री पाउने आशामा शासकिय स्वरूप लगाएतका जटिल र महत्वपूर्ण बिषयमा धेरै आफ्नै पार्टीको मान्यता र घोषणा बिपरित प्रचण्डलाई बाईपास गरेर नेपाली काङ्ग्रेसको एजेन्डामा हस्ताक्षर धस्काउनमा हतारहतार गरेर आफूले संबिधान जारी गरेकोसम्म भन्न भ्याउने खेलाडीलाई शुसिल कोईरालाले नछाडेपछि उनै प्रचण्डले एमालेलाई तेस्रोपटक नयाँ प्रधानमन्त्रीको रूपमा केपी ओलीलाई काँध हाले । जतिबेला नेपाली जनतालाई भारतले लगाएको नाकाबन्दीले जरजर बनाएको थियो ।
त्यसबेला पनि प्रचण्डले हामी कसैका एसम्यान हैनौ भनि केपी ओलीको दायिना भएर काम गरेका कारण रातारात केपी ओली राष्ट्रबादी बन्न पुगे । यसबिचमा उनले घरघरमा ग्याँस पाइपलाई जोडिदिने, पहाडी रेल बनाउने, पानी जहाज किन्ने आदि जस्ता दिर्घकालीन योजना र सुझबुझपुर्ण बिषयलाई क्षणिक हावादारी तरीकाबाट उखान तुक्का मिलाउने नियतले हल्ला फैलाए । चीनसँग पारबहन लगाएतका सम्झौता गरिनेछ भन्ने कुरा मात्रै भएका हुन तर काम शुन्य रहेको हो । संबिधान जारी गरेदेखि नै असन्तुष्ट मधेसी दलहरुलाई सहमतिमा ल्याउनको सट्टामा बिहार भारत र मोदीसँग माग राख भन्ने आशयको ओलीको बारम्बारको प्रतिक्रियाले समग्र मधेसी जनताले नै मन खिन्न भई तराई र पहाडबीच मै दुरी बढेको छ ।
अन्तत: सत्ता साझेदार प्रचण्डसँग गरेको भद्र सहमति नै गरेको हैन भनेर चिड्याए पछि प्रचण्डले समर्थन फिर्ता लिइका थिए जसका कारण पदबाट हट्ने अबस्था आएको थियो । अनि केपी ओलीले प्रचण्ड र माओवादी नामको बर्ग दुश्मनसँग लड्ने नयाँ औजार र सिद्धान्तको प्रतिपादन गरे त्यहि हो केपी ओलीको “नौलो राष्ट्रवाद” !
‘प्रचण्डले हिन्दीलाई राष्ट्रभाषा बनाउदैछन्, अंगीकृतलाई देशका प्रमुख अंगमा अधिकार दिदैछन्, फास्ट ट्रयाक लगाएतका राष्ट्रिय महत्त्व र गौरवका आयोजना भारतलाई सुम्पिदैछन् भन्ने कपोलकल्पित भ्रमहरू फैलाएर आफुलाई नक्कली राष्ट्रवादी भएको प्रमाण आफै दिदैछन् ।’
हिजो सत्ता साझेदार रहँदा प्रचण्ड खुब राष्ट्रबादी थिए उनकै दायाँबायाँ बसेर चर्काचर्का भाषण गरेर भारतलाई गाली गर्ने केपी ओली प्रचण्डले साथ छाड्नासाथ भारतलाई गर्ने गाली र आरोपहरू प्रचण्डमाथि बर्साउन पुगे । हिजोसम्म कट्टर राष्ट्रवादी प्रचण्ड केपी ओलीलाई समर्थन फिर्ता दिनासाथ दलाल र राष्ट्रघाती बने । र प्रचण्डले प्रधानमन्त्रीको पद पाउनासाथ देश भारतलाई जिम्मा लगाइदैछ भन्ने आरोप प्रचण्ड माथि तेर्स्याएका छन ।
यसैबीच केही बिषयहरू अहिले राजनीतिक बृतमा बिवादास्पद बनेका छन् जुन बिषयहरूलाई लिएर प्रचण्डको व्यापक आलोचना हुने अवस्था समेत पैदा भएको छ । प्रचण्डले हिन्दीलाई राष्ट्रभाषा बनाउदैछन्, अंगीकृतलाई देशका प्रमुख अंगमा अधिकार दिदैछन्, फास्ट ट्रयाक लगाएतका राष्ट्रिय महत्त्व र गौरवका आयोजना भारतलाई सुम्पिदैछन् भन्ने कपोलकल्पित भ्रमहरू फैलाएर आफुलाई नक्कली राष्ट्रवादी भएको प्रमाण आफै दिदैछन् । जबकि यी बिषयहरू प्रचण्डले आफ्नो र सरकारको एजेन्डा हैन भनि प्रष्ट पारिसकेको अवस्था छ र यससम्बन्धी केही सकारात्मक र जनपक्षीय कार्यहरूको थालनीको सुरुवात प्रचण्डले गरिसकेका छन् ।
हुनत सरकारमा हुनेलाई कठपुतली दलाल भन्ने चलन नयाँ हैन तर यसपटक एमालेले प्रदर्शन गरेको राष्ट्रवाद नौलो र अन्तिम अश्त्रको रूपमा लिएको छ । यसको मुख्य कारण माओवादी र प्रचण्डको कमजोर बन्दै राजनीतिक साख: समाप्त गरेर प्रचण्डका कारण गुमेको आफ्नो पुरानो बर्चस्व फिर्ता गर्नु हो । शान्ति प्रकृयालाई टुंगो लगाउने क्रममा प्रचण्डले धेरै सम्झौताहरू गर्नुपरेको थियो जसको मूल्य ठुलै चुकाउनुपर्यो । यसको फाईदा प्रत्यक्ष रूपमा एमालेले उठाईरहेकै छ ।
जतिसुकै राष्ट्रवादी चरित्र देखाएर आरोप प्रत्यारोप गरेपनि संबिधानको कार्यान्वयन र संशोधन र आगामि चुनाव लगायतका कार्यहरू सम्पन्न गर्न कम्तिमा सबै प्रमुख राजनितिक दलहरुले सहमति गर्नुको बिकल्प नभएको अवस्था र हाम्रो भुराजनितिक जटिलका कारण प्रतिपक्षमा रहँदा सत्तापक्षलाई दलाल, कठपुतली र राष्ट्रघातिको आरोप लगाउने सन्दर्भलाई ख्याल गरि एमाले र केपी ओलीले राष्ट्रियताको नाममा आफ्नै स्वाभिमानमै ठेस पुग्नेखालका अभिव्यक्ति बन्द गर्दै भोलिका दिनमा पुनः यिनै राष्ट्रघाति भनिएका प्रचण्ड र शेरबहादुरहरुसँग सहमति र सहकार्य गर्ने नैतिक धरातल नगुमाई संसद र सडकमा रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न आवस्यक छ । यसबाट एकातिर अस्थिरता र आन्तिरिक द्वन्द्वका कारण आफ्नो स्वार्थमा खेल्न चाहने वाह्य शक्तिहरु निरुत्साहित हुनेछन् भने अर्कातिर आन्तरिक एकता मजबुत भई सबैले चाहेको संबिधानको कार्यान्वयन हुनेछ । जसले लामो झन्झटिलो खर्चिलो सङ्क्रमणकालको अन्त्य भई आर्थिक सम्बृध्दितर्फ जान सकिन्छ ।
लेखक कतारमा आईटी इन्जिनियरको रूपमा कार्यरत छन्
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।
गणतन्त्र दिवस–२०८३: गणतन्त्रको रक्षा, सामाजिक न्याय र समृद्धिका लागि प्रचण्डद्वारा एकतामा जोड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक शक्ति तथा नागरिकबीच एकता आवश्यक रहेको बताउनु भएकाे छ । गणतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा प्रचण्डले न्याय, समानता र स्वतन्त्रताका पक्षधर सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभएकाे छ । उहाँले संविधानले सुनिश्चित गरेको गणतान्त्रिक व्यवस्था कुनै व्यक्ति वा राजनीतिक दलको मात्र नभई परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको स्पष्ट गर्दै संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्न नहुने बताउनु भएकाे छ । संविधानको मूल मर्मबाट पछि हट्ने वा लोकतान्त्रिक उपलब्धिलाई कमजोर पार्ने प्रयासप्रति सचेत रहन आग्रह गर्दै उहाँले परिवर्तनका उपलब्धिको रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएकाे छ । प्रचण्डले संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार गर्दै राज्य सञ्चालन प्रक्रियामा विद्यमान परम्परागत परिपाटी तथा स्वेच्छाचारिताको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनु भएकाेएकाे छ । जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको वास्तविक सम्मान हुने उहाँको भनाइ छ। सन्देशमा उहाँले “गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो” भन्ने धारणा दोहोर्याउँदै समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएकाे छ । उपेक्षित, उत्पीडित वर्ग, समुदाय तथा क्षेत्रका अधिकारलाई थप मजबुत बनाउनु आजको आवश्यकता भएको उहाँको भनाइ छ। देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धितर्फ अग्रसर गराउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माणलाई साझा राष्ट्रिय संकल्पका रूपमा अघि बढाउनुपर्ने बताउनु भएकाे छ। राजनीतिक मतभेद र संसदीय अंकगणित फरक भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्यको संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको बताउनु भएकाे छ। उहाँले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएकाे छ। गणतन्त्र दिवस–२०८३ को अवसरमा जारी शुभकामना सन्देशको अन्त्यमा प्रचण्डले सम्पूर्ण नेपाली जनतामा पुनः हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ।

