यस्तो थियो ऐतिहासिक जनयुद्धको पहिलो योजना (पूर्णपाठ)

“हामी मजदुरहरुलाई भन्छौं, विद्यमान स्थितिलाई परिवर्तन गर्ने मात्र होइन, आफैलाई राजनैतिक सत्ता सञ्चालन योग्य बनाउन समेत तपाईहरु १५, २०, र ५० वर्षका गृहयुद्ध एवं अन्तराष्ट्रिय युद्धका बीचबाट गुज्रनुपर्ने हुन्छ।” (कार्ल मार्क्स)।
“गृहयुद्ध बिना आजसम्म इतिहासमा कुनै पनि महाक्रान्ति सम्पन्न हुन सकेको छैन र त्यस विना पूँजीवादबाट समाजवादमा संक्रमण कुनैपनि गम्भीर मार्क्सवादीले सोच्न सक्दैन।” (भि.आई. लेनिन)।
“हरेक कम्युनिष्टले यो सच्चाईलाई आत्मसाथ गर्नैपर्छ कि राजनैतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ, हाम्रो सिद्धान्त हो कि पार्टीले बन्दुक चलाउँछ र कुनै हालतमा बन्दुकले पार्टी चलाउन दिइने छैन।” (माओत्सेतुङ्ग)।
१. भूमिकाः मार्क्सवाद–लेनिनवाद–माओवादको सार्वभौम सत्यलाई नेपाली समाजको वास्तविक स्थितिमा लागू गर्ने प्रक्रियामा चलेको लामो वैचारिक एवं वर्गसंघर्षको अनुभवका आधारमा एकता महाधिवेशनमा हाम्रो पार्टीले क्रान्तिकारी राजनैतिक कार्य्दिशा निर्धा्रित र्गयो। त्यस कार्य्दिशा मुताविक केन्द्रीय समितिको तेस्रो विस्तारित वैठकले व्यवस्थित रुपले पार्टीको सैन्य कार्य्दिशा अघि ल्यायो। त्यो सैन्य आजका राष्ट्रिय एवं अन्तराष्ट्रिय परिस्थितिका बारेमा मात्र होइन, नेपाली समाजको ऐतिहासिक विकास प्रक्रिया र आजको आर्थिक, राजनैतिक, साँस्कृतिक एवं भौगोलिक विशिष्टताहरु समेतको लेखाजोखा गरी नेपाली जनयुद्धको रणनीति एवं कार्यनीतिहरुको खाका तयार गर्यो।
नेपालमा सचेत ढंगले जनयुद्धको उठान गर्ने उद्देश्यमा केन्द्रित रही विस्तारित बैठकको त्यो दस्तावेजले त्यो प्रक्रियाका चरणहरु निश्चित र्गयो। त्यस अनुसारको पहिलो चरणलाई अन्तिम तयारीको चरणको रुपमा परिभाषित र्गयो। वैचारिक, राजनैतिक, संगठनात्मक, प्राविधिक एवं संघर्ष सम्बन्धि न्यूनतम तयारी पूरा गर्ने केन्द्रीय समितिको योजना अनुसार ती कामहरु मूल रुपमा पूरा गरिएका छन्। ती सबै कामको पार्टी ने.क.पा. (माओवादी) को ०५२ असारमा सम्पन्न केन्द्रीय समितिको बैठकमा पारित जनयुद्धको प्रथम योजना सम्बन्धि प्रस्ताव र आम जनसमुदायमा निकै सकारात्मक र उत्साहवर्द्धक प्रभाव परेको छ। देशमा प्रतिक्रियावादी राज्यसत्ता र त्यस अन्तर्गतका राजनैतिक गुटहरुमा विकास भइरहेको आम संकटको प्रक्रिया तथा हाम्रो तर्फबाट नयाँ स्पिरिड अनुसार उनीहरुको भण्डाफोर एवं देशका विभिन्न भागमा अघि बढिरहेको विविध रुपका संघर्षका कार्यक्रमहरुले आज पार्टीको छवि देशको एकमात्र वैकल्पिक क्रान्तिकारी राजनैतिक शक्तिका रुपमा स्थापित गर्दै आएको छ। त्यस सन्दर्भमा प्रमुख कुरा के हो भने आज पार्टीको माथिदेखि तलसम्मको मूल संयन्त्र तयारीको चरणबाट संघर्षको पहलकदमीको चरणमा प्रवेशका लागि मानसिक रुपले तयार भएको छ।
यसरी वस्तुगत एवं आत्मगत दुवै हिसाबले नेपालमा सशस्त्र संघर्षको पहल गर्ने ऐतिहासिक योजना निर्माणको परिस्थिति तयार भएको छ। त्यसकारण केन्द्रीय समितिको यो बैठकको काँधमा नेपाली समाज र पार्टीको इतिहासमा एक नयाँ पृष्ठ खोल्ने जनयुद्धमा पहलकदमीको योजना तयार पार्ने दुरगामी महत्वको जिम्मेवारी आएको छ।
२. जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिवद्धताहरुः
(क) हाम्रो योजना क्रान्तिकारी हिंसा सम्बन्धि मार्क्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ। हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालिन जनयुद्धका रुपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजय मार्क्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ।
(ख) जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ता बाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ। जनताका निमित्त राजनैतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखा पर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद, लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिवद्धता जाहेर गर्दछ।
(ग) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरु चलाउँदै मानव जाती कै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ। एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढता विना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनता प्रति अपराध हुने कुरामा हामी दृढ छौं। यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाव दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन। यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पूँजीवादी, संकिर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवं जातीवादी विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त रहनेछ।
(घ) हाम्रो यो योजना सर्वहारा अन्तराष्ट्रवादको महान् भावनामा आधारित रहनेछ। नेपाली क्रान्ति, सर्वहारा विश्व क्रान्तिको अभिन्न अंग हो र यसले विश्व क्रान्तिको सेवा गर्ने छ। हाम्रो पार्टी यस सन्दर्भमा मार्क्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तराष्ट्रिय निर्माणको दिशामा अद्धि बढिरहेको ‘क्रान्तिकारी अन्तराष्ट्रियवादी आन्दोलन’ (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ।) को विकासमा अझ बढी सहयोग र्पुयाउने कुरालाई गम्भीरतापूर्वक लिन्छ।
(ङ) हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निमार्णको सैद्धान्तिक मान्यतामा आधारीत रहने छ। अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार पार्टी भित्री संघर्षलाई द्धन्दात्मक ढंगले ग्रहण र त्यसलाई संचालन गर्नु पार्टीलाई त्यसरी सजिव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु पूरा हृदयले जनताको सेवा गर्ने जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिबद्ध छ।
(च) हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्नेछ। पार्टीको नेतृत्वमा सामन्तवा र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिनेछ। कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवि जनससमुदाय मूख्यतः गरीव किसाहरुमाथि भर परेर चल्नेछ। कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवं प्रतिक्रियावादी गुटहरुको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन।
(छ) युद्धमा आफ्नै नियम अनुसार त्यो सरल रेखामा होइन जटिल बक्ररेखामा अघि बढ्ने छ। लनिनको “क्रान्ति आफैले आफ्नो विकास क्रममा सधै नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरुरी छ। जीत र हार, उपलब्धि र क्षतिका चक्रहरु पार गरेर नै जनयुद्ध विजयी बन्नेछ। खराव कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठीक ढंगले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं।
३. योजनाबारे: यो योजना जनयुद्ध थालनीको योजना हुनेछ। यसका तीन उपचरण प्रथम, थालनीको तयारी, द्वितीय थालनी र तृतीय निरन्तरता हुनेछन्।
४. लक्ष्यहरु: यस योजनाका निम्न प्रमुख लक्ष्यहरु हुनेछन्। (क) प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध नयाँ जनवादी राज्यसत्ताका लागि सशस्त्र संघर्षको राजनीतिलाई व्यवहारिक अभिव्यक्तिका साथ स्थापित गर्नु। (ख) नयाँ जनवादी क्रान्तिका लागि संघर्षको प्रधान रुप सेना र सघर्षको प्रधान रुप युद्ध हो भन्ने मान्यतालाई विभिन्न दलहरु तथा छापामार कार्यवाहीका माध्मबाट अभिव्यक्त गर्नु। (ग) देशका विभिन्न भागमा रहेका मुख्य इलाकाहरुलाई छापामार इलाकामा विकास गर्ने आधार तयार पार्नु।
५. नाराहरु: यस योजना अवधिमा पार्टीका प्रमुख, सहायक र विशिष्ट नाराहरु निम्न बमोजिम हुनेछन्। (क) मुख्य नारा स् नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं। (ख) सहायक नाराहरु, राजतन्त्रात्मक संसदीय व्यवस्था – मुर्दावाद । पञ्चकांग्रेस गठबन्धन सरकार – मुर्दावाद ! जमिन कस्को – जोत्नेको ! विद्रोह जनताको – अधिकार हो ! नयाँ जनवादी क्रान्ति – जिन्दावाद ! जनयुद्ध – जिन्दावाद ! सामन्तवाद(साम्राज्यवाद(विस्तारवाद – मुर्दावाद ! संशोधनवाद, नवसंशोधनवाद – मुर्दावाद ! मार्क्सवाद(लेनिनवाद(माओवाद – जिन्दावाद ! नेपाल कम्युनिष्ट पार्टी (माओवादी) – जिन्दावाद !
(ग) उपरोक्त प्रमुख र सहायक नाराहरुका साथै सबै क्षेत्रहरुले आ–आफ्नो विशेषता अनुसार निम्न कुरालाई समेटने गरी विशिष्ट नाराहरुको विकास गर्नुपर्नेछ। जमिन जोत्नेको नाराअन्तर्गत सामन्त जमिन्दारको जग्गा कब्जा गरी भूमिहिन गरिब किसानहरुमा वितरण गर्ने, प्रति जग्गा कब्जा गरी किसानहरुमा वितरण गर्ने, सामन्तहरुको बाली कब्जा गर्ने, कृषि बैंक लगायत बैंकहरुको ऋण नतिर्ने, रोजगारीका निम्ति संघर्ष उठाउने, सहकारी खेतीका लागि किसानहरुलाई प्रेरित र संगठित गर्ने, ग्रामीण कृषि उत्पादन पद्धतिमा वैज्ञानिकिकरण गर्ने, आत्मनिर्भर अर्थतन्त्रका लागि स्थानीय स्रोत र साधनको सृजनात्मक परिचालनमा जोड दिने आदि।
महिलाहरु माथि पैतृक सम्पति लगायतका आर्थिक, राजनैतिक र सामाजिक जीवनका सबै क्षेत्रमा रहेका सामन्ती पितृसत्तावादी थिचोमिचो, भेदभाव र अन्धविश्वासका विरुद्ध समान अधिकारका निमित्त संघर्षका नाराहरुलाई सशक्त ढंगले उठाउने। जातीय भेदभावका विरुद्ध जातीय स्वायत्तताको नारालाई व्यापक रुपमा उठाउने र पार्टीको प्रभाव भएका संघर्षका इलाकाहरुमा स्वायत्तताको नीतिलाई लागू गरेर जाने दलित जातिमाथिको शोषण उत्पीडनका विरुद्ध नारा उठाउने र संघर्ष संगठित गर्ने। क्षेत्रीय भेदभावका विरुद्ध संघर्षको नारा दिने। त्यसैगरि धार्मिक थिचोमिचोका विरुद्ध धर्म्निरपेक्ष राज्यको नारालाई उठाउने। स्थितिअनुसार विभिन्न जनवर्गका मागहरुलाई मुर्त नाराका रुपमा सुत्रवद्ध गर्ने।
प्रथम उपचरण (जनयुद्धको प्रथम ऐतिहासिक पहलका निमित्त तयारी )
१. वैचारिक तयारी : निर्धा्रित अवधिमा निम्न कामहरु पूरा गरिनेछन्। (क) जनयुद्धको थालनीको निमित्त पार्टीमा वैचारिक आधार तयार पार्ने उद्देश्यमा केन्द्रित भई ‘माओवादी’ ‘मशाल’ र एक अंग्रेजी मुखपत्र प्रकाशित गर्ने। (ख) यस योजनाका मूल पक्ष एवं जनयुद्धको थालनीका निमित्त आवश्यक स्पष्टता सहीतको समान बुझाई र स्पिरिड पैदा गर्न सबै क्षेत्रहरुमा प्रमुख एवं सक्रिय कार्यकर्ताहरु छानेर केन्द्रीय कार्यालयका तर्फबाट प्रशिक्षण सञ्चालन गर्ने। त्यसपछि क्षेत्रले जिल्ला र जिल्लाले सेलसम्म नै एक चक्कर सो प्रशिक्षण लैजाने।
(ग) स्थितिअनुसार सबै क्षेत्रहरुले ठोस कार्यक्रम बनाई विभिन्न स्तरमा कोठेसभा, कोणसभा, आमसभा, जुलुश, पर्चा, वालिङ्ग, साँस्कृतिक कार्यक्रम लगायतका माध्यमबाट आमूल परिवर्तनकारी आन्दोलनको श्रृष्टि गर्न अर्थात जनयुद्ध विना मुक्ति सम्भव छैन भन्ने भाव सहितको जनमत तयार पार्न जोड गर्ने। (घ) वैधानिक पत्रपत्रिकामार्फत् प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाको भण्डाफोर अभियानलाई अझ तीव्र पार्ने।
(ङ) अन्तराष्ट्रिय स्तरमा पार्टीको पक्षमा जनमत तयार पार्न जोड लगाउने। (च) संशोधनवादको भण्डाफोर गर्न अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवका आधारमा रचनाहरु संकलित गरी एक पुस्तक प्रकाशन गर्ने।
२. संगठनात्मक तयारी: पार्टी – जनययुद्ध लगायत सम्पूर्ण काम कार्वाहीको नेतृत्वदायी शक्ति, मेरुदण्ड र न्युक्लियस पार्टी नै भएकोले यसलाई सुदृढ गर्ने, सुदृढिकरण गर्ने, यसको रक्षा र विकास गर्ने तथा चौतर्फी रुपमा यसको नेतृत्व स्थापित गर्ने कुराको महत्वलाई गम्भीरतापूर्वक लिन जरुरी छ। त्यसका लागि तत्काल निम्न कुराहरुमा ध्यान दिनुपर्दछ।
(क) हरेक स्तरका पार्टी कमिटीहरुमा खुल्ला, संसदीय, लापर्वाहीपूर्ण निम्न पूँजीवादी चिन्तन र कार्यशैलीका विरुद्ध अन्तरपार्टी संघर्षलाई तीव्र पार्नु पर्दछ। (ख) पार्टीका सम्पूर्ण काम कार्वाहीहरुलाई पूर्णतः भूमिगत ढाँचामा रुपान्तरण गर्ने। (ग) संघर्षको नयाँ प्रक्रियामा केन्द्रीयता र अनुशासनको महत्व निकै बढ्ने कुरालाई दह्रोसंग पकड्ने। (घ) भद्दा, ठूला र सुरक्षाका दृष्टिले बैठक बस्नै अप्ठेरो पर्ने कमिटीहरुलाई सम्भव भएसम्म पुनर्गठन गरी चुस्त पार्ने। (ङ) हालका लागि सेल कमिटी बाहेक अन्य स्तरका पार्टी कमिटीहरुमा सेक्रेटरियट व्यवस्था कायम गर्ने र अत्यन्त जरुरी महत्वका विषय बाहेक कमिटीको पूर्ण बैठक छिटो छिटो नबसी सेक्रेटरियटले नै कार्य सञ्चालन गर्ने।
(च) पार्टीको नयाँ निर्णयअनुसार रुपान्तरित हुन हिच्किचाउने सदस्यहरुलाई बाहिरै बसेर सहयोग गर्न अनुरोध गर्ने तथा अनुशासन हिन सदस्यलाई कार्यवाही गर्ने जस्ता विविधद्वारा पार्टी संगठनलाई सुदृढ गर्ने। (छ) हरेक पाटी सदस्यले ‘अन्तरसंघर्ष’ ‘भूमिगत प्रणाली’ ‘सतर्कता’ ‘गोपनीयता’ ‘अनुशासन’ र ‘गतिशीलता’लाई सुत्र शब्दका रुपमा लिने। (ज) संघर्षको नयाँ प्रक्रियाको विकाससँगै भौतिक रुपले नै भूमिगत जान सबै सदस्यहरुले आफूलाई मानसिक रुपले तयार पार्ने।
नेतृत्व सम्वन्धमा – नेतृत्व भन्नाले सामान्यतः सम्पूर्ण पार्टी, विशेषतः हरेक स्तरको नेतृत्वदायी पंक्ति र मुख्यतः केन्द्रीय नेतृत्व भन्ने बुझ्नु पर्दछ। नेतृत्व भनेको वास्तवमा नै सम्पूर्ण आन्दोलनको कूँजी हो। सर्वहारा वर्गको पार्टीमा नेतृत्व पंक्तिको विकास कैयौं वर्षको विचारधारात्मक एवं वर्गसंघर्षको परिणामबाट हुन्छ। संघर्षको नयाँ प्रक्रियामा नेतृत्वको महत्व र जिम्मेवारी आजको स्थिति भन्दा कैयौं गुणा बढ्दछ। त्यसकारण दुश्मनले सबैभन्दा पहिले नेतृत्व पंक्तिलाई नै ध्वस्त पार्ने र जनयुद्धलाई विरुवामा नै निमोठ्ने प्रयास गर्दछ। वास्तवमा जनयुद्धको जीत र हार, हामीले नेतृत्व पंक्तिलाई बचाउन सक्छौं वा सक्तैनौं र नयाँ नेतृत्व पंक्तिको विकास प्रक्रियालाई सही किसिमले अगाडि बढाउन सक्छौं वा सक्तैनौं भन्ने कुरामा निर्भर हुन्छ। सशस्त्र संघर्षको प्रारम्भिक चरणमा नै नेतृत्वलाई सिध्याउन सफल भएकै कारण विश्वका कैयौं देशहरुमा जनयुद्धले असफलता भोग्नु परेको उदाहरणहरु प्रशस्त छन्। अतः हामीले नेतृत्वको सुरक्षा र विकासका लागि तत्काल निम्न कुराहरुमा ध्यान दिनुपर्दछ,
(क) पार्टीलाई आम जनतामा स्थापित गर्ने कामलाई सबैतिरबाट अधिकतम् महत्वका साथ लिनु पर्दछ। पार्टी जति व्यापक रुपमा जनतामा स्थापित हुन्छ, त्यति नै नेतृत्वको सुरक्षा र विकास हुन सक्दछ। आखिर जनताले मात्र आफ्नो नेतृत्वलाई बचाउन सक्दछ। (ख) नेतृत्व सम्बन्धि मार्क्सवाद–लेनिनवाद–माओवादका शिक्षालाई पार्टी्भित्र व्यापक रुपमा अध्ययन गर्ने र प्रशिक्षण सञ्चालन गर्ने प्रक्रिया चलाउनु पर्दछ।
(ग) सचेत प्रयत्न र अन्तरसंघर्षको माध्यमबाट नेतृत्व पंक्तिलाई नयाँ आवश्यकता अनुसार रुपान्तरित हुन वातावरण तयार पार्नुपर्दछ। (घ) पार्टी्भित्र र बाहिर केन्दीय नेतृत्वका साथै सबै स्तरको नेतृत्व स्थापित गर्ने पद्धतिलाई अझ व्यवस्थित रुपमा लागू गरेर जानुपर्दछ। (ङ) हरेक स्तरको कमिटीले मूल नेतृत्व र अन्य सदस्यको कामको क्षेत्र, जिम्मेवारी आदि माथि विचार गरी प्रत्येकका लागि सुरक्षाका ठोस उपायहरु निर्धारण गर्नुपर्दछ। निश्चित अवधिका लागि निश्चित नियम बनिसकेपछि तिनको दृढ परिचालन अनिवार्य हुनेछ।
संयुक्त मोर्चाका सम्बन्धमा – हाम्रो आफ्नै विशिष्ट स्थितिमा विकास भएको संयुक्त मोर्चाको प्रश्न नितान्त संवेदनशील रहदै आएको छ। विद्यमान मोर्चालाई पार्टीको नेतृत्वमा चल्ने संघर्षको साधन र भावी सत्ताको भ्रुणका रुपमा विकास गरेर लैजाने पार्टीको निर्णय सैद्धान्तिक रुपले अत्यन्त सही र दुरगामी महत्वको छ। तर यसको व्यवहारिक रुपान्तरणको प्रश्न अझै पनि गम्भीर नै छ। सो रुपान्तरणका लागि निम्न कुराहरुमा ध्यान दिनु पर्दछ।
(क) जनयुद्धको थालनीको प्रक्रियासंगै सर्वप्रथम मोर्चाको नेतृत्वमा रहेको पार्टीका जिम्मेवारी कमरेडहरु भूमिगत जानुपर्दछ। तत्पश्चात पूरै केन्दीय समिति, जिल्ला र स्थानीय समिति सम्म क्रमशः सबैलाई भूमिगत लैजाने नीति लिनु पर्दछ। (ख) युद्धको विकाससंगै जब छापामार इलाका र आधार इलाकाहरु बन्न थाल्दछन् तब नयाँ सत्ताका रुपमा मोर्चा कमिटीहरुले पुनः खुला रुपले काम गर्न थाल्नेछन्।
(ग) थालनीको प्रक्रियासंगै पार्टीका अपिल र अन्य क्रियाकलापलाई मोर्चाले समर्थन गरेर जानेछ। पार्टीलाई आम जनतामा स्थापित गर्न मोर्चाका तर्फबाट अधिकतम् जोड लगाइने छ। (घ) जनाधार राम्रो भएका तथा संघर्षको राम्रो विकास भएका जिल्लाहरुमा मोर्चाले प्रारम्भदेखि नै भूमिगत ढंगले सत्ताको भ्रुणको रुपमा काम गर्न थाल्नेछ।
सेना निर्माण सम्बन्धमा – अहिले प्रारम्भिक चरणमा विभिन्न स्तरका दलहरुको गठन र परिचालनको प्रक्रियालाई यथासक्य सरल बनाउन जरुरी छ। यसका साथै प्रत्येक पार्टी कमिटी र सदस्यहरु कोही पनि नछुट्ने गरी कुनै न कुनै रुपमा जनयुद्धको प्रक्रियामा सामेल रहने कुराको सुनिश्चितता पनि त्यत्तिकै जरुरी छ। त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्दछ,
(क) हालका लागि संगठनात्मक जटिलताबाट बच्न र पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चित गर्न सैनिक आयोगको काम केन्द्रमा पोलिटव्यूरो र त्यो भन्दा तल जिल्ला सम्म जहाँ ती बनेका छन् वा बनाउन आवश्यक छ, त्यहाँ सेक्रेटरीयटले नै सो काम गर्नेछन्। जिल्लाभन्दा तल सेलसम्म सैनिक आयोगको काम सेक्रेटरीहरुले नै गर्नेछन्। अतः सेक्रेटरियटका निर्माण गर्दा सबै पार्टी कमिटीहरुले यो पक्षलाई ध्यान दिनु पर्दछ।
(ख) हालका लागि विभिन्न प्रकारका दलहरु जिल्लाअन्तर्गत नै बनाइने छन्। संघर्षको प्रारम्भिक अवस्था र कामको सरलतालाई विचार गरी जिल्ला पार्टीको निर्णय अनुसार सकेसम्म एकै इलाकाका सदस्यहरुबाट एउटा जिल्लामा एक वा सो भन्दा बढी लडाकू दलहरु बनाइनेछन्। ती सबै दलहरु यथा सम्भव डीसीएमहरुको नेतृत्वमा बनाउन उपयुक्त हुनेछ। कार्यवाहीको प्रथम चरणमा दलका सबै सदस्यहरुको स्थायित्वको ग्यारेन्टी हुन सक्ने भएकोले यस सम्बन्धमा पार्टीले लचिलो ढंगले सोच्नुपर्दछ र साहसपूर्वक नयाँ सदस्य भर्ती गर्ने नीति लिनु पर्दछ। लडाकू दलका सदस्यहरु पार्टी सदस्य हुनु अनिवार्य छैन। कमिटीले उपयुक्त देखेका मोर्चाका सदस्य वा सर्मथक जनताबाट सचेत त्यस प्रकारका व्यक्तिहरु लिन सकिन्छ।
संघर्षको प्रक्रिया शुरु भइसकेपछि पार्टीले यी दलहरुमा समर्थक शुभचिन्तक जनताबाट लडाकूहरु भर्ती गर्न पटक्कै हिच्किचाउनु हुदैन। संघर्षलाई निरन्तरता दिन र त्यसलाई जनतासंग गाँसेर लैजान पार्टीका तर्फबाट यस ढंगले सोच्ने कुराको निकै ठूलो महत्व छ। संघर्षको विकाससंगै यी दलहरु साँचो अर्थमा नियमित दलमा रुपान्तरित हुदै जानेछन्। हालका लागि लडाकू दलहरुमा ३ देखि ७ जना सम्म मात्र सदस्य रहनु उपयुक्त हुनेछ। एउटै जिल्लामा दशौं दलहरु बन्न सक्दछन्। तर अहिले नै प्लाटुन र कम्पनी जस्तो गरी ठूला दलहरु बनाउनु सैद्धान्तिक र व्यवहारिक दुवै अर्थमा उपयुक्त हुने छैन। निश्चित कार्यवाहीका निमित्त बढी संख्याको आवश्यकता परेमा उपल्लो कमिटीले विभिन्न दलहरुलाई जोड्न सक्दछ।
(ग) जिल्ला कमिटीले लडाकू दल बनाउने र सञ्चालन गर्ने प्रक्रिया जस्तै जिल्लाकै रेखदेखमा प्रत्येक एरिया कमिटीहरुले सके सम्म प्रत्येक एरिया सदस्यको नेतृत्वमा पार्टी सदस्य, मोर्चा सदस्य वा समर्थकबाट समेत मानिस लिई गाउँ सुरक्षा दल बनाउने छन्। त्यसरी एउटै एरियामा सम्भव भएसम्म प्रत्येक गाउँमा सुरक्षा दलहरु बनाउन कोशिस गर्नुपर्दछ। लडाकु दल र सुरक्षा दलको भिन्नता, कार्वाही हतियार र तालिमको प्रकृति, मात्रा र गुणद्वारा छुट्टिने कुरा हो। यसबारे गत विस्तारित बैठकको दस्तावेजमा स्पष्ट नीति निर्धारण गरिसकिएको छ।
(घ) त्यसरी नै प्रत्येक सेल कमिटीहरुले कामको आवश्यकता अनुसार सकेसम्म हर सदस्यको नेतृत्वमा स्वयंसेवक दल बनाई सञ्चालन गर्नुपर्दछ। एउटा निश्चित काम सकिएपछि त्यसप्रकारका दलहरु भंग हुनेछन्। दलहरु पार्टी सदस्यको नेतृत्वमा मोर्चा सदस्य वा समर्थकहरु लिएर बनाइनेछन्।
उपरोक्त विधिद्वारा गएर नै हामीले सम्पूर्ण पार्टी यन्त्रलाई कुनै न कुनै रुपमा जनयुद्धको काममा संलग्न गराई लडाकु पार्टीको विकास प्रक्रियालाई सुनिश्चित गर्न सक्नेछौं। यहाँ ध्यान दिनुपर्ने कुरा के हुन्छ भने पार्टी सदस्यको क्षमता, रुचि, उमेर अवस्था र आवश्यकता अनुसार सोचाई लजिष्टिक सामग्री निर्माण प्रकाशन लगायतका तमाम कामहरु गर्दा पनि टिमवद्ध रुपमा लगाउने कुरालाई हरेक स्तरको पार्टी कमिटीले गम्भीरतापूर्वक लिनुपर्दछ।
ज.व.स. सम्बन्धमा – संघर्षको नयाँ प्रक्रियाको विकाससँगै जवसहरुको विद्यमान संरचना र कार्यशैलीमा ठूलो परिवर्तन आउने कुराको चेतना तयारीकै शिलशिलामा पार्टीमा दिइसक्नुपर्दछ। हालका लागि जवसहरुबारे निम्न नीति लिनुपर्दछ।
(क) जनयुद्धको थालनीसँगै मजदुर, किसान, विद्यार्थी, महिला, संस्कृति जस्ता प्रमुख जवसहरुका केन्द्रीय नेतृत्वमा प्रमुख सदस्यहरुलाई अर्धभूमिगत जान निर्देशन दिने। (ख) संघर्षको विकाससँगै प्रमुख जवसहरु पूर्णतः भूमिगत जानुपर्ने स्थितिका लागि मानसिक रुपले तयार गर्ने। (ग) सबै प्रमुख जवसहरुका काम कार्वाहीलाई स्थानीय रुपमा नै विशेष कृयाशिल पार्न जोड लगाउने। त्यसका लागि प्रमुख जवसहरुका केन्द्रीय सदस्यहरुलाई पार्टीको नेतृत्वमा स्थानीय क्षेत्रमा नै खटाउने व्यवस्था मिलाउने।
(घ) सामान्य प्रकारका जवसहरुलाई पार्टीसँग प्रत्यक्ष सम्बन्ध नदेखाई अप्रत्यक्ष सहयोग गर्ने र खुल्ला रहने नीति अवलम्बन गराउने। (ङ) भारत एवं अन्य देशमा रहेका जवसहरुलाई भने सम्भव भएसम्म खुला रुपले नै काम गराउने।
३. संघर्ष सम्बन्धि काम – जनयुद्ध थालनीभन्दा पहिले संघर्ष सम्बन्धि कामहरु प्रचारात्मक, जनपरिचालन र ग्रामीण वर्गसंघर्ष सम्बन्धि कामहरु नै हुन्। पार्टीले पहिलेदेखि गर्दै आएका यी कामहरु सबै क्षेत्र एवं जिल्लाहरुले आ–आफ्नो स्थिति अनुसार थालनी नहुँदासम्म जारी राख्नेछन्। यहाँ संघर्ष सम्बन्धि काम भन्नाले मुख्यतः जनयुद्ध कुन् कुन् रुपमा कसरी थाल्ने भन्ने हो। यसबारे निम्न कुराहरु ध्यान दिनुपर्दछ।
(क) संघर्षका रुपहरु (अवैधानिक)
१. प्रचारात्मक कार्यवाही – लेनिनले भने झैं ‘प्रचार कहिल्यै खेर जाँदैन, वीउ छरेपछि त्यसको फल लिन्छ’ भन्ने मान्यताका आधारमा प्रचारात्मक कार्यवाही गरिनुपर्दछ। पार्टीका नीति र कार्यक्रमबारे मुख्यतः जनयुद्धको नीति, औचित्य र महत्वबारे सशस्त्र वा निसस्त्र ढंगले योजनावद्ध रुपमा गरिने प्रचार नै यसअन्तर्गत पर्दछ। जनयुद्धको पक्षमा पर्चा, पोष्टर, वालिङ्ग, कार्टुन प्रदर्शन, छापामार जुलुश, मशाल जुलुश, घर घरमा गएर गरिने प्रचार लगायतका अनगिन्ती रुपमा यसलाई गर्न सकिन्छ। यस प्रकारका प्रचारका प्रभावकारी रुपहरुको खोजी र प्रयोगमा सबै स्तरका पार्टी कमिटीहरुले सिर्जनात्मकतामा पूरा ध्यान दिनुपर्दछ।
२. सेवोटेज – योजनावद्ध ढंगले सामन्त, जमिन्दार, दलाल एवं नोकरशाही पूँजीपति एवं सरकारी स्वामित्वमा रहेको आर्थिक संयन्त्रमा तोडफोडद्वारा क्षति र्पुयाउनु, स्थानीय जाली फटाह र जासुसहरुको घर र सम्पत्ति क्षतिग्रस्त पार्नु, सरकारी सञ्चाररयातायात अवरुद्ध पार्नु, बाटो घाटो, पुल, विद्युत लाईनको तोडफोड सबै यही सेवोटेज अन्तर्गत पर्दछन्। कार्यवाहीको यो रुप दुश्मनको लड्ने क्षमता घटाउने छापामारहरुको एउटा प्रभावकारी हतियार हो।
३. गुरिल्ला युद्ध – दुश्मनका विरुद्ध सशस्त्र ढंगले रेड, एम्बुश र एसल्ट गर्नु जस्ता उच्च प्रकारका कार्यवाहीहरु यस अन्तर्गत पर्दछन्। वास्तवमा यो नै छापामार संघर्षको प्रधान रुप हो र हुनुपर्दछ।
४. वर्ग दुश्मन खतम पार्ने कार्वाही – जनतामा बदनाम हत्यारा प्रमुख दुश्मन र जासुसहरुमध्ये सबैभन्दा बदमासहरुलाई छानेर भौतिक रुपमा नै खतम पार्ने कार्वाहीहरु यसअन्तर्गत पर्दछन्। सत्ता कब्जाको प्रक्रियामा यस प्रकारका कार्यवाहीहरु आवश्यकीय रुपमा नै बढ्ने छन्। तर अहिलेको प्रारम्भिक स्थितिमा विशिष्ट केसहरुमा मात्र यी कार्वाहीहरु सक्ने छन्।
उपरोक्त प्रकारका संघर्षका रुपहरुको कार्यान्वयन गर्दा निम्न क्रमलाई ध्यान दिनुपर्दछ स् मुख्य इलाकाहरुमा संघर्षका रुपहरुको प्राथमिकता क्रम – (क) गुरिल्ला युद्ध (ख) सेवोटेज (ग) वर्ग दुश्मन खतम (घ) प्रचारात्मक कार्वाही हुनेछन्। सहायक इलाकाहरुमा त्यो क्रम – (क) सेवोटेज (ख) गुरिल्ला युद्ध (ग) प्रचारात्मक (घ) वर्ग दुश्मन खतम हुनेछन्। प्रचारात्मक इलाकामा त्यो क्रम – (क) प्रचारात्मक (ख) सेवोटेज (ग) गुरिल्ला युद्ध (घ) वर्ग दुश्मन खतम हुनेछन्।
त्यसैगरी दलहरुका हिसाबले संघर्षका रुपहरुको प्राथमिकता क्रम निम्न बमोजिम हुनेछन्। लडाकु दलहरुका लागि – (क) गुरिल्ला युद्ध (ख) सेवोटेज (ग) प्रचारात्मक (घ) वर्ग दुश्मन खतम। सुरक्षा दलहरुका लागि – (क) सेवोटेज (ख) प्रचारात्मक (ग) गुरिल्ला युद्ध (घ) वर्ग दुश्मन खतम। स्वयंसेवक दलहरुका लागि – (क) प्रचारात्मक (ख) सामान्य सेवोटेज (ग) सरल प्रकारका गुरिल्ला कार्वाही।
इलाकाहरुको हिसाबले जनयुद्धको थालनीका निमित्त संघर्षका रुपहरुको प्रयोगको सीमा निम्न बमोजिम हुनेछन्। मुख्य इलाकाहरुमा – (क) गुरिल्ला युद्ध – अधिकतम हमला गर्ने र कब्जा गर्ने, न्यूनतम सामन्त जाली फटाहको घर रेड गर्ने वा पुलिस अथवा अन्य दुश्मनलाई एम्बुसद्वारा हमला गर्ने। (ख) सेवोटेज – अधिकतम प्रशासनिक प्रतिष्ठानमा विष्फोट गराउने वा आगो लगाउने, न्यूनतम स्थानीय सामन्त, जाली फटाह र जासुसको आर्थिक क्षति र्पुयाउने।
(ग) वर्ग दुश्मन खतम: अधिकतम – बदनाम नोकरशाह वा अफिसरलाई खतम पार्ने, न्यूनतम, स्थानीय दुश्मन वा गुण्डाहरुमाथि आक्रमण। (घ) प्रचारात्मक स् अधिकतम – आधुनिक हतियारसहित जनतामा टीमवद्ध प्रचार गर्ने, न्यूनतम – निशस्त्र र टीमवद्ध प्रचार गर्ने, वालिङ्ग, पर्चा, पोष्टर आदि।
सहायक इलाकाहरुमा: (क) सेवोटेज – मुख्य इलाकाको जस्तै गर्ने। (ख) गुरिल्ला युद्ध – मुख्य इलाकाको न्युनतम जस्तै गर्ने। (ग) प्रचारात्मक स् अधिकतम – स्थानीय हतियारसहित टीमवद्ध प्रचार गर्ने, न्युनतम – पर्चा, पोष्टर, वालिङ्ग, घर घरमा गई प्रचार गर्ने। (घ) वर्ग दुश्मन खतम – विशिष्ट स्थितिमा स्थानीय सामन्त, जाली फटाह र गुण्डामाथि आक्रमण गर्ने।
प्रचार इलाकाहरुमा – (क) प्रचारात्मक स् अधिकतम – पर्चा, पोष्टर, वालिङ्ग, कार्टुन, जुलुश आदि। न्युनतम – घर घरमा गई प्रचार गर्ने। (ख) सेवोटेज – स्थानीय सामन्ती, जाली फटाहको आर्थिक क्षति र्पुयाउने। (ग) गुरिल्ला कार्वाही – सहायक इलाका जस्तै गर्ने। (घ) वर्ग दुश्मन खतम स् अधिकतम – क्षेत्रको स्वीकृति लिई विशिष्ट केसमा वर्ग दुश्मन खतम न्युनतम – बदमासहरुलाई शारीरिक दण्डसम्म मात्र।
मुख्य इलाकाहरुमा जनयुद्धको थालनीका लागि कार्वाहीको निशाना र अन्य योजना मूर्त रुपमा केन्द्रीय कार्यालय र क्षेत्र मिलेर बनाइनेछन्। सहायक इलाकाहरुमा त्यो योजना क्षेत्रीय कार्यालय र उपक्षेत्र इन्चार्ज मिलेर बनाउनेछन्। प्रचार इलाकाहरुमा उपक्षेत्र ईन्चार्ज र जिल्ला समिति मिलेर बनाउनेछन्। सुरक्षा दल र स्वयंसेवक दलको ठोस योजना क्षेत्रको निर्देशनमा जिल्लाहरुले नै बनाउनेछन्। तर त्यसो गर्दा जिल्लाले एरियामा र एरियाले सेलमा नै गएर कार्वाहीको मूर्त योजना बनाउनुपर्नेछ। उपरोक्त नीति अनुसार संघर्षका रुपहरुको प्रयोगका लागि आवश्यक सबै तयारी यसै निर्धा्रित अवधिमा पूरा गर्नुपर्नेछ।
संघर्षका वैधानिक रुपहरुबारे स् संघर्षको प्रधान रुप अवैधानिक र सशस्त्र हुन्छ भन्ने कुरा माथिको योजनामा स्पष्ट अभिव्यक्त भएको छ। योजना कार्यान्वयनको प्रक्रियामा पार्टीले व्यापक जनसमुदायलाई परिचालन गरी विभिन्न प्रकारका जनकार्वाही पनि गर्नुपर्दछ। ती पनि अवैधानिक र सशस्त्र कार्वाहीभित्रै पर्दछन्। तर संघर्षको सहायक रुप वैधानिक ढंगको राष्ट्रियता, जनतन्त्र एवं जनजिविकाका विविध समस्याहरुलाई लिएर विविध रुपमा जनआन्दोलन उठाउने कुरा र त्यसको महत्वलाई पार्टीले कहिल्यै बिर्सनुहुन्न। त्यसरी वैधानिक संघर्षको सहयोग जुटाउन सकिएन भने सशस्त्र संघर्ष अलगावमा पर्ने खतरा उत्पन्न हुन्छ भन्ने तथ्यलाई हरेक स्तरको पार्टी कमिटीले गम्भीरतापूर्वक लिनुपर्दछ। त्यसका निमित्त जनयुद्धको थालनी पश्चात निम्न तरीकाले जानको लागि आवश्यक तयारी गर्दै जानुपर्दछ।
(क) सरकारी दमनका विरुद्ध विभिन्न स्तरमा विभिन्न जवसहरुका तर्फबाट विरोर्ध याली, सभा र अन्य कार्यक्रम गर्ने। (ख) विभिन्न प्रकारका सामाजिक संघसंस्थालाई जनपरिचालनका निमित्त उपयोग गर्ने। (ग) आवश्यकताअनुसार वैधानिक क्रियाकलापका निमित्त विभिन्न स्तरमा विभिन्न नामबाट जनअधिकार समितिहरु बनाई जनपरिचालन गर्ने. (घ) मजदुर, किसान, महिला, विद्यार्थी, बुद्धिजीवी लगायतका विभिन्न जन–वर्गका पेशागत समस्याहरुलाई लिएर केन्द्रीय र मुख्यतः स्थानीय रुपमा संघर्ष उठाउन प्रयास गर्ने आदि।
(ङ) विभिन्न प्रकारका दलहरुका निमित्त निर्दे्शिका तयार पारी एक चरण अध्ययन गराउने।
पुनश्चः माथि उल्लेखित तयारी सम्बन्धि सबै कामहरु प्रवास र उपत्यकाञ्चलमा अन्यत्र जस्तै सामान्य विधिद्वारा गर्न सम्भव नहुने भएकोले क्षेत्रीय विशेषता अनुसार अत्यन्त भूमिगत रुपमा क्षेत्रको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा गर्नुपर्दछ। प्रचार गर्ने, सञ्चित शक्ति निर्माण गर्ने तथा लडाकु आपूर्ति गर्ने हिसाबले प्रवासको कामलाई संगठित गरिनुपर्दछ। उपत्यकाञ्चलमा प्रचार गर्ने, कार्यकर्ता तयार पारी गाउँतिर पठाउने, गाउँको संघर्षलाई सहयोग पुग्ने किसिमले कार्वाहीहरु गर्ने तथा अहिलेदेखि नै भावी विद्रोहको तयारीका रुपमा कामहरुलाई संगठित गर्नुपर्दछ।
द्वितीय उपचरण (जनयुद्धको थालनी)
प्रथम उपचरणका कामलाई निश्चित अवधिमा अभियानका रुपमा सम्पन्न गरेपछि यो सम्पूर्ण योजनाको केन्द्रीय भाग, दोस्रो उपचरण जनयुद्धको ऐतिहासिक थालनी गर्नुहुनेछ। थालनीको सन्दर्भमा निम्न कुराहरुमा स्पष्ट हुन जरुरी छ। १. जनयुद्धको थालनी गर्ने काम पार्टीको पूरानो प्रक्रियाबाट नयाँ प्रक्रियामा क्रमशः विकासका रुपमा नभएर एक ठूलो धक्का र फड्कोका रुपमा हुनेछ। २. यो थालनी वा सम्पूर्ण कार्वाहीहरु सामन्त, नोकरशाह र दलाल पूँजीपति वर्गका विरुद्ध केन्द्रित एवं परिलक्षित हुनेछन्।
३. जनयुद्धको यो थालनी निश्चित मितिमा एकै दिन देशका सबै क्षेत्रमा योजना मुताविक निर्धा्रित प्रतिनिधि कार्यवाहीद्वारा हुनेछ। ४. थालनीकै दिन “जनयुद्धको बाटोमा अघि बढौं” भन्ने मूल नारासहितको एक ऐतिहासिक पर्चा देशव्यापी रुपमा वितरण गरिनेछ र जनयुद्धको भाव झल्केको एक पोष्टर पनि सोही दिन देशभरि टाँसिनेछ। ५. समग्र पक्षमाथि विचार गरी थालनीको निश्चित मिति र दिन केन्द्रीय कार्यालयले निर्धारण गर्नेछ। ६. थालनीको दिन संघर्षका रुपहरुमा गुरिल्ला युद्ध, सेवोटेज र प्रचारात्मक कार्यवाही मात्र प्रयोगमा ल्याइनेछन्।
तृतीय उपचरण (जनयुद्ध थालनीको निरन्तरता)
यो उपचरण योजनाको अन्तिम भाग हुनेछ। यसअन्तर्गत निम्न कुराहरु गरिनेछन् स् १. मुख्यतः सहायक र प्रचारात्मक सबै इलाकाहरुमा सबै प्रकारका दलहरुका निमित्त तयारीकै क्रममा मूर्तिकरण गरिएका संघर्षका कार्यक्रमहरुलाई कार्यान्वयन गरिनेछ। २. उपचरण थालनीको विस्तारका रुपमा हुनेछ। प्रथम उप–चरणका कामलाई निश्चित अवधिमा अभियानका रुपमा सम्पन्न गरेपछि यो सम्पूर्ण योजनाको केन्द्रीय भाग, दोस्रो उपचरण जनयुद्धको ऐतिहासिक थालनी गर्नुहुनेछ।
थालनीको सन्दर्भमा निम्न कुराहरुमा स्पष्ट हुन जरुरी छ। १. जनयुद्धको थालनी गर्ने काम पार्टीको पूरानो प्रक्रियाबाट नयाँ प्रक्रियामा क्रमशः विकासका रुपमा नभएर एक ठूलो धक्का र फड्कोका रुपमा हुनेछ। २. यो थालनी वा सम्पूर्ण कार्वाहीहरु सामन्त, नोकरशाह र दलाल पूँजीपति वर्गका विरुद्ध केन्द्रीत एवं परिलक्षित हुनेछन् । ३. जनयुद्धको यो थालनी निश्चित मितिमा एकै दिन देशका सबै क्षेत्रमा योजना मुताविक निर्धा्रित प्रतिनिधि कार्यवाहीद्वारा हुनेछ।
४. थालनीकै दिन “जनयुद्धको बाटोमा अघि बढौं” भन्ने मूल नारासहितको एक ऐतिहासिक पर्चा देशव्यापी रुपमा वितरण गरिनेछ र जनयुद्धको भाव झल्केको एक पोष्टर पनि सोही दिन देशभरि टाँसिनेछ। ५. समग्र पक्षमाथि विचार गरी थालनीको निश्चित मिति र दिन केन्द्रीय कार्यालयले निर्धारण गर्नेछ। ६. थालनीको दिन संघर्षका रुपहरुमा गुरिल्ला युद्ध, सेवोटेज र प्रचारात्मक कार्यवाही मात्र प्रयोगमा ल्याइनेछन्।
तृतीय उपचरण (जनयुद्ध थालनीको निरन्तरता)
यो उपचरण योजनाको अन्तिम भाग हुनेछ। यस अन्तर्गत निम्न कुराहरु गरिनेछन् स् १. मुख्यतः सहायक र प्रचारात्मक सबै इलाकाहरुमा सबै प्रकारका दलहरुका निमित्त तयारीकै क्रममा मूर्तिकरण गरिएका संघर्षका कार्यक्रमहरुलाई कार्यान्वयन गरिनेछ। २. यो उपचरण थालनीको विस्तारका रुपमा हुनेछ।
४. प्राविधिक कामका सम्बन्धमा: निश्चित अवधिमा प्राविधिक पक्षमा निम्न कुराहरु पूरा गर्न ध्यान दिनुपर्दछ। (क) तबचनभत को छनौट, सर्वेक्षण र आवश्यक नक्साहरु संकलन गर्ने। (ख) जनयुद्धको थालनीको योजना बमोजिम सोको निमित्त आवश्यक न्यूनतम सामाग्रीहरु संकलन गर्ने। (ग) थालनीका निमित्त योजना बमोजिम दलहरुलाई प्राविधक प्रशिक्षण दिने। (घ) सबै स्तरका पार्टी कमिटीहरुले न्यूनतम रुपमा रासन पानी, औषधीमूलो, लत्ता कपडा लगायतका ीयनष्कतष्अक को नियमित आपूर्तिको व्यवस्थापन गर्ने।
(ङ) सबै स्तरका पार्टी कमिटीहरुले ड्रेन, ड्रम, डम्प र विभिन्न कामका निमित्त आवश्यक सुरक्षित स्थलहरुको खोजी र निर्धारण गर्ने। (च) सबै स्तरका पार्टी कमिटीहरुले न्यूनतम रुपमा नगद कोष व्यवस्था गर्ने। (छ) भूमिगत सञ्चार प्रणालीको व्यवस्था गर्ने। (ज) अन्तराष्ट्रिय सम्बन्ध र प्रचारको कामलाई व्यवस्थित गर्ने। (झ) सैन्य कार्वाहीको दिशा एवं मुख्य, सहायक र प्रचार इलाकाको निर्धारण गर्ने। निरन्तरताको यो प्रक्रिया निश्चित अवधिका लागि मात्र हुनेछ। सोपश्चात थालनीका सम्पूर्ण क्रियाकलाप र त्यसका परिणामको मूल्यांकन गरी केन्द्रले नयाँ योजना तयार पारी कार्यान्वयनमा ल्याउने छ।
यो योजनाका अन्य महत्वपूर्ण कुराहरु
(क) केन्द्रीय कार्यालय: जनयुद्धको ऐतिहासिक पहल लगायतका पार्टीका समग्र क्रियाकलापको मुटुका रुपमा केन्द्रीय कार्यालयलाई नयाँ निर्णयको भावनाअनुसार भूमिगत रुपले वयवस्थित पार्नु पर्दछ। त्यसका लागि भूमिगत सञ्चार वयवस्था स्टाफ र अन्य आवश्यक तयारी तत्काल गरिनु पर्दछ। नयाँ निर्णयअनुसार रुपान्तरणको प्रक्रिया केन्द्रीय कार्यालयबाट नै थाल्नु पर्दछ।
(ख) सञ्चारबारे: जनयुद्धको थालनीपछि प्रतिक्रियावादका तर्फबाट हुने दमनलाई मध्यनजर गरी केन्द्र, क्षेत्र र जिल्ला सबैले भूमिगत सञ्चार प्रणालीको व्यवस्था गर्ने कामलाई उच्च प्राथामिता दिनु पर्दछ। त्यसका लागि तत्काल निम्न कुरामा ध्यान दिनुपर्दछ। १. घटनाक्रमको जानकारी तुरुन्त माथिल्लो कमिटिमा र्पुयाउन र माथिको निर्देशन प्राप्त गर्न अप्रत्यक्ष तरिका मिलाई कोडको प्रयोग गर्ने। २. दस्तावेज चिठी पत्र आदिको आदानप्रदानका लागि निश्चित कोरियर, भूमिगत बाटोघाटो एवं सुरक्षित स्थलहरुको व्यवस्था गर्नु। ३. टेक सम्बन्धि सामग्रीको ओसारपसारका लागि अलग व्यवस्था गर्नु। ४. सञ्चार सम्बन्धि कामलाई व्यवस्थित पार्न हरेक स्तरको कमिटीले एक उपयुक्त सदस्यको नेतृत्वमा सञ्चार विभाग गठन गर्ने।
(ग) आर्थिक सम्बन्धमा: यो समग्र योजना कार्यान्वयन गर्न पार्टीलाई प्रशस्त तगद रकमको आवश्यकता पर्दछ। सामान्यतः अनुमानअनुसार कम्तिमा २० लाख रुपैंया यसका लागि अनिवार्य छ। पैसाको अभावले निर्णय कार्यान्वयनको गतिमा असर पार्ने मात्र होइन, त्यसले सम्पूर्ण पार्टीको सुरक्षामा नै गम्भीर खतरा उत्पन्न हुन्छ। थालनीपछि पार्टी कमिटीहरुसँग अग्रीम कोष भएन भने त्यसको घातक परिणाम हुन सक्छ। तयारीको खर्च बाहेक थालनीको ठिक पूर्व केन्द्रसँग कम्तिमा १० लाख र हरेक क्षेत्रसँग १ देखि डेढ लाखसम्म नगद रहनु आवश्यक देखिन्छ।
त्यसका लागि निम्न उपायहरु अपनाउनुपर्दछ। १. सबै क्षेत्रहरुले तयारीकै क्रममा एक ः.ब्. गर्ने । २. पूरै गम्भीरताका साथ योजनावद्ध ढंगले जिन्सी चन्दा संकलन गर्ने। ३. विदेशमा रहेका नेपालीहरुबाट चन्दा संकलन गर्ने। ४. देशभित्र नै केन्द्रीय योजना अनुरुप चन्दा अभियान चलाउने। ५. केही निश्चित प्राविधिक सामानहरु दुश्मनबाट कब्जा गर्ने, यसमा क्षेत्रहरुले अनिवार्य रुपमा कमिटीमा एक सामान कब्जा गर्नुपर्नेछ। ६. अन्य विधिको खोजी गर्न सबै क्षेत्रहरुले सिर्जनात्मक रुपले सोच्नुपर्दछ।
(घ) जेल लाइनबारे: जनयुद्धको थालनी पूर्व सबै पार्टी सदस्यहरुले वैधानिकता बचाएर अहिलेसम्म जसरी जाने गरिएको छ त्यसरी नै जानु पर्दछ। तर थालनी पछिको गुणात्मक रुपले भिन्न स्थितिमा अपनाउनुपर्ने नीति निम्न बमोजिम हुनेछ। १. व्.क्. ले आफुलाई व्.क्. कै रुपमा प्रस्तुत गर्ने तथा सशस्त्र संघर्ष एवं पाटी लाइनको रक्षा गर्ने। २. एद्यः, ऋऋः ले आफूलाई पार्टी सदस्यको रुपमा प्रस्तुत गर्ने तथा सशस्त्र संघर्ष एवं पार्टी लाइनको रक्षा गर्ने।
३. कार्वाहीका सम्बन्धमा पार्टी केन्द्रले स्पष्ट शब्दमा स्वीकार नगर्दासम्म सदस्यहरुले आफ्नो घटनामा असंलग्नता जाहेर गर्दै पार्टी नीतिअनुसार नैतिक समर्थन गर्ने तर कार्वाहीकै क्रममा सप्रमाण पक्राउ खाएमा त्यस्ता सदस्यहरुले पार्टी नीतिअनुसार आफ्नो स्वविवेकले घटनामा संलग्न भएको बताउने (याद रहोस् यो केवल पार्टीले कार्वाहीलाई घोषित रुपले स्वीकार नगर्दासम्मका लागि मात्र हो)। ४. वैधानिक क्षेत्र र विभिन्न मोर्चामा काम गर्ने सदस्यहरुले आफूलाई पार्टी लाइनको समर्थक तर मोर्चाको सदस्यको रुपमा बनाउने।
५. पार्टीले कार्वाहीको जिम्मेवारी लिइसकेपछि प्रत्यक्ष प्रभावसहित प्रक्राउ खाने वा दुश्मनले जाने बुझेर पकड्ने नेता कार्यकर्ता एवं दल सदस्यहरुले सोझै पार्टीको पक्षमा बयान दिने। ६. दुश्मनले शंकाकै आधारमा केन्द्र भन्दा तलका सदस्यहरुलाई पकडेमा उनीहरुले आफूलाई पार्टी समर्थकका रुपमा प्रस्तुत गर्ने। ७. संघर्षको विकाससँगै समर्थक जनतालाई समेत पार्टी समर्थकका रुपमा बयान दिन प्रेरित गर्ने।
८. पक्राउ परेका सदस्यहरुसँग सम्पर्क गर्ने तथा अन्य आवश्यक हेर विचारका लागि केन्द्र, क्षेत्र र जिल्लासम्मले जेल विभाग बनाई कामलाई व्यवस्थित पार्ने। ९. दुश्मनले पकड्दा जस्तोसुकै दमन र यातनाका बावजुद एउटा कम्युनिष्ट योद्धाका रुपमा आफूलाई उभ्याउन तथा कुनै पनि हालतमा पार्टी गोपनियता नखोल्न पार्टीमा तयारीकै क्रममा व्यापक प्रशिक्षण चलाउने। १०. दुश्मनका अगाडि आत्मसमर्पण गर्ने, पार्टीप्रति गद्दारी गर्ने व्यक्तिलाई त्यसको प्रकृतिअनुसार कडा भन्दा कडा कार्वाही गर्ने।
(ङ) दल सम्बन्धमा: १. विभिन्न प्रकारका दलहरु निर्माण गर्दा महिला र पुरुषलाई एउटै दलमा राख्ने महिला र पुरुषको अलग–अलग दल नबनाउने। २. विभिन्न दलहरुको कार्वाहीको प्रकृति, हात हतियारको व्यवस्था, आक्रमण र रक्षाका उपायहरु जनतासँगको सम्बन्ध आदिबारे उल्लेख गरी निर्दे्शिका तयार पारी तयारीकै क्रममा सम्बन्धित पार्टी कमिटीमा वितरण गर्ने। ३. गोपनीयता, गतिशिलता, दृढता, सतर्कता र लचकता लडाकु दलका लागि सुत्रशब्द हुनेछन्। ४. यस चरणको सम्पूर्ण कार्वाहीहरु दुश्मनको कमजोर विन्दु पत्ता लगाई हान र भागको छापामार युद्धको सिद्धान्तमा आधारित हुनेछन्।
(च) घुसपैठका सम्बन्धमा: दुश्मनका तर्फबाट पार्टी्भित्र हुनसक्ने घुसपैठबाट बच्न तथा दुश्मनको स्थिति पत्ता लगाउन हाम्रो तर्फबाट घुसपैठ गर्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्दछ। त्यसका लागि प्रशासन, सेना, पुलिस लगायतका विविध क्षेत्रमा पार्टी सुराकीहरुको जालो तयार पार्न प्रयत्न गर्नुपर्दछ। आफूलाई र दुश्मनलाई चिनेपछि जति पनि लडाई जित्न सकिन्छ भन्ने कुराको वैज्ञानिकतालाई विचार गरी सबै स्तरका पार्टी कमिटीहरुले दुश्मनका त्यसप्रकारका स्थानमा पहिलेदेखि नै काम गर्दै आएका आफ्ना समर्थक, शुभचिन्तक र नातेदारहरुको खोजविन गरी आवश्यक सम्पर्क गर्ने तथा कतिपय स्थानमा सचेत ढंगले आफ्ना सदस्यहरुलाई पठाउने पनि गर्नुपर्दछ। त्यस प्रकारका सुत्रहरुको सूचना तलका कमिटीहरुले अविलम्ब माथिल्लो कमिटीमा दिनुपर्नेछ।
प्रिय कमरेडहरु,
आज हामीले नेपाली समाज र पार्टीको जीवनमा आमूल परिवर्तन गर्ने प्रमुख साधनका रुपमा जनयुद्धको पहल गर्ने महान् व्यवहारिक फड्को हान्दैछौं। यो कठिन तर सम्भव र महान् निर्णय पार्टीले कसरी लिन सक्यो ? यसका पछाडि पहिलो, मानव समाजकै वर्गसंघर्षको विकास प्रक्रियाले काम गरेको छ, दोस्रो, लामो समयदेखि नेपाली जनताले चलाउँदै आएका विविध रुपका संघर्षहरु तथा ती संघर्षहरुमा हाम्रो पार्टीका नेता एवं कार्यकर्तादेखि अनगिन्ती नेपाली जनता वा छोराछोरीहरुले प्राप्त गरेको शहादत्त र उनिहरुको रगतले काम गरेको छ। तेस्रो, नेपाली कम्युनिष्ट आन्दोलनमा सर्वहारा वर्गको अपराजेय वैज्ञानिक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवादका लागि विभिन्न रुपका अवसरवाद मुख्यतः दक्षिणपन्थी संसोधनवादका विरुद्ध पार्टीको लामो र कष्टसाध्य वैचारिक संघर्षले काम गरेको छ। चौथो, जनताको मुक्तिका निमित्त पार्टीको क्रान्तिकारी राजनैतिक कार्य्दिशा अनुसार वर्गसंघर्षका विभिन्न मोर्चामा सर्वहारा वर्गीय स्पिरिडका साथ डटिरहेका नेता र कार्यकर्ताहरुको त्याग, लगन र साहसले काम गरेको छ। पाँचौ, विश्व कम्युनिष्ट आन्दोलनका विगत र वर्तमानका प्रचुर सकारात्मक एवं नकारात्मक अनुभवहरुले काम गरेको छ। छैठौं, नेपाली समाजलाई आज चौतर्फी संकटको स्थितिमा र्पुयाउने सामन्त, नोकरशाह र दलाल पूँजीपति वर्गप्रतिको हाम्रो सचेत घृणा र नेपाली जनताको मुक्तिका निमित्त जस्तोसुकै वलिदान गर्न तयार रहने हाम्रो प्रतिवद्धताले काम गरेको छ।
त्यसकारण आज यो निर्णय हुन सामान्यतः विश्व सर्वहारा वर्ग र जनसमुदायको, मुख्यतः नेपाली सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायको एउटा महत्वपूर्ण विजय हो। आज प्रत्येक पार्टी सदस्यले त्यो महान् गौरव र जिम्मेवारीलाई व्यवहारमा चरितार्थ पार्न मुक्ति वा मृत्युको स्पिरिडमा दिलो ज्यानले मोर्चामा डट्नु भन्दा ठूलो अर्को कर्तव्य छैन। हामीसँग मार्क्सवाद–लेनिनवाद–माओवादको सर्वशक्तिमान वैचारिक हतियार छ, सही राजनैतिक एवं सैनिक कार्य्दिशा छ, त्यस अनुसारको योजना छ, त्यसैले अब हाम्रा लागि साहस, साहस फेरि साहसको परिचय दिनु आवश्यक छ। बाटो कठिन छ। तर भविष्य उज्ज्वल छ। जीत सुनिश्चित छ।
उदारतालाई कमजोरी ठाने इतिहास निकै निर्मम हुनसक्छ : अध्यक्ष प्रचण्ड( पूर्णपाठ)
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदारतालाई कमजोरी ठानियो भने इतिहास निकै निर्मम भएर प्रस्तुत हुनसक्ने बताउनुभएको छ । संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएको थुप्रै इतिहास भेटिए पनि नेपालमा भने गणतन्त्र मौलिक ढंग्गले आएको उल्लेख गर्दै प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पूर्वराजालाई संविधान भित्र रहेका गतिविधि गर्न सुझाउनुभएको हो । साथै अध्यक्ष प्रचण्डले सरकारको गलत क्रियाकलापविरुद्ध र अर्कोतिर प्रतिगामी चलखेलकाविरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सर्जना भएको बताउँदै राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी समेत गर्नुभएको छ । अध्यक्ष प्रचण्डले राजावादीहरू सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको समेत बताउनुभएको छ। व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेलसमेत मिसिएको अध्यक्ष प्रचण्डको भनाइ छ । ‘राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् । तर यस खालका चलखेल आजमात्र भएका होइनन् । नेपालमा यस्ता खालका चलखेलहरु हिजो पनि थिए, अस्ति पनि थिए,’ उहाँले भन्नुभयो । पूर्वराजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुने समेत उहाँले चेतावनी दिनुभयो। प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डज्यूले २०८१ फागुन २७ गते प्रतिनिधिसभा बैठकमा गर्नुभएको सम्बोधन सभामुख महोदय, सबभन्दा पहिले त म संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि जीवन वलिदान गर्ने हजारौं वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, हजारौं बेपत्ता योद्धा र घाइतेहरु अनि लाखौं लाख जनसमुदायप्रति हार्दिक सम्मान र आभार प्रकट गर्दछु । इतिहासका विभिन्न कालखण्डका ती गौरवपूर्ण वलिदानलाई आज अझ विवेक र कृतज्ञताका साथ स्मरण गर्नुपर्ने भएकोछ किनकि, त्यो शहादतबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदै छ । त्यसकारण हामीले विशेष रुपले स्मरण गर्न जरुरी छ । जनताको बलिदानपूर्ण लामो संर्घषबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कोशिस हुँदैछ । म आज विशेष समय लिएर आम नेपाली जनतालाई यो भन्न सम्मानित रोस्टममा उभिएको छु कि अब हामीले एकातिर सरकारको गलत क्रियाकलापविरुद्ध र अर्कोतिर प्रतिगामी चलखेलकाविरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सर्जना भएको छ । सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभंग बढाउँदै लगेको छ । आठ महिना अघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष थिएन । माइतिघर मण्डला पनि लगभग खाली हुँदै थियो । तर, आज मिटरब्याजपीडितले सिडिओ अफिसभित्रै आत्महत्या गर्न खोजेका समाचार पढ्नु परेको छ । गुठीपीडित जनता सयौं किलोमिटर छिचोलेर आफ्ना पीडा सुनाउन काठमाडौं आइपुगेका छन् । लघुवित्तपीडितका समस्या अझ बल्झिएका छन् । सहकारीपीडित थप पीडित भएका छन् । देशभरका सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका छन् । दुग्ध उत्पादक किसान होउन् वा तरकारी उत्पादक, निर्माण व्यवसायी होउन् वा उखु किसान, दलित होउन् वा महिला म सबैलाई आज आन्दोलनमै देखिरहेको छु । मलाई लाग्छ सबैले स्थिति अलि जटिल छ भन्ने महसुस गरेकै छौं । सरकारमा बसेका साथीहरुलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलनबाहेक अरु विकल्पै देख्न छाडेको हो ? सरकारले जनतासँग संवाद गर्ने सामथ्र्य गुमाएको हो कि संवाद गर्न नचाहेको हो ? जनताको नजरमा सरकारको विश्वसनीयता र सरकारसँग संवादको औचित्य नै समाप्त भएको हो ? सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनःस्थापनको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनःस्थापनाको चुनौती दिन थालेका छन् । राजावादीहरुको यो चहलपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् । तर, म के भन्न चाहन्छु भने यसखालका चलखेल आज मात्रै भएका होइनन् । नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए । तर चाहि अचानक वृद्धि किन भयो ? प्रश्न मुख्यतः यहाँ रहेको छ । पछिल्ला आठ महिनामा सत्तामा रहेका पार्टीहरुले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाई छैन । सभामुख महोदय, आज म ठूलो जिम्मेवारीका साथ, सँगसँगै चेतावनीका साथ पनि भन्न चाहन्छु, नेपालको शान्ति प्रक्रिया मात्र होइन, गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ । संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रे रगतले लेखिएको थुप्रै इतिहास भेटिन्छछ तर नेपाल त्यसमा अपवाद बन्यो । हामी सबैलाई जानकारी छ, यो हाम्रो मौलिकता र उदारताको प्रमाण थियो । पूर्व शाही परिवारमाथि हिंसा त परको कुरा, निर्वासनसमेत नतोकी, पूर्वराजालाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँसमेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने हामी कसैले बिर्सनु हुँदैन । यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने कसैलाई लागेको छ भने त्यो निकै ठूलो भ्रम मात्रै हुनेछ र उदारतालाई कमजोरी ठानियो भने इतिहास निकै निर्मम भएर प्रस्तुत हुनसक्छ भनेर हामी सबैले हेक्का राख्न जरुरी छ । गणतन्त्रका लागि यो देशका लगभग हरेक ढुंगामा जनताको रगत बगेको छ, हामी कसैले नबिर्सौं । क्रान्तिको इतिहास पढ्नुहोस्, गणतन्त्रको जग कति फराकिलो छ । सीमित माओवादीले उठाएको बन्दुकका कारणले मात्र होइन यो देशका सबैभन्दा सीमान्त वर्ग, लिंग, जाति, समुदाय समग्रको त्याग र बलिदानको परिणामको रुपमा आएको हो, यो हेक्का हामी सबैलाई रहोस् । सार्वभौम भइसकेका नेपाली जनता फेरि रैती हुन्छन् भनेर सोचियो भने त्यो भन्दा ठूलो भ्रम अरु केही हुनै सक्दैन । हिजो राजतन्त्रमा गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो । अहिले राजावादी साथीहरु सम्मानित संसदमै हुनुहुन्छ । लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने राम्रो उदाहरण यो भन्दा केही हुन्छ र ? एउटा विचारका रुपमा राजतन्त्रसँग मेरा असहमति छन् तर म लोकतान्त्रिक हकको सम्मान गर्दछु । एक सय ६ वर्ष अघि राजतन्त्र समाप्त भएको रुसमा अझै राजतन्त्रवादी पार्टी अस्तित्वमा छन् । फ्रान्समा अन्तिम राजतन्त्र सकिएको एक सय ७५ वर्ष भयो, अझै पनि त्यहाँ राजतन्त्र फर्काउन चाहने पार्टीहरु अस्तित्वमा छन् । सर्विया, बुल्गेरिया, इरान, अफगानिस्तानमा पनि राजावादीहरुको ससानो उपस्थिति अहिले पनि देखिएकै छ । राजावादीहरुलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नोस्, हामीलाई आपत्ति छैन । लोकतन्त्र जति प्रचण्डको हो, त्यत्ति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी राजनीतिक दलहरुले राखेका छौं र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ । यो कुरालाई कमजोरी नठानियोस् । तर, लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले फेरि एकपटक आफ्नो शक्ति देखाउने छ । यो चुनौती पनि म राख्न चाहन्छु । एकातिर राजावादी साथीहरु सडकमा हुनुहुन्छ, सदनमा पनि हुनहुन्छ । उहाँहरुका उद्देश्य प्रष्ट छन्, उहाँहरुले इतिहासको चक्कालाई पछाडितिर फर्काउन चाहनुभएको छ । पनि खतरनाक र प्रतिगामी छन् । अर्कातिर सरकारको कुशासन पनि छ । लोकतन्त्रलाई जति ठुलो चुनौती बाहिरबाट छ, सत्तासीन साथीहरुको कुशासनले व्यवस्थाभित्रैबाट लोकतन्त्रलाई त्यो भन्दा बढी चुनौती दिइरहेको छ भन्ने कुरालाई पनि हामीले बिर्सनु हुँदैन । सत्तारुढ दलका साथीहरुले लोकतन्त्रकमा मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरिरहनुभएको छ । संसद प्रतिपक्षको हो भन्ने अन्तराष्ट्रिय मान्यता, यद्यपि त्यो संवैधानिक र कानुनी मान्यता होइन, तर यो आम रुपमा स्वीकारिएको मान्यता हो ।संसद सञ्चालनमा तपाईहरुले प्रतिपक्षलाई कति स्पेस दिनुभएको छ, आफैसँग सोध्नुहोस् । प्रमुख प्रतिपक्षी दलको नेता रोस्टममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि, संस्कारहीनता हो वा कुण्ठा हो, त्यसको जवाफ पनि आफैं खोज्नोस् । अर्को प्रतिपक्षी नेतालाई अनुचित ढंगले निलम्वन गरिएको छ । त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा परेको प्रभाव आफैं मूल्यांकन गर्नुहोस् । हिरासतमा नभएको नेतालाई संसदमा आउन दिने प्रचलन हामीले पहिले स्थापित गरिसकेका छौं । सदनभित्र बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ, ठाउँठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन, यो कुरा पनि हेक्का रहोस् । विचौलियाको हितका लागि धमाधम अध्यादेश ल्याउने सरकार संघीयता कार्यान्वयनसँग जोडिएका संसदमा विचाराधिन विद्येयक अघि बढाउन सरकार किन अनिच्छिुक देखिएको हो ? गम्भीर प्रश्न हो । संघीय निजामति विधेययक, जो मैले आफ्नो प्रधानमन्त्रीत्वकालमा धेरै मेहनत गरेर सदनसम्म ल्याइपुर्याएको छु, विद्यालय शिक्षा लगायतका विधेयकहरु अहिले पनि सरकारकै कारण अघि बढ्न सकेका छैनन । यो आफैमा गम्भीर विषय छ । आज प्रतिगमनतिरको मनोबल सरकारका स्वेच्छाचारी र गलत गतिविधिले गर्दा नै बढेको छ भनेर हेक्का राखिएन भने आउने दिन अझ गम्भीर र चुनौतीपूर्ण हुन्छन् भन्ने कुरा विचार गर्न जरुरी छ । कसैको तस्बिर छापिएका टिसर्ट लगाएकै कारण सरकारले नागरिकलाई निणन्त्रणमा लिइरहेको छ । लोकतन्त्रमा सरकारले राख्छ त्यस्तो हक ? हिजो राजामहाराजाझैं पूरै सडक खाली गरेर सवारी चलाउने सनक चढ्छ हाम्रा प्रधानमन्त्रीजीलाई । लोकतन्त्रले के यो राजसी ठाँट स्वीकार गर्छ ? सत्तारुढ पार्टीका कार्यकर्ताले आम नागरिक त परको कुरा, बर्दीधारीलाई नै आक्रमण गर्छन् तर तिनलाई कारवाही हुँदैन । यस्तो दण्डहिनताले लोकतन्त्रप्रति जनताको भरोसा बढाउँछ या जनताको वितृष्णा बढाउँछ हेक्का राख्नुपर्ने विषय हो । मैले पटकपटक भनेको छु, आज हामी सबै जनताको अत्यन्त सघन निगरानीमा छौं । तर, तपाईहरुले जनचाहनालाई वारम्वार उपेक्षा गरिहनुभएको छ । पछिल्ला आठ महिनामा तपाईहरुले लोकतन्त्रलाई गंगा नदी जस्तो बनाइदिनुभएको छ । एकअर्कालाई चोख्याएर, नक्कली भुटानी शरणार्थीए काण्ड धुनुभयो गंगा नदीमा तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो तर फोहोर थुप्रियो लोकतन्त्रमा । गिरिबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयका जमिनहरुको काण्ड धुनुभयो तर जनताको नजरमा मैलो लोकतन्त्र देखियो । तपाईहरुप्रतिको आक्रोश आज व्यवस्थाविरुद्ध पोखिन खोज्दै छ भन्ने कुरालाई कत्तिको आत्मसमीक्षा गर्नुभएको छ ? मैले यही सदनमा पछिल्लोपटक विश्वासको मत लिंदै गर्दा भनेको थिएँ आत्मसमीक्षासहित, गल्ती हाम्रा पनि भए । हामी सबैले आफ्नो आत्मसमीक्षा गरेर जनताप्रति जवाफदेही हुने प्रक्रियाको सुरुवात गरेनौं भने आउने दिन झन् जटिल हुन्छज्र भनेर भनेको थिएँ । अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथीहरुले बडो घमण्ड गरेको सुनिन्छ, सरकार यो गर्दैछ, त्यो गर्दै छ । तर, दुई तिहाईको घोडा कसले दौडाएको छ ? मैले त्यतिबेला पनि भनेको थिएँ, अहिले पनि जोड दिएर भन्न चाहन्छु, सरकारको दुई तिहाईको घोडा प्रधानमन्त्री र मन्त्रीले चलाएको मैले देखेको छैन । त्यो घोडा विचौलियाहरुले चलाएका छन् । तपाईले गर्ने नियुक्ति, तपाईहरुले गर्ने सेटिङ, तपाईहरुले गरेको मैले देख्दिनँ, ती त विचौलियाहरुले निर्णय गरेअनुसार भएको देखेको छु । म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला आठ महिनाका एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति मलाई भनिदिनोस्, जसका पछाडि विचौलिया छैन । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ । तपाईहरुका संयन्त्र, समिति, बैठक, यी सबै नाटक जस्ता मात्र देखिएका छन् । सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया छ । मेरो नेतृत्वको सरकार किन हट्यो भन्ने कुराको व्याख्या मैले पहिले नै गरिसकेको छु । विचौलियाको आँट र शक्तिले आज इमान्दार व्यवसायीलाई विचलित बनाएको छ, भोलि तपाईहरु विचलित हुनुहुनेछ । यो सरकार ठूलो राजनीतिक बलमिच्याइ र संविधानको अवहेलनाबाट बन्यो । लोकतन्त्रको सिधा अवहेलना गरियो, जनता झस्केकै त्यही बिन्दुबाट हो भन्ने कुरा म सरकारमा भएका प्रमुख पार्टीका नेता साथीहरुलाई गम्भीरतापूर्वक समीक्षा गर्न अनुरोध गर्न चाहन्छु । तपाईहरुले एकातिर त सदनभित्रको पहिलो र दोस्रो पार्टीको गठबन्धन बनाएर सदनभित्रबाट बहस र संघर्षबाट सरकारको विकल्प बन्छ भन्ने ठाउँ सिध्याइदिनुभयो । निरंकुशता हुन्छ भन्ने कुरा स्थापित गरिदिनुभयो तपाईहरुले । यस्तो सामान्यतः लोकतन्त्रमा हुँदैन भन्ने कुरा थाहा नपाएर होइन, थाहा पाएरै तपाईहरुले गर्नुभयो । जनता त्यही विन्दुदेखि तपाईहरुसँग नराम्रोसँग झस्किएको छ । अस्तिको राजावादीको जुलुसबाट मात्र होइन, तपाईहरुलाई थाहा छ, म र मेरो पार्टीको नेतृत्वको टीम अहिले हुलाकी राजमार्ग केन्द्रित एउटा जागरण अभियानमा छौं । झापाबाट सुरु गरेर रौटहटसम्म आएर केही दिनका लागि स्थागित गरेर हामी छिट्टै जाँदै छौं । त्यहाँ हामीले जे देख्यौं, जनतामा सरकारप्रति विश्वास छैन । अविश्वास छ, जनता विकल्प खोज्नेतिर लागिरहेको छ । हामीले नयाँ कुरा लगेर जाँदा जनतामा आशा र भरोसा जागेको पनि देख्यौं । एकातिर तपाइँहरुसँग दुई तिहाई छ तर यही दुई तिहाई लोकतन्त्रका घातक हुँदैछ । तपाईहरु दुई तिहाई भनेर ढुक्क देखिनुभएको छ, जसलाई नियुक्त गरे पनि भयो, तीन नम्बरकोलाई एक नम्बर बनाए पनि भयो, एक नम्बरको लाई चार नम्बरमा फालिदिए पनि भयो, जे जे गरे पनि भएको छ किनकि तपाइँहरुसँग दुई तिहाई छ । तर, यो दुई तिहाई नै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ । तपाईहरुलाई पनि यसमा गम्भीररुपमा विचार गर्न अनुरोध मात्रै गर्न सक्छु अहिले । यो संख्याको अहंकारसँगै सत्ताको दुरुपयोग सुरु भएको छ । प्रतिपक्ष र जनताको रचनात्मक खबरदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिने अवस्था आएको छ । यसबीचमा तपाईहरुले पटकपटक लोकतन्त्रको लक्ष्मणरेखा नाघ्नुभयो । पहिलो त यो जन्म नै संविधान र लोकतन्त्रविरुद्ध भयो । तपाईहरुले यो मेरो भनाइलाई सरकार छाड्नपुरेको पीडा होला भनेर बडो सहज व्याख्या गर्ने गर्नुभएको छ, जबकि सदनभित्रको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा नै लोकतान्त्रिक मर्म विपरीत छ । यसले सदनभित्रको विकल्प रोक्ने काम भएको छ । मैले विश्वासको मत नपाएपपछि सरकार सदनको सबैभन्दा ठूलो दलको नेतृत्वमा बन्नैपथ्र्यो । तपाईहरुले त्यहाँ बल मिच्याई र जबरजस्ती गर्नुभयो । संविधानमा ब्ल्याक एण्ड ह्वाइटमा लेखेको प्रावधानलाई मिचेर भए पनि सरकार चाहिं बनाइ छाड्ने गर्नुभयो, त्यही विन्दुबाट तपाइँहरुले लोकतन्त्रमाथि नराम्रोसँग प्रहार सुरु गरेको जनताले महसुस गरेको छ । मैले यही रोस्टमबाट भनेको थिएँ, सरकार कुशासन र स्वार्थसमूहहरुको भरिया भएर उभिँदा जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रुपमा बढेको छ । त्यो आगो लोकतन्त्रकै विरुद्ध प्रयोग हुने हो कि भन्ने प्रश्न अहिले हामी सबैको मनमा छ । अहिले त्यही देखिएको छ । बेथिति र विकृति सरकारले नै बोकेको छ । व्यापारीहरुसँग वक्यौता उठाउन खोज्यो, जथाभावी लाइसेन्स बेच्न दिएन भनेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सरकारको कोपभाजनमा पर्नुभएको छ । प्रतिगमनकारीहरु नारायणहिटीको गेटैमा आइपुग्दा पनि सरकारको कार्यशैली यस्तो भएपछि लोकतन्त्र जोखिममा पर्दैन त ? म पछिल्ला प्रदर्शनहरुलाई केही पनि होइनन् भनेर उपेक्षा गर्दिनँ । सत्तामा रहेकाहरुलाई भन्न चाहन्छु, तपाईहरु पनि यसको निम्ति भागिदार हुनुहुन्छ । विदेशी षड्यन्त्र पनि होलान्, विगतमा पनि हामीले देख्ने गरेका छौं । अस्तिको प्रदर्शनमा पनि देख्यौं, को कसका फोटो टाँसिए, इत्यादी तर म त्यसलाई म पहिलो प्रमुख हो भन्ने मलाई लाग्र्दैन । मुख्य कुरा त त्यहाँ उत्रिएको त नेपाली जनता नै हो नि । यसलाई जनताको असन्तोष, अव्यवस्था र कुशासनविरुद्ध जनताको आक्रोशको रुपमा बुझ्न ढिला गरियो भने धेरै ढिला हुनसक्छ । सरकारलाई मेरो चेतावनीपूर्ण आग्रह छ, यसलाई गिजोल्नतिर नलाग्नोेस्, सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नोस् । तपाईहरुको अनावश्यक अहंकार र दुर्वचन, उपेक्षा, घमण्ड र अविवेकको मूल्य हो त्यो । त्यसको थप मूल्य तिर्न यो देश तयार छैन । आजको लोकतन्त्र तत्कालीन सात राजनीतिक दल र माओवादीबीच सहकार्यको परिणाम हो । संविधानको एउटा अभिन्न अंग शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाले जीवनका अन्तिम क्षणमा अस्पतालमा मेरो हात समातेर संविधान र लोकतन्त्र तपाईको जिम्मा भनेको सुन्ने साथीहरु यही संसदमा पनि हुनुहुन्छ । उहाँलाई दिएको वचनलाई साक्षी राखेर शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ताको नाताले म भन्न चाहन्छु र यो संसदलाई विश्वास दिलाउँछु, प्रगिगमन सफल हुन दिइनेछैन । जुनसुकै राजनीतिक दलसमर्थक भए पनि गणतन्त्रप्राप्तिको संघर्ष र क्रान्तिका सबै महान् शहिदहरुको सपनाको जिम्मा लिन म तयार छु । तपाइँहरुले अहिलकति आत्मसमीक्षा गरिदिनुभयो र संसदभित्रै विकल्प हुनसक्छ भन्ने मान्यतातिर अगाडि बढिदिनुभयो भने त्यो धेरै ठूलो कुरा हुनेछ । यदि त्यसो हुन सकेन भने पनि बाह्र बुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र, जनयुद्ध र जनआन्दोलनका ती हजारौं सदिहरुको सपना बोकेर हिड्न हाम्रो पार्टी र म तयार छौं, म यो विश्वासका साथ तपाईहरुलाई राख्न चाहन्छु । तपाईहरु जतिसुकै विचलित भए पनि मलाई विश्वास छ, नेपाली कांग्रेस र नेकपा एमालेभित्र इमान्दार, देशभक्त र लोकतान्त्रिकवादीहरु प्रतिगमनको पक्षमा कोही पनि हुने छैनन् । देशभरिका लोकतान्त्रिक शक्तिहरुको साथ लिएर हामी प्रतिगमन त रोक्ने छौैं तर सत्तारु साथीहरु कहिले सुध्रनुहुन्छ ? दुई तिहाईको अहंकारमा तपाईहरुले दौडाएको कुशासनको घोडा नै अहिले लोकतन्त्रमाथिको सबैभन्दा ठूलो संकट बन्दैछ । यो संकटको सामना गर्न सबैभन्दा ठूलो जिम्मेवारी सत्तारुढ दलहरुकै हुन आएको छ । तपाइँहरुको दुई तिहाईको अहंकारले लाखौं जनतालाई सडकमा पुर्याउँदै छ । यसको गम्भीर आत्मसमीक्षा गर्नुहोला । लोकतन्त्रको सुदृढ गर्नतिर तपाइहरुका कदम बढेमा हाम्रो साथ हुनेछ । यही विश्वाससहित मेरो भनाई टुंग्याउँछु । धन्यवाद । अभिवादन ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको छ । त्यसपछि सरकार पक्षबाट कांगेस नेता गगनकुमार थापा र एमालेको पक्षबाट गोकर्ण विष्टले विषय राख्नुभएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्नुहुने छ । यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मान्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
यस्तो छ माओवादी केन्द्रबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको सामूहिक प्रतिबद्धता
नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप प्राप्त भएको समाजवादउन्मुख समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र र उक्त ऐतिहासिक परिवर्तनलाई संस्थागत गरिएको संविधानको मर्म र भावलाई आत्मसात गर्दै त्यसलाई रक्षा एवं सुदृढ गर्न ,प्रत्यक्ष लोकतन्त्र को अभ्यासलाई मजबुत बनाउन, सुशासन, सामाजिक न्याय र समृद्धि को आजको प्रमुख राष्ट्रिय कार्यभार लाई पूरा गर्न र स्थानीय तरहबाट समाजवादको आधार निर्माण गर्न पूर्ण निष्ठा र इमान्दारिताका साथ आ-आफ्ना पालीकाहरु मार्फत क्रियाशील रहने दृढ संकल्प गर्दै तत्काल निम्न कार्यहरुलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं। पालिकामा हुने काममा अनियमितता र भ्रष्टाचार हुन दिने छैनौं। पालिकामा सुशासन सुनिश्चित गर्नेछौं। पालिकाहरुमा सरलिकृत प्रक्रिया, प्रविधिको प्रयोग, घरदैलो सेवा र तत्काल गुनासो सुनुवाईको माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई अझ बढी द्रुत र सेवाग्राहीमैत्री बनाउनेछौं । ज्येष्ठ नागरिक तथा अन्य लक्षित समूह केन्द्रित सामाजिक सुरक्षा भत्ता घर घर मा नै उपलब्ध गराउनेछौ । गुणस्तरीय बालविकास, बाल शिक्षा, प्राथमिक वा आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको रणनीति र कार्ययोजना निर्माणलाई अझ वैज्ञानिक, वस्तुपरक, प्रभावकारी र परिणाम बनाउदै गुणस्तरीय शिक्षामा सर्वसुलभ पहुँचलाई सुनिश्चित गर्न प्राथमिकताका साथ जोड दिनेछौ । असल मान्छे, देशभक्त नागरिक बन्ने दृष्टिकोण निर्माण गर्ने र पालिकाको भूगोल, इतिहास र समाज बारे वैज्ञानिक र प्रगतिशील पाठ्यक्रम तयार पारी लागू गर्नेछौं । सार्वजनिक विद्यालयहरुलाई सर्वसुलभ एवं गुणस्तरीय शिक्षा को केन्द्रको रुपमा विकास गर्न अझ व्यवस्थित र प्रभावकारी ढंगले काम गर्नेछौं। यसै अवधिमा आ-आफ्ना पालिकाहरुलाई पूर्ण साक्षर बनाई पूर्ण साक्षर पालिका घोषणा गर्नेछौं । हामी निर्वाचित जननिर्वाचित जनप्रतिनिधिहरुले आफ्ना छोरा छोरीहरूलाई सार्वजनिक विद्यालयहरूमा नै पढाउनेछौं । आम जनताको स्वास्थ्य लाई उच्च प्राथमिकताको विषय बनाउँदै स्वास्थ्य संस्थाहरुमा २४ घण्टा आपातकालीन सेवा उपलब्ध गराउने व्यवस्था गर्नेछौं, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरी हुने महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछौं र नियमित घर घरमा स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्नेछौं । जलवायू परिवर्तन लगायतका अन्य परिवर्तनहरुले जनस्वास्थ्यमा पारेको प्रभाव, वैश्विक महामारी, नसर्ने रोगहरुको फैलावटबाट जनस्वास्थ्यमा बढ्दै गएको खतरालाई कम गर्न प्राथमिक स्वास्थ्यलाई सवलिकरण गर्दै लगिनेछ । स्थानीय निकायको स्वास्थ्यसेवालाई भरपर्दो, विश्वसनिय र सामुदायीक जनस्वास्थ्य प्रणालीको रुपमा विकसित गर्नेछौं । जनस्वास्थ्य सम्बन्धी विषयहरूमा जन जागरण कार्यक्रमहरु सञ्चालन गर्नेछौं ,स्थानीय परम्परागत चिकित्सा सेवा र उपलब्ध जडिबुटी हरुको स्वास्थ्यलाभको निम्ति उपयोग बारेमा पनि जन चेतना अभिवृद्धि कार्यक्रम चलाउनेछौं । योग र ध्यानलाई योग्य प्रशिक्षकहरु द्वारा वैज्ञानिक रुपमा प्रशिक्षण शिविर हरू सञ्चालन गराई दैनिक जीवन अभ्यास को विषयको रुपमा अघि बढाउनेछौं। स्थानीय विशेषता, श्रोत र सेवामा जोड दिदै पालिकालाइ खानामा अनत्मनिर्भर बनाउन र तुलनात्मक लाभका कृषिबाट आम्दानी र रोजगारी बढाउन व्यावसायिक खेतीको उपजको प्रवर्धन गर्नेछौ । कृत्रिम रसायन, हर्मोन, विषादीर प्लाष्टिक उपयोगको मापदण्ड र अनुगमनको व्यवस्थाको पहल गर्नेछौं । किसान र कृषि उद्यमीको को पहिचान, वर्गिकरण गरी राज्यका श्रोत साधन र सेवा सहज बनाउने प्रतिवद्धता गर्दछौ । पालिकाभित्रका खेती योग्य बाँझो जमिन रहन दिनेछैनौं। पालिकाको त्यस्तो जमीन लिजमा लिएर भएपनि सदुपयोग गर्नेछौं । स्थानीय तहबाट संचालन हुने हरेक कार्यक्रमहरुको आकार, स्वरुप, प्रगतिको अवस्था, उपलब्धी, परिणाम र प्रभावको मुल्यांकन गर्न PROJECT TRACKING सफ्टवेयर, इन्फोग्राफिक्स् र ड्यास बोर्डहरु निर्माण गरी त्यसलाई सबै स्थानीय जनताहरुले हेर्नसक्ने बनाउनेछौ । उत्पादन र रोजगारी वृद्धीका लागि सहकारीलाई अभियानात्मक रुपमा जन सहकारिकारुपमा अघि बढाउनेछौं र साथै सहलगानी तथा प्राविधिक सेवा उपलव्ध गराई सामुहिक कम्पनी मोडेलका नमूना उद्यम-व्यवशाय (कृषि फार्म, कृषिवस्तुमा आधारित उद्योग, पर्यटन व्यवशाय तथा सूचना-प्रविधिमा आधारति उद्यम) स्थापना र सञ्चालन गर्ने कार्य शुरु गर्नेछौं । समाजवाद उन्मुख अर्थव्यवस्थाको जग बसाउन समुदाय (कम्युनिटी) खासगरी स्थानीय सामुदायिक संगठनलाई कानुनी मान्यता दिन ऐन बनाउन र त्यसको कार्यान्वयन गर्न पहल गर्नेछौं । समाजवाद उन्मुख अर्थव्यवस्थाको नमुना स्वरूप समुदायस्तरमा गरीब,विपन्न तथा सामाजिक रूपले बहिष्करणमा परेका जनसमुदायको विशेष सुरक्षा गर्न स्थानीय सरकारले छुट्टै संयन्त्रको निर्माण गरी कार्यक्रम सञ्चालन गर्न अघि बढ्नेछौं । उपलव्ध सीमित स्रोत-साधनको अधिकतम उपयोगको लागि प्राथमिकता निर्धारण गरी पूर्वाधारको निर्माणको कार्य अघि बढाउनेछौं । विकासका कार्य अघि बढाउंदा वातावरणीय विनास नहुने सुनिश्चत गर्नेछौं र विपद व्यवस्थापनको लागि पूर्वतयारी गर्नेछौं । प्राविधिक लगायत आवश्यक अध्ययन बिना डोजरको प्रयोग गर्न दिनेछैनौं। सामाजिक न्याय सहितको समृद्धि वा समाजवाद उन्मुख समृद्धि (सम्भव भएसम्म समाजवादको कार्यक्रम लागू गर्दै ) को नतिजामूलक नमुना क्षेत्रको विकास गर्न योजनाबद्ध रुपमा पहल गर्नेछौं । स्थानीय तहमा संकलन गरिने तथ्यांकहरुमा दोहोरोपन हटाई व्यवस्थित तबरले तथ्यांक संकलन र व्यवस्थापन गरिनेछ । संकलित तथ्यांकहरुको विश्लेषण गरी स्थानीय तहले गर्ने हरेक निर्णय, निति निर्माण, पूर्वाधारहरु निर्माणलाई तथ्यमा आधारित बनाउनेछौं । स्थानीयस्तरका भौतिक विकास आयोजना र परियोजनाहरु जस्तै स्थानीय सडक, ग्रामीण सडक, कृषी, सिंचाई, खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा लगायतका पूर्वाधारहरु निर्माणलाई रोजगारी, उत्पादन र सामाजिक न्यायसँग जोड्नेछौं । स्थानीय तहमा संचालन गरिने आर्थिक विकासका परियोजनाका साथै शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, रोजगार सम्बन्धी कार्यक्रम र भौतिक पूर्वाधार निर्माणका आयोजनाहरुको डिजाइन, कार्यान्वयन, अनुगमन र मुल्यांकनका कार्यहरु डिजिटल प्रोफाइल (Digital profile) र आधार नक्सा बनाएर संचालन गर्नेछौं । स्थानीय तहमा शहरी क्षेत्र र वस्ती विस्तार गर्दा विपद लगायतका जोखिमहरुको आँकलनगरि वातावरण मैत्री, जलवायु जोखिम संवेदनशिल र स्थानीय मौलिकता र संस्कृतिलाई ध्यानमा राखेर Risk sensitive spatial plan बनाई गर्नेछौं । स्थानीय तहबाट हुने विभिन्न कार्यहरु, ऐन, निति, नियम निर्माणमा अन्य स्थानीय तहहरुको समन्वय गरी विज्ञहरुको सहयोग लिई, न्यूनतम लगानीमा वृहत लक्ष्य र प्रतिफल हासिल गर्ने हिसाबले एकिकृत लगानीमा गर्नेछौं । सुशासन स्थापनाको निम्ति जिम्मेवार हुँदै रोजगारीको सृजना, खानेपानी, सडक, विजुली तथा IT को विस्तार साथै पहुँच, स्वास्थ्य र शिक्षा विस्तार र निर्माण साथै स्तरोन्नति, कृषिमा आधुनिकीकरण, आर्थिक विकास, प्रभावकारी सेवा प्रदान, सामाजिक न्याय, समानताका लागि पारदर्शी तथा उत्तरदायी (INDICATOR AND RESULT BASED) हुनेछौ । सुशासन कायम गर्न तथा सार्वजनिक सेवाको प्रभावकारि प्रवाह र श्रो-साधनको समतामूलक बाँडफाँडका लागि हामी "नमूना मानक डिजिटल गभरनेन्स" को अभ्यास गर्नेछौं। यसका लागि डिजिटल पालिका मार्गचित्र तयार गरि कार्यान्वयनको पहल गर्नेछौं। महिला अधिकार, बाल अधिकार, छूवाछूत लगायतका भेदभावमुक्त पालिका निर्माणका लागि आवश्यक नीतिगत, कानुनी प्रबन्धका गरि विशेष डेस्कको स्थापना गर्नेछौं ।
अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड
नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट गर्नुभएको छ । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । ‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जटि टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ ।’ उहाँले तथाकथित दुई तिहाईको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको बताउनुभयो । ‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके, बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन’– उहाँले भन्नुभयो । ‘पार्टी अभियानले राष्ट्रिय एकता मजबुत बनाउन योगदान गर्ने छ’ अध्यक्ष प्रचण्डले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले पार्टीको जनतासँगको सम्बन्ध थप जीवन्त बनाउँदै लगेको बताउनुभयो । यसले राष्ट्रिय एकतालाई मजबुत बनाउन पनि ठूलो योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । अभियान पूरा हुँदासम्म पार्टी र जनताबीचको सम्बन्ध अझ बढी प्रगाढ हुँदै जाने उहाँले बताउनुभयो । ‘अहिले हामी अभियान भनेर नेताहरु जाने भाषण गर्ने फर्कने गरिरहेका छैनौं’– उहाँले भन्नुभयो– ‘जहाँ जान्छौं, त्यहाँका स्थानीय जनताकै घरमा बस्छौं, जनताले खाने खाना खान्छौं र ती क्षेत्रका जनताले भागेका समस्याबारे खुलेर छलफल गर्छौं । जनतासँगै उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, बार एसोसियशनजस्ता नागरिक समाजका अगुवा संस्थाहरुसँग पनि अन्तर्क्रिया गर्छौं, यसबाट पनि सम्बन्धि जिल्लाको अवस्था बुझ्न सहज भएको छ ।’ यसरी पार्टीलाई समाजका सबै वर्ग समुदायसँग जोड्ने, जनताले भोगिरहेका समस्याको पहिचान गर्ने, स्थानीय कला संस्कृतिमार्फत सम्बन्धित समुदायको पहिचानलाई थप सुदृढ गर्दै राष्ट्रिय एकताको नयाँ आधार तय गर्ने काम अभियानले गर्ने उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले अभियानका क्रममा आउने जनताका गुनासा, अपेक्षा र आवश्यकतालाई केन्द्रित गरेर पार्टीले पहल लिनसक्ने ठाउँमा कार्यक्रम बनाएर अघि बढाउने, सरकारले गर्नुपर्ने कामका लागि ध्यानार्षण गराउने र राष्ट्रियस्तरमै सम्बोधन गर्नुपर्ने विषयमा संसदमा आवाज उठाउने बताउनुभयो । हुलाकी मार्ग दक्षिण नेपालको समृद्धि र उत्पीडित समुदायको पहिचानसँग जोडिएको उल्लेख गर्दै उहाँले हुलाकी मार्ग दशकौंको सपना भए पनि अलपत्र परेकाले आफूले दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७३ सालमा गरेको भारत भ्रमणका क्रममा भारतीय लगानी सुनिश्चित गरेर निर्माण प्रक्रियालाई अघि बढाएको जानकारी दिनुभयो ।