माला कहिले हलुङ्गो हुन्छ ?
कैलाली, पुस २ । हरेक वर्षझै यस वर्ष पनि कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव सञ्चालन भइरहेको छ । यस क्षेत्रको विकास लागि विभिन्न माग राख्दै यो वर्ष पनि महोत्सवका प्रमुख अतिथिलाई गरुङ्गों फूलको माला लगाइएको छ । यसपटक विभिन्न मागसहित महोत्सवका प्रमुख अतिथि कैलाली क्षेत्र नंम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नारदमुनि रानालाई १६ किलोको फूलको माला लगाइएको हो । महोत्सवको पहिलो संस्करणमा प्रमुख अतिथिलाई २१ किलोको माला लगाइएको थियो । महोत्सव आयोजना हुन थालेको १२ वर्ष पुग्दा पनि प्रमुख अतिथिलाइ लगाइने मालाको तौल भने खासै घटेको छैन ।
१२ वर्षसम्म पाँच वटा माग मात्रै पूरा भएका छन् । राज्य उदाशिनताका कारण यहाँका प्रमुख मुद्दालाई गम्भीरताकासाथ नलिएका कारण अहिलेसम्म कमै समस्या समाधान भएको यस क्षेत्रका बासीन्दाको गुनासो छ । राज्यका प्रमुख तथा प्रतिनिधिलाई यहाँका मुख्य समस्याबारे महोत्सवमा जानकारी दिदा पनि उनीहरुले खासै ध्यान दिन नसकेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले बताए ।
उनले यो प्रदेशका मुख्य समस्याबारे महोत्सवका प्रमुख अतिथिलाई माग सहितको पत्र दिइने भए पनि १२ वर्षसम्म ५ वटा माग मात्रै पुरा हुन सकेको जानकारी दिए । महोत्सवले सात नम्बर प्रदेशका साझा एजेण्डालाई सालिन आन्दोलन मार्फत उठाएर राज्यलाई दवाव दिदैं आएको छ । तर, राज्यले भने सुदूरपश्चिमको निजी क्षेत्रले वर्षाैं देखि उठाउँदै आएको आर्थिक समृद्धिको मुद्दालाई राजनीतिक पार्टीहरुले आत्मसात गर्न नसकेको अध्यक्ष बोगटीले बताए ।
सुदूरपश्चिमका सम्भावनालाई मूर्त रुप दिन सरकारलाई दवाब र सहयोग पुगेको भए पनि समस्या समाधान गर्न भने त्यति चा“सो नदिएको उनको भनाई छ । सुदूरपश्चिम महोत्सवमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधामन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”, डा. बाबुराम भट्टराई, संविधानसभाका तत्कालीन सभामुख सुवास नेम्वाङ्ग, तत्कालिन राष्ट्रपति डा. रामवरण यादव लगायत विशिष्ठ व्यक्तिलाई माला पहि¥याइ सकिएको छ ।
अहिलेसम्म आयोजकले उठाएका मागहरुमध्ये गेटा विमानस्थल कालोपत्रे, अप्टिकल फाइबर लाइन जडान, सेती अचल अस्पतालमा सघन उपचार कक्ष संचालन, गेटा मेडिकल निर्माण पक्रीया प्रारम्भ, सुदूरपश्चिम विश्वविद्यालयको स्थापना सहित पाच वटा मात्र पुरा भएका छन् । तत्काल आवश्यक पर्ने मागहरु पुरा गर्न राज्यले अब ढिला गर्न नहुने कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष गजराज पाण्डेले बताए ।
प्रत्येक वर्ष राष्ट्र प्रमुख तथा प्रधानमन्त्री, दलका प्रमुख नेताहरुलाई ठूलो तौल भएका माला पहि¥याए पनि सुदूरपश्चिमका महत्वपूर्ण माग अझै पूरा भएका छैनन् । मागहरु पूरा हुने छाट नदेखिए पछि सरकारले सुदूरपश्चिमका जनताको भद्र र सालिन आन्दोलनको गरिमा आत्मसात गर्न नसकेको टिप्पणी यहाको नागरिक समाज र निजी क्षेत्रले गरेको छ । हिंसा नगरिकन रचनात्मक तरिकाले राखेका मागहरु सम्बोधन गर्नमा राज्यले अब ढिलाई गर्न नहुँनेमा यस क्षेत्रका बासीन्दाको जोड छ ।
अध्यक्ष प्रचण्ड दाङमा
तुलसीपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ पुग्नुभएको छ। उहाँले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको छ। अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ। अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौ फर्कनुहुने छ।
महाराष्ट्र रेल दुर्घटनामा परेका नागरिकको अभिभावकीय भुमिका पूरा गर्न प्रचण्डको आग्रह
काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाराष्ट्र रेल दुर्घटनामा परेका नागरिकको अभिभावकीय भुमिका पूरा नेपाल सरकारलाई गम्भिर ध्यानाकर्षण गराउनुभएको छ । हिजो भएको दुर्घटनमा सात जना नेपालीसहित नेपाली र भारतीय नागरिकको निधन र अरु थुप्रै घाइते भएको खबरले स्तब्ध बनेको बताउँदै अध्यक्ष प्रचण्डले दुर्घटनामा घाइते भएका आफ्ना नागरिकको उपचार तथा निधन भएका नागरिक र उनका परिवारप्रति सरकारले अभिभावकिय भुमिक निवार्ह गर्नुपर्ने बताउनुभएको हो । यस्तो छ सामाजिक सञ्जालमा उहाँले गर्नुभएको आग्रह
विस्तारै उकालो लाग्दै तापक्रम
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा केही दिनयता तापक्रम बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको छ। लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको बताइएको छ । न्यूनचापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्चचापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ। यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुईतीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने विभागका एक कमचारीले जानकारी दिए । विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ। न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ। बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ। २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ। आज न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ।यसपालि काठमाडौंको तापक्रम दुई डिग्रीसम्म झरेको थियो ।
उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाए : सांसद सापकोटा
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाउनुभएको छ। बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाउनुभएको हो। जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिष्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाइ एउटा कम्पनीले मात्रै छनोट गर्ने काम गरेकोमा सांसद सापकोटाले आपत्ति जनाउनुभयो। उहाँले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजनामा पनि नियम मिचिएको आरोप लगाउनुभयो। सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर प्राधिकरणमै मन्त्रीले कार्यकक्ष स्थापना गर्नु देशको बेइज्जती भएको उहाँको भनाई थियो । सरकार र मन्त्रीलाई उत्तरदायी बनाउने काम समितिले गर्नुपर्ने बताउनुभयो। सांसद सापकोटाले कुनै छलफल र परामर्श नगरी होटलमा समितिको बैठक बोलाइएकोप्रति आपत्ति जनाउनुभयो। सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटल गइरहनु नपर्ने बताउनुभयो। होटलमा बसेर जलश्रोत विधेयक रिराइट गर्नेगरी निर्णय गर्नु आपत्तिजनक रहेको बताउनुभयो ।