मेसीले पनि ह्याट्रिक गोल गर्लान् ? आज अर्जेन्टिनाविरुद्ध आइसल्यान्डको ‘डेब्यु’

मेसीले पनि ह्याट्रिक गोल गर्लान् ? आज अर्जेन्टिनाविरुद्ध आइसल्यान्डको ‘डेब्यु’

विश्वकप फुटबल अन्तर्गत आजका खेल पनि समर्थक तथा खेलाडीको मुट हल्लाउने छन् । मुटु हल्लाउने यस अर्थमा कि आज हुने खेलमा विश्वका उत्कृष्ट खेलाडी छन् । विश्वकपको दावेदार टिमविच आज पनि भिडन्त हुने छ । त्यो भिडन्त हेर्न समर्थक निकै प्रतिक्षामा छन् ।

आज सबैभन्दा बढि ध्यान दुइ पटकको विश्वकप विजेता अर्जेन्टिना र आइसल्याण्डको खेलमा हुने छ । यी दुइ टिमविच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यी दुइ टिमको खेल रोमाञ्चक हुनुको मुख्य कारण आज लियोनल मेसीले खेल्नु पनि हो । फुटबलका स्टार मेस्सीको यो संस्करणको पहिलो खेल हेर्न समर्थक साझँ ६ः४५ को बेग्र प्रतिक्षामा छन् ।

मेस्सीका समर्थक अत्यधिक छन् । उनले आज कस्तो प्रदर्शन गर्लान भन्नेमा धेरैको चाँसो छ । हिजो मात्रै अर्का स्टार रोनाल्डोले पहिलो खेलमै ह्याट्रिक गरेपछि मेस्सीले पनि उत्कृष्ट नै खेल्लान् भन्ने फुटबल समर्थकको आशा छ । अर्जेन्टिना तथा समर्थकको आशा जिवीत राख्न मेस्सी आज मैदान उत्रने छन् ।

मेस्सीको टिमसँग आज जनसंख्याको हिसाबले सबैभन्दा सानो देश आइसल्यान्डले खेल्ने छ । उसले पहिलो पटक विश्वपकमा डेब्यु गर्न लागेको हो ।

आइसल्यान्ड त्यही टोली हो, जसले दुई वर्षअघि आफ्नो ‘डेब्यु’ प्रतियोगिता युरोकपमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो । समूहगत चरणको पहिलो खेलमै पोर्चुगललाई १-१ को बराबरीमा रोकेको आइसल्यान्डले प्रिक्वाटरफाइनलमा त इङ्ल्यान्डलाई नै पराजित गरेको थियो ।

त्यसपछिको पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा रुस विश्वकपको तयारीमा जुटेको आइसल्यान्डले अर्जेन्टिनाविरुद्ध अप्रत्याशित नतिजा निकाल्न सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन ।

त्यो नतिजाले विश्वकपको उपाधि जित्दै पछिल्लो पुस्ताका महान् फुटबलरका रूपमा दर्ज हुने लियोनल मेसीको अन्तिम प्रयासमाथि पनि ठूलो धक्का दिन सक्छ ।

क्लब फुटबलमा बार्सिलोनाबाट कुनै पनि कीर्तिमान आफ्नो नाममा ल्याउन बाँकी नछोडेका मेसी उमेर र राष्ट्रिय टोलीबाट निरन्तरको असफलताका कारण सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन् ।

ब्राजिलमा भएको गत २०औं विश्वकपमा उनले नै अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएका थिए । तर, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित मेसीले देशलाई उपाधि भने दिलाउन सकेनन् । अर्जेन्टिना फाइनलमा जर्मनीसँग १-० गोलले पराजित भएको थियो ।

विश्वकपको उपाधि जित्ने मेसीको अन्तिम प्रयासले सहज बाटो लिन्छ वा आइसल्यान्डले युरोकपको सनसनीपूर्ण प्रदर्शनलाई दोहोर्‍याउँदै मेसीलाई निराश पार्नेछ, यही खेलले टुंगो लगाउनेछ ।
त्यसका लागि यी दुई टोलीले विश्वकपको तयारीस्वरूप खेलेका पछिल्ला खेलको नतिजा पनि महत्वपूर्ण हुनेछ । अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेपछि खेलेको पछिल्ला पाँचमध्ये केवल तीन खेलमा जित हात पारेको छ ।

अर्जेन्टिना आफ्नो पछिल्लो दुई खेलमध्ये नाइजेरियासँग ४-२ र स्पेनसँग ६-१ गोलको भारी अन्तरले पराजित भएको थियो । यी दुई खेलले अर्जेन्टिनी टोलीको रक्षापंक्तिको कमजोरी उजागर गरिदिएको छ । विश्वकपमा छनोट भएयता आइसल्यान्डको प्रदर्शन पनि खासै गतिलो छैन ।

आइसल्यान्डले रुस विश्वकप छनोट पक्का गरेपछि खेलिएको पछिल्ला सातमध्ये केवल एक खेलमा जित हात पारेको छ । यी दुई टोलीबीच भने यसअघि कुनै पनि प्रतियोगितामा भेट भएको छैन । -एजेन्सी

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय