माघी पर्व श्रम संस्कृतिबाट ओतप्रोत छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी पर्व श्रम संस्कृतिबाट ओतप्रोत रहेको बताएका छन् ।सोमबार काठमाडौंको टुंडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
सम्बोधन गर्दै प्रधानमन्त्रीले भने -‘नेपालका भूमिपुत्र थारू समुदायको आफ्नो मौलिक भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, लिपि तथा इतिहास छ, जुन इतिहास र संस्कृति प्राचीन उत्पादन सम्बन्धमा आधारित र श्रम संस्कृतिद्वारा ओतप्रोत मानिन्छ । अन्यन्तै कर्मठ र इमानदार जातिका रूपमा तपाईहरूले बनाउनुभएको छवि र पहिचानले नेपालका अन्य जाति जनजातिहरूलाई पनि श्रम संस्कृति र राष्ट्र निर्माणको पक्षमा सकारात्मक प्रेरणा र उर्जा प्रदान गर्दै आएको छ ।’
नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने उनले बताए ।
प्रधानमन्त्रीले वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्तावेज भएको कुरामा जोड दिँदै अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धीहरूसमेत गुम्नसक्नेतर्फ सम्पूर्ण नेपालीलाई सचेत गराए ।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘नेपालको संविधान देशमा विद्यमान राजनीतिक शक्तिहरूको सन्तुलन र सम्झौताको दस्तावेज भएका कारण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका महत्वपूर्ण मागहरू सम्बोधन भए पनि संविधानमा सम्पूर्ण अधिकार न्यायोचित ढंगले व्यवस्था गर्न सकिएको छैन । यसका लागि प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक पहल लिन आवश्यक छ।’’
सम्बोधनको पूर्णपाठ
सर्वप्रथम थारू समुदायको मौलिक प्राकृतिक एवं सांस्कृतिक पर्व माघीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका थारू समुदाय लगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालका भूमिपुत्र थारू समुदायको आफ्नो मौलिक भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, लिपि तथा इतिहास छ, जुन इतिहास र संस्कृति प्राचीन उत्पादन सम्बन्धमा आधारित र श्रम संस्कृतिद्वारा ओतप्रोत मानिन्छ । अन्यन्तै कर्मठ र इमानदार जातिका रूपमा तपाईहरूले बनाउनुभएको छवि र पहिचानले नेपालका अन्य जाति जनजातिहरूलाई पनि श्रम संस्कृति र राष्ट्र निर्माणको पक्षमा सकारात्मक प्रेरणा र उर्जा प्रदान गर्दै आएको छ ।
तपाईहरूको संस्कृति र परम्परा कृषि एवं श्रम संस्कृतिमा आधारित रहँदै आएको छ, जसबाट देशको उर्भर भूमि अपार सम्भावनामा परिणत भएको छ । त्यसकारण पनि तपाईहरूको मेहेनत र परिश्रम सिङ्गो देश निर्माणको महत्वपूर्ण आधारशीला रहिआएको छ । त्यही संस्कृतिको प्रवर्धन र विकासको रूपमा आज हामी माघी पर्व मनाउँदैछौँ, जुन तपाईहरूको सबैभन्दा ठूलो पर्वसमेत हो । यस पर्वले तपाईहरूबीच संस्कृतिको प्रवर्धन, समुदायको उत्थान र विकास एवं सामाजिक र पारिवारिक एकता र पुनर्मिलनको राम्रो अवसर मात्रै जुराएको छैन, सिङ्गो देशलाई एकताको सुत्रमा बाँध्न, एक–अर्काको संस्कृतिप्रति सम्मान व्यक्त गर्न एवं आन्तरिक राष्ट्रियता सुदृढ गर्दै स्वाधीन र समृद्ध नेपाल निर्माणका निम्तिसमेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

नेपालको राजनीतिक आन्दोलनमा थारू समुदायको महत्वपूर्ण योगदान रहँदै आएको छ । देशमा प्रजातन्त्रको स्थापना, निरंकुश एकदलीय पञ्चायती व्यवस्थाको अन्त्यका निम्ति मात्रै होइन, निरंकुश एवं सामन्ती राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा तपाईहरूको ठूलो सङ्घर्ष र बलिदान छ । सामन्ती राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापछि पनि आफ्नो पहिचान र अधिकारका निम्ति तपाईहरूले गर्नुभएको आन्दोलनले २०७२ सालमा जारी नयाँ संविधानलाई प्रगतिशील चरित्रको बनाउन बल पुगेको छ । तसर्थ, म यस ऐतिहासिक सन्दर्भमा लोकतन्त्र प्राप्तिको आन्दोलन, पञ्चायतविरोधी सङ्घर्ष, महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, थरूहट आन्दोलन लगायत न्याय, समानता र स्वतन्त्रताको आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण शहिदहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । अधिकार प्राप्तिको आन्दोलनका सम्पूर्ण योद्धाहरूमा सम्मान प्रकट गर्दछु ।
नेपालको संविधानको भाग २७ को धारा २६३ मा संवैधानिक थारू आयोगको व्यवस्था गरी सोहीमुताबिक आयोग गठन भई आयोगले आफ्नो कार्यसम्पादन समेत गरिरहेको छ ।
थारू आयोगका अध्यक्ष तथा सदस्यको योग्यता, पद रिक्त हुने अवस्था, पारिश्रमिक र सेवाका शर्तहरू र आयोगको काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्नका लागि व्यवस्थापिका संसदले थारू आयोग ऐन, २०७४ लागू गरिएको छ । ऐनको प्रस्तावनामा थारू समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्वद्र्धन तथा थारु समुदायको सशक्तीकरण गर्नका लागि ऐन बनाइएको प्रष्ट रूपमा उल्लेख गरिएको छ । यो आफैमा महत्वपूर्ण उपलब्धी हो ।
थारू आयोगले थारूसम्वद्ध नीति निर्माणका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने तथा सुझाव दिने, सरकारद्वारा संचालित नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र समुदायको सशक्तीकरणका लागि चेतनामुलक कार्यक्रम सञ्चालन समेत गरिरहेको छ ।
नेपालको संविधान देशमा विद्यमान राजनीतिक शक्तिहरूको सन्तुलन र सम्झौताको दस्तावेज भएका कारण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका महत्वपूर्ण मागहरू सम्बोधन भए पनि संविधानमा सम्पूर्ण अधिकार न्यायोचित ढंगले व्यवस्था गर्न सकिएको छैन । यसका लागि प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक पहल लिन आवश्यक छ । आजको यस ऐतिहासिक सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा व्यवस्था गरिएका अधिकारहरूको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक ढंगले प्रस्तुत हुन पनि म यहाँहरूमा अपील गर्दछु ।
अन्त्यमा, माघी पर्व २०८० ले थारू समुदाय लगायत सम्पूर्ण नेपालीहरूमा सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय सङ्कल्प र प्राथमिकतामा केन्द्रित हुन थप उत्प्रेरणा मिल्नेछ भन्ने विश्वासका साथ फेरि एकपटक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
जनतासँग माओवादी केन्द्रकाे मध्यपहाडी जनजागरण अभियान गाेरखा प्रवेश (फाेटाे)
गाेरखा । लम्जुङको बिदाइ संगै जनतासँग नेकपा (माओवादी केन्द्र) काे मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान लम्जुङबाट गाेरखा प्रवेश गरेकाे छ । अभियनकाे टाेलीमा रहुन भएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपाध्यक्ष हरू, महासचिव, गोरखामा आत्मिय स्वागत गरिएकाे छ । फाेटाे
सडकबाटै सरकार हटाउनु पर्ने हुनसक्छ : प्रचण्ड (फोटोसहित)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा बिहिबार आयोजित कार्यक्रममा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’को उद्घाटन गर्नुभयो। उहाँले युवा स्वयंसेवकहरूसँगै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने र सरसफाइ गर्ने कार्यमा सहभागिता जनाउनुभयो। कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले वाइसिएल नेपालको यो अभियानलाई माओवादी केन्द्रको ‘उत्पादन ब्रिगेड’को निरन्तरता र महत्वपूर्ण कदम भएको बताउनुभयो। “केन्द्रीय समितिको पहिलो बैठकमा मैले उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन दिएको थिएँ। यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक आधारसँग जोडिएको छ,” उहाँले भन्नुभयो। प्रचण्डले युवाहरूलाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो। संसदमा प्रतिपक्षको हैसियतले सरकारको भ्रष्टाचार र असफलता उजागर गर्दै आएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “यदि सरकारले भ्रष्टाचारलाई निरन्तरता दियो भने हामी सडक आन्दोलनमार्फत सरकार हटाउन बाध्य हुनेछौँ।” कार्यक्रममा माओवादी केन्द्र र वाइसिएलका युवाहरूको उल्लेखनीय सहभागिता थियो। वाइसिएल नेपालले देशभर ५५ स्थानमा यो अभियान सञ्चालन गरेको जनाएको छ। प्रचण्डले युवाहरूलाई उत्पादन, समृद्धि र स्वाभिमानी अर्थतन्त्र निर्माणमा अग्रपङ्क्तिमा उभिन प्रेरित गर्नुभयो।
मर्निङ वाक र स्थानीय परिकार ग्रहणसँगै समुदायसँग साक्षात्कार गर्दै प्रचण्ड
विराटनगर । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजोदेखि मोरङको जनभेटघाट अभियानमा रहनुभएको छ । उहाँ निरन्तर देशब्यापी जनघेटघाट अभियानमा रहनुभएको छ । अध्यक्ष प्रचण्डले आज बिहान विराटनगरमा ‘मर्निङवाक’ गर्नुभएको छ । उहाँ देशब्यापीरुपमा विभिन्न जिल्लामा पुग्दा त्यहाँ मर्निङवाकमा सहभागी भएर जनघेटमा लाग्ने गर्नुभएको छ । सोही क्रममा उहाँले आज विराटनगरको देखि सम्म मर्निङ वाक गरेर स्थानीय राजवंशी समुदायको लोकप्रिय खाजा भक्का ग्रहण गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा आज भक्काको दैनिकी सुरु गरेको जानकारी दिंदै दिनभरिजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने बताउनुभएको छ । उहाँले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर–१९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने, बिहान १० देखि ११ बजेसम्म होटल एसियाटिकमा न्यू सृष्टी दैनिकले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने, भेटघाट गर्ने र १ बजे मोरङको ग्रामथान गाउँपालिकाको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा सहभागी हुने कार्यक्रम रहेको छ । स्मरणीय छ, अध्यक्ष प्रचण्डले गत भदौ २९ गते ग्रामथानको सभालाई सम्बोधन गरेर स्थानीय तह उपनिर्वाचनको प्रचार सुरु गर्नुभएको छ । यो पालिका अध्यक्ष यसपटक माओवादी केन्द्रले जितेको छ । यसअघि तेस्रो बनेको पालिकामा जीत हात पार्नुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा रहेको छ ।
यस्तो देखियो कीर्तिपुरमा माओवादी केन्द्रको चुनावी सभा (फोटो फिचर)
तस्विरहरुः दीपक भण्डारी/एभरेष्ट दैनिक




पुष्पकमल दाहाल ‘प्रचण्ड’