यस कारण भएन ठुला क्याम्पसमा स्ववियु चुनाव

यस कारण भएन ठुला क्याम्पसमा स्ववियु चुनाव

काठमाडौं, फागुन १९ । बुधबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका साना आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमहरुमा स्ववियु निर्वाचन सम्पन्न भयो । त्रिविका प्राय : सबै ठूला क्याम्पसमा भने तालाबन्दी छ । धेरैजसो तालाबन्दी २८ वर्ष कटेका र स्ववियु अध्यक्षका आकांक्षी रहेका विद्यार्थी नेताहरूको पहलमा भएको छ ।

त्रिविले स्ववियु नियममा २८ वर्ष माथिकाले उम्मेदवार हुन नपाउने व्यवस्था गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्च अदालतले रिटको किनारा लगाएको छैन । त्यसैले अदालतबाट आफ्नो पक्षमा फैसला आउने आशामा नेताहरूले तालाबन्दी गराएका छन् ।

यस कारण भएन ठुला क्याम्पसमा स्ववियु चुनाव
त्रिवि केन्द्रीय क्याम्पस
किर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसमा आठ विद्यार्थी संगठनले गरेको तालाबन्दीका कारण बुधबार हुने भनिएको स्ववियु निर्वाचन हुन सकेन । एक साता यता मतदाता नामावलीको विषयलाई लिएर विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । जसकारण बुधबार चुनाव हुन सकेन ।

त्रिचन्द्र क्याम्पस
काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन । विद्यार्थीको माग छलफलबाट टुंग्याउने भनिए पनि क्याम्पस प्रशासनले त्यसमा चासो नदेखाएका कारण नेविसंघ लगायतका विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए ।

महेन्द्ररत्न क्याम्पस
ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस ताहाचलमा नेविसंघ र अखिल क्रान्तिकारी विप्लबले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन ।

पाटन संयुक्त क्याम्पस
ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा पनि तोकिएको मितिमा स्ववियु चुनाव हुन सकेन । वैद्य, विप्लब र नयाँ शक्तिनिकट विद्यार्थी संगठनले गरेको तालाबन्दीका कारण चुनावी प्रक्रिया अघि बढ्न नसकेपछि निर्वाचन समितिले चुनावी कार्यक्रम स्थगित गरेको थियो ।

नेपाल कमर्श क्याम्पस
मिनभवन स्थित नेपाल कमर्श क्याम्पसमा विद्यार्थी संगठनहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रेका थिए । निर्वाचन समितिले उनिहरुका माग सम्बोधन गर्न प्रयास गरे पनि सहमति नजुटेपछि बुधबारको चुनाव हुन सकेन ।

पद्मकन्या क्याम्पस
बागबजारस्थित पद्मकन्या क्याम्पसमा तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन । सैद्धान्तिक परीक्षा दिए लगत्तै निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोध गर्दा उनीहरूले ताला लगाएका हुन् ।

विश्वभाषा क्याम्पस
प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पसमा पनि तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन । सो क्याम्पसमा वैद्य र विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी खारेज गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेका थिए ।

रत्नराज्यलक्ष्मी क्याम्पस
आरआर क्याम्पसमा पनि स्ववियु चुनाव हुन सकेन । नेविसंघ लगायतका केही संगठनले विभिन्न माग राख्दै सो क्याम्पसमा तालाबन्दी गरेका थिए ।

नेपाल ल क्याम्पस
प्रदर्शनीमार्ग स्थित नेपाल ल क्याम्पसमा विद्यार्थी संगठनले विभिन्न माग राख्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेपछि चुनाव समितिले गत आईतबार चुनाव स्थगित गरेको थियो ।

अस्कल क्याम्पस
सोह्रखुट्टेस्थित अस्कल क्याम्पसमा भर्नाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएपछि स्ववियु चुनाव हुन नसकेको हो ।

सरस्वती बहुमुखी क्याम्पस
सरस्वति बहुमुखी क्याम्पस सोह्रखुट्टेमा अनेरास्ववियुको तालाबन्दीका कारण बुधबार स्ववियु चुनाव हुन सकेन । सो क्याम्पसमा बिबिएममा अध्ययनरत विद्यार्थीले मतदान गर्न पाउनुपर्ने माग राख्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।

पशुपति बहुमुखी क्याम्पस
चावहिल स्थित पशुपति बहुमुखी क्याम्पसमा नेविसंघ, वैद्य र विप्लब निकट अखिल क्रन्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले गरेको तालाबन्दीका कारण बुधबार स्ववियु चुनाव हुन सकेन ।

पब्लिक युथ क्याम्पस
सैद्धान्तिक परीक्षा सकिएसँगै विद्यार्थीको स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थीहरुले गरेको तालाबन्दीका कारण बुधबार पब्लिक युथ क्याम्पसमा स्ववियु चुनाव हुन सकेन ।

ललितकला क्याम्पस
अनेरास्ववियुले गरेको तालाबन्दीका कारण ललितकला क्याम्पसमा पनि स्ववियु चुनाव हुन सकेन । देशभरीका ठुला क्याम्पसमा चुनाव नहुने भएपछि ललितकलामा गर्नुको औचित्य नभएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।

बाल्मिकी क्याम्पस
बाल्मिकी क्याम्पसमा विद्यार्थीले निर्वाचित व्यक्तिको पदावधी २ वर्ष नै हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेपछि चुनाव स्थगित भएको हो ।

रत्नराज्य र शंकरदेवमा २३ फागुनमा
धेरै मतदाता रहेका रत्नराज्य र शंकरदेव क्याम्पसमा २३ फागुनमा स्ववियु चुनाव हुने भएको छ । क्याम्पस प्रमुख डा. निर्मलाकुमारी सुवालले सूचना निकालेले चुनावबारे जानकारी गराएकी हुन् । पूवर्गठित निर्वाचन समितिले नै चुनाव गर्ने उनले जनाएकी छिन् । यसअघि १८ फागुनमा हुने भनिएको चुनाव तालाबन्दी तालाबन्दी, झडप र आगजनीका कारण स्थगित भएको थियो ।

विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका कारण क्याम्पसको लेटरप्याडमा विज्ञप्ती जारी गर्न नसकिएको बताइएको छ । नेविसंघ, अखिल क्रान्तिकारी विप्लव, अखिल क्रान्तिकारी बैद्य, संघीय समाजवादी फोरम, नयाँ शक्ति, अखिल (छैठौं) लगायतले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

शंकरदेव क्याम्पसमा २३ फागुनमा स्ववियु चुनाव गर्ने सर्वपक्षीय सहमति भएको छ । क्याम्पस प्रमुख कृष्ण आचार्यका अनुसार सर्वपक्षीय सहमति भएर नया“ कार्यतालिकासमेत सार्वजनिक भएको छ । १८ फागुनमा उम्मेदवारी मनोनयन गर्ने, १९ फागुनमा दावी विरोध सहित अन्तिम नामावली प्रकासित गर्ने कार्यक्रम छ । केहि विद्यार्थी संगठनले सर्वपक्षिय छलफलमा नया“ मतदानको मितिमा सहमति गरेर बाहिर निस्केपछि त्यसको बिरोध गरेका छन् ।

यो खबर आजको नयाँ पत्रिकामा  छ ।

बंगलादेशको अन्तरिम सरकार नेपालबाट बिजुली लैजान सकारात्मक

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले समेत नेपालबाट ४० मेगावाट बिजुली लैजान चासो देखाएको छ । बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पालामै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता मिति तय गरिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत साउन पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो ।  बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि साउन २२ मा राजीनामा दिँदै शेख हसिनाले देश छाडेकी थिइन् । हसिनाकै अगुवाइमा भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश लैजाने गरी ४० मेगावाट बिजुली खरिद प्रक्रिया अघि बढेको थियो । तर हसिनाले देश छाडेपछि ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता अब के हुन्छ भन्ने थियो । अहिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने विषयलाई समर्थन गरेको कान्तिपुर दैनिकले लेखेको छ । यसअघि नै सबै कागजपत्र पूरा भइसके पनि तीन देशबीच सम्झौता गर्न मात्र बाँकी थियो ।  हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर ९१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार० आम्दानी हुने प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर भारत–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

किन बढ्दै छ सरकारको स्थायित्वमाथि आशंका ?

काठमाडौं । राजनीतिक स्थायित्व, सुशासन, सेवा प्रवाह र संविधान संशोधनसहितको सातबुँदे सहमतिअनुसार गठन भएको संसद्का दुई ठूला दल नेपाली कांग्रेस–नेकपा (एमाले) सम्मिलित सरकारको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ। सरकार गठन भएको दुई महिना नपुग्दै राजनीतिक वृत्तमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयुका सम्बन्धमा विभिन्न टीकाटिप्पणीहरू हुन थालेको आजको नेपाल समाचारपत्रले लेखेको छ। सत्ता पक्षकै कतिपय सांसदहरूले वर्तमान सरकारको चाल हेर्दा लामो समय जाने संकेत नदेखिएको बताए । गत असार १७ गत मध्यरातमा एकाएक भएको कांग्रेस–एमाले सत्ता समीकरणसँगै आक्रामक बनेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बिचौलिया, तस्कर र भ्रष्टाचारीलाई बचाउन आफूलाई सरकारबाट हटाएको आरोप लगाउँदै आएको थियो । प्रतिपक्षको उक्त आरोपलाई सत्तापक्षका सांसदहरूले खण्डन गरे पनि पछिल्लो समयमा सरकारका गतिविधिप्रति मन्त्रीहरू नै सन्तुष्ट देखिएका छैनन्। एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भएकाले आ–आफ्नो राजनीतिक अभियानलाई सशक्त बनाएर जनतामाझ पुग्न कठिन भएको बताउन थालेका छन् । प्रतिपक्षी दलहरूले खेलिरहेको अवस्थामा सरकारकै मन्त्रीहरूले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले विवादित बनेका छन् । पछिल्लोपटक सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसको व्यापक आलोचना भएको छ । सो विषयमा आपत्ति जनाउँदै सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सदनबाटै सरकारको ध्यानाकर्षण गर्नुभयो । मन्त्रीहरूलाई जिब्रोमा ब्रेक लगाउन आग्रह गर्दै खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिनसमेत माग गर्नुभएको थियो । त्यस्तै, गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेको मन्त्रालय बेच्ने अभिव्यक्तिले अर्को तरंग उत्पन्न भएको छ । उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले गण्डकीमा मन्त्री पद पैसामा बिक्री गर्न शुरू भएको हो रु भन्दै सरकारसँग जवाफ माग्नुभएको छ । प्रदेश सांसद मनाङेले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएकोप्रति असन्तुष्टि जनाउँदै मन्त्रालय ३ करोडसम्ममा बिक्रीमा राखेको अभिव्यक्ति दिनुभएको थियो । यता, कांग्रेसका सहमहामन्त्रीसमेत रहेका संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि दुई प्रतिस्पर्धी दलबीचको गठबन्धनले पार्टी खुकुरीको धारमा हिँड्नुपरेको टिप्पणी गर्नुभएको थियो । उहाँले मन्त्री भएर काम गर्नै नसकेको भनेर पार्टीको केन्द्रीय समिति बैठकमा दिएको अभिव्यक्तिले समेत पार्टी र सरकारमा एकखालको तरंग छाएको थियो। केही समयअघि परराष्ट्रमन्त्री आरजू देउवा राणा भारत भ्रमणबाट फर्कनासाथ उहाँप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै अब महिला प्रधानमन्त्री बनाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभएको थियो– ‘म महिला प्रधानमन्त्री भएको देख्न चाहन्छु । मेरै पालामा महिला राष्ट्रपति, महिला सभामुख, महिला न्यायाधीश र महिला मुख्य सचिव बनाइसकिएको छ । अब महिला प्रधानमन्त्री बनाउने मेरो चाहना छ । त्यो चाँडै पूरा हुन्छ, तर केही महिना लाग्छ।’ उहाँको यस्तो अभिव्यक्तिलगत्तै आरजू राणालाई कतिपयले भाबी प्रधानमन्त्रीका रूपमा प्रचार नै गरेपछि राणाले आगामी सरकारको प्रधानमन्त्री आफू नभएर कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने लिखित धारणा सार्वजनिक गर्नुभएको थियो। सरकारले अपेक्षकृत रूपमा काम गर्न नसकेको टिप्पणीहरू भइरहेका बेला सरकारसम्बद्ध व्यक्तिहरूबाटै आएका यस्ता आलोचित र विवादित विषयले सरकारलाई थप कमजोर गर्दै लगेको विश्लेषकहरूले बताएका छन्। तर, सरकारका प्रमुख दलका शीर्ष नेताद्वय शेरबहादुर देउवा र केपी ओलीसमेत सरकारको आयुका विषयमा निश्चिन्त हुनुहुन्न । उहाँहरूले हतारमा अभिव्यक्ति दिँदै यो सरकार दुई दलबीच भएको सहमतिअनुसार जाने जिकिर गर्नुभएको छ। कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको दाबी गर्नुभयो । बुधबार सार्वजनिक कार्यक्रममा बोल्दै देउवाले भन्नुभएको छ– ‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ । कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो । यसमा चिन्ता लिनुपर्दैन । मलाई विश्वास छ, ओलीजी र मैले मिलेर अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ।’ बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पोलिटब्युरो बैठकमा एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने पार्टी नेताहरूलाई आश्वस्त पार्नुभएको छ। सरकारलाई सय दिन पूरा नहुँदै घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न उहाँले नेताहरूलाई निर्देशन नै दिनुभएको छ। ‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ। यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ –उहाँले भन्नुभयो।

शीर्ष नेताको बैठक बस्दै, कार्यादेश टुंग्याउने तयारी

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक आज बिहान बस्न लागिएको हो । शनिबार उक्त विषयमा टुंगोमा नपुगेकाले बैठक आज बस्ने तय गरिएको हो ।  

सुन तस्करीका लागि हङकङमा कार्यालय, यस्ता छन् कार्यालय खोल्ने नागरिक

काठमाडौं । नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार हङकङका नेपाली र भारतीय व्यापारीहरूले कार्यालय खोलेर नेपालमा अनुकूल वातावरण तयार पारी सुन पठाउने गरेका छन्। ‘नेपाली र भारतीय व्यापारीहरूको हङकङमा संयुक्त कार्यालय रहेको छ, जहाँबाट सेटिङ मिलाएर मात्रै नेपालमा सुन पठाउने गर्छन्। कुनै बेला सेटिङ भत्कियो भने वा कमिसनमा कुरा मिलेन भने मात्रै सुन बरामद हुने गरेको छ,’ स्रोतले भन्यो। सुन तस्करीका लागि हङकङमा कार्यालय खोल्नेमा अधिकांश भारतीय नागरिक तथा भारतीय मूलका नेपाली व्यापारी छन्। यो नागरिक दैनिकमा आज प्रकासित समाचार हो ।

लोकप्रिय