यसकारण एसडी मुनी, नेपाल-भारतबीचमा अस्थिरता चाहन्छन् …

यसकारण एसडी मुनी, नेपाल-भारतबीचमा अस्थिरता चाहन्छन् …

काठमाडौं, चैत २७ । दिल्लीमा आफूलाई नागरिक अभिनन्दनका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दा भनेका थिए कि यहाँका नेता र बुद्धिजीवीमा दुईवटा भ्रम रहेछन्ः एक कम्युनिष्ट सरकारका कारण लोकतन्त्र संकटमा पर्छ कि ? अनि नेपाल चीनतिर ढल्कन्छ कि ?

प्रधानमन्त्री ओलीले भारतीयहरुमा रहेका यी दुबै भ्रम चिर्ने प्रयास गरेता पनि उनी नेपाल फर्केकै भोलिपल्ट भारतीय प्रोफेसर एसडी मुनीले नेपाललाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै एउटा लेख लेखेका छन् ।

त्यसो त केपी ओली भारत जाँदै गर्दा पनि एसडी मुनीले चीन नेपालको तराईसम्म नआओस् भन्दै आक्रामक लेख लेखेका थिए । प्रधानमन्त्री ओली दिल्लीबाट फर्केपछि मुनीले झनै आक्रामक रुपमा नेपाललाई चीनतर्फ नलाग्न धम्की दिएका छन् ।

भारतीय पत्रिका द क्विन्ट डटकम को विचार पेजमा एसडी मुनीको लेख छापिएको छ । सो लेखमा उनले पुरानै ‘बडेभाइ’ चरित्र प्रदर्शन गर्दै भनेका छन्- ‘ओलीलाई थाहा छ कि चिनियाँ कार्ड खाली देखाउने दाँत मात्रै हो, त्यसको आर्थिक प्रयोजन छैन । उनलाई थाहा छ कि भारतको सहयोगविना नेपाली जनतालाई गरेको विकासको वाचा पूरा गर्न सकिँदैन । भारतलाई धेरै चिढ्याइयो भने माओवादीसँगको गठबन्धनमा पनि समस्या आउने कुराको आँकलन उनले गरेका छन् ।’

सार्कका विषयलाई एसडीमुनीले सिधै पाकिस्तानको एजेण्डा भएको बताएका छन् । उनले लेखमा अगाडि भनेका छन्- ‘ओलीले भनेको हरेक कुरामा हो मा हो मिलाएको भारतले सानो स्वरमा एउटा महत्वपूर्ण सन्देश दिएको छ । नेपालले पाकिस्तान र चीनसँगको सम्बन्ध चाहिनेभन्दा बढी न्यानो बनाएमा दिल्लीलाई चित्त बुझ्ने छैन । भारत सार्कको विकल्पमा बिमिस्टेकलाई अघि सार्न चाहन्छ र नेपालले पाकिस्तानको सार्क एजेण्डा नबोकोस् भन्ने पनि चाहन्छ ।’

अब नेपालले चीनसँग निकटता बढायो भने भारतले आफ्ना उपायहरु अबलम्बन गर्ने भन्दै प्रोफेसर मुनीले धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । र, उनले नेपालमा चिनियाँ परियोजनाले उत्पादन गरेको बिजुली नकिन्ने समेत बताएका छन् ।

नेपालले चीनसँग निकटता बढाएमा भारतले मधेसको मामिला फेरि उठाउने भारतीय प्रोफेसर मुनीको भनाइ छ ।

आफूलाई नेपाल मामिलाका जानकार दाबी गर्ने प्रोफेसर मुनी अगाडि लेख्छन्- ‘चीनसित नेपाल चाहिनेभन्दा नजिक भयो भने भारतले आफ्नो उपायहरू प्रयोग गर्ने छ । जस्तै- चीनले बनाएको जलविद्युत परियोजनाबाट भारतले बिजुली किन्ने छैन र मधेसको मामिला भारतले अहिले प्राथमिकता नदिएको हो, पछि फेरि उठाउन सक्छ ।’

अब भारतसँग सम्बन्ध सुधार गरेका केपी ओलीलाई चीनले पनि सहजै नछाड्ने मुनीको दाबी छ । र, भारतले पनि आफ्ना स्वार्थहरुमा सम्झौता नगर्ने उनी बताउँछन् ।

आफ्नो लेखमा उनले भनेका छन्- ‘ओलीको भ्रमण र नेपाल-भारत सम्वाद कत्तिको सफल भयो भन्ने कुराको मापन दुवै पक्षले आफ्ना वाचाहरूको कत्तिको पालना गर्छन् भन्नेमा निर्भर रहनेछ । ओलीका लागि आफ्नाो दुई प्रमुख राजनैतिक हतियार, राष्ट्रियता र चिनियाँ कार्डको प्रयोग गरेर भारतबाट फाइदा लिन सजिलो हुने छैन । तर, नेपालमा राजनैतिक र सामरिक वृत्तमा ठूलो लगानी गरिसकेको चीनले ओलीलाई त्यसै छाड्ने छैन । भारतले पनि आˆना आधारभूत सुरक्षा चासोहरूमा सम्झौता गर्ने छैन ।’

तथापि केपी ओलीको भारत भ्रमणले दुई देशको सम्बन्ध सुधारमा सकारात्मक भूमिका खेलेको उनको दाबी छ । प्रोफेसर मुनीको लेखको सारसंक्षेप यस्तो छः

ओलीको भारत भ्रमण हेर्दा धेरैजसो सङ्केतहरू सकारात्मक छन् । राजनाथ सिंह विमानस्थलमा लिन आए, राष्ट्रपति भवनमा बस्न पाए अनि सेनाको सलामी पनि पाए र मोदीसित लामो र खुलस्त वान अन वान वार्ता पनि गरे । १२ बुँदे संयुक्त वक्तव्यमा सम्बन्धलाई नयाँ उचाइमा लाने कुरा गरियो र रेल र जलमार्ग सम्बन्धि सम्झौताहरू पनि भए ।

भ्रमणको मुख्य उद्देश्य दुवै देशवीच विश्वासको वातावरण निर्माण गर्नु थियो, जुन नेपालमा संविधान जारी भएपछि बिग्रिन गएको थियो ।
भारतले समावेशिता र धर्म निरपेक्षताको मुद्दामा नेपाली नेताहरूले ठगेको ठानेको थियो ।

भारतले ओली र उनको दल नेकपा एमालेलाई आफ्नो एजेण्डा लागु हुन नदिने प्रमुख शक्तिका रुपमा हेरेको थियो त्यसैले उसले हरसम्भव प्रयास गरेर ओलीलाई आफू रिसाएको सन्देश दिइरहेको थियो ।

ओलीले दृढ निश्चयका साथ प्रतिक्रिया जनाए । उनले भारतविरोधी भनेर व्याख्या गर्न सकिने नेपाली राष्ट्रवाद उजागर गरे । भारतको स्वार्थमा काम गर्न तयार भएका दलहरूलाई हराए ।

त्यतिमात्र नभएर चिनियाँ कार्ड पनि भारतलाई देखाए । ओलीलाई यसो गर्न सजिलो यस कारण पनि भयो कि नेपालमा पहिलेदेखि नै भारत विरोधी भावना बढ्दो थियो ।

मोदी र ओलीले जे गरे, त्यो केही सोचविचार नगरेर हठातको निर्णयमा गरेका थिए । तर, कोठामा एउटा अदृश्य हात्ती पनि थियो- चीन ।

चीन भारतको कमजोरीको फाइदा उठाउन तयार थियो । तर, आर्थिक र सामरिकरूपले दक्षिण एसियामा प्रवेश गर्न लालायित थियो । उसको बेल्ट एण्ड रोडले दक्षिण एसियाली देशहरूलाई निकै आकषिर्त गरेको छ ।

तर, नेपाल र भारतकावीच रही आएको भूगोल, सभ्यता र सामाजिक सम्बन्धहरूका कारण दुई देशवीच रहेको असमझदारी धेरै समय टिक्न सकेन । ओलीले चुनाव जितेपछि भारत ड्यामेज कन्ट्रोलमा लाग्यो । मोदीले फोन गरेर ओलीलाई बधाइ दिए र सुष्मा स्वराजलाई पठाएर सबै कटूता त्याग्न आग्रह गरे । ओलीले पनि सकारात्मक सन्देश दिए र परम्पराअनुसार भारतलाई नै आˆनो विदेश भ्रमणको पहिलो गन्तव्यका रुपमा रोजे ।

काठमाडौंसम्मको रेल विस्तार परियोजनाको घोषणा गरेर भारतले चीनसँग आफूले नजित्ने प्रतिस्पर्धाको थालनी गरेको छ ।

चीनले सन् २०२२ सम्म काठमाडौमा रेल गुडाउने वाचा गरेको छ । तर, भारतको रेलको सर्भे २०१९ मा मात्रै सकिनेछ । ओली चाहन्थे कि भारतले पनि ५ वर्षमा रेल कुदाउने वाचा गरोस् । तर, भारत यसो गर्न सक्दैन ।

अबका आगामी दिनहरू हेरेर थाहा हुनेछ कि तीन देशवीचको सम्बन्धले कस्तो दिशा लिनेछ । -अनलाइनखबरबाट

पूर्वपश्चिम राजमार्गको यात्रामा निरन्तरको चुनौती बन्दै दाउन्ने

नवलपरासी । नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार शुक्रबार साँझ करिब २० फिट लम्बाइ र ५ फिट चौडा सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने–जाने सवारी रोकिएका छ्न् । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन लाइनमा रहेका छन् । प्रहरीले अझै सडक सुचारु हुन केही समय लाग्ने बताएको छ । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ । चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ आगामी तीन दिनको मौसमी अवस्था

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। त्यसैगरी देशको पूर्वी तथा मध्य भागमा बंगलादेशको उत्तरी भूभाग र भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ।  यतिबेला (शनिबार बिहान) कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भूभागको मौसम आंशिक बदली छ।  देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ। कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा पनि अहिले राम्ररी घाम लागेको छैन। आकाशमा बादल छ।  आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  कस्तो होला आइतबार र सोमबारको मौसम? २०८१ असोज २० गते आइतबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज २१ गते सोमबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː कोसी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  कोसी, मधेस, बागमती र  गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको हुँदा ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

अध्यक्ष प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता

काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गर्नुभएको छ । बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष प्रचण्डले दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभएको छ । आफूले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै उहाँले यससम्बन्धी विस्तृत जानकारी यातायात क्षेत्रबाट लिएर प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा समाधानका लागि पहल गर्न छलफल आयोजना गरेको जानकारी दिनुभयो । सो क्रममा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले यातायात क्षेत्रले संकट व्यहोर्नुपरेको, व्यावसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए । सरकारले पूरै शक्ति लगाएर तीन चार दिनभित्र पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको  बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए । यातायात क्षेत्रका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई उद्धार, राहत र पुनर्स्थापनाका गरेको अगुवाईको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारले नगरेको काम गरेको बताएका थिए । आफूहरुलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त उनीहरुले प्रधानमन्त्रीले आजसम्म चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका थिए । विपतले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण एजेण्डाको रुपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि उनीहरुले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राई लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

पूर्वसचिव उपाध्याय भन्छन्: प्रचण्ड बाहेक अरू शीर्ष नेता जनतामाझ जान डराए

  काठमाडौं । पूर्वसचिव भिम उपाध्यायले नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेकका नेताहरु बिपतको स्थलगत अवलोकन र अनुगमनमा जान डराएका हुन ? भनेर प्रश्न गरेका छन् । सामाजिक तथा राजनीतिक विषयमा सामाजिक संजालमार्फत धारणा राख्दै आएका उपाध्यायले आज सामाजिक संजालमा  लेख्दै विपतका बेला प्रचण्ड मात्रै फिल्डमा देखिएको टिप्पणी गरेका हुन् । उनले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै यो बाढी पहिरोबाट भएको बिपतको स्थलगत अवलोकन र अनुगमनमा जाने शिर्ष नेताहरूमध्ये एक मात्र प्रचण्ड रहेको देखिन्छ। अरूलाई जनतासंग डर रहेको हो र? पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डुबान, बाढी तथा पहिरो प्रभावित जनताको घरदैलोमा पुग्नुभएको थियो ।  गत साताको बाढी र पहिरोमा प्रभावित बनेका जनतालाई राहतका लागि उपाध्यायले समन्वय र सहयोग गर्दै आएका छन् । 

लोकप्रिय