भारतीय राजदूतको अस्वाभाविक दौडधूप किन ?
काठमाडौं, पुस २३ । नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनै लाग्दा नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीको अस्वाभाविक दौडदूध देखिएको छ ।
वाम गठबन्धन भत्काउने उद्देश्यले देशी तथा विदेशी शक्तिबाट चलखेल भइरहेको वाम गठबन्धनका नेताहरुले नै बताउँदै आएका बेला पुरीको दौडधूपले थप आशंका बढाएको हो ।
प्रमुख दलका नेतालाई भेटेर दिल्ली
पुरीले पुस ५ गते दिल्ली उड्नुअघि एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुटाछुट्टै भेटघाट गरेका थिए ।
पुरी दिल्ली पुगेसँगै ६ गते साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेका थिए । सो फोनपछि राजनीति पेचिलो बन्दै गएको एक वाम नेताले बताए ।
मोदीले तीन नेतालाई फोन गरेर के कुरा गरे भन्ने खुल्न सकेको छैन । मोदीको फोनपछि गठबन्धनका नेताद्वय ओली र प्रचण्डले सोही राती एक वजेसम्म बालकोटमा छलफल गरेका थिए ।
मोदीको फोन पछि नै काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डलाई बोलाएर पाँच वर्षका लागि प्रधानमन्त्री बन्नका लागि ‘अफर’ विषय पनि बाहिर आएको थियो ।
यही सेरोफेरोमा आन्तरिक रुपमा दलहरु धु्रवीकरण गर्दै सत्ताको चलेखलमा लागेको बताइन्छ ।
ओलीको उपेन्द्रसँग अर्थपूर्ण छलफल
ओलीलाई भेटेर जब मन्जिभ सिंह पुरी दिल्ली उडे, त्यसपछि नै सप्तरीमा रहेका उपेन्द्रलाई बोलाएर ओलीले छलफल समेत गरेका थिए ।
ओलीले उपेन्द्र यादवसँग बालकोटमा छलफल गरेपछि राजनीतिमा एकखालको तरङ्ग पैदा भयो । र, दिल्लीबाट फर्के लगतै राजदूत पुरी पुनः सक्रिय भएका थिए । पुरी सक्रिय भएपछि एमालेसँग नजिक हुन चाहेका मधेशी दलका नेताहरु पनि टाढिए र लोकतान्त्रिक गठबन्धनतिर ढल्किए ।
यही क्रममा गठबन्धनमा समस्या भएको भन्नेसम्मको हल्ला फैलिएसँगै एमाले अध्यक्ष ओलीले चितवनमा रहेका प्रचण्डलाई फोन गरेर राजधानी फर्किन आग्रह गरेका थिए । प्रचण्डले उनको आग्रहलाई स्वीकार त गरे तर त्यही दिन फर्केनन् । ओलीले प्रचण्डलाई फोन गरेको तीन दिनपछि मात्र उनी काठमाडौ फर्के । पुस ११ गते फर्केका प्रचण्ड र ओलीबीच त्यही दिन भेटघाट हुने कुरा भनिएपनि १२ गतेमात्र सम्भव भयो ।
पछिल्लो समय पनि ओली र प्रचण्डबीच निर्णायक वार्ता हुन सकिरहेको छैन । आजै ओली र प्रचण्डबीच भेटवार्ता हुने तय भएको भनिएपनि त्यो सम्भव भएन । चितवनमा रहेका प्रचण्ड आज फर्किने तय भएको भनिएपनि प्रतिकूल मौसमका कारण उतै रोकिएको उनका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बताए ।
भारतीय राजदूतको सक्रियता किन ?
भारतीय दूतावासका एक अधिकारीले रातोपाटीसँग भने, ‘शुरुमा भारतलाई लागेको थियो कि वाम गठबन्धन बन्छ, उसैले सरकार बनाउछ । तर पछि उनीहरुको बीचमा कुरा मिलेको छैन भनि थाहा पाएपछि राजदूत पुरी सक्रिय हुनुभएको हो । र त्यसमा काँग्रेसलाई पनि सक्रिय बनाइएको हो ।’
उनको दौडधूप यतिसम्म देखिएको छ कि कांग्रेस बैठक चलिरहेको बेला पुस १४ गते एकाएक देउवा भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सो क्रममा कांग्रेसका अन्य शीर्ष नेतासमेत राखेर प्रधानमन्त्री देउवासँग पुरीले छलफल गरेको स्रोतको दाबी छ ।
संयोग त्यही दिन ओली र प्रचण्डबीच पनि छलफल भयो । तर, छलफलबाट कुनै निष्कर्ष निस्केन । त्यसको एक दिनपछि प्रचण्ड र डा.बाबुराम भट्टराई बीच भेटघाट भयो । भेटघाटमा समसामयीक राजनीतिक अवस्थाको बारेमा मात्र कुरा भएको उनीहरुका सचिवालयले दावी गरेको छ ।
त्यसको भोलीपल्टै काँग्रेसका नेता डा.अमरेशकुमार सिंह राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई लिएर खुमलटारस्थित प्रचण्डलाई भेट्न उनकै निवास पुगेका थिए । जब कि त्यसअघि अध्यक्ष महतो र राजपा नेपालका संयोजक महन्थ ठाकुर लगायतका नेतासँग राजदूत पुरीले छुटाछुटै भेटघाट गरिसकेका थिए । भारतका निकट मानिएका सिंह महतोलाई लिएर प्रचण्ड निवास पुगेपछि राजनीतिकमा नयाँ तरङ्ग उत्पन्न भयो ।
प्रचण्डसँग के कुराकानी भएको भन्ने जिज्ञासामा महतो भन्छन्, ‘सरकार गठनको विषयमा होइन, मधेशको मुद्दाको विषयमा कुराकानी गर्न प्रचण्डलाई भेट्न गएको हो । सरकार जसको बनोस् तर सविधान संशोधन हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’
महतोले यस्तो बताएपनि मधेसी दलले लोकतान्त्रिक गठबन्धनलाई नै रुचाएको राजपाका एक शीर्ष नेताले बताए ।
ती नेताले रातोपाटीसँग भने, ‘हामी जहिले लोकतान्त्रिक गठबन्धनको पक्षमा थियौं, त्यो गठबन्धनसँग हालसम्म हाम्रो सहकार्य हुँदै आएको छ । त्यसैले हाम्रो चाहना भनेको लोकतान्त्रिक गठबन्धनकै सरकार बनोस् भन्ने हो र यसका लागि भित्रभित्रै गृहकार्य पनि भइरहेको छ ।’
पुस २० गते बालुवाटारमा भएको सर्वदलीय बैठकपछि प्रधानमन्त्री देउवाले मधेशवादी दलका नेताहरुसँग छुट्टै छलफल गर्नुको कारण पनि यही भएको उनको भनाई छ ।
सो लोकतान्त्रिक गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुनुको साथै राष्ट्रियसभाको चुनाव र प्रदेश प्रमुख नियुक्तिमा एमालेले गरेको अवरोधको बारेमा पनि कुराकानी भएको थियो ।
भारतीय दूत सुटुक्क नेपाल आएर फर्किए
शुक्रबार मात्रै राजपा अध्यक्ष मण्डलका नेताहरुले भारतीय विदेश मन्त्रालयमा नर्थ डेक्स हेर्ने सुधाकर दलेलसँग भेट गरेका छन् । उनी केहि दिन पहिला नेपाल आएको बताइएको छ ।
सुधाकर दलेलसँग राजपा नेताहरुको एकघण्टा छलफल भएको बताइएको छ । यसविषयमा महन्थ ठाकुरका सहयोगी सत्येन्द्र मिश्रसँग बुझ्दा गोप्य छलफल भएको भन्दै थप खुलाउन चाहेनन् ।
दलेलले काँग्रेस, माओवादी र एमालेका नेताहरुलाई पनि भेटेको बताइएको छ । उनी आजै दिल्ली फर्केका छन् ।
अखिल क्रान्तिकारीको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २३ औँ राष्ट्रिय सम्मेलन, दोस्रो चरणको निर्वाचन–२०८१ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले शुक्रवार केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरूको नामावली प्रकाशन गरेको हो । शनिवार (भोलि) हुने निर्वाचनका लागि अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् । अर्का दाबेदार विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तो छ उम्मेदवारका नामावली
जनतासमक्ष अध्यक्ष प्रचण्डको अपिल- 'हामी गल्ती सच्याउछौं, तपाईहरूले ८४ मा बहुमत दिनुहोस्'
दाङ। नेकपा (माओवादी केन्द्का) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गर्नुभएको छ ।माओवादी केन्द्रले तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो -'यो पटक म दशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु ।हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याछौं । तपाईहरुले पनि आफ्नै छोराछोरी त हुन नी भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौं । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने छ । सामाजिक विवेधको अन्त्य गर्नेछ । न्याय स्थापित गर्नेछ । आर्थिक समृद्धिमा देश अगाडि बढ्ने छ । तपाईहरुले जनयुद्धमा साथ दिनुभयो । शान्तिप्रक्रियामा साथ दिनुभयो । अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिनुहोस् ।अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाईमा तपार्इहरुको साथ चाहियो । तपाइहरुले त्यो साथ दिनुहुनेछ भन्ने विश्वास छ ।' तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफुले यसअघिका कमिकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टी प्रति सकारात्मक धारणा बन्दै गएको बताउनुभयो । सो सकारात्मक परिस्थिति सरकारबाट बाहिर निस्केपछि आफुले देशभर गरेको अभियानमा जनताले देखाएको माया, पार्टी प्रवेशको बाट पुष्टि भएको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो -'सरकारबाट बाहिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । म यो माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भए । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु । जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर आएको छ। देशभर विभिन्न पार्टीका नेता कार्यकता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ ।' माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठक र नेकपा एमालेको बैठकलाई जनताले तुलना गरेर हेर्ने गरेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो-'दुई ठुला कम्यिुनिष्ट पार्टीको केन्द्रीय समिति बैठक भरखरै सकियो जसमा माओवादी केन्द्रले फरक विचारलाई सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लग्यो। त्यती नै बेला एमालेको बैठकले भने फरक मत राख्नेहरु भिम रावल, विन्दा पाण्डे, उषाकिरण लगायतलाई कारबाहिको डन्डा चलायो । जनताले दुई पार्टीको केन्द्रिय समितिको बैठकलाई तुलना गरेर हेरेका छन् ।' माओवादी केन्द्रले पार्टीलाई लोकतान्त्रिक रुपमा सञ्चालन गर्नुका साथै माओवादी धारा र कम्यिुनिष्टहरुलाई एकताबद्ध गर्दै लैजाने उहाँले बताउनुभयो । विप्लव लगायतका पूर्वमाओवादी धाराहरुसँग पार्टी एकताका लागि भैरहेका छलफललाई तर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले उत अभियानलाई छिट्दै पूर्णता दिने समेत जानकारी दिनुभयो ।'माओवादी पार्टीहरुलाई एकताबद्ध बनाउने अभियान चलाइएको छ । त्यो अभियानले छिट्टै पूर्णता दिनेछौं ।'उहाँले भन्नुभयो आफुले रोष्टमबाट यो सरकार शुसानको डरले बनेको भनेर भनेको स्मण गर्दै सरकार लोकतन्त्रको भावना विपरित अपादर्शी ढग्गले बनेको बताउनुभयो।उहाँले भन्नुभयो -'मैले जसलाई अनुसन्धानको दायरामा ल्याउने प्रयास गर्दै थिए । ती नै बिचौलियको घरमा रातको १२ बजे सरकार गठनको सहमति बन्यो ।जनताको पक्षमा, सुशासन र समृद्धिको पक्षमा काम गरिरहेको मेरो नेतृत्वको सरकार ढालेर यो सरकार सुशासनको डरका कारण बन्यो । मैले सरकारमा रहेर आफ्नो अर्काको नभनीकै कारबाहीको प्रक्रिया अघि बढाए । अनुसन्धान खटिएका अफिसरहरुलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै देखिएपनि कारबाही अगाडि बढाउनु भने । म चुनौतिका साथ भन्न चाहान्छु । अहिले सकारको नेतृत्व गर्नेले मैले झै आफैलाई अनुसन्धान गरेर देखाउनू '
क्रान्तिमा आन्दोलित वर्गमा फर्किने एउटा संकल्प गरेका गरेका छौं : अध्यक्ष प्रचड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा जुन वर्ग र समुदाय आन्दोलित बन्यो सोही वर्ग र समुदाय तर्फ फर्किने संकल्प लिएर अगाडि बढेको बताउनुभएको छ । दाङका नेताहरु सहितकातुल्सिपुर-८ बटोलपुरस्थित सहिद परिवार भगवती चौधरीको घरमा पुगेका अध्यक्ष प्रचण्डले परिवार र स्थानीयलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । सहिद परिवारसँगको बसाईको क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो 'सबै सहिद र बेपत्ता परिवारमा मेरो तर्फबाट र पार्टीको तर्फबाट सम्मान व्यक्त गर्न चाहन्छु। एउटै परिवार छ छ जना ले सहादत प्राप्त गर्ने कुरा मार्मक रहेको कुरा हामीले महशुस गरेकै छौं।यहाँ उहाँका आमा बुवासँग भेट भयो । यस पटकको चाहिँ कार्यक्रमहरुमा पार्टीका साथीहरुले सहिद परिवारहरुसँग भेटघाट गराउने सहिदहरुलाई सम्मान गर्ने जो कार्यक्रम राख्ने गर्नुभएको छ । त्यसको लागि पनि म धन्यवाद दिन चाहान्छु । हिजो नेपागञ्जमा पनि सहिद परिवारकै घरमा खाना खाने व्यवस्था गरिएको थियो । हामीले क्रान्तिमा, जनयुद्धमा जुन वर्ग जुन समुदायको निम्ति भनेर क्रान्ति गर्यौ । आज त्यो वर्ग र समुदाय र तिनीहरुका माग तथा मुद्दाहरु अलिकति कमजोर जस्तो भएका छन् । अब सहिद परिवार, वर्ग समुदायका जे माग लिएर हामीले आन्दोलित गरेका वर्ग समुदाय र परिवार तर्फ फर्किने एउटा संकल्प गरेका गरेका छौं। अब हामी त्यही वर्ग र समुदाय तर्फ फर्किने अभियान अघि बढाएका छौं ।'
अध्यक्ष प्रचण्ड दाङमा
तुलसीपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ पुग्नुभएको छ। उहाँले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको छ। अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ। अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौ फर्कनुहुने छ।